पाल्पा जिल्लाको परियार समुदायका युवाले नौमती पञ्चेवाजा वजाउने पेशा
छाडेपछि गाउँघरमा शुभकार्यमा वजाउने सो वाजाको संरक्षणमा मगर युवा तम्सियका
छन् । हिजोआज मगर युवाले लोप हुने अवस्थामा पुगेको नौमती पञ्चेवाजा वजाउन
थालेपछि सोको संरक्षण भएको हो । राजा जयस्थिति मल्लका पालादेखि कामका
आधारमा जातजातिको वर्गिकरण संगै पाल्पाका परियार जातिले पेसाको रुपमा नौमती
वाजा वजाउन थालेका थिए ।
नौमती वाजा वजाउने दलित युवाले सामाजिक सम्मान नपाएको भन्दै उनिहरु
पेसावाटै विस्थापीत भएपछि
अहिले जिल्लाका अधिकांश भेगका मगर युवाले
गाउँघरमा नौमती वाजा वजाउन शुरु गरेका छन् । जिल्लाको वौघागुम्वा गाविस–४
कसेनी टोलमा मगर युवाको ६३ सदस्यीय नौमती पञ्चैवाजा समूह गठन भएको छ ।
समूहमा १५ देखि ३५ वर्ष सम्मका युवाहरुको सहभागिता छ । गाउँका प्रत्येक
घरवाट सय रुपियाँ उठाएर रु २७ हजारमा नौमती वाजा खरिद गरिएको छ । सो समूहका
सदस्य वाजा वजाउनका लागि रुपन्देही, नवलपरासी,
कपिलवस्तु,स्याङ्जा,काठमाण्डौं लगायतका जिल्लामा पुग्ने गरेका छन् ।
सो समूहका सल्लाहाकार मनवीर थापा(साठीघरे)ले पूर्खाको सीप सिकेर राम्रो
आम्दानी गर्नुपर्छ भन्ने मान्यताको विकास भै स्थानीय क्लवमा छलफल भएपछि
गाउँका मगर युवाले नौमती वाजा वजाउन थालेका वताए । मनवीर स्वयम् पैसा
कमाउने उद्देश्यले ६ वर्ष मलेसिया वसेका थिए । घरफर्केपछि नौमती वाजा वजाउन
थालेका उनले भने–“विदेशी वाजा भन्दा नेपाली वाजाको धुनले नेपालीको
मन‘वडो’छुन्छ ।
”जिल्लाको मुझुङ,छहरा,अर्गली,सोमादी,सिद्धेश्वर,जुवापौठा,कञ्चल,फेक र
भैरवस्थान गाविसका मगर युवाले नौमती वाजा वजाउने अभियान नै चलायर लोप भएको
वाजा वजाउने पेसालाई आत्मसाथ गरेका हुन् । सुरुमा दलित समुदायले गर्ने काम
पनि गर्छन् भन्दै त्यसो नगर्न गाउँका कथित भलादमीहरुले भने पनि आफूहरुले
दलितको पेशा भनेको नेपालीको संस्कृति भएको वुझेर त्यो पेसा रोजेको मनवीरको
भनाई छ ।
जिल्लाकै खानीगाउँमा रहेको पञ्चेवाजा वजाउने परियार जातीका युवाहरु विदेश
पलायन भएपछि गाउँमा वाजा वजाउनेको अभाव भएसंगै शुभकार्यको वेला समस्या पर्न
गएकाले त्यो पेशा अंगाल्न वाध्य भएको मनवीरको तर्क छ ।
समूहलाई वाजा वजाएवापत प्राप्त आम्दानीको २५ प्रतिशत दिनुपर्ने र वाँकी ७५
प्रतिशत रकम वाजा वजाउने युवाको लागि खर्च गरिने व्यवस्था रहेको समूहका
अध्यक्ष रेखवहादुर अस्लामीले वताउनुभयो । गाउँका विद्यार्थी पनि सो समूहमा
आवद्ध छन् । उनिहरु प्रायजसो विदाको दिन नौमती वाजा वजाउने गर्छन् ।
गाँउघरमा नौमती पञ्चेवाजा वजाउन सिक्ने सङ्गीत घरहरु कहाँ छन् र भन्ने
प्रश्न गर्दै अस्लामी भन्नुहुन्छ–यस व्यवसायलाई आधुनिकीकरण गर्नु जरुरी छ ।नेपाल मगर संघ पाल्पाका अध्यक्ष वलवहादुर गाहामगर पञ्चैवाजाको संरक्षण
गर्ने जिम्मा मगर समुदायका युवाले लिएकामा प्रसन्नता वयक्त गर्दै उनिहरुलाई
प्रोत्साहन गरिनुपर्नेमा जोड दिनुहुन्छ ।
source :- nepalikorea.com
No comments:
Post a Comment