Saturday, October 12, 2013

दलित परिवारलाई अपहरण र ज्यान मार्ने धम्की -रामकुमार श्रेष्ठ

नवलपरासी, ३ कात्तिक । नवलपरासीको सुनवल – ७ अस्नैयाका दलित परिवारलाई अपहरण र ज्यान मार्ने धम्की आउने गरेको छ । दिनहुं जसो गुण्डा गर्दीको शैलीमा गाउं पस्ने र गाउंले सबैलाई कुट्ने ज्यान मार्ने धम्की दिने र एक दलित परिवारलाई नियमित जसो भेटेर ज्यान मार्ने र अपहरणको धम्की दिने गरेको पीडित गाउंलेहरुले बताए । प्रहरी भने घटनाको बारेमा जानकारी हुंदा हुंदै पनि मुकदर्शक बनेर बस्ने गरेको छ ।प्रहरी सक्रियताले शान्तिसुरक्षामा सुधार आएको चर्चा चलिरहेका बेला सुनवल–७ अस्नैयाका स्थानीयबासीहरुले आफुहरुलाई सुरक्षाको प्रत्याभुति नभएको गुनासो समेत गर्न थालेका छन् ।
गाउंमा बारम्बार कुटपिट र धम्की घटनाले त्रसित भएको भन्दै स्थानीयबासीहरुले गुनासो गरेका हुन् ।गाउमा कुटपिट र धम्की घटनापछि प्रहरीलाई गुहारेपनि कुनै सुनुवाई नभएको उनीहरुले बताएका छन् ।सुनवल नगरपालिका–७ अस्नैयाका लिलाबहादुर विश्वकर्माको परिवारलाई नै बारम्बार ज्यान मार्ने धम्की आएको पीडितहरुले बताए । असोज १६ गते आपm्नो परिवारलाई रक्सी पिएर आएका बिकास बाठा, होमबहादुर रानाको समुहले वितार कारण कुटपिट गरेको पछि परिवारैलाई अपहरण गर्ने र ज्यानमार्ने धम्की दिएको पीडित लिला बहादुर बिश्बकर्माले बताए ।
मेरो परिवारमा आएर उनीहरुले सबैपरिवारलाई कुटपिट गरेका थिए । हामी परिवारै र समाजसहित प्रहरीमा गयौ र मिलापत्र पनि गरियो –त्रसित मुद्रा रहेका उनले संवाददातासंगको भेटमा भने–तर मिलापत्रपछि तैले के गर्न सकिस र भनेर परिवारैलाई अपहरण गर्ने र ज्यानमार्ने धम्की दिएका छन् ।सञ्चारकर्मीहरुसंगको भेटमा उनले आंखा भरी आंशु लिदै भने – सुरक्षाको प्रत्याभूति हुन सकेको छैन । गाउंमा आएर खुलमखुल्ला माइकिंग गर्दै ज्यान मार्ने र अपहरणको धम्की दिन्छ तर प्रहरीलाई गुहार माग्दा अपराधीलाई पक्राउ गर्दैन ।
आफनो परिवार गाउमा बस्न सक्ने अवस्था पनि नरहेको र आर्थिक अभावका कारण घर छाडेर बाहिर बस्ने अवस्था पनि नरहेको पीडित विश्बकर्माले बताए ।अघिल्लो घटनालाई एक पटकलाई भनेर गरिएको मिलापत्रलाई आफूहरुको कामजोरी ठानेर उनीहरुले बारम्बार धम्की दिने गरेको गाउंलेहरुले बताएका छन् ।
मिलापत्र अनुसार पीडिक बाठा मगर र रानाले विश्वकर्मा परिवारलाई उपचार खर्च दिएको भएपनि उनीहरुले पुनः गाउमा बारम्बार दुख दिने गरेको समाजसेवी नरबहादुर खातीले बताए ।स्थानीयका अनुसार दशैका बेलामा भएको उक्त घटनामा लिलाबहादुर र उनकी श्रीमती समेत घाइते भएकी थिइन । त्यसै घटनामा दशैमा आएका भान्जा राजन विश्वकर्मामाथि विनाकारण कुटाइ खाने परेको थियो । उक्त दिन बाठा मगर र राना विश्वकर्माको घरका पसी भाडाकुडा, ओछ्यान फालिदिने र घरको ढोकामा समेत क्षति पुर्याएका थिए ।स्थानीयका अनुसार घटना पछि प्रहरी चौकी बैरनाथले घटनामा सम्लग्न बिकास बाठा, होमबहादुर राना र अजय रानालाई नियन्त्रणमा लिएको थियो ।
१६ गते नियन्त्रणमा लिएर १८ गते छुटेका उनीहरुसंग २२ गते मिलापत्र गरिएको थियो । तर मिलापत्रको मसी सुक्न नपाउदै परिवारैलाई अपहरण गर्ने र ज्यानमार्ने धम्की दिएका पीडित बिश्वकर्माले बताए ।
२२ गते मिलापत्र गरेपनि २३ गते नै विकास वाठा मगर र होमबहादुर रानाले प्रेमराजा न्यौपाने (४५ं) उनका छोरा बिजय (१६), महिला सोमती गुरुङं (४९) उनकी छोरी धनमाया गुरुङ (१२) यमबहादुर गुरुङलाई रातिको समयमा आक्रमण गरी घाइते बनाएका थिए ।घाइतेहरुको आफ्नो पसलमा समेत बारम्बार आएर धम्की दिने स्थानीय महिला सोममाया गुरुङले बताइन् । न्यायका लागि गुहार्दा कसैले पनि वास्ता नगरेकोमा उनले आक्रोस पोखिन् ।उनीहरुले गाउमा गुण्डाराज नै चलाउने गरेका छन् तर चु बोल्न पाइदैन । जो उनीहरुको विरोधमा बोल्छन् कुटपिट गरिहाल्छन् ।ती अपराधीहरुलाई गाउंकै केही टाठाबाठाले संरक्षण दिएको कारण गाउंमा आतंक मच्चाएको उनीहरुले बताए । एउटा सानो समुहले गाउलाई त्रसित बनाएको स्रोतले बतायो ।
स्रोतका अनुसार उक्त समुहले गाउमा लाहुरे ,बिदेशबाट कोही आउदा र कसैकहा पैसा आएको थाहा पाएमा असूल्ने गरेका छन् । पीडित गंगा गुरुङले आफु नहुदा आफ्नो परिवार माथि आक्रमण भएको जानकारी दिए ।पुनः गाउंमा आएर गाउंलेलाई कुट्ने ज्यान मार्ने र अपहरणको धम्की दिन थालेपछि पीडित गाउंलेहरुले जिल्ला प्रहरी कार्यालयमा गई उजुरी दिएका छन् ।जिल्ला प्रहरीले पीडकलाई तत्काल पक्राउ गर्ने आदेश दिएको भए पनि उनीहरु फरार रहेका कारण पक्राउ गर्न नसकिएको प्रहरी चौकी बैरनाथका हवल्दार दुर्गेश यादवले जानकारी गराए ।प्रहरी फरार भनिरहने र धम्की दिने विकास बाठा, होमबहादुर रानाको समुहले गाउमा आएर खुलमखुल्ला माइकिंग गर्दै ज्यान मार्ने र अपहरणको धम्की दिइरहंदा गाउंले सबै त्रसित भएका छन् ।
 साभार :-राजधानी दैनिक/ dalitnewshome

No comments:

Post a Comment