बुटवल, दलित नेता एंव नेकपा एमालेका पोलिटब्यूरो सदस्य छविलालले
बर्तमान सरकारले सिंगो दलित समुदायलाई उपेक्षा गरेको बताउनुभएको छ ।
उहाँले समावेशि सिद्धान्त जहातहि लागु भईरहेको बेलामा बर्तमान सरकारको
मन्त्रिमण्डलमा एक जना पनि दलित प्रतिनधि नगराएर सरकारले दलित समुदाको
भावानामाथि गम्भिर चोट पु¥याएको स्पष्ट पार्नुभयो ।
दलित पत्रकार संघ रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार
सम्मेलनमा बोल्दै नेता विश्वकर्माले सबैभन्दा बढि दलित समुदाको योगदान
रहेको एकिकृत नेकपा माओबादीलेनै समावेशि सिद्धान्तलाई लत्याएर
मन्त्रिमण्डलमा एक जना पनि दलित प्रतिनिधि नहुनु लज्जास्पद भएको बताउनुभो ।नेता विश्वकर्माले अव यसको जवाफ प्रधानमन्त्रि डा.बाबुराम भट्टराईले दिनुपर्ने बताउनुयो ।
जनआन्दोलन पश्चातको सरकार गठनमा माओबादी अध्यक्ष प्रचण्ड नेतृत्वको
सरकारमा पनि यस्तै भएको बताउदै विचमा केहि भएपनि दलित प्रतिनिधि सहभागि
भएकोमा अहिले फेरी दलित समुदायलाई उपेक्षा गर्ने गरि सरकारले मन्त्रिमण्डल
गठन गर्नु दुःखद भएको उहाको भनाई छ । सभाषद समेत रहनुभएका विश्वकर्माले
अबको संविधान दलित,जनजाति,महिला र पछाडि पारिएका समुदायको लागि आवश्क रहेको
बताउनुभयो ।
उहाँले शान्ति प्रकृयालाई टुङग्याएर मात्र संविधान संविधान घोषणा हुने
भएकाले शान्ति प्रकृयालाई टुङग्याउन माओबादी ईमान्दार हुनुपर्ने उहाको भनाई
छ । उहाले दलित समुदायको कुन निश्चित पकेट क्षेत्र नभएकाले
राज्यपुजर्नसंरचनामा समस्या देखिएको र अन्य बिषयमा दलित प्रतिनिधिको
हैसियतमा पहलकदमीहरु भईरहेको बताउनुभयो । पत्रकार सम्मेलन दलित पत्रकार संघ
रुपन्देहीका अध्यक्ष शान्ति विकको अध्क्षता तथा सचिव विनोद परियारको
संचालनमा भएको थियो ।
१२ असोज । दलित पत्रकार संघ रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा ब्यक्त विचार
साभार:- dalitnewshome
No comments:
Post a Comment