Wednesday, July 1, 2015

जिविसले आयोजना गरेको सहभोज कार्यक्रम प्रति दलित सरोकारवालाको आपति

टिकाराम बिश्वकर्मा, सल्लेरी सोलुखुम्बु – २०७२ असार १६, विभेद बिरुद अभियान । जिल्ला बिकास समिती सोलुखुम्बुले दलित र गैरदलित समुदायलाई लक्षित गरि दुधकुण्ड नगरपालीका ४ स्थित सुर्केका दलित समुदायमा गत असार १२ गते आयोजना गरेको सहभोज कार्यक्रमको जिल्लाका दलितका सरोकारपक्षले  आपति  जनाएको छ । दलितसमुदाय सँग सरोकार राख्ने संघसस्थासँग सहकार्य र समन्वय नगरी जिबिसले एकलौटि ढंगले संचालन गरेको भन्दै जिल्लामा त्रियाशिल बिभिन्न पाटि निकट दलित भातृसंगठन, दलित संघसंस्थाहरु लगायत दलित सरोकारवालाहरुको संयुत्त टोलीले सो कार्यक्रमको विरोध गरेको हो ।

जिबिसमा दलित लक्षित कार्यक्रम तथा योजनाहरु संचालन गर्दा जिल्लाका त्रियाशिल दलित सरोकारवालाहरुसँग समन्वय नै नगरी काम गरेकोमा असन्तुष्टि जनाउदै सयुक्त टोलीले सात ७ बुँदे माग सहित बिज्ञप्ती समेत जारी गरेको छ ।विज्ञप्तिमा जिल्ला विकास समितिको कार्यक्रम तथा योजना दलित मैत्री हुनुपर्ने, जिल्लागत कार्यक्रम तथा योजना तर्जुमा गर्दा दलित सरोकारवालाहरुसँग समन्वय गरी काम गर्नु पर्ने, दलितको सवालमा भए गरेका गतिविधिलाई सञ्चार माध्यमबाट सार्वजनिक गर्नु पर्ने उल्लेख छ । त्यसैगरी उपेक्षित, उत्पिडित दलित वर्ग उत्थान जिल्ला समन्वय समितिलाई व्यवस्थित गर्नु पर्ने, छुवाछुत अन्त्यको लागि सार्वजनिक स्थलहरुमा चेतनामूलक होडिङ वोर्ड, पर्चा पम्प्लेटको व्यवस्था गर्नुपर्ने, छुवाछुत मुक्त गा.वि.स. र जिल्ला घोषणा गर्न आवश्यक काम गर्नुपर्ने विज्ञप्तिमा लेखिएको छ । सोलुखुम्बु जिल्लाका भूकम्प पिडित दलितहरुको घर पुनः निर्माण तथा राहतमा बिशेष पहल गर्नुपर्ने लगायतका माग पनि समेटिएको छ ।

जिल्ला बिकास समिती सोलुखुम्वुले छुवाछुत र भेदभाव अन्त्यका लागि समाजिक सदभावना जगाउने उदेश्यले आयोजना गरिएको सहभोजमा कार्यक्रम गुपचोकमा सिमित गरिएको र कार्यक्रमको पारर्दशिता नभएको भन्दै दलित समुदायका सर्बसाधरणले गुनासो गरेका थिए ।दुधकुण्ड न.पा ४ सुर्केमा बिश्वकर्मा, शेर्पा तामाड र नेवार जातीहरुको बसोबास रहेको छ । उत्त गाउमा छुवाछुत नभएको तथा एकआपसबीच सामाजिक मेलमिलाप राम्रो भएको हुँदा त्यस ठाउँमा सहभोज गर्न उचित नरहेको समेत भोजका सहभागीहरुले बताएका थिए ।

साभार :- जागरण मिडिया सेन्टर

No comments:

Post a Comment