Friday, March 6, 2015

बाजाको संरक्षणमा सरकारलाई दवाव दिन प्रजिअलाई सारङगि प्रदान


sarangi
नवीन अभिलाषी, फागुन २२  दाङ,  

सारङगी बाजाको संरक्षणमा सरकारलाई दवाव दिन भन्दै गन्धर्बहरुले दाङका प्रमुख जिल्ला अधिकारीलाई सारङगी प्रदान गरेका छन् । नेपाल गन्धर्व कला संगीत मञ्च काठमाडौले सारङगी बचाउन राज्यले पहल गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई सारङगी प्रदान गरेको हो ।
मञ्चका अध्यक्ष शुसिल दुखी गन्र्धबले प्रमुख जिल्ला अधिकारी परशुराम अर्याललाई सारङगि प्रदान गर्दै राज्यले लोकबाजाको संरक्षणमा ध्यान दिन आबश्यक रहेको बताउनुभयो । आफुहरुको पेशालाई सम्मान गर्न र संरक्षणमा ध्यान दिन सरकारलाई आग्रह गर्दै मेची महाकाली सांगितीक यात्रामा रहेको गन्र्धबहरुले ४२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई भेटी सकेका छन् ।
उनिहरुले आजै तुलसिपुर र घोराही कारागारमा आफुहरुको अभियानका बारेमा जानकारी दिदै साँगितीक कार्यक्रम पनि गरेका छन् । गन्र्धब समुदायमै अपहेलनाको भाडो बन्दै गएको सारङगी बचाउ अभियानमा साथ दिन मञ्चले आग्रह समेत गरेका छ । गन्र्धब समुदायमा सारङगि बजाउन लाज मान्ने र नागरिकहरुले पनि हेलाको भावनाले हेर्दा आफुहरुको पहिचान नै संकटमा रहेको मञ्चको भनाई छ ।
source:-जागरण मिडिया 

No comments:

Post a Comment