मन्दिर पसेको निहुमा एक्लै चार दिन ढुङगा बोक्ने सजाए

बुटवल,५ कात्तिक -
पाल्पा- दसंैमा दुर्गा मन्दिरमा पूजा गरेको भन्दै गुल्मी ठूलोलुम्पेकका एक ‘दलित’ युवकलाई गाउँलेले कुटपिट गरी ढुंगा बोक्ने सजाय तोकेका छन् । गाउँलेको सजायअनुसार ढुंगा बोक्न नसकेपछि ती युवा भागेर पाल्पा आइपुगेका छन् ।
ठूलोलुम्पेक-९ का २४ वषर्ीय हरि विश्वकर्मालाई मन्दिरमा पूजा गरेको आरोपमा गाउँलले सजाय तोकेका हुन् । परम्परागत रीतिरिवाज उल्लंघन गरेको भन्दै आफूलाई गाउँलेले स्थानीय धुसेनी पहाडी प्राथमिक विद्यालयका लागि चार दिनसम्म ढुंगा बोक्ने सजाय तोकेको उनले बताए । ढुंगा बोक्न नसकेपछि गाउँबाट विस्थापित भई उनी पाल्पाको तानसेनस्थित आफन्तकहाँ आएका हुन् ।
‘दसैंको नवमीका दिन दुर्गा मन्दिरमा पूजा गरेर बाहिर निस्केको थिएँ,’ उनले भने, ‘अध्यक्ष अनन्त भट्टराई र शिक्षक रामप्रसाद पाण्डे लगायतले मन्दिरमा तँ दलित किन पसिस् भन्दै कुटपिट गरे ।’ त्यसपछि गाउँलेले छलफल गरी सजाय तोक्दै ढुंगा बोक्न पटक-पटक धम्क्याएपछि न्याय खोज्दै गुल्मीको सदरमुकाम तम्घास आई जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय रिडीमा निवेदन दिएर उनी पाल्पा आएका हुन् ।शिक्षक पाण्डेले भने आफूले कुटपिट नगरेको बताए । ‘मैले होइन, युवाहरूले हात हालेका हुन्,’ उनले भने ।
‘एक्लै चार दिनभर ढुंगा बोक्नुपर्ने निर्णय गरे,’ उनले भने, ‘गाउँमा हामी कमजोर भएकाले केही बोल्न सक्ने अवस्था भएन ।’ गाउँमा चार घर दलित परिवार बसोवास गर्छन् । इलाका प्रहरी कार्यालय रिडी, गुल्मीका प्रहरी सहायक निरीक्षक जनक भुसालले पीडितको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरिने बताए । दलित युवालाइ ढुङगा बोक्ने सजाय तोकेका ठुलोलुम्पेक गाउलेले पिडित युवा समक्ष माफि मागेका छन । ईलाका प्रहरी रिडीमा भएको छलफलपछि मन्दिर व्यवस्थापन समितीका अध्यक्ष रुक्माङगत भट्राई समेतका व्यतिmले मन्दिर पसेको निहुमा ढुङगा बोक्ने सजाए तोक्नु गलत भएको निष्र्कष निकाले पछि माफि मागेका हुन ।स्थापनिय बुद्धिजिबी ,दलित नेता संचारकर्मी ,प्रहरीको रोहवरमा भएको छलफलमा ५ बुदे सहमती समेत भएको छ । मन्दिर प्रवेश गरेका गुल्मी ठुलोलुम्पेक ९ का २४ बर्षिय हरी विश्वकर्मा मन्दिर प्रवेश गरेको आरोपमा स्थानियले कुटपिट गर्नुको साथै ढुङगा बोक्ने सजाय तोकेका थिए । विश्वकर्माले स्थानिय अनन्तभट्राई ,रुक्मागत भट्राई, राम प्रसाद पाण्डेय ,यन्जन पाण्डेय , मनोज पाण्डेय ,निर्मल पाण्डेय ,हेमन्त भट्राई लगायत बिरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
२ दिन भएको छलफलपछि माफि मागेर विवाद टुङगिएको प्रहरीले बताएको छ । मन्दिर प्रवेशमा रोक लगाउन पाईदैन । दलित भएकै कारण अपहेलना गर्न नपाईने , सार्वजनिक स्थलमा उनीहरुलाई भेदभाव गर्न नपाईने ,ढुङ्गा बोक्ने सजाय फिर्ता गर्ने लगायतका सहमतीभएको छ ।
साभार:- कान्तिपुर /dalitnewshome /प्रकाशित मिति: २०६८ कार्तिक २ 

No comments:

Post a Comment