Wednesday, July 30, 2014

दलितलाई छुवाछुत गरेको आरोपमा दलित गिरफ्तार

दुर्गा परियार , सिरहा । ०७१ साउन १४ गते
दलितलाई छुवाछुत गरेको आरोपमा मुक्सार गाविस-५ का ४५ वर्षीय दलित बेचन रामलाई इलाका प्रहरी कार्यालय गोलबजारले साउन १४ गते गिरफ्तार गरेको छ ।
 सोही गाविसका डुम समुदायका महिलाहरू २५ वर्षीया फुलो देवी मल्लिक, २६ वर्षीया बिन्दा मल्लिक, २५ वर्षीया आशा मल्लिक, २७ वर्षीया जहरी मल्लिक साउन १३ गते गाँउमा रहेको सरकारी कलमा पानी भर्न जाँदा उनीहरूलाई सोही ठाँउका बेचन चमार र किसन चमारले डुमहरू भएर कल छुने भन्दै गालिगलौज तथा कुटपिट गरी भाँडाहरू फ्याली दिएको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारमा साउन १४ गते पीडित जहरी मल्लिकले उजुरी दिएकी छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर बिमल पराजुलीका अनुसार आरोपितमध्ये एक जना फरार रहेकोले खोजतलास भइरहेको र एक जनालाई गिरफ्तार गरिएको छ । घटना अनुसन्धान गरी आरोपितहरूविरुद्ध कानुनी प्रकृया अगाडि बढाउने उनले बताए ।

Tuesday, July 29, 2014

दलित किशोरीको हत्यालाई आत्महत्या भनेर तथ्य मोडेको आरोप

महावीर विश्वकर्मा
काठमाण्डौं, ९ श्रावण ।
ताप्लेजुङ्गका १५ वर्षीय दलित किशोरीको हत्यालाई आत्महत्या भनेर सत्य आझेलमा पारेको भन्दै त्यहाँका दलित अधिकारकर्मीहरुले विरोध गरेका छन् । नाङखोल्याङ ३ की १५ वर्षीय झुमा वि.क.लाई गएको आषाढ २७ गते राती पदमकुमारी श्रेष्ठ र जुनु श्रेष्ठ सहित ८ जनाले निर्घात कुटपिट गरि हत्या गरेको उनीहरुले आरोप लगाएका छन् ।
झुमाको घरमा कोही नभएकोले छिमेकी आफन्त खेमराज वि.क.को घरमा सुत्न गएको बेला त्यही घरबाट थुतेर निर्घात कुटपिट गरेको र हत्या गरेर उनकै घरमा (जहाँ कोही थिएनन्) लगेर झुण्ड्याएर राखिदिएको अनि कुटपिट गर्नेहरुले नै भोलीपल्ट “झुण्डिएर मरेछ” भन्दै अरुलाई पनि खबर गरेको भन्दै संयुक्त दलित अधिकार सरोकार मञ्च ताप्लेजुङ्गले हत्या नै भएको जिकिर गरेको छ ।source : जागरण मिडिया सेन्टर



मन्दिरको पुजारी अम्मर कामी -प्रविर ददेल

साउन ९, रुकुम ।
 देशको विभिन्न ठाउमा दलितलाई मन्दिर पस्न नदिएको समाचार वेला वेला सुन्न पाईन्छ । कति दलितले मन्दिर पसेको निहुँमा मर्नासन्न गरी कुटपिट भएका छन । भने कतिपय स्थानमा मन्दिरमा गएर भगवानको दर्शन  गर्न दलितलाई रोक लगाएको छ,। दलित मन्दिर गए भगवान रिसाउछन भन्ने पुरानो मान्यता अझै कायमै छ ।
 तर रुकुमको एक गाविसमा भने  मन्दिरको पुजारी दलित  भएका छन । रुकुम सदरमुकाम खंलगा देखी करिव ५ कोष पश्चिमको गाविस गरायला २ का लोक वहादुर कामीको  छोरा अम्मर कामी गाउकै शिवजी मन्दिरको पुजारी भएका हुन ।
उनीलाई गाँउमा भगवानको अवतारको रुपमा लिएका छन । यो मन्दिरमा कसैलाई पनि रोक लगाएको छैन । उनीलार्इृ शिवजीले मानव विचको विभेद हटाउन कसैलाई पनि मन्दिर पस्न रोक नलगाउनु भनी सपनीमा भनेपछि सवैको लागी सधैको लागी यो मन्दिर खुल्ला राखीएको पुजारी अम्मरले वताए ।
गाँउलेको २ लाख रुपया जनश्रमदानमा निमार्ण गरीएको सो मन्दिरमा वाहुन जाती मात्र मन्दिरको पुजारी हुने प्रचलनलाई तोड्दै  दलित पुजारी वनाएको स्थानिय वासी नरवहादुर क्षेत्रीले वताए ।  उनले भने,  गाँउमा दलित पुजारी राखेपछि वषौ देखी कुसस्कारको रुपमा रहेको जातिय छुवाछुत यो गाँउमा अन्त्य भएको छ ।
 यो मन्दिरमा शिवरात्रीको दिन ठुलो मेला लाग्ने गर्दछ । पुजारी अम्मरका अनुसार त्यो वेला गाँउका तथा जिल्लाका एक हजार भन्दा वढी  भक्तजनहरु प्ुजा गर्न आउने गरेको पुजारी कामीले भने ।
(source : http://abhiaynkhabar.blogspot.com)

ढुंगाले लागेर पिनलाल परियारको मृत्यु


रसुवा, श्रावण १२ - 
काम गर्ने क्रममा ढुंगाले लागेर एक किशोरको मृत्यु भएको छ। रोल्पा बुढगाउँ ४ बस्ने १९ वर्षीय पिनलाल परियारको मृत्यु भएको हो। 

माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको हाकु ९ दक्षिणकाली भन्ने स्थान काम गर्दा भीरमाथिबाट आएको ढुंगा लागेर आइतबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

Monday, July 28, 2014

Witch-hunts of low-caste women in Nepal

Kalli Kumari Biswokarma was tortured by neighbours in her village in Nepal for two days. Photo: AFP/PRAKASH MATHEMA
Kalli Biswokarma was tortured by neighbours for two days and forced to eat human waste before she finally gave in and confessed to practising witchcraft.Those who beat, punched and kicked the 47-year-old mother of one accused her of casting evil spells on a school teacher who had fallen ill.
"I was victimised because I am a poor woman," said Biswokarma, who belongs to the Dalit community - the "untouchables" on the lowest rung of Nepal's rigid Hindu caste hierarchy.
"Around 35 people came to my home and took me away. They trapped me in a cow shed and forced me to eat faeces and drink urine," she said from her home in the village of Pyutar, 40 kilometres (25 miles) south of Kathmandu.
"The next day they cut my skin with blades. I could not bear the torture and I confessed to being a witch just to save my life."
Hundreds of Dalit women are thought to suffer a similar ordeal every year in Nepal, where superstition and caste-based discrimination remain rife and where most communities still operate on strict patriarchal lines.
Human rights campaigners say that the perpetrators of such crimes are rarely brought to justice, with police viewing the persecution of Dalit women as a matter for the community to sort out itself.
Prime Minister Madhav Kumar Nepal has pronounced 2010 the year to end violence against women as Nepal makes the transformation from traditional Hindu monarchy to modern secular state.
But authorities in the impoverished south Asian nation admit they face an uphill struggle.
"Superstitions are deeply rooted in our society, and the belief in witchcraft is one of the worst forms of this," said Sarwa Dev Prasad Ojha, minister for women and social welfare.
"Such traditional practices cannot be wiped away overnight."
The Women's Rehabilitation Centre (WOREC), a local pressure group that campaigns for women's rights, reports that it has documented at least 82 cases in two years in which women who were tortured by neighbours on charges of witchcraft.
But coordinator Sarita Dahal believes that this was only the tip of the iceberg.
"We believe many more women are going through the physical and mental pain that these superstitions cause," she said.
"Many don't come to our attention because the women fear they will be abandoned by their families and ostracised from their communities if they come forward."
Nepalese law prohibits violence against women, but Dahal said it was rarely enforced, particularly when the victims were from marginalised groups.
Experts say that superstitions about witchcraft are often merely a pretext for victimising women, and Suraj Kafle, a sociologist, points out that it is almost always low-caste women who face such accusations.
"It is always socially and economically vulnerable women who suffer," said Kafle.
"This is simply an excuse to torture poor women who lack support from the rest of the community. Poverty and lack of education make them an easy target."
Nainakala Thapa, the head of the national women's commission, called the practice a "national shame".
"Women who belong to low-caste groups are made scapegoats because they cannot defend themselves," said Thapa.
Thapa pointed out that when a person dies or falls sick it is often spiritual healers looking for someone to blame who are the first to make accusations of witchcraft.
"It is easy to identify a low-caste woman and brand her a witch," she said.
For Biswokarma and her family, now back in their home village after a stay in a women's refuge in Kathmandu, the stigma of being accused of witchcraft persists.
"I am still afraid because some of the people who tortured me are still in the village," she said.
"I have lost my dignity, but I have not given up hope. I will fight for justice."

‘छुवाछूतरहित राज्य बनाउनुपर्छ’ - मानबहादुर नेपाली

राष्ट्रिय दलित आयोगको अध्यक्षमा नियुक्त भएका मानबहादुर नेपाली भन्छन्, “जातीय छुवाछूतरहित राज्य बनाउनुपर्छ।”

२ असारको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय दलित आयोगको अध्यक्षमा नियुक्त भएका मानबहादुर नेपालीसँग गरिएको कुराकानीः
दलित आयोगको अध्यक्षमा नियुक्त हुँदा कस्तो लागेको छ?
दलित समुदायको समग्र हकहितका लागि भावी योजना बनाई त्यस अनुसार काम गर्ने एउटा अवसरका रुपमा लिएको छु।
तपाईंका प्राथमिकता के के हुन्?
दलित आयोगले अहिलेसम्म कानूनी हैसियत पाउन सकेको छैन। त्यसकारण अधिकारसम्पन्न आयोग बनाउनुपर्छ। यसैगरी दलित समुदायको हकहितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता छ। यसमा सरकारी, गैरसरकारी र सरोकारवाला निकायलाई एकै ठाउँमा राखेर अघि बढ्नुपर्छ।
१२ वर्षअघि गठन भएको अायोगबाट दलितका समस्या सम्बोधन गर्न के कस्ता पहल भए?
जातीय भेदभाव र छुवाछूत सम्बन्धी कसूर तथा सजाय ऐन २०६८ संसदबाट पारित हुनु आयोगका लागि अहिलेसम्मकै ठूलो उपलब्धि हो। हुन त भेदभाव र छुवाछूत ऐन पारित भए पनि व्यावहारिक रुपमा कार्यान्वयन भएको छैन। तर पनि दलित समुदायको आर्थिक, सामाजिक र राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि आयोगबाट भएका प्रयास प्रशंसनीय छन्।
दलितभित्र नै अल्पसंख्यक र सीमान्तकृत समुदायले हेपिएको महसूस गरेका छन् नि?
नेपालमा पहाडका ९ र तराईका १७ जाति दलितमा सूचीकृत समुदायमा पर्छन्। ठाउँ अनुसार उत्पीडनका प्रकृति पनि फरक छन्। गरीबीको रेखामुनि रहेका अधिकांश दलित समुदायका सदस्य छन् र त्यसमा पनि दलितभित्रका अल्पसंख्यक पीडित छन्। आर्थिक, सामाजिक हैसियतमा सुधार गरी शैक्षिक र स्वास्थ्यमा पहुँच विस्तार गरेर अल्पसंख्यक र सीमान्तकृत समुदायलाई अघि बढाउनु अहिलेको आवश्यकता हो।
आयोगका मुख्य चुनौती के देख्नुहुन्छ?
जातीय छुवाछूत र भेदभाव आधुनिक र सभ्य समाजका लागि लाजमर्दो विषय हो। कानूनी रुपमा जातीय विभेद अन्त्य भए पनि व्यावहारिक रुपमा पूर्णतः अझै हट्न सकेको छैन। जातीय छुवाछूत रहित राज्य बनाउनु अहिलेको सबैभन्दा चुनौतीको विषय हो।
साप्ताहिक खबरपत्रिका हिमालबाट

नयाँ नेपालको जात के हो ?- चैतन्य मिश्र

गएको डेढ महिनाभित्र कान्तिपुरमा पशुपति क्षेत्र विकास कोषसम्बन्धी समाचार दुईचोटि छापिए । दुवै समाचारहरू एकै विषयबारे थिए र तिनको सार यस्तो थियो: पशुपतिनाथको मन्दिर परिसरमा भक्तजनहरूको जन्मदिन, भाकल, गृहशान्ति आदिका अवसरमा पूजापाठ, टीकाटालो गरिदिने र यसबापत दानदक्षिणा लिने पुरोहितहरूको भीड ज्यादै बढेकाले र भक्तजनहरूमा ती पुरोहितहरू ब्राह्मण हुन् वा होइनन् भन्ने संशय बढेकाले कोषले पशुपति परिसरमा पूजापाठ गर्ने पुरोहितहरूलाई वास्तवमा उनीहरू ब्राह्मण नै भएको प्रमाण कोषमा पेस गर्न अह्राएको छ । साथै दोस्रो समाचारमा दुई-तीन सय जति पुरोहितहरूले आ-आफ्नो गाविसहरूबाट ल्याइएको ब्राह्मणत्वको पदाधिकारीसमक्ष पेस गरेका छन् भनिएको छ ।
यो समाचार दुईपटक आयो/गयो । आश्चर्य भने यसमा छ कि यसबारे ५३ वर्षयता 'जातविहीन' बनेको,  नौ वर्षयता लोकतान्त्रिक बनेको र सात वर्षयता धर्म निरपेक्ष बनेको राज्य र त्यसलाई प्रतिनिधित्व गर्ने सरकार, लज्जाहीन तवरले र मर्म गुमाउँदै पर्यटनसँग गाँसिन पुगेको संस्कृति मन्त्रालय, संविधानसभा/संसद्मा बहुमतमा रहेका आकाश-पाताल जोड्ने 'कम्युनिस्ट' र प्रगतिशील दल र तिनका सदस्यहरूलगायत नागरिक समानताको सिद्धान्त र व्यवहारलाई सकार्ने भनिएका कसैबाट पनि कोषको यो कदमको आलोचना र प्रतिकार भएन । पशुपतिमा ब्राह््मण पुरोहितवाद लादिन खोजिनु र त्यसको आलोचना वा प्रतिकार उल्लेखित कसैबाट नहुनुले वर्तमान नेपालमा कथनी र करनीको बीचमा ठूलो खाडल रहेको र सो खाडल पुर्ने अठोट खास गरेर कुनै पनि राजनीतिक दल र त्यसका नेतामा नभएको तथ्य एकचोटि फेरि बलियोसँग स्थापित गर्छ । नेपाललाई नयाँ नबनाउने धार प्रभावकारी रहेको पुष्टि हुन्छ ।
उता कोषको यो कदमबाट भौतिक वा मानसिक र भावनात्मक क्षति पुग्ने अब्राह्मण पुरोहित र तिनका पक्षपोषण गर्न सक्ने समूहहरूबाट समेत कुनै आलोचना र प्रतिकार नहुनुले यी पुरोहित र समूहहरू असंगठित र पराधीन रहेको देखाउँछ । उता बृहत्तर तहमा ब्राह््मण पुरोहितवादको प्राधिकार अझै उल्लेख्य हदमा कायम रहिरहेको पनि प्रमाणित गर्छ । प्राधिकार त्यसबखत प्रमाणित हुन्छ जब उक्त प्राधिकारबाट पीडित समूह र व्यक्तिहरूसमेत त्यसको समर्थन गर्छन् वा मौन रहन्छन् । किनकि उनीहरूले पीडा र प्राधिकारबीचको सम्बन्ध बुझ्ने चेष्टा गर्दैनन् वा नकार्छन् ।
तर कोषको निर्णयले भने संगीन महत्त्व बोकेको छ । यसले नयाँ नेपालको राज्यसत्ता र सरकारको, धर्म निरपेक्षताको, 'जातिविहीनता' को, लोकतन्त्र र गणतन्त्रका साथै नागरिक समानताको धज्जी उडाएको छ । जीविकोपार्जनलाई जातसँग फेरि पनि गाँसिदिएको छ । अब्राह्मणले कर्मकाण्डको ज्ञान र सीप हासिल गर्न पाउने कानुन र एकहदसम्म पाउन थालेको स्थिति भत्काउन खोजेको छ ।
अब्राह्मण नागरिकहरू अर्थात् क्षत्रीलगायत जनजाति र अझ खास गरेर दलित यो निर्णयको तारोमा परेका छन् र यो निर्णयमार्फत जात प्रथाले फेरि एकचोटि बौराउने प्रयत्न गरेको छ ।
पशुपतिनाथको जात
पशुपतिनाथको जात छ ? छ भने पशुपतिनाथको जात के हो ? के पशुपतिनाथ ब्राह्मण वंश र कुलका हुन् वा पुरोहितका आफन्त हुन् ? इतिहासकारहरूले पशुपतिनाथलाई ३००० वर्ष जति अघिको सिन्धुघाँटीको सभ्यतासँग गाँसिएको आर्य-अनार्यलगायत २०००-१५०० वर्ष जति अघिको किराँत-लिच्छवि सभ्यता र ती बीचको द्वन्द्वसँग जोडेर पशुपतिनाथको जात निक्र्योल गर्लान् । त्यस्तो निक्र्योल आफैंमा असत्य पनि नहोला । तर वस्तुतः धर्म र देवता सामाजिक-राजनीतिक रूपले निर्मित हुने हुँदा र अझ खास गरेर पशुपतिनाथको चरित्र निर्माणमा विभिन्न कालखण्डका नेपालका विशिष्ट राज्य व्यवस्थाहरू संलग्न रहेको हुँदा पशुपतिनाथलाई जात दिने तत्कालीन राज्यसत्ता र त्यसअन्तर्गतको सरकारले नै हो ।
सन् १९६२ को मुलुकी ऐनले नेपालको सार्वजनिक जीवन र समाजलाई जातविहीन तुल्याउने अठोट गर्‍यो । कतिपय क्षेत्रहरूमा जातीय उँच-नीच अन्य माध्यममार्फत पुनः उत्पादित भए । तर पनि जात कानुनतः र्फकेन, पुनस्र्थापित भएन । यसो भनौं, त्यसको ४५ वर्षसम्म कतिपय कारणहरूले गर्दा जात भत्किएन, तर खुकुलिने क्रममा रह्यो । हाल आएर सन् १९६२ को कानुन बदर नभएको वा जातयुक्त राज्यको निर्माण नभएको र अर्थतन्त्र र राजनीतिसमेत मूलतः त्यसको प्रतिकूल देखिएको स्थितिमा राजकीय ऐन-नियमद्वारा स्थापित र सञ्चालित कोषले जातका आधारमा पुरोहित तोक्नु कानुनी, राजनीतिक-सांस्कृतिक र आर्थिक रूपले समेत अनाधिकृत ज्यादती गरेको मान्नुपर्ने हुन्छ ।
नागरिक समानता, लोकतन्त्र र गणतन्त्र
खास गोत्र, कुल, जात, जाति, लिंग, धार्मिक सम्प्रदाय, क्षेत्र आदिमा जन्मेबापत राजकीय नेतृत्वमा स्थापित हुने पद्धति उल्लंघन गरेर आमजनताले सत्ता आफ््नो हातमा लिएको विशिष्ट ऐतिहासिक पद्धति गणतन्त्र हो । अर्थात् गणतन्त्र, लोकतन्त्रको एक खास ऐतिहासिक अवधिको प्रक्षेपण हो । गणतन्त्र र लोकतन्त्र दुवैको सार भने नागरिक समानता हो । नेपालमा गणतन्त्र स्थापित हुँदा, लोकतन्त्र विस्तारित हुँदा र उमेरको हिसाबले वयस्कतिर लाग्दा, राज्य र सरकार र तिनका सञ्चालकहरूबाट पुरोहितवादले प्रश्रय पाइरहँदा हालै हासिल भएको गणतन्त्रको सार गुम्यो कि गुमेन र लोकतन्त्र विस्तारित भयो कि भएन र गहिरियो कि गहिरिएन भनेर गम्भीर हुनुपर्ने हुन्छ । ब्राह्मण पुरोहितहरूलाई पशुपति परिसर खाली गरिदिने हो भने अरू कैयन् जातजाति, कुल, वंश, सम्प्रदाय, लिंग आदिका कथित पारम्परिक पेसा आदिमा अधिकार पुनस्र्थापित र अन्यलाई त्यसबाट बेदख्खल गर्नुपर्ने हुन्छ । यसरी कोषको कारबाही र सरकारको मौनताले सबै कानुनतः जातविहीन नेपाली नागरिकहरूको समान नागरिकताको सिद्धान्त र व्यवहार नकारेको छ । अर्थात् नेपालको राजकीय र सामाजिक चरित्रका साथै राष्ट्रियता र राष्ट्रिय एकता, नागरिक समानता नागरिकता र लोकतन्त्रको आधारमा होइन, पृथक्-पृथक् र उँच-नीच जातहरूमा स्थापित रहेको छ भनेर मान्नुपर्ने हुन जान्छ ।
धर्म निरपेक्षता
कोषको कारबाही र सरकारको मौनताले गणतन्त्र, लोकतन्त्र र समान नागरिकताको सिद्धान्त र व्यवहारमा ग्रहण लगाएको छ । जातलाई पुनस्र्थापित तुल्याउन खोजेको छ । प्रगतिशीलतालाई लत्याएको छ । प्रतिक्रियावादतिर उन्मुख बनेको छ । साथसाथै धर्म निरपेक्षताको मान्यतालाई पनि यस कारबाहीले धरापमा पारेको छ । धर्म निरपेक्षताको परिभाषा र अभ्यास गएको सय वर्षको विश्वमा मूलतः दुई भिन्न-भिन्न प्रकारले गर्ने गरिएको छ । २००-५०० वर्षअघि युरोपका चर्च र धर्माधिकारीहरूको व्यापक चकचकी, राजनीतिक नेतृत्वमाथिको दबदबा आदि कारणले केही युरोपियन मुलुकहरू र खास गरेर समाजवादी र प्रगतिशील राज्यसत्ताहरूले धर्म र धार्मिक संस्थाहरूमाथि राजनीतिक अंकुश लगाउँदै धर्मलाई सार्वजनिक जीवनबाट टाढा राख्दै धर्मविहीन राज्यसत्ताको सूत्रपात गरे । सोभियत संघ र पछि अन्य समाजवादी मुलुकहरूमा मात्र नभएर हालसमेत फ्रान्समा धर्म निरपेक्षताको यो धार हावी छ । धर्म निरपेक्षताको अर्को परिभाषा र अभ्यास धर्मविहीनता होइन 'सर्व धर्म सम्भव' को मान्यताअनुरूप बन्यो । राज्यसत्ताले धर्मविहीन नभएर सबै धर्म सम्प्रदायलाई बराबरीको दूरी र निकटतामा राख्ने संरचना बन्यो । अमेरिकी नागरिकहरू धेरैजसो धार्मिक छन् तर त्यहाँको राज्यसत्ता विभिन्न दबाबहरूका बीच धर्मबाट असंलग्न बनिरहने चेष्टामा छ । भारतमा पनि मूलतः यही चलन हावी छ । नेपालको धर्म निरपेक्षता परिभाषित भएको छैन तर अभ्यास भने अमेरिका र भारतको जस्तो बन्दैछ । यद्यपि नेपाली कांग्रेससँग एक प्रकारको समाजवाद गाँसिएको, नेकपा एमाले र नेकपा एमाओवादी 'कम्युनिस्ट' भएको र केही मधेसवादी र अन्य दलहरूसमेत कम्युनिस्ट वा प्रगतिशील रहेको सन्दर्भमा धर्म निरपेक्षता 'सर्व धर्म सम्भव' बाट एक सिंढी माथि चढ्नुपर्ने हो ।
कोषको कारबाही र सरकारको मौनताले भने धर्म निरपेक्ष्ाताको सिद्धान्त र व्यवहार 'सर्व धर्म सम्भव' बाट समेत एकैचोटि दुई-चार खुड्किलो र्झन तयार रहेको देखाउँछ । फेरि पनि धर्मले जातलाई ब्युँझाउँदै र प्रश्रय दिँदै जाने हो भने धर्म निरपेक्षता लेखिने तर नदेखिने र नभोगिने सिद्धान्त बन्न पुग्छ । अझ सोच्नुपर्ने विषय यो पनि छ कि कोषले र कोषमार्फत पशुपतिनाथले चिन्ने ब्राह्मण, नेवार ब्राह्मण पर्छन् कि पर्दैनन् ? पर्दैनन् भने किन पर्दैनन् ? बुद्ध धर्म मान्ने ब्राह्मण पर्छन् कि पर्दैनन् ? ब्राह्मण परिवारमा जन्मेका तर अन्य धर्म अँगालेकाहरू पर्छन् कि पर्दैनन् ?
कोषको यो निर्णय मुलुक र समाजमा जातविहीनतातर्फ गत केही दशकदेखि चालिएका पाइलाहरूको समेत प्रतिकूल गएको छ । जात, जाति, वंश, कुल, लिंग आदि राजनीतिक नेतृत्वको आधार नबन्ने प्रक्रिया सुरु भएको छ । यी मूलतः जन्मँदै प्राप्त हुने हैसियतहरूबाट पेसा आदि निर्धारित नहुने क्रम अघि बढ्दैछ । कर्मकाण्डको पठनपाठन हुने संस्कृत पाठशाला, महाविद्यालय र त्यहाँ अध्ययन गरिरहेका विद्यार्थीहरू बस्ने छात्रावासहरूमा समेत अब्राह्मणहरूले स्थान पाउन थालेका छन् । त्यस्ता पाठशाला, महाविद्यालय आदिमा केही दलित छात्रहरूले छात्रवृत्ति हासिल गरेका पनि छन् । ज्ञान र सीपको कदर हुनुपर्नेमा कोष र सरकारले जातलाई केन्द्रमा राख्नु प्रतिगमनकारी पाइला नै हो । उता लोकतन्त्रले संकेत गरेको समाज, अर्थतन्त्र र राज्यसत्ता त्यस्तो प्रकृतिको हो जसमा जन्मँदाको हैसियतलाई न्यूनीकरण हुन्छ र ज्ञान, सीप आदिको लोकतान्त्रीकरण हुन्छ । जातलाई लिएर बनेको पुराना र प्रतिगामी पर्खालहरू ढल्छन् र समान नागरिकताको अभ्यास हुन सक्छ । यिनैमार्फत समेत रोजगारी र आर्थिक विकास, सामाजिक सदभाव र राष्ट्रिय एकताको नवीन जग हाल्न सकिन्छ । यता कोषको कारबाही भने यी सबै लोकतान्त्रिक अभ्यासहरूको प्रतिकूल छ र यसले यी अभ्यासहरूको उपहास गरेको छ ।
हुन त कोषको यो कारबाही जातजाति, भाषिक र क्षेत्रीय समुदाय, धार्मिक सम्प्रदाय, लिंग आदि माथि थोपिएर आएको असमानताको सानो ऐंजेरुमात्र हो । श्रम विभाजनको चौहद्दी नाघेर असमान सम्बन्ध स्थापित गर्न प्रयोग हुन थालेको जातजाति आदिसम्बन्धी व्यवस्थाले खास गरेर नेपाल र भारतलाई कुज्याएर राखेको शताब्दीऔं भइसक्यो । एउटा सानो पक्षको उदाहरण लिउँ । जात, जातीयता, क्षेत्रीयता आदिको एउटा अंग भाषा हो । भाषामा नै सीमित हुने  हो भने पनि लामो अवधिसम्म संस्कृत भाषा अनिवार्य तुल्याइनु, स्कुलको ११-१२ वर्षको अवधिभर नेपाली भाषा अनिवार्य रहनु, लोकसेवा आयोगको परीक्षामा विशिष्टीकृत ज्ञान र सीप र क्षेत्रीय भाषाभन्दा नेपाली भाषाको वजन धेरै बढी हुनु आदिले समेत राज्यसत्ता र समाजको जातजातीय क्षेत्रीय, साम्प्रदायिक आदि असमानता टड्कारो रूपले प्रकट गर्छ । प्रत्यक्षतः जातमा आधारित असमानता मात्रै होइन, जातसँग गाँसिएका भाषिक र अन्य फाँटका असमानताहरू हटाउन सफल भएको खण्डमा मात्र नेपाल जातविहीन भएको ठहर्छ । नत्र नयाँ नेपाल पुरानो नेपालझैं जातजातीय पृथकता र असमानतामा आधारित नेपाल हो भनेर बुझ्नुपर्ने हुन्छ । स्वभावतः जुन हदमा 'नयाँ नेपाल' पुरानो नेपालको क्रमागतता हो, त्यो हदसम्म सन् १९९० यता चलेका लोकतन्त्र नागरिक समानता, गणतन्त्र, धर्म निरपेक्षता आदि भाष्य र अभ्यासहरू तत्कालमा खोक्रो रहँदै कालान्तरमा मक्किएर जाने छन् । पक्कै पनि विरलै राज्यसत्ताहरू लोकतन्त्रको पूर्णताको नजिक पुगेका छन्् । यी छोटो समयमा हासिल हुने विशिष्टताहरू पनि होइनन् । यी विशिष्टताहरू हासिल गर्न सांस्कृतिक-राजनीतिक फाँटका प्रयासहरूमात्र यथेष्ट हुँदैनन् । रोजगारी र आयको विस्तार, आर्थिक वृद्धि, आर्थिक असमानताको न्यूनीकरण र सहरीकरण यसका अनिवार्य सर्त हुन् । यी सर्तहरू क्रमशः तर दृढतापूर्वक हासिल गर्ने राज्यसत्ता र समाज नबन्दासम्म भने कोषले गरेको जातसम्मत कारबाही विभिन्न अन्य क्षेत्रहरूबाट समेत पुनरावृत्त भइरहने खतरा जिउँदै रहनेछ ।
खासमा जात, वंश, कुल, 'वीर्य', 'रगत' आदि जन्मँदै प्राप्त हुने स्थायी, एकल र विभेदकारी पहिचान, हैसियत र अहंकारको खारेजी र न्यूनीकरण लोकतन्त्रको आत्मा हो । कार्ल माक्र्सले पुँजीवादलाई र पुँजीवादी लोकतन्त्रलाई ऐतिहासिक र क्रान्तिकारी महत्त्वको पद्धतिका रूपमा बुझ्नुको पछाडिको मूल रहस्य पनि यही हो । पुँजीवाद र पुँजीवादी लोकतन्त्र यस्ता संरचना हुन् जसको जन्म र कार्यान्वयनका क्रममा माथि उल्लेखित सामन्तवादी र अन्य पूर्वपुँजीवादी पद्धतिहरूअन्तर्गत स्थापित हुने सबैखाले जन्मँदै प्राप्त हुने पहिचान, हैसियत र अहंकारको स्खलन र अन्त्य हुन्छ ।
पुँजीवाद र पुँजीवादी लोकतन्त्रले केही स्खलन गर्न सके पनि अन्त्य गर्न नसक्ने जन्मजात प्राप्त हुने हैसियत स्रोत र पुँजीको निजी स्वामित्वको मात्रै हो । तर यो सम्झन लायक छ कि स्रोत र पुँजीको निजी स्वामित्वमा नै सिंगो पुँजीवादी सभ्यताको उत्पादन- वितरण-नाफा-विस्तारित पुनः उत्पादनको चक्र अडेको हुन्छ । स्रोत र पुँजीको निजी स्वामित्व खारेज गरेर पुँजीवादी चक्र ठप्प पार्नका लागि नै समाजवादको कल्पना गरिएको हो । तर हाल भने नेपालले स्रोत र पुँजीको निजी स्वामित्वबाहेकका जन्मँदै प्राप्त हुने स्थायी, एकल र विभेदकारी पहिचान, हैसियत र अहंकारको स्खलन र अन्त्य गर्ने काममा सफलता हासिल गर्दा नै नयाँ नेपालले सार्थकता पाउन सक्छ । अर्काे विश्व ऐतिहासिक कालखण्डमा नयाँ नेपाललाई अझ अर्काे नवीन कलेवर दिनुपर्ने जिम्मेवारी भावी पुस्ताहरूमा पन्छाउन सकिन्छ ।

दिल्लीमा दलित महिला सभासद्हरु राजनीतिक भेटघाटमा व्यस्त -राजेन्द्र ताम्राकार

नयाँ दिल्ली÷२५ असार
नयाँ दिल्लीमा दलित महिला सभासद्हरु आपसी हित  दुइपक्षीय सम्बन्धनयाँ संविधान निर्माणमा भारतीय सिकाई  अनुभवकोआदानप्रदानदलित महिलाका सवाल लगायतका समसामयिक विषयमा छलफल गर्न विभिन्न राजनीतिक भेटघाटमा व्यस्त हुनुभएको  भारत भ्रमणको शिलशिलामा बुधबार सत्तारुढ भारतीय जनता पार्टी (बीजेपीका पूर्वमन्त्री तथा अनुसूचित जाती मोर्चाका अध्यक्ष डा.सञ्जय पासवानभारतीत कम्यूनिष्ट पार्टीका केन्द्रीय सचिव तथा राज्यसभाका सांसद डी राजा  राष्ट्रिय महिला आयोगकी सदस्य डा.चारु वली खन्ना लगायतका व्यक्ति तथा संस्थासंग छलफल भएको हो  
उक्त अन्तरक्रियात्मक छलफलका क्रममा भारतीय दलित तथा दलित महिलासीमान्तकृत तथा पिछडिएको समुदायको अवस्था,संविधान निर्माणमा भारतीय अनुभव  नेपालमा जारी संविधान निर्माण प्रक्रियाको अवस्था लगायतका समसामयिक विषयमाकुराकानी भएको   
नेपालका दलित महिला सभासद्विभिन्न पार्टीसंग आवद्ध दलित महिला नेतृ तथा दलित नागरिक समाजका नेतृले नेपाल भारतसम्बन्धलाई आपसी हकहित  अधिकार प्राप्तिको सवालमा काम गर्ने साझा मञ्चको रुपमा विकास गर्नुपर्ने खाँचो औंल्याउनुभएको   
भेटमा भारतीय जनता पार्टी (बीजेपीका पूर्वमन्त्री तथा अनुसूचित जाती मोर्चाका अध्यक्ष डासञ्जय पासवानले दलित शब्द अधिकार सामाजिक न्याय प्राप्तिका लागि लड्ने आधार भएको बताउनुभयो  उहाँले आफ्नो भारतीय जनता पार्टी दलितको हकहित  अधिकारप्राप्तिको लागि लड्ने पार्टी भएको बताउँनुभयो  हाल लोकसभामा ८४ जना अनुसूचित जातीका प्रतिनिधी रहेकामा ५० जना भारतीयजनता पार्टीका सांसद रहेको पासवानले बताउनुभयो  तिमध्ये तीनजना बर्तमान मोदी सरकारमा मन्त्री बनेका छन्  भेटका अवसरमा भारतीय कम्यूनिष्ट पार्टीका सचिव डी राजाले नेपालमा संविधान निर्माणको प्रक्रिया चलिरहँदा नेपाली दलित महिलाकोटोली आफ्ना हक अधिकार स्थापित गराउने उद्देश्यले भारतको संविधान निर्माणको शिलशिला बुझ्न आउनु सुखद् रहेको बताउनुभयो उहाँले भ्रमणले नेपालभारतको नागरिक समाज  पार्टीबीचको सम्बन्धमा नयाँ आयाम ल्याउने आशा व्यक्त गर्दै आफूले दलित तथादलित महिलाको हक अधिकार स्थापनार्थ सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो  त्यस्तै भेटघाटका क्रममा भारतीय राष्ट्रिय महिला आयोगकी सदस्य डाचारु वली खन्नाले महिला आयोगको गठनयसको क्षेत्राधिकार,भारतीय महिला त्यसमा पनि दलित महिलाका समस्याआयोगको भूमिका  अबको कार्यभार लगायतका विषयमा आफ्नोप्रस्तुतीकरण गर्नुभएको थियो  
उहाँले चेलिबेटी बेचबिखन नेपालको मुख्य समस्या भएको  त्यसको ट्रान्जिट प्वाइन्ट भारत भएको उल्लेख गर्दै यसको समाधानकालागि नेपालको महिला आयोगसंग मिलेर काम गरिरहेको जानकारी गराउनुभयो  
भेटका अवसरमा दलित महिला संघकी अध्यक्ष तथा भ्रमण दलकी संयोजक दुर्गा सोबले भारत  नेपालका दलितको अवस्थामिल्दोजुल्दो रहेकाले भेटघाटले नेपाल भारतको दलित समुदायको अवस्था बुझ्न  उनीहरुको हकहित  अधिकार प्राप्तिको सवालमासाझा कार्यक्रम बनाएर अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो  भेटमा दलित आरक्षण तथा भारतीय अभ्यासमहिलाहिंसा तथा दलित महिलाको अवस्था  भावी योजनाका विषयमा समसामयिक विषयमा अन्तरक्रियात्मक छलफल भएको थियो ।समग्रमा भ्रमणको आज दोस्रो दिन सुखद्उपलब्धिमूलक  अर्थपूर्ण रहेको भ्रमण दलकी सदस्य तथा एमाओवादीकी सभासद् अनितापरियारले बताउनुभयो 


खानेपानी र सरसफाईमा दलितको पहुँच न्यून -राजेन्द्र ताम्राकार


काठमाडौं÷ १२ असार । खानेपानी तथा सरसफाईमा दलित महिलाको पहुँच अत्यन्त न्यून रहेको सम्बन्धित सरोकारवाला निकायका अधिकारकर्मीहरुले बताएका छन् ।दलित महिला संघद्वारा आज काठमाडौंमा आयोजित ‘खानेपानी तथा सरसफाईका लागि जनवकालत कार्यशाला गोष्ठीमा सहभागी वक्ताहरुले खानेपानी र सरसफाईको क्षेत्रमा दलित महिलाको पहुँच र सहभागिता नगन्य रहेको बताएका हुन् । 
दलित महिला संघले गत बैशाखमा गरेको ‘खानेपानी र सरसफाईमा दलित महिलाको पहुँच’ विषयमा गरेको अध्ययनमा पहाडी दलितको २३ प्रतिशत र तराइ दलितको ४ प्रतिशत मात्र खानेपानी र सरसफाईको क्षेत्रमा पहुँच पुगेको देखिएको छ । कार्यशाला गोष्ठीमा स्वास्थ्यका लागि पानी (नेवा) का प्रतिनिधी हिमालय पन्थीले विभेदको प्रमुख श्रोत खानेपानी नै भएकाले दलितमहिलाको खानेपानी र सरसफाईमा पहुँच पुग्न नसकेको बताउनुभयो । 
पन्थीले अब बन्ने संविधानमा खानेपानी र सरसफाईको मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गराउनुपर्नेमा जोड दिनुभयो ।   त्यस्तै हेल्भेटासका प्रतिनिधि योगेश पन्तले खानेपानी र सरसफाईमा दलित महिलाको पहुँच अभिवृद्धि गराउनका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने खाँचो औंल्याउनुभएको छ । कार्यशाला गोष्ठीमा राष्ट्रिय योजना आयोगका परामर्शदाता गुणराज श्रेष्ठले ‘खानेपानी तथा सरसफाइमा दलित महिलाको पहुँच अभिवृद्धिका लागि जनवकालत’ विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यशाला गोष्ठीलाई सहजीकरण गर्दै योजना अयोगका परामर्शदाता श्रेष्ठले सरकारले सन् २०१७ सम्ममा १०० प्रतिशत  जनतालाई  खानेपानी र सरसफाइमा पहूँच पु¥याउने लक्ष्य लिएको बताउँदै उक्त लक्ष्य प्राप्त गर्न सबभन्दा पहिले दलित समुदायको यस क्षेत्रमा पहुँच अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभयो । कार्यशालामा विभिन्न क्षेत्रका सरोकारवालासहित ३३ जनाको सहभागिता रहेको थियो ।