Monday, June 22, 2015

सबैले तल्लो जातको भएर नि कस्तो बुद्धि लिएर जन्मेछ भन्थे

पोखरा, ७ असार ,  विभेद बिरुद्ध अभियान । ‘गरीबको छोरो, त्यसमाथि पनि तल्लो जातको। सबैले कस्तो बुद्धि लिएर जन्मेछ भन्थे’-२० वर्षे सुजन नेपालीले भने-‘सरस्वतीले त बास गरिन्। लक्ष्मीको श्राप परेछ। आज पैसाकै लागि भौंतारिँदा निःशुल्क पढ्ने अवसर पनि गुम्छ कि भन्ने चिन्ता छ।’
दुवै मृगौलाले काम नगरेर थलिएका बाबुको उपचारका लागि पैसाको जोहो कसरी गर्ने चिन्ता छ उनलाई। एसएलसी परीक्षा २०६८ मा सरकारी स्कुलबाट ८४.५ प्रतिशत अड्ढ ल्याउँदा सम्मानको आइरो लागेको उनी सम्भिmन्छन्। ‘काठमाण्डौंको डेरा त पूरै मेरो सम्मानपत्रले भरिएको छ। सानैदेखि अतिरिक्त क्रियाकलापमा समेत अब्बल थिएँ’-उनी भन्छन्-‘बुबाको उपचारका लागि मात्रै चिन्ता नभए पनि म त नखाएरै पढेर पनि निःशुल्क छात्रवृत्तिमा नाम निकाल्न सक्छु।’
रत्नराज्य उच्च मावि, काठमाण्डौंबाट एसएलसीमा विशिष्ट श्रेणीमा उत्तीर्ण भएपछि उनले सरिता मैनाली पुरस्कारसहित काठमाण्डौं महानगरपालिकाबाट मन्त्रीहरूको हातबाट पनि पुरस्कार थापे। काठमाण्डौं वडा नं. १० कै टपर भएपछि नाम चलेका कलेजहरूको निःशुल्क पढाइदिने होडबाजी बीच डेरा नजिकै रहेको न्यु समिट उच्च मावि उनले छाने। उनले विज्ञानमा राम्रो अड्ढका साथ प्लस टु उत्तीर्ण गरे। अहिले सुजन पोखरा विश्वविद्यालयमा म्पूर्ण छात्रवृत्तिअन्तर्गत पोखराको लाग्राण्डी कलेजमा ब्याचलर इन पब्लिक हेल्थ (बीपीएच) पहिलो वर्षमा अध्ययनरत छन्। उनको परिवारको आर्थिक अवस्था नाजुक छ। बाबु डिलबहादुर दमाई टेलरिङ गर्दै आएका थिए। तर, सात महिना अघिदेखि दुवै मृगौलाले काम नगरेपछि मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरको बेडमा छन्। सिन्धुलीको दुम्झा-३, कुशेश्वर स्थायी घर भएका सुजनको पीडा यत्तिमै समिति छैन। भर्खरै आएको विनाशकारी भूकम्पले गाउँको पुरानो घर पनि बाँकी रहेन। अब घर जग्गा बेचेर उपचार गर्ने विकल्प पनि सकिएको छ। परिवारको एउटै छोरो भएकाले पनि सवै जिम्मेवारी सुजनको काँधमा छ।
दुर्इ बहिनी सुमित्रा र सिर्जनामध्ये सुमित्राले पढाइ छाडिसकिन्। दमको रोगी आमा पनि मजदुरी काम गर्ने अवस्थामा छैनन्। ‘बुबालाई हप्तामा दुर्इ पटक डायलोसिस गर्नु पर्छ। कम्तिमा १५ हजार मासिक त उहाँकै औषधिका लागि तयार गर्नु पर्छ’-निराश हुँदै सुजन थप्छन्-‘कहाँबाट ल्याउनु – चार महिना भयो घरबेटीलाई भाडा दिन नसकेको।’
‘एमबीबीएस पढ्ने धोको थियो। तीन हजार नभएर रोकियो’-गला अवरुद्ध पार्दै सुजनले भने- ‘कति रात रोएरै बिते। पियुमा निःशुल्क छात्रवृत्तिमा नाम निस्किएपछि पोखरा आउन पाँच हजार नभएर डेढ महिना लाग्यो। कलेजले झण्डै नाम काटेन।’
सात कक्षादेखि काम गर्दै पढेका सुजन पोखरामा राम्रो काम पाए गर्ने बताउँछन्। ‘म पढाउन सक्छु। अङ्ग्रेजी राम्रो छ। कम्प्युटर साइन्स पनि पढाउन सक्छु-उनी भन्छन्।  कलेजमा खर्च र खाना, बस्नकै लागि काम गर्नै पर्ने बाध्यतामा छन् उनी। सुजनले यसअघि काठमाण्डौंमा विभिन्न कन्सल्टेन्सीमा काम गरिसकेका छन्। सुजनले आफ्नो पुरानो मोबाइलसमेत बेचेर काठमाण्डौं पैसा पठाइसके। जिरोकिमीमा सानो कोठालाई २६ सय तिरेर बस्दै आएका उनले चिनेजानेका, साथीभाईसँग ऋण काढेरै दुर्इ महिना कटाएका छन्। बिहानको खाना नखाएको महिना दिन पुगिसक्यो। भूकम्प पीडितमध्येका एक सुजनलाई बुबाको उपचारका लागि पैसाको जोहो भए मृगौला दिने मान्छे तयार रहेकाले आफू पनि केही काम गरेर पढाइ अघि बढाउने सोचमा छन्। सहयोग गर्न चाहनेले नबिल बैंकको खाता नम्बर १७७१५२४०९०२४२९ रकम जम्मा गरिदिन वा ९८१८५११८३० मा सर्म्पर्क गर्न सक्ने उनले बताए।

No comments:

Post a Comment