Saturday, August 30, 2014

जातभात प्रथा नामेट गरौं -- कृष्ण कुम्पुरे


हाम्रो देशको अन्तरकुन्तरमा अझै पनि जात अनुसारको कुवा, धारा वा इनार भएको साना जात भनिएकालाई ठूला जात भनिएकाको धारा, कुवामा पानी भर्न नदिने चलन बाँकी नै भन्ने सुन्नुपर्दा लाजै लागेर आउँछ। बिहीबारको कान्तिपुरमा बाजुरा जिल्लाको जयबागेश्वरीस्थित जात अनुसारको धारोको तस्वीरमा आँखा पुग्दा मेरो मनमा धेरै कुरा खेल्यो। जन्मदा सबै मानिस नाङ्गै जन्मिने हो।

काटे सबैको रगत रातो हुन्छ। भोक, तिर्खा, थकाइ निद्रा सबैलाई लाग्छ। बाहुन भनिएकाले जनै दलित भनिएकाले घन सियोधागो जन्मैदेखि बोकेर आएका हँुदैनन्। इतिहास हेर्दा आदिमकालका मानव सभ्यतामा जातभात भएको पाइँदैन। 

यो समाज विकासको क्रममा बलिया मानिसद्वारा कमजोर मानिसमाथि लादिएको अमानवीय चलनमात्र हो। लोहारले बनाएको मूर्ति पुजनीय हुन्छ भने मूर्तिको निर्माता लोहार कसरी अछूत हुन्छ? दलित बनाइएकाका घरमा पालिएका कुकुर घरमा पस्दा केही नहुने दलित बनाइका मानिस घरमा पस्दा किन विटुलो हुन्छ? धाराका पानी कसरी विटुलो हुन्छ?

रामशरण दर्नालको जीवनीमा आधारित पुस्तक विमोचन

20140829_160124महावीर विश्वकर्मा
जागरण मिडिया सेन्टर
१३ भाद्र, काठमाण्डौं । 
दलित साहित्य तथा संस्कृति प्रतिष्ठानबाट प्रकाशित पुस्तक ”सङ्गीतमय जीवन : सङ्गीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म”को आज विमोचन गरिएको छ । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले पुस्तकको विमोचन गर्नुभएको हो ।
20140829_155358
विमोचन कार्यक्रममा बोल्दै जोशीले नेपाली सङ्गीत क्षेत्रको अध्ययन अन्वेषणमा रामशरण दर्नालले गर्नुभएको योगदानले यो क्षेत्रमा उहाँलाई सँधै अमर राखिरहने विचार राख्नुभयो । दर्नालसँग काम गर्दाका दिनहरु सम्झिनुभएका जोशीले भन्नुभयो, “नेपालको सङ्गीतको क्षेत्रमा उहाँले जति अध्ययन अन्वेषण कसैले गरेन । बाजा संकलनमा अतुलनीय योगदान छ वहाँको ।”
20140829_164709
त्यस्तै दलित साहित्य तथा संस्कृति प्रतिष्ठानका उपाध्यक्ष एवम् पुस्तक विमोचन कार्यक्रमका अध्यक्ष रणेन्द्र बरालीले दर्नालको योगदानको मूल्यांकन गर्नु राज्यको दायित्व भएको बताउनुभयो । साथै रामशरण दर्नालको जीवनी र योगदान सोध ग्रन्धको विषय बन्ने पनि उहाँले विचार राख्नुभयो ।
20140829_170652
यसैगरि सँस्कृतिविद् रामप्रसाद कंडेलले दर्नालले बाँकी छोड्नुभएका काम आफुहरुले पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सँस्कृतिको बाँकी अध्ययन गर्ने जिम्मा रामशरण दाईले हामीलाई दिनुभएको छ । अब हामीले पूरा गर्नुपर्छ ।”
दलित साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष पदम सुन्दासले राज्य व्यवस्थाले जहिले पनि रामशरण दर्नाललाई पछाडी पारेको विचार राख्नुभयो । “तर वहाँ जनताद्वारा पुरस्कृत व्यक्तित्व हो” उहाँको भनाई थियो ।
20140829_155415
विभिन्न ८ भागमा विभाजित सो पुस्तकको सम्पादन राजेन्द्र महर्जन र पदम सुन्दासले गर्नुभएको हो । पुस्तक विमोचन कार्यक्रम दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, जागरण मिडिया सेन्टर, राष्ट्रिय दलित नेटवर्क र समता फाउण्डेशनले संयुक्त रुपमा आयोजना गरेको हो । 
20140829_155459 20140829_160321 20140829_160504 20140829_161609 20140829_161656 20140829_163558 20140829_164150

बन्दीगृहमा बुबासँगै बिनोद नेपाली

टिकाराम बिश्वकर्मा
१३ भाद्र, सोलुखुम्बु । 
 
जिल्ला  कारगार शाखा कार्यालय सल्लेरी सोलुखुम्बु को बन्दीगृहमा मा  अढाईबर्षका  बालक पनि बस्दै आइरहेका छन । सल्लेरी ६ खोरिया सोलुखुम्बुका बिनोद नेपाली आफ्नै नभएपछि  आफन्तको सहयोगमा  बिनोदलाई आप्नै बुबा बस्दै आएको  कारागारमा पुर्याइएको  हो ।  
 
खड्गले २०६८ सालमा आप्नै श्रीमतीको हत्या  गरेका थिए । नेपालीका दुई छोरीहरु बर्ष ९ की सुस्मिता र बर्ष ५ की  बिनीता लाई भने बन्दी सहायता  नियोगले काठमाडौ लगेको  जिल्ला कारागार शाखा कार्यालय सल्लेरी सोललुखुम्बुले जनाएको छ ।  जिल्ला कारागार शाखा सल्लेरीको अनुसार यसअधि उनीहरुपनि बाबुसगै कारागारमा बस्दै आएका थिए । 

Wednesday, August 27, 2014

दर खाने कार्यक्रममा दुई दलित महिला कर्मचारीलाई ढोकाबाट बाहिर निकाले


पाल्पा,भदौ ११ विद्युत् प्राधिकरण पाल्पाद्वारा तीजको अवसरमा आयोजित दर खाने कार्यक्रममा दुई दलित महिला कर्मचारीलाई ढोकाबाट बाहिर निकालेर खीर खुवाइएको   प्राधिकरण पाल्पा शाखाले महिला कर्मचारीलाई तीजको अवसरमा दर खुवाउने कार्यक्रममा दुई दलित महिलालाई कार्यालय प्रमुखको निवास कक्षबाट बाहिर निकालेर दर खुवाइएको पीडितको गुनासो

विद्युत् प्राधिकरण कार्यालय पाल्पा शाखा सुपरभाइजर कृष्ण रायमाझीले कार्यालयका दुई सहयोगी देवी नेपाली रामकुमारी दमाइकीलाई तपाइँहरूले ढोकाबाट बाहिर जानुहोस् यहाँ सरहरू बस्न ¥यो भनेर बाहिर जुत्ता राख्ने ठाउँमा पठाएर छुवाछूतजन्य व्यवहार गरेको पीडित देवी नेपालीले बताईन यता आरोपित कृष्ण रायमाझीले बस्ने कुर्चीको अभावमा उनीहरूलाई बाहिर पठाएको दाबी गरे   

छुवाछूतका आधारमा आफूले त्यस्तो व्यवहार नगरेको रायमाझीले दाबी गरे पनि पीडित महिला नेपाली आफूमाथि जातभातका आधारमा छुवाछूत गरेको बताए कार्यालय प्रमुख नवलकिशोर रोहितले महिला दलित कर्मचारीलाई जातीय आधारमा बाहिर पाउने नियत नभएको जिकीर गर्नुभयो रासस

बेचबिखनका लागि लैजाँदै गर्दा दुई बालिकाको उद्धार

नुवाकोट, ११ भदौ
नुवाकोटको राउतवेंसी गाविसका दुई बालिकाको भारतमा बिक्री गर्न लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको  भारतमा बेच्न लैजादै गर्दा पश्चिमी सीमा नाका गड्डाचौकीबाट उद्धार गरिएको ।भारतीय सहर नयादिल्लीमा बेचबिखनका लागि लैजाँदै गर्दा राउतवेंसी गाविस का १४ वर्Èिया लक्ष्मी नेपाली वडा नम्बर की नौ वर्Èीया विष्णुमाया नेपालीलाई गड्डाचौकी प्रहरीले उद्धार गरेको हो


उनीहरूलाई नुवाकोटकै दुई युवकले नयादिल्ली बेच्न लैजाँदै गरेको खुलेको  बालिका बिक्रीका लागि गाउँबाट भगाएर लैजानेहरूमा राउतवेंसी गाविस का २६ वर्Èीय कुमार नेपाली वडा नम्बर का पुष्कर परियारलाई प्रहरीले भारतीय सहर बनबासाबाट पक्राउ गरेको  रासस

Tuesday, August 26, 2014

छात्रछात्राले विवाह गरेपछि तनाव

प्यूठान ओखरकोट मच्छीस्थित बालशिक्षा उच्च माविमा अध्ययनरत पपुलर गहतराज विन्दु कुँवरले भागी विवाह गरेपछि विद्यालयको आचारसंहिताले उनीहरुलाई थप अध्ययनका लागि रोकेपछि विवाद भएको  शैक्षिक सत्रको सुरुमा बसेको सर्वपक्षीय भेलाले अध्ययनका क्रममा विवाह गर्न नपाइनेलगायत आचारसंहिता बनाएको थियो