आश्विन ८ -
केही समयअघि एक समाचारपत्रमा मैले पढें ‘रक्सीको ग्लास छोएको निहँुमा एक दलित युवकको हत्या ।’ मलाई यो समाचार पढेपछि एकदम दुःख लाग्यो । यसले मेरो मर्मस्थलसम्म स्पर्श गर्यो । म गम्भीर हुनुका साथै निराश भएँ । एक्काइसौं शताब्दीमा हिँडिरहेका हामी तर हाम्रो अझसम्म फारिन नसकेको मानसिकतालाई यो समाचारले इंगित गर्छ । यस्ता किसिमका समाचारहरू विभिन्न सञ्चारमाध्यममा छाइरहन्छन् । जस्तै दलितहरू मन्दिरमा प्रवेश गर्दा कारबाही, कथित उपल्लो जातकाहरूले दलितसँग बिहे गर्दा पानी बाराबारको स्थिति, अरू जातिलाई उछिनेर दलितहरू ध्ाारामा पानी थाप्न जाँदा सांघातिक हमला आदि । विशेषगरी दलित पुरुषभन्दा महिला ब्ाढी पीडित छन् । यस्ता जटिल घटना कति हुन्छन् कति ! कतिपय समाचार बन्छन् भने कतिपय समाचार बन्नै नपाई त्यतिकै बिलाउँछन् ।

दलितहरूलाई छुवाछूत प्रथाले गर्दा उन्नतिमा पछि पर्नु परिरहेको छ ।
सामाजिक परम्पराविपरीत जाँदा ‘सोसियल्ली बाइकट’ हुने डरले उनीहरू खुम्चिन
बाध्य छन् । नेपालमा बीसभन्दा बढी प्रकारका दलित जाति छन् । तीमध्ये कामी,
दमाइर्ं, सार्की, वादी, गाइने, सुनार, चुनार आदि पहाडमा, चमार, सतार, डुम,
लोहार, मुसहर आदि तराईमा, च्यामे, कसाई, कुसे, कुसुले, पोडे, नेवार दलितहरू
विशेषगरी काठमाडौंमा बसोबास गर्छन् । समाजका आँखामा दलित भएकै कारणले
ग्लास छुँदैमा हत्या गरिन्छ भने यहाँभन्दा नीचताको कार्य कुनै छैन । आखिर
हामी किन बिर्सिरहन्छौं मानवताको भावना अनि किन सोच्दैनौं सबैको रगत रातो
हुन्छ ? किन कल्पना गर्न सक्दैनौं क्षणिक रिसको आवेगमा गरेको काम बेठीक
हुन्छ ? कहाँ गायब भएको छ हाम्रो संवेदनशीलता ? गहिराइसम्म पुग्ने हो भने
घोर मानवताविरोधी छन् यी घटना । तर हामीलाई सोच्न फुर्सदै छैन ।
महाकवि देवकोटाको मुनामदनमा जातसम्बन्धी भनाइ यहाँ उद्धृत गर्न मलाई
सान्दर्भिक लागेको छ । ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।’ यो विचार
सारगर्भित छ । तर हामी भ्रमै भ्रममा बाँचिरहेका छौं कि जात नै सम्पूर्ण
कुरा हो तर असल जाति कहलिनका निम्ति देवकोटाले भनेजस्तै उदार दिलको
आवश्यकता छ । दलितलाई मूल धारबाट वञ्चित गर्नु, घरभित्र छिर्न नदिनु, हरेक
किसिमका शुभकार्यमा प्रतिबन्धित गर्नु कुनै हालतमा सान्दर्भिक छैन ।
उनीहरूलाई मान्छे नै होइनन् जस्तो व्यवहार गर्दा गहिरो मनोवैज्ञानिक असर
परेको छ र हीनभावनाले ग्रस्त भएर अघि बढ्न सकिरहेका छैनन् । कागजका आधारमा
कहिल्यै छुवाछूत प्रथाको अन्त हुँदैन । यो त व्यावहारिक रूपमा कार्यान्वयन
हुनुपर्छ ।
हामी गलत कार्य गर्ने बेलामा आफ्नो जात सम्भिmदैनौं । जस्तै मदिरापान,
स्त्रीलम्पट आचरण, जुवातासप्रतिको आशक्तिजस्ता कार्यहरू गर्नचाहिं जातले
रोक्दैन तर दलितले ग्लाससम्म छोइदिँदा उसको हत्या गर्नसम्म पछि पर्दैनौं ।
यस्ता किसिमका घटनाले हाम्रो विकसित हुन नसकेको सोचलाई व्यंग्य गर्छ ।
समाजमा जो संघर्षपूर्ण जीवन बिताइरहेका छन् उनीहरूलाई हामी भेदभावपूर्ण
दृष्टिकोणले हेछौर्ं । उदाहरणका लागि दलित, अन्धा, अपांग, विधवा आदिलाई लिन
सकिन्छ । उनीहरूलाई देख्दा हाम्रो मुखबाट एउटै शब्द फुत्किन्छ ‘बिचरा !’
सबल र दुर्बल व्यक्तिहरूलाई हेर्ने हाम्रा आँखा विरोधाभासपूर्ण छन् ।
त्यसैले हामी दलित विधवालाई बोक्सी पनि भन्ने गर्छौं ।
यद्यपि हाम्रो समग्र धारणा दुर्गुणले भरिपूर्ण छ, हामी सद्गुणी भएको
अभिनय गर्न कहिल्यै पछि पर्दैनौं । हामी तीर्थव्रत गर्छौं । पूजापाठ गर्छौं
। आफ्नो धार्मिक छविलाई जाज्वल्यमान रूपमा प्रस्तुत गर्न खोज्छौं । तर
हाम्रो रूढीवादी सोच ज्युँकात्यँु रहिरहेको हुन्छ मस्तिष्कभित्र जसलाई
हामीले मिल्काउन सकिरहेका छैनौं । शैक्षिक, सामाजिक, आर्थिक, राजनीतिक
चेतनाको कमीले हामी पश्चगामी बन्न बाध्य छौं । अबका हाम्रा दिनहरू अग्रगामी
दिशातर्फ अग्रसर हुनुपर्छ । चेतनामूलक अभिमुखीकरण कार्यक्रमहरू यस्तो
कार्यका लागि रामवाण साबित हुन सक्छन् । आशा गरौं सञ्चारमाध्यमबाट प्रसारण
हुने यस्ता हृृदयविदारक घटनाले हामीलाई सही शिक्षा दिऊन् अनि हामी
छुवाछूतयुक्त, भेदभावयुक्त समाजलाई परिवर्तन गरेर अखण्ड नेपालको निर्माण
गर्न सकौं ।
साभार:-http://ekantipur.com/kantipur/news/news-detail.php?news_id=280489
No comments:
Post a Comment