रमेश नेपाली
मान्म ५ कालीकोट ।
अबिरल परेको पानीका कारण गएको श्रावण २९ गते बेलुका करीब साडे तिन बजे कालीकोटको मान्म गाविसको सुनारखोलामा आएको बाढीले बगाउदा एक स्थानियको निधन भएको छ । कालीकोट जिल्ला मान्म गाविस वडा नम्वर ४ स्थीत सुनार खोलामा आएको पहिरोमा परी मान्म गाविस ४ निवासी ३२ बर्षिय गोगन दर्जीको निधन भएको हो ।
पंच देवल नजिकैको खेतमा युरीया मल हाली घर फर्किने क्रममा खोला तर्दै गर्दा एक्कासी आएको भलले बगाउदा उनको निधन भएको हो । मृतकको लाश करीव एक किलो मिटर टाढा फेला परेको उद्धारमा खटिएका मृतकका आफन्त प्रदिप दर्जीले बताएका छन् । मृतकको टाउँकोमा ठुलो चोट लागेको, एक हात भाचीएको, दुवै आखाँ फुटेको कालीकोट जिल्ला अस्पतालको पोष्ट मार्टम रिपोर्ट तथा जिल्ला प्रहरी कार्यलय कालीकोटको प्रहरी मुचुल्का उल्लेख गरीएको छ ।
मृतक गोगन दमाईका तिन छोरा र एक छोरी रहेका छन । कर्णाली राजमार्ग अन्र्तगत पर्ने सुनार खोलामा पटक पटक पहिलो जाने, र पहिरो रोकथामका लागि स्थानियले सरोकारवाला निकायसँग पटक पटक माग गरेपनि वेवास्ता हुने गरेको स्थानियले गुनासो गरेका छन् ।
No comments:
Post a Comment