Monday, May 11, 2015

अब कसको मुख हेर्न फर्किने ? - कृष्ण परियार

उमाकान्त पाण्डे। युएई, वैशाख २३ -विभेद बिरुद्ध अभियान  ‘नानाचाचा ल्याइदिउँला राम्रोसँग पढ्नु है’ भनेर सिन्धुपाल्चोकको वाडेगाउँबाट युएई आएका कृष्ण परियारको परिवारमा भूकम्पले कसैलाई 
जिउँदो राखेन । श्रीमती, एक छोरा, एक छोरी, बाबु र आमा गरी चारजनाको परिवार भूकम्पले लगेपछि अब कसको मुख हेर्न फर्किने ? 
घरमा आमा एक्लै हुने भएपछि गोरखाको बारपाकका मान गुरुङले विदेश हिँड्नुअघि विहे गर्नुभयो । विहे गरेको दुर्इ महिनामा युएईको भीसा लाग्यो । युएईको सारजाहमा सामान्य मजदुरी गर्दा गर्दै उहाँको सपना धरहरा ढले जस्तै गर्यालमगुर्लुम ढल्यो । तीन महिने छोराको अनुहार हेर्न नपाउँदै मानको सपरिवार भूकम्पले लग्यो ।
परिवारसँग बिदा भएर ४ वर्ष पहिले युएई आएका काभ्रे वनकपुरका क्षेत्रबहादुर लोको परिवारलाई भुकम्पेले सधैंका लागि बिदा गर्योे । परिवारको मुख देख्न नपाए पनि घर फर्किएर काजकिरिया गर्नुछ । तर उहाँ फर्कन सक्नुभएको छैन ।  काम गर्ने कम्पनीमा ८ दिनको अग्रिम सूचना मार्फत भिसा नै रद्ध गरेर उहाँ नेपाल फर्किने प्रयासमा हुनुहुन्छ । 
धादिङका केशवप्रसाद अवस्थी सात वर्ष यता युएईमा कार्यरत हुनुहुन्थ्यो। भूकम्पको खबर सुनेपछि केशवले घरमा फोन गर्नुभयो । दुई–तीन दिनसम्म फोन लागेन । अन्ततः उहाँलाई खबर आयो बिनाशकारी भूकम्पले उहाँको घर मात्र भत्किएन, दुई वर्षका छोरा र श्रीमती पनि गुमाउनुपर्‍यो। ‘बहिनीको हात भाँचिएको छ, आमा घाइते हुनुहुन्छ,’ आँखाभरी आँशु बनाएर केशवले भन्नुभयो, ‘गाउँ नै ध्वस्त छ भर्खरै बसेको घर ढलेको छ, खाने/बस्ने ठेगान छैन ।’
युएईमा रहेका धेरै नेपालीको साझा पीडा र व्यथा हो यो । घरगाउँमा विपद आएको सुनेपछि कति नेपाल फर्किसके । कतिपय फर्कने तयारीमा छन् । यहाँ रहेकाहरुको पनि मन स्थिर छैन । सबैथोक छोडेर गाउँघर पुगौं जस्तो भैसकेको छ । 
-साभार :-उज्यालो 

No comments:

Post a Comment