Friday, July 10, 2015

अन्यायमा परेकी सुनिता सुनारलाई प्रदेशी नेपालीले ओत दिए

प्रेम सुनार, गुल्मी, २०७२ असार २५- विभेद बिरुद अभियान । गुल्मीको नेटा ४ उपल्लो थामा गाउँकी विपन्न परिवारकी सुनिता सुनारको घर बैशाख १२ को भुकम्पले बस्नै नहुने गरी भत्काई दिएको छ । उनले आफ्नो घर पुर्ण क्षतिमा पारी दिनका लागि जिल्लाबाट आएका मानिस र स्थानिय राजनैतिक संयन्त्र संग धेरै पटक रोई कराई गरिन तर सुनावाई भएन् । एउटा त्रिपाल भने रेडक्रशले दियो र त्यसले छानो टाल्दै नजिकै रहेको सानो गोठमा वसाई सारिन् ।
उनको त्यो विचल्ली थाह पाए पछि गुल्मी सेवा समाज कतारका प्रतिनिधीहरु उनकै घरमा पुगे । सुनारले अरु केहि चाँहिदैन यो वर्षायाममा ओतिनका लागि थोरै भए पनि टिन दिए धन्य हुने थियो भनिन् । उनको त्यो विचल्ली देखेरे गुल्मी सेवा समाज कतारका प्रतिनिधी रामप्रसाद रेग्मीले दुई वण्डल जस्ता पाता र त्यसलाई चाँहिने काँटी दिने घोषणा गरे पछि उनि मात्र हर्षित भईनन् स्थानिय समाज सेवीहरुले समेत कृतज्ञताको तालि हाने ।
उनि मात्र होईन सोही गाविस थामा गाउँकी दिलमाया घिमिरे पनि अन्यायमा परेकी रहिछन् । स्थलगत अध्यान टोली उनको घरमा पनि पुग्यो । उनको घर पनि भुकम्पले बस्नै नहुने गरी भत्काई दिएको रहेछ । उनि छिमिेकी रामराजप्रसाद घिमिरेको घरमा आश्रय लिएर बसेकी रहिछन् ।
उनको घर पनि सरकारी नजरमा आंशिक क्षतिमा परेको रहेछ । अन्ततः स्थानिय दलका नेताहरुको रोहवरमा गुल्मी सेवा समाज कतारले उनलाई पनि त्यतिनै परिणाममा जस्ता दियो र ओत पाएकी छन् । जय होस् गुल्मी सेवा समाज कतारको टोलीलाई भन्दै उनले सरकारले अन्याय गरे पनि प्रवासमा रहेका नेपालीहरुले न्याय दिएको बताईन् ।

त्यस्तै नेटा ४ का अति विपन्न प्रेमबहादुर बिकको अवस्था पनि त्यस्तै दयानिय रहेछ । उनिहरुलाई पनि समाजले जस्ता दियो र ओत पाएका छन् । दोहली ५ का थम्मनबहादुर बिकका पनि दुबै घर भत्कीएका रहेछन् । बढि क्षति व्यहोरेका बिक परिवारले पनि समाजबाट जस्ता पाएर वास ठडाउँदै छन् ।
क्षेत्र नम्वर ३ पछि समाजको स्थलगत अध्यान टोली क्षेत्र नम्वर २ का विपन्न परिवार छनौट गर्न लाग्यो । रे.न.पा.–६ स्थित ठुला चेक्मीका कमल मरासीनी, अत्तरकाँडाका होसा मरासनी, भुवनपानीकी रुपाकली बिक र रुरु ९ का कृष्णप्रसाद ज्ञवालीलाई पनि सोही परिणामको जस्ता पाता र काँटी उपलव्ध गरायो ।

त्यस्तै क्षेत्र नम्वर १ को तुराङ्ग ८ झुर्म गाउँकी मनकुमारी बिक, शान्तिपुर ८ तल्लो रेमीका गोकर्णराज खराल, खड्गकोट २ का श्याम परियार सहित ११ घर परिवार भुकम्प पिडितलाई ओतको व्यवस्था गुल्मी सेवा समाज कतारले गरेको छ । पहिलो चरणमा दुई लाख भन्दा बढि रकमको राहत वितरण गरिएको र दोश्रो चरणका बारेमा छलफल चलि रहेको गुल्मी सेवा समाज कतारका अध्यक्ष शिव खड्गकाले जानकारी दिए ।
उनले त्यस समाज मार्फत सहयोग गर्नु हुने सवै जनालाई धन्यबाद दिदै थप सहयोगको अपलि समेत गरेका छन् । स्थलगत अध्यानमा खििटएका समाजका प्रतिनिधी रामप्रसाद रेग्मीका अनुसार अरु थुप्रै विपन्न परिवारले ओतका लागि समाज संग अपिल गरी रहेका छन् । गुल्मी सेवा समाज कतारबाट गुल्मीमा प्रतिनिधीका रुपमा खटिनेहरुमा पत्रकार प्रेम सुनार , अविरल अजित रहेका छन् । उनिहरुले थप अध्यान गरेर राहतका लागि केन्द्रिय समिति संग सिफारिस गर्ने बताईएको छ ।
स्रोत- इबाग्लुङ

No comments:

Post a Comment