Friday, March 6, 2015

७८ वर्षीया तुलसीमायाँ विश्वकर्मालाई राहत प्रदान

पाँचथर२२ फागुन, हातखुटा चल्न नसक्ने विकलाङ्ग अवस्थामा रहेकी जिल्लाको नाँगी गाविसकी एक वृद्धालाई पवित्र सेवा समाज, धापासी, काठमाडौँले आज राहत प्रदान गरेको नाँगी गाविस निवासी ७८ वर्षीया तुलसीमायाँ विश्वकर्मालाई लत्ताकपडा, फलफूल, खाद्यान्न, नगदसहित राहत रकम प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनुभयो  
प्रजिअ कँडेल, समाजका अध्यक्ष दीक्षा चापागाईं, महिला विकास अधिकृत गोमा वाग्लेलगायतले उनको घरमै गएर राहत प्रदान गरेका हुन् हातखुट्टा चल्न नसक्ने अवस्थामा रहेकी उनलाई साहारा दिने परिवारसमेत नरहेकाले सहयोग स्वरुप राहत प्रदान गरिएको अध्यक्ष चापागार्ईंले बताउनु भयो ।रासस

No comments:

Post a Comment