५ वैशाख, विभेद बिरुद्ध अभियान ।
केहि साता अघि मात्र मार्र्च २१ अर्थात जातीय छुवाछुतविरुद्धको ५१ औँ अन्तर्राष्ट्रिय दिवस मनाइयो ।छुवाछुत विरुद्वको कानुन आएको ५० वर्षभन्दा बढि बितिसकेको इतिहास छ। तर पनि कार्यन्वयन अभावमा यो कुप्रथा पूर्ण रुपमा अन्त्य हुन सकेको छैन। विश्व इतिहासमा हेर्ने हो भने दक्षिण अफ्रिका जहा काला र गोरा जातिबीच सन् १९५९ मा ‘साप भिल्ले’ शहरमा वर्गसंघर्ष चलिरहेको थियो। सोही आन्दोलनमा होमिएका ६९ जना कालाजाति समुदायका व्यक्तिहरुमाथि सामूहिक नरसंहार भएको कालो दिनको सम्झनामा विश्वभर यो दिवस मनाउन थालियो। त्यसलगतै विश्वभर थुप्रै संघर्षहरु चलिरहे। अहिले पनि नेपाल लगायतका विभिन्न देशहरुमा जात र वर्णको आधारमा बिभेदको क्रम रोकिएको छैन।
केहि साता अघि मात्र मार्र्च २१ अर्थात जातीय छुवाछुतविरुद्धको ५१ औँ अन्तर्राष्ट्रिय दिवस मनाइयो ।छुवाछुत विरुद्वको कानुन आएको ५० वर्षभन्दा बढि बितिसकेको इतिहास छ। तर पनि कार्यन्वयन अभावमा यो कुप्रथा पूर्ण रुपमा अन्त्य हुन सकेको छैन। विश्व इतिहासमा हेर्ने हो भने दक्षिण अफ्रिका जहा काला र गोरा जातिबीच सन् १९५९ मा ‘साप भिल्ले’ शहरमा वर्गसंघर्ष चलिरहेको थियो। सोही आन्दोलनमा होमिएका ६९ जना कालाजाति समुदायका व्यक्तिहरुमाथि सामूहिक नरसंहार भएको कालो दिनको सम्झनामा विश्वभर यो दिवस मनाउन थालियो। त्यसलगतै विश्वभर थुप्रै संघर्षहरु चलिरहे। अहिले पनि नेपाल लगायतका विभिन्न देशहरुमा जात र वर्णको आधारमा बिभेदको क्रम रोकिएको छैन।
नेपालमा भने दलित आन्दोलनलाई फर्केर हेर्दा केही दशकयता थुप्रै सुधारहरु आएका छन्। तथापी पर्याप्त र अपेक्षाकृत ढंगले कार्यन्वयन स्तरमा सहजताहरु भने उत्तिकै खड्किएका घटनाहरु पनि असंख्य मात्रामा उस्तै छन्। दलित भएकै कारण समाजमा हेपिनुपर्ने कठोर अवस्थालाई पाखा लगाउन बनेको नीति नियम, कानुन पनि दलित समुदायको पहुँचमा आउन नसक्दा झनै सास्ती बेहोर्नुपरेको यथार्त हामीमाझ छ। नेपालको कानुन कतिपय अवस्थामा निकै फितलो देखिन्छ। जहाँ कि छुवाछुतजस्तो बिकराल मुद्वालाई पनि नेपालको कानूनमा तीन वर्ष कैद र २५ हजार रुपैयाँ मात्रै जरीवाना विद्यमान छ। यसले पीडकलाई झनै उन्मुक्ति दिने दलित बुद्विजिवीहरुको ठहर छ।
कुरा झन्डै एक दशक अघिको हो। जुन समयदेखि मैले स्थानीय रेडियोमा काम गर्न सुरु गरे। सोही समय रेडियोमा काम गर्ने शिलसिलामा नामको पछाडी थर झुन्डाउने चलन थिएन। तर, कहिलेकाही लाग्थ्यो। नाम मात्रै सुनेर पनि मेरो समुदायलाई गर्व होस्। किनकी मेरो पत्रकारिताको यात्राका क्रममा मैले प्राप्त गरेका युवा सशक्तिकरण राष्ट्रिय पत्रकारित्ता पुरस्कार, एन्टेना फाउण्डेशनको नेपाल चौतारी कार्यक्रममा उत्कृष्ट ‘रिपोर्ट’ बनाए बापत पुरस्कृत, वीवीसी मिडिया एक्सनले निर्माण गर्ने ‘सारङ्गीको भलाकुसारी’का लागि ‘रिपोर्टर’ मा म छनौट भएका खवरहरु रेडियोमा समाचार बनिसकेको थिए। यसबाट म आफ्ना सिंगो समुदायलाई गौरव महसुस गराउन चाहन्थेँ। काम गर्ने शिलसिलामा म दलित भएको कारणले कहिल्यै पनि अप्ठारो आएन। बरु आफ्नो समुदायको हकअधिकारको लागि रेडियो कार्यक्रम उत्पादन गर्न सल्लाह, सुझाव, पत्रकारितामा अगाडी बढ्ने अवसरका साथै, हौसला प्रेरणा अग्रजहरुबाट मिलिरह्यो ।
तर एकदिन अचानक बिहानपख ७ः०० बजेको समाचार रेडियोमा वाचन गर्नुपर्नेछ । साढे ५ः०० बजेको हुनुपर्छ रेडियो त्रियुगा जाने उकालो बाटो चढ््दै थिएँ । एक जना गैरदलित महिला गाग्रोमा पानी बोकेर जादैहुनुहन्थ्यो। कसो गर्दा उहालाई मैले छोएछु।उहाँले गाग्रीको पानी सबै पोखीदिनुभयो।मैले केही बोल्न सकिन । आखामा आँशु भरीएर पोखी सकेछन्। हुन त दलितले छोएको भनेर भरीएको पानी पोखिदिएको मैले हेर्नु परेको थिएन वास्तविक जिवनमा तर अवचेतनमा त्यस्तो भयो भने भन्ने डर कत्ति रहेछ त? राती म धेरै बेर सम्म निदाउन सकिन। त्यो मेरो सपना भएपनि धेरै दलित समुदायका मानिसहरुले भोगीरहेको विपनाको तितो यर्थात थियो।
हाम्रै बाउबाजेको जग्गामा रहेको कुवाको पानी गाउँभरीका मान्छेहरुले खान्थे तर ८ कक्षासम्म मैले पढेको खोटाङको श्रीकृष्ण निमावि बर्रेको कार्यालयमा माटाको भाडोमा राखीएको पानी आफैले सारेर कहिल्यै खाएनौँ। विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सरस्वती पूजाका दिन सबै विद्यार्थीलाई टीका लगाईदिने चलन थियो। तर, हामी दलित विद्यार्थीहरुको निधारमा अध्यक्षको हात कहिल्यै पुग्दैनथ्यो।कुनै एकवर्षको सरस्वती पुजाको दिन,हामीले सल्लाह गरेका थियौँ, सबै वर्ष झैँ हातमा टिका अलक्कै हातमा थाप्नुप¥यो भने सबैले कुरा उठाउनु्पर्छ।
तर, त्यो संयोग भन्नुपर्छ अधिकारी थरका त्यी अध्यक्ष स्कुल आउन नसकेपछि हामीलाई पढाउने म्याडमले दीका लगाईदिनुभयो।मेरा केही साथीहरुको घरमा जादा म अक्सर उनीहरु नै सुत्ने कोठमा बस्छु। त्यही खाजा, खाना जे हुन्छ सबै मिलेर खान्छौँ। त्यसलाई म सत्कार ठानौं या नदेखिने गरी गरिएको जातिय विभेद। हुन त आफ्नो घरभित्र कोही कसैलाई बस्न दिने या नदिने व्यक्तिको अधिकारको कुरा हो तर, दलितलाई विभेद गरेर बाहेक अरुलाई घरभित्र पस्न नदिएको मैले भेटेकै छैन।
आजभन्दा दुई वर्षअघि । साथीको दिदीको जन्मदिन थियो । मलाई पनि निम्तो भयो । म पनि उपहार लिएर बडों खुसी मान्दै पुगे । सबैजना भान्सामा काम गरीरहेका थिए साथीहरु काम गरिरहेको देखेर मैले पनि सघाउन खोजे । त्यो बेला खै के काम प¥यो कुन्नी सुत्ने कोठामा पुगेको बेला जन्मदिन मनाईरहेकी साथीले मलाई भनिन् ‘माईन् नगर है बवि तिमीले भान्सामा सघायौं भने छिमेकी आन्टीहरुले केही खान मान्नुहुन्न। यस्तै छ । मेरो बाध्यतालाई बुझिदेऊ ।’
तर उनको बाध्यताभित्र मेरो अपमानको पहाड अग्लीयो। ज्यान फुलेर आयो। भन्न मन लाग्यो मलाई अपमान गर्न बोलाको। एक्लो बृहस्पति झुट्टा भनेझै मेरो कुरा सुन्न सायद कसैलाई समय थिएन। या भनौ मेरा कारणले त्यो रमाईलो बाताबरण खलबलाउने मनसाय पनि ममा जागेन। उपहार दिएर तत्काल जरुरी कामको बाहान बनाएर अमिलो मन लिदै घर फर्किए। समाजमा प्रतिष्ठित मानिने एउटा पेशामा कार्यरत मजस्ता व्यक्तिहरु छुवाछुतको सिकार हुन बाध्य हुन्छन् भने अन्य सोझा सिधा दलित नागरिकको अवस्था अड्कल गर्न गाह्रो पर्दैन।
म एउटा पत्रकार जुन कुनै समय नागरिकको चुल्हो चौकोमा समेत पुग्नुपर्छ । २०६८ सालतिर उदयपुरकै त्रियुगा नगरपालिकाको वडा नम्बर ९ रिपोर्टिङको क्रममा पुगेकी थिएँ । गाउँलेहरुले आफ्नो लगानीमा स्कुल संचालन गरेको, बाटो बनाएको लगायतको कुरालाई समेटेर रिपोर्ट बनाउनुपर्ने थियो। गर्मी महिना थियो। त्यहाँ हामीले राई समुदायको घरमा खाना खायौँ।
हामीले खाना खाएको घरधनी दुर्गा दाइले मलाई भेटेर सधै भनिरहनुहुन्थाये । ‘तिमिसँग मेरो गुनासो छ ।’
मैले पटक पटक सोधे, ‘किन दाई, के गुनासो होला?’
बारम्बारको मेरो प्रश्नले उहाँलाई जवाफ ओकल्न बाध्य बनायो । कारण, कैले उहाँको घरमा खाना खादा घरबाहिर बसेरै खाएकोले रहेछ।
‘तिमीले हाम्रो घरमा खाना खाँदा बाहिर बस्नुपर्छ?’ उहाँले उल्टै मप्रति तेस्र्याउनुभएको प्रश्नले मलाई असाध्यै खुसी दिलायो। कारण थियो सामाजिक चेतनामा आएको विकसित बुझाई। कोही त छ यहाँ हाम्रो भावनात्मक कुरा बुझिदिने।
नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हकको धारा २४ अन्तर्गत छुवाछुत तथा भेदभाव विरुद्धको हक, धारा ४० मा दलितको हक व्यवस्था गरीएको छ । देशमा कुलमध्ये १३ प्रतिशत जनसंख्या ओगट्ने दलित समुदायको अहिले सरकारी सेवा निजामति क्षेत्रमा १ प्रतिशत मात्रै सहभागिता देखिन्छ। त्यस्तै निजामति कर्मचारी क्षेत्रमा ९ प्रतिशत आरक्षणको व्यवस्था गरीएको छ। राज्यको अघोषित चौथो अंगको रुपमा मानिने पत्रकारिता पेशामा पनि दलित समुदायको सहभागिता बढ्दो छ। हरेक क्षेत्रमा दलित समुदायको सहभागिताको खोजी गर्न थालिएको छ । यसले छ्ुवाछ्त हटाउनका लागि मद्दत गर्नेछ।
जातीय छुवाछुत बिरुद्वको दिवसको सन्दर्भमा देशव्यापी बिबिध कार्यक्रमहरु भइरहदा हाम्रो समाजको कतिपय ठाउँहरु जातीय छुवाछुत र दलनजस्ता कुप्रथाको घेराभित्र रुमलिरहेका छन्। मुलुक प्राबिधिक र डिजिटल युगमा प्रवेश गरिसकेको समय जातिय छुवाछुतजस्तो निकृष्ट सोचबिरुद्व ‘यसो नगरिदेऊ’ भन्नुपर्ने अवस्थाले वर्तमान समाजलाई थप चुनौति दिइरहेको छ।
लेखिका परियार, उदयपुरकी रेडियोकर्मी हुन् ।
No comments:
Post a Comment