रौतहट-बर्षौदेखि दलित समुदायले विजया दशमीमा पुजा गर्दै आइरहेको मन्दिरमा यस
पटक कथित उपल्लो जातिका मानिसले दलित समुदायलाई उक्त मन्दिरमा पुजा गर्न
नदिई दलितले पुजा गर्न लगेका पुजा सामग्रीहरु खाल्डो खनेर पुरेका छन ।
रौतहट जिल्लाको बिश्रामपुर गाविस वडा नं ७ को बेनौली गाउँमा रहेको बरम
बाबाको मन्दिरमा दशैंको नवमीको दिन पुजा गर्न गएका स्थानीय दलित समुदायका
मानिसहरुको पुजा सामग्री गैर दलित समुदायका व्यक्तिहरुले खाल्डो खनेर
पुरिदिनुका साथै मन्दिरमा पुजा गर्न गएका महिलालाई समेत दुव्र्यवहार गरेको
दलित समुदायले बताएका छन ।
दुर्गा पुजाको नवमीका दिन दलित समुदायले सो बरमबाबाको मन्दिरमा खीर मिठाई दुध लगायतका सामान लगेर पुजा गर्न लाग्दा सोहि वडाका कथित उपल्लो साह जातिका व्यक्तिहरुले पुजाका सामानहरु फालेर मन्दिर परिसरमै खाल्डो खनेर पुरेको र मन्दिर भित्र पुजा गर्न गएकी दलित महिला पतसीयादेवी पासवानलाई स्थानीय हितलाल साहले मन्दिरबाट जवरजस्ति बाहिर निकाली मन्दिरमा ताल्चा लगाएको पिडित पासवानले बताइन ।

पतसियादेवीसंगै पुजा गर्न गएका दलित समुदायका लोचन पासवान, नेवालाल पासवान,
राजाराम पासवान, जयलाल पासवान, बच्चेलाल पासवान लगायतले लगेका पुजाका
सामानहरु खोसेर फालिदिएका थिए ।
आफुमाथि अन्याय गरेको भन्दै दलितहरुले स्थानीय बिश्रामपुर प्रहरी चौकीमा
कार्वाहीको लागि निवेदन दिएपनि प्रहरीले कुनै सुनवाइ नगरेकाले उनीहरुले
मानवअधिकारकर्मी तथा पत्रकारहरुलाई घट्नास्थलमा बोलाई घटनाको बारेमा
जानकारी गराएका छन ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक जनक शाहीले घटनाको जानकारी
प्राप्त हुनासाथ पीडकहरुलाई कार्वाहीको लागि पक्राउ गर्न प्रहरीलाई
निर्देशन दिइसकेको बताएका छन भने दलित समुदायका अगुवाहरुले पीडकहरुलाई
कार्वाहीको माग गरेका छन ।
साभार:- dalitnewshome/meroreport
No comments:
Post a Comment