२०७२ असार ३० गते, विभेद विरुद्ध अभियान ।सरकारले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले पाउँदै आएको रू. पाँच सय वृद्ध भत्तालाई बढाएर रू. एक हजार पु¥याएको छ ।अर्थमन्त्री डा. रामशरण महतले मङ्गलबार व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७२⁄७३ बजेटमा सो कुरा उल्लेख गरिएको छ ।
‘सत्तरी वर्ष नाघेका ज्येष्ठ नागरिकलाई आर्थिक वर्षदेखि वृद्धभत्ता वापत रू. पाँच सय र वृद्धावस्था औषधोपचार खर्च रू. पाँच सय गरी मासिक रू. एक हजार उपलब्ध गराउने व्यवस्था मिलाइएको छ’ –बजेट वक्तव्यमा उल्लेख गरिएको छ । त्यसबाट नौ लाख १२ हजार ६६४ ज्येष्ठ नागरिक लाभान्वित भएका छन् ।
सरकारले सामाजिक सुरक्षातर्फका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सामाजिक सुरक्षा प्राप्त गर्ने जनताको सङ्ख्या २१ लाख ५२ हजार ८६१ छ । तीमध्ये ज्येष्ठ नागरिक नौ लाख ६४ हजार २९२, एकल महिला छ लाख २१ हजार ९८०, अपाङ्गता भएका ६० हजार ६५६, लोपोन्मुख र सीमान्तीकृत जाति समुदाय २२ हजार ८९९ र दलित एवम् कर्णालीका बालबालिका चार लाख ८३ हजार ३४ छन् ।
अर्थमन्त्री डा. महतले पिछडिएका विपन्न, दलित, लोपोन्मुख जाति र सीमान्तकृत समुदायतर्फ लक्षित ‘जनता आवास कार्यक्रम’ लाई विस्तार गर्न रू.३३ करोड विनियोजन गरेको बताउनुभयो । आगामी आर्थिक वर्षमा सो कार्यक्रम अन्तर्गत थप एक हजार दुई सय निर्माण गरिनेछ बजेट वक्तव्यमा उल्लेख छ ।
त्यसैगरी सरकारले सडक बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापनको कार्यलाई अझ प्रभावकारी बनाउँदै काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त क्षेत्र बनाउने भएको छ ।
हराएका बालबालिकाको खोजी र जोखिमका रहेका बालबालिकाको उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई बजेट विनियोजना गरिएको छ ।
योगमाया महिला सशक्तीकरण कार्यक्रम अन्तरगत महिलामाथि हुने सबै प्रकारका लैङ्गिक हिंसा अन्त्य गरी आर्थिक तथा सामाजिक रूपले पछाडि परेका, विपन्न, एकल, लैङ्गिक हिंसाबाट प्रभावित, प्राकृतिक विपत्तिमा परेका र जोखिममा रहेका महिला तथा किशोरीहरू लक्षित कार्यक्रम सञ्चालन गरिनेछ भनी बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
दुर्गम क्षेत्र विकास, गरिबी निवारण, कर्णाली रोजगार, दलित उत्थान, दलित छात्रवृत्ति, जनजाति, उत्थानजस्ता लक्षित वर्ग उन्मुख कार्यक्रमलाई थप बजेट सहित निरन्तरता दिने अर्थमन्त्री डा. महतले बताउनुभयो ।
उहाँले हलिया, कमैया, कमलरी, चेपाङ, विपन्न मुसलमान, मधेशी, दलित, सुदूरपश्चिम र मध्यपश्चिमका पिछडिएका १० जिल्लाका एक हजार जनालाई प्राविधिक डिप्लोमा अध्ययन गर्नका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
आर्थिक वर्ष २०७२⁄७३ बजेट हेर्न यहाँ किलिक गर्नुहोस
आर्थिक वर्ष २०७२⁄७३ बजेट हेर्न यहाँ किलिक गर्नुहोस
साभार - गोर्खापत्र
No comments:
Post a Comment