वुद्ध लोप्चन-२०७२ जेठ २२,काभ्रे खरेलथोक -विभेद बिरुद अभियान । ‘गाविसमा राहत नआएको होईन, आउँछ तर माथीमाथी भेगका र पहुचवालाहरुले मात्र पाउने गरेका छन्, बस्तीमा राहतमा नाममा एक बोरा चामल मात्र आएको छ ।’ स्थानीय जितबहादुर कामीले भने ‘यहा बस्तीमा भनसुन गर्ने र हाम्रा लागी बोलिदिने र मागिदिने कोही नभएकाले हामी दलित तलको तल भएका छौ ।’ उनले थपे ‘दलित बस्तीको मान्छे सम्वन्धित ठाउँ र पहुँचाला नभएकै कारण हाम्रो नाममा आएको राहत समेत अन्य गाउँमा लैजाने गरेका छन् ।’
भुकम्पले घर भत्किएसँगै २७ दिन अधिदेखि पालमा बस्दै आएकी ३३ वर्षे सिता विक पेटमा आठ महिनाको बच्चा र पिठयुँमा एक वर्षको छोरा च्यापेर हतार हतारमा गीतकार यादव खरेलले अस्थाई टहरा बनाउन जस्तापाता वितरण गरेको ठाउँमा पगेकी थिइन् । उनले भनिन्, ‘मलाई एकदम पीडा छ, आठ महिनाको बच्चा पेटमा छ सुत्केरी हुने बेला भयो, सानो भए पनि छाप्रो बनाउन सके सहज हुन्थ्यो ।’ मलिनो अनुहार लिएर उनले हात जोड्दै भनिन्, ‘घरमा खाने अन्न छैन, ज्यालादारी गर्न जाउ भने काम छैन, सुत्केरी हुन एक महिना बाँकी छ । आपतमाथी आपत थपियो, हातमा एक रुपैया छैन ।’
भुकम्पले भर भत्किएसंगै चिसो चौर र पालमा बस्न बाध्य गाविसमा रहेका सुत्केरीहरु खाने र बस्ने अवस्था नहुँदा सुत्केरी महिलाहरुमा विभिन्न समस्याहरु रोगहरु देखा पर्न थालेको छन् । गाई बस्तु र मान्छे बाहिरै त्रिपालमा भएकाले जंगली जनावर र सर्पले दुःख दिने थालेको गुनासो गरेका छन् ।
‘भत्केको घरमा रहेको सामन र अन्न भिक्न डर लाग्छ, खाद्यनको साह्रै संकट परिसक्यो १३ जनाको ठूलो परिवार छौ, राहतमा आएको १० किलो चामलले कती दिन खाने ?’ ६४ वर्षे जितबहादुर कामीले भने ‘हामी दलित भएकै कारण गाविसमा आएको राहतसमेत पाउने गरेका छैनौं ।’
गाउमा विक, मिजार जातका ९० प्रतिशत दलितहरुको बाहुल्यता रहेको छ । माथिल्लो निकाय र प्रसाशनमा आफ्नो मान्छे नभएका कारण राहत नपाएको आरोप खरेलथोक गाविसका दलितहरुले लगाउँदै आएका छन् ।
साभार : कमान्डर पोस्ट
No comments:
Post a Comment