Wednesday, October 2, 2013

दलितको रगत निलो हुन्छ र ?- भूपू मा श्री कल्पना सोव

भूपू  मा श्री कल्पना सोव नेपाली ज्युले काङ्ग्रेस
बाट संविधानसभा / व्यवस्थापिका संसदमा समानुपातिक प्रतिनिधित्व गर्नु भएको थियो
विकट जिल्ला डोटीमा जन्मनु भएकी कल्पना सोवसँग दलित हुनुका धेरै पीडाहरू छन् । नेपाली समाजमादलितलाई अमानवीय ढङ्गले जातीय आधारमा छुवाछुत र अपहेलना गर्ने चलन अझै हटिसकेको छैन । दलितभएकै कारण कल्पनाले पनि धेरै यस्ता भेदभाव र अपहेलना खप्नु प¥यो । यस्तै अनुभवहरूले उहाँलाई राजनीतिमाफलस्वस्वरू लाग्न सधैं घच्घच्याइरह्यो ।१८–१९ वर्षको उमेरदेखि नेपाली काङ्ग्रेस पार्टीको चिठ्ठीपत्रहरू बाँड्ने, महिला र दलितका विषयमा हुनेछलफलमा भाग लिने र पार्टीको सङ्गठन बिस्तार गर्ने काममा लाग्दालाग्दै कल्पना नेपाली काङ्ग्रेसको राजनीतिमासक्रिय हुनुभयो ।

२०४८ सालतिरको आन्दोलनमा सहभागी हुँदा प्रहरीसँगको झडपमा प्रहरीको लठ्ठीले उहाँकोटाउको फुट्यो । त्यसपछि राजनीतिमा लाग्न उहाँको जोश र जाँगर अझ बढ्यो । २०५१ सालदेखि उहाँ पूर्णरुपले नै राजनीतिमा सक्रिय हुनुभयो ।कल्पनालाई राजनीतिमा लाग्न उहाँको माइतीमा नै वातावरण तयार भइसकेको थियो । उहाँको बुबा राजनीतिककार्यकर्ता हुनुहुन्थ्यो । कल्पनाको बिहे हुनु अघि बुबाले उहाँलाई राजनीतिमा लागेपछि धेरै कुरा सुनिन्छ, सिकिन्छर जानिन्छ भनेर बारम्बार भनिरहनु हुन्थ्यो । तर राजनीतिमा सक्रिय हुन चाहिँ उहाँलाई दलितले भोग्ने गरेकाअपमान र पीडाले नै प्रेरित ग¥यो । दलितहरू अगाडि बढ्नुहुन्न । उनीहरूले आप्mनो परम्परागत पेशा वाहेकअरु पेशा अपनाउनु हुँदैन भन्ने जस्ता समाजको सङ्कुचित सोचलाई हटाउन पनि राजनीतिमा लाग्नुपर्छ भन्नेकल्पनालाई लाग्यो । उहाँ प्रश्न गर्नुहुन्छ, ‘आखिर दलित र गैर दलित जसलाई काटे पनि रगत त दुबैको रातैहुन्छ । तर, दलितलाई यसरी छुवाछुत र अपमान किन गरिन्छ? दलितको रगत मात्र नीलो हुन्छ र?’१६ वर्षको उमेरमा नै कल्पनाको विवाह भएको थियो ।
विवाह भएपछि माइतीमा जस्तो स्वतन्त्र भएर हिँड्न नमिलेपनि उहाँको श्रीमान् चित्रबहादुर सोबले उहाँलाई राजनीतिमा अघि बढ्न निकै नै सहयोग र साथ दिनुभएकोलेउहाँलाई सजिलो भयो । सामान्यतया, नेपाली समाजमा श्रीमान्ले राजनीतिमा लाग्ने र श्रीमतीले घरको कामगर्ने र छोराछोरी तथा परिवारको हेरचाह गर्ने चलन छ । तर कल्पनाको मामिलामा भने श्रीमान्ले घर हेर्नुभयोर उहाँले राजनीति गर्नुभयो । त्यसैले पार्टीका काममा पुरुष कार्यकर्ताहरू सरह परेकोबेलामा रातदिन भोकभोकैवसेर पनि उहाँ काम गर्न समर्थ हुनुभयो । त्यसैको फलस्वरुप अहिले उहाँ नेपाली काङ्ग्रेस पार्टीका तर्फबाटसंविधानसभा सदस्य चुनिनु भएको छ । डोटी जिल्लाबाट अरु ठूला पार्टीले दलितलाई संविधानसभा सदस्यबनाएनन् तर, नेपाली काङ्ग्रेसले उहाँलाई यो मौका दिएकोमा उहाँ अत्यन्त खुशी हुनुहुन्छ ।कल्पना गाउँमा घटेको घटनाकाबारेमा सुनाउनुहुन्छ, ‘एकजना दलितले मुकुट लगाएर नाच्दा अरू बच्चाहरू तर्सेरलडेछन् । त्यसपछि उनलाई तँ दलितले यस्तो काम गरेकैले बच्चाहरू लडेका हुन् भनेर गैर दलितहरूले कुटपिटगर्न थाले । यतिसम्म कि उसकी गर्भवती श्रीमतीलाई समेत उनीहरूले छाडेनन् । त्यो घटना विरुद्ध म आफैलागेँ र कुटपिटमा परेकी श्रीमतीलाई न्याय दिलाएँ । उनीहरूको उपचार पनि गराएरै छाडेँ ।’दलितलाई गरिएको दुव्र्यवहारको अर्को एउटा घटना पनि कल्पना सम्झनु हुन्छ । एउटा कार्यक्रममा जाँदा सुरुमैकल्पनाले खाना लिएर खानुभयो । त्यसपछि दलितले छोएको भनेर कसैले पनि खाना खाएनन् । होटेलवालालेसबै खानाको पैसा जबरजस्ती कल्पनासँगै असुले । त्यो घटनापछि अरु विभिन्न कार्यक्रमहरूमा जाँदा अरुलेखाएपछि मात्र बल्ल उहाँको पालो आउने चलन बस्यो । यस्तो अमानवीय भेदभावको विरुद्ध उहाँले धेरै ठाउँमाप्रतिकार गर्नुभयो । उहाँले त्यसरी प्रतिकार गर्ने भएकाले कतिपय साथीहरूले त कल्पना छुच्ची छ र कराइहाल्छेभनेर कार्यक्रमहरूमा नबोलाउने गर्न थालेको पनि उहाँको अनुभव छ ।एकपटक डोटीको शैलेश्वरी मन्दिरमा मेला लागेको थियो । भक्तजनहरू पूजा सामग्री लिएर मन्दिरमा जाँदैथिए । कल्पना सोब पनि पूजाको थाली लिएर मन्दिर जानुभयो । तर उहाँले मन्दिर भित्र प्रवेश गर्नै लाग्दागाउँकै एकजना गैर दलितले उहाँको बाटो छेके ।
उहाँ एकछिन त्यहीं रोकिनुभयो र एकछिन उभिएपछि उहाँलाईथाहाभयो कि त्यो व्यक्तिले बाहुन क्षेत्रीहरू मन्दिरतर्फ आइरहेको देखेर उनीहरूलाई बाटो छोड्न दलितहरूलाईरोक्ने गरिरहेको रहेछ । यो कुरा चाल पाएपछि कल्पना यसको विरोधमा उत्रनुभयो र पछि बल्ल मन्दिर प्रवेशगरी पूजा गर्ने पालो पाउनुभयो । २०५५ सालमा दलितमाथि मन्दिरमा हुने भेदभाव हटाउन कल्पना सोव र अन्यदलित अधिकारकर्मीहरूले जिल्लामा आन्दोलन सुरु गर्नुभयो । त्यसपश्चात मन्दिरमा एउटा टेबुल राख्ने चलनसुरु भयो । दलित र गैरदलित सबैले पूजाको थाली त्यही टेबुलमा राख्ने र पुजारीले थाली लिएर पूजा गरीथाली फर्काउने नियम बन्यो ।कल्पना संविधानसभा सदस्य भइसकेपछि स्थानीय दाजुभाइहरूले उहाँलाई मन्दिरमा पैसा दान दिन आग्रह गरेकाथिए, तर उहाँले मान्नुभएन ।
उनीहरूले मन्दिरका लागि किन दान नदिने भनेर सोधे । उहाँको जवाफ थियो, जुनमन्दिरमा दलितलाई प्रवेश नै गर्न दिइँदैन त्यस्तो मन्दिरमा किन पैसा हाल्ने ? त्यसको सट्टा उहाँले विद्यालयबनाउन पैसा खर्च गर्नुभयो । उहाँको विश्वास छ, सबै बालबालिकाले पढ्न पाए उनीहरू शिक्षित हुनेछन्, रशिक्षाले दलित र गैर दलितको विभेद हटाउनेछ ।अचेल गाउँघरमा दलितमाथि हुने छुवाछुत र दुव्र्यवहार विरुद्ध जनचेतना जगाउन विभिन्न सङ्घसंस्थाहरू सक्रियछन् । त्यसैले दलितलाई हेर्ने दृष्टिकोण र उनीहरूलाई गर्ने व्यवहारमा केही सकारात्मक परिवर्तनहरू देखापरेकोकल्पनाको भनाइ छ । उहाँले गत संविधानसभाको चुनावमा पार्टीको प्रचारप्रसार गर्न जाँदा पनि ‘म सुनारकी छोरी’भनेरै पार्टीलाई भोट माग्नुभएको थियो । सबैले रामै्र व्यवहार गरे । तर संविधानसभा सदस्य भएर काठमाण्डौंआइसकेपछि यतातिर पनि दलितलाई हेप्ने चलन अझै हटिनसकेको उहाँले अनुभव गर्नुभएको छ ।कल्पना संविधानसभा अन्तर्गत क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिको सदस्य हुनुहुन्छ । संविधानसभामामहिला सदस्यहरूले उठाउने आवाजको खासै सुनुवाइ नभएको कल्पनाको पनि अनुभव छ । उहाँ भन्नुहुन्छ, ‘एकत सदनमा पुरुषले जति महिलाले बोल्ने अवसरै पाउँदैनन्, पाइहाले पनि त्यसलाई कसैले सुन्दैनन् । अरु तअरु, समानताका पक्षधर सञ्चार माध्यमहरूले समेत पुरुष सभासद्हरूलाई मात्र खोजीखोजी अन्तर्वार्ता लिने रमहिलालाई नदेखे झैं गर्छन् ।’‘सभासद्हरू भत्ता खाएर सुतिरहेका छन्’ भन्ने जनताको आरोप सुन्दा दलित आन्दोलनबाट संविधानसभासम्मआइपुग्नु भएकी कल्पना सोवको मुटु चिसो हुन्छ । जनताले आशा गरे अनुरुप संविधान निर्माणको काम अघिनबढ्दा उहाँलाई थकथकी लाग्छ । अनि संविधान समयमै नलेखिएकोले जनताले सभासद्हरूलाई गाली गर्नुपनिस्वाभाविकै हो भन्न पनि ठान्नुहुन्छ ।संविधान लेख्ने कार्यमा कल्पना आफूले सकेसम्म समय दिएको बताउनुहुन्छ ।
संविधान लेखनका लागि सुझावसङ्कलन गर्न उहाँ गाउँगाउँमा पनि जानुभएको थियो । आफू संलग्न समितका बैठकहरूमा पनि सक्रिए भएरआप्mना मतहरू दिनुभएको थियो । तर, यति हुँदा हुँदै पनि समयमै संविधान तयार हुन नसकेकोमा उहाँलाईपनि अरुलाई जस्तै पीर लागेको छ । कल्पना चिन्ता व्यक्त गर्दै भन्नुहुन्छ, ‘मस्यौदा संविधान कहिले तयार हुने?मस्यौदा संविधान तयार भइसके पछि पनि त्यो ठीक छ कि छैन भनेर सोध्न फेरि गाउँ कहिले जाने?’
साभार :महिला ककस

No comments:

Post a Comment