भाद्र , ५ , विभेद विरुद्ध अभियान । नेपालमा वर्ण व्यवस्थाको प्रवेश कहिलेदेखि भयो र यसको विकास प्रक्रिया कस्तो रह्यो ? यसबारे अहिले निकै छलफल चल्न थालेको छ । केही मानिसहरु उत्तरी भारतमा मुसलमानी आक्रमण भएपछिमात्रै नेपालमा ब्राम्हण– क्षेत्रीयहरुको प्रवेश हुनथालेको हो भन्दछन् भने कतिपयले जयस्थितिमल्ल (ई. १३८२–९५)को शासनकालदेखि वर्ण व्यवस्था शुरु भएकोसमेत भन्ने गर्छन् । इतिहासको गहीरो अध्ययन नगरी आफूलाई लागेको कुरा फटाफट् भन्दै हिंड्ने एकप्रकारको फेसन वा आग्रहको हावा चलेको छ अहिले । यस्तो स्थितिमा नेपालमा वर्ण व्यवस्थाको इतिहास सन्दर्भमा केही चर्चा गर्नु सान्दर्भिक हुनेछ ।
सबै मुलुकले आ–आफ्नो इतिहासको अध्ययन गर्दा आ–आफ्नो वर्तमान भूगोललाई केन्द्रविन्दू बनाई त्यसैको सेरोफेरो र ऐतिहासिक साइनो सन्दर्भ पहिल्याउने प्रचलनअनुरुप नेपालको वर्तमान भूगोललाई ध्यानमा राखी यस विषयमा छलफल अघि बढाऔं ।
शुरुमा वर्ण व्यवस्थाको क्रमिक विकास सिन्धु नदीदेखि गंगा नदीको बीचमा भएको हो । त्यसको सबभन्दा सघन विकास कानपुर, अयोध्या र वारणसीको बीचमा भयो । गंगा र यमुनाबीचको भाग प्राचीनकालमा ब्रम्हावर्त या ब्रम्हार्षि देशको केन्द्र मानिन्थ्यो । वर्णाश्रम व्यवस्था वैदिककालको अन्तिम समयदेखि त्यहींबाट सबैतिर फैलिंदै गएको हो ।
‘शतपथ ब्राम्हण’ यजुर्वेदको एउटा ब्राम्हण ग्रन्थ हो । त्यो रामायण र पुराणहरुभन्दा निकै पुरानो हो । त्यसका रचयीता दार्शनिक ऋषि याज्ञबल्क्य हुन् । त्यस ग्रन्थको काण्ड–१, अध्याय ४ र अरु विभिन्न पौराणिक ग्रन्थअनुसार गंगा र यमुनाको नजिक रहेको सरस्वती नदी (जुन अहिले सुकेर हराइसकेको छ)को किनारमा इक्ष्वाकु नामक एउटा वैदिक कविला रहन्थ्यो । त्यसका धर्मप्रमुख वशिष्ठ र गणप्रमुख निमि थिए । एउटा यज्ञको सन्दर्भमा वशिष्ठ र निमिको बीचमा विवाद चर्कंदा निमि मारिए र त्यो कविला विभाजित भयो । त्यसपछि निमिका छोरा मिथि गणप्रमुख भई ब्राम्हण गौतम रहुगणलाई धर्मप्रमुख बनाएर त्यहाँको अग्निकुण्डबाट आगो लिई पूर्वतिर लागे । तिनीहरुले नारायणी नदी तरी मिथिला भूमिको स्थापना गरे । यसरी मिथिको नेतृत्वमा ब्राम्हण र क्षेत्रीयहरुले वैदिककालमा पहिलोपटक नारायणी नदी तरेको कुरा पौराणिक सन्दर्भहरुले बताउँछन् ।
बाल्मिकी रामायणअनुसार मिथिला भूमिका दुई शासन केन्द्र थिए– उत्तरमा विदेह र दक्षिण–पश्चिममा वैशाली । विदेहमा मिथिवंशी जनकहरुको नेतृत्व थियो भने वैशालीमा नामाग नेदिष्ट वंशीहरुको । रामायणअनुसार जनकवंशीहरु क्षेत्रीय थिए भने मार्कण्डेय पुराणअनुसार नामाग– नेदिष्ट वंशीहरु वैश्य थिए । समय क्रममा वैशाली उद्योग–व्यापारको केन्द्र बन्यो भने विदेह दर्शन, उपनिषद् या ज्ञानको केन्द्र बन्यो । विदेह या उत्तरी मिथिलाको क्षेत्र नारायणीदेखि कोशीसम्म फैलिएको थियो ।

बाल्मीकी रामायण आदिकाण्ड (७१/३–१३)अनुसार मिथिको एक्काइसौं पुस्तापछि सीताका धर्मपिता सीरध्वज जनक भएका थिए । यसबाट स्पष्ट छ, विदेह (जनकपुर)को स्थान वैदिककालमै भएको थियो र उत्तर वैदिककालमा त्यो क्षेत्र उपनिषद्का विद्वान ऋषिमुनि जनक, यालवल्क्य, गौतम गार्गी, अष्टावक्र, जैमिनी, विभाण्डक आदिजस्ता विविध दर्शनका प्रणेता मनिषीहरुको अध्ययन, चिन्तन–मननको विराट केन्द्र बन्नपुग्यो । यो विभिन्न सन्दर्भहरुको विश्लेषणबाट अन्वेषक र इतिहासविद्हरुले हाम्रो मिथिला क्षेत्रमा वर्ण व्यवस्थाको प्रवेश ई.पू. २०००–१५०० को बीचमा भएको निष्कर्ष निकालेका छन् ।
यसरी वैदिकमूलका आर्यहरुले मिथिला क्षेत्रमा कृषि, शिक्षा र विविध व्यवसायको विकास गर्नथालेपछि त्यहाँ वैदिक संस्कृतिको विस्तार हुँदैगयो र टाढा–टाढादेखि चिन्तक, अन्वेषक, विद्वान, दार्शनिकहरु आउने–जाने गर्नथाले । त्यसपछि अन्वेषक ऋषिमुनिहरुले नदीहरुको बाटो पहाड र हिमालतिर यात्रा गरेर ती क्षेत्रका अनेकौं, विशेषता पत्ता लगाई सुन्दर र स्वास्थ्यबद्र्धक ठाउँहरुलाई तप, साधना, अध्ययन र अन्वेषणका केन्द्र बनाई त्यहीं बसेर वर्णवादी धर्म–संस्कृति, कृषि, शिक्षा र उपचारको प्रचार–प्रसार गर्नथाले । यस्तै सन्दर्भहरुमा नै कोशी क्षेत्रमा विश्वामित्र, बाग्मतीमा नेमुनि, नारायणी क्षेत्रमा बाल्मिकी र मृगु, देवघाटमाथि कालीगण्डकी क्षेत्रमा पुलह, और्व, देवदत्त, शृंगी, माण्डव्य, मादी र सेतीको बीचमा वेदव्यास आदिजस्ता ऋषिहरुले तपस्या या कार्यक्षेत्र बनाएको कुरा पुराणहरु बताउँछन् ।
प्राचीन जनकपुरमा हामी हिंसात्मक वैदिक यज्ञमार्ग र ब्रम्हवादी ज्ञानमार्गको बीचमा निकै विवाद बढेको पाउँछौं । जनक, मालबल्क्य, अष्टावक्र आदि ज्ञानमार्गी थिए ।
ब्रम्हावर्त, काशी र अयोध्यातिरको वर्णवादी प्रभाव पश्चिम नेपालको तराई हुँदै पहाडतिर पनि फैलिएको थियो । त्यसले समाजमा जातपात र छुवाछूतको भेद्भाव बढाउँदै गएपछि त्यसको कु–प्रभाव रोक्न क्रकुच्छन्द्र, कनकमुनि र गौतम बुद्धजस्ता ज्ञानमार्गीहरुले वर्णवादको विरोधमा आन्दोलन चलाउन थालेका थिए । गौतम बुद्धका विचार काशी, कोसल र मगधतिरमात्र होइन, कपिलवस्तुका शाक्यभिक्षुहरुमार्फत् पहाड र बागमती उपत्यका हुँदै हिमालपारितिर पनि लागे । वैशालीका लिच्छवी र गोरखपुरका मल्लहरुमा बुद्ध संस्कृतिको राम्रो प्रभाव परेको थियो । पछि कोसल र मगधको आक्रमणमा परेर कपिलवस्तुका शाक्य, नवलपरासीका कोलिय, वैशालीका लिच्छवी र गोरखपुरका मल्लहरु पनि पहाडी क्षेत्रहरु र काठमाडौं उपत्यकातिर फैलिंदै गए । लिच्छवीहरुले काठमाडौंलाई केन्द्र बनाई कोशीदेखि गण्डकीसम्म राज्य विस्तार गरे । त्यसरी काठमण्डांैतिर निस्केका लिच्छवीहरुमा चौंथो शताब्दीसम्म वौद्ध धर्म–दर्शनको बढी प्रभाव देखिन्छ । तर भारतको गुप्त साम्राज्य (ई. ३२०–५००)कालमा सामन्तवादको तीब्र विकास हुने क्रममा समाजमा वर्ण व्यवस्था (जातपात, छुवाछूतप्रथा) व्यापक रुपमा फैलिंदैगयो । त्यसले वौद्ध संस्कृतिका अनुयायी काठमाडौंका लिच्छवीहरुमा पनि प्रभाव जमायो । फलस्वरुप विक्रमको पाँचौं शताब्दीका लिच्छवी राजा वृषदेवमा पुगेर वौद्ध परम्परा टुंगियो र उनका छोरा शंकरदेव (अनु. वि. ५०१–६०)देखि हिन्दू वर्ण व्यवस्थाको प्रचार–प्रसार शुरु भयो । माघदेव प्रथम (वि. ५२०–६५)ले चाङ्गुनारायणजस्ता विष्णु मन्दिर बनाउन थाले । उनले चाङ्गुनारायणमा राखेको शिलालेखमा आफ्ना बाबु धर्मदेवले वैदिक धर्मअनुसार ठूल्ठूला यज्ञहरु गरेको उल्लेख गरेका छन् । त्यसपछि बागमती उपत्यकामा वर्ण व्यवस्थाले प्रोत्साहन पाउँदैगयो । र यहाँ ब्राम्हण र क्षेत्रीयहरुदेखि शूद्र र चण्डाल (अछूत शुद्र)सम्मको अनेक जातहरुको विस्तार हुँदैगयो ।

एघारौं शताब्दीदेखि मिथिलाक्षेत्रमा स्थापित कर्णाटवंशी राज्यले वर्ण व्यवस्था (जातपात, छुवाछूत)लाई तीब्र रुपले प्रोत्साहित गर्दैगयो । त्यहाँ जातपातहरुको निर्धारण, गणना र व्यवस्थापन गर्न पञ्जिकाधिकारीहरुको व्यवस्था गरियो । राजा हरिसिंहदेवका विद्वान मन्त्री चण्डेश्वर ठाकुरले ई. १३१४ मा हिन्दू विधि व्यवहारको आचारसंहिता ‘कृत्य रत्नाकर’ ग्रन्थ लेखी त्यसैअनुसार जातपात व्यवस्था चलाउनथाले । त्यस राज्यमा वर्ण व्यवस्थाले ज्यादै व्यापक रुप लिएको थियो । त्यहाँ ई. १३२४ मा गयासुद्दीनले आक्रमण गरेपछि हरिसिंहदेव दलबलसहित काठमाडौंतिर निस्के । त्यसपछिको स्थितिमा नै काठमाण्डौ उपत्यकामा राजा जयस्थितिमल्लले परम्परागत वर्णव्यासलाई स्थानीय विभिन्न पेशाहरु र सिमरौन गढका अनुभवहरुको आधारमा पुनर्गठन गरेका हुन् ।
त्यसपछि पाल्पादेखि मोरंग सुनसरीसम्म फैलिएका सेन राज्यहरुमा (वि.सं. १५७०–१८१९)ले पनि प्रचलित वर्ण व्यवस्थालाई व्यवस्थित गरी आफूलाई ‘हिन्दू पनि’समेत भन्न थालेका थिए ।

नेपालका पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल उपनिषद् र स्मृतिकालदेखि नै ब्राम्हण ऋषिहरुको आवागमन हुनथालेको थियो भन्ने कुरा त्यता रहेका प्राचीन तीर्थस्थल र पौराणिक कथाहरुले पनि पुष्टि गर्छन् । तर पछि त्यता अवैदिक आर्य मूलका खसहरुको संख्या बढेपछि वर्ण व्यवस्था केही शिथिल हुँदैगयो । त्यहाँका खसहरुको ठूलै संख्या तेह्रौं–चौधौं शताब्दीसम्म पनि ‘ब्राम्ह क्षेत्रीय’ (वर्णविहीन क्षेत्रीय)कै रुपमा थियो । तीमध्ये थुप्रै ‘मतवाली’ खस पनि थिए । कर्णाली प्रदेशका राजा पुण्यमल्ल (वि. १३८८–९५) र पृथ्वीमल्ल (१३९५–१४१५)का समयमा मुसलमान पीडित दक्षिणतिरबाट आउने वर्णवादी बाहुन–क्षेत्रीहरुको संख्या बढ्दै गएपछि खसहरु पनि त्यसमा सामेल हुने प्रक्रिया बढ्यो र वर्ण व्यवस्थाको विस्तार हुँदैगयो ।
पन्ध्रौं–सोह्रौं शताब्दीमा कुमाउ गढवालातिरबाट बाहुन–क्षेत्रीहरुको अर्को ठूलो लहर पूर्वतिर ओहीरिन थाल्यो । तिनीहरु कर्णालीको खस प्रदेश (सपादलक्ष्य) हुँदै, गण्डकी, बाग्मती प्रदेशसमेत छिचोल्दै पूर्वतिर लागे । त्यसै सन्दर्भमा गोर्खाका राजा रामशाह (वि. १६६२–९३)ले पुराना, नयाँ सबै बाहुन–क्षेत्रीहरुको अनुभव समेटेर वर्ण व्यवस्थाको नयाँ स्थिति बाँधेका हुन् । त्यसबेला पूर्वी अभियानमा गएका बाहुन–क्षेत्रीहरु किरात क्षेत्र, सिक्किम, दार्जिलिङ्ग, भुटान, आसाम, मणिपुर र बर्मासम्म वर्णवादको हावा थप्दै थप्दै गए ।
वेद र उपनिषद्कालमा वर्ण व्यवस्था ज्यादै लचिलो थियो, कामको आधारमा वर्ण मानिन्थ्यो र एउटा काम छोडेर अर्को काम थालेपछि वर्ण (जात) पनि स्वतः फेरिन्थ्यो ।
त्यसबेला विवाहको क्षेत्र पनि फराकिलो थियो । पहिले युद्ध र हिंसा गर्ने विश्वामित्र र जनकजस्ता राजर्षिहरु पछि ज्ञानमार्गमा लागी ब्राम्हण, ब्रम्हर्षि मानिएका थिए । उर्वसी वेश्याका छोरा वशिष्ठ र पराशर र माझिनीबाट जन्मेका वेदव्यास विख्यात् ब्राम्हण ऋषि बनेका थिए । बाबु–आमाको ठेगान नभएकी सीताजस्ती सुन्दरीसँग विवाह गर्न ठूल्ठूला राजघरानाहरुमा होड चलेको थियो । उपनिषद्कालदेखि मसानघाटको काम गर्ने चण्डाल (जेम)हरु अछूत मानिनथाले । तर चण्डालका छोरीसित ब्राम्हण क्षेत्रीयहरुले विवाह गरेको कथा पनि पुराणमा छ । स्मृतिकाल (ई.पू. ६०० देखि ईसाको शुरुसम्म)बाट वर्ण व्यवस्था र छुवाछूत प्रथम जटिल बन्दैगयो । र, सामन्तवादीकालमा आएर त्यसले चरम रुप लियो । त्यसपछि वर्ण र जात कामको आधारमा होइन, जन्मको आधारमा पुस्तौंपुस्ता चल्नथाल्यो । समाजमा जति–जति नयाँ नयाँ पेशा–व्यवसायहरु थपिंदै गए, त्यसैअनुसार जातहरुको संख्या पनि बढ्दैगयो ।

नेपालमा वर्ण व्यवस्थाको प्रवेश र विकासबारे छलफल, अध्ययन, अनुसन्धान, प्रचार वा खण्डन गर्दा यसखाले सबै पक्षतिर ध्यान पुर्याउनु आवश्यक हुन्छ । लामो इतिहासका यथार्थ तथ्यहरुलाई बेवास्ता गरी इतिहासकै गलत हवाला दिएर वर्ण व्यवस्थाको चर्चा गर्दा वास्तविक तथ्य–सत्यको उद्घाटन हुँदैन । फलस्वरुप जनताको बीचमा अनावश्यक आपसी द्वन्द्व र अविश्वास झन्झन् बढ्नसक्छ र हामी अर्कोखाले जातीय द्वन्द्वको शिकार बन्ने खतरा हुनजान्छ । त्यसका केही पूर्वसंकेत अहिले पनि देखिन थालेका छ । वर्ण व्यवस्थालाई व्यापक सुधारसहित उदार, लचिलो बनाई सबैको सम्मान गर्ने स्थिति नबनाएसम्म विदेशीहरुले धर्मको नाममा यहाँ घुसपैठ गर्ने स्थितिको अन्त्य हुन सक्दैन ।
(मूल्याङ्कन अन्लाईन बाट साभार )
No comments:
Post a Comment