काठमाडौं/ जन्मँदै मलद्वार नभएका दुई बालिकाले नयाँ जीवन पाएका छन् । बसुन्धरास्थित ग्रिनसिटी हस्पिटलले नि:शुल्क उपचार गरी मलद्वार बनाइदिएपछि ओखलढुंगाकी १३ वर्षीया लीला विक र रुपन्देहीकी नौ महिने बालिका लोकमाया सुनारले नयाँ जीवन पाएका हुन् ।
पेडियाट्रिक सर्जन डा. गेहराज दाहालको टोलीले एक वर्षभन्दा बढी समय लगाएर ती बालिकाको मलद्वार बनाएको हो । अन्तिम चरणको अप्रेसनपछि आइतबार अस्पतालबाट डिस्चार्ज हुन लागेकी १३ वर्षीया विकले आफूले साच्चिँकै नयाँ जीवन पाएको बताइन् । रुपन्देही देवदहकी नौ महिने बालिका लोकमाया भने दुई महिनाअघि नै अन्तिम चरणको अप्रेसनपछि घर फर्किसकेकी छन् ।
डा. दाहालको टोलीले ४–४ महिनाको अन्तरमा तीन चरणको शल्यक्रिया गरी उनीहरूको मलद्वार बनाइदिएको हो । मलद्वार बनाउन प्रतिबालिका चार लाख रुपैयाँभन्दा बढी खर्च गरेको अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष एलबी टन्डनले सामाजिक उत्तरदायित्वअन्तर्गत ती बालिकाको उपचार गरेको बताए ।
No comments:
Post a Comment