काठमाडौं, १५ जेठ २०७२ , विभेद बिरुद्ध अभियान । हङकङ नेप्लिज टेनिस सोसाइटी हङकङले नेपालका महाभूकम्पपीडितलाई सहयोग उपलब्ध गराएको छ ।
सिन्धुपाल्चोकमा २ सय परिवारलाई थाल, गिलास, कम्बल र लत्ताकपडा उपलब्ध गराइएको छ ।त्यस्तै ललितपुर लुभुका ६० र नुवाकोटका २२ परिवारलाई चामल, दाल, तेल, नुन, साबुन, झुल, कम्बललगायतका दैनिक उपभोग्य सामग्री राहतस्वरूप उपलब्ध गराइएको छ ।
संस्थाका सचिव बज्रकुमार थुलुङ राईले जानकारी दिएअनुसार सिन्धुपाल्चोकको एक दलित बस्ती पुनर्वासका लागि १ लाख रुपैयाँ प्रदान गरिएको छ ।त्यस्तै, अपाङ तथा बालबच्चालाई ह्विल चेयर र लत्ताकपडासमेत उपलब्ध गराइएको छ ।
राहत वितरण कार्य जारी रहेको संस्थाका अध्यक्ष मगेन्द्र राईले बताए । उनका अनुसार जेठ २ गतेदेखि संस्थाका प्रतिनिधि राम (होम) नेपालको प्रत्यक्ष सहभागितामा राहत सहयोग हस्तान्तरणका काम भएका हुन् ।
साभार :-esamata.com
No comments:
Post a Comment