सन्तोष गौतम, म्याग्दी २०७२ असार २५- विभेद विरुद्ध अभियान । म्याग्दी जिल्लाका सामुदायीक विद्यालयबाट प्रवेशिका परिक्षा एसएलसीको २०७१ मा उत्कृष्ट नतिजा ल्याउने दुई जना दलित छात्रछात्रालाई बुधबार सम्मान गरिएको छ ।
जिविस अन्तरगतको दलित समन्वय समितिले दलित समुदायका एक जना छात्रा र एक जना छात्रालाई जनहि नगद दश हजार सहित सम्मान गरेको हो । छात्रातर्फ बेनी सामुदायीक उच्च माविकी रविना दर्जी र छात्रतर्फ मुक्तिमार्ग उच्च माविका बिनोद बिकलाई पुरस्कार उपलब्ध गराएको समितिले जनाएको छ ।
बिनोदले ७६ र रबीनाले ७१ प्रतिशत अंक प्राप्त गरि एसएलसी उतिर्ण गरेका थिए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक र स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान गरेका थिए ।
दलित समुदायका विद्यार्थीहरुलाई प्रोत्साहनका लागि सम्मान तथा पुरस्कार प्रदान गरिएको समितिका उपाध्यक्ष बालकुमार लामिछानेले जानकारी दिए। नयाँ संबिधानका दलित समुदायसंग सम्बन्धित प्रस्तावीत दस्तावेजका विषयमा पनि सो कार्यक्रममा प्रशिक्षण दिइएको थियो ।
स्रोत -इबाग्लुङ
No comments:
Post a Comment