गुल्मी ,फागुन २९, बिभेद विरुद्ध अभियान ।बिधवा बुहारीलाई छोरी सरह कन्यादान गरेर घरबाट धुमधामका साथ बिबाह गराई दिएकी गुल्मीकी एक महिलालाई नागरिक अभिनन्दन गरिएको छ । अमर कल्याण महिला विकास बहुउदेश्य सहरकारीको संयोजनमा जिल्लाका सात वटा संस्थाले उनलाई तम्घासमा एक कार्यक्रम गरेर अभिनन्दन गरेका हुन् । छोराको निधन पछि बुहारीको उज्वल भविष्यको कामना गर्दै कन्यादान गरेकी तम्घास बाघमारेकी लक्ष्मी नेपालीलाई नागरिक अभिनन्दन गरिएको हो । उनीसँगै उनका पति इश्वरीलाई पनि सम्मान गरिएको थियो ।
सांसद कमला विश्वकर्मा र प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले लक्ष्मीका पति पत्नीलाई अभिनन्दन गरे । सांसद विश्वकर्माले गुल्मीबाट राम्रो कामको सुरुवात भएको र यहाँका महिलाहरु निकै उत्साहित भएको बताउनु भयो । उहाँले हिम्मतका साथ बुहारीलाई कन्यादान गरेपछि देशविदेशमा राम्रो सन्देश गएको सांसद बिश्वकर्माको भनाई छ । विश्वकर्माले बिवाह गरेको छोटो समयमै बिधवा बनेका बुहारीहरुलाई लक्ष्मीले जस्तै अर्को घरबारको लागि वातावरण बनाइदिनुपर्ने बताइन् ।
चार बर्ष अघि बुहारी उषाको लक्ष्मीले घरबाटै कन्यादन गरेकी थिइन् । छोराको बिबाह गरेको एक बर्षमै छोराको निधन भएपछि उनले बुहारीको कन्यादान गरेकी हुन् । धुर्कोट रजस्थलका आशिषकुमार नेपाली र उषाको दामत्य जीवन अहिले निकै सुन्तर ढंगबाट अघि बढेको छ । छोरोको मृत्यु पछि कलिलै उमेरकी बुहारीको भविष्य प्रति चिन्ता लागेर घरबाटै छोरी समान बिबाह गरिदिएकी सासु लक्ष्मी नेपालीले बताउनु भयो । सोही कार्यक्रममा उपस्थित भएकी उषाले अहिले आफूहरुको दामत्य जीवन राम्रोसँग चलिरहेको प्रतिक्रिया दिइन् । श्रीमान कतारमा हुनुहुन्छ, बाबु जन्मिएको र आफु र आफनो परिवार पनि खुसी रहेको बताउनु भयो । उनले श्रीमानको मृत्युपछि अर्को घरबारका लागि वातावरण बनाइदिने सासु ससुरा र घरपरिवारलाई धन्यबाद समेत ज्ञापन गरेको खवर खवरवाणीमा प्रकाशित छ
।
No comments:
Post a Comment