कार्तिक २१- विभेद विरुद्ध अभियान ।
बाबु मोतिलाल नेपालीका छोरा वि.सं.२०२० कात्तिक १ गते पश्चिमाञ्चलको पोखरामा जन्मनु भएका रामबहादुर नेपाली हाल संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ ०३८ सालमा मुखियाको पदबाट सरकारी जागिरे जीवन शुरु गर्नुभई सहायक सिडिओ हुँदै ०७० सालमा गृहमन्त्रालयको उपसचिव पदबाट अवकास प्राप्त गर्नुभएको छ । संघीय समाजवादी पार्टीले भर्खरै आम उत्पीडित समुदायलाई संगठित गर्ने उद्देश्यले ‘संघीय समाजवादी शिल्पी महासंघ’को गठन गरेको छ । सो महासंघका केन्द्रीय संयोजकको जिम्मेवारीसंगै संगठन विस्तार र प्रचारप्रसारका क्रममा देश दौडाहकै शिलशिलामा हालै सुनसरीको धरानमा आइपुग्नु भएको छ । उहाँसंग महाप्रतिवाद राष्ट्रिय साप्ताहिकले गरेकोकुराकानी प्रस्तुत गरिएको छ–
लामो समय सरकारी जागिर खाएर किन राजनीतिक आन्दोलनमा लाग्नु भएको ?
म समाज शास्त्र र राजनीतिक शास्त्रको विद्यार्थी हु“ । मेरो बुझाईमा राज्यका सबै निकाय संचालन गर्ने प्रमुख केन्द्र राज्यसत्ता नै हो । त्यहि भएर मैले अवकास पछि मात्रै होइन सेवारत अवस्थामा पनि विभिन्न कर्मचारी संगठनको माध्यमबाट राजनीतिस“ग जोडिएको थिए“ । अवकास पछि खुलेरै यो अभियानमा लागेको हु“ । उत्पीडित समुदायले आफ्नो अधिकार प्राप्ति गर्न राजनीतिमा आवद्ध हुनैपर्छ । अन्य क्षेत्रमा विकास र प्रगति गर्दैमा हाम्रो समुदायको मुक्ति सम्भव छैन । त्यसकारण सबै प्रकारका विभेदको अन्त्य गर्न म राजनीतिक यात्रामा लागेको हु“ ।
राजनीतिक पृष्ठभूमीबाट आउनु भएको हो ?
होइन, मेरो बुबा ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो । उहा“को इच्छा भनेकोमलाई जागिरे बनाउने थियो त्यो पुरा भयो । अब मेरो इच्छा अनुसार म राजनीतिमा लागेको हु“ । अहिले पनि विभेद जताततै कायम छ । यो विभेद अन्त्य गर्ने माध्यम भनेकै राजनीतिक चेतना र व्यावहार हो । मैले जति समय देशको निम्ति कर्मचारी हु“दै अफिसर भएर काम गरे त्यो हाकिमको मुताविक थियो र सिस्टमबाट चल्नुपथ्र्यो । कतिपय अवस्थामा चित्त नबुझ्दा नबुझ्दै पनि सहन बाध्य भइएको थियो । तर, राजनीतिमा अब त्यसप्रकारका विभेदहरु सहनु पर्दैन । आफुलाई मन नपरेको कुरा र अमानवीय विभेदको विरोध गर्न, बोल्न पाइन्छ । आफुले जसरी अन्यायको विरोध गरियो त्यसरी नै अरुलाई पनि सिकाउन सकिन्छ । राज्यका हरेक नीतिनिर्माण र कार्यान्वयनको ठाउ“मा हामी अवस्य हुनुपर्छ । हाम्रो समुदायको राज्यसत्तामा पहु“च बृद्धि गर्नकै लागि म राजनीतिमा क्रियाशिल भएको हु“ । मलाई अहिले मेरो परिवारले पनि राम्रो सपोर्ट गर्नुभएको छ ।
राजनीतिक पार्टी त अरु पनि छन् तर तपाई किन संघीय समाजवादीमा नै लाग्नुभएको हो ?
पार्टीहरू त थुप्रै छन् । मैले चाहना गर्दा ठूलै पार्टीमा पनि राम्रो स्थान पाउने थिए“ । तर म मेरो व्यक्तिगत फाइदा लिएर पार्टीमा लागेको होइन । विशेष गरेर कम्यूनिष्टहरूसंग नै मेरो संगत भयो । कर्मचारी संगठनमा रह“दा अशोक राईसंग नजिक थिए“ र उहा“बाट प्रभावित पनि । उहा“ एमाले हु“दा म पनि एमालेलाई नै सहयोग गर्थे“ । पछि मलाई जे लागेको थियो–का“ग्रेसकोसामन्ती विचार र कम्यूनिष्टहरूकोपुरानो विचारले अब नेपालको समस्या समाधान हु“दैन भने नया“ विचार, सोंच, संगठनर नया“ शक्तिको आवश्यकता महशुस गरिरहेको बेला जातीय मुक्तिका लागि संघीयता र बर्गिय मुक्तिका लागि समाजवादको मूल सिद्धान्त प्रतिपादन गरि संघीय समाजवादी पार्टीको स्थापना भएपछि म पनि अवकास पछि यहि पार्टीमा लागेको हु“ ।
सिडिओ भईसक्नु भएको मान्छे यहा“लाई पनि जातीय विभेद हुन्छ र ?
म को हु“ भन्ने कुरा मानिसहरूले चासो राख्दैनन् तर आम नेपालीहरूमा मेरो नाम पछिको थरसंग सम्बन्ध खोज्दा रहेछन् । हामी जहा“ पुगेपनि हाम्रो जात सोध्ने गरिन्छ । अनि कथित सानो जात भन्ने थाह पाउने वित्तिकै विभेद शुरु हुन्छ । प्रत्यक्ष रुपमा नभए पनि अप्रत्यक्ष रुपमा मैले कैयौं ठाउ“ भोगेको छु । पदीय रुपमा वा आर्थिक रुपमा जीवनस्तर उकास्दैमा हामीमाथि भएको विभेद अन्त्य हु“दैन । सामाजिक चेतनाको बृद्धि गर्न र कथित सानो र ठूलो जात भन्नेकुराको अन्त्य गर्न जरुरी छ । शिल्पी समुदायको हक, हित र अधिकार राजनीतिकबाट मात्रै प्राप्त हुन्छ । अन्य विकल्प खोज्नु आवश्यक छैन । राजनीतिक उत्तम मार्ग हो ।
सबैले दलित भनिरहेको बेला फेरी शिल्पी भन्ने शब्द कसरी आयो ?
हाम्रो पहिचान खोज्ने क्रममा इतिहासमा हामी कला, शिप र पौरखका धनी थियौं । जालसाजीपूर्ण ढंगले हामीलाई वर्णाश्रमबाट फसाईयो । एकात्मक बाहुनवादी राज्यसत्ताले जर्बजस्त महान बैज्ञानिक, कलाकार, कालिगढहरुलाई हेपेर, थिचोमिचो गरेर, सामाजिक, राजनीतिक, आर्थिक सम्पूर्ण रुपमा हेलाहोचा गरेर अन्यायपूर्वक दमन र शोषण गरेका हुनालेहामीलाई दलित बनाइएको हो । हुनत दलित भन्ने शब्द आफैमा गलत नभएर सम्पूर्ण प्रकारका विभेदहरुको प्रतिनिधित्व गर्ने शब्द नै हो । तथापी अहिले यसको बुझाईले विभेद र अपमान बोध भएकाले हामीले दलित होइनशिल्पी भनिनुपर्छ भनेका हौं । हामी दलित होइनौं, शिल्पी हौं । शिल्पी भनिनुपर्छ । त्यसले हाम्रो पहिचान स्थापित गर्छ । अब राष्ट्रिय दलित आयोग होइन, राष्ट्रिय शिल्पी आयोग बनाईनु पर्छ । त्यहि सूचीकृत जाति तथा थरहरुमा थपघट गर्नुपर्छ र सम्मानजनक अवस्थामा बा“च्न पाउने मानवअधिकारको ग्यारेन्टी गरिनुपर्छ । हामी शिल्पीहरु गर्वका साथ जिउनु पर्छ । त्यो अहिलेको आवश्यकता हो ।
दलित संघसंगठनहरूसंग दलित र शिल्पी शब्दको बुझाईका विषयमा बहस गर्नुभएको छ ?
हामीले पटक–पटक यो कुरा उठाउ“दै आएका छौं । हाम्रो शिल्पी महासंघमा नेपाल दलित पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक),सामाजिक लोकतान्त्रिक पार्टी र संघीय समाजवादी फोरम नेपालका शिल्पी समुदायको महासंघ तयार भएको छ । हामीले दलित भन्ने शब्द नै हटाउनु पर्छ र शिल्पी राख्नुपर्छ भनेका छौं । यस मान्यतामा धेरै साथीहरू सहमति भइसक्नु भएको छ । हामीले शिल्पी समुदायको कुरा राज्यका सबै मातहतमा ज्ञापन पत्र बुझाएका छौं । मानव अधिकारकर्मी देखि नागरिक समाज सबैलाई शिल्पी शब्द र शिल्पी समुदायको पहिचानका विषयमा ध्यानाकर्षण गराईसकेका छौं । यो अभियान जारी नै छ । कतिपयमा पुरानो छाप हराउन समय लाग्छ । केही शिल्पी समुदायका नेताहरुका निम्ति पेट पाल्ने माध्यम बनेका कारण पनि दलित शब्द नै राख्नुपर्छ भन्नेहरु पनि छन् । तिनीहरुलाई विस्तारै शिल्पी समुदायले नै बहिस्कार गर्नुपर्छ रत्यो हुन्छ पनि । बौद्धिक स्तरमा अहिले छलफल चलिरहेको छ । पहिला दलित नामबाट मुक्त गराउनु पर्छ र अवस्थाबाट मुक्त गराउनु पर्छ । यहि उत्पीडनलाई हल गर्नका निम्ति शिल्पी शब्दको प्रयोग गर्नुपर्छ जुन हाम्रो पहिचान पनि हो ।
शिल्पी समुदायलाई पहिचान चाहिएको हो कि अधिकार ?
अहिले आदिवासी जनजाति, मधेशी, थारु लगायतका समुदायको आन्दोलन पहिचानको आन्दोलन हो । हामी शिल्पी समुदायको पनि पहिचानको आन्दोलनमासहभागिता छ । अहिले हामीलाई पहिचानविहिन बनाइएको छ । तर ऐतिहासिक तथ्याङ्कका आधारमा हामी ऐतिहासिक पहिचान बोकेका शिल्पी समुदाय हौं ।हाम्रा पुर्खाहरुले आफ्नो कला र शिपमा बा“चेका थिए । सृजना र शिपका धनी वर्गलाई बाहुनहरुको जालसाझका कारण अन्तत अछूत जातिसम्म बनायो । यो सरासर हामी माथि भएको अन्याय हो । यहि अन्याय विरुद्ध हाम्रो पहिचान स्थापित गर्न पहिचानको आन्दोलनमा हामी सहभागि हुनुपर्छ भन्ने मान्यताका साथ हामी अगाडि बढिरहेका हौं र पहिचानको आन्दोलनमा हामीले यहा“का उत्पीडित वर्गस“ग सहकार्य गरेका हौं । हाम्रो पहिचान भेटिएपछि अधिकारको कुरा सम्भव हुन्छ ।
नत्र अधिकार प्राप्तिको संघर्ष चाहि“ भन्ने तर पहिचानको कुरै नसुन्ने र नखोज्ने हो भने कस्तोखालको अधिकार चाहिएको हो ?
त्यो विचार गर्नुपर्छ । अधिकारको मात्रै कुरा गर्ने हो भने अहिले नेपालमा शिल्पी समुदायलाई विद्यमान ऐन कानुनबाट पनि थुप्रै अधिकार दिइएको छ । अधिकार र पहिचान एउटै सिक्काका पाटा भएपनि ति दुवै अनिवार्य छन् । पहिचान भए पछि अधिकार प्राप्ति हुन्छ अर्थात अधिकार प्राप्तिका लागि पनि पहिचानको आन्दोलनउत्कर्षमा पु¥याउनु नै पर्छ ।संविधान त बनिसक्यो अब यस्ता मागको कुनै अर्थ छ र ?
यो संविधान जनताको हितमा छैन । सामन्तहरुको योजनामा र अवसरवादी बाहुनहरुको पक्षमा छ । डा. मदन परियारले प्रस्ताव गरेको ११ प्रदेशको खाका सहि छ त्यो लागु गर्नुपर्छ । शिल्पी समुदायलाई नेपाल क्षेत्राधिकार हुने गरी शिल्पी प्रदेश घोषणा गरिनु पर्छ र जनसंख्याका आधारमा सम्पूर्ण क्षेत्रमा हाम्रो प्रतिनिधित्व र अधिकार सुनिश्चित गरिनुपर्छ । हामी शिल्पी समुदाय करिब २१ प्रतिशतकोहाराहारीमा छौं । १२ प्रतिशत बाहुनहरुले यहा“का आदिवासी जनजाति लगायतका ८० प्रतिशत भन्दा बढि समुदायलाई एकछत्र शासन गरेको छ । त्यहिसंरचनालाई कायम राख्दै अन्ततः नेपालको संविधानका नाममा उनीहरुकै हितअनुकुल संविधान घोषणा भएको हुनाले यो संविधान हामीलाई मान्य छैन । संविधान पुर्नलेखन हुन्छ र आवश्यकता अनुसार संघर्षका कार्यक्रमहरुहामीले ल्याउने छौं । अहिले हाम्रो पार्टीका अध्यक्ष उपेन्द्र यादव मधेश केन्द्रित संघर्षको नेतृत्व गर्दै हुनुहुन्छ भने अन्य नेताहरु आ–आफ्नो क्षेत्रमा संघर्षका कार्यक्रमलाई निरन्तरता दिएका छौं । यसकारण केहि बाहुन क्षेत्रीहरुले आफुअनुकूल संविधान बनाएर केहि शिल्पी समुदाय र आदिवासी जनजातिहरुका हनुमानहरुलाई साक्षी राख्दैमा हाम्रो संविधान भन्न सक्ने अवस्था छैन र यो संविधान हामीलाई स्वीकार्य छैन । हामी यो संविधान मान्दैनौं । सरकारले दमनको नीतिलाई निरन्तरता दियो भने विद्रोह हुन्छ त्यतिबेला हाम्रो पार्टीले त्यसकोनेतृत्व गर्छ त्यहि तयारी भइरहेको छ ।
बन्द हड्तालबाट सरकार डराएर जनतालाई अधिकार दिन्छ र ?
अहिलेको सरकार नालायक हो । लोभी–पापीहरुको झुण्डबाट सञ्चालित छ । सर्वहारा वर्गको नेतृत्वका कुरा गर्ने एमाओवादीदेखि राजतन्त्रको वकालत गर्ने राप्रपा नेपालसमेतको गठबन्धन र अत्यन्तै अराजक तथा अवसरवादी पार्टी एमालेले नेतृत्व गरेको सरकार कस्तो भिजन छ भन्ने यीनिहरुको क्रियाकलापबाटै स्पष्ट हुन्छ । यो अपवित्र गठबन्ध हो । न तयीनिहरु आपसमा मिल्छन् न त सैद्धान्तिक रुपमा नै । खाली सत्ता र देशको ढुकुटी रित्याउने खेल मात्रै हो । जनताले यस्तो सरकारबाट आशा राख्नु समयको बर्बादी मात्रै हो । समयमा नै संगठित बन्दै संघर्षको मैदानमा आउनुपर्छ । संघर्षबाट सहि व्यवस्थाको स्थापना गर्नुपर्छ ।काम गरिखाने जनतालाई राजनीतिमा बोलाएर खाने–लाउने व्यवस्था पनि हुन्छ ?
राजनीति भनेको राज्यको सबैभन्दा ठूलो क्षेत्राधिकार बोकेको विषय हो। हामीले जसरी अन्य क्षेत्रमा काम गरेर आफ्नो जीविकोपार्जन गरि रहेका हुन्छौं त्यसरी नै राजनीतिमा पनि त्यो लागु हुन्छ । हुनेखाने नेता तथा कार्यकर्ता आफैले आफ्नो व्यवस्थापन गर्नुपर्छ तर खान लाउन नपुग्ने साथीहरुलाई हामीले सहयोग पनि गर्ने गरेका छौं । त्यसका अतिरिक्त पार्टी सदस्यता शुल्क, लेबी, चन्दा, सरसहयोग पनि उठाउने गरेका छौं । बैदेशिक रोजगारीमा हुने साथीहरुले पार्टीलाई आर्थिक सहयोग पठाउने गर्नुभएको छ त्यसबाट पनि व्यवस्थापन गर्दै आएका छौं । पार्टीलाई जागिरका रुपमा होइन जनताको कर्तव्य सम्झेर राजनीति गर्ने हो । सकेसम्म आयआर्जनका अन्य विकल्पहरुका साथमा राजनीति गर्ने हो । राजनीति जहातहि भइरहेको हुन्छ । त्यो उसले पहिचान गर्न मात्रै नसकेको हो । कर्मचारीहरु भित्र पनि राजनीति हुन्छ, विद्यालयमा, संघसंस्थामा, उपभोक्ता समितिदेखि ठूलाठूला परियोजनामा समेत राजनीति हुन्छ । अब जनता आफैले सोंच विचार गरेर आफ्नो क्षेत्रमा राजनीति गर्ने हो । राजनीति गर्ने सोंच, विचार र चेतना हुनुपर्छ । लहलहैमा लागेर वा जागिरे मानसिकतामा राजनीति गर्नेहरु संगठनमा धेरै दिन टिक्दैनन् । त्यसैले आफ्नो आन्तरिक जीवन, परिवारलाई व्यवस्थापन गर्दै समग्र जनताको मुक्तिका निम्ति हामीले आफ्नो जीवनलाई उपयोग गर्नुपर्छ ।
No comments:
Post a Comment