Tuesday, January 31, 2017

दलितमाथि विभेद गर्नेलाई कडा कारबाही हुन्छ : प्रधानमन्त्री

विभेद बिरुद्ध अभियान -काठमाडौँ, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलितमाथि विभेद गर्नेलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले भने,‘सरकार दलित समुदायले भोग्दै आएको राजनीतिक, सामाजिक तथा सांस्कृतिक समस्या समाधानप्रति पूर्ण प्रतिबद्धताकासाथ क्रियाशील भएको छ।’
राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा दलित अधिकार तथा सरकारको काम कारबाहीका विषयमा छलफल गर्दै प्रधानमन्त्री दाहालले जात, वर्ण र लिङ्गका आधारमा गरिने विभेद र अन्याय सरकारका लागि सह्य नहुने बताए ।
उहाँले दलित आयोगलाई संवैधानिक मान्यता प्राप्त हुनु ठूलो उपलब्धि भएको बताउँदै दलितहरुको विकास र समृद्धिका पक्षमा कार्य गर्दै आएको उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिलाई अझ सक्रिय पारिने जानकारी दिए ।
प्रधानमन्त्रीले लक्ष्मी परियार र अजित मिजारको हत्यामा संलग्नमाथि कारबाहीका लागि छानबिन प्रक्रिया अघि बढेको जानकारी दिँदै पीडितका परिवारलाई उचित क्षतिपूर्ति दिइने बताए ।
ती घटना छानबिनका लागि सरकारले युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा छानबिन समिति गठन गरिसकेको छ । समितिले दिने प्रतिवेदनका आधारमा सरकारले आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी प्रधानमन्त्रीले दिनुभएको नेकपा (माओवादी केन्द्र) संसदीय दलका सचेतक सीता नेपालीले जानकारी दिए ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य तिलक परियारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परियार र मिजारका हत्यारामाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिन तथा दलित विकास समिति खारेज नगर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा दलितमाथि भएको विभेद अन्त्यका लागि कडा कानुन बनाउन सुझाव दिइएको छ । 

Monday, January 30, 2017

मलेसीयामा म्याग्दीका सुरेश दर्जी १० दिनदेखी सम्पर्कविहिन

विभेद बिरुद्ध अभियान- माघ १७- मलेसीयामा एक म्याग्देली सम्पर्कविहिन भएका छन् । बेनी नगरपालिका–१० तोरीपानिका २२ बर्षिय सुरेश दर्जी १० दिनदेखी कम्पनीको सम्पर्कमा नआएपछि खोजीकार्य सुरु भएको छ । कम्पनीबाट १० दिनदेखी सम्पर्क विहिन भएपनि परिवारसंग शुक्रबार सम्म कुराकानी भएको बुझिएको छ । ३१ महिना अगाडी मलेसीयामा पुगेका दर्जीको खोजीकार्यका लागि परिवारले बेनीअनलाइनमार्फत अपिल गरेका छन् ।
मलेसियाको केलाङ (सेनवे० बाट सम्पर्क विहिन भएका हुन् । ‘शुक्रबार विहान कोठामै छु भन्नुभएको थियो । दिउँसोदेखी सम्पर्कविहिन हुनुभएको छ’ सुरेश दर्जीकी श्रीमति विष्णुरत्न दर्जीले भनिन् । उनले शुक्रबार विहान कम्पनीको काममा गएको छैन कोठामै बसेको जानकारी गराएलगत्तै सम्पर्क हुन नसकेको बताईन् ।
मलेसियामा रहेका म्याग्देलीले समेत खोजीकार्य गरिरहेका छन् । सुरेश कार्यरत कम्पनी र उनी बस्ने कोठाका नेपालीले समेत खोजीकार्य गरिरहेको मलेसियामा रहेका बेनपा–२ अर्जमका आषिश परियारले बताए । उनका अनुसार सामाजिक सञ्जाल सहित विभिन्न स्थानमा नेपालीहरुको सहयोगमा खोजीकार्य भइरहेको छ । सम्पर्क विहिन भएका सुरेशको खोजीकार्यमा सघाउन समेत मलेसियामा रहेका म्याग्देलीले अनुरोध गरेका छन् ।

Sunday, January 29, 2017

‘मैले दलित होईन देउता नै पाएँ ’ : सवित्रा न्यौपाने

विभेद बिरुद्ध अभियान-माघ १६  - गुल्मी– एउटा हातमा लौरोको साहरा, अर्को हातमा श्रीमतिको । गुल्मी अर्वेनीका लालबहादुर सुनारको कस्तो शौभाग्य ! ८१ वर्षको उमेरमा विवाह हुँदा छोरा र नाती जन्ती , सिडियो प्रमुख अतिथी ।यसअघि अर्वेनी ५ का लालबहादुर सुनारले स्थानीय व्राम्हण समुदायकी ४३ वर्षिया महिला सवित्रा न्यौपानेसँग प्रेम सम्बन्ध राखेको आरोपमा गाउँ निकला भई त्यहाँका सिमित मानिसहरुले उनको घर भत्काउन लगाई वनवास पठाएको खबर आइसकेको छ ।
उनै लालबहादुर र सावित्राले त्यो उमेरमा पुनर्विवाह गरेका हुन् । जुन स्थानमा अभद्र व्यवहार गर्दै गाउँ निकला गरिएको थियो, त्यसै स्थानबाट बाजा बजाउँदै उनीहरुलाई नव दम्पत्तिका रुपमा घरमा लगेर स्थानियवासी, दलित अधिकारकर्मी र सरकारी अधिकारीसहितको टोलीले भित्र्याएका हुन् ।अभद्र व्यवहार गरिएको स्थान अर्वेनी गाविस भवनको प्राङ्गणमा आयोजित पुर्नस्थापना कार्यक्रममा ति दुवैलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले दोशल्ला ओढाँउँदै दुई हात जोडेर अभिनन्दन समेत गरेका छन् ।
भत्काईएको उनको घर स्थानिवासीले बनाएर उनिहरुलाई स–सम्मान पुनस्थापना र नौमति बाजामा नाँचगान गर्दै पुर्नविवाह गरीदिएका हुन् । पहिला खरले छाएको घर थियो अहिले टिनको छानाले छाइएको छ, दुई वटा कोठा र चिटिक्क परेको शौचालय समेत बनाईएको छ ।गाविस भवनबाट पुर्नविवाहको टिका–टाला ग्रहण गर्र्दै बाजा गाजाका साथ अगाडी बढ्दै गरेको बेला ति नव दम्पत्तीलाई प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले सुखद् दाम्पत्य जीवनको शुभकामना समेत दिए । उनको शुभकामना ग्रहण गर्दै लालबहादुर एउटा हातमा लौरो टेक्दै र अर्को हातले दुलहीको हात समाउँदै लागे डेढ महिना पछि नवनिर्मित घरमा वस्न ।
करिव १५ मिनेटको उकालोबाटो सम्म उनले नवदुलहीको हात छाडेनन् । बाटोमा लल्जालु मुद्रमा रहेकी सावित्राले पनि उनको हात छोडेकी थिइनन् । सदरमुकामबाट पुगेका दर्जनौ दलित अधिकारकर्मी , मानवअधिकारकर्मी , पत्रकारहरु सयौं स्थानियवासी जन्तीका रुपमा गाविस भवनदेखि माथि जंगल विचमा रहेको उनको घरमा पुग्दै गर्दा खुशीले गद्गद ति दम्पत्ती घरको आँगनमा कम्मर मर्काउँदै नाँचेका ।
४३ वर्षिया वेहुली नाँच्दानाच्दै अलि लजाए जस्तो गरिन् । ८१ वर्षीय बेहुलाले उनलाई अझै नाच्न संकेत गर्र्दै थिए । बेहुलीको लज्जालु मुद्रलाई ध्यानमा राखी जिल्लाबाट पुगेका उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय सदस्य कृष्ण सुनारले ‘भैगो उहाँ लजाउनु भयो अव भित्र पसाउने काम गरौं’ भने ।
घरभित्र पसाउने क्रममा नन्दको ठाउँमा बुहारी दैलोमा उभिएकी थिईन् भने ३८ वर्षिय छोरा अनुराम र ३ वर्षिय नाती जन्तीको पंक्तिमा । काँदाकुरी छोरालाई लगाएर उभिएका अनुराम पनि निकै हर्षित मुद्रामा देखिन्थे । कस्तो लागेको छ त हिजो गाउँ निकला भएका तपाईहरुलाई आज स–सम्मान घर भित्रिन पाउँदा ? भन्ने प्रश्नमा ति दुवैले भने–‘ असाध्यै खुशी छौं सवैको जय होस् । ’
२२ वर्ष अघि श्रीमतीको मृत्यु भई बेसहरा भएका लालबहादुरले जोडी पाएकोमा औधी खुशी हुनु स्वभाविकै थियो । त्यति नै खुशी प्रमुख जिल्ला अधिकारी देखि सहभागी सवै थिए । त्यही खुशीयालीमा धेरैले बाजाको तालमा नाँचेर खुशियाली मनाएका थिए ।

‘मैले दलित होईन देउता नै पाएँ ’
नव दुलहीका रुपमा घर भित्रिएर कोठाको पलङमा नवदुलाह, उनका छोरा–बुहारी र नातीसंगै बसेकी सावित्राले आँसुमा डुवेर वाहुनी हुनु भन्दा माया पाएर दलितको श्रीमती हुनु वेश लागेर लालबहादुरलाई माया गर्दै आएको बताईन् ।
आफु बाल्यपन छँदा र विवाह पश्चात पनि परिवारमा दलितहरुलाई तल्लो जात ठान्ने भए पनि आफुले बुझे देखि कुनै भेदभाव नगरेको उनले बताईन् । यसै गाउँका शिक्षित बुद्धिजिवीहरुले विभेद गरेर यो हाल बनाए पनि म अनपढले मानिस सवै वरावर ठान्छु भन्दै उनले भनिन कसैले दलित संग गई थुईया भने पनि मैले देउता सरहको साहरा पाएकी छु उनले मुस्कुराँर्दै भनिन् ।
कत्तिको माया दिनु हुन्छ त ? भन्ने प्रश्नमा उनले लज्जालु मुद्रमा आँखा ओछाउँदै भनिन्‘ माया ममता र भोकमा खान दिएरै त आएकी हुँ । ’ उनले व्राम्हण समुदायका पुर्वपतिले जाडरक्सी पिएर रातदिन कुटपिट गरेको आरोप पनि लगाईन् । सहन नसकेर ३ वर्ष बुटवल र त्यतिनै समय काठमाण्डौको होटलमा जुठा भाँडा माझेर बसेको र घर फर्केको दुई तिन महिनादेखि आफुलाई कुन वाहनामा निकालौ भन्दै श्रीमान र छिमेकका केहि मान्छेहरु लाग्दै आएको उनको भनाई छ ।
घट्ना स्मरण गर्दै उनले आफु त्यसदिन हेराउन भनि विहान करिव ५ वजेतिर आएर लालबहादुरको घरभित्र पसेकै वेला त्यस्तो आरोपसगै आफुहरुलाई हात बाँधेर गाउँ डुलाएको उनले बताईन् । उनिहरु दुई दिनसम्म भिर जंगल बीचको ओढार दुई दिन दुई रात विताएको बेला उनको आफन्तले भेटाएर गाउँ फर्काएका थिए ।
अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपानेको अगुवाईमा भेला भएका गाउँवासीले पौष १ गते ति दुई दम्पत्तीलाई पुर्व पतिबाट सम्वन्ध विच्छेद गराई उनिहरुको सम्वन्ध स्थापित गराई दिएका थिए । तर, शनिवार अर्वेनी दलित साझा मञ्चद्धारा आयोजित पुनस्थापना कार्यक्रमको अध्यक्षता अर्वेनी गाविस सचिव भोजबहादुर रानाले गरेका थिए ।
पुनस्थापना कार्यक्रममा बोल्दै गाविस सचिव रानाले सुरुमा गल्ती कम्जोरी भए पनि त्यसलाई सच्चाउनु र अपमानित भएका उनिहरुलाई स–सम्मान पुनस्थापना गर्दा न्यायको एक पाटो भएको रातोपाटिमा खबर छ  ।

गाविस सहायक न्यौापनेले भने सदरमुकाममा भएका गाविस सचिव रानालाई जानकारी नै नदिई जवरजस्ती औठा छाप गर्न लगाईएको कागजमा अर्वेनीका तिन वटा प्रमुख दलका नेताहरुको समेत हस्ताक्षर रहेको छ । गाविस सहायक न्यौपानेले आफुलाई त्यस्तो कागज लेख्न लगाई दलका नेताहरुले फँसाएको गुनासो गर्दै आएका छन् ।
मैले गाउँ नकला गरेको पनि होईन र घर भत्काउन पनि लगाएको होईन । ति सवै गरेको ति महिलाका पुर्वपतिका भतिजा चिन्तामणी न्यौपानेले हो , प्रहरीको नजरमा सम्पर्क विहिन भनिएका गाविस सहायक न्यौपानेले यो समाचारदातासंग फोन मार्फत यस्तो गुनासो गरेका हुन् ।
एक दिन कठघरामा उभ्याँइन्छ : प्रजिअ
पुनस्थापना कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले गाउँ निकला गर्ने अभियोगमा केहि सार्वजनिक अपराधको मुद्धा लागेका चिन्तामणी न्यौपाने र अर्वेनी गाविस सहायक झविलाल न्यौपाने हालसम्म फरारा रहेको बताए । उनले उनिहरु जति दिनसम्म फरार रहेपनि एक दिन कानुनी कठ्घरामा ल्याउने बताए ।
यसरी गाउँमा लुकेको र दवेको घटना खोजपत्राकारिता मार्फत रातोपाटीले उठान गरेको प्रति प्रमुख जिल्ला अधिकारीले धन्यबाद समेत दिए । उनले पुनस्थापना पनि न्यायको एक हिस्सा भएकोले यसलाई हाम्रो समाजको मेलमिलाप र सहिष्णताका रुपमा लिनु पर्ने धारणा राखे ।
नकरात्मक सन्देशपछि नै सकरात्मक सन्देश आउने बताउँदै उनले अर्वेनीले हिजो नराम्रो सन्देश दिए पनि आज उनैहरुले स–सम्मान पुनस्थापना गरेर देशैभर सकरात्मक सन्देश दिएकोमा धन्यवाद दिए ।

कार्यक्रममा प्रमुख दलका नेता आएनन्
जिल्लाबाट सिडियो आउने भनेपछि बीचबाटोमा पर्ने छिमेकी हर्मीचौर गाविसका दलका नेता समाज सेवीहरु चोकचोकमा भेट्न बसेका थिए । तर, सिडियो नै प्रमुख अतिथी रहेको त्यति महत्वपुर्ण कार्यक्रममा अर्वेनी गाविसका तिनवटै दलका नेताहरु भने उपस्थीत थिएनन् ।
कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र गरी तिनवटै दलका गाउँ कमिटी प्रमुखहरु न्यौपाने थरकै भएकोले प्रतिष्ठाको विषय बनाएर नआएको हुन सक्ने अधिकारकर्मीहरुको ठम्याई थियो । जिल्ला मानव अधिकार अधिकृत गणेश श्रेष्ठले पीडितलाई आर्थिक सहयोग समेत गरेका थिए । दलित अधिकारकर्मी कृष्ण नेपाली लगायतले उनिहरुलाइ आवश्यक कपडा संकलनमा लाग्ने बताएका थिए ।
वर्षौंपछि यस्ता घटनामा न्याय पाउन नसकेको बताउँदै छिमेकी गाविस हर्मिचौर , पुर्तिघाट, जयखानी र फोक्सीङ्ग सम्मका सयौं दलितहरुको सहभागीता रहेको थियो ।
एकताबद्ध अधिकारकर्मी
गुल्मीको गाउँ निकला घटना बाहिरा आएलगत्तै स्थानियदेखि क्षेत्र र केन्द्र सम्मका अधिकारकर्मीहरु त्यसविरुद्ध एकताबद्ध भएका छन् । राष्ट्रिय दलित आयोग स्थानीय तहमै आएर बुझ्यो । ईन्सेकको जिल्लादेखि क्षेत्र र केन्द्रले दैनिकजसो यस घटनाबारे चासो लिई रह्यो । अन्य मानवअधिकारवादी संस्थाहरुको पनि त्यतिकै चासो रह्यो ।
यहाँस्थित नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहित सवै राजनैतिक दलका दलित संगठन साझा मञ्चका रुपमा पीडित लालबहादुरलाई न्याय दिलाउन लागी परेका छन् ।
पुन:स्थापना कार्यक्रममा उत्पीडित जातिय मुक्ती समाजका केन्द्रीय सदस्य कृष्ण नेपाली , नेपाल दलित संघका जिल्ला अध्यक्ष झविन्द्र बिक, मुक्ती समाजकै जिल्ला अध्यक्ष दलबहादुर बिक, दलितमुक्ति मोर्चाका जिल्ला अध्यक्ष धर्म बिश्वकर्मा , दलित महिला संघकी अध्यक्ष कमला बराल लगायतले मन्तव्य राखेका थिए ।

एकातिर घरजम, अर्कातिर बिजोग
अर्बेनीका सावित्रा न्यौपाने र लालबहादुर सुनारबीच जाति मात्र होइन, उमेरमा पनि ठूलै अन्तर छ । तैपनि ४३ वर्षीया न्यौपाने र ७८ वर्षीय सुनारबीच प्रेम बस्यो । गत शनिबार मात्र उनीहरू विवाह बन्धनमा गाँसिए । यसअघि अन्तरजातीय र बेमेल उमेरको सम्बन्धकै कारण उनीहरूले भोग्नुपरेको पीडा सानो थिएन । गाउँलेले सुनारको घरै भत्काइदिए । दुवै जनालाई गाउँनिकाला गरिदिए । घटनाबारे अधिकारकर्मीले थाहा पाएपछि उनीहरूको उद्धार गरियो । ओढारमा शरण लिएर बसेको यो जोडीको अधिकारकर्मीकै रोहवरमा बिहे भयो । पहिले गाउँनिकाला गर्नेहरू नै जन्ती बनेर उनीहरूलाई पुन: समाजमा फर्काए । नयाँ घर बनाइदिए ।
अहिले यो जोडीको त घरजम बस्यो तर छेवैको अर्को परिवार भने उजाडिन पुगेको छ । सुनारसँग नजिकिनुअघि पनि न्यौपाने विवाहित नै थिइन् । बौद्धिक अपांगता भएका पति चन्द्रकान्त अनि चार छोराछोरी उनैको भरमा थिए । सावित्रा छिमेकी लालबहादुरसँग हिँडेपछि उनीहरू सबैको बिचल्ली छ । ७० वर्षीय चन्द्रकान्तको बोली प्रस्ट छैन तर उनी कति दु:खी छन्, अनुहारले प्रस्टै बताउँछ । गत वर्षको भूकम्पले घर भत्कायो । अहिले अर्कैको घरमा शरण लिइरहेका छन् । गत शनिबार आफ्नी पत्नी र छिमेकीको धुमधामसाथ बिहे हुन लागेको थाहा पाएपछि उनी छोराछोरी लिएर गाउँतिर हिँडे । सोमबार मात्र घर फर्किए । साथै रहँदा सावित्रा र चन्द्रकान्त दुवैले ज्यालामजदुरी गरेर छोराछोरीको लालनपालन गर्थे । एक्ला चन्द्रकान्तलाई अब छोराछोरी कसरी हुर्काउने भन्ने चिन्ता त छ नै, पत्नी छिमेकीसँग गएकोमा उस्तै तनाव ।
छिमेकी भगवती न्यौपानेका अनुसार जेठा छोरा काठमाडौंमा सानोतिनो रोजगारी गर्छन् । १५ वर्षका माहिला र ११ वर्षका कान्छा छोरा ८ र ६ कक्षामा पढ्छन् । ७ वर्षीया छोरी २ कक्षामा । अति विपन्न परिवार भएकाले तीनै सन्तानलाई विद्यालयले पोसाकसहित अध्ययन सामग्री नि:शुल्क सहयोग गरेको छ । ‘तर, साँझ–बिहान कसरी छाक टार्ने भन्ने नै ठूलो समस्या छ,’ भगवतीले भनिन्, ‘आमा हिँडेपछि केही छाक मैले खुवाएँ । धेरै काम गर्न सक्दैनन्, आफू र केटाकेटी पाल्ने समस्या नै ठूलो भयो ।’
अहिले चन्द्रकान्तका भाइ चिन्तामणिले पनि छोराछोरीको रेखदेख गरिदिन्छन् । उनीहरू अहिले अर्बेनी ५ का धर्मगत न्यौपानेको घरमा आश्रय लिइरहेका छन् । भूकम्पमा घर भत्किए पनि अहिलेसम्म कुनै राहत नपाएको चन्द्रकान्त बताउँछन् ।
पत्नीले एक त छिमेकी, त्यसमाथि अन्य जातका व्यक्तिसँग बिहे गरेकामा चन्द्रकान्त असाध्यै चिन्तित रहेको स्थानीय कमल न्यौपानेले बताए । ‘समाजले पनि अलि टाढा राखिदिएको भए हुन्थ्यो भन्ने उनको चिन्ता छ,’ कमलले भने । चन्द्रकान्त र लालबहादुरका घर १० मिनेट जति पैदल दूरीमा छन् । लालबहादुर पहिले उनीहरूको घर गइरहन्थे । चन्द्रकान्त र सावित्राबीच झगडा पर्दा मध्यस्थता गरिदिन्थे । त्यही क्रममा सावित्रा र उनीबीच प्रेम बसेको कान्तिपुरमा खवर छ  ।
गाउँबाटै धपाइएका लालबहादुर र सावित्रालाई भित्र्याएर समाजले न्याय गरे पनि चन्द्रकान्त परिवारमा झन् ठूलो ‘बिजोग’ थपिएको गाविस सचिव भोजबहादुर राना बताउँछन् । ‘एउटाको घर बन्यो,’ उनले भने, ‘अर्काको बिचल्ली भयो ।’ चन्द्रकान्त परिवारलाई पनि समाजले सहयोग गर्नुपर्ने ठान्छन् राना । ‘तर, त्यसका लागि कसले बोलिदिने ?,’ उनले भने, ‘एकातिर मर्का परेको देखेकै हो तर अर्कातिर पनि त परिवार सुखी कहाँ छ र ?’ ११ वर्षीय छोरा धर्मागत घरमा खाने कुरा नहुँदा काका चिन्तामणिकहाँ जाने गरेको बताउँछन् । ‘कहिलेकाहीँ खानेकुरा केही हुँदैन,’ उनले भने, ‘हामी चिन्तामणि अंकलकोमा जान्छौं, बा भोकै सुत्नुहुन्छ ।’ उनका अनुसार दाजु विनोद विद्यालय छुट्टी भएका बेला अर्काको मेला जान्छन् । बाबुले मजदुरी गर्छन् । त्यसैबाट अलिअलि पैसा जुटे चामल किन्छन् ।
सावित्राले लालबहादुरसँग बिहे गर्नुअघि चन्द्रकान्तसँग सम्बन्धविच्छेद गरेकी छैनन् । यो जोडीबीच बिहे गराउन सक्रिय अधिकारवादीलगायतले पनि यसबारे ध्यान दिएको पाइँदैन ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगाना भने अर्की पत्नी नरहेकाले बहुविवाहको मुद्दा नलाग्ने बताउँछन् । उनले आफू सुनार र न्यौपानेको विवाहमा नगएको पनि दाबी गरे । ‘विवाहपछि मेलमिलाप भएर घर निर्माणसमेत गरिदिएपछि पुन:स्थापनाका लागि मात्र गएका हौं,’ उनले भने ।
नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष प्रेमराज आचार्य पति छोडेर अर्कासँग विवाह गरेपछि जारी मुद्दा लाग्ने कानुनी प्रावधान अहिलेको संविधानले खारेज गरिदिएको बताउँछन् । ‘तर, धनमाल दाबी गर्न पाउने प्रावधान छ,’ उनले भने, ‘मुलुकी ऐनको विवाहबारी महलमा धनमालसमेत लिएर गएको भए दिलाइदिनुपर्ने व्यवस्था छ ।’



कर्णालीका गरिब दलितलाई सरकारले घर बनाइदिने

विभेद बिरुद्ध अभियान- मुगु, १६ माघ ।जनता आवास कार्यक्रमअन्तर्गत कर्णालीमा यस आर्थिक बर्षभित्र ६ सय ३० वटा घर निर्माण हुने भएका छन् । दलित समुदायलाई लक्षित गर्दै कर्णालीका पाँचै जिल्लामा सरकारले ‘जनता आवास’ कार्यक्रमअन्तर्गत यी घर निर्माण गर्न लागेका हो । कर्णालीका अतिविपन्न दलित घरपरिवारलाई लक्षित गरेर यो कार्यक्रम सञ्चालन गरिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जुम्लाका सबइन्जिनियर चन्द्रबहादुर खड्काले जानकारी गराउनुभयो । कर्णालीका पाँचै जिल्लामा यो कार्यक्रम लागू भएपनि हुम्ला र कालीकोटमा दुई वर्षपहिले कार्यक्रम सञ्चालन भएको थियो भने बाँकी तीन जिल्लामा यो वर्षदेखि सुरु गरिएको छ । कार्यक्रमले जग्गा भएका तर आवास नभएका दलित गरिब समुदायका लागि घर निर्माण गरिदिनेछ । जनता आवास कार्यक्रमबाट हुम्ला जिल्लामा २० वटा घर निर्माण भइसकेका छन् भने एकसय ६५ वटा घर निर्माण गरिने कार्यक्रम रहेको छ । 
 
यसैगरी, कालीकोट जिल्लामा २० वटा घर निर्माण भइसकेको र एकसय ६५ वटा घर निर्माण गरिनेछ । जुम्ला, मुगु र डोल्पा जिल्लामा चालु आर्थिक वर्षमा एक÷एक सय घर निर्माण हुने भएका छन् । जनता आवास कार्यक्रमअन्तर्गत दुई कोठा र पाँच फिट चौडाइ भएको भान्सा सहितको बरन्डा रहेको घर निर्माण गरिन्छ । यसरी बनाइने घर राष्ट्रिय आवास नीतिले तोकेको मापदण्डअनुसार निर्माण गरिन्छ । आवास निर्माणका लागि प्रतिभवन दुई लाख ६७ हजार अनुदान दिइने र बाँकी सबै काममा अनुदान प्राप्त वालाले नै श्रमदान गर्नुपर्ने भवन डिभिजन कार्यालय जुम्लाका लेखा अधिकृत पदमबहादुर घर्तीले जानकारी गराउनुभयो । रु दुई लाख ६७ हजारमध्ये रु १० हजारले अनिवार्य शौचालय निर्माण गर्नुपर्नेछ । 
 
सहरी विकास मन्त्रालयले तोकेको संसद् सदस्य संयोजक हुने जिल्ला समन्वय समितिले छनोट गरेका गाविसका दलित समुदायमध्ये छनौटमा परेका गरिब परिवारलाई आवास निर्माण गरिने भएको छ । सरकारले आव २०६६÷६७ को बजेट वक्तव्यमार्फत पहिलोपटक सुरु गरेको ‘जनता आवास कार्यक्रम’ सफल हुँदै आएको छ । यो कार्यक्रमको सुरुवात सिराहा, सप्तरी र कपिलवस्तु जिल्लाबाट भएको थियो । 
 
सरकारले रु दुई लाख ६५ हजार मात्र आर्थिक सहयोग गर्ने भनेपनि उक्त रकम न्यून भएकाले बाँकी रकम जुटाउन गाह्रो हुने दलित अगुवा च्यावा नेपाली बताउँछन् । बजारमा घर बनाउन प्रयोग हुने सामग्रीको मूल्य अचाक्ली महँगो छ । साथै, घर बनाउने मिस्त्रीको ज्याला पनि मुगुमा महँगो छ । त्यसैले अन्य सुगम जिल्लाको लागतमा मुगुमा अनुमान लागतअनुसार घर बनाउन गाह्रो हुने उनी बताउँछन् । 
 
चालु आवमा कर्णालीका पाँच जिल्लामध्ये मुगु जिल्लाका रोवा, रुगा, माग्री, पिना, कालै, फोतु, जिमा, हयाग्लु, श्रीकोट र गम्था, जुम्ला जिल्लाका पाण्डुगुफा, नराकोट, बड्की, पाताराशी, तातोपानी र रारालिई, कालीकोट जिल्लाका छिन, राम्नाकोट, जुविथा र छावे्र गाविसमा जनता आवासअन्तर्गत घर बन्दैछन् भने डोल्पा र हुम्ला जिल्लामा यो आवका लागि गाविस छनौट प्रक्रियामा रहेको पनि लेखाअधिकृत घर्तीले बताउनुभयो ।

दलित मूल प्रवाहको खोजी - मेखराज परियार

महामन्त्री-बहुजन शक्ति पार्टी
विभेद बिरुद्ध अभियान-माघ १६  - दलित मुक्ति आन्दोलनको बहुआयामिक समाधान खोज्न जरुरी छ । त्यसका निमित्त संकुचित संगठन, नेतृत्व र विचारलाई विस्थापित गरी ‘डायनामिक’ र प्रबुद्ध नेतृत्वको खोजी गर्नु पर्दछ । स्पष्ट छ दलित मुक्तिको सवाल केवल दलित वर्ग समुदायको मात्रै नभई मानवता वादी र सभ्य समाज एवं राष्ट्र चाहने सबै सम्प्रदायको महतवपूर्ण मुद्दा हो । त्यति मात्रै होइन, यो समस्या नेपाल, भारत लगायतका हिन्दु या आर्य समाजको उपस्थिति रहेका दक्षिण एसियाका मुलुकहरुको सामूहिक समस्या समेत हो । किन भने सिन्धु नदीको सभ्यतामा जब आर्य वंशको छलपूर्ण शासनको शुरुवात भयो अनि यहाँ वर्णाश्रम व्यवस्थाको क्रुर जातीय विभेदजन्य व्यवस्था लागू गरियो ।
प्रश्न उठ्छ के दलित मुक्ति आन्दोलनको नेतृत्व गैर–दलित समुदायले गर्न सक्छ त ? यो विचारणीय प्रश्न हुँदा हुँदै पनि के भन्न सकिन्छ भने सही विचार, सिद्धान्तलाई आत्मसाथ गर्ने नेतृत्व भएमा जुन कुनै वर्ग, जाति र सम्प्रदायको व्यक्तिले मुक्ति आन्दोलनको नेतृत्व गर्न सक्छ । दलित समुदायको समस्या स्वयं सृजित समस्या नभई युद्धको विजय उन्माद पश्चात षडयन्त्रपूर्वक अन्य सम्प्रदाय माथि लादिएको कलंक हो । त्यस कारण पनि यस सामाजिक अपराधको अन्त्यको निम्ति सबै वर्ग, क्षेत्र, समुदाय, व्यक्ति, अभियन्ता एकताबद्ध भएर लाग्नु पर्ने आवश्यकता छ ।
दलित वर्ग सम्प्रदायको राज्य सञ्चालन गर्ने संस्था निकाय, पद क्षेत्र, सेवा राजनीति, शासन, प्रशासन जस्ता राज्यको विशेष तथा महत्वपूर्ण स्थानहरुमा उपस्थिति र प्रतिनिधित्व प्रायः शून्य छ । नगन्य मात्रामा सरकारी, अर्ध–सरकारी, गैर–सरकारी, क्षेत्रमा उपस्थिति देखिएता पनि राजनीतिको निर्णायक र सरकारको नीति निर्माण तहसम्म त दलितको पहुँच कल्पना बाहिरको विषय बन्छ । के ६० लाखमा याने कूल जनसंख्याको १३.८ प्रतिशत जनसंख्या ओगट्ने नेपालका दलित वर्ग समुदायको राष्ट्रिय मूल प्रवाहमा उपस्थिति या प्रतिनिधित्व गर्ने÷गराउन जरुरी छैन ? यति ठूलो जनसंख्या भएको दलित वर्गलाई निरपेक्ष छोडेर राष्ट्रले भन्ने गरेको स्थायी शान्ति, उन्नति, विकास र समृद्धि प्राप्त गर्न सक्छ ? यस्तो दिवास्वपना पूरा हुने सम्भावना छैन । यस्तो विचार र प्रबृत्ति लोकतन्त्र विरोधी र समानता, समावेती सिद्धान्त विरोधी समेत ठहर्छ ।
टुटेफुटेका, असंगठित छिन्न भिन्न प्रंकारका जुझारु र सशक्त रुपमा उठ्न नसकेको तर शालिन, सभ्य र न्यायोचित दलितवर्ग समुदायको मुक्ति आन्दोलनको महत्वपूर्ण माग अधिकार र स्वाभिमानलाई स्थापित नगरी समाप्त हुने छैन । अशिक्षा, अस्वस्थ, गरिब, आत्मबलहिन, सामन्तवादले सिथिल र थकित दलित वर्ग राजनीतिक, सामाजिक, सांस्कृतकि र आर्थिक अधिकारबाट युगौंदेखि बञ्चित वर्ग समुदाय हो । अन्तिम भनिएको जनआन्दोलन २०६२।०६३ पश्चात् स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानता र समावेशी, न्याय विधिको शासन, जस्ता महत्वपूर्ण उपलब्धिबाट लाभान्वित हुने आशा छन् । यी उपलब्धीहरुको संस्थागत संरक्षण र संवैधानिक ग्यारेण्टी गर्ने नेपालको संविधान २०७२ को सफल कार्यान्वयन एवं समयानूकुल कानूनको निर्माण गरी उत्पीडित जनतालाई लाभान्वित गराउने दृढताको खोजी भैरहेको छ ।
शिक्षा,स्वास्थ्य, रोजगारी अवसर प्रदान गरी दलित वर्ग–समुदायको सर्वाङ्गिण विकासमा टेवा पु¥याउन जरुरी छ । सामाजिक, राजनीतिक नेतृत्व विकास गर्ने, आम सञ्चार माध्यममा पहुँच, सरकारको न्याय र कानूनको कार्यान्वयन गर्ने न्यायालय र प्रहरी जस्ता सुरक्षा निकायमा पर्याप्त पहुँच, शासन, प्रशासनमा पहुँच, सुरक्षित या आरक्षित कोटा मार्फत राजनीतिक पद र नियुक्तिमा विशेष व्यवस्था गर्न जरुरी छ । निश्चित अवधिसम्म जतिबेला सम्म अन्य वर्ग समुदायका सरह दलित वर्गको समान हैसियत निर्माण हुँदैन राज्यले विशेष व्यवस्था निर्माण गर्नैपर्ने हुन्छ । आंशिक र अस्पष्ट रुपमा नै भए पनि हाम्रो नयाँ संविधानमा यी व्यवस्था परेका छन्, यद्यपि पर्याप्त भने छैन ।
राज्य विस्तारै समानुपातिक समावेशीता तर्फ अग्रसर हुँदैछ तर ढुक्क हुने अवस्था छैन । पल पल र हर क्षणमा दलित मुुिक्त प्रतिनिधित्व सहभािगताका निम्ति वैचारिक संघर्ष र खबरदारीलाई निरन्तरता दिन आवश्यक छ । जनचेतना दलित, युवा युवती मात्रै होइन गैरदलित सम्प्रदायतमा पनि दिन आवश्यक छ । किनभने विभेद, छुवाछुत, घृणा हेपाई र कथित उच्च जातिबाटै हुने हो । मानवताको प्रचार, समानता र समावेशीताको संघर्ष, जातीय विभेदलाई संरक्षण गर्ने र प्रश्रय दिने विज्ञापन तथा प्रचार सामाग्री, मनोरञ्जनका क्षेत्रलाई निषेध गर्ने बौद्धिक, तार्किक विचार गोष्ठी र छलफलहरु गाउँ बस्तीसम्म पु¥याउने अभियानको शुरुवात गर्न ढिलाई हुँदेन । मानवको जात मानव नै हो, अन्य छल, षडयन्त्र र कृत्रिम मात्रै हुन भन्ने जनचेतनाको विकास गर्न जरुरी छ ।
समान अवसर खुल्ला प्रतिस्पर्धाले मात्रै दलित, महिला, सिमान्तकृत, जनजाति, पिछडावर्गलाई राज्यको अन्य वर्ग समुदायको सरह हैसियत सम्म पहुँच पु¥याउन प्रायः असम्भव नै छ । स्मरण रहोस् तात्कालिन राज्यले ऐन, कानून निर्माण गरेर नै दलित वर्ग, समुदायको राजनीतिक सामाजिक सांस्कृतिक र आर्थिक शोषण गरी अधिकारबाट बञ्चित गरिएको हो । तसर्थ पनि अहिले राज्यले विशेष व्यवस्था मार्फत उनीहरुलाई अधिकार सम्पन्न बनाउनु पर्ने मूल दायित्व राज्यकै हो । सामाजिक रुपमा गैर मानवको हैसियतमा पु¥याउने विगतका षडयन्त्रलाई सच्चाई राष्ट्रिय समृद्धिको अभियानमा दलित वर्ग समुदायको मूल प्रवाहीकरण गर्न अत्यावश्यक छ ।
-pearlstjournal.बाट साभार 

दलित संजालको प्रथम रास्ट्रिय तथा एकता भेला नवलपरासीमा सम्पन्न

विभेद बिरुद्ध अभियान-नवलपरासी, माघ १५- दलित एकता संजाल नेपालको राष्ट्रिय समिति निर्माण गर्दै प्रथम राष्ट्रिय तथा एकता भेला नवलपरासीमा सम्पन्न भएको छ |“दलित एकता आजको आवश्यकता छुवाछूत मुक्त समाज निर्माणको लागि सम्पुर्ण नेपालीहको सहभागिता” भन्ने मुल नारा सहित दलित एकता संजाल नेपालको बृहत् एकता सहितको प्रथम ऐतिहासिक राष्ट्रिय भेला २०७३ माघ १४ गते सहिदनगर नवलपरासीमा सम्पन्न भएको हो | भेलाको बन्दसत्रले बिष्णु सागर धमला बिकको अध्यक्षतामा २३ सदस्सीय राष्ट्रिय समिति निर्माण गरेको छ |संजालका सस्थापक एवं बर्तमान आईसीसी संयोजक आश बहादुर नेपालीको सभापतित्व तथा संजाल सस्थापक तथा आईसीसी प्रथम उपसंयोजक निर बहादुर सुनारको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा  नवलपरासीका डीएसपी राजेश थापाको बिशेष आतिथ्यता रहेको थियो | साउदी एनसीसी सचिब सुक बहादुर कोइराला सार्की द्धारा संचालित भेलामा संजाल महिला सशक्तीकरण संयोजक दुर्गा नेपालीले उपस्थितहरुलाई मंतब्य द्धारा स्वागत गरेकी थिइन |
भेलामा प्रमुख अथिति निर बहादुर सुनारले बोल्दै संजाल प्रबासबाट स्थापना गर्नुको कारण उदेस्य, संजाल स्थापना देखि अहिले सम्म गरेका सामाजिक कार्य, मानबिय कार्य र संजालको आगामी रणनीतिक बारेमा प्रष्ट परेका थिए | यसैगरी दलित एकताको बिकल्प नरहेको भन्दै केहि दलित एकता र दलित मुक्ति नचाहने व्यक्तिहरुले संजाललाई बदनाम गर्न खोजेको कार्यप्रति संजालको गम्भीर ध्यानकर्षण भएको र उक्त भ्रममा कोहि पनि नपर्न पनि सुनारले अनुरोध गरेका थिए |

बृहत भेलामा आईसीसी सचिब दधिराम परियार, आईसीसी कोषाध्यक्ष माधब सिवा, आइसीसी सहकोषाध्यक्ष कोमल गहतराज, स्थापना काल देखि नेपालमा प्रमुख भूमिका निर्बाह गर्दै आएका आइसीसी सक्रिय अभियान्ता बिष्णु सागर धमला बिक, दर्ता समितिका महासचिब तिलक बिक, पुर्बांचल संजाल संयोजक नारायण बिस्वकर्मा, त्यसैगरि पूर्वअंचल कोषाध्यक्ष कबिता पाचकोटी, सोलुखुम्बु प्रतिनिधि धर्म नेपाली, नवलपरासी संजाल अध्यक्ष दुजमान सिर्पाली, मोरंग प्रतिनिधि गीता सिवा, काठमाडौं प्रतिनिधि कमला नेपाली, सुनसरी अध्यक्ष नैना बिक, पर्सा प्रतिनिधी राज कुमार राम, दाङ अध्यक्ष उमा देबी नेपाली, ओमन अध्यक्ष मान ब बराइली, सल्यान संयोजक सुकदेव कसेरा, रुपन्देही अध्यक्ष शिव बिक, तनहुँ अध्यक्ष कृष्ण लाल बिक, बेनिमणि पुर अध्यक्ष भिम बहादुर बिक, दलित सुधार समिति अध्यक्ष नर बहादुर बिक, बेनि मणिपुर सम्पर्क समिति संयोजक पवित्रा परियार, कपिलबस्तु प्रतिनिधि माया नेपाली, काभ्रे प्रतिनिधि शोभा सेन्चुरि, बहराइन राष्ट्रिय कलाकार वीर बहादुर बिक, लमजुङ प्रतिनिधि युवराज मजाकोटी, चितवन संयुक्त दलित मंच उपाध्यक्ष बसन्त लम्साल, माया राम्दम, सोचना रामदामले दलित एकता र दलित मुक्तिको लागि जब सम्म दलित एक हुदैनन् तब सम्म मुक्ति असम्भब रहेको गहकिलो तर्क प्रस्तुत गर्दै आ-आफ्नो भनाइहरु राखेका थिए |

भेलाको छोटो समीक्षा सहित उपस्थित सबैलाई धन्यबाद दिदै सभापति आश बहादुर नेपालीले उट्घाटन सत्रको समापन गरेका थिए | आईसीसी संयोजक आश बहादुर नेपाली नव गठित समितिलाई सफत खुवाउदै कार्यकालको शुभकामना दिएका थिए | कार्यक्रम अनलाइन रेडियो हिमालयले प्रतक्ष्य प्रशारण गरेको थियो | बिभिन्न देशबाट प्राप्त शुभकामना संदेश आईसीसी सचिब दधिराम परियारले पढेर सुनाएका थिए |

बिना बिबाद निर्माण भएको राष्ट्रिय समिति निम्नानुसार रहेको छ |

१. अध्यक्ष- बिष्णु सागर धमला बिक

२. प्र-उपाध्यक्ष- उमादेबी नेपालि

३. द्दितीय उपाध्यक्ष -धर्म बहादुर नेपालि परियार

४. तृतीय उपाध्यक्ष- मनोज राम

५. महासचिब- तिलक बिक

६. सचिब- दुर्गा नेपालि

७. कोषाध्यक्ष- कमला नेपाली

८. सहकोषाध्यक्ष- कमला गहतराज

सदस्यहरु

१०. नैंना बिक

१. गीता सिवा

१२. नारायण बिक

१३. पार्वती लोहार

१४. राज कुमार राम

१५. अस्मिता बिक

१६. शोमा सिन्चुरी

१७. सुनिल मिजार

१८. जिबन खाती

१९. यम किसान

२०. माया रामदाम

२१. माया नेपालि

२२. उमेश बिक

२३. दिपक नेपालि

आमन्त्रित सदस्य ICC अध्यक्ष- आश बहादुर नेपाली, ICC सचिब- दधिराम परियार, कृष्ण राम बिक, माधब सिवा

Monday, January 23, 2017

दलित युवा र गैरदलित युवती बीच मागी विवाह

विभेद बिरुद्ध अभियान-३ भैंसे (उदयपुर), १० माघ । दलित–गैरदलितबीच मागी विवाह कतिपय ठाउँमा अझै पनि दलित–गैरदलितबीच छुवाछूतकै व्यवहार छ । साउने ३ भैंसेमा आइतबार दलित युवाको एक स्थानीय मगर कन्यासँग वैदिक विधिपूर्वक धुमधाम विवाह भयो, त्यो पनि मागी ।
परिवारको सल्लाहपछि २२ वर्षीय बद्री विश्वकर्मा र २१ की छम्कीकुमारी लगन गाठोमा कस्सिएका हुन् । सामाजिक परम्परा र हिन्दु संस्कारअनुसार उनीहरूको विवाह गरिएको छ । ‘छोराको विवाह गर्ने योजना बनाइरहेको थिएँ,’ बद्रीका बुबा अर्जुनले भने, ‘केटी खोज्ने काम भइरहेको थियो तर भेटिएको थिएन । एक्कासि छिमेकी गाउँका एक मगरले छोरी दिने खबर पठाए ।’ मगरले छोरी दिने भनेपछि एकछिन दोधारमा परेको बुबा अर्जुनले बताए । ‘कथित तल्लो जातको विश्वकर्माले उपल्लो जात भनिने मगरेकी छोरी कसरी मगनी गर्ने समस्या भयो,’ उनले भने, ‘दोधारमै परेको अवस्थामा सम्धीले छोरी दिने भएपछि मागेर छोराको विवाह गरिदिएँ ।’ बद्रीजस्तो केटा पाए विवाह गर्ने छोरीको योजना सुनेपछि सम्धीलाई बोलाएर कुरा छिनेर विवाह गरिदिने टुंगो गरेको छम्कीका बुबा कुमार मगरले बताए ।कान्तिपुरमा समाचार छ |

केटाकेटी दुवै विवाहका लागि राजी भए । तर बेहुलीका बाबुले छोरीलाई सामान्य रूपले विवाह नगर्ने अडान लिएपछि जन्ती लिएर बद्री आइतबार छम्कीको हात माग्न गएका थिए । ‘विवाहका लागि छम्कीको बुबा (ससुरा) तयार हुनुभयो,’ दुलाहा बद्रीले भने, ‘तर सुटुक्कै नदिने भनेपछि पञ्चेबाजा बजाउँदै जन्ती लिएर लिन गएँ ।’ जात नमिले पनि मन मिलेपछि जातीय छुवाछूत नमानेर मगर ससुराले वैधिक विधिपूर्वक विवाह गरेर छोरी बिदाइ गरेको उनले बताए ।

समाजमा रहेको जातीय छुवाछूतलाई अन्त्य गर्न बद्री र छम्कीको विवाहले उदाहरणीय काम गरेको कांग्रेस नेतासमेत रहेका बद्रीका दाजु गडुरमान विश्वकर्माले बताए । ‘बद्री र छम्कीको विवाहभन्दा पनि छम्कीका बुबा कुमारले समाजका लागि बाटो देखाएको कुरा प्रशंसनीय छ,’ उनले भने, ‘जातीय छुवाछूतले गाँजेको समाजमा कुमारजस्ता बुबाले गरेको कामको प्रशंसा गरेर मात्रै पुग्दैन ।’ एउटा दलित युवकले सयको संख्यामा जन्ती लिएर उपल्लो जाति मानिने मगर कन्या मागेर विवाह गर्नु भनेको पछिल्लो समय समाज परिर्वतन हुँदै गएको उदाहरण बन्न पुगेको उनले बताए ।

Sunday, January 22, 2017

न्याय पाइनछ कि भन्ने एउटा झिनो आशा -गोपाल सिवा

विभेद बिरुद्ध अभियान, माघ १० - लक्ष्मी परियार हत्या प्रकरणको बारेमा नेपाल टेलिभिजनले बल्ल समाचार दियो भनेर हिजो मात्र एक जना मित्रले सामाजिक संजालमा लेखेको देखे ।गत मंसिर २४ गते काभ्रेको सानो बाङथलीकी लक्ष्मी परियारको हत्या भएको समाचार अन्तरास्ट्रिय स्तरमा पुगेर नेपालमा बिधमान कुप्रथाहरु रैछन भन्दै कुरी कुरी भनि राखेका छन् । तर नेपालका खास गरि राष्ट्रिय स्तरका ठुला मिडिया र सरकारी मिडियाले कुसस्कारको बिरोध गर्ने एव समाजको सद्भाव र आत्मीयतामा कमी आउन नदिउ भन्ने विषयमा सोच्नुपर्ने उत्तर दायित्व सम्म सम्झेनन बरु झर्रो टार्ने काम मात्र गरिरहे ।यधपी नया पत्रिका दैनिकले यो बिषयलाई उठान गरि सवैको सामु जसरि ल्याएर राख्ने काम गर्यो त्यो सराहनीय र कदर योग्य छ ।

त्यशो त् नेपाली समाजमा दलित समुदायलाई सार्वजनिक धारा कुवा मठ मन्दिर र स्थानहरुमा यसरि जातीय भेदभाव गर्ने , अपमानित गर्ने यस्ता घटना देशभर दिनहुँ अनगिन्ती घटि रहेका छन् । स्थानीय कोहि बोलिदिने भए , सञ्चारकर्मी कसैले पिडित उपर दया दृष्टि राखेर प्रकाशमा ल्याइ दिए मात्र जगजाहेर हुन्छन्, अन्यथा झण्डै ९५  प्रतिशत घटना त्यसै दबेर गएका छन् । प्रकाशमा आएकै घटना पनि पिडकपक्षको डरत्रासका कारण स्वयं पिडितले नै कारबाही अगाडि बढाउन नचाहेर बिचैमा सेलाइन्छ ।  एकातिर राज्यको चौथो अंग समाजका उपेक्षित, उत्पीडित , दलित र गरिबका पीडालाई दया दृष्टि राखेर मात्र बोल्ने गर्छ । अर्को तिर सरकारी निकायहरुमध्ये तल्लोतहसम्म पहुँच पुगेको भनेको नेपाल प्रहरीको पुरातनवादी सोचले नेपाली समाजमा जातीय भेदभाव तथा छुवाछूत र दलित समुदायसँग सम्बन्धित सवालमा अनुसन्धान तथा पीडितलाई न्याय दिने कुरामा नैराश्यता र पूर्वाग्रह देखाउदै आएको छ ।

नेपाल प्रहरीको नैराश्यता र पूर्वाग्रहको पछिल्लो सिकार भएकी छिन तारा सुनार ।  माघ ४ गते दैलेख नारायण नगरपालिका–६ नयाँगाउँकी ३१ वर्षीया तारा सुनारले सार्वजनिक धारामा पानी भर्दैगर्दा सोही ठाउँका ३५ वर्षीय चक्रबहादुर बुढाले गाग्री छोइएको भन्दै लछारपछार गर्दै लात्तीले छाती, तिघ्रा र टाउकोमा हाने । घटनाको बिवरण सहित निवेदन लिएर प्रहरीमा उजुरी दिएकि तारा सुनारलाइ आरोपित पक्षले ‘समाज चाहिन्छ मुद्दा नगर’ भन्दै धम्क्याए अ्रन्नत प्रहरी पनि मिलापत्र गराउन सफल भयो । गाउँटोल तथा समाजमा हुने दलित समुदाय माथिको हिंसा तथा दुर्व्यवहारको घटना न्यूनीकरण गर्न तथा घटना भएमा पीडकलाई कानुनी दायरामा ल्याउने कार्यमा प्रहरीको महत्वपूर्ण भूमिका रहन्छ । तर प्रहरी प्रशासनले दलित समुदाय माथिको हिंसा तथा दुर्व्यवहारको घटना सम्बन्धि मुद्धालाई गम्भिरता पुर्वक नलिने गरेको कारण मुद्धा दर्ता हुन नसकेको प्रस्ट पाइदै आएको छ । राज्यले कानुन बनाए पनि कानुन कार्यान्यवनको स्थानिय निकायको रुपमा रहेको प्रहरी प्रशासनमा हावी पुरातनवादी सोचको कारण दलितहरु  समाजमा अझ अमानविय घटना सहन बाध्य भएका छन् ।

सरकारी निकायहरुमध्ये तल्लोतहसम्म पहुँच पुगेको भनेको नेपाल प्रहरीको पुरातनवादी सोच अजित मिझार र लक्ष्मी परियारको मुदामा यसरि पोखियो कि बहुजातीय, बहु–भाषिक समाज भएको नेपालका दलित उत्पीडित गरिवले प्रहरी भनेको राज्यको हुन्छ । प्रहरीले सबैलाई समान रुपले हेर्छ भनेर बिस्वस्त हुन् नै नसक्ने अवस्था छ ।अन्तरजातीय बिवाहा गरेकै कारण मारिएका काभ्रेका अजित मिजारको शकास्पद र रह्स्यमय हत्या प्रकरण लाइ नै हेरौ । असार २५ गते काभ्रेकि कल्पना पराजुली संग अन्तजातिय बिवाहा गरे पछि माइती पक्षले उमेर नपुगेको बहाना गराइ पाचखाल प्रशासनबाट जबर्जस्ति छुटाएको थियोे । प्रहरी प्रशासनमा केटि पक्षकाले ज्यानै समते मार्ने धम्की दिएको ३ दिनमा धादिङको गजुरिमा काभ्रेका अजित मिजारको लास सुनियोजित ढंगबाट मारेर झुन्डाइएको भेटियो । लास देख्ना साथ केही घण्टा मै गजुरी प्रशासनले बेवारिसे लास भनी प्राथमिक चौकीमा पोस्टमार्टम गरेको भनी आफै आत्महत्या गरेको झुटो सनाखत गरि लास गाडेको पाइयो  । २ दिनमा आफ्न्त र परिवारले थाहा पाए पछि लासलाइ निकाली काठमाडौ , टिचिङ हस्पिटलमा पोस्टमार्टम गरिएको थियोे । पोस्टमार्टमको पहिलो रिपोर्टले ह्त्या हो भनी सक्दा पनि मृतकका परिवारले शंकास्पद ब्याक्तीहरुको नाम सहित जाहेरि किटानी दिदा समेत प्रशासनले ती ब्याक्तीलाई अनुसन्धान गरेन। महिनौ बिति सक्दा समेत प्रशासन मौन भए , दबाबमा पक्राउ परेकालाई समेत अदालत बाट अब त् छोड्ने निर्णय भै सकेको छ  । 

त्यस्तै गरि लक्ष्मी परियारको हत्यामा पनि सुरु देखिको प्रहरीको कारवाहि तौरतरीका, अपारदर्शी प्रचारबाजि र अविवेकि निर्णयहरु पोखिदै आएको छ । प्रहरी चौकी चौबासका इन्चार्ज प्रेमपुकार चौधरीले लक्ष्मीमाथि भएको कुटपीट र अमानवीय व्यवहारबारे आफ्नो विषयक्षेत्र नभएको भन्दै लक्ष्मी परियारमाथि भएको कुटपिट, दुव्र्यवहार र महिला हिंसाको सवाललाई बेवास्ता गरी एकतर्फी रुपमा पीडकलाई नै सहयोग गरेको देखिन्छ । प्रहरीले मिलापत्र गर्ने क्रममा यदि प्रहरीले त्यस्तो गम्भीर अपराधलाई मिलापत्र नगरी कानुनी कारवाहीको दायरामा ल्याएको भए यस्तो अप्रिय घटना नहुन सक्थियो । कानूनको राज चलेको कुनै पनि देशमा प्रहरीको बेवास्ता बाट कोहि मर्यो भने त्यस घटना घट्नुमा प्रहरीको दुराशय थियो कि थिएन भन्ने छानबिन हुन्छ । दुराशय राखिएको पाइएमा प्रहरीलाइ नै हत्यारा अपराधीको रुपमा सँजाय हुन्छ भने दुराशय नभएको अवस्थामा प्रहरीले पाउनु पर्ने यथोचित पुरस्कार र सम्मान प्रदान गरीन्छ । तर यहा त् लामा परिवारले झुठा आरोप लगाउँदै लक्ष्मी परियार विरुद्ध निरमाया तामाङ्को भैंसी काटिदिएको भन्दै प्रहरी चौकी चौवासमा गरेको उजुरीलाई प्रहरीले सत्यतथ्य नबुझि लामा परिवारको प्रभावमा परी उल्टो पीडीतलाई नै १ हजार रुपैयाँ जरिवाना तिराउने कार्य गरी प्रहरीबाट कानुन बिपरित अपराध गरिएको छ । फेरी पनि प्रहरी प्रशासन प्रहरी चौकी चौबासका इन्चार्ज प्रेमपुकार चौधरीको  दुराशयमा मौनता साधेर लक्ष्मीका श्रीमान् मिलन नेपालीलाई चरम यातना दिएर श्रीमतीलाई कुटेको हुँ भन्न बाध्य पार्दैछ ।लामाका आमाछोराले परियारलाई हातखुट्टा बाँधी छाति, टाउको र खुट्टामा लात्ति, चिर्पट र लठ्ठी प्रयोग गरी कुटेको भन्ने तथ्य मृतकका छोरा सहित देख्ने सवै बाट निर्विवाद रुपले अगाडि आए ।मृत्युको सातौ दिन भएको पोष्टमार्टम रिपोर्टमा समेत शरीर थिलथिलो हुने गरी कुटिएको छ, उनको मृत्युको कारण कुटाइबाहेक अरू केही होइन  भनिएको छ ।' कुटाइ बाट लक्ष्मी परियार मरेको पोस्ट मार्टम रिपोटमा नै स्पष्ट छ, तर घटनाको न्यायिक पर्क्रिया फरक ढंगले अघि बढेको छ । आरोपित मिलन नेपालीले श्रीमतिलाई कुटपिट नगरे पनि प्रहरीले जर्वजस्ती कुटपीट गरी यातना दिएर हत्या गरेको स्वीकार गर्न वाध्य पारेको बताउदै आएका छन् ।आरोपित मिलन नेपालीको घटनामा संलग्नता भएको भन्दै मुख्य आरोपी हिरा लामा र निजकी आमा काइँलीमाया लामालाइ  सार्वजनिक अपराध शिर्षकमा थोरै भन्दा थोरै कारबाही गरि दुधले नुहाई दिने प्रपन्च रचिदै छ  ।

अब त हुदा हुदा अजित मिझार र लक्ष्मी परियारको घटनामा संलग्नलाई जोगाउनका लागि केही दल र संगठनले यो अपराधमा राजनीति गर्ने माहौल बनाउदै गएका छन । जसको परिणाम अजित मिझार र लक्ष्मी परियारको घटना भएको यतिका दिन सम्म पनि सत्य तथ्य बाहिर ल्याउन र घटनामा संलग्न दोषिहरुलाई कार्वाही प्रक्रिया अगाडि बढाउन राज्यले सकेको छैन । आम नागरिक सरह दलित उत्पीडित गरिब ले न्याय नपाउनु भनेको लोकतन्त्रको उपहास हो, राज्यको चरम लाचारीपना मात्र होइन दलित लाइ जे गरे पनि हुन्छ भन्ने उदासिनता मानसिकता हो  ।राज्यका तर्फबाट गरिएको छानबिनको यहि उदासिन माहोलमा आमनागरिक, दलित समुदाय, दलित सरोकार राखने , मानव अधिकारको वकालत गर्नेहरूको औँलाअघि चुनौती र खिसीको उनाइमा परेको काभ्रेका अजित मिजार र लक्ष्मी परियारको हत्या घटना छानबिनका लागि युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।  तर खै किन हो मन्त्रीमण्डल बाट निर्णय भएकों साता बित्न लाग्दा पनि समिति यसबारे मौन नै रहन चाहेको प्रतित हुन्छ । यो छानबिन समितिको मौनताको मतलब कुनै मौकामा तहल्का पिट्ने कुनै साइतको तम्तयारी पो छ कि ? या कतै दलितलाईं अझ दलन गर्न र दलितका मुदाले राज्यमा प्रत्य्क्ष प्रभाव नपरोस भनेर थुम थुमाउँन दलितकै नेतृत्वमा छानबिन समिति बनाएको नाटक मन्चन गरिएको त् हैंन ? यदि हो भने रुख काट्ने बन्चरो भएपनि बिड त काठकै हुन्छ भने झै समाउने पनि काठ, काट्ने पनि काठ भए जस्तै हुनेछ दलित समुदायको लागि यो  छानबिन समिति  ।

यदि होइन र सत्य तथ्य सार्वजनिक होस् भन्ने उदेश्यले  जनयुद देखी उत्पीडित समुदायको न्यायको लागी लड़दै आएका दलजीत श्रीपालीको संयोजकत्वमा छानबिन समिति गठन हुन् लागेको हो भने यो समितिले  गर्ने सत्य तथ्य छानबिन र सरकारलाई सुझाब दिई कार्यन्बयन गराउने कुराले पीड़ित भएर न्याय नपाएका दलित समुदायले जीवन र मरणको दोसाँधमा पुगेर भक्कानिँदै पल्लो  किनारमा बसेर न्याय पाइनछ कि भंने एउटा झिनो आशा पालेर  टुलुटुलु हेरिबसेका छन ।त्यस्तै गरि अर्को थरि वल्लो किनारमा बसेर दलितलाई समाजको हरेक ठाऊमा अमानबिय कार्य गर्न अभिसपत भएका एवं बिधमान सम्रचनाले दूधले धोईदिएका पिड़कहरूले के गर्न सकछ भनेर जुँगा मुसार्दै बसेका छन । यस्तो विषम परिस्थितिमा समाजमा युगौ देखि अन्याय सहेर बसेका उपेक्षित, उत्पीडित , दलित समुदायको क़ानूनी राज्य माथीको आस्थाको धरोहर नढलदै  न्याय दिलाउन छानबिन समिति सङ्कल्पित होस् र सफल होस् । अन्यथा दलित समुदाय माथि भएकों यो बर्बरताको न्यायोचित निकास हिजोको माओवादी जनयुद्ध भन्दा पनि धेरै गुणा घातक समाजका उपेक्षित, उत्पीडित , दलित समुदाय मिलेर गर्ने युद्ध हुन् सक्छ । 

Saturday, January 21, 2017

जिग्री पाँडेले मण्डल परिवारलाई सहयोग गर्न भनेर अभियान थाले

विभेद बिरुद्ध अभियान - ८ माघ, काठमाडौं । नेपालमै विशिष्ट पहिचान बोकेको जिल्ला हो सप्तरी । सप्तरी जिल्लामा ११४ वटा गाविस छन् ।जसमध्ये एउटा गाविस यस्तो विकट छ जो कसैले पत्याउनै सक्दैनन् । गमहरिया प्रबाबा गाबिसमा बस्ने मानिसहरु यतिबेला कष्टकर जीवन बिताइरहेका छन् ।न गरेर खाने खेतबारी छ, न रोजगार नै छ । त्यहाँका स्थानीयहरुलाई यतिबेला सुख्खा लागेको महसुस हुन्छ ।भर्खरका युवाहरु भए पनि रोजगारविहिन भएर घरमा बसिरहेका छन् । यो त भयो गाविसको नै पीडा । यहाँको एक परिवारको दुःख सुन्दा रुन नै मन लाग्ने छ ।
गाविसको पटिटोलमा अति कष्टकर जीवन बिताइरहेका छन्, शिवनारायण मण्डलको परिवार । उक्त परिवारमा चरम गरिबी त छदैँछ साथै भाग्यले पनि ठगेको छ ।जुन परिवारका पाँच वयस्क र एक बालक अन्धोपनको शिकार भएका छन् । घरमा कमाउन सक्ने सबैजना अन्धोपनाको शिकार भएपछि थुप्रै रात भोकै बित्छ उनीहरुको ।कसैले माया–दयाले केहि दिए भने खान पाउँछन् नभए भोकभकै बस्नुपर्ने बाध्यता छ । टिनको छानो र वरिपरि पर्खाल समेत नभएको, नाम मात्रको घरमा अति कष्टकर जीवन बिताउँदैछन् मण्डल परिवार ।
जिग्री पाँडेद्वारा सहयोग अभियान सुरु
जिग्री–पाँडे प्रतिष्ठानले उक्त मण्डल परिवारलाई सहयोग गर्न भनेर एउटा अभियान थालेको छ । जिग्री पाँडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहको संयुक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा यो अभियान थालिएको हो ।
मण्डल परिवारको लागि केही खाद्यन्न, कपडालगायत अपाङ्गमैत्री, बालमैत्री र धुवारहित घर बनाउने उद्देश्य रहेको प्रतिष्ठानका कुमार कट्टेल ‘जिग्री’ ले बताए ।केही समयअघि इजरायल बसेर नेपाल फर्केका सागर भुषाल, भद्रगोलका अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, हाल इजरायलमा रहेका सुबास खरेल, अर्जुन पौडेल, राज छत्कुली, भोजराज क्षेत्री, दिपेन पौडेल र राम ढुंगानाहरुको एक टिमले मण्डल परिवारलाई सहयोग गर्नको लागि अभियान थालेका हुन् ।
केही दिनअघि राष्ट्रिय पत्रिका कान्तिपुरमा मण्डल परिवारको विषयमा समाचार प्रकाशित भएको थियो ।यस कार्यमा सबैलाई सकेको सहयोग गरिदिन जिग्री–पाँडे प्रतिष्ठान अनुरोध गर्दछ । सहयोगको लागि सम्पर्क नम्बर ९८४१०२६२६६

Friday, January 20, 2017

दलित दलितबीचको खाडललाई सम्याउ - पूर्णबहादुर विक (पहाडी)

विभेद बिरुद्ध अभियान, माघ ८ - नेपालमा छुवाछूतको सुरुवात लिच्छविकाल (सन् १६२–७८९) बाट भएको पाइन्छ । तर त्यसले संस्थागत मान्यता पाएको थिएन । लिच्छविकालको अन्त्यपछि मल्लकालीन राज्यको स्थापन (सन् ७८९–१७६८) मा भयो ।

मल्लकालीन राजा जयस्थिति मल्लले १४३७ मा काठमाडौं राज्यमा हिन्दू धर्मग्रन्थ मनुस्मृतिको आधारमा कठोर प्रकारको हिन्दु वर्णश्रम राज्यव्यवस्था स्थापना गरे । त्यसैबेला भारतबाट पाँचजना कट्टर हिन्दूवादी ब्राह्मणहरु कृतिनाथ उपाध्याय, रधुनाथ झा, रामनाथ झा, श्रीनाथ भट्ट र महिनाथ भट्टलाई ल्याएर काठमाडौं राज्यमा नेवार समुदायको मानिसलाई चार वर्ण, चौसट्ठी जात र ७२५ उपजातमा विभाजन गरी समाजमा श्रमजीवी वर्गलाई पानी नचल्ने अछुतो जातिमा परिभाषित गरे । त्यति बेलाबाट नै नेपालमा मानवलाई दलित बनाउन सुरुवात भएको पाइन्छ ।

सन् १९६०–९५ देखि नेपाली धर्तीमा कानुनी रुपमा मानवलाई दलित बनाउँदै मानव सभ्यताविपरीत निकै कठोर प्रकारको दण्ड सजायको भागिदार बनाउनेतर्फ लागे । दलितहरुको काम कर्तव्यको निर्धारण पनि गरियो । त्यसबेला मानव जातिलाई विभिन्न जात, जाति उपजातिमा विभाजन गरेका थिए । जस्तै शूद्र, दोम, कपाली, कसाई, कुसुले आदि । त्यसैगरी काम, कर्तव्य पनि विभाजन गरियो । शूद्रहरुले जातीयताको आधारमा खानपान, पोसाक, गरगहना र बासस्थान गाउँको छेउमा हुनुपर्ने, सुनका गहना लगाउन नपाउने, पक्की घरमा बस्न नहुने नियम बनाइयो । दोमले स्वास्नी नचाएर खानुपर्ने, कुसुलेले फोहोर सरसफाइ गर्ने, कपालीले डमरू बजाउने तथा नाचगान गर्ने, कसाइले बाजा बजाउने राँगा काटेर बेच्न आदि काम तोकियो । शूद्रलाई दिनमा हिँडडुल गर्न प्रतिबन्ध लगाइयो । रातमा मात्र हिँडन पाइन्थ्यो । दिनमा हिँडडुल गर्नु परेमा दुईवटा हातमा लौरोको आवाज दिएर मात्र हिँडडुुल गर्न पाइन्थ्यो । उपल्लो जातिलाई शूद्रले जानिबुझी छोएमा उसलाई मृत्युदण्डसम्म दिने र उपल्लो जातिका स्त्रीसँग शूद्रले शारीरिक सम्पर्क गरेमा उसको लिङ्ग काटेर हत्या गरिन्थ्यो । शूद्रको कुनै अङ्गले उच्च जातिको सवर्णलाई छोएमा कठोरभन्दा कठोर कारबाहीसहित सजाय हुन्थ्यो ।

तर उपल्लो जातिको सवर्णबाट शूद्र तल्लो जातिको स्त्रीसँग शारीरिक सम्पर्क गरेमा हिन्दू धार्मिक ग्रन्थबाट चोख्याउने काम हुन्थ्यो । जातीय र धर्मको आधारमा ब्राह्मणवादी हिन्दू शासकहरुले दलितमाथि अमानवीय दुव्र्यवहार अझै बढाउँदै लगेको पाइन्छ । वि.स.१६०६–१६३३ मा गोरखाका राजा राम शाहले गोरखा राज्यलाई चार वर्ण छत्तीस जात र विभिन्न उपजातिमा विभाजन गरेको पाइन्छ । आफ्नो शासनकालमा चार वर्ण भने पनि शूद्रहरुमाथि मात्र राज्यको कानुन लागेको पाइन्छ ।

राम शाहको राज्यकालपछि पृथ्वीनारायण शाहले (वि.स.१७७९–१८३१ ) मा आफ्नो दिव्य उपदेशमा ‘यो फूलबारी छोटा बढा चारै जात छत्तीस वर्णको असली हिन्दुस्थान हो । आफ्नो कुल धर्म नछाड्ने भनेका छन् ।’ पृथ्वीनारायण हिन्दू धर्मका कट्टर पक्षपाती थिए । हिन्दुस्थान भारतजस्तै नेपाललाई पनि हिन्दूधर्मको आधारमा राज्य सञ्चालन गर्न चाहन्थे । नेपालको एकीकरण प्रक्रियामा उनले जातिच्यूत र जाति उकास्ने काम गरेका थिए । कीर्तिपुरको लडाइँमा पराजित भएपछि रातारात नुवाकोट ल्याउन सहयोग गर्ने दुवान शूद्र जातिलाई जाति उकासेर पुरावर उपल्लो जाति बनाएका थिए । राज्य बिस्तारको क्रममा मकवानपुरे राजा दिन्बन्धन सेन मगर जातिका थिए । उनलाई पराजित गरेपछि राजालाई मृत्युदण्ड र उनका सन्तानलाई सार्की जातिमा जातिच्यूत गरेका थिए । यसले के देखाउँछ भने मन परेकालाई जाति उकास्ने मन नपरेकालाई जातिच्यूत गर्ने गरिन्थ्यो । त्यो जोसुकै किन नहोस्, ब्राह्मणवादी चिन्तनमा हुर्केको यो समाज धर्मको नाममा एक हिस्सा मानव समुदाय दलितलाई अन्धविश्वास रुढीवादी, भाग्यवाद र कर्मको खेल भन्दै अग्रगामी चेतनामा ब्रेक लगाइयो । तर मानव जाति दलितहरूले धेरै समय दुःखकष्ट भोग्दै मानव, मानवबीचको खाडललाई सम्याउन लाखौं दलित समुदायको मुक्ति आन्दोलन २००४ सालबाट शुरु भयो । दलित सङ्गठन स्थापन हुँदै २०१५ सालमा तुलाराम विकको नेतृत्वमा गठन भएको राष्ट्रिय अछूत मुक्ति परिषद् २०२४ सालमा मिठाइदेवी विकको नेतृत्वमा गठन भएको नेपाल दलित जनविकास परिषद् लगायत अहिलेसम्म विभिन्न १०० भन्दा बढी सङ्गठनको स्थापना भएका छन् ।

दलितबाट मानवसम्मान हुनका लागि आन्दोलनको झन्डा उठाउँदै आउनु भएका हाम्रा दलित सहिद विभिन्न परिथितिमा दलित आन्दोलनका अगुवाहरुलाई सम्मान गर्नुपर्छ । दलित आन्दोलनको सिको गर्दै दलित सङ्घसंस्थाहरु खुल्ने क्रम पनि जारी छ । विभिन्न चरणमा दलित आन्दोलन अगाडि बढीरहेको छ ।

नेपालको इतिहासमा यसलाई सकारात्मक रूपमा स्वागत गर्नुपर्छ । तर दलित सङ्गठनभित्र नीति र एकताको भने गम्भीर समस्या रहेको विभिन्न आलेख बाट प्रमाणित हुन्छ । दलित सङ्घसङ्गठन धेरै भए पनि नीतिगत एकता र दलितदलितबीचको एकता भने शून्य रहेको पाइन्छ । फेरि पनि विभिन्न समयमा विनाएकता दलित आन्दोलन भइरहेका छन् ।

राजनीति दलको आड भरोसामा २००७, २०३५, ०३६, २०४६ र २०५२ सालमा दलित आन्दोलन भए । २०५२ बाट सुरु भएको माओवादी आन्दोलन कुनै न कुनै हिस्सामा दलितहरूको अहम् भूमिका रहेको पाइन्छ । फेरि पनि दलितमाथिको अन्याय, अत्याचार, दमन भने कमी भएको छैन । अहिलेसम्मको इतिहासलाई लेखाजोखा गर्ने हो भने दलितहरू एकआपसमा त ठूलो, म ठूलो भन्ने दलदलमा नै अलमलिएको छौँ । दलितबाट मानव बन्नुपर्छ भन्ने कुनै खास नीति नहुँदा यसको फाइदा विभिन्न राजनीतिक दलहरूले दलितहरुलाई आफ्नो स्वार्थअनुसार प्रयोग गरेको देखिन्छ ।

दलितहरूको समस्या भनेको पहिला मानव मानवबीचको जातीय खाडल हो । जबसम्म यो खाडललाई सामाजिक र नीतिगत रुपले सम्मयाउन सकिँदैन तबसम्म राजनीति दलहरुले हतियारका रुपमा प्रयोग गर्नेछन् । आफू प्रयोग हुनुभन्दा पनि पहिला नेपाली समाजमा दलित दलितबीचको अहंकार र खाडललाई सम्मयाउनु आवश्यकता छ । अहिलेको ठूलो दल नेपाली काङ्ग्रेसले पनि दलितहरुलाई प्रयोग मात्र गरेको देखिन्छ । २००७ साल देखि २०६२÷६३ सम्मका आन्दोलनमा दलितहरूको उल्लेख्य भूमिका रहेको पाइन्छ । तर दलितहरुको उपलब्धि भने शून्य नै छ । मन्त्री मण्डलमा पनि दलित नेताहरूको स्थान कमै हुन्छ । त्यो पनि छेउ पुछारको मन्त्रालयमा चित्त बुझाउनुबाहेक अरु कुनै विकल्प हुँदैन । नेकपा एमालेलगायतका विभिन्न राजनीतिक दलहरुले दलितलाई प्रयोग गरेको मात्र देखिन्छ । तर माओवादी जनयुद्धले भने दलितको अधिकारलाई केही रुपमा सहज बनाएको जगजाहेर नै छ । तर पार्टीगत रूपमा भने दलितलाई दिने अधिकार अन्य दल सरह नै छ ।

अब आउने दिनमा दलितलाई मानव बनाउने प्रयास सकारात्मक रुपले अगाडि बढाउन दलित दलितबीचको खाडललाई सम्याउनु आजको आवश्यकता हो । समयको आवश्यकता अनुसार चल्न सकेनौँ भने दलित भन्ने शब्दलाई मानव सम्मान शब्दमा परिवर्तन गर्न असमर्थन हुनेछौँ ।

बरङ्जा, म्याग्दी : हाल ओमन-

रातोपाटि बाट 

Thursday, January 19, 2017

अन्तरजातीय विहेले मान्यता नपाउने भएपछि एउटै डोरीमा झुण्डिएर आत्महत्या

सुरेन्द्र भण्डारी-विभेद बिरुद्ध अभियान-माघ ७, २०७३- समाजले अन्तरजातीय विवाहको मान्यता नदिने भएपछि  यहाँका एक जोडीले एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका छन् ।

यसरी आत्महत्या गर्नेमा झापाको कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी (सार्की) र सोही ठाउँका ईश्वर भट्टराई रहेका छन् ।

कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २३ वर्षीया तोलामी र उनकै छिमेकी २५ वर्षीय भट्टराईले सिसौको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । 


इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले दिएको जानकारी अनुसार बिहान ५ वजे घरबाट निस्किएका उनीहरुले प्लास्टिकको डोरीको प्रयोग गरेर आत्महत्या गरेका छन् । आत्महत्या गरेका उनीहरु अङ्गालोमा बाँधिएर झुण्डिएको देख्दा पनि प्रेम सम्बन्धका कारण यस्तो कठोर निर्णय गरेको हुनुपर्छ, प्रहरी नायब उपरीक्षक थेवेले भने । 

माघ २४ गते केटीको विवाह हुने निश्चित भएको र उनको फूलमाला पनि भइसकेको पारिवारिक स्रोतले जनाएको छ । अस्मिताको विवाह विराटनगर निवासी एक व्यक्तिसँग निश्चित भएर फूलमाला भएको बताइएको छ । भट्टराई भने चालकको काम गर्दै आएका र उनले ट्याक्टर चलाउँदै आएको स्थानीयवासीले बताएका छन् । 

Monday, January 16, 2017

दलित एकता संजाल र विश्वकर्मा समाजले संयुक्त रुपमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए

विभेद बिरुद्ध अभियान - माघ २- जातिय विभेद र छुवाछुतका जघन्य अपराध र घटनाहरू प्रति सरकारको ध्यानाकर्षण गर्दै संयुक्त रुपमा प्रधानमन्त्री पुष्प कमल दाहाल लाई दलित एकता संजाल युएई र विश्वकर्मा समाज युएईले ज्ञापनपत्र बुझाएका छन ।
दशौं विश्व भविष्य ऊर्जा सम्मेलनमा भाग लिन युएई आएका प्रधानमन्त्री प्रचण्डलाइ दलित एकता संजाल युएई र विश्वकर्मा समाज युएईले हिजो करिब ६ महिना अगाडि  हत्या गरिएका अजित मिजारको सम्बन्धमा नेपाल सरकारका बिभिन्न निकाय र स्वयम प्रधानमन्त्री ज्यु बाट हत्यारालाई कारबाही गर्ने गरि आएको प्रतिवद्दता बिपरित आएको अजित  मिजारको हत्यारालाई पुनराबेदन अदालत को फैसला लगायत काभ्रे जिल्ला कै गरिब परिवार कि लक्ष्मी परियार लाई मलमुत्र खुवाएर चरम यातना दिई मारिएको घटनाको दोशिलाइ कार्वाही गर्ने एव दलित समुदायको मौलिक हक अन्तर्गत  संबिधानको  धारा ४५ को उपधारा (१),(२),(३),(४)र (५) मा "कानुन बनाइ" भन्ने बाक्यांस हटाएर संबैधानिक अधिकार प्रदान गरि स्थापित गरिएका  आरक्षण सम्बन्धि ,समाबेसी , समानुपातिक रुपमा राज्यको उच्चस्तरीय सेवा सुविधा र सुरक्षा   देखि ग्रासलेबल सम्म राज्यका सबै सबै निकायमा बन्चित पारिएका दलित तथा अल्पसंख्यक समुदायलाई अनिवार्य समाबेसि रुपमा  ब्यबस्था गरि वास्तविक जन स्तरमा पहुच हुने ब्यबस्था ल्याउन माग गरिएको छ । हेर्नुस ज्ञापनपत्र 

मितीः १५ जनवरी, २०१७
श्रीमान सम्माननीय प्रधानमन्त्री ज्यु,
नेपाल सरकार ।

बिषय :  संयुक्त ज्ञापनपत्र
जातिय विभेद र छुवाछुतका जघन्य अपराध र घटनाहरू प्रति सरकारको ध्यानाकर्षण बारे
महोदय,
सर्बप्रथम “दलित एकता संजाल नेपाल तथा विश्कर्मा समाज” सम्मानिय प्रधानमन्त्री ज्यु लाइ युएइ मा हार्दिक स्वागत गर्दछौ ।
प्राकृतिक सुन्दरता र विविधताले भरिपूर्ण विश्वको नजरनै आकर्षण  गराउने उच्च हिमाल सगै सुन्दर प्राकृति , बहु–भाषिक बहु–सांस्कृतिक एवंम् बहु–जातिय फूलहरुले सजिएको सुन्दर देश नेपालको नाम उच्चारण गर्न पाउँदा निकै गर्व गर्दछौँ । तर आजको २१ औ शताब्दीमा विश्व जगत पृथ्वीलाई साँघुरो बनाउँदै दोस्रो दुनियाँ चन्द्र, मंगल ग्रह जस्तो ठाउँमा मानव बस्ति बसाल्ने विषयमा खोज अनुसन्धानहरु भैरहँदा विडम्बना हाम्रो देशमा अझै पनि एक मानवले अर्काे मानवलाई मानव सरह  व्यवहार गर्न नसक्नु निकै लजास्पद विषय बनिरहेको छ, भने पिडित पक्षहरु मरेतुल्य भएर जिवन जिउन बाध्य छन् ।
हिजोको तुलनामा आज नेपाली समाज पनि शिक्षित बन्दै गईरहेको छ तर पनि समाजमा रहेका विद्यमान विकृतिहरु हट्न सकिरहेका छैनन् । एउटा विद्यार्थी जसले राजधानी जस्तो ठाउँमा जातकै कारण कोठा भाडामा पाउँदैन । अन्तरजातिय विवहा गरेकै कारण हत्या सम्मको घटना घटिरहेका छन् । जातकै आधारमा बोक्सीका आरोप लगाई दिसा पिसाब खुवाई कुटपिट गरि हत्या समेत भैरहेको छ । जातको आधारमा गरिएका यस्ता खाले दुव्र्यवहार, भेदभाव, अपहेलनाले पिडित पक्षहरुलाई पिडा त एक ठाउँमा छँदैछ, देश भित्र यस्ता विभेदहरु आज सम्म पनि निर्मुल हुन नसक्नु दुखद र लज्जासपद छ । साथै अन्तराष्ट्रिय स्तरमा पनि राज्यको गरिमामा समेत नकरात्मक प्रभाव परिरहेको छ ।
करिब ६ महिना अगाडि  हत्या गरिएका अजित मिजारको सम्बन्धमा नेपाल सरकारका बिभिन्न निकाय र स्वयम प्रधानमन्त्री ज्यु बाट हत्यारालाई कारबाही गर्ने गरि आएको प्रतिवद्दता बिपरित अजित  मिजारको हत्यारालाई पुनराबेदन अदालत ललितपुरले धरौटीमा रिहा गरेको खबर ले संयुक्त दलित समुदायको गम्भीर ध्यनआकर्षण भएको छ भने उक्त घटनाको दोषीले सम्माननीय अदालतबाट सफाइ पाउनु दु:खद छ । घटनाको प्रकृतिर्लाइ अध्ययन गर्दा हत्या भएको हो भन्ने प्रमाणित भैसकेको र हत्यारा पत्ता लागिसकेको अवस्थामा हत्यारालाई उन्मुक्ती दिने गरी गरिएको फैसाला प्रती हाम्रो गम्भिर आपत्ति रहेको छ । यस्ता प्रकारका घटनाहरुमा सरकार पक्षबाट दोषीलाई तत्काल  कारबाही र पिडितलाई न्यायका लागि के केस्ता पहल कदमी भैरहेका छन् यस विषयमा समेत पिडित समुदाय अनविज्ञ छ  । तसर्थ हत्यारा लाई तुरुन्त पक्राउ गरी कानुनी कारबाहिका लागि जोडदार माग गर्दछौँ  भने अन्धबिस्वासको चरम रुप काभ्रे जिल्ला कै गरिब परिवार कि लक्ष्मी परियार लाई मलमुत्र खुवाएर चरम यातना दिई मार्ने हिरा लामा अत्यन्त खुसी मुद्रामा  देखिन्छ  भने निर्दोष मिलन परियार लाई सुनियोजित तरिका ले फसाउने षड्यन्त्र गरिएको छ निज निर्दोष ब्याक्ती लाई बचाउन र अबोध बालकहरुको संरक्षणको लागि मिलन परियार लाई रिहाइ गरि  यश घटनाको दोशिलाइ कार्वाही गर्नेमा सम्माननिय प्रधानमन्त्री ज्यु लाई बिशेष  ध्यानाकर्षण गराउन चाहान्छौ।
दलित समुदायको मौलिक हक अन्तर्गत  संबिधानको  धारा ४५ को उपधारा (१),(२),(३),(४)र (५) मा “कानुन बनाइ” भन्ने बाक्यांस हटाएर संबैधानिक अधिकार प्रदान गरि स्थापित गरिएका  आरक्षण सम्बन्धि ,समाबेसी , समानुपातिक रुपमा राज्यको उच्चस्तरीय सेवा सुविधा र सुरक्षा   देखि ग्रासलेबल सम्म राज्यका सबै सबै निकायमा बन्चित पारिएका दलित तथा अल्पसंख्यक समुदायलाई अनिवार्य समाबेसि रुपमा  ब्यबस्था गरि वास्तविक जन स्तरमा पौच हुने ब्यबस्था होस ।
नेपालको शिक्षाले आज सम्म पनि मानवको जात मानव नै हो उसको अर्काे जात छैन भन्ने कुरा पढाउन नसकिरहेको पाठ आम नागरिकलाई पढाउनका लागि अब सरकारकै तर्फबाट पहल होस, आगमी दिनमा यस्ता प्रकृतिका घटनाहरु नदोहोरिउन, जातिय रुपमा नेपालमा हुने विभेद अत्यका लागि प्रत्येक जिल्लाका गाउँ–गाउँमा जनचेतनामुलक कार्यक्रम ल्याईयोस, पिछडिएका समुदायहरुलाई स्नातक तह सम्मको निशुल्क शिक्षाको पूर्ण ग्यारेन्टिको माग गर्दै अन्तमा : प्रबासी नेपाली लाई  बिदेसमा रहेका कुटनैतिक नियोग मार्फत भोटिङको ब्यबस्था गरि हाल   युएइ मा रहेको राजदूतावास अबुधबी मा भएकोले  दुबई  शार्जह ,फुजेरा रसअलखेमा रहेका नेपाली हरु लाई अबुधबी सम्म पुगेर काम गर्न निक्कै कठिनाइ  भएको हुदा दुबई को वर दुबईमा कन्सुलर अफिस ब्यवस्थापनको लागि पहल  गर्न हार्दिक अनुरोध गर्दै सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ज्युलाई  हार्दिक अनुरोध सहित संयुक्त ज्ञापन पत्र पेश गर्दछौ ।
      धन्यवाद ।

  दलित एकता संजाल नेपाल युएई  तथा विश्वकर्मा समाज युएई

Saturday, January 14, 2017

हाम्रो सोच कहिले परिवर्तन गर्ने ? - गोपाल सिवा

विभेद बिरुद्ध अभियान, माघ २- देशमा आवश्यक रोजगारीको ब्यवस्था नहुनु, लामो समयदेखीको राजनितिक द्वन्द तथा अस्थिरता, सामाजीक असुरक्षा लगायतका यावत समस्याहरुका कारण बिदेसिने नेपालीहरुको संख्या पछिल्लो दिनमा अत्याधिक रुपमा बढिरहेको छ । बैदेशिक रोजगार,अध्ययन ,अध्यापन तथा ब्यापार व्यवसायको लागि संसार भरी नेपालीहरु कति संख्यामा बिदेशिएका अर्थात छरिएर रहेका छौ होला त ? बिभिन्न माध्यम भएर बिदेशिने नेपालीको अहिलेसम्म कसैसँग उपयुक्त तथ्यांक नभएपनि  अहिले सम्म ७१ देशमा करिब ४० लाख नेपालीहरु रहेको अनुमान गरिएको छ ।

हाम्रो पहिचानमा गर्व गर्ने हामीले नै हो । त्यसैले, यसको संरक्षण गर्ने जिम्मेवारी पनि हामी सबैको हो । सम्भवत यहि आत्मबोध भएर होला एका तिर विश्वभर छरिएर रहेका नेपालीहरुले संस्थागतरुपमा एकत्रित भै नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण एवं सम्बर्धन तथा नेपाली समुदायहरुका हितका लगि कार्य गर्ने उद्देश्यले संस्था खोलेर लागि परेका छन्  । हामी नेपाली भएको नै हाम्रो छुट्टै कला, संस्कृती, संगीत, भाषा-साहित्य लगायतका पहिचानले नै हो र यदि यस्ता पहिचानहरुको संरक्षण समयमै भएन भने र हामि जस्ता युवा पुस्ताले गरिएन भने यस्ता पहिचानहरु लोप भएर जाने छन ।बास्तवमै प्रवासमा रहेका नेपालीहरु जहा जहा रहे पनि  संगठीत हुदै , कला, संस्कृती, संगीत, भाषा-साहित्य, नेपाली समुदायको हितमा लाग्नु र देशको हितका लागि संगठीत हुने कुरा पक्कै पनि देश र देशबासीका लागि सकारात्मक हो ।

त्यस्तै गरि अर्को कुरा विश्वको कुनाकुनामा छरिएर रहेका प्रवासी नेपालीहरुले बिदेशबाट ३ बर्ष ,५ बर्ष वा दश बर्ष काम गरी फर्किएर आउँदा ल्याएको सीप, जाँगर र पूँजीबाट नेपालमै व्यवसाय गरिरहेका पौरखीहरुको धेरै कथाहरु छन । देखे र भोगेका अनुभवहरु स्वदेशका लागि उपयोगी केहि हद सम्म सावित भएका छन । तर बिडम्बना मुलुकप्रति थप जिम्मेवार बन्न सक्ने प्रवासमा रहेका नेपालीहरुले विदेशमा सिकेको सीप, आर्जेको अनुभवको त् प्रयोग गर्छन तर समता मुलक समाजको ब्यबहारिक रुपमा लागु गर्न भने सक्दैनन्  ।समयसँगै विगत र आगतमा समाज द्रुत गतिले परिवर्तन भइरहेको छ । यो राम्रो पक्ष हो, तर त्यही सामाजिक परिवर्तनसँगै नेपाली समाजमा अनेक किसिमका विकृति र विसंगति पनि प्रवेश भइराखेका छन् ।बिदेशमा सवै जात समुदाय मिलेर बसेका हुन्छन  तर नेपाल फर्के पछी धेरैमा जातीय विभेद र छुवाछुतको सोच देखिन्छ ।  यो तीतो यथार्थ हाम्रो समाजसँग छ ।

एउटै गाउँमा वसोवास गर्ने भएपनि अहिले सम्म पनि दलित र गैरदलितका लागि फरकफरक पानीका धारा पर्योग गर्दै आएका , कहिलेकाही एकै गाउ ठाउका पानी भर्ने बेलामा पानीको छिटा पर्‍यो र छोइयो भने सुनपानी छर्किंदै ‘डुम’ले छोइदियो भन्दै गाली गर्ने कथित ठुला जात र साना जात अर्थात पीडक र पिडितहरु धेरै जना प्रवासमा आएर एकै भान्सा , एकै कोठा एकै काम गरेर बसेका छन् । बिस्टको छोरोछोरी र बालीघरे कामि दमाइ सार्कीको छोराछोरीहरु प्रवासमा बस्दा समाजमा व्याप्त जातीय भेदभावपूर्ण व्यवहारले प्रचलित कानुनलाइ समेत चुनौती दिदै आधुनिक सामाजिक संरचनालाइ आफैले असभ्य बनाएको र मानवीय पक्षलाई खिल्ली उडाएको हिजोको संक्रिण र अमानवीय जातीय भेदभावको पर्खाल आफै भत्काएको प्रतित हुन्छ  । जे जस्तो अवस्थामा हामी नेपाली बिदेशीएको भएता पनि विदेशमा हुदा सबै नेपालीको सम्पर्क हुने , सवै नेपालीले समता मुलक समाज बनेर बस्ने र एक अर्काको सम्मान गर्ने स्वाभिमानी सस्कार स्थापित भएको छ ।तर जब प्रवास बाट फर्किएर स्वदेश पुग्छन अनि आफुले निर्माण गरेको समतामुलक बाताबरण र सस्कारको खिल्ली उडाउदै बिदेशमा जे भए पनि यो हाम्रो समाज हो बुढाबुढी वा बावु आमाले मान्दैनन् र बिस्तारै परिवर्तन हुँदै जान्छ भनेर चोखो बन्छन । सार्वजनिक रुपमा विभेद कायम गर्छन  । विदेशमा हुदा आफूले सिकेका सीप, जाँगर र पूँजीका कुरा घरमा आमाबुबालाई सिकाउन सक्नेले समाजमा बुझेर वा नबुझेर, प्रत्यक्ष वा अप्रत्यक्षरुपमा परापूर्वकालदेखि दलित समुदाय माथि सार्वजनिक  हिंसा र शोषण निरन्तररुपमा गर्ने आफ्नो परिवारको  पुरानो सोचलाई आफु उदाहरणीय बनेर सिकाउँन  चाहदैनन   ।  

केहि समय अघि साउदीमा घिमिरे थरका साथि संगै एकै कोठामा भान्सा खाने बस्ने काम गर्ने दैलेखका सार्की थरका मित्र नेपाल जादा घिमिरे  मित्रको चकलेट , घडी , बदाम पारसल लिएर गएका रहेछन । साथीको सामान पुराउन पुगेका  सार्की थरको मित्रको  परिचय थाहा पाईसकेपछि घिमिरेका परिवारले तँपाई हजुर बाट एक्कासि तिमि भन्न थालेको अनुभव सुनाए । पछी मित्रलाइ घर बाट फर्केर बताउदा  गाउका दमै कामीले जधौ भन्दै हिडने गरेको र आफ्नो घरमा चिया खाँदासमेत गिलास माझेर जाने गरेको कुरा भाका हाली हाली सुनाएछन ।जातीय विभेदको अन्तय गर्नका लागि राज्यको कानुन अनुकूल मात्र हैन  तपाई हाम्रो सामाजिक सोचमा परिवर्तन आवश्यक छ । तर बिडम्बनाका साथ् भन्नु पर्छ डण्डहीनताले पराकाष्ठा नाघेको नेपालमा जातीय भेदभाव तथा छुवाछुत प्रथा जस्ता अमानविय भेदभाव तथा समाजिक कुसंस्कार र संस्कृति एव कथित दलित समुदाय प्रति गरिने हिंसा र ज्यादती एउटा ठूलो समस्याको रुपमा आइराखेको छ । यसले हाम्रो समाजलाई निकै भयावह बनाउँदैछ ।  नया नेपाल बनाउन मिलेर जाउ सवै भन्दै अघि लम्केको नेपाली समाज जति नयाँ युगमा प्रवेश गर्दैछ, त्यति नै अजित मिझार , लक्ष्मी परियार संग भएका आपराधिक घटनाका प्रकृतिहरु पनि क्रूर, अमानवीय तथा भयंकर किसिमका देखिंदैछन् । नेपालमा घटेका यी सबै आपराधिक घटनाहरुका प्रकृतिलाई हेर्ने हो भने मानवीय संवेदना, सदाचार, संस्कार, व्यवहार हाम्रो समाजमा योभन्दा क्षतविक्षत हुने कुनै ठाउँ छैन । समाजमा व्याप्त रहेको जातीय विभेद र छुवाछुत  अन्त्य गर्न म बाट केही योगदान पुग्छ भने, किन नगर्ने भनेर सहभागी हामी किन हुन् सक्दैनौ ? म बिदेशमा समता मुलक समाज देखेको आफैले भोगेर आएको छु र मेरो समाजमा रहेको जातीय विभेद र छुवाछुत एव जातिका आधारमा गरिने भेदभाव, सानो वा ठूलो भन्ने जुन प्रवृत्ति छ त्यो अन्त्य गर्नु मेरो पनि कर्तब्य र समाज विकास को लागि अपरिहार्य हो भनेर हामी किन लाग्न सक्दैनौ ?हामीले आफ्नो अनुभव अरुसंग साट्ने र मान्छेको सोचमा परिवर्तन ल्याउन इमान्दार कोशिश किन गर्दैनौ ?

बर्षे देखि हाम्रो समाजमा आर्थिक सामाजिक राजनीतक धार्मिक र जातीय रुपमा पछाडी राखिएको कथित दलित समुदाय सामजिक न्याय, समानता र आत्मसम्मानका लागि संघर्षरत छ। यो समुदाय माथि गरिने हिंसा कथित दलित समुदायलाई मात्र गरिएको हिंसा होइन, सम्पूर्ण नेपाली समाज र सभ्यतामाथि भइरहेको अपराध र हिंसा हो, सबै मानव जातिमाथिको हिंसा हो, यसको अन्त्यका निमित्त  सबैको मौनता तोडिनुपर्छ र यो  तोडिने कार्यको थालनी बिदेशमा हुदा रास्ट्रियता , एकता , भाइचाराको कुरा गर्ने तिनै ४० लाख नेपालीहरु बाट अब सुरु गरिनु पर्छ । जसले दलित माथि हिंसा गर्छ, त्यही अब सुध्रिन जरुरी छ । हामी जहाँ रहे, भए पनि दलित माथि हुने कुनै पनि खालको अपराध र हिंसाको विरुद्धमा एकजुट हुनु अत्यावश्यक छ । 

केहि बर्ष अघि नेपालमा नाम कमाएका एक जना नायकले अमेरिका बसाइ बाट फर्किदा अमेरिकामा हुदा छुने नहुने छोएको, खाने नखाने कुरा खाएको भन्दै आफु भित्रको व्याप्त अन्धविश्वासहरू बाट चोखिन  तथा मुक्त हुन् पशुपतिमा नुहाएर घर आएको भन्दै अभिव्यक्ति दिए ।  बिदेशमा  हुदा त्यहाको बिकास , समाजको सस्कार , सभ्यता देखेर कहिले होला हाम्रो नेपालमा यस्तो भन्दै कलपना  गरि देशमा फर्केर आफै विभेद गर्ने , समाजमा पुरातन सोचलाई हावी बनाउने हाम्रो सोच कहिले परिवर्तन गर्ने ?  मुलुकप्रति थप जिम्मेवार अनुशरण गर्न सकेमा राष्ट्रप्रतिको आफ्नो जिम्मेवारीलाई केही रुपमा भए पनि पुरा गर्न मद्दत पुग्ने छ र हामीले विदेश बाट सिकेर आएको सीप, जाँगर , पूँजी र सस्कार लागु भै समुनत नेपाल बने कुरामा दुइमत छैन ।

थुईक्क तिम्रो ठुलो जात ! कहिले हुन्छ परिवर्तन ?- भवानीप्रसाद शर्मा

विभेद बिरुद्ध अभियान, माघ २-  मुसलमान भाईको फ्रेस हाउसमा गएर उसले हलाल गरी काटेको मासु किनेर खान्छौ, मुसलमानको सैलुनमा गएर कपाल मुण्डन गर्दछौं । मुसलमान भाईकै होटल तथा रेष्टुरा तथा मिठाई पसलमा गएर भोजन गर्दछौं । छोराले क्रिश्चियन धर्मकी गोरेनी केटी बिहा गर्दा गर्ब गर्दछौ । गोरालाई छोरी दिन पाए झनै अगाडी सर्दछौ । बिदेशी नागरीकलाई जुन धर्म, सम्प्रदाय र जातको भएपनि छोरी ज्वाई जस्तै सम्मान गर्दछौ । 

दमाई दाईले सिलाएको कपडा लगाएर आफुलाई उच्च बर्गको ठान्दछौ । कामी दाईले बनाएको महलमा बसेर आफुलाई खान्दानी भन्दछौ । कामी दाईले नै बनाएको मन्दीरमा पुजा गरेर आफुलाई धर्मात्मी घोषणा गर्दछौं । सुनारले बनाएको सुनमा पानी राखेर छर्कीदा शुद्ध हुन्छौ । सार्कि दाईले सिलाएको जुता लगाएर आफुलाई नायक सोच्दछौ । त्यतिमात्र होइन बिभिन्न पार्टीको खोल ओढेर प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नारा लगाउँदै छुवाछुत, समानता, बिभेद र माबनअधिकारका भाषण ठोक्दछौं अनि बिकासका गफ गर्दछौ । कुकुर सँग बसेर सँगै खान्छौ, सँगै सुताउँछौ, चुम्वन गर्दछा, काखमा लिएर माया गर्दछौ र तिहारमा पूजा समेत गर्दछौं । तर हिन्दु धर्म भित्रका आफ्नै गोत्रीय दाजुभाई, सँगैका छिमेकी, आफ्नै देशका दाजुभाई तथा दिदी बहिनीलाई तल्लो जातर सानो जातको भनेर छुवाछुतको व्यवहार गर्दछौं ! घरमा बोलाएर बाहिर ल्याएर खान दिन्छौ ! 

बिवाहमा बाजा बजाउन बोलाएर पाखामा लगेर टपरीमा खान दिन्छौ ! किन त्यसो गरेको भन्दा बुढाबुढी वा बावु आमाले मान्दैनन् र बिस्तारै परिवर्तन हुँदै जान्छ भनेर चोखो बन्दछौ ! थुक्क तिम्रो ठुलो जात ! कहिले हुन्छ परिवर्तन ? 
धौलागिरि अनलाइन बाट