Wednesday, August 5, 2015

विश्वहिन्दू महासंघका प्रतिनिधिहरुले रामचन्द्रले झिकेको पानी सबैका सामु पिएर सन्देश दिए

२० साउन, सिरहा , विभेद विरुद्ध अभियान । विश्व हिन्दू महासंघका प्रतिनिधिहरुले सिरहा जिल्लाको नैनपुर गाविसमा बस्ने डोम परिवारका हातबाट पानी पिएका छन् ।
हिन्दु संस्कृतिमा ‘दलित’का हातको पानी चलाउनु पापकर्म होइन भन्ने सन्देश दिँदै हिन्दु महासंघका प्रतिनिधिले बुधबार सार्वजनिक इनारबाट पानी उघाउन लगाएर पिएका हुन् ।
इलाका प्रहरी कार्यालय लहानका डीएसपी उमाप्रसाद चतुर्वेदीसहितको टोली बुधबार दिउँसो १ बजे नैनपुर पुगेको थियो । नैनपुर गाउँका पीडित डोम परिवारले प्रहरीको रोहबरमा बुधबार सार्वजनिक इनारबाट पानी झिकेका थिए ।
मानवअधिकार आयोगसमेतको उपस्थितिमा गाउँलेहरुसित भएको छलफलमा पानी झिक्न दिने मौखिक सहमति भएको स्थानीय दलित अगुवा रामचन्द्र मलिकले बताए ।
सहमतिपछि पुलकितकी श्रीमतीले इनारबाट पानी झिकेकी थिइन् । विश्वहिन्दू महासंघका प्रतिनिधिहरु गएर रामचन्द्रले झिकेको पानी सबैका सामु पिएका थिए ।
इनारको पानी प्रयोग गर्न दिने सहमति भए पनि सम्भावित तनावलाई मध्यनजर गर्दै अहिले ५ जना प्रहरीले इनारमा पहरा दिइरहेका छन् ।
यद्यपि प्रहरी फर्केपछि फेरि पुरानै स्थिति दोहोरिने र डोम परिवार झन् असुरक्षित हुने चिन्ता मलिकले व्यक्त गरे । ‘उनीहरुले प्रहरी गएपछि हेरौं भनेर हामीलाई धम्क्याइरहेका छन्,’ उनले भने ।
आफूले हाट बजारको दिन बजार सरसफाइ गरेर गुजारा गर्दै आएकोमा गाउँलेहरुले अब आइन्दा काम गर्न नदिने चेतावनीसमेत दिएको उनको गुनासो छ ।
अन्लाइनखबर

No comments:

Post a Comment