Wednesday, October 2, 2013

सामाजिक पींडामा दलित – मनु वि.क.

एउटी महिलाले आफ्नो बच्चालाई भन्दै थिइन, “कामीको व्यवहार नदेखा”, “तँ करेटो” फेरि बच्चाले चकचक गर्न थाल्यो–“तँ कामी होस्? आरनमा बसेको होस?” फेरिक बच्चाले ढोका ढ्याड्ड ढ्याड्ड, ढुड्ड पार्न थाल्यो, फेरि उनले अर्का शब्दले बच्चार्ला हप्काउन थालिन “दमै, ए दमै?” दमै होस्? बाजा किनिदिउँ?” र्का बुढाबा आफ्ना नातिलाई भन्दै थिए–“ सार्की, तँ सार्कीलाई पख घ् अर्को एकजनाले सामुन्न मै कसम खायो “मलाई पोडे हुन परोस् घ् ” फेरि एउटी महिलाले भन्दै थिइन बच्चासाथीसँग खेल्न जान लाग्दा थपिन "गाइने" “तँलाई गाइने हुन मन छ? ढोका ढोकामा हिड्ने तँ गाइने होस्? ” एउटी महिलाले अर्की महिलालाई रिस पोखिन तँ बदिनी।”
यी माथि जसजसले जे जे उपमा दिएर शब्दहरू ओकले,रिस पोखे वा गाली गरे ती सबै हाम्रो समाजका कथित तल्ला जाति, पानी नचल्ने "अछुत" बनाइएका जातिहरू हुन्। वर्ण विभाजन अनुसार "शुद्र" वर्ण जुन ब्रम्हमाकोपैतलाबाट जन्मेका हुन भनिन्छ। त्यस्तै पेशागत हिसाबमा हेर्दा ठूला जातिकोसेाव र मनोरञ्जनका लागि निःशुल्क सेा गर्नुपर्ने जाति हुन् भनेर भनिन्छे। यहाँ थोरै दलित जातिका उपमाहरू दिए पनि वास्तविक तर स्थानीय दलित जाति जो छन् लाई होच्याउने गरी शब्दहरू जताततै अभिव्यक्त गरिन्छन्। माथिका सबै भनाइले समाजमा दुइटा कुराको प्रतिनिधित्व गरेका छन्– एक दलितलाई हेर्ने दृष्टिकोण र अर्को हो दलितको परम्परागत पेशा र श्रमप्रति अपार घृणा। उनीहरू हाम्रो समाजका श्रमजीवी वर्ग हुन्। उनीहरूले विश्वमा र नेपालमा उद्योगधन्दा कलकारखानाको विकास नभैसकेको समयमा पनि आफ्नो ज्ञान, बुद्धि, विवेकले समाजमा सबैलाई आवश्यक पर्ने गास, बास, कपासको आपूर्तिका साधनहरू निर्माण गर्ने र धर्तीलाई हराभरा बनाउने मान्छेहरू हुन्।
कामीहरूले सुन, फलाम, तामा,पितल, चाँदी लगायतका धातुहरूबाट हँसिया, कुटो, कोदालो फाली भाँडाकुंडा श्रृंगारका सामग्री गरगहना सबै बनाउँथे। अहिले पनि यो पेशामा केही कमी आए तापनि जारी नै छ। ती सबै आरनबाट नै उत्पादन हुन्छन्। कामीको आरनबाट उत्पादित सामग्री सबैलाई जाति भयो। उसको श्रम र सीप नभएका भए कसरी जीवन निर्वाह हुने थियो? त्यतिबेला उद्योगधन्दाको,यातायातको विकास थिएन। स्थानीय आवश्यकता त्यही पूरा गर्नुपर्ने हुन्थ्यो। त्यसको आपूर्ति तिनै कामीहरूले गरे। निस्वार्थ ढंगले समाजसेवा गरे पनि पसिना बगाएपनि उचित पारिश्रमिक पाएनन्। मानसम्मान पाउनु कता हो कता उल्टै गालीका शब्दहरू पाए। हेपिए अछुत नै रहे। अहिले पनि त्यो जारी छ। त्यस्तै दमैले सबैको आङ, लाज ढाक्ने लुगा सिलाउने, ओढ्ने, ओछ्याउने बनाउने गर्थे।अहिले पन उनीहरको पेशा छ। रेडिमेट कपडा आउँदैनथे, पेशा अहिले जस्तो अरू जातिमा पनि स्थानान्तरण भएको थिएन। त्यस समयमा कुनै विदेशी बाजा नेपालको संस्कृतिमा भित्रिएको थिएन। त्यस समयमा विवाह ब्रतबन्ध जस्ता शुभकार्यमा बाजा बजाउने रमाइलो गर्ने गर्थे। उनका परिश्रम गीत संगीत सबै राम्रा भए तर दमै नराम्रो भयो।
सार्कीहरूको पनि यस समाजमा कम्ती योगदान छैन। उनीहरूका हातले मरेका जन्तुका छाला जुन सडेर जाने थियो, त्यसबाट टलक्क टल्कने शिरदेखि पाउसम्मका लागि आवश्यक सामग्री बनेर बनाउँथे। यी सबैका लागि जाति भयो। अहिले तिनैलाई सार्की, चमार भन्दै गाली गरिन्छ। पोडेहरू हाम्रो समाजमा सरसफाईका काम गर्दै आए। ठूला जातिका फोहोर मैला सफा गरी समाज स्वस्थकर राखे तिनैलाई पोडे भन्दै हेपिन्छ। तिनैलाई होच्याउने किसिमले कसम खान्छन् र भन्छन् "पोडे हुन परोस" यसको मतलब जसले यस किसिमको कसमको सहाराले कुरालाई विश्वास गर्ने बनाउँछन् ती मान्छेका कुरामा सय प्रतिशत नै विश्वनीय र सत्यता छ। नभए उसले गरेका तलो तहका काम गर्नु परोस्। काम त आखिर बाँच्नको लागि गर्ने हो , जसले समाजलाई बिगार्दैनन्। तिनी काम सबैलेगर्नु नाजायज हुँदैन त जातिगत रूपमा जुन हेला गरियो यसले हेला सहेकालाइ असहय पीडा हुन्छ।
एक जना महिलाले आफ्नो बच्चालाई गाइनेको संज्ञा दिंदै गाली गर्दा हाम्रो समाजमा "गाइने"प्रति अपनाइने व्यवहार झल्किन्छ। उनीहरू समाजमा अछुत बनाइएका जाति हुन्। उसको उत्पादनको साधन भूमिमा स्वामित्व कम मात्रा मै छ। उसको काम भनेको गीत गाउनु र अरूबाट केह िअन्न , नगद प्राप्त गर्नु र जीविकोपार्जन गर्नु रहेकोछ। उनीहरूले सुचना प्रविधिको, संगीतकला विद्याको विकास नभैसकेको अवस्थामा प्रियसीका खबर, विरह, दुःख,बेदनाका कुराहरू गीत संगीतको माध्यमबाट सुनाउँदै हिंड्ने काम गरे। यसले समाजलाई हानी होइन फाइदा नै पुर्‍यायो। तर तिनै दलित "गाइने" को दिनचर्यालाई लिएर “आफ्नो बच्चालाई गाली गर्दा गाइने होस् ढोका ढोका हिंड्ने?” भनेर हेप्नु कत्तिको जायज होला? यसले गाइने वा अछुत बनाइएकालाई चिन्ता लाग्दैन?
अर्को महिलाले महिलालाई "बदिनी" भन्ने शब्दले गाली गरिन। वादी समुदाय हाम्रो समाजका उत्पीडित र अधिकारविहीन समुदाय हो। त्यो सामुदायमा पुरूषहरूका काम बाद्यवादनका सामग्री बनाउनु बजाउनु, बेच्नु हो भने महिलाहरूकोपेशा देह व्यापार हो। उनीहरूका यस व्यवसायबाट पुस्तो बितेका छन्। तर पनि यस खालका पेशालाई निरूत्साहित र अन्य पेशा अपनाउन सक्ने बनाउनु पर्छ। त्यो सम्भव पनि छ तर त्यसरी "बदिनी" होस् भन्दै हेप्दा तिनीहरूको मनमा चोट लाग्दैन? स्वयं वादी समुदायको अपमान हुँदैन? यसरी तमाम दलितलाई देखाएर आफूहरूसभ्य, सुसंस्कृत बन्न खोज्दा दलितका मनमा पीर पर्दैन? अवश्य लाग्छ। हेपिएका वर्गको आत्मसम्मानमा चोट लाग्छ।
वास्तविक रूपमा दलित जातिको समाज विकासमा अमूल्य योगदान छ। चाहे नेपाल एकीकरणका समयमा होस् चाहे प्रजातान्त्रिक आन्दोलनमा, चाहे निःशुल्क सेवा गर्नु होस् चाहे राजनैतिक पार्टीका नेताहरूलाई भोट दिएर जिताउन होस् जुनसुकै समयमा दलित नभई भएन दलित चाहियो तर पनि समाजमा उसलाई कुन प्रकारको व्यवहार अपनाइन्छ, उसलाई हेर्ने समाजको दृष्टिकोण कस्तो छ? भन्ने प्रतिविम्ब माथि अभिव्यक्त भनाईहरूमा देखिन्छ। कसैले राम्रो काम गरेमा ठूला जातिको संज्ञा दिइन्छ। ठूलो गर्व गरिन्छ। नराम्रो, तल्ला स्तरका काम गर्दा, कामी, सार्की, दमै, बादी, बदिनीको उपमा दिइन्छ वा "जस्तै छ" भनेर तौलिइन्छ। के यस किसिमको प्रवृत्ति ठीक हो? के यी दलितहरू सधै नराम्रा काम मात्रै गर्छन्? होइन। एउटा दुईटा प्रतिनिधि पात्रलाई आधार बनाएर सबैलाई हेप्न जायज हो? दलितका राम्रा कामको परिश्रमको अवमूल्यन भैरहेका छन् भन्ने कुरा माथिका शब्दले प्रष्ट पार्छन्। अहिले पनि दलितलाई नराम्रो आँखाले हेर्ने गरेको कुरा माथिबाट प्रष्ट हुन्छ।
हाम्रो समाजमा छुवाछूत प्रथा, कायम रहनुमा, दलित सधै दलित हुन्, उनीहरू यस धर्तीमा तल्ला नै हुन्छन् भन्ने किसिमको चेतनाको विकास परिवारमा आफ्नो अभिभावकबाट नै बच्चाले सिक्दै आएका हुन्छन्। यो प्रवृत्ति विकासमा पुस्तामा आधारित प्रशिक्षण नै हो। यदि अभिभावकले "मान्छे मान्छे सबै बराबर हुन" उ पनि मान्छे हो, "सँगै बसेर खाँदा व्यवहार गर्दा केही हुँदैन" भन्ने खालका सकारात्मक प्रशिक्षण दिएमा केटाकेटीमा त्यही किसिमको परिवर्तनकामी दिमागको विकास हुने थियो तर त्यसो हुन नसक्दा छुवाछूत जस्तो अमानवीय र घृणित व्यवहारले निरन्तरता पाइरहेको छ। अभिभावकले नै (सबैले होइन ) आफ्ना छोराछोरी, समाजमा दलित कामी, दमै,सार्की, वादी, पोडे लगायतलाई हेर्ने दृष्टिकोण निर्माण गरिदिएका हुन्छन् भन्ने ज्वलन्त उदाहरण यी माथिका कुराहरू हुन्।
सबै जाति जनजाति, उत्पीडित उपेक्षित समुदायले सम्मान र पहिचान खोजिरहेका छन्। सबैको समान सहभागिता र प्रतिनिधित्वको आवाज उठिरहेको छ। यस समयमा शहर बजारमा बस्ने, आफूलाई शिक्षित बताउने, टाठाबाठाहरूले यसरी दलितहरूलाई हेप्ने शब्द प्रयोग गर्नु जानेर वा नजानेर घृणाभाव जगाइदिनु निकै खेदजनक विषय छ। गाउँघर दुरदराजमा त झन् यस्ता खालका कुराहरू प्रशस्त भैरहन्छन्। यस्ता खालका शब्दहरू व्यवहारका विरूद्ध न त कानुनी कार्वाहीका लागि केही आधार होलान् न त भन्नेहरूले केही सजाय नै पाउँछन्। यस्ता एक जातिले अर्को जातिलाई हेप्ने खालका उपमाको प्रयोगको न त कुनै प्रमाण र हिसाब किताबनै हुन्छ। जुन देशव्यापी प्रयोग भैरहन्छन् घरघरमा गुञ्जिरहेका छन्। मात्र सुन्ने, हेपिने उत्पीडित वर्गको मन दुःखछ, आत्म जलिरहन्छ, यसले कसैलाई पोलिरहेको हुन्छ। जातीय सद्भाव र सहिष्णुतामा आँच ल्याउन मद्दत गरिरहन्छ। हाम्रो जस्तो जातीय विविधतायुक्त मुलुकमा जुनसुकै जातिलाई अपमानबोध हुने जुनसुकै क्रियाकलाप भएपनि त्यस खालका गतिविधिलाई निरूत्साहित गर्नु जरूरी छ। 
साभार :हाक साप्ताहिक 

No comments:

Post a Comment