फागुन, १० - विभेद बिरुद्ध अभियान -विश्वभरी छरिएर रहेका दलित समुदायहरुलाइ एक्यबद्ध गरि जातिय विभेद र छुवाछूत उन्मुलन एवं दलित समुदायको बिकास सहित समता मुलक समाज निर्माण गर्ने परिकल्पना सहित स्थापित भएको दलित एकता सजालमा स्थापनाकाल देखि क्रियाशील रहँदै आएका अगुवा एव विभिन्न पदमा वसेर काम गरेको अनुभव र कार्यकुशलता भएका आश बहादुर नेपाली विभिन्न संघसंस्थाका माध्यमबाट समाज सेवामा समर्पित भएर कुबेतको नेपाली समाजमा पछिल्लो ढेढ दशक देखि समाजसेवीका रुपमा समेत परिचित छन् ।
प्रवासमा रहेका जागरुक दलित युवाहरुको परिकल्पनाबाट करिव २ वर्ष अगाडि “दलित एकता आजको आवश्यकता, छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीहरुको सहभागिता” भन्ने नारा सहित सामाजिक संजाल हुदै थालनी गरेको सजाल सार्वजनिक रुपमा बाहिर पनि यिनै नेपालीको अध्यक्षतामा कुबेतमा प्रथम अधिवेसन सम्पन्न गरेर देखा परेको थियो ।
दलित समुदायको लागि अहिले सम्म सामाजिक हितका लागि गरेका काम बाट छोटो समयमा शिखरमा पुगेको सँस्था दलित एकता सजालको संगठित हुने अभियान आज बिभिन्न मुलुक सहित देशका कुन काप्चामा समेत संगठित हुँदै पुगेको छ । नेपालमा केहि महिना अघि विधिवत रुपमा दर्ता भएको संजालले ६० लाख दलित लाई समेट्ने अभियानको रुपमा आफ्नो मुक्तिको बाटो आफै कोर्दै गरेको छ ।
प्रस्तुत छ दलित एकता सजाल नेपालका केन्द्रिय उप संयोजक एवं कुवेत राष्ट्रिय समन्वय समितिका अध्यक्ष आश बहादुर नेपालीसँग हाम्रो संचार डटकमका लागि गोपाल सिवाले गरेको कुराकानी :-
तपाईको व्यक्तिगत पृष्ठभूमिको बारेमा बताईदिनुस् न ?
नमस्कार साथै धन्यवाद यहालाई मेरो ब्यक्तिगत पृष्टिभूमि भन्नु पर्दा म आश बहादुर नेपाली । २०२९ पौषमा कास्की मिजुरे गाविस १ रबै डाडामा जन्म भएको र पछिलो १४ बर्ष देखि श्रीमती ३ छोरीहरु सहितको कास्की पोखरा १४ मा बसोवास गर्दै आएको छु ।मिजुरे गाविस कै श्री हिमालय निम्न माधयमिक हाई स्कुलबाट २०४८ सालमा एसएलसी पास गरेको मैले नेपालमा हुदा खेति किसानी संगै समाज सेवा र उत्पीड़ित वर्ग प्रति केहि गर्नु पर्छ भने मनसायका साथ वडा गाविसको जिम्मेवारी सम्हाल्दै देसमा हुने गरेका राजनीतीक आन्दोलनहरुमा परिवर्तन र देस बिकासका खातिर निस्वार्थ भावनाका साथ आन्दोलनमा पनि हिडे ।
अहिले यहाँ समक्ष बयान गरौं भने ईतिहास बन्ने छ । फेरी पनि निचोडमा के भन्न चाहे भने गाविस अध्यक्ष हुने अवसर गुमाए संगै परिवारमा देखिएको आर्थिक भारलाइ कम गर्न सन १९९५ को अन्तिम तिर जागीरको सिलसिलामा यो कुबेत आइ पुगे । ७ बर्ष काम गरी कम्पानि छोड़ी नेपाल गएको म पुन सन २००३ को अन्तिम तिर नया कम्पनीमा भिसा लगाई दोस्रो चोटी फेरी कुबेत आई पुगे । हाल कुवैत रियल स्टेट कम्पनीको मालिकको प्राइवेट सिक्यूरिटी गार्ड सुपरवाईजर पदमा कार्यरत छु ।
रोजगरिकै सिलसिलमा कुवैतको लगभग २० बर्षे अवधिमा समाजलाई केही गर्नु पर्छ भन्ने भाव बोकेर यहाँ पनि धेरै चिर परिचित साथीहरु संग एक्य्बधता गरेर जनजागृति युवा समाज कुबेत ,कोसेलि छापा पत्रिका,NRNA कुबेत NCC, जनप्रगतिसिल मन्च,दलित एकता संजाल नेपाल,कुबेत लगायत धेरै संघ संस्था स्थापना गरियो । अहिले NRNA कुबेत NCC बाहेक सबै संस्थामा आवद्ध नै छु भने आफ्नै समुदाय उत्पीड़ित दलित वर्गहरुलाई एकीकृत गर्दै २ बर्ष पहिला स्थापना गरेको संस्था दलित एकता संजाल नेपाल,कुबेत NCC राष्ट्रीय समन्वय समितिको नेतृत्व सम्हाली रहेको छु ।
अहिले यहाँ समक्ष बयान गरौं भने ईतिहास बन्ने छ । फेरी पनि निचोडमा के भन्न चाहे भने गाविस अध्यक्ष हुने अवसर गुमाए संगै परिवारमा देखिएको आर्थिक भारलाइ कम गर्न सन १९९५ को अन्तिम तिर जागीरको सिलसिलामा यो कुबेत आइ पुगे । ७ बर्ष काम गरी कम्पानि छोड़ी नेपाल गएको म पुन सन २००३ को अन्तिम तिर नया कम्पनीमा भिसा लगाई दोस्रो चोटी फेरी कुबेत आई पुगे । हाल कुवैत रियल स्टेट कम्पनीको मालिकको प्राइवेट सिक्यूरिटी गार्ड सुपरवाईजर पदमा कार्यरत छु ।
रोजगरिकै सिलसिलमा कुवैतको लगभग २० बर्षे अवधिमा समाजलाई केही गर्नु पर्छ भन्ने भाव बोकेर यहाँ पनि धेरै चिर परिचित साथीहरु संग एक्य्बधता गरेर जनजागृति युवा समाज कुबेत ,कोसेलि छापा पत्रिका,NRNA कुबेत NCC, जनप्रगतिसिल मन्च,दलित एकता संजाल नेपाल,कुबेत लगायत धेरै संघ संस्था स्थापना गरियो । अहिले NRNA कुबेत NCC बाहेक सबै संस्थामा आवद्ध नै छु भने आफ्नै समुदाय उत्पीड़ित दलित वर्गहरुलाई एकीकृत गर्दै २ बर्ष पहिला स्थापना गरेको संस्था दलित एकता संजाल नेपाल,कुबेत NCC राष्ट्रीय समन्वय समितिको नेतृत्व सम्हाली रहेको छु ।
खाडीमा सवै भन्दा पहिला तपाइको नेतृत्वमा कुबेतमा दलित एकता संजाल भने सस्था गठन भयो अहिले देश विदेश सवै तिर संगठित भएको सुनिदैछ , खास कस्तो सस्था हो ?
अवस्य पनि यो प्रवासी भूमि त्यै माथि कुवेत जस्तो निरंकुश सासन कानूनको दायर भित्र रही संघ संस्था स्थापना गर्न त्यति सहज पक्कै पनि छैन । फेरी पनि परदेशमा भए पनि हामीले नेपाली समाजमा आफुले भोगेको देखेको अपहेलित भएको र अमानवीय ब्यवहरबाट ग्रसित भएको उत्पीड़िनको बिरुद दलित वर्गहरुको हकअधिकारको लागि यो प्रवासमा १०/१२/१८ घण्टा डियूटीको बावजूत पनि “दलित एकता आजको आवस्यकता छुवाछुत मुक्त समाज निर्माणमा सम्पूर्ण नेपालीहरुको सहभागिता” भन्ने मूल नारालाई आत्मसाथ गर्दै “दलित एकता संजाल नेपाल”अन्तराष्ट्रिय समन्वय समिति ICC अन्तर्गत रही राष्ट्रिय समन्वय समिति NCC स्थापना गर्यौ । स्थापना गर्ने क्रममा कुबेतमा म लगायत मेरा सहयात्री मित्र जीवन सुनार,शिव बिश्वकर्मा ज्युहरु सहित ICC /NCCको का सवै मित्र सुबेक्छुकहरुको अथाह प्रयास र मिहिनेत बाट पहिलो पल्ट कुबेतमा संजालको NCC कार्यसमिति गठन गर्न सम्भव भयो ।
दलित एकता सजालको मुख्य उदेशय चै के हो ?
दलित एकता संजाल नेपाल Dalit United Network Nepal को मुख्य उदेश्य भनेको "दलित एकता आजको आवश्यकता छुवाछुत मुक्त र समाज निर्माणमा सम्पूर्ण नेपालीहरुको सहभागिता" भन्ने नै हो । जुन आफैमा गर्बिलो र सबै कुरा समेटिएको छ । जस्तै:- छुवाछुत जस्ता जातिय भेदभाब रहित समाज निर्माणको लागि देश विदेशमा छरिएर रहेका दलित समुदायका नेपालीहरु लाई एकताबद्ध बनाउन पहल गर्ने । नेपाली समाजमा जरा गाडेर रहेको छुवाछुत जस्ता जातिय भेदभाब प्रथा लाई अन्त गर्नको लागि निरन्तर सामाजिक जनचेतना, शैक्षिक, आर्थिक सुधार तथा राजनीतिक सम्भावनाहरुलाई पहिचान गरी समग्र दलित समुदायमा पुर्याउन पहल गर्ने। समाजमा जातियताको आधारमा हुने भेदभाबका बिरुद्ध हुने जुन सुकै संघर्ष, आन्दोलनहरुमा आर्थिक, भौतिक तथा नैतीक समर्थन र सहयोग गर्ने। नेपाल सरकारको कानुनी पारीधी भित्र रही दलित समुदायका हकहित र अधिकारका लागि स्थापित दलित संघ संगठन तथा अन्य निकाय हरु सँग सहकार्य गर्दै बिभिन्न सामाजिक कामका साथ दलित समुदाय लाई समाजमा सम्मानजनक सामाजिक सम्मान दिलाउन पहल गर्ने ।
दलित समुदायको हकहित र अधिकार को सम्रक्षण गर्दै सामाजिक जनचेतना र शैक्षिक तथा आर्थिक उन्नतीको लागि संसार भरी छरिएर रहेका दलित सरोकार राख्ने संघ,संगठनहरु सँग सम्बन्ध स्थापित गर्दै सहकार्य गरी दलित एकता र छुवाछुत,जातिय भेदभाब मुक्त समाज निर्माणका लागि अघी बढन पहल गर्ने । जातिय भेदभाव तथा छुवाछुत जन्य व्यवहार गम्भिर समाजिक अपराध भएको हुदा यसलाई उल्मुलन गर्नु सामाजिक जागरण्को कार्यक्रम वनाई सरकारी निकाय एवं दलित संघ संगठन मार्फत कार्यन्वयन गर्ने गराउने । दलित समुदायको हित र अधिकारको बिषयमा राष्ट्रिय तथा स्थानिय स्तरमा बिभिन्न जनचेतना मुलक छलफल, गोष्ठि ,सेमिनार जस्ता कार्यक्रम हरुको आयोजना गर्ने तथा सन्चार र प्रकासनको माध्याम बाट जनचेतना अभिबृदी गर्ने । दलित समुदायको उत्थान र बिकासका लागि स्थापित सरकारि तथा गैह्रसरकारी संघ सस्थाहरुको काम कार्बाहिहरुको अनुगमन,मुल्याङ्कन तथा समन्वय गर्ने ।
दलित समुदायको उत्थान र बिकासको लागि नेपाल सरकारले लागु गरेका कार्यक्रम योजनाहरु दलित भित्रै भए नभएको तथा तिनको प्रभाबकारि भए नभएको अनुगमन मुल्याङ्कन गर्ने र दलित भित्रै बनाउन सम्बन्धित निकायमा सिफारिस गरि अनिबार्य कार्यन्वयनको लागि पहल गर्ने । दलित समुदायको उत्थान र बिकासको लागि निति तथा कार्यक्रमहरुको तर्जुमा गरि कार्यन्वयनको लागि नेपाल सरकार समक्ष सिफरिस गर्ने । जातीय हिंसा,भेदभाव र छुवाछुतको अन्त्यका लागि सबै क्षेत्र र तहमा जातीय मूलप्रवाहीकरण हुनेगरी केन्द्रदेखि स्थानीयस्तरसम्म उपयुक्त संयन्त्र निर्माण गरी हालसम्म प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै विद्यमान जातीय विभेद , असमानता र बन्चितीकरण निवारणका लागि ठोस तथा व्यवहारिक कार्यक्रमहरु तय गर्ने।
दलित एकता सजाल सामाजिक संजालमा मात्रै सिमित होकी विधिवत रुपमा कहिँ कतै दर्ता भएको छ ?
नेपालको संबिधानमा कानुनी रुपमै जातिय छुवाछुत प्रथाको अन्त्य भईसकेको अवस्थामा पनि सदियौं देखि नेपाली समाजमा बिधमान कुरीति जातिय बर्गिकरणको आधारमा छुवाछुत जस्तो अमानबिय ब्यबहारको सिकार बन्न बाध्य दलित समुदायलाइ एकताको एउटै सुत्रमा लामबद्ध गराउने र आफ्नो मानो खाएर गोजीबाट खर्च गर्दै दलित समुदायको अधिकारको संरक्षण र सम्बर्धन गरि सामाजिक समानता तथा मर्यादा कायम गराउन दलित समुदायहरुको शैक्षिक,आर्थिक, सामाजिक तथा राजनीतिक स्थितिलाई सुधार गर्न, जातिय आधारमा बिद्धमान प्रशासनिक तथा धार्मिक संस्कृति विभेदको पूर्ण अन्त्य गरि दलित समुदाय भित्रको बिभेद र असमान दृष्ट्रिलाई पूर्ण भेदभाव रहित र समान्तर दृष्ट्रिको विकास गदैं दलितका लागि दलित नै विकास र उत्थानको लागि परिचालन हुनुपर्ने र विश्वभरी छरिएर रहेका दलित वर्गवाट जहा छौं त्यहीवाट सहयोग गरौं र गर्नुपर्छ भन्ने मानसिकताको विकास गराउदै दलित समुदायको उत्थान र विकास गरि राष्ट्र निर्माणको मुल प्रवाहमा सहभागिता सुनिश्चित गर्न एक स्वतन्त्र तथा स्वायत्त अन्तराष्ट्रिय दलित एकता संजालको खाँचो भएको हुदा प्रवासबाट सम्पूर्ण उत्पीड़ित दलित वर्ग दाजुभाई तथा दीदीबाहिनीहरुको अथाह प्रयास र मेहीनतका साथ थोपा थोपा गरी (दलित एकता आजको आवस्यकता छुवाछूत मुक्त समाज निर्माणमा सम्पुर्ण नेपालीको सहभागीता) भन्ने मुल नारालाई आत्मसात गर्दै २०१३ जुलाई २२ मा प्रवासबाट"दलित एकता संजाल नेपाल" (Dalit United Network Nepal) ICC अन्तराष्ट्रिय समन्वय समिति स्थापना गरिएको थियो र अन्तराष्ट्रिय समन्वय समिति अन्तर्गत रहेर कुबेत,साउदी,दुबाई,कतार,मलेसिया,बहराईन,ओमान,उत्तर अफ्रीका,अफगानिस्तान,भारत,साउथ कोरिया लगायत लगभग १३ वाट प्रवाशी देशमा विधिवत NCC राष्ट्रिय कार्यसमिति तथा बाकी देशमा सम्पर्क समिति रहेको र अन्य देशमा एकीकृत गर्न परामर्श भैरहेको छ ,साथै प्रवासमा संजाल कहाँ छ भनेर खोज्दै दलित समुदायहरु तीब्र रुपमा संगठित हुने क्रम बढ्दो छ,भने संजालको कार्यक्षेत्र नेपाल भएकोले देशका बेसाहारा,अपाङ्ग ,घरबार विहिन ,शिक्षा विहिन ,विरामी र भुकम्प बाट क्षतिग्रस्त ब्यक्तिहरुलाई सहयोग गर्दै, काठमाण्डौ,लम्जुङ,दाङ, नवलपरासी,पाल्पा,गोरखा, तनहु, खोटाङ,ईटहरी,सुनसरी,म्याग्दी,बाग्लुङ, लगभग ११ जिल्लाहरुमा जिल्ला समिति गठन भै सकेको र कास्की,पर्वत,धादिङ तथा तराई जिल्लाहरु लगायत ३५ जिल्लाहरुमा सम्पर्क समिति हुदै संजाल महिला सशक्तीकरणको महत्त्वपूर्ण भुमिका सगै नेपालीहरुको मन जित्न सफल संजाल २०१५ /२०७२ मा नेपालको कानुनी रुपमा दर्ता भै बैधानिकता प्राप्त गरेको छ। संस्थाले बैधानिक पाई सके पछी कामकारवाहीको लागि ढोका खुला भएको र काठमाण्डौ सिनामङ्गलमा आफ्नै निजी आफिस सहित संस्थाकै नाममा बैंक खाता खोली सकेको छ ।
केहि अघि संजालका सस्थापनपक्षको बारेमा धेरै टिका टिप्पणीहरु सामाजिक संजालमा सुनिए ,खासमा के भएको थियो ?
हा हा.... कतै हजुर पनि गलत भ्रममा त पर्नु भएन अन्यथा नलिनु होला है प्लीज, किनकी संघ संगठनमा हल्का टिका टिम्प्णीहरु त भै हाल्छन, संग सँगै यात्रा गर्दा खेरी एक अर्कामा कहिले कही ठेस लाग्नु स्वाभाविक नै हो । तर गल्ती गर्नेले गल्तिको आत्मलोचना गर्नु पर्छ,र गल्ती औंल्याउनेले पनि केहि हद सम्म फराकिलो बाटो बनाई दिन सक्यो भने एकताको गाँठो बलियो बन्न सक्छ ।
मेरो ब्यक्तिगत बिचारमा भन्नू पर्दा सवै अभियन्ताहरुको लागि संजालको ढोका हिजो पनि खुल्लै थियो र आज पनि खुला छ । त्यसैले अप्ठ्यारो नमानि अहम्ता र अहंकारहरु त्यागेर खुलेर आउनुस । एउटै मातापिताका सन्तानहरु त हुर्कि सके पछि अ-आफ्नै बिचारमा हिन्ने कोसिस गर्छन् तर परेको घडीमा घरमै फेरी सबै परिवार एकै ठाउँमा हुन्छन् । हामीले पनि त्यहि अपेक्षा गरेका छौं । किनकि संजाल भनेको ६०/६५ लाख उत्पीड़ित दलित वर्गहरुको साझा घर हो त्यसैले यस्ता साना तिन घटना भै रहन्छन खासै चिन्तन गर्नु पर्ने देखदिन, यसलाई पोजिटिब रुपमा हेरियो भने कसैमा पनि फाटो आउने छैन ।
यदि जो कोहीले नेपाली समाजबाट अपहेलित भएका एकै देशका नागरिक पनि दोस्रो दर्जाको नागरिक भएर बाच्नु परेका हामी उत्पीड़ित दलित वर्गहरुको हकधिकारको लागि भनि अन्तरआत्मा देखि नै मुक्तिको अभियानमा लागेको हो भने हामी सम्पूर्ण उत्पीड़ित दलित वर्गहरु एकता हुदै एउटै छत मुनि रहेर अभियान वा आन्दोलन गर्नुको अरु कुनै बिकल्प छैन ।त्यसैले संजालमा आउनुस हामी सवै दलितहरु एकजुट भएर समग्र न्याय र अधिकारका लागि संघर्ष गरौं ।
मेरो ब्यक्तिगत बिचारमा भन्नू पर्दा सवै अभियन्ताहरुको लागि संजालको ढोका हिजो पनि खुल्लै थियो र आज पनि खुला छ । त्यसैले अप्ठ्यारो नमानि अहम्ता र अहंकारहरु त्यागेर खुलेर आउनुस । एउटै मातापिताका सन्तानहरु त हुर्कि सके पछि अ-आफ्नै बिचारमा हिन्ने कोसिस गर्छन् तर परेको घडीमा घरमै फेरी सबै परिवार एकै ठाउँमा हुन्छन् । हामीले पनि त्यहि अपेक्षा गरेका छौं । किनकि संजाल भनेको ६०/६५ लाख उत्पीड़ित दलित वर्गहरुको साझा घर हो त्यसैले यस्ता साना तिन घटना भै रहन्छन खासै चिन्तन गर्नु पर्ने देखदिन, यसलाई पोजिटिब रुपमा हेरियो भने कसैमा पनि फाटो आउने छैन ।
यदि जो कोहीले नेपाली समाजबाट अपहेलित भएका एकै देशका नागरिक पनि दोस्रो दर्जाको नागरिक भएर बाच्नु परेका हामी उत्पीड़ित दलित वर्गहरुको हकधिकारको लागि भनि अन्तरआत्मा देखि नै मुक्तिको अभियानमा लागेको हो भने हामी सम्पूर्ण उत्पीड़ित दलित वर्गहरु एकता हुदै एउटै छत मुनि रहेर अभियान वा आन्दोलन गर्नुको अरु कुनै बिकल्प छैन ।त्यसैले संजालमा आउनुस हामी सवै दलितहरु एकजुट भएर समग्र न्याय र अधिकारका लागि संघर्ष गरौं ।
यो देशमा दलित समुदायको नाममा चर्का नारा लगाए जस्तो गर्ने ,यो गर्छु उ गर्छु भनेर आश्वासन दिने धेरै भए त्यो केन्द्रमा मात्र सिमित रहयो । तर संजालले हल्ला गर्नु भन्दा पहिला देशका ग्रासलेबलबाट बेसाहारा,अपाङ्ग ,घरबार विहिन ,शिक्षा विहिन ,विरामी र भुकम्प बाट क्षतिग्रस्त ब्यक्तिहरुलाइ सहयोग गर्दै आफुले सकेको मलम पट्टि लगाउने काम गरेर नेपाली जन्ताको मन जित्न सफल भएको छ । दलित समुदायको माग अनुसार जिल्ला देखि गा वि स हुँदै गाउँ गाउँमा चेतनामूलक कार्यक्रम गर्दै समाजमा जातीय रुपमा अन्याय गरिएको ठाउँमा सक्दो आर्थिक भौतिक र नैतिक रुपमा कानुनी कार्वाही गर्दै आइरहेको छ ।उक्त कानुनी कार्वाहीमा लाग्ने सम्पुर्ण आर्थिक र कानुनी प्रक्रियाको सबै जिम्मेवारी संजालले लिने ब्यवस्था पनि गर्नु पर्छ भन्ने छलफल हुदैछ ।
समग्रमा भन्नु पर्दा मेरो मुल्यांकन भन्दा पनि हामि संजाल विस्तार हुने क्रम संगै जुट्ने क्रममा छौ । दलित समुदायको हक अधिकार प्रति अत्यन्तै चासो र तिब्र प्रगति के कसरि गर्न सकिन्छ भनेर साझा मुदा बनाउने अन्तरक्रिया र ब्यबहारिक थालनी गरि रहेका छौ । यो अभियानमा समुदायको हक,हित ,अधिकार र मुक्ति प्राप्त गर्नको लागि हामी सबै उत्पीड़ित दलित समुदाय एकता हुदै एउटै छाता मुनि रहेर अगाडी बढ़ने हो भने धेरै समय पर्खनु पर्ला जस्तो लाग्दैन भन्ने मलाई लागेको छ।
समग्रमा भन्नु पर्दा मेरो मुल्यांकन भन्दा पनि हामि संजाल विस्तार हुने क्रम संगै जुट्ने क्रममा छौ । दलित समुदायको हक अधिकार प्रति अत्यन्तै चासो र तिब्र प्रगति के कसरि गर्न सकिन्छ भनेर साझा मुदा बनाउने अन्तरक्रिया र ब्यबहारिक थालनी गरि रहेका छौ । यो अभियानमा समुदायको हक,हित ,अधिकार र मुक्ति प्राप्त गर्नको लागि हामी सबै उत्पीड़ित दलित समुदाय एकता हुदै एउटै छाता मुनि रहेर अगाडी बढ़ने हो भने धेरै समय पर्खनु पर्ला जस्तो लाग्दैन भन्ने मलाई लागेको छ।
अहिले सम्म संजाल ले सामाजिक कार्यहरु मात्र गरेको सुनियो देखियो , यो बर्षौ देखिको उत्पीडनको जरो उखेल्न सामाजिक काम गरेर मात्र सम्भब छ त् ?
धेरै राम्रो प्रश्न गर्नु भयो यहाले वास्तवमा संजाल मुनाफा रहित, बिसुद्ध जनहितकारी, अराजनैतिक सामाजिक संस्था भएकोले पनि सामाजिक कार्य संजालको मुख्य पार्ट हो । जुन विपन्न वर्ग शिक्षाबाट बन्चित ,वेसाहराहरुलाई सक्दो सहयोग गर्दै,हाम्रा उत्पीड़ित दलित तथा नेपाली समुदाय समक्ष पुग्नु पनि थियो भने हामीलाई लाग्छ त्यो कार्यले सबैको मन जिती सकेको र संजालको पहिचान भै सकेको छ भन्ने महसूस गरेका छौं ।
मैले अगाडीनै जानकारी गराई सके कि अब केहि बाटो परिवर्तन गर्दै, संजालको आफ्नो मुख्य उदेश्य र लक्षयलाई पछ्याउदै,समाज परिवर्तन गर्न र ब्यवहारिक रुपमा लागू गर्नको निमित्त जनचेतनामूलक कार्यक्रम ,जातीय विभेद विरुद्धका सडक नाटक,अन्तरक्रिया कार्यक्रम ,भेला गोष्ठी ,भित्ते लेखन ,होडिङ्ग बोर्ड ,पर्चा वितरण,पत्रकारिता तालीम,आय आर्जन मुलक तालिम तथा छात्रबृदी गोष्ठीको ब्यबस्था गरी यस्तो अवसरमा दलितलाई सहभागिता गराउने । दलित समाजबाट सिर्जित समस्याको समाधान पनि दलितहरुबाट नै खोज्ने चेतनाको बिकास गराउने, पीडक र पीडितलाई एकै ठाउँमा ल्याई संवाद र अन्तरकृयाको वातावरण सिर्जना गराउने । सामाजिक अन्तर्घुलन सहृदयता आत्मीयाता कायम गरी सहज वातावारण तर्फ उन्मुख गराउने । दलित राज्यको माग भन्दा पनि प्रत्येक मानवको हृदयमा राज गर्ने र दलित मैत्री वातावरणको सृर्जना गराउने । सानो ठुलो सामाजिक बिकास निर्माणका कार्यबाट आफ्नो एकताको अभियान संचालन गर्ने ।पीडकलाई हामी गलत थियौं भनी आत्मालोचना गराई दलित र गैर दलित बीच सहकार्य गरी मानवता बिरोधी ब्यवहारको अन्त्य गर्ने,जस्ता इत्यादि सामाजिक कार्यक्रमबाट मात्र उत्पीडित को पुर्ण रुपमा अन्त्य हुने हाम्रो बुझाइ छ।
मैले अगाडीनै जानकारी गराई सके कि अब केहि बाटो परिवर्तन गर्दै, संजालको आफ्नो मुख्य उदेश्य र लक्षयलाई पछ्याउदै,समाज परिवर्तन गर्न र ब्यवहारिक रुपमा लागू गर्नको निमित्त जनचेतनामूलक कार्यक्रम ,जातीय विभेद विरुद्धका सडक नाटक,अन्तरक्रिया कार्यक्रम ,भेला गोष्ठी ,भित्ते लेखन ,होडिङ्ग बोर्ड ,पर्चा वितरण,पत्रकारिता तालीम,आय आर्जन मुलक तालिम तथा छात्रबृदी गोष्ठीको ब्यबस्था गरी यस्तो अवसरमा दलितलाई सहभागिता गराउने । दलित समाजबाट सिर्जित समस्याको समाधान पनि दलितहरुबाट नै खोज्ने चेतनाको बिकास गराउने, पीडक र पीडितलाई एकै ठाउँमा ल्याई संवाद र अन्तरकृयाको वातावरण सिर्जना गराउने । सामाजिक अन्तर्घुलन सहृदयता आत्मीयाता कायम गरी सहज वातावारण तर्फ उन्मुख गराउने । दलित राज्यको माग भन्दा पनि प्रत्येक मानवको हृदयमा राज गर्ने र दलित मैत्री वातावरणको सृर्जना गराउने । सानो ठुलो सामाजिक बिकास निर्माणका कार्यबाट आफ्नो एकताको अभियान संचालन गर्ने ।पीडकलाई हामी गलत थियौं भनी आत्मालोचना गराई दलित र गैर दलित बीच सहकार्य गरी मानवता बिरोधी ब्यवहारको अन्त्य गर्ने,जस्ता इत्यादि सामाजिक कार्यक्रमबाट मात्र उत्पीडित को पुर्ण रुपमा अन्त्य हुने हाम्रो बुझाइ छ।
राज्यको नीति नियम बनाउने तह सम्म समुदाय को पहुच पुराउन , समुदायको हक अधिकार स्थापित गराउने पूर्वाधार बनाउने तपाईहरुको कस्तो कार्ययोजना छ ?
नयाँ संविधानबाट संवैधानिक रूपमा प्राप्त दलित समुदायको मौलिक हकअन्तरगत "दलित हक" ,सार्वजनिक, निजीलगायत कुनै पनि स्थानमा कुनै पनि प्रकारको छुवाछूतलाई गंभीर सामाजिक अपराध मानी दण्डनीय ,केन्द्र र प्रदेसमा समानुपातिक तर्फ ४०% दलितको प्रतिनीधित्व , गाउँपालिकाको १७ जानको कार्यसमितिमा दलित वा अल्पसंख्यकबाट २ जना र नगरपालिकाको कार्यसमितिमा दलित वा अल्पसंख्यकबाट ३ जना प्रतिनीधित्व ,संबैधानिक दलित आयोगको गठन आदि विषय समेटिएको हुदा उक्त समेटिएको विषयलाई ब्यबहारिक रुपमा लागू गर्न गराउन हदै सम्म राज्यलाई दबाब दिनुको साथै व्यबहारमा कार्यान्वयन गर्ने गराउने प्रयास गर्द्छौ ।
दलित समुदायलाई राज्यका विभिन्न निकायमा समानुपातिक समावेशीका आधारमा सहभागी हुने व्यवस्था,भूमिहीन दलितलाई एकपटक जमिन उपलब्ध गराउने व्यवस्था, दलित विध्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म छात्रवृत्रिसहित निशूल्क शिक्षा दिने व्यवस्था,स्वास्थ्यमा गरिने विशेष व्यवस्था ,परम्परागत पेसाजन्य आधुनिक व्यवसायमा दलितलाई प्राथमिकता दिने व्यवस्था जस्ता मानव जीवनका महत्त्वपूर्ण विषयलाई कानुन बनाइ भनेर राखिएकोले तत्काल सम्पुर्ण संघ संस्थाका दलित नेतृत्व सग सहकार्य गरि संविधान संसोधनमा विशेष दबाब दिई लागू गर्न बाध्य पार्ने छौ।
दलित समुदायलाई राज्यका विभिन्न निकायमा समानुपातिक समावेशीका आधारमा सहभागी हुने व्यवस्था,भूमिहीन दलितलाई एकपटक जमिन उपलब्ध गराउने व्यवस्था, दलित विध्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म छात्रवृत्रिसहित निशूल्क शिक्षा दिने व्यवस्था,स्वास्थ्यमा गरिने विशेष व्यवस्था ,परम्परागत पेसाजन्य आधुनिक व्यवसायमा दलितलाई प्राथमिकता दिने व्यवस्था जस्ता मानव जीवनका महत्त्वपूर्ण विषयलाई कानुन बनाइ भनेर राखिएकोले तत्काल सम्पुर्ण संघ संस्थाका दलित नेतृत्व सग सहकार्य गरि संविधान संसोधनमा विशेष दबाब दिई लागू गर्न बाध्य पार्ने छौ।
अन्तमा संजाललाई देश ब्यापि रुपमा विस्तार गर्दै जनचेतना मुलुक कार्यक्रम ,छलफल ,गोष्ठी ,अन्तर्कृया कार्यक्रम गरि आफै भित्र गुम्सिएर बस्न बाध्य पारिएका कला,सीप,सास्कृति र प्रतिभालाई आर्धुनिकरण गरि सामुहिक परिश्रम र सामुहिक आम्दानी को वातावरण तैयार गरि समुदाय भित्र सद्भाव र एकता कायम गर्ने गराउने,सामाजिक ,आर्थिक ,राजनीतिक चेतना सगै उन्नति ,प्रगति र विकासमा जोड दिदै समाजमा अन्तर्घुलन बनाइ जातिय विभेद तथा विभिन्न किसिमका सामाजिक अपराधमा सम्लङ्गका विरुद्ध उजुरी गर्न र कानुनी कार्वाही अगाडि बढाउन सम्पूर्ण जिम्मेवारी संजालले लिदै जन्ताको मनोबल बढाउने कार्यक्रम साथ अगाडि बढ्नेछौ ।
दलित समुदायका धेरै संग हजुरको अन्तरक्रिया भएको छ, दलितको पिडा र दलित आन्दोलन लाइ नि बुझ्नु भएको छ नेपालमा वर्षौंदेखि रहेको जातीय विभेद र छुवाछुतको अन्त्य कहिले र कसरी गर्न सकिएला?
हजुर सर धेरै कुराहरु नजिकबाट बुझ्ने देख्ने अवसरहरु मिल्यो । किनकी कति ठाऊका हाम्रा उत्पीड़ित दलित वर्गहरुलाई कानूनी रूपमै छुवाछुत मुक्त भएको कुरामा नै अनाभिज्ञ भएको पाइयो । कतिलाई थाहा हुदा हुदै पनि दबीएर बस्नु परेको र उजूरि गर्न समेत नसकी त्यतिकै खुम्चिएर बस्नु पारेको पनि भेटियो र जातीय बिभेद शहर बजारमा भएको बिभेद भन्दा गाऊ गाऊमा सयौं गुना बिभेद हुने गरेको र कतिपय ठाउँमा कानून हुदा हुदै पनि दलित वर्गहरुले चाहेर पनि केहि गर्न नसकेको भेटियो । भने सबल र सम्पन्न दलित ब्यक्तिहरुबाट बिपन्नलई सहयोग नभएको र हाम्रै दलित वर्गहरुमा एक दुइ कही कतै संकोचित बिचार,ब्राह्माणवाद सोच भै दलित दलितमा नै फाटो वा फुटाउने जस्ता समस्याहरु पनि भेटियो । जून हामी उत्पीड़ित दलित वर्गाहरुले सदीयौं देखि भोगी रहनु पारेको समस्या एकतीर छ ।
तर केहि दलितका अगुवा ब्यक्तिहरु नै स्वार्थको पछि भागी नाम दाम कमाउने वा आफ्नो पहिचान खोज्नु पर्छ भनि संकोचित बिचारबाट आ-आफ्नै जातीय संस्था खोलिने इत्यादि समस्याहरु पनि झन झन बढ्दो छ । भने अब हामीले अली फराकिलो बिचारका साथ कला,शिप इत्यादि पहुचबाट टाढा भएका समुदायलाई जस्तै आफ्नो कला सिप बमोजिम आयआर्जन गर्न संजालको निग्रनिमा केहि ब्यवस्थित मिलाउने र मैले अघि नै यहाको अघिल्लो सवालमा भनी सकेको छु की, कयौं नबुझेका नजानेका उत्पीड़ित समुदायलाई जनचेतना मुलुक अन्तरकृया कार्यक्रम गरि आफै भित्र गुम्सिएर बस्न बाध्य पारिएका कला,सीप,सास्कृति र प्रतिभालाई आर्धुनिकरण गरि सामुहिक परिश्रम र सामुहिक आम्दानीको वातावरण तैयार गरि समुदाय भित्र सद्भाव र एकता कायम गर्ने गराउने,सामाजिक,आर्थिक राजनीतिक चेतना सगै उन्नति,प्रगति र विकासमा जोड दिदै समाजमा अन्तर्घुलन बनाइ जातिय विभेद तथा विभिन्न किसिमका सामाजिक अपराधमा संलग्नका विरुद्ध उजुरी गर्न सिकाई कानुनी कर्वाहीको लागि अगाडि बढन वा सबल बनाउन सकियो भने र हाम्रा दलित राजनीति क्षेत्रका अगुवा ब्यक्तिहरुले पनि गम्भीर भएर कडा रुपमा राज्य समक्ष प्रस्तुत हुन् सकियो भने हाम्रो मुक्तिको लागि धेरै समय पर्खिनु पर्छ जस्तो लाग्दैन ।
खोई सर नहुनु मामा भन्दा कानो मामा नै जाती भने जस्तै:-अन्तरिम संविधान,२०६३ को धारा ८३ को उपधारा (१) बमोजिम संविधानसभाले जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन,२०६८ लागू गरिसके बमोजिम अहिलेको २०७२ को संविधानमा पनि हामीले भने जस्तै पूरा मांगहरु नसमेटिएको भए पनि जति समेटिएको छ त्यसलाई नै कार्यान्वन गरेर अगाडि बढन सकिए र प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा समान हुने सिदान्तलाई आत्मसात् गर्दै प्रथा,परम्परा , धर्म,संस्कृति,रीतिरिवाज वा अन्य कुनै नाममा जात,जाति,वंश,समुदाय वा पेशाका आधारमा छुवाछूत तथा भेदभाव ,वहिस्कार,निष्कासन , अवहेलना वा त्यस्तै अन्य मानवताविरोधी भेदभावजन्य कार्यलाई दण्डनीय हुने कानुनी प्राबधान गरी यसलाई समाजमा ब्यवहारिक रुपमा लागू गर्न सकिएमा र जातीय विभेद विरुद्धका सडक नाटक,अन्तरक्रिया कार्यक्रम ,भेला गोष्ठी ,भित्ते लेखन ,होडिङ्ग बोर्ड ,पर्चा वितरण जस्ता आदि सामाजिक जानचेतनमुलक कार्यक्रम गरी उत्पीडितको पुर्ण रुपमा अन्त्यको लागि कार्यान्वन गर्न सके मेरो बुझाईमा धेर थोरै उपलब्धि नै समझिनु पर्छ ।
दलित समुदाय सम्बन्धी कुन चाहिं प्रावधान चित्त बुझेको छैन, के मा आपत्ति छ, के हुनु पर्छ ?
जातीय छुवाछूत कसूर सजाय ऐन २०६८ पारित भए बमोजिम अहिले बनेको नया संविधानको भाग ३ दलितको हक धारा ४० उपधारा १,२,३ मा लेखिएको ‘कानुन बमोजिम"’ भन्ने शब्दले फेरि कतै दलितलाई ओझेलमा नै पार्न खोजिएको होकी भन्ने आशंका जन्माएको महसूस गरेका छौं । त्यस्तो नहोस।
दलित समुदायलाइ अझ दलित बनाउने , समुदायमा आँच पुर्याउने खालको कुनै प्रावधान त्यस्तो केही छ सो संविधान मा?
हामी कानुनमा लेखिएको कुरा गर्छौं,’ तर व्यवहारमा कार्यान्वयन हुदैन।मेरो व्यक्तिगत विचार भन्नु पर्दा आसा र आस्था भन्दा पनि कर्ममा विश्वास गर्ने गर्छु,किनकि कागजको खोस्टामा मात्र सिमित भएर हुदैन,त्यसलाई कार्यान्वन गर्न पर्चाहरु छपाई नेपालको हरेक कुनामा पुर्याउने र प्रचार प्रसार गर्ने यसका लागि राज्य पक्षबाट पनि कर्मचारी खटाई दिन सक्नु पर्छ ।महिला र दलित समुदायका हक अधिकार सुनिश्चित गर्न सरकारले ल्याएको जातीय छुवाछुत कसूर सजाय ऐन २०६८ पूर्ण रुपमा कार्यान्वयन हुन नसक्नु कतिपय ‘सरकारले जारी गर्ने ऐन, सरकारकै प्रशासनलाई जानकारी हुँदैन, दलित समुदायका लागि कानुनमा राम्रो कुरा उठाए पनि तत्कालै देखिने गरी कार्यान्वन नहुनु र समुन्नत समाज निर्माणका लागि समानता र सामाजिक न्याय बिना समाजको कल्पना गर्न नसकिने,समाज रुपान्तरण पक्षहरुबीच सामाजिक अन्तरघुलन आवश्यक रहेको,जतिवेलासम्म दलित समुदायको समान पहुँच राज्यमा पुग्दैन त्यतिवेलासम्म दलित अधिकार सुनिश्चित हुन सक्दैनन् । दलित समुदायहरुको निम्ति जतिसुकै चिल्ला कुरा सरकारले उठाए पनि दलित समुदायलाई जातिय छुवाछूतको समस्याले छोडेको छैन । दलितका निम्ति सरकारले धेरै कानुन बनायो, अहिले संविधानमा पनि आयो, तर कार्यान्वयन हुँदैनकि भन्ने सङ्क उपसंका हुनु स्वाभाविक छ । सरकारले दलित समुदायको लागि भनेर विभिन्न चरणमा घोषणा गरेको नीति नियममा समेत विभेदकारी समस्या रहेको छ ।
दलित एकता सजालमा लागेका अभियन्ताहरुलाई एव नलागेका नबुझेकाहरुलाइ संजालमा समाहित हुन् अपिल गर्न के भन्नुहुन्छ ?
खुसि लाग्यो यहाले हाम्रा सम्पूर्ण दलित समुदायलाई संजाल बारेमा जिज्ञास जान्ने छन् भन्ने मनसायबाट संजाललाई नै केन्द्रित रहेर प्रश्न गरिदिनु भएकोमा आभार प्रकट गर्दछु ।२१ सौँ शताब्दीमा पनि हाम्रो समाज छुवाछुतको पीडा भोग्न अभिसप्त हुनु दुर्भाग्य नै हो । जुन दुर्भाग्यले हाम्रो समाज विकासको क्रमलाई बाधा र अवरोध पुर्याएको छ । विश्व मानवसभ्यता अर्के उच्चाइमा पुग्दै गर्दा नेपाल भने एउटा मान्छे सानो जातको र अर्को मान्छे ठूलो जातको भन्ने भावनाले ग्रसित छ । यस्ता भेदभाव नमेटाउने हो भने सामाजिक विभेदले सबै क्षेत्रमा नकारात्मक प्रभाव पार्नेछ । तसर्थ, मानिस–मानिसबीचमा रहेको विभेद र जातिभेद उन्मूलन गर्नैपर्छ । त्यसैको लागि भनेर "दलित एकता आजको आवश्यकता छुवाछुत मुक्त र समाज निर्माणमा सम्पूर्ण नेपालीहरुको सहभागिता"भन्ने मूल नारालाई आत्मसाथ गर्दै स्थापना भएको यो दलित एकता सजाल एक सामाजिक तथा उत्पीडित दलित समुदायहरुको हकअधिकारको लागि स्थापना भएको साझा घर हो । त्यसैले यसमा लागि पर्नु हुने सम्पूर्ण अभियन्ता ज्युहरुले भए गरेका त्रुटीहरुलाई आत्मसाथ गर्दै अझै जोस जाँगरका साथ यसलाई चुस्त र दुरुस्त बनाउने तिर बढी जोड दिन हुन् अनुरोध गर्दै, एकले थुकी सुकी सयले थुकी नदि भने झैँ हामी आफ्नो हकधिकारको लागि एकता हुदै यस साझा घरलाई अ-आफ्नो तर्फबाट एक ईटा थपी सहयोग गर्नु हुन् सम्पूर्ण उत्पीडित दलित समुदाय दाजुभाई दिदिबाहिनीहरुमा हार्दिक अनुरोध गर्दछौं।
अन्त्यमा, जातीय भेदभाव र छुवाछुत राज्यको समस्या हो । दलित एकता सजालको उपसयोजक रहनु भएको नाताले आम नेपाली नागरिक खास गरि गैर दलितहरुलाई केहि भन्न चाहनु हुन्छ कि ?
सम्पूर्ण दलित गैर दलित नेपाली समुदायहरुलाई एक अर्कामा अन्तरघुलन हुदै हामीले जातीयता होइन हामि सवै एकै नेपाली हौ भने आत्मसाथ गरेर अगाडि बढ्न अनुरोध गर्दछौं । किनकी अहिले सम्म पनि यी र यस्ता सामाजिक कुरुति ले गर्दा हाम्रो समाज पिछडिएको समाजका रूपमा परिचित छ । यिनै जातिय भेदभाव र छुवाछुत जस्ता विकृतिले हाम्रो समाजलाई गतिहीन बनाइरहेको छ । लोकतान्त्रिक ब्यब्स्था आउदा पनि बिकाशको बाधक बनेर जाति, धर्म, लिंग, वर्ण र क्षेत्रका आधारमा समाज भाँड्ने काम अहिले पनि हाम्रो नेपाल हुनु वास्तवमा हामी सबैका लागि लज्जाको विषय हो । यो कलंक समाजबाट उन्मूलन नभएसम्म नेपाली समाज विश्वसामु कलंकित समाजको रूपमा रहिरहने छ । धेरै अगाडि छुवाछुत विरोधी कानुन बने, छुवाछुतविरोधी विभिन्नखाले आन्दोलनहरू पनि चले तर ती कानुन किताबमै सीमित रहे भने आन्दोलनहरू पनि पूर्णरूपमा सफल भएनन् । जसले गर्दा अहिले पनि छुवाछुत प्रथा समाजमा विद्यमान छ । त्यसैले सम्बन्धित सरोकारवाला सबै पक्षले गम्भीरतापूर्वक लिएर कुन–कुन विकल्प प्रयोग गर्दा जातिय विभेद र छुवाछुत उन्मूलन हुन्छ त्यसतर्फ सोच्नै पर्छ । अन्यथा हाम्रो समाज सवल, सक्षम र सर्वस्वीकार्य हुन सक्दैन र विश्व समाजका सामु निरीह समाजका रूपमा हामी रहनेछ । अत ढिला नगरी भाइचार तथा मित्रतामा जोड़ दिनु पर्छ र सामाजिक सद्भाव र एकताको बाधक यस्ता कुप्रथालाई जरैदेखि उखेलेर फाल्नै पर्छ । समाजमा बस्ने सबैले यो विषयमा गम्भीरतापूर्वक सोचेर छुवाछुत प्रथा हटाउन योगदान गर्नुपर्छ । हाम्रो नेपाली समाजमा हुने गरेको र रहेको यस्ता छुवाछुत,विभेद ,भेदभाव र कुसंस्कारको रोगलाई मेटाउन हामी सम्पूर्ण नेपाली समुदाय हातमा हात काँधमा काँध गरि राज्य,सरकार,मिडिया कर्मी सबै क्षेत्रबाट सहयोग गर्नु हुन अनुरोध गर्दै,हाम्रो अभियानमा साथ दिनु हुने मेरा सम्पूर्ण सहयात्री लगायत अभियन्ता ज्यूहरुलाई धन्यवाद व्यक्त गर्दछु।
अन्त्यमा मलाई दुईचार शब्द बोल्ने अवसर जुटाई दिनु भएकोमा हाम्रो संचार डट कमका तपाइँ लगायत सम्पूर्ण टिमलाई हृदय देखि नै हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु । त्यस्तै गरि हाम्रो संचार डट कम सम्पूर्ण नेपाली समुदायहरुको मन जिती सत्य तथ्य समाचार बाहिर ल्याउन सफल होस् भन्ने कामना पनि गर्दछु।
No comments:
Post a Comment