मुलुकका थुपै्र समस्या मध्ये जातिय विभेद पनि एक
हो । समाजमा अझै पनि जातिय विभेद कायमै छ । जातिय विभेदका घटनाले कुनै कुनै
समयमा जटिल मोड समेत लिने गरेको छ । कथित उपल्लो जातिले कथित तल्लो जातका
व्यक्तिमाथि विभेद गर्दा यस्ता समस्या हुने गरेका छन् । राज्यले जातिय
विभेद गर्नेलाई कानूनी कारवाही गर्ने व्यवस्था गरेपनि जातिय विभेदका घटनामा
कमि आउन सकेको छैन ।
२०६३ साल जेठ २१ गते पुर्नस्थापित संसदले नेपाललाई
छुवाछुत मुक्त राष्ट्रको रुपमा घोषणा गरेको थियो । सोही वर्षबाट नेपालमा
जेठ २१ गते जातिय विभेद उन्मुलन दिवस मनाउन थालिएको हो । हरेक वर्ष आयोजना
हुने यो दिवसमा सबै राजनीतिक दलले विभेद अन्त्यको प्रतिवद्धता समेत व्यक्त
गर्ने गरेका छन् । तर त्यो प्रतिवद्धता व्यवहारमा कार्यान्वयन हुन
सकेको छैन । कतिपय घटनामा त राजनीतिक दलका नेता कार्यकर्ताहरुकै संलग्न
रहने समेत पाईन्छ । ती
व्यक्तिलाई न त राजनीतिक दलले नै कारवाही गरेका छन् न
त राज्यले नै कारवाही गरेको छ ।
हुन
त जातिय विभेद नेपालमा मात्रै हैन । अन्य मुलुकमा पनि यो समस्या छ ।
विभिन्न मुलुकमा जातिय विभेदका घटना हुने गरेका छन् । जातिय विभेद
विरुद्धको आन्दोलन पनि लामो समयदेखि जारी छ । संसारका विभिन्न मुलुकमा
विभिन्न ढंगले जातिय विभेद विरुद्धको आन्दोलन चलिरहेको छ । हाम्रो देशमा
पनि सरकारी र गैरसरकारी तवरबाट जातिय विभेद विरुद्धको आन्दोलन जारी छ ।
नेपालमा सरकारी भन्दा पनि गैरसरकारी स्तरबाट जातिय विभेद विरुद्धका अभियान
सशक्त रुपमा अघि बढेका छन् । तमाम् संघसंस्थाहरुले जातिय विभेद विरुद्ध
जनचेतनामूलक अभियान जारी राखेका छन् । ति अभियानमा केही गैर दलित समुदायका
व्यक्तिको पनि सहभागिता रहेको पाईन्छ । तर यत्तिले मात्रै जातिय विभेद
अन्त्य हुने देखिदैन । यसका लागि समाजका सबै तह र तप्काका व्यक्तिहरुले
जातिय विभेदको अभियानमा साथ र समर्थन दिनुपर्छ । एउटा जातिले अर्को जातिका
व्यक्तिलाई विभेद होईन सम्मान गर्नुपर्छ भन्ने भावनाको विकास हुन जरुरी छ
।
जातिय
विभेद गैर दलित र दलित बिच मात्रै हैन । दलित भित्रै पनि जातिय विभेद छ ।
दलित भित्रै पनि एउटा जातिले अर्को जातिका व्यक्तिलाई अछुतको व्यवहार गर्ने
गरेको पाईन्छ । यो कुरा बेला बेलामा उठ्ने गरेको छ । तर यसले त्यत्ति
महत्व पाउन सक्दैन । किनकी दलित र गैर दलित बीच जातिय विभेद हुुनु हुँदैन
भन्ने सोच राख्ने सबैले दलित समुदाय बीच हुने विभेदको अन्त्यका बारेमा समेत
बोल्नुपर्छ । कुनै पनि सकारात्मक कुराको सुरुवात अरुबाट होईन आफैबाट
गर्नुपर्छ । दलित समुदाय बीचको विभेद अन्त्य भयो भने त्यसले दलित र गैरदलित
बीचको विभेद अन्त्य गर्नमा मद्दत पु¥याउन सक्छ । पछिल्लो समयमा विभेद केही
हदसम्म कम हुँदै गएको महशुस पनि गर्न सकिन्छ । केही अघिका वर्ष भन्दा हिजो
आज विभेद हट्दै गएको छ । तर यो नै सफलता भने होईन । यसलाई पूर्ण रुपमा
उन्मुलन गर्न अझै धेरै संघर्ष बाँकी नै छ । यसका लागि दलित समुदाय बीचको
आपसी विभेदको अन्त्य हुन पनि निकै जरुरी छ । अरुलाई मात्रै सुधार्न खोज्ने तर आफै भित्रको समस्यालाई सुधार्न
नखोज्ने हो भने जातिय विभेद उन्मुलनको साटो झन बढ्ला कि ?
साभार :-paschimtoday/सम्पादकीय
साभार :-paschimtoday/सम्पादकीय
No comments:
Post a Comment