काठमाडौ ,१३ जेष्ठ २०७२,विभेद विरुद्ध अभियान । दलित एकता सन्जाल नेपालले दुबै मृगौला पिडित नरेठाडि -५ गल्कोट, बागलुङकी १८ बर्षिय देवि बिकलाई आर्थीक सहयोग प्रदान गरेको छ ।
राजधानिको अनामनगर स्थित सम्वाद डव्लि मा आज पत्रकार सम्मेलन गरी संकलित रकम रु १,०१,१५२ (एक लाख एक हजार एक सय बाउन्न रुपैया )बिमारी लाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा यस सहयोगी कार्यमा आ- आफ्नो गच्छे अनुसार रकम दिनु हुने सबै सहयोगिहरुमा धन्यवाद दिँदै आफुले जुटाएको सहयोगले मात्र उपचार सम्भब नभएको ले थप उपचारका लागि आर्थिक सहयोग गरिदिन सवै सग आग्रह गर्न यो पत्रकार सम्मेलन गरिएको आयोजकले जनाएका छन ।
पिडितको आर्थिक अवस्था नाजुक रहेकोले विकको उपचारमा सक्दो सहयोग गरि जिवन बचाउनका लागी पिडितका आफन्तले सोही कार्यक्रम मार्फत देश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाई अपिल गरेका छन् ।
No comments:
Post a Comment