देवचन्द्र भट्ट कल्याणपुर
नुवाकोट, फागुन २१
अन्र्तरजातिय विवाह गरेका नुवाकोटको कल्याणपुरका एक जोडिको सम्मानमा पहिलो पटक सरकारीस्तरवाट गाउंमा सहभोज गरिएको छ । दलित समुदायका युवकसंग विवाह गरेको कारण गत माघको तेश्रो साता आफ्ना माइती पक्षवाट कुटिएकी युवतीका परिवारसहित मंगलवार जिल्ला दलित समन्वय समितिले सार्वजनिक रुपमा सहभोजको आयोजना गरको हो ।
गत माघ १७ गते चारघरे गाविसकी १९ वर्षिया रजनी थापामगर र कल्याणपुर गाविस वडा नं. ४ खुर्साने २१ वर्षिय लालवहादुर विश्वकर्मावीच भएको अन्तरजातिय विवाहको सम्मानमा जिल्ला दलित समन्वय समितीले युवकको घर कल्याणपुरको खुर्सानेमा सहभोजको आयोजना गरेको हो । स्थानीय भुमेदेवी प्राविको मैदानमा आयोजित सहभोजमा सभासद वहादुरसिह लामासहित संयौ दलित नेता तथा विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।
उनीहरुहरुको एक वर्ष लामो प्रेम सम्वधलाई पारिवारिक वेवास्ता गर्दै अन्र्तरजातिय विवाहमा रजनीले दिएको साथको सहभोजमा निकै प्रशंसा र सम्मान गरिएको थियो । अन्र्तजातिय विवाहमा खास गरि रजनीका माइती पक्षको स्विकृति नभएको अवस्थामा उनीमाथी कुटपिट सम्म हुदा प्रहरीमा मुद्धा समेत चलेर चर्चा कमाएको उक्त विवाह जातिय विभेद हटाउन महत्वपुर्ण रहेको भन्दै सम्मानका लागी सार्वजनिक रुपमा सहभोजको आयोजना गरिएको दलित समन्वय समिती नुवाकोटका उपाध्यक्ष दीपक परियारले बताए ।
दलित युवकसँग विवाह गरेको भन्दै नुवाकोटको कल्याणपुरमा माइती पक्षवाटै गत महिना रजनीमाथि कुटपिट भएपछि सामाजिक सद्भाव कायम गरि छुवाछुतलाई निर्मुल पार्न यस कार्यक्रमले सहयोग पुरयाएको दलित अगुवा भोजवहादुर नेपालीले वताए । लालवहादुरले गाउंकै विद्यालयवाट कक्षा ५ अध्ययन गरि गाडीमा कण्डक्टरको काम थालेका थिए भने रजनीले आइकम दोश्रो वर्षमा अध्ययनरत छिन् ।
आफु माइतीवाटै कुटिएपछि पीडित रजनीले कारवाहीको माग गर्दै माइती पक्ष विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेपछि उनकी आमासहित पांचजनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुकै अहिले उनीहरुकै सहयोगले तारेखमा छुटेका छन् ।
काठमाडौमा सवारी चालकको काम गर्दै आएका लालवहादुरले मनोहर शहिद स्मारक क्याम्पसमा अध्ययनरत रजनीसंग एक वर्ष अघि भेटेको थिए । दुवैले एकअर्काको वुझाई तथा वानी व्यवहार मन परेको कारण अन्तरजातीय विवाह गरेको सहभोजमा वताएका छन् ।
आफुले रजनीलाई गाडी चलाएर खुसीसाथ पाल्ने उनका श्रीमान् लालवहादुरले वताए । विवाह भएको दुई दिन नबित्दै माघ १९ गते घरमै आएर आफ्नै आफन्त, दाजुभाई र आमासहित मिलेर रगताम्मे हुनेगरी कुटेको आमा र आफन्त मिलेर छोरीमाथी कुटपिट गरेपछि रजनीले प्रहरीमा दिएको उजुरीका आधारमा पक्राउ परेर तारेखमा छुटेपछि अव माइती पक्ष सकारात्मक रहेको र आफुलाई श्रीमानसंग राम्रोसंग वस्नु भनेको वताइन् ।
सरकारले छुवाछुत अन्त्यको घोषणा गरिसकेको अहिलेको युगमा समेत आफ्ना प्रेमी लालबहादुरसँग विवाह गरेकी उनलाई परिवार र आफन्तलाई भने कथित ‘पानी नचल्ने तल्लो जात’ सँग गएर आफुहरुको इज्जत फालेको भन्ने रिसको आवेगमा कुटपिट गरेको दुःखि हुंदै लालवहादुरका वावु विष्णुवहादुरले वताए ।
कुटपिटको घटनाले उनीहरुको सामाजिक भावनामा परेको चोट समाधान गर्न सहयोग पुगेको सदरमुकामवाट सहभोजमा पुगेका लीलानाथ न्यौपानेले भने । लालवहादुरका एक दाजु र तीन दिदी तथा रजनीका एक दाजु र एक दिदी रहेका छन् ।
साभार :- परदेशी खबर
No comments:
Post a Comment