१४ माघ, काठमाडौं । नेपाली क्रिकेटमा सोमपाल कामी सबैले चिनेको र मन पराएको नाम हो । सोमपालका फ्यानहरु प्रशस्त छन् । क्रिकेट नखेलेको भए ‘भारतीय आर्मी बन्ने थिएँ होला’ भन्ने सोमपालको सपना छ- ‘नेपालमा मम्मीलाई एउटा घर बनाइदिने ।’ अनि बुहारी नि ? उनै साह्रै लज्जालु रहेछन् यो मामिलामा ।
क्रिकेटको क्षेत्रमा सोमपालले कसरी प्रगति गरे, उनको स्वाभाव अनि रुची के कस्ता छन् र उनको सपना के छ भन्नेबारे अनलाइनखबरका लागि राजकुमार श्रेष्ठले गरेको कफी-गफ :
डिभिजन टू खेल्न जाँदा हाम्रो लक्ष्य डिभिजन वानमा उक्लने थियो । तर, त्यसो हुन सकेन । सोमपालको नजरमा समग्रमा खेल कस्तो रहृयो ?
- अनुभव धेरै राम्रो रहृयो । जे सोचेर गएका थियौं, त्यो १०० प्रतिशत भएन । तर, एक समय यस्तो अवस्था थियो कि हामी डिभिजन वानमा पुग्छौं । ब्याडलक रहृयो केन्यासँगको खेल । विश्वकप खेलिसकेको केन्यालाई नराम्रो टीम पनि भन्न मिलेन । खेलमा विकेट कण्डिसन पनि धेरै फरक पर्छ । व्याटिङ विकेट थियो, त्यसले हामीले केही गाह्रो भयो ।
हामीले नेदरल्याण्ड, नामिबिया जस्तो टीमलाई हरायौं । तर, सुरुमा नै युगाण्डासँगको खेलमा भने अपेक्षा विपरीत नजिता आयो । कहाँ चुक्यौं हामी ?
- दुई रनले हामी हार्यौं । युगाण्डासँग हामीले धेरै खेलिसकेका छौं । तर, हामी जस्तो सोच्छौं, त्यो सँधै हुँदैन । युगाण्डासँगको खेलमा पनि यस्तै भयो । लक्ष्य पनि धेरै थिएन । हामीलाई लाग्यो कि सहजै चेज गर्छौं तर, भएन । विकेट पनि त्यस्तै थियो । राइट टाइममा राइट पफर्मेन्स उनीहरुले गरे, हामीले सकेनौं । १ बलमा ३ रन चाहिएको थियो, त्यही बेला बसन्त दाइ आउट हुनुभो । हामी पनि खुसी थिएनौं । त्यो खेल जितेको भए छनोट हुन पनि सजिलो हुन्थ्यो ।
ब्याटिङमा अलि बढी समस्या देखियो । ओपनिङ पनि चलेन
- नरेश दाइले डिभिजन थ्रीमा राम्रो गर्नुभएको थियो । तीन अर्धशतक थियो । कुनै पनि खेलाडीको मनमा हुँदैन कि म शुन्यमा आउट हौं । हरेक ब्याट्सम्यान र बलरले सोचेको हुन्छ कि आज म हिरो बन्छु । त्यसैले ब्याडलक भन्न मिल्छ हाम्रो ब्याटिङमा ।
डिभिजन टूमा ओपनिङ बलिङमा नयाँ साथी करण केसी आएका छन् । कस्तो रहृयो पार्टरसिप ?
- जे सोचेका थियौं, त्यही भयो । करणसँग मेरो राम्रो फ्रेण्डसिप छ । हामी यसरी यो बलिङ गर्नुछ, सुरुको १० ओभरमा यति रन दिएर विकेट मिल्यो भने बोनस हो, नभए यति रन दिने हो भनेर योजना बनाउँछौं । म उसलाई पनि यही भन्छु कि मन लगाएर खेल । उसले पनि धेरै मेहनत गरेको छ र डेब्यू टुर जस्तो हुनु पर्ने हो त्यस्तै भयो । म एकदमै खुसी छु ।
दुईजनाको ट्युनिङ पनि मिल्छ होइन ?
- हो । उनी पनि पञ्जाबतिरबाटै आएका हुन् । मैले पनि आफ्नो धेरै समय उतै बिताएको छु । दुबैको सेम छ । उनले पनि आफ्नो क्रिकेटलाई धेरै माया गर्छन्, मैले पनि गर्छु । दुबैको डि्रम छ कि राम्रो प्रदर्शन गरौं ।
हामीले क्रिकेटमा बलिङमा राम्रो पार्टनरशीप गर्यौं । म कामना गर्छु कि आउने दिनमा हामीले धेरै राम्रो प्रदर्शन गर्न सकौं ।
पर्सनल लाइफमा नि ?
- हामी टीममा कमेडी, जोक भन्छौं । पञ्जाबीमा बोल्छौं । हामीले के भनेको, धेरैले बुझ्नुहुन्न । अनि सिनियर दाइहरुले भन्नुहुन्छ कि के हो नेपालीमा बोल । रमाइलो छ ।
छोटो समयमा नेपाली टीमको महत्वपूर्ण सदस्य बन्नुभएको छ । कसरी सम्झनुहुन्छ यो १५ महिना ?
धेरै खुसी छु । नेपाली टिमको सदस्य हुन पाएकोमा गर्व लाग्छ
- राम्रो काम गर्न भगवानले मलाई छनोट गर्नुभयो । मैले राम्रो प्रदर्शन गर्न सकेँ । लाइफमा धेरै मैले देखेको पनि छैन । १५ महिनामा धेरै खुसी पाएको छु । ममी ड्याडीले माया र सम्मान दिनुभएको छ । मलाई लाग्थ्यो कि मेरो नाम होस्, परिवारको नाम होस् । छोटो समयमा राम्रो प्रदर्शन गरेँ । त्यसैले राम्रो कामका लागि मलाई छनोट गर्नुभएकोमा म गडलाई थ्याङ्क्स भन्छु ।
नेपाल आउने योजना कसरी बन्यो ?
- म इण्डियामा खेल्दै थिएँ । मेरो फेसबुकमा अर्जुन अधिकारी भन्ने साथी थियो । धेरै कुराकानी पनि हुँदैनथ्यो । बाइ लक भन्न मिल्छ कि एक दिन उनले मलाई क्रिकेट खेल्न नेपाल जाने हो ? भनेर म्यासेज गरे । जतिबेला म क्रिकेट खेल्ने बाटो खोजिरहेको थिएँ । उनले नागरिकता छ ? भने तर, मसँग थिएन । पापाको थियो । त्यसलाई लिएर आएँ र नेपाली नागरिकता बनाएँ ।
अर्जुनले मलाई धेरै सहयोग गरेको छ । उनको मामाजीले पनि धेरै माया गर्नुभयो र सहयोग पनि । मलाई पहिलो म्याच अहिले पनि याद छ, म एनसीफएसीबाट खेल्दै थिएँ । धेरै गर्मी थियो । म भित्र ब्याटिङ गर्दै थिएँ, अर्जुनको फादर साहेव र मामा बाहिर बसेर हेरिरहनु भएको थियो । उहाँहरु गोरो नै थियो तर, घामले कालो हुनभयो । धेरै खुस लाग्छ कि मेरो पापाले यति सपोर्ट गर्नुभएन, जुन मैले उहाँहरुबाट पाएँ ।
अर्जुनका भाइले पनि सपोर्ट गर्नु भो । एक महिना घरमा राख्नु भो । यो सम्झँदा एकदम खुसी पनि लाग्छ । तर, अर्कोतिरबाट त्यो मेरा लागि दुःखको दिन पनि थियो । चिनजान थिएन । खान बस्दा पनि आफैंलाई कस्तोकस्तो लाग्थ्यो । केही गरेको छैन । उहाँहरुले केही भन्नुभएन तर, आफैंलाई कस्तो हुँदोरहेछ ।
अहिलेचाहिँ कति खुसी हुनुहुन्छ ?
- धेरै खुसी छु । नेपाली टिमको सदस्य हुन पाएकोमा गर्व लाग्छ । समर्थकहरुले चाहनुहुन्छ कि जहाँ र जहिले पनि जितोस् । वर्ल्ड कप खेलोस्, जितोस् । तर, हामीले धेरै गर्नुपर्छ ।
सबैभन्दा खुसी भएको क्षण ?
- नेपाल टीममा परेपछि । टीममा परेर म न्यूजिल्याण्ड गएँ । ब्याडलक, मैले धेरै राम्रो गर्न सकिँन । त्यसपछि हामीले टी-२० वल्र्डकप खेल्यौं । म पहिलो पटक मैदान प्रवेश गर्दा जुन फिलिङ थियो, त्यो अहिले पनि आइरहन्छ ।
कस्तो अनुभव भएको थियो त्यसबेला ?
- पहिला आईपीएल हेर्दा खेलाडीहरुभित्र खेलिरहेका हुन्थे । मलाई लाग्थ्यो, भित्र भगवान नै छ । उनीहरु स्टार हुन् यस्तै यस्तै । जब म मैदानभित्र प्रवेश गरेँ, त्यस्तो केही थिएन, सबै नर्मल थियो । त्यहाँ धेरै समर्थकहरु पनि थिए ।
धेरैलाई हामीले ठूलो काम गर्यौं भन्ने लागेको थियो होला । तर, त्यति ठूलो पनि थिएन । भित्र जानुमात्र होइन, प्रदर्शन ठूलो हो । जुन शक्ति, जितेन्द्र दाइले गर्नुभयो ।
पहिलोपटक नेपालको जर्सी लगाएर राष्ट्रिय गान गाउँदा ?
म नेपाली हुँ भनेर थाहा थिएन । तर, अरुले भन्थे कि यो नेपाली हो हा.. हा.. । त्यसबेला मलाई नेपालमा क्रिकेट छ भनेर थाहा नै थिएन
- धेरै खुसी भएँ । नेपालको जर्सी लगाउने मेरो ठूलो सपना थियो । म क्याम्पमा बस्दा मम ड्याडले भन्दैहुनुहुन्थ्यो तँ घर -भारत) फर्की, त्यहाँ केही गर्न सकिन्न । तर, मलाई भित्रैबाट लागेको थियो कि म सक्छु । ढीलो चाँडो होला । मलाई पारस दाइ, ज्ञान दाइ, कोचले धेरै सपोर्ट गर्नुभो र मैले छिट्टै नेपालको जर्सी लगाउन पाएँ ।
क्रिकेटमा सम्झन नपरे हुन्थ्यो भन्ने कुनै क्षण ?
- त्यस्तो केही छैन । राम्रो हुँदैछ ।
क्रिकेटर नभएको भए ?
- शायद म अहिले इण्डियन आर्मीमा हुन्थेँ ।
आर्मीमा जाने योजना थियो नेपाल आउनुअघि ?
- थिएन । जबरजस्ती थियो । हा.. हा… हा.. पापाको । उसको छोरा यो भयो, उसको यो भयो, यति पढ्यो, कमायो, तैले केही गरेको छैन भनेर भन्नुहुन्थ्यो । मलाई लाग्छ, यस्तो मलाई मात्र होइन, सबैलाई हुन्छजस्तो लाग्छ । तर, आफ्नो-आफ्नो समय हुन्छ ।
अहिले के भन्नुहुन्छ पापाले ?
- जे गरिरहेको छ, राम्रो गर् । तैंले आफ्नो सपना पुरा गरिस् । मलाई दुःख लाग्छ कि मैले तँलाई सपोर्ट गरिँन । मैले सहयोग गरेको भए अझ धेरै गर्न सक्थिस् होला भन्नुहुन्छ । तर, ठीक छ, टाइमभन्दा पहिला केही गर्न सकिन्न ।
बाल्यकालमा कहिल्यै नेपाल टीमबाट खेल्छु भन्ने लागेको थियो ?
पहिलोपटक कमाएको साढे ३ सयमध्ये ३०० मैले राखेर ५० मन्दिरमा दिएको थिएँ । त्यसबेला म भगवानलाई भन्थेँ कि तपाईले मलाई दिनुभयो भने म १० प्रतिशत तपाईको ९० प्रतिशत मेरो
- म नेपाली हुँ भनेर थाहा थिएन । तर, अरुले भन्थे कि यो नेपाली हो हा.. हा.. ।
त्यसबेला मलाई नेपालमा क्रिकेट छ भनेर थाहा नै थिएन । म नेपालमा जन्मिए पनि भारतमा हुर्किएँ, पढेँ । त्यसबेला जहाँ हुर्कियो, त्यहीँ खेल्ने भन्ने सोच हुनु स्वभाविक हो । मेरो पनि डि्रम थियो कि इण्डियाबाट खेलौं ।
त्यसबेला मलाई नेपालमा क्रिकेट छ भनेर थाहा नै थिएन । म नेपालमा जन्मिए पनि भारतमा हुर्किएँ, पढेँ । त्यसबेला जहाँ हुर्कियो, त्यहीँ खेल्ने भन्ने सोच हुनु स्वभाविक हो । मेरो पनि डि्रम थियो कि इण्डियाबाट खेलौं ।
तर, मेरो पहिला ड्रिम थियो कि स्कुलबाट खेलौं किनकि सामान नभएकाले दुई वर्ष मलाई टीममा नै राखेनन् । दुई वर्ष फिल्डिङ मात्र गरेँ । तेस्रो बर्ष बल्ल टीममा परेँ ।
त्यसबेला कत्तिको संघर्ष गर्नुपर्यो ?
- मैले जीवनमा एकपटक मात्र ब्याट किनेको छु, त्यो पनि आफ्नो कमाइले । सचिनको फ्यान भएकाले यू-१६ मा एमआरएफको ब्याट किनेको थिएँ । त्यो ब्याटले ५/६ महिना खेलेँ, बाँकी सरहरुले दिनु भो ।
मसँग केही पनि थिएन । क्रिकेट खेल्न कपडासम्म थिएन । भारतमा हृवाइट किट्स लगाएर खेलिन्छ । तर, मसँग त्यो पनि थिएन । स्कुलमा शनिबार र सोमबार हृवाइट ड्रेस थियो । म त्यही लगाएर खेल्न जान्थेँ । त्यो दिन मलाई अहिले पनि धेरै याद आउँछ । तर, ती दिनहरुका कारण नै मैले मेहनत गर्न र सम्हाल्न सिकेँ ।
आइडल पसर्न ?
- सचिन तेन्दुलकर । नेपाल टीममा पारस दाइबाट धेरै प्रभावित छु ।
पहिलो कमाइ ?
- क्रिकेटमा पहिलोपटक साढे ३ सय कमाएको थिएँ । त्यसमध्ये ३०० मैले राखेर ५० मन्दिरमा दिएको थिएँ । त्यसबेला म भगवानलाई भन्थेँ कि तपाईले मलाई दिनुभयो भने म १० प्रतिशत तपाईको ९० प्रतिशत मेरो हा..हा..हा… । अहिले पनि यस्तै छ । बेला-बेला मन्दिर जान्छु । भारत जाँदा पनि म मन्दिर जान्छु ।
नेपालमा आएपछिको कमाइ ?
- काठमाडौंबाट जिल्लाको खेल खेल्दा साढे १५ सय पाएको थिएँ ।
आफ्नो नजरमा सोमपालको कमजोरी ?
- कहिलेकाँही म बढी इमोसनल हुन्छु । टीभी हेर्दा कहिले काँही पतिले पत्नीलाई कुटेको, डिभोर्स गरेको, बच्चाहरुलाई घरबाट निकालेको देख्दा नराम्रो लाग्छ । बिरामी मानिस पैसा नभएर ज्यान गुमाएको देख्छु, नराम्रो लाग्छ ।
जीवनमा पश्चाताप लाग्ने कुनै क्षण ?
- अहिलेसम्म छैन । शायद म नेपाल टीममा पर्न नसकेको भए म घरदेखि केका लागि आएँ भन्ने हुन्थ्यो कि जस्तो लाग्छ । तर, मेरो ममले भन्नुहुन्छ कि तँ राम्रो इन्सान छस् र तँलाई राम्रो इन्सान भेटिन्छ । म जस्तो छु, त्यस्तै साथी भेटेँ, सपोर्ट पाएँ, त्यसका लागि खुसी छु ।
मन पर्ने खाना ?
- राज्मा चामल धेरै मन पर्छ । ममले हरेक आइतबार बनाउनुहुन्थ्यो । परोठ मनपर्छ ।
बुबाममी त भारतमा हुनुहुन्छ, कत्तिको जानुहुन्छ भेट्न ?
- लामो छुट्टी हुँदा जान्छु । यहाँ यू-१९ प्लेयर सन्दिप सुनारको घर बुटवलमा बस्छु । उहाँ आफन्त पनि हुनुहुन्छ । पापा र ममीले पनि धेरै माया गर्नुहुन्छ । बिहान बेलुका फोन गर्नुहुन्छ ।
फुर्सदको समयमा के गर्नुहुन्छ ?
- टीभीमा क्रिकेट हेर्छु । कहिले काँही डिस्कभरी र राम्रो आयो भने फिल्म हेर्छु । टीमसँग म बढी इन्जोय गर्छु ।
घुम्न कत्तिको रुचाउनुहुन्छ ?
- घुम्न गएँ भने म थाक्छु । खेलेर म थाक्दिँन तर घुम्न जाँदा थाक्छु ।
हातमा त धेरै लकेट रहेछ नि ?
ममीले भन्नुहुन्छ कि घर कहिले बनाएर दिन्छस् ? बस त्यही सपना छ कि नेपालमा एउटा घर बनाएर ममलाई दिने
- भगवानमाथि धेरै भरोसा छ मलाई । यसलाई गन्ने हो भने पूरा १५ महिना यसमै छ । सुरुमा ममीले लगाइदिनुभएको । म नेपालमा आउँदा मन्दिर गएर लगाएको, वल्र्डकप, डिभिजन थ्री, श्रीलंका टुस, डिभिजन टु सबैको छ ।
सधैं लगाइरहने हो ?
- निकालेर फाल्यो भने गोडामा आउँछ कि भन्ने लाग्छ । त्यही भएर हातमै छ । टुट्यो भने ब्यागमा राख्छु र पछि पानीमा बगाइदिन्छु ।
भगवानमाथि धेरै विश्वास गर्नुहुन्छ ?
- हो । मेरो ममले पनि धेरै पूजा गर्नुहुन्छ । बिहान बेलुका मन्दिर जानुहुन्छ । घरमा पूजा गर्नुहुन्छ । मेरा लागि धेरै प्रार्थना गर्नुहुन्छ ।
क्रिकेटमा अबको लक्ष्य ?
ठूलो छ । अहिले नभनौं । जुन दिन पूरा हुन्छ, त्यसपछि मात्र खेल्छु । अहिले यति मात्र भन्छु, नेपाल टीमलाई माथि लैजाऔं, धेरैभन्दा धेरै क्रिकेट खेलौं ।
व्यक्तिगत जीवनमा ?
पहिला धेरै दुःख थियो । अहिले ठीक छ । ममीले भन्नुहुन्छ कि घर कहिले बनाएर दिन्छस् ? बस त्यही सपना छ कि नेपालमा एउटा घर बनाएर ममलाई दिने ।
कहाँ ?
- यही सोचिरहेको छु कि बुटवल । त्यहाँ धेरै आफन्तहरु पनि छन् । मैले पापालाई बोलाएको छु । निर्णय लिने उहाँले नै हो, मैले सहयोग गर्ने मात्र हो ।
घर बनाएपछि बुहारी पनि भित्र्याउने होला नि ?
- त्यसका लागि समय धेरै छ । आफूलाई पाल्न नसक्नेले अरुको कसरी पेट भर्ने हा… हा… हा… । भनेको, म अझै पूर्णरुपमा आफनो खुट्टामा उभिएको छैन ।
लभ त होला नि ?
- लभ परेको छ कि छैन मलाई पनि थाहा छैन । दोस्त छ । हामी साथी हौं ।
चिनजान भएको कत्ति भयो ?
- नेपालमै आएपछि नै । उनको आफ्नो सपना छ, त्यो पूरा होस् । अहिले हामी साथी मात्र छौं । पछि नै निर्णय गरौंला । हामी त्यति धेरै भेट्दैनौं पनि । किनकि म धेरै बोल्न सक्दिँन हा.. हा..। उहाँ भन्नुहुन्छ, म सुन्ने हो ।
फ्यान फलोअर धेरै छन् । सार्वजनिक कार्यक्रममा भेट पनि हुन्छ होला ?
- यति धेरै माया गर्नुभएको छ, यसका लागि म धेरै खुसी छु । कहिलेकाँही भेट हुन्छ । तर, म नर्भस भइहाल्छु ।
जे होस्, क्रिकेट करियरबाट सन्तुष्ट हुनुहुन्छ ?
- यति धेरै माया गर्नुभएको छ, यसका लागि म धेरै हो । तर, उहाँ -भगवान)ले बेलाबेला चेक गर्नुहुन्छ कि ठीक छ कि छैन । त्यसले झड्का लाग्छ बेला- बेला ।
source:- http://www.onlinekhabar.com/2015/01/234731/#sthash.IT7cio3H.dpuf
No comments:
Post a Comment