Sunday, March 2, 2014

दलित समुदायका एकै परिवारका ५ जनालाई प्रहरीले शुक्रबार निर्घात कुटपिट

निजगढ (बारा), फाल्गुन १७ -
'आदेश अवज्ञा' गरेको भन्दै दलित समुदायका एकै परिवारका ५ जनालाई प्रहरीले शुक्रबार निर्घात कुटपिट गरी घाइते बनाएको छ । प्रहरी चौकी मधुवनका प्रहरी सहायक निरीक्षक खगेन्द्र महतो र हवल्दार नवराज न्यौपानेले दलितलाई कुटपिट गरेका हुन् । बाँसको फटाले चौकी कम्पाउन्डभित्र सार्वजनिक रूपमै आफूहरू निर्घात कुटिएको पीडितहरूले सुनाए । कुटिएकाहरूमा हरैया ३ का ४५ वषर्ीय श्रीचन पासवान, उनका छोरा रामध्यान, भान्जा सनीसहितका छन् ।

कुटपिटले घाइते भएकाहरू शनिबार कलैया अस्पतालमा उपचार गराई फर्केका छन् । श्रीचनको ढाड, ह्वीपमा गहिरो चोट र नीलडाम छ । सनीको हत्केला फुटेको छ भने ढाडमा समेत चोट छ । उनको हत्केला रक्ताम्य देखिए । रामध्यानको ह्वीप र ढाडमा चोट छ । 'प्रहरी चौकीमा झगडा विषयमा छलफल भइरहँदा मेरी फुपूलाई विपक्षीले बाहिर कुट्न थालेका थिए, 'उनले भने, 'उनलाई जोगाउन गएको थिएँ, प्रहरीले हामीलाई तानेर ल्यायो र निहुराएर एकोहोरो कुट्न थाल्यो ।' पछि कुटेर प्रहरीले आफूहरूको उपचार गराएको उनले बताए ।

प्रसनि महतोले निर्देशन नमान्दा पिट्नु परेको दाबी गरे । 'झगडा नगर्नु भन्दा मानेनन्, रिसको झोंकमा सामान्य कुटेकोे हुँ,' उनले भने, 'यस विषयमा माथिल्ल्ाो निकायमा जाहेर गरिसकेको छु ।'

1 comment:

  1. १)वावावा असई साहयव घरमा बााधेको पशुलाई कुट्न त खुव मजा आउछ हैन ? आदेशको पालना भन्ने शब्द तिनिहरु तिम्रो सीपाई होईनन आदेशको पालना भन्ने तिनिहरु पब्लिक हुन पब्लिक तिनिहरुले जस्तो पनि हर्कत गर्न सक्छन त्यसमा तिम्रो सहिष्णुता तालिमले काम गरेन हैन ? हुन त बिचरा कसैको जुत्ता मोल्दा मोल्दा,नेताको धोती धुँदा धुँदा असई भएका हौला तिमिलाई तालिम र सहिष्णुताको बारेमा के थाहा ।

    २)प्रहरी कार्वाहीमा एउटा अपराधी, हतियार धारी आतंककारी जस्ता ब्यक्तिलाई त प्रहरीको नियन्त्रणमा परि सकेपछी मारपिट गर्ने नियम छैन भने तिमिले कुन अर्थमा त्यसरी बाँसको काठले पिटेउ ? आदेशको पालना लगाउन सक्छौ भने ईन्डियाको बोडेरमा जसले आफनो नेपाली भुमीलाई पनि आफनो भन्न पाएका छैनन त्यसतालाई न्याय देउ ज्यादती गर्नेलाई आदेश लगाउ पालना गरेन भने त्यसरी कुट। अनि तिमिले त्यो बिपक्षले महिलालाई कुट्न लाग्नेलाई के गर्यौ त ? के गर्न सक्थ्यौ तिमि जस्ता नार्मदीले जोई कुटे जस्तो हो र ?तिमि जस्ता अनुशासन हिन ब्यक्तिले गर्दा आफनो ज्यानको प्रवाहा नगरी संगठनको ईज्जत राख्ने राष्ट सेवक प्रहरीको? यस्तै हो भने तिमिले प्रहरी संगठनको ईज्जत (दाग लगाउने)माथि हैन तल गर्ने छौ ।

    दलित नेता बुद्धीजिवी, मानव अधिकार बादी, प्रत्रकार सम्पूर्ण मानवअधिकारको सुरक्षा गर्ने ब्यक्ति संघ सस्थाहरुको ध्यान यसमाथी अवश्य जाने छ भन्ने मलाई आशा छ । यो बास्तवमा दलितको समस्या भनेर लिन हुनदैन किन भने यो पूर्ण रुपमा मानवअधिकारको हनन हो जस्तो मलाई लाग्छ ।

    ReplyDelete