पू मा श्री दुर्गा परियार ज्युले नेकपा (एमाले) बाट संविधानसभा / व्यवस्थापिका संसदमा समानुपातिक प्रतिनिधित्व गर्नु भएको थियो |
गरीब दलित परिवारमा जन्मे पनि दुर्गा परियार प्रतिभा सम्पन्न र सक्रिय
सामाजिक कार्यकर्ता हुनुहुन्छ । दलितसमुदायमाथि हुने गरेका सबै प्रकारका
हिंसा र विभेदको अन्त्य गर्न र महिलालाई आर्थिकरुपमा स्वावलम्बीबनाउन
दुर्गाले अगाडि बढाउनुभएको अभियान उदयपुर जिल्लामा निकै प्रशंसनीय बनेका
छन् ।आर्थिक स्थिति कमजोर भएकाले दुर्गाले मोरङको साजीलाल उच्चमावि
सुन्दरपुरबाट कक्षा ९ सम्म मात्र पढ्नेअवसर पाउनु भयो । तर २०४५ सालमा
विवाह गरेर उदयपुर जानुभएकी दुर्गाले विवाहपछि श्री पञ्चावतीमावि,
उदयपुरबाट
एसएलसीसम्मको पढाइ पूरा गर्नुभएको थियो । दाजु नेकपा (एमाले निकट
जनसांस्कृतिकमञ्चमा आबद्ध रहेका कारणले दुर्गा राजनीतितर्फ आकर्षित
हुनुभएको थियो । २०४६ सालको खुला राजनीतिकवातावरणको फाइदा उठाउँदै उहाँले
पनि दाजुसँगै विभिन्न कार्यक्रमहरूमा सर्वहारावर्गका प्रगतिशील गीतहरूगाउन
थाल्नुभयो । कम्युनिष्ट विचारधाराका किताबहरूको अध्ययनबाट उहाँलाई नेकपा
(एमाले सर्वहारावर्गकोनेतृत्व गर्ने पार्टी हो भन्ने लाग्थ्यो । विवाह
गरेपछि पनि राजनीतिमा सक्रिय रहेकोले उहाँ नेकपा (एमालेउदयपुरको जिल्ला
सदस्य बन्नुभयो । हाल उहाँ उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय सदस्य
हुनुहुन्छ ।राजनीतिका साथै महिलालाई आर्थिकरुपमा स्वावलम्बी बनाउने
अभियानमा पनि दुर्गा संलग्न हुनुभयो । विवाहपछिपनि परिवारबाट राम्रो सहयोग
पाएकाले सामाजिक काममा लागिरहन हौसला मिलेको उहाँ बताउनुहुन्छ ।घरेलु तथा
साना उद्योग विकास समिति उदयपुरबाट २०५२ सालमा सिलाइकटाई तालिम लिएपछि
दुर्गा दक्षप्रशिक्षकसमेत बन्नुभएको थियो । उदयपुरमा सिलाइकटाई तालिम
केन्द्र खोलेर उहाँले १,५०० भन्दा बढीमहिलालाई प्रशिक्षण दिनुभयो । उहाँको
मेहनतलाई घरेलु उद्योग समितिले मूल्याङ्कन गरी धेरै पटक पुरस्कृतगरिसकेको छ
।
दुर्गा भन्नुहुन्छ, ‘म त्यतिबेला जिल्लाकै सफल उद्यमीमध्ये एक थिएँ ।’
दुर्गा दलित अधिकारकर्मीका रुपमा पछिल्लो समयमा बढी नै चिनिनुभएको छ ।
रुढीवादी र परम्परावादीसामाजिक संरचनाले दलित समुदायमाथि गरेको अनेक
प्रकारका विभेद र हिंसाको अन्त नगरी सामाजिक सद्भावफैलन नसक्ने उहाँको
धारणा छ । यही मेसोमा २०५३ सालदेखि दलित महिला सङ्घ (फेडो को जिल्ला
अध्यक्षरही दुर्गाले ११ वर्षसम्म निरन्तर लैङ्गिक विभेद र जातीय छुवाछुतका
मुद्दालाई उठाउनुभएको थियो । सार्वजनिकस्थलमा दलितहरूमाथि हुने छुवाछुत,
दलितले मन्दिर पस्न नपाउने विभेद, अन्तरजातीय विवाह, बालविवाह,अनमेल
विवाहजस्ता दलित समुदायसँग जोडिएका मुद्दाहरू उहाँका सरोकारका विषयहरू हुन्
।उदयपुरकै दलित अधिकारकर्मी जानुका नेपालीको मृत्यु भएपछि मृतक जानुकाका
परिवारले ‘जिउँदो जानुका रन्याय चाहियो’ भनेर आवाज उठाएका थिए । उक्त
घटनाको विरोधमा आवाज उठाएको निहुँमा थुनामा परेकापीडकले थुनाबाट निस्केर
समेत दुर्गालाई ज्यान मार्ने धम्की दिए । त्यही कारणले गर्दा भर्खरै उहाँले
आरम्भगर्नुभएको प्रौढकक्षा नै बन्द गर्नुपरेको थियो । त्यतिबेला
दुर्गालाई दिइएको ज्यान मार्ने धम्की र समाजलेउहाँलाई सहयोग र समर्थन
नगरेको अवस्थाका कारण उहाँ र उहाँका बालबच्चा समेत त्रसित थिए । बच्चा
रसासु दुर्गालाई बाहिर नजानू भन्दै रुन्थे, तर उहाँले जानुका नेपालीको
घटनालाई राष्ट्रियस्तरसम्म प्रचार गर्नुकासाथै जानुकाका बालबच्चाका लागि
दलित महिला सङ्घका तर्फबाट पढाउने व्यवस्था समेत मिलाइ सहयोगगर्नुभयो
।दलित र गैरदलित बीचको अन्तरजातीय विवाह पनि समाजमा तनाव सिर्जना गर्ने
विषय हो । जस्तै, गैर दलितराजकुमार दनुवारले दलित सीता परियारलाई गर्भवती
बनाएका थिए, तर राजकुमारलाई स्थानीय व्यक्तिहरूलेभगाइदिए । प्रशासनले
राजकुमारलाई खोज्न कुनै पहल नगरेकाले दुर्गा समेतले उनलाई पक्राउ गरी
प्रहरीप्रशासनमा बुझाउनुभएको थियो । त्यसपछि राजकुमार र सीताको विवाह
दर्ता, सीताको नागरिकता बनाउने रबच्चाको जन्मदर्ता गर्ने काम दुर्गाकै
अगुवाइमा भएको थियो ।
ती महिलाको सुत्केरी लगायत सम्पूर्ण खर्च दुर्गाआफँैले बेहोर्नु भएको
थियो । यस घटनामा पनि दुर्गालाई परम्परावादी समाजबाट धेरै धम्की आएका थिए
।यसरी नै सामूहिक बलात्कार भएको एउटा घटनामा पीडकलाई समातेर प्रहरी
प्रशासनलाई बुझाउने काममापनि उहाँ संलग्न हुनुहुन्थ्यो ।त्रियुगा नगरपालिका
वडा नं. १ स्थित बोक्सेस्थित जिल्ला प्रशासन कार्यालय अगाडि सार्वजनिक
स्थलमा एकजनादलित महिलामाथि एकजना पुरेत थरका व्यक्तिले गरेको अपमानको
घटनामा दुर्गाले सोही स्थानमा पत्रकार,मानवअधिकारकर्मी, दलित अधिकारकर्मी र
राज्यसमेतको उपस्थितिमा बृहत् छलफल गराइ पीडक पुरेतलाई माफीमाग्न लगाउनु
भएको थियो । आफ्नै पहलमा भएको उक्त कार्यका सम्बन्धमा दुर्गा भन्नुहुन्छ,
‘केहीले मेरो त्योकार्यलाई कसैको अपमान गरेको भनेका थिए भने कसैले मलाई
स्यावासी पनि दिए ।’पार्टी र समाजको काम गर्दागर्दै दुर्गा एमालेको जिल्ला
कमिटी सदस्य बन्नुभयो । संविधानसभाको चुनावमा प्रत्यक्षनिर्वाचनका लागि
पार्टीले सिफारिस गरे पनि उहाँले अस्वीकार गर्नुभएको थियो । उहाँ
भन्नुहुन्छ, ‘म दलितमहिला, आर्थिक स्थिति कमजोर भएका कारण चुनावमा जित्न
गाह्रो हुन्छ । मैले समानुपातिकमा भए मञ्जुर छ भन्ने कुरा पार्टीमा राखेकी
थिएँ । पार्टीले पनि समानुपातिकमा नै मेरो नाम प्रस्ताव ग¥यो ।’ तर,
दुर्गा चुनावप्रचारका लागि अरु उम्मेद्वारहरूसँगै उदयपुरका विकट ठाउँहरूमा
पुग्नुभएको थियो ।दुर्गाले संविधानसभाको सदस्य हुन्छु भनेर कल्पना पनि
गर्नु भएको थिएन । उहाँ सुनाउनुहुन्छ, ‘सभासद् भएकोसुन्दा मेरो आँखाबाट
खुशीको आँशु झरेको थियो । हिजो म एउटा परिवार, समुदाय, जिल्लामा मात्र
सीमितथिएँ, तर आज राष्ट्रको जिम्मेवारी बोकेकी छु ।’ तर, संविधानसभाका
नीति, नियम र प्रक्रियाहरू बुझ्न दुर्गालाईनिकै समय लागेको थियो ।
संविधानसभा र व्यवस्थापिका संसद्का विधि तथा प्रक्रियाबारे उहाँलाई अझै
पनिसबै कुरा बुझिसकेको जस्तो लाग्दैन । सभासद् भएपछि विभिन्न
सङ्घसंस्थाहरूले आयोजना गरेका तालिम रगोष्ठीहरूले आफ्नो क्षमता विकासमा
सहयोग पु¥याएको दुर्गाको भनाइ छ ।सभासद् भइसकेपछि राज्यका कुन निकायले के
काम गर्छन् र कहाँ के काम हुन्छ भन्ने राम्ररी जानकारीपाएको दुर्गा
बताउनुहुन्छ । सभासद् हुँदाका तीतामीठा कुरा सम्झँदै उहाँ भन्नुहुन्छ,
‘सभासद् भएपछि आफूले गर्नसक्ने काम मात्र बोल्नु पर्ने रहेछ, नीति नियममा
रहेर बोल्नु पर्ने रहेछ । जनभावनालाई बुझेर काम नगर्दासम्मजनताको काम पूरा
गरेको मानिदैन । जनताको चाहना र आवश्यकता पूरा गर्न सजिलो हुँदोरहेनछ
भन्ने अनुभवभएको छ ।’दुर्गा संविधानसभा अन्तर्गत राष्ट्रिय हितको संरक्षण
समितिमा हुनुहुन्छ । उहाँले समितिमा राज्यका हरेक तहर निकायमा जनसङ्ख्याका
आधारमा दलित लगायत पछाडि पारिएका अन्य समुदायहरूको समावेशी तथासमानुपातिक
प्रतिनिधित्व हुनुपर्ने, सीमा व्यवस्थापन गर्नुपर्ने, हरेक सरकारी
निकायमा दलितका लागि आरक्षणकोव्यवस्था हुनुपर्ने माग गर्नुभयो ।
साथै, महिलालाई निःशुल्क र उच्च शिक्षा, निशुल्क स्वास्थ्य, महिलाका
लागिरोजगारी, महिलाभित्र पनि दलित आदिवासी÷जनजाति, मधेसी, अपाङ्ग, जस्ता
पछाडि पारिएका समुदायकामहिलाहरूको सहभागितालाई विशेष जोड दिनुपर्ने
मुद्दाहरू उहाँले उठाउनुभयो ।महिला सभासद्हरूले वर्तमान राज्य संरचनाका
कारण संविधानसभा भित्र र बाहिर निकै पीडा र भेदभाव खेप्नुपरेको उहाँको
अनुभव छ । उहाँ भन्नुहुन्छ, ‘महिलालाई संविधानसभामा बोल्नका लागि त्यति
प्रोत्साहित गरिँदैन ।पहिलो प्राथमिकता दलका नेतालाई दिइन्छ । समय रहेमा
मात्र महिलाको पालो आउँछ । संविधानसभाकोगेटमा पनि कर्मचारी र
सुरक्षाकर्मीहरूबाट महिला भएकै कारणले पुरुष सभासद्सरह सम्मान पाइँदैन ।
विभिन्नमन्त्रालयमा प्रस्ताव लिएर जाँदा महिलाले लगेको कुरा भन्दै त्यति
सुनुवाइ गरिन्न, ढिलाइ पनि गरिन्छ । महिलासभासद् त हो नि भनेर पार्टीभित्र
पनि कम ठानिन्छ ।’नयाँ संविधानमा दलितहरूका अधिकार सुनिश्चित गराउने
दायित्व आफ्नो काँधमा विशेषरुपमा आएको दुर्गाबताउनुहुन्छ । त्यसकारण, जातीय
छुवाछुतलाई निर्मूल गराउने र राज्यका हरेक निकायमा दलितको
समानुपातिकप्रतिनिधित्व गराउने प्रावधान संविधानमै स्पष्ट उल्लेख गराउन
दुर्गा संविधानसभामा र आफ्नो पार्टीभित्र सङ्घर्षरतहुनुहुन्छ ।
साभार :महिला ककस
No comments:
Post a Comment