Sunday, May 28, 2017

झापाका प्रमुख तीन पार्टीहरुले दलितलाई आरक्षण कोटामा मात्र खुम्च्याए

विभेद बिरुद्ध अभियान - जेठ १४  । दमक / झापामा दोस्रो चरणअन्तरगत ३१ जेठमा निर्वाचन हुँदै छ। निर्वाचनमा झापाका लागि मुख्य दलहरुले उम्मेदवार सिफारीस गरिसकेका छन् भने कतिपय स्थानमा उम्मेदवारको चर्चासमेत बढ्दै गएको छ।
तर अहिलेसम्म झापाका मुख्य दलहरुले १५ स्थानीय तहहरुमा गाउँ तथा नगरको प्रमुख र उप्रमुखमा अहिलेसम्म दलित उम्मेदवारको नाम चर्चामा ल्याएका छैनन्। उम्मेदवार सिफारिस भएको ठाउँमा समेत दलितलाई सिफारिस गरिएको छैन। उनीहरुले कोटामा नै सीमित रहनुपर्ने भन्दै दुखेसो समेत गरेका छन्। स्थानीय तह निर्वाचनमा दलित समुदायका आकांक्षीहरु भए पनि उनीहरुलाई विभिन्न बाहानामा झापाका प्रमुख तीन पार्टीहरुले आरक्षण कोटामा मात्र खुम्च्याएको बताएका छन्। उनीहरुलाई जितको ग्यारेन्टी तथा खर्च गर्न नसक्ने भन्दै प्रमुख पदमा उठ्न नदिएको दलित अगुवाले बताएका छन्। जित सुनिश्चित भएको वडामा पनि उम्मेदवारी सिफारिस नगरेको विश्वकर्मा समाज दमकका अध्यक्ष काशी खाती बताउँछन्। उनी भन्छन्, ‘नगरपालिका तथा गाउँपालिकाको प्रमुख तथा उपप्रमुखमा त नाम सुनिएको छैन, वडाअध्यक्षमा कहीँकहीँ सुनिन्छ तर जित सुनिश्चित भएको क्षेत्रमा अहिलेसम्म दलहरुले दलितलाई उम्मेदवार बनाएका छैनन् क्षमता हुँदा हुँदै हामी पछि पर्नुपर्ने अवस्था छ।’

झापाका प्रमुख दलहरुले उम्मेदवार सिफारिस गर्दा दलितलाई वाइपास गरेको पाइन्छ। नेकपा माओवादी केन्द्रका दलित नेता हुकुम नेपालीले देशमा ठूला ठूला क्रान्ति भइसक्दा पनि दलित भने जहाँको त्यहीँ रहेको बताए। उनले भने, ‘नेपालका हरेक परिवर्तनको आन्दोलनमा दलितहरुको पनि उत्तिकै भूमिका छ, देशमा धेरै परिर्वतन आए तर हामीले परिर्वतनको अनुभूत गर्न पाएनौं।’ दलितहरुले पार्टीभित्र अझै पनि दलित नै हुनु परेको उनी बताउँछन्। भन्छन्, ‘पार्टीभित्र दलितहरुले अझै पनि दलित नै भएर बस्नु परेको छ, आफ्नो कोटा भन्दा बाहिर उठ्न खोजेमा असक्षमको बिल्ला भिराइन्छ।’ देशमा जहिलेसम्म सामन्तवादी र बाह्मणवादी चिन्तन रहिरहन्छ तबसम्म दलितले परिवर्तनको अनुभूति गर्न पाउने अवस्था नरहेको उनको बुझाइ छ।
एमालेले सिफारिस गरेका उम्मेदवारको नामावलीमा दलितको उपस्थिति नगन्य छ। माओवादीले पनि नगर र गाउ“पालिकामा भन्दा वडामै दलितलाई सीमित गरेको देखिन्छ। नेपाली कांग्रेसले उम्मेदारहरुको नाम सिफारिस गरिसकेकै छैन। स्थानीय दलित युवा प्रदीप नेपालीले सरकारले अनिवार्य गरेको दलित महिला सदस्यबाहेक अन्य पदमा खासै दलितको प्रतिनिधित्व हुन नसक्ने अवस्था नरहेको बताउँछन्।
उनी भन्छन्, ‘सरकारले धन्न महिला दलित सदस्य अनिवार्य गर्यो र एक जनाको भए पनि प्रतिनिधित्व हुने भयो, अनिवार्य नगरेको भए अझै पनि दलितको प्रतिनिधित्व कम हुने थियो।’ सामाजिक परिर्वतन र वर्गीयताको कुरा गर्ने कम्युनिस्ट पार्टीहरुले नै समान सहभागितालाई नै व्यवस्था गरेको नेपाली बताउँछन्। उनी भन्छन्, ‘देश परिवर्तनका लागि हामीले पनि योगदान गरेका छौं, कम्युनिस्ट पार्टीले त हामीलाई साथ दिन्छ भनेको तर कम्युनिस्ट पार्टीले नै हामीलाई व्यवस्था गर्यो, झन् कांग्रेसले त हामीलाई के सहभागिता गराउला र?’

कांग्रेसले दलितलाई उम्मेदवार नबनाएको भन्दै घोर आपत्ती (विज्ञप्ति सहित)

विभेद बिरुद्ध अभियान -दाङ, जेठ १४  । नेपाली कांग्रेसको भातृसंगठन नेपाल दलित संघ दाङ क्षेत्र नं. ४ ले तुलसीपुर उपमहानगरपालिकाको मेयर, उपमेयर र वडाध्यक्ष जस्ता महत्वपूर्ण प्रमुख पदमा पार्टीले दलितलाई उम्मेदवारको छनोट नगरेको भन्दै घोर आपत्ती जनाएको छ ।

नेपाल दलित संघ क्षेत्रनम्वर ४ का उपाध्यक्ष रमेश विश्वकर्मा र सचिव किरण विश्वकर्माले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले दलित संघमा आबद्ध कुनै पनि दलितलाई प्रमुख पदका लागि उम्मेदवार छनोट नगरेप्रति घोर आपत्ती जनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै तुलसीपुर उपमहानगरपालिका वडानम्वर ७ का जुझारु, कर्मठ र क्षमतावान योग्य नेता नेपाल दलित संघका केन्द्रीय सदस्य जोगेन्द्र विश्वकर्मालाई पार्टीले वडाध्यक्ष पदको उम्मेदवार नदिएको र उहाँको स्थानमा अर्को व्यक्तिको नाम छनोट गरेको भन्दै उक्त निर्णय पार्टीले तत्काल फिर्ता नलिए नेपाल दलित संघ क्षेत्रनम्वर ४ ले पार्टीको कुनै पनि गतिविधिमा सहभागिता र सहयोग नगर्ने विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।

निर्वाचनमा दलितलाई ‘बाइपास’ - पर्वत पोर्तेल

विभेद बिरुद्ध अभियान -जेष्ठ १२, २०७४- दलहरूको बोलीमा समावेशिताको खरो रटान सुनिन्छ । तर व्यवहार सधैं असमावेशी, संकीर्ण र परम्परावादी । आफूलाई लोकतान्त्रिक पार्टीको हवाला दिने नेपाली कांग्रेस होस् या जातीय र वर्गीय मुक्तिको कुरा गर्ने माओवादी केन्द्र र एमाले नै किन नहोस्, सबैको चरित्र उस्तै छ । प्रमुख भनिने यी पार्टीहरूको चरित्र त यस्तो छ भने अरु दलहरूबाट अपेक्षा गरिनु मुर्खता हुन्छ । प्रदेश ३, ४ र ६ को ३४ जिल्लामा भर्खरै पहिलो चरणको निर्वाचन सकियो । कुनै दलले पनि दलितलाई मुख्य पदमा उम्मेदवार बनाएको देखिएन । अपवाद बाहेक सबै पार्टीले दलितलाई संविधान र निर्वाचन ऐनले तोकेको ‘कोटा’को सदस्यमा मात्रै समेटे । भलै बाग्लुङको ढोरपाटन नगरपालिकामा देवकुमार नेपाली र सुर्खेतको लेकबँेंसी नगरपालिकामा गगनसिंह सुनारले प्रमुख जितेर करिब ४० लाख दलित समुदायलाई गौरवान्वित तुल्याए । दुवै एमालेका उम्मेदवार थिए । अन्यतिर पनि दलितले मुख्य पदमा उम्मेदवार बनेर जित्ने सपना कहिले देख्ने ? 
दलितहरू अन्य समुदायको दाँजोमा अयोग्य भएकैले मुख्य पदको उम्मेदवार बन्नबाट बञ्चित बनेका हुन् त ? अयोग्य भएको भए त नेपाली र सुनारले पक्कै मेयर जित्ने थिएनन् होला । हाम्रो समाजले दलितहलाई कहिले योग्य सम्झने ? दलितहरू योग्य नै छन् । तर अवसर नपाएर उनीहरूको योग्यताको कदरचाहिँ नभएको हो । बाग्लुङ र सुर्खेतमा झैं अन्य जिल्लामा पनि दलितलाई दलहरूले विश्वास गरेर अवसर प्रदान गरेका भए कोटाको सदस्यमा मात्रै दलितहरूले समेटिनुपर्ने अवस्था बन्ने थिएन । दलहरूले विश्वास गरेर उम्मेदवार बनाइदिएका भए प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्यासमेत बढोत्तरी हुने निश्चित थियो । तर दलितमाथि दलको विश्वास खोइ ? दलहरूको मनसाय त के बुझिन्छ भने भरसक आरक्षित सदस्य पदमा पनि दलितलाई उठाउन नपरोस् भन्ने हो । तर नेपालको संविधान र स्थानीय तह निर्वाचन ऐन २०७३ मा प्रत्येक वडामा एकजना दलित महिलाको कोटा अनिवार्य भएका कारणले उनीहरू बाध्य बनेका हुन् । एक पटक कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी तथा सांसद आरजु राणाले संसदमै दलित आरक्षणको विरोध गरेकै हुन् । 

आगामी जेठ ३१ मा प्रदेश नं १, २, ५ र ७ मा दोस्रो चरणको निर्वाचन तयारी तीव्र छ । दलहरूलाई उम्मेदवार छान्ने चटारो छ । कतिपय दलहरूले उम्मेदवार चयन टुंग्याइसकेका पनि छन् । ठूला भनिएका दलहरूलाई उम्मेदवार छान्न अझै सकस नै छ । एउटा सत्य के हो भने चार प्रदेशका ४१ जिल्लामा दलहरूले अघिल्लो चरणको निर्वाचनमा झैं दलित उम्मेदवारलाई ‘बाइपास’ गर्ने निश्चित छ । दलितलाई आरक्षित सिटमा मात्रै सीमित पारिने पक्का छ । 

अन्य जिल्लामा के होला, त्यो भन्न सकिन्न । तर झापामा भने दलितहरू आरक्षित सिटमै समेटिनेछन् । जुन दलित समुदायको हित विपरीत हुनेछ । दलितहरूले योग्यता पनि छ । लामो समयदेखि पार्टीमा लागेका पनि छन् । तर कस्तो विडम्बना, दलहरूलाई दलितले जित्छ भन्ने विश्वासै छैन । झापामा वडा स्तरबाटै दलितको नाम सिफारिस भएकै छैन । एमालेकी अब्बल नेतृ तथा अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष जसमाया गजमेरलाई विर्तामोड नगरको प्रमुखमा उम्मेदवार बन्ने इच्छा थियो । योग्यता पनि पुगेकै थियो । गजमेर भन्छिन्, ‘प्रमुखमै लड्ने आकांक्षा थियो, पार्टीको विश्वास जित्नै सकिएन ।’ 

जातीय, वर्गीय मुक्तिको कुरा गर्ने पार्टी माओवादी केन्द्रको सोच पनि दलितहरूलाई बाइपास गरेरै अघि बढ्ने देखिएको छ । दुई दिन अघिमात्रै नगरपालिका घोषित बुद्ध शान्ति नगरपालिकाका प्रमुखका आकांक्षी माओवादी नेता सुरेश बराइलीप्रति पनि माओवादी जिल्ला कमिटी अनुदार देखिन्छ । बराइलीले प्रमुखमा टिकट पाए जित्ने दाबी गरिरहँदा माओवादी नेतृत्वले उनको दाबीलाई सुनेको नसुनेझैं गरिरहेको छ । 

विगतको विभेदकारी राज्य व्यवस्थाले लामो समयसम्म आदिवासी, जातजाति, महिला, दलित र मधेसीलाई राज्यको मूलप्रवाह भन्दा पर राख्यो । नयाँ संविधान जारी भएपछि उत्पीडित जाति, वर्ग, लिङ्ग र क्षेत्रका लागि राज्यमा थोरै भए पनि हिस्सा पाउने आशा टुसाएको देखिन्छ । तर दु:खलाग्दो त के भने विभिन्न दलमा आस्थावान दलितहरूलाई राजनीतिक पद तथा प्रतिष्ठा दिन दलहरू अझै हिच्किचाइरहेका प्रस्टै छ । कतिपय दलहरूले दलित आकांक्षीलाई हौसला दिनुपर्नेमा निरुत्साहित गरिरहेका छन् । 

दलहरूको आरोप के छ भने दलित उम्मेदवारले जित्ने ग्यारेन्टी नै छैन । पढेलेखेका पनि छैनन् । चुनावमा पैसा खर्च गर्ने ल्याकत पनि राख्दैनन् । खुला वडा सदस्यदेखि वडा अध्यक्ष, गाउँपालिका/नगरपालिकाका अध्यक्ष/ प्रमुख र उपाध्यक्ष/उपप्रमुख बन्नसक्ने योग्यताका दलितलाई यी र यस्ता आरोप लगाएर पन्छाउने प्रयत्न हुनु जायज होइन । 

कतिपय दलहरूको कस्तो प्रवृत्ति देखियो भने जित्नै नसक्ने क्षेत्रमा दलितलाई मुख्य पदमै उम्मेदवार बनाइदिने । मुख्य पदमा पनि उठाएको भ्रम छर्न । झापाको अर्जुनधारा नगरपालिका ८ को वडाध्यक्षमा एमालेले रमेश तिखत्रीलाई र माओवादी केन्द्रले विर्तामोड वडा नम्बर १ मा वीरबहादुर दर्नाललाई उठाउने भएको छ । तर यी दुवै उम्मेदवारको जित्ने आधार ज्यादै कमजोर रहेको मतदाता बताउँछन् । 

दुई दशकपछि हुनलागेको स्थानीय तह निर्वाचनमा जनताले आफ्ना प्रतिनिधि निर्वाचित गर्दैछन् । ती जनप्रतिनिधिले स्थानीय तहको स्रोत परिचालनको निर्णय पनि आफंै गर्न पाउनेछन् । यस्तो निकायमा वर्षौंदेखि हेपिएको, थिचिएको र पिछडिएको दलित समुदायले पनि अन्य समुदायले झैं बराबरी हिस्सा पाउनुपर्ने हो । तर दलहरूचाहिँ दलितहरूलाई सक्दो बाइपास गरेर पञ्चायती शैलीको असमावेशी चरित्र देखाउन खोजिरहेको प्रतीत हुन्छ । कान्तिपुर दैनिक बाट

Saturday, May 27, 2017

अछामकी मीना नेपालीले नाकको फुली बेचेर चामल किनिन्

विभेद बिरुद्ध अभियान, अछाम, १४ जेठ-तुर्माखाँद गाउँपालिका–२ अछामकी मीना नेपालीले नाकको फुली बेचेर चामल किनिन् । उनको परिवारले त्यही चामलले छाक टार्न थालेको एक महिना नाघ्यो ।‘खाद्यान्नको जोहो गर्दा भएको पाखोबारी, भैंसी र बाख्रा पनि रहेनन्,’ स्थानीय तह निर्वाचनका लागि भोट माग्न गाउँ पुगेका नेतासँग उनले भनिन्, ‘सबै सकिएपछि नाकको फुलीसमेत बेचें । अब त जायजेथा सबै सकियो ।’

सिँचाइ सुविधाको अभावले उत्पादन शून्यमा झर्दा पुख्र्यौली सम्पत्ति बेचेर परिवार पाल्नु परेको उनको पीडा सुनेपछि नेताहरूले पनि आश्वासन देखाए । तर, उनलाई खास विश्वास लागेन ।

‘म मात्र होइन, यो गाउँका सबैको पीडा उस्तै छ,’ उनले भनिन्, ‘तपाईंहरूले भोटको सट्टा चामल पठाइदिनुहोला ।’ उत्पादन नहुँदा भोकभोकै बस्ने अवस्था आएको भन्दै उनले जसले चामल दिन्छ उसैलाई मात्र भोट दिने बताइन् । ‘यो कुरा सरकारलाई पनि भन्नुहोला,’ उनकै छिमेकी कला दमाईले भनिन्, ‘नत्र हामी कसैलाई भोट दिन्नौं ।’

तीन वर्षदेखिको लामो खडेरीका कारण बाली लगाउन नपाउँदा ढुंगाचाल्ना, ढकारी, लयाटी, बारला, पुल्लेतोला, सिउडी, सोकट, ठाँटी, कुस्कोटलगायत ठाउँका राम्रो उत्पादन हुने खेत पनि बाँझै छन् । केही वर्षअघिसम्म जिल्लाको साँफेबगर, हिच्माको चाइरा, ढुंगाचाल्नाको मालुमेला, मंगलसैनको कैलासखोला, मुजाबगरलगायत ठाउँ धान उत्पादनका लागि प्रख्यात मानिन्थे, राजधानी दैनिकमा खबर छ ।

दलित र जनजाति विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम

विभेद बिरुद्ध अभियान - कञ्चनपुर, १३  जेठ । आर्थिक अभावले कम्प्युटर शिक्षा पाउनबाट वञ्चित रहेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका जनजाति र दलित समुदायका विद्यार्थीलाई निःशुल्क आधारभूत कम्प्युटर तालिम २ दिन अघि देखि सञ्चालन गरिएको छ ।
शुक्लाफाँटा नगरपालिकाको आर्थिक सहयोगमा दलित र आदिवासी जनजाति सञ्जालको पहलमा कम्प्युटर तालिम सञ्चालन गरिएको हो । तालिममा जनजाति र दलितका गरी ३० छात्रा र १० जना छात्रको सहभागिता रहेको छ ।
स्थानीय कम्प्युटर इन्स्टिच्युटसँग समन्वय गरी तालिम दिने व्यवस्था मिलाइएको दलित सञ्जालका संयोजक शिवी लुहारले बताउनुभयो । आधुनिक युगमा कम्प्युटरको महत्व बढ्दै गएकाले अवसरबाट वञ्चित समुदायका बालबालिकाले तालिमपश्चात् रोजगारी पाउनमा सहजता हुने उहाँले बताउनुभयो ।
नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले तालिमपश्चात् सिकेका सीपलाई व्यवहारमा उतारे मात्रै नगरपालिकाको लगानी सदुपयोग हुने बताउनुभयो । यसैगरी, आजैदेखि महिलाका लागि नगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षासमेत सञ्चालन गरेको छ ।

Friday, May 26, 2017

समाज सेवामा दलित युवा ध्रुवकुमार परियारको सराहनीय कार्य

विभेद बिरुद्ध अभियान - १२ जेठ, काठमाडौं । सामाजिक सेवामा निरन्तर लाग्दै आइरहेका ध्रुवकुमार परियार, कालिन्जोर–७, सर्लाहीको एउटा गरीब अनि दलित परिवारमा जन्मनुभएको हो । सानो उमेरमै बुबाले सौतेनी आमा लिएर घर छाडेपछि उहाँ एकजना दाजु र एउटी बहिनी सहित आमाको साथमा हुर्कनुभयो । उहाँ आफ्नो दाजुको दःुख र आमाको पीडा घरी घरी सम्झनुहुन्छ र आमाको आँखाको आँशुको मूल्य चुकाउनको लागि पनि जीवनमा केही गर्नुपर्छ, पढ्नुपर्छ, र अघि बढ्नुपर्छ भन्ने प्रेरणा पाएको कुरा बताउनुहुन्छ । १०–१२ बर्षको कलिलो उमेरमै उहाँले २–३ बर्षले जेठा दाजुलाई बालीघरमा कपडा सिलाउने काममा सघाउनु हुन्थ्यो । आमाले मेलापात गर्नुहुन्थ्यो । जीवन धन्न धन्न चलेको थियो । कहिलेकाही त नुन र अमिलो पातको सहारामा दिन विताउनु उहाँको नियति थियो । साथी भाइको संगतले जीवनमा ठूलो प्रभाव पार्ने बिचार राख्दै भन्नुहुन्छ–“मेरा बाल्य साथीहरु निकै असल हुनुहुन्थ्यो । कति साथीहरु जातीय भेदभाव गर्ने भए तापनि हामी असाध्यै मिल्थ्यौ ।धुम्रपान, मध्यपान र अन्य कुनैपनि कुलतमा हामी थिएनौ । साथीहरु पढ्ने भएकोले मैले पनि पढ्नुपर्छ भन्ने भावना जागृत भइरह्यो । मेरो पढाईको लागि आमाले आफूले लगाएको गहनाको पर्वाह गर्नुभएन । एस. एल. सी. को बेला पढेको ट्युसनको फीः आमाले पाल्नुभएको सुँगुरको पाठा दिएर तिरेको अझैपनि सम्झना छ । कहिलेकाही सुँगुरको अचानक मृत्यु हुन्थ्यो, मेरी आमा कसैको आफन्त अथवा छोराछोरी गुमाउँदा रोएँ जस्तैगरी रुनुहुन्थ्यो । किनभने त्यो सुँगुर हामी बाँच्ने अर्को आधार थियो ।”
unnamedएस. एल. सी. को परिक्षा सकिएपछि उहाँ आफ्नो दाजु भए ठाउँमा काठमाण्डौ आउनुभयो । उहाँको दाजुले आफ्नो आमा र भाइ बहिनी पाल्नको लागि कक्षा १० मा पढ्दै गर्दा पढाई छोडेर काठमाण्डौ आइ एउटा रेडिमेड कपडा सिलाउने कारखानमा काम गर्नुभएको थियो । अनि त्यही ठाउँमा रहेर दाजुको साथमा काम शुरु गर्नुभयो । “एस. एल. सी.को नतिजा आयो रे !” भन्ने सुनेपछि पसल पसलमा गोरखापत्र खोज्नुभयो तर पत्रिका नपाएपछि उहाँको नतिजा बुझ्ने इच्छा पूरा भएन । वास्तबमा उहाँलाई गोरखापत्र कस्तो हुन्छ भन्ने नै थाहा रहेनछ । केही दिनपछि गाउँबाटै सेकेन्ड डिभिजनमा पास भएको खबर प्राप्त भयो । अब के गर्ने ? कसरी पढ्ने ? कहाँ पढ्ने ? कुन बिषय पढ्ने ? केही थाहा नहुँदा उहाँको एकबर्ष त्यतिकै खेर गयो । २०५३ सालमा एउटा साथीको सहयोगमा सरस्वती बहुमुखी क्याम्पस, लैनचौर, काठमाण्डौमा मानविकी संकायमा अंग्रजी, संस्कृति र अर्थशास्त्र ऐच्छिक बिषय लिई अध्ययन शुरु गर्नुभयो । उहाँ बिहान उठेदेखि बेलुकी ४ः३० बजेसम्म काम गरेर
५ः०० बजेदेखिको रात्रीकालिन कक्षामा पढ्नुहुन्थ्यो । पहिलो बर्ष ५ वटा बिषयहरु मध्ये ३ वटामा अनुतीर्ण भएपछि दोश्रो बर्षदेखि मेहनत गरेर पढ्न थाल्नुभयो । दोश्रो बर्ष र पहिलो बर्षका सबै परिक्षाहरु सोही बर्ष उतीर्ण हुनुभयो । “असफलता भनेको हार्नु हैन तर प्रयास नगर्नु अथवा छोड्नु चाही हार्नु हो ।” भन्ने कसैको भनाईले प्रेरित परियारले जीवनमा धेरै दुःख र असफलताहरु बेहोर्नु परेको भए तापनि उहाँले अंग्रेजी साहित्यमा सेकेन्ड डिभिजनमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले हालसम्म थाईल्याण्ड, मलेशिया, जापान, भुटान, बेलायत, कतार र तीनपटक अमेरिकाको भ्रमण गरिसक्नुभएको छ ।
After (2)ध्रुवकुमार परियार हाल सेवामा ब्यस्त हातहरु गैह् सरकारी संस्थाको संस्थापक अध्यक्ष तथा निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ । यो संस्था “दलित तथा सिमान्तकृत समुदाय परिवर्तन भई मानिस जस्तै जिउन सकुन्” भन्ने दर्शन लिएर सेवामा ब्यस्त हातहरु नामले २०७० सालमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता भई स्थापना भएको हो । यो संस्थाको ध्येय दलित तथा सिमान्तकृत समुदायलाई सर्वाङ्गिण सेवा पुर्याई नेपाल देशमा सकारात्मक प्रभाव पार्नु हो । यो संस्थाले यसको स्थापना कालदेखिनै शिक्षा, स्वास्थ्य, रोजगार, जनचेतना र विविध प्रकारका प्रकोपको समयमा राहत उपलब्ध गराउने कार्य गर्दै आईरहेको छ । निशूल्क ट्युसन कक्षा, रेडियो कार्यक्रम, साना ब्यवसाय सहयोग, स्वास्थ्य शिविर साथै राहत वितरण जस्ता कार्यक्रमहरु संचालन गरिरहेको छ भने आउँदा दिनहरुमा यस्तै र संस्थाको उदेश्य अनुरुप अन्य आवश्यक कार्यक्रमहरु संचालन गरी धेरै भन्दा धेरै दलित तथा सिमान्तकृत समुदायलाई सेवा पुर्याउने यस संस्थाको भावि योजनाहरु रहेका छन्।
२०७२ साल बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्प र त्यसको पराकम्पनबाट पीडित बिभिन्न स्थानका भूकम्प पीडितहरुलाई यो संस्थाले सहयोग गरेको छ । यो संस्थाले राहत वितरण गर्दा दलित समुदायलाई विशेष प्राथमिकता दिएको र यस्तो विपतको समयमा राहत वितरण गर्दा दलित र गैर दलित नभनि समान रुपमा ब्यवहार गरेको संस्थाका अध्यक्ष ध्रुवकुमार परियार बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “अब को दलित को गैर दलित, भूकम्पले सबैलाई दलित बनायो ।यस्तो विषम परिस्थितिमा समाजको नागरिकको हिसाबले मैले आफ्नो तर्फबाट समाजमा दिन सक्ने योगदान सदैव अगाडि राखेर त्यो कर्तव्य निर्वाह गर्दैछु र आउने दिनमा गर्नेमा प्रतिबद्ध छु ।
महादेवस्थान ३, काभ्रेका ३० घर ; बोच ९, दोलखाका ५० घर ; पोखरीचौरी ३, काभ्रेका ३० घर; लप्सीफेदी काठमाण्डौका ७० घर; काठमाण्डौ उपत्यकाका ५६ घर दलित तथा सिमान्तकृत परिवारलाई यो संस्थाले चामल, दाल, त्रिपाल, नुन, चिउरा, चाउचाउ तेल आदि राहत सामग्री वितरण गर्यो । साथै बनेपा, काभ्रेका ७ घर दृष्टिविहीन परिवारलाई प्रति परिवार १ बोरा चामल प्रदान गर्यो । भूकम्पमा परि घाईते भएका लगायत अन्य गरी लप्सीफेदी काठमाण्डौका १३७ जनाले यस संस्थाले आयोजना गरेको स्वास्थ्य शिविरबाट स्वास्थ्य जाँच तथा औषधि उपचार प्राप्त गरेका थिए । त्यसैगरी यस संस्थाले पुस २५ गते दोलखा जिल्ला, सुनखानी गा. वि.स. वडा नं. ५ र ९ का दलित, विपन्न, बृद्घ बृद्घा, एकल महिला, दृष्टि विहीन र अपाङ्गता भएका १५ परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गर्यो । यो संस्था भूकम्प पीडितहरुको निम्ति राहतको सेवामा हालसम्म लागिपरिरहेको छ ।
After (1)यो संस्थाले यही २०७४ साल बैशाख १९ गते कालिन्चोक गाउँपालिका–७, सुनखानी, दोलखामा रहेको २०७२ सालको भूकम्पले पूर्ण रुपमा प्रभावित श्री सूर्योदय नि.मा.विद्यालय पुननिर्माण गरी विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको छ । नवनिर्मित पक्की भवनमा ७ वटा कक्षा कोठा र एउटा कक्षा कोठाको तुलनामा दोब्बर साइजको प्रशासनिक कोठा गरी जम्मा ८ वटा कोठाहरु रहेका छन्। एउटा दलित तथा गरीब परिवारमा जन्मेर पनि ध्रुवकुमार परियारले गर्नुभएको यो प्रयासबाट हामीले पनि केही सिक्ने र सक्छौ भने आफ्नो समाजको हीतको निम्ति केही सहयोग पनि गर्ने होकी ?

Monday, May 22, 2017

चर्चामा छन् ढोरपाटन नगरपालिकाका नवनिर्वाचित पहिलो दलित मेयर देवकुमार

विभेद बिरुद्ध अभियान - ०८ जेठ २०७४ - यतिबेला ढोरपाटन नगरपालिका दुईवटा विषयले चर्चामा छ। एक पहिलो दलित मेयर, दोस्रो ढोरपाटनमा एमालेको विजयी। अहिलेको बुर्तिबाङ नगर पहिलाको चार गाविसको समष्टि हो। बुर्तिबाङ, खुंगा, अधिकारीचौर, बोबाङ। राज्यले संरचना फेर्दानफेर्दै यो पटक अन्तजस्तै ढोरपाटनलाई चुनाब लागिसकेको थियो। चुनाव खेल्न सक्नेले नै जित्ने निर्दिष्टि अभियान हो। यो पटकको चुनाबमा राष्ट्रवादको नाराले एमाले जगैदेखि जागेको थियो।

यही माहोलमा ढोरपाटन मेयरमा देवकुरमा नेपाली विजयी भएका छन्। समाजसेवाका नाममा गाउँगाउँ हेलिकप्टरमा पुग्ने देवकुमार, जगबाट जागेको एमाले, ५१ प्रतिशत बढी दलित मतदाता, प्रशस्त आर्थिक पहुँच, आफ्नै एफएमबाट दैनिक समाचार अपडेट उनको विजयको कारण हुनसक्छन्।

सूर्य चिन्हको ब्यानरमा उम्मेदवार बनेका देवकुमारको जितमा एमालेले खुशी मनाउनु स्वभाविक हो। तर के यो जित साँच्चै एमालेको हो? अथवा देवकुमारको आफ्नै? यसको जवाफ त्यति सहज छैन। पुराना एमाले एवं मेरा मेरा अंग्रेजी विषयका गुरु बेगबहादुर पुन, पूर्व जिविस उप–सभापति मोहनलाल शर्मा, टंक पौडेल, गोकुल शेरचन, लीला शेरचनसँग पनि यो प्रश्नको जवाफ छैन।

को हुन् देवकुमार नेपाली
२०४५ सालतिर बुर्तिबाङ वरपर देवकुमारको चर्चा बढ्यो। त्यतिबेला उनी भलिबलको अब्बल खेलाडी थिए। तात्कालीन उत्तरगंगा माविका विद्यार्थी उनको चर्चा विं.सं. ५० को दशकसम्म आइपुग्दा युवा पुस्तामा अझ चुलियोे। ‘देबकुमारले स्पाइक हानेपछि कसैले उठाउन सक्दैन’, त्यतिबेला बाग्लुङका युवा माझ एउटा भनाइ स्थापित भयो।
हुन पनि क्षेत्रीय तहमा भलिबल खेल्न गएका देवकुमार कहिल्यै रित्तो हात फर्किएनन्। उनी सधैँ देवकुमार कहलीरहे। भलिबल खेल्ने क्रममै रणसिंह किटेनीबाट एक मगर युवतीसँग विवाह गरे। पछि उनको चर्चाको विषय फेरियो। ‘दमईको छोराले मगर्नी विवाह?’, उनी फेरि चर्चित बने। विवाह पछि देवकुमारले बुर्तिबाङमा एउटा फेन्सी पसल खोले। त्यतिबेला बुर्तिबाङमा नेकपा मसालको जगजगी थियो।बुर्तिबाङको तल्लो बजारमा पक्की घरसहित उनले व्यापार सुरु गरेका थिए। त्यहीँदेखि उनले राजनीति चाखे। उनको राजनीतिक पृष्ठभूमि मसालसँग जोडियो। सरल स्वभावका उनीसँग युवाको हिमचिम बढ्नु स्वभाविक थियो। धेरै समय उनी युवासँगै रम्थे। त्यसको अर्को सामाजिक पक्ष देखियो त्यो के भने देवकुमारका हकमा बुर्तिबाङ बजार जातीय भेदभावका विषयमा नरम बन्न थाल्यो। बुर्तिबाङ वरपर देवकुमारको हकमा केही छुवाछुतको कुरा उठाउन सक्ने स्थितिमा रहेन। हो यसर्थमा छुवाछुत मुक्तिको दिशामा उनको योगदान महत्वपूर्ण रह्यो। त्यतिबेला कथित ‘उपल्लो जात’काहरुलाई ‘ओई र तँ’ भनेर सम्बोधन गर्ने हिम्मत उनीमा मात्रै थियो।

२०५४ को स्थानीय चुनावपछि मसालबाट लीलबहादुर थापा मगर जिल्ला विकास समितिको सभापति बने। उनको हिमचिमबाट प्रहरी राशनको ठेक्कामा प्रवेश गरे देवकुमार। २०५५ देखि देवकुमारले बुर्तिबाङ छोडे। फेन्सी छोडेर हिँडेका देवकुमारले ढोरपाटनमा बसोबास गर्ने एक तिब्बतीयन युवतीसँग दोस्रो लगनगाँठो कसे। माओवादी शान्ति प्रक्रियामा आएपछि उनले पोखरामा साइकल होलसेल पसल सुरु गरे। बुर्तिबाङ वरपरका क्लब एवं गाउँका सामाजिक काममा दान गर्न उनी हेलिकप्टर लिएर जान थाले। त्यतिबेला पोखरामा उनलाई स्थापित गराउन गल्कोटका पुराना माओवादी कमरेड पहाड (मेखबहादुर विक) ले निकै सहयोग गरेका थिए।

***
देवकुमार बुर्तिबाङमै हुँदा नेपाल बैंकमा सूर्य बराल (हाल सेवा निवृत्त) हाकिम भएर गएका थिए। उनीसँग देवकुमारको २०५५ तिर निकै राम्रो सम्बन्ध बन्यो। अहिले बित्त क्षेत्रमा देवकुमारको लगानी बढ्नुमा बरालको सुझाव सल्लाह हुनसक्ने धेरैले अड्कल गर्छन्। संयोग माओवादीले बेनी आक्रमण गर्दा तिनै बराल बेनीस्थित नेपाल बैंकका हाकिम थिए। यी सबै संयोगहरु देवकुमारसँग साइनो राख्दैन तर यी विषयबिना उनको आर्थिक विश्लेषणको पाटो अपुरै रहन्छ।

पोखराबाट देव गुरुङले चुनाव जित्दा देवकुमारले ठूलै सहयोग गरेका थिए। गुरूङसँग उनले मितै लगाए। पोखरामा देव गुरूङका भरपर्दा सहयोगी उनै देवकुमार हुन्। पार्टी विभाजनका क्रममा देवकुमार गुरूङसँगै रहे। पार्टी एकतापछि बागलुङका हिल, तारा, अर्गलमा बादललाई हेलिकप्टरमा सयर गराउने उनै देवकुमार हुन्। दोस्रो संविधानसभा चुनावमा बागलुङ क्षेत्र नम्बर २ बाट माओवादीका उम्मेदवार लीलबहादुर थापा मगरको चुनाबी अभियान खर्च उनकै काँधमा थियो।

आर्थिक रुपले फड्को मार्दै गइरहेका बेला देवकुमारले जिन्दगीमा नसोचेको बज्रपात आइलाग्यो। ब्याडमिन्टनमा राष्ट्रिय खेलाडी बनिसकेका छोरा गुमाउँदाको पीडा उनले सहे। पहिलैदेखि समाजिक काममा अगाडि देखिने उनी त्यो घटनापछि अझ सक्रिए देखिए।  महिनाको ४ पटकसम्म हेलिकप्टरमा शिक्षा, खेलकूद सामग्री, खानेपानी कार्यक्रम लिएर उनी बुर्तिबाङ पुग्न थाले। गाउँ–गाउँमा समाज सेवाका लागि हेलिकप्टरबाट जाँदा उनले सञ्चारको महत्व बुझे। बुर्तिबाङमा दुईवटा एफएम हुँदाहुँदै देवकुमारकै पहलमा अर्को रेडियो स्थापनाको पृष्ठभूमि पनि यही नै हो।

***
यसरी बाजी मारे
बागलुङ क्षेत्र नम्बर ३ को केन्द्र समेत रहेको ढोरपाटन नगरपालिकामा देवकुमारको बिजय हुनुमा रोचक संयोगहरु छन्। जुन विषय सामान्य सोचभन्दा निक्कै नै फरक लाग्छन्। पहिलो चरणको चुनावमा ढोरपाटन नगरपालिकाको मेयर को बन्ने भन्नेमा उनको नाम कतै थिएन। कुनै पार्टीबाट उनी पनि चर्चा थिएनन्। २०५१, ०५४ को निर्वाचन र २०५६ को संसदीय चुनावमा एमालेसँग मिलेर नेकपा (मसाल)को जनमोर्चाले एकक्षत्र विजय हासिल गरेको ठाउँ हो यो। बाम तालमेलको नाममा एमाले सधैँ मसालको छायाँ बनेर बसेको थियो।यो चुनाबमा कांग्रेस एक प्रकारले खुशी थियो। किनभने यो पटक वामपन्थी तालमेलको टुंगो लागेन। मसालले जसोतसो वडा नम्बर २ र ४ मा आफ्नो मत सुरक्षित गर्ने रणनीति बनायो। उसलाई अस्तित्वको रक्षा गर्नु थियो, त्यसमा सय प्रतिशत नै सफल भयो। मसालको यो ‘संसार जिताई’ हो। यसकारण मसालका पुराना, पाका कार्यकर्ता गाउँमै छन्। र उनीहरु नै निष्ठाका साथ उम्मेदवार बने र जिते पनि। राजनीतिक अडानकै कारण मसालले २ वटा वडा जित्न सफल भयो।

माओवादीमा निक्कै दम्भ थियो ढोरपाटन जितिन्छ भन्नेमा। ७० को चुनावमा थोरै मतले पराजित भएका तुल्सीराम अर्याल खलक वरिपरि ढोरपाटन नगरपालिको राजनीति घुम्दै आएको छ। ढोरपाटनमा पुराना युद्ध लडेका माओवादी ५ प्रतिशत पनि छैनन्। अहिले बनेका माओवादी सबै मसाल पृष्ठभूमीबाटै आएका हुन्।

साविकका ४ गाविसमा २०५४ को स्थानीय चुनावलाई कांग्रेसले मूल्याकंन गरेन। ३ गाविस जनमोर्चा र एक एमालेले जितेको थियो त्योबेला। ती गाविसहरु गभिएर ढोरपाटन नगरपालिका बनेको थियो। २०७० को चुनावमा झिनो मतले सभासद्मा पराजय भए। बोबाङका अध्यक्ष शेरमान घर्ती मगर यसपाली माओवादी केन्द्रको तर्फबाट मेयरको उम्मेदवार बने। उनी चौंथो पोजिसनमा झर्नु पर्‍यो।

वडा नम्बर १ मा माओवादी केन्द्र, २ र ४ मा मसाल, ३ मा वैद्य माओवादी निकट बिजय हुनु रमाइलै पक्ष हो। पहिलो चरणको चुनावमा वैद्य माओवादीको एक मात्र सिट सम्भवतः त्यही हो। माओवादी जिल्ला नेतृत्वमै तालमेलको विवादपछि समर्थक अलमलमै थिए। माओवादी केन्द्रले मनोनयन गर्ने बेलासम्म देवकुमार माओवादी नै थिए। जब एकाएक एमाले बने त्यसपछि ढोरपाटनमा अर्को नयाँ राजनीतिक समीकरण देखियो।

माओवादी केन्द्रमा रहेका मगर समुदायका अति जातिवादी मुद्दा। उम्मेदवार चयनमा बैठकमै ‘तँ तँ र म म’ को आरोप, प्रत्यारोप। चुनावी खर्चको अभाव, सबै टिम स्पिरिडमा कमी, उम्मेदवारको कार्यशैलीले उ चौथोंमा पुग्नु स्वभाविक थियो। २० वर्षअघि जुन ढंगले बोबाङमा अध्यक्ष जित थियो, आफ्नो मत समेत सुरक्षित गर्न नसक्नु माओवादी केन्द्रका उम्मेदवारको कमजोरी हो।

मनोनयनको प्रक्रिया शुरु हुँदासम्म एमालेले ढोरपाटनमा मेयर, उप–मेयरको उम्मेदवार पाएकै थिएन। वाम तालमेलबाट जानुपर्छ भन्ने उसको पहल थियो। माओवादीको घमण्ड, जनमोर्चाको जडले गर्दा त्यो हुन सकेको थिएन। बागलुङ जिल्लामा वाम तालमेल एक प्रकारले अनिश्चित बन्दै गएको थियो। त्यहीबेला एकाएक देवकुमार एमालेको सूर्य चिन्ह लिएर वैशाख २० गते उम्मेदवार बन्न पुगे। यहाँनेर प्रश्न उठ्छ राजनीति कति गरेकाले चुनाव जितिन्छ ? यसको जवाफ सरल छैन। यी सबै विषयको पृष्ठभूमिमा देवकुमार उदाएका छन्। राजनीतिमा अन्तिम छिनोफानो मतदाताले नै गर्ने हुन्। त्यसमा उनी विजयी बनेका छन्। उनका विभिन्न किसिमका पृष्ठभूमि रहँदारहँदै पनि समृद्ध ढोरपानका लागि नवनिर्वाचित मेयर देवकुमार नेपालीलाई बधाई!

(पत्रकार महासंघका महासचिव लेखक उजिर मगर, ढोरपाटन नगरपालिका वडा नम्बर ४ लुकुरबन निवासी हुन्।-नागरिक दैनिक बाट)

Friday, May 19, 2017

पाँच वडाध्यक्ष नेतृत्वमा चुनिए दलित

विभेद विरुद्ध अभियान- जेस्ठ ५ - सुर्खेतको लेकबेंसी नगरपालिकाको मेयरमा एमालेका गगनसिंह सुनार निर्वाचित भए । उनले कांग्रेसका उमेश पौडेललाई १ हजार ३ सय ५४ मत अन्तरले पराजित गरेका हुन् । गुर्भाकोट–९ बोटेचौरकी ३३ वर्षीया मैना विक पनि एमाले उम्मेदवारलाई फराकिलो अन्तरले पराजित गर्दै कांग्रेसतर्फबाट उपमेयर बन्न सफल भएकी छन् ।
गगनसिंह २०४३ को गाउँ पञ्चायतमा जनपक्षीय उम्मेदवारका रूपमा उपप्रधानमा विजयी भएका थिए । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका थिए । पार्टीको सचिवालय सदस्य, जिल्ला सचिव हुँदै उनी हाल लेकबेंसी नगर संगठन कमिटीको संयोजकको जिम्मेवारीमा छन् । पार्टीले ०४९ मा लेखफर्सा गाविस अध्यक्षको टिकट दिएको थियो । तर, जनमोर्चासँग तालमेल गर्नुपर्ने भएपछि उनले उपाध्यक्षमा चित्त बुझाउनुपर्‍यो । निर्वाचित पनि भए । ०५४ को स्थानीय निर्वाचनमा इलाका नम्बर ४ बाट जिविस सदस्य बने ।
एसएलसीसम्मको औपचारिक अध्ययन गरेका ५१ वर्षीय गगनसिंहले आफू दलित समुदायको भए पनि गैरदलित समुदायको समेत मन जितेको बताए । ‘जनताको पक्षमा काम गरेकै कारण यसपटक पनि चुनाव जित्न सफल भएँ,’ उनले भने, ‘शिक्षित वर्गले जातपात नभनी समाजलाई विभेद, उत्पीडनबाट मुक्त पार्नुपर्छ ।’ उनले आफूले दलित समुदायमा शिक्षाको विकासमा जोड दिने बताए । ‘पहिलो कुरा शिक्षा हो, दोस्रो आयआर्जन तथा गरिबी निवारण हो । दलित समुदायलाई स्वावलम्बी बनाउन सके आफंै विभेद उन्मूलन हुन्छ,’ उनले भने । 
गुर्भाकोटकी नवनिर्वाचित उपमेयर मैना शिक्षकबाट राजीनामा दिएर चुनाव लडेकी हुन् । उम्मेदवारी दिनुपूर्व उनी सरस्वती आधारभूत प्राविकी शिक्षिका थिइन् । महिला संघकी जिल्ला कोषाध्यक्षसमेत रहेकी उनले अब छुवाछूतमुक्त नगर बनाउने आफ्नो चुनावी संकल्पलाई पूरा गरेरै छाड्ने बताइन् । ‘दलित समुदायमा विभिन्न समस्या छन् । ती समस्यालाई सशक्तीकरणको पाटोबाट समाधान गर्दै लैजाने मेरो मुख्य काम हुनेछ,’ उनले भनिन् ।
पाँच वडाध्यक्ष दलित
सुर्खेतका विभिन्न तहबाट दलित समुदायका पाँच वडाध्यक्ष निर्वाचित भएका छन् । एमालेबाट सिम्ता गाउँपालिका–१ का मानसिंह कामी, वीरेन्द्रनगर–१ का गंगाराम सुनार, कांग्रेसबाट भेरीगंगा–३ का जितबहादुर सुनार, ७ का कर्णबहादुर मिजार र गुर्भाकोट–७ बाट कांग्रेसकै बिर्ख सार्की निर्वाचित भएका छन् ।

रुकुममा १० निर्वाचित 
रुकुमका ६ स्थानीय तहका १० कार्यकारी पदमा दलित नेता निर्वाचित भएका छन् । दुई नगरपालिकामा उपप्रमुख तथा ८ वडाका वडाध्यक्षमा दलित निर्वाचित भएका हुन् । 
मुसिकोट नगरपालिकामा माओवादी केन्द्रका प्रेमकुमारी सुनार र आठबिसकोट नगरपालिकामा गीता नेपाली उपप्रमुख निर्वाचित भएका छन् । सबैभन्दा बढी आठबिसकोट नगरपालिकाका ६ वडा, चौरजहारीको १ र बाँफिकोट गाउँपालिकामा १ जना दलित वडाध्यक्षमा निर्वाचत भएका छन् । 
आठबिसकोटको ३, ५, ६, ८, १० र ११ वडा, चौरजहारीको ९ नम्बर वडा र बाँफिकोटको ४ नम्बर वडामा दलित अध्यक्ष निर्वाचित भएका छन् । ८ वडाध्यक्ष र २ उपप्रमुखले आफ्नै समुदायको नभई अर्को समुदायका जनजाति, क्षत्रीलगायत समुदायका उम्मेदवारसँग प्रतिस्पर्धा गरेका थिए । मुसिकोट नगरपालिकाको उपप्रमुखमा विजयी प्रेमकुमारीले बालकुमारी गिरी र केशरी गौतमसँग प्रतिस्पर्धा गरेकी थिइन् । आठबिसकोट नगरपालिका उपप्रमुखमा विजयी गीताले अनिता बुढा र अमृता शाहसँग प्रतिस्पर्धा गरेकी थिइन् । 
प्रेमकुमारीलाई ३ सय ७७ जनप्रतिनिधि चुनिँदा कार्यकारी भूमिकामा १० जनाभन्दा बढी दलित प्रतिनिधि आउनुपर्नेजस्तो लाग्छ । ‘हाम्रो समुदायको संख्या र निर्वाचित प्रतिनिधिलाई हेर्दा यो कमै हो,’ उनले भनिन्, ‘तर यसलाई उपयोग गरेर अधिकार दिलाउन प्रयत्नरत रहिरहनेछौं ।’ ६ वटा स्थानीय तहका प्रमुखमा कोही दलित आउन नसक्नुलाई पनि उनले दलित राजनीतिक दलको बेवास्तामा परेको बताइन् । ‘जिल्लामा भएका कुनै पनि पार्टीले प्रमुख वा अध्यक्षमा एक जना दलितलाई उम्मेदवार बनाउने आँट गरेनन् यो विडम्बना हो,’ उनले भनिन् । 
संविधानले बाध्यकारी बनाएको दलित महिला सदस्यबाहेक अन्य पदमा दलित प्राथमिकतामा नपरेको बताउँछिन्, गीता नेपाली । ‘विभिन्न आन्दोलन र पार्टीका कामकाजमा दलित नभई नहुने भए पनि अवसर आउँदा दलितलाई त्यसबाट पन्छाइने चलन कायमै छ,’ उनले भनिन्, ‘अब यसलाई हटाउन हामी निर्वाचित प्रतिनिधिको पनि भूमिका रहनेछ ।’ राजनीतिक दलले दलितलाई उम्मेदवार बनाउनमै कञ्जुस्याइँ गरेको उनको आरोप छ ।

कालीकोटकी कान्छी उपमेयर 
दलित समुदायको सार्की परिवारमा जन्मिएकी हुन्, फोइमहादेवकी दन्ता नेपाली (दर्शना) । विद्यार्थी राजनीति क्रममा उनी फागुनमा स्ववियु चुनावमा काठमाडौंको पद्मकन्या क्याम्पसमा अखिल क्रान्तिकारीबाट सभापतिमा चुनाव लडेकी थिइन् । 
त्यतिबेला चुनावी अनुभवको कमी र संगठन पनि मजबुत नहुँदा जित्न सकिनन् । तर, २६ वर्षीया तिनै दन्ता दुई महिनापछि स्थानीय तहको चुनावमा सबैभन्दा कान्छी उपमेयरका रूपमा कालीकोटको तिलागुफा नगरपालिकामा चुनावी प्रतिस्पर्धामा होमिइन् । सबै युवा, दलित महिलाको साझा उम्मेदवारका रूपमा माओवादी केन्द्रले उनलाई चुनावमा उतारेको थियो । 
उनी स्थानीय तहमा उपमेयर जित्ने सम्भवत: कान्छी दलित महिला हुन् । ४ भाइबहिनीमध्ये माहिली छोरीका रूपमा जन्मिएकी दन्ताले सशस्त्र द्वन्द्वमा भूमिगत हुँदा उपनाम दर्शना राखिन् । उनी फोइस्थित महादेव उमाविमा पढ्ने बेलादेखि माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा सक्रिय थिइन् । उनलाई पार्टीका नेता–कार्यकर्ता र समुदायले दर्शना भनेर चिन्छन् । उनी फोइमहादेवका खम्मिलालकी माहिली छोरी हुन् । उनका बुबाले ज्याला मजदुरी गरी काठमाडौं पद्मकन्या कलेजमा पढाइरहेको दाजु गोरख नेपालीले बताए । उनी स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् । 
उनको प्रतिस्पर्धा पनि २५ वर्षदेखि राजनीति गरिरहेका र ०४९ र ०५४ मा फोइमहादेव गाविस अध्यक्ष निर्वाचित भइसकेका पाका नेता ऐनबहादुर शाही र पुरानो पार्टी कांग्रेसकी नेत्री लक्ष्मी शाहीलगायतसँग भयो । दुवैजनालाई पछि पार्दै उपमेयरमा निर्वाचित भएकी हुन् । दन्ताले १ हजार ८ सय ४३ मत पाइन् । कांग्रेसकी लक्ष्मीले १ हजार २ सय ६० मत ल्याइन् । दुई पटक उनकै गाविस अध्यक्ष बनेका नेमकिपाका ऐनबहादुरले एमालेसँग मिलेर पनि ९ सय ५८ मात्र मत पाए । तिलागुफा नगरपालिकाको प्रमुखमा पनि पूर्वलडाकु रतनबहादुर शाही (आशुतोष) विजयी बनेका छन् । उनले कांग्रेसका शंकर उपाध्यायलाई १ सय ६७ मतले पछि पारे । घरदैलो र चुनावी सभामा दन्ताले पुराना विचार, सामन्ती सोच, विकास योजनामा हुने अनियमितताविरुद्ध आफ्नो उम्मेदवारी भएको बताउने गरेकी थिइन् । ‘सबै युवा, दलित, महिला र विपन्नको साझा उम्मेदवार बने,’ उनले गत वैशाख २६ गते जुविथाको गाल्जेमा आयोजित चुनावी सभामा भनेकी थिइन्, ‘कपाल फुलेर हुँदैन, काम गर्ने नयाँ सोच, योजना र प्रतिबद्धता चाहिन्छ, त्यो मसँग छ ।’ 

९ दलित वडाध्यक्ष 
 कुल जनसंख्याको ३० प्रतिशत दलित समुदाय रहेको कालीकोटमा पहिलो पटक नयाँ संरचनामा ९ जना दलित वडाध्यक्ष निर्वाचित भएका छन् । ३ नगरपालिका र ६ गाउँपालिका रहेको जिल्लामा ७ वडाको मत गणना सकिँदा ९ जनाले वडाध्यक्षमा चुनाव जितेका हुन् । माओवादी केन्द्रबाट ५, एमालेबाट ३ र कांग्रेसबाट एक जनाले वडाध्यक्ष जितेको दलित अधिकारकर्मी बाले विश्वकर्माले बताए । उनले नयाँ संरचनामा सबै वडामा दलित महिला सदस्य अनिवार्यताको प्रावधानले स्थानीय तहको नीति निर्माण तहमा दलित समुदायको सहभागिता बढ्ने सुनाए । 
यहाँको खाडाचक्र नगरपालिकाको वडा नं २ बाट माओवादी केन्द्रका बिर्खसिंह विश्वकर्मा, ४ बाट एमालेका धनसिंगे कामी, सान्नी त्रिवेणीमा भरत विश्वकर्मा, पचालझरनामा माओवादीका करवीरे कामी, पलाता गाउँपालिकामा माओवादी केन्द्रका बुद्धि कामीलगायतले चुनाव जितेका छन् । कान्तिपुर बाट 

स्थानीय निर्वाचन र दलित आरक्षण - विष्णुकुमार दर्जी

विभेद विरुद्ध अभियान- जेस्ठ ५ - वर्तमान राजनैतिक परिवेशमा जातिवाद विष समान भएर फैलिएको छ र संघीय गणतन्त्रात्मक लोकतान्त्रिक ढाँचालाई बदली दिएको छ। राजनैतिक तनाव बढ्दै गइरहेको छ र अकर्मण्यताको परिवेश जस्ताको तस्तै छ। सत्ता प्राप्तिको होडबाजीमा सबैले दलित समुदायलाई प्रयोग गरिरहेका छन्। दलित समुदायको प्रयोग राष्ट्रवादका लागि नभई आफ्नो उद्देश्य पूरा गर्नका लागि मात्र भइरहेछ। जसले गर्दा मुलुक दिनानुदिन झन्-झन् कमजोर हुँदै गइरहेको छ। अतः राष्ट्रको नैतिक तथा आध्यात्मिक साधनहरूको प्रयोग यस्ता गलत क्रियाकलाप समाप्त गर्न सामाजिक, मानसिक तथा बौद्धिक आन्दोलन गर्नु आवश्यक छ। किनकी देशमा सामाजिक, मानसिक तथा बौद्धिक परिवर्तन नआएसम्म जस्तोसुकै परिवर्तन भएपनि टिकाउ र फलदायी हुन सक्दैन। नेपाली समाजको सामाजिक आधार नै न्याय संगत छैन।
नेपालमा संघीय गणतन्त्रात्मक लोकतान्त्रिक शासन व्यवस्था पश्चात् पनि गाउँका सोझा-साझा, निमुखा, दलित, गरिबीको रेखामुनि बाँच्न बाध्य छन्। उनीहरू उत्पादन गर्दछन्, सीप र कौशलका धनी छन् तर पनि निरीह भएर जीवन बिताउन विवश छन्। अहिलेको लोकतान्त्रिक व्यवस्थामा क्रान्ति कुर्सीको लर्डाईँबाहेक कुनै क्षेत्र र विषयमा हुन सकेको छैन। कुर्सीा बस्ने मान्छेको परिवर्तनबाहेक अन्यको परिवर्तन देख्न पाइएको छैन। दलित समुदायको सामाजिक, धार्मिक, राजनैतिक एवम् आर्थिक सुधारको ढ्वाङ् फुकेर कनिका छरे पनि व्यवहारमा त्यस्तो कुनै उल्लेखनीय परिवर्तन हुन सकेको छैन। परिणाम स्वरुप अहिलेसम्म पनि दलितमाथि हुने अन्याय, अत्याचार शोषण, उत्पीडन र सामाजिक बहिष्कारजस्ता अमानवीय क्रियाकलापहरू निरन्तर चलिरहेकै छन्। जातीय विभेद संस्थागत शोषणको जघन्य रुप हो। यस्तो प्रवृत्तिलाई समाप्त गर्न जनअभियान शुरु गर्नुर्पर्छ जसबाट मानिस-मानिसमा अपनत्वको भावना जागृत हुनेछ र सामाजिक समानताको विकास हुनेछ। सामाजिक समानताविना समाज निर्जीव हुन्छ। सामाजिक समानता नै सुदृढ समाजको आधारशीला हो। सामाजिक समानता कायम गर्न सबभन्दा पहिले उनीहरूलाई स्वतन्त्रता एवं समानताको प्रत्याभूति दिइनु पर्छ। नेपाली समाज संरचनामा कुनैपनि व्यक्तिको प्रतिष्ठा उसको जन्म र जातिमाथि निर्भर गर्दछ। हाम्रो समाजमा केहीलाई जातिकै कारण प्रतिष्ठा र विशेषाधिकार प्राप्त हुन्छ भने अर्कोतिर केही जातिहरूलाई हेयको भावनाले हेरिन्छ। यसले गर्दा जातीय असमानता उत्पन्न भएको छ र आफ्नो जीविकाको लागि अरुमा निर्भर हुनुपरेको छ।
मानिस एक सामाजिक प्राणी हो। समाजभन्दा बाहिर बस्न मानिसको लागि सम्भव छैन। हरेक समाज आफ्नो विकास, उत्थान र मुक्ति चाहन्छ। कारण समाज व्यक्तिहरूको एकात्मक समुदाय हो। सामाजिक संरचनामा सबै समान होउन र व्यक्ति स्तरमा सबैले सम्मानपूर्वक बाँच्न पाउन्, यस्तो प्रकारको व्यवस्था आदर्श व्यवस्था हुन्छ। यस्तो व्यवस्थामा कुनै व्यक्ति विशेषको धर्ममा, राज्यमा, परम्परामा एवम् मूल्य र मान्यतामा बन्धन हुनुहुँदैन। सामाजिक परिवर्तनलाई सशक्त पार्न समुदाय, जाति, वर्ग, कुल, गोत्र वा परिवारको आधारभूत तत्वहरूमा समन्वयात्मक परिवर्तन गरिनुपर्दछ। रीतिरिवाज र परम्परा समय, काल र परिस्थिति अनुसार विकसित हुँदै जानुपर्दछ। जुन समाजमा अन्याय, अत्याचार, शोषण, उत्पीडन र सामाजिक भेदभाव कायम रहन्छ दलितको मुक्ति असम्भव हुन्छ। त्यहाँ दलित मुक्तिका लागि प्रजातान्त्रिक परिवेशमा आरक्षण अपरिहार्य नै हुन्छ। हाम्रो समाज पनि यस्तो भेदभावबाट पीडित छ। अतः सामाजिक, शैक्षिक, राजनैतिक, धार्मिक, न्यायिक आदि क्षेत्रहरूमा पिछडिएका यी वर्गका लागि आरक्षणको व्यवस्था आजको सर्न्दर्भमा लोकतान्त्रिक र समय सापेक्ष भएको छ।
दलित समुदायलाई पन्छाएर राष्ट्रको परिकल्पनासम्म गर्न सकिन्न। त्यसैले यो समुदायलाई राष्ट्रिय जीवनको हरेक क्षेत्रमा आरक्षण दिनु नितान्त आवश्यक छ। लोकतन्त्रवादीहरूले लोकतन्त्रको यस्ता विशेषताहरूलाई बुझेर १९ वर्षपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा संवैधानिक व्यवस्था गरी दलितको आरक्षण सुरक्षित गरिएको छ। दलितले इतिहासमा पहिलो पटक मताधिकारबाट  निर्वाचित भई स्थानीय सरकारमा प्रतिनिधित्व गर्ने अवसर पाएका छन्। यसले दलित समुदायमा उत्साह ल्याएको छ। जागरण ल्याएको छ र नेतृत्वमा पुगेर नीति निर्माण गर्ने सुवर्णयमौका पाएका छन्। वैशाख ३१ गते हुने निर्वाचनबाट एकैपटक ठूलो संख्यामा दलित जनप्रतिनिधिहरू चयन हुँदैछन्। उम्मेदवारी दर्ता गर्दा महिला, दलित वा अल्पसंख्यक समुदायले धरौटी रकम समेत ५० प्रतिशत छुट पाउने कानुनी व्यवस्था गरिएको छ। नेपालमा अहिले ७ सय ४४ स्थानीय तह कायम छन्। प्रत्येक वडा सदस्य, गाउँसभा र नगरसभामा दलित वा अल्पसंख्यक समुदायको आरक्षण सुनिश्चित गरिएको छ। प्रत्येक वडाबाट दलित महिला सदस्य अनिवार्य गरिएको हुँदा नेपाल अधिराज्यभर ६६८० दलित महिलाले स्थानीय तहमा प्रतिनिधित्व गर्नेछन्। गाउँकार्यपालिकामा दलित वा अल्पसंख्यक २ जना र नगरकार्यपालिकामा ३ जना निर्वाचित हुनेछन्। यसरी हेर्दा प्रत्येक गाउँसभाबाट दलित वा अल्पसंख्यक २ सदस्य गरी ९६२ ले प्रतिनिधित्व गर्नेछन् भने प्रत्येक नगर सभाबाट दलित वा अल्पसंखयक ३ सदस्य गरी ७८९ दलित चयन हुनेछन्। त्यसैले स्थानीय तहको निर्वाचन दलित समुदायको लागि इतिहासको कालखण्डमा ऐतिहासिक हुन गएको छ।
कास्की जिल्लामा दलितको प्रतिनिधित्व
स्थानीय तह पुनः संरचना अनुसार कास्कीमा ५ वटा स्थानीय तह कायम भएका छन्। नयाँ संरचनामा पोखरा र लेखनाथ एकै ठाउँमा जोडेर पोखरा लेखनाथ महानगरपालिका बनेको छ भने रुपा, मादी, माछापुच्छे्र र अन्नपूर्ण गाउँपालिका भएका छन्। पोखरा लेखनाथ महानगरपालिकामा ३३ वटा वडा छन् भने रुपा गाउँपालिकामा ७, मादी गाउँपालिकामा १२, माछापुच्छे गाउँपालिकामा ९ र अन्नपूर्ण गाउँपालिकामा ११ वटा वडाहरू कायम भएका छन्। यसरी हेर्दा कास्की जिल्लामा गाउँपालिका र नगरमा जम्मा ७२ वटा वडाहरू हुन आउँछन्। प्रत्येक वडाबाट एक दलित महिला सदस्य हुनै पर्ने व्यवस्थाले गर्दा ७२ दलित महिलाहरूको प्रतिनिधित्व सुनिश्चित छ। त्यसैगरी प्रत्येक गाउँसभाबाट २ सदस्य गरी ८ जना दलित वा अल्पसंख्यक र नगरबाट दलित वा अल्पसंख्यकको ३ सदस्य गरी जम्मा ८३ जना दलित प्रतिनिधिहरू कास्की जिल्लाबाट निर्वाचित हुनेछन्।

जुन देवालयमा दलितहरु पुजारी हुन्छन्, व्राम्हणहरु भक्तजन

प्रेम सुनार, गुल्मी, २०७४ जेठ  ५  । मन्दिर भित्र दलित समुदायका पुजारीहरुले धमाधम पुजा–पाठ गरी रहेका हुन्छन् । ष्ता मन्दिर वाहिर व्राम्हण क्षेत्री मगर लगायतका भक्तजनहरु हात जोडेर वर मागी रहेका देखिन्छन् । जातिय विभदले आक्रान्त हाम्रो नेपाली समाजमा त्यो दृश्य नियाल्दा कुन दुनियाँमा आईयो जस्तो महशुस हुन्छ । त्यो दृश्य हो गुल्मीको मालिका गाउँपालिका अन्तरगत साविकको ह्वाङ्गदी गाविसको एक देवालयको ।देशका विभिन्न मठ–मन्दिरहरुमा दलितहरुलाई प्रवेश नदिईएको विरुद्धमा दलित अधिकारकर्मीहरुले आन्दोलन गर्दै आई रहेका वेला ह्वाङदीमा रहेको व्रम्हा हस्त निशेल गौतम देवालयमा भने यस्तो देशमै नौलो प्रायः र उदाहरणीय कार्य हुने गरेको हो । जहाँ मन्दिर भित्र दलित पुजारीहरुले पुजा गर्छन र वाहिर व्राम्हण क्षेत्री मगर लगायतका अन्य जातिहरु ति दलित पुजारीहरुका अनन्य भक्तजन हुँदै शिर झुकाएर वर माग्छन् ।
पृथ्वी नारायण शाहले नेपाली एकिकरण गर्नु अघि देखि नै प्युठानको रजेनामा अस्तीत्वमा रहेको निशेल गौतम गोत्राका बिश्वकर्मा बन्धुहरुको देवालय हो त्यो । आज भन्दा ५ सय वर्ष अघि देखि प्युठानबाट गुल्मीको उक्त स्थानमा स्तान्तरण गरिएको उक्त देवालयमामा देशमै सकारात्मक सन्देश दिने समाचार हुँदा हुँदै पनि हाल सम्म सञ्चार माध्यमबाट ओझेलमा पर्दै आर्इृ रहेको छ ।
हरेक दुई वर्षको वैशाखे पुर्णीमाको दिन ति वन्धुहरुले कुल पुजा गर्दछन् । जहाँ दलित समुदायको भन्दा दोव्वर पाठा वलि चढाउँछन् ग्रैह्र दलित समुदायले । जे वर मागे पनि पुरा हुने जनविश्वास रहेकोले उनिहरुले भन्दा बढि व्राम्हण क्षेत्री मगर लगायतका अन्य जातीहरुले भक्कल गरेका मेडाहरु चडाउने गर्दछन् र दलित पुजारीहरु संग हातमा प्रसाद थापेर खान्छन् । सदरमुकाम तम्घास देखि करिव ४५ किलो मिटर उत्तर वाग्लुङ्गको सिमाना गंगारे र गुल्मी म्याले वडचौर टापुमा उक्त देवालय रहेको छ ।
जहाँ गुल्मी , प्युठान , वाग्लुङ्ग , रुपन्देही र भारत सम्म रहेका विभिन्न जातीहरु दलिहरुको त्यस देवालयका पाठा भक्कल चढाउन आएका हुन्छन र अपार भिड लाग्ने गर्दछ । यसपालीको बैशाखपुर्णीमाा भाईहरुका अनिवार्य मेडा जम्मा १ सय ३० वटा परेका थिए भने व्राम्हण क्षेत्री लगायतका अन्य समुदायले करिव २ सय वडा भक्कल .गरेका पाठा वली चाढाएका थिए ।
‘ यस्तो मन्दिर कहि कतै छैन्’
त्यहाँ मेला भर्न सदरमुकाम तम्घासबाट पुगेका गोविन्द कँडेलले दलितहरु पुजारी व्राम्हण लगायतका अन्य जातीहरु भक्तजन बन्ने त्यस्तो मन्दिर कहि कतै नभएको ठोकुवा गरे । उनले भने–‘ म त अचम्मै परे , म पनि व्राम्णको छोरा हुँ ,म जस्ता सवैले प्रशाद ग्रहण गरे पछि मैले पनि तिनै बिश्कर्मा पुजारीले दिएको प्रशाद ग्रहण गरे र शिर निहुराएर मेरो मनले चाहेको वर मागें । यस्तो मन्दिर त नेपालमा मात्र होईन अन्य मुलकका हिन्दुहरुले पनि बनाएका छैनन । लगायतका उनि जस्तै भक्तजन बनेको अन्य जातीहरुले पनि आफुले कतै नदेखेको बताउँदै यस्तो मन्दिर देशभरमै पहिलो मन्दिर हुन सक्ने दावि गरे ।
ुनेपालमा मात्र भरी मात्र होईन ,अन्य देशका हिन्दुहरुमा पनि अन्य दे आफुले कतै नदेखेको बताउँदै यस्तो मन्दिर देशभरमै पहिलो मन्दिर हुन सक्ने दावि गरे । त्यहाँ आएका व्राम्हण क्षेत्री मगर लगायतका श्रद्धालु भक्तजनहरु मध्ये कैसैले आफुले मागेको वर पुरा भए पछि पाठा भक्कल चढाउन आएको बताए भने कसैले भर्खर वर माग्न आएको प्रतिकृया दिए ।स्थानिवासीको पुरानो पिडिले मात्रै होईन नयाँ पिढिले समेत निशेल गौतमहरुका देवताहरु प्रति आश्था राख्दै आएको स्थानि व्राम्हण समुदायकी एक किशोरी शरिता घिमिरेले बताईन । जे वर मागे पनि पुग्ने भएकोले सदियौं देखि बिश्वकर्माको यस देवालयमा व्रम्हण क्षेत्री लगायतका सवै जातजाति पुजा गर्न आउने गरेको पाठा भक्कल चढाउन आएका ओमबहादुर बुढाले बताए । यहाँ कसको मन्दिर र को पुजारी भन्ने मतलव हुदैन् जे कामना ग¥यो त्यही पुग्ने यस्तो शक्ति भएको विश्वकर्माहरुको यस देवालयमा त्यस्तो विभेद सोचे पनि अधर्म हुने स्थानिय व्रम्हाण ‘समुदायका भक्तजनहरुले बताए ।
त्यहीबाट सुरु भएको थियो यो देशरभर चर्चित उखान
अहिलेको युगमा पाच्य नहुने देशैभर चर्चा हुने एउटा यस्तो उखान छ –‘राजाको काम छाडी कामीको देवाली ?’ भन्ने । जो त्यसै देवालयको उत्तपत्ती संगै भएको रहेछ । उनीहरुको कुल देवताको उत्पत्ती र शक्तिको पौराणीक कथावारे त्यस कुल सेवा समितिका अध्यक्ष तुलबहादुर बिश्वकर्मा यसरी त्यस देवालयको उत्पत्ती र ऐतिहाँसिक तथ्यवारे प्रकाश पार्छन्–
सुन्दरीको मोहले बिश्वकर्मा बने ब्राम्हण
अहिलेका यि बिश्वकर्माका पुर्खाहरु परापुर्वकादमा गौतम थरका व्राम्हण थिए । ४ भाई व्राम्हणहरु मध्ये कान्छा भाईले एक दिन एउटा पँधेरोमा पानी भर्दै गरेकी सुन्दरीलाई देखे । वोला चाल गर्ने ईच्छुक भए पछि पानी मागेर पिउन थाले । पिई सके पछि परिचय आदान प्रदान भयो । ति सुन्दरीले आफु बिश्वकर्माकी छोरी बएको बताईन ।
घरमा आएर आमा लगायतका परिवारजन संग त्यो कुरा बताए । उनले आफ्नो जात त्यागेर तिनै सुन्दरीलाई अंगाल्ने घोषणा गरे । घरबाट हिडेर वाग्लुङ्गको निशी भन्ने ठाउँमा आएर तिनै सुन्दरी संग वैवाहिक सम्वन्ध स्थापित गरेर बसे । उनी संग व्रम्हशक्ति थियो । उनले वाण प्रहरा गरेर जुन भिर चट्टानबाट पनि पानीका मुहान निकाल्न सक्दथे । व्रम्हशक्ति मार्फत उनले रातभारी तामाको तमौरामा पानी राख्ने अर्को दिन तमारो भरी पैसा हुने गर्दथ्यो ।

त्यो तत्कालिन राजाले थाह पाए पछि उनलाई अवैध पैसा ( सिक्का ) काटेको आरोपमा पक्राउ गरियो । उनले त्यस दिन मलाई छाड्दिनुस महाराज आज मेरो कुल पुजा हो । पुजा गरेर भोली आउँछु भनेर जम्ले हात गरे । राजा झोक्कीदै भने–‘ राजा काम छाडी कामी देवाली .. ? त्यो सुनेर भाई भारदार र पाले पहरा गलल्ल हाँसे । त्यस पछि उनिहरु मार्फत नै त्यो उखान देशैभर चर्तित भयो र अहिले पनि कहिले काँही ठट्टा गरेर उखान हाल्ने गरिन्छ ।
आफु माथी त्यो उपहास राजाबाट त्यो उपहास र प्रहरीले नेल लगाएर दिनैभर घामा सुताउने आदेशले हस्ते कामी रिसले चुर भए । उनले पानीको वर मागे लगत्तै तत्काल आकाशबाट पानी प¥यो । साँझ सम्म नेलमा बाँधिएका उनले व्राम्हजी संग नेल तोडि दिन पनि वर मागे । नेल पनि तत्काल तोडियो । त्यो देखेर प्रहरीहरु च्कित परे ।
प्रहरीले भने हे प्रभु तपाई महाशक्ति पुरुष हुनुहुदो रहेछ हामीले त छाड्न मिल्दैन राज समक्ष पुराउँछौं भनेर लगे । राजाले जंगिदै सोधे – तँ जादुगर होस कि तान्त्रिक होस ? भनेर । उनले होईन म व्रम्हशक्ति ग्रहण गरेको मान्छे हुँ भने ।

शक्ति परिक्षणका लागि राजाले हाल सम्म पनि प्युठानमा रहेकोे सुख्खा दहमा भरी तलाउ पानी बनाएर देखा भने । उनले साँझ एक लोटा पानी त्यो सुख्खा दहमा के राखेका थिए अर्को दिन भरीभराउ ताल बन्यो । राजाले फेरी प्युठान रजेनाको त्यो तालबाट सुरुङ्ग पत्ता लगाउन लगाए । अहिले पनि त्यो सुरुङ्ग रहेको छ ।
राजाले उनको व्रम्हशक्ति प्रति विश्वास राखेर उनका व्रम्ह हस्त गोतामे कुलान पुजामा सुन चाँदीका ध्वजा पता सहित वलि चढाउन थाले । उनै हस्ते गोतामेका सन्तानहरु पछि वाग्लुङ्गको निशी भन्ने स्थानमा आएर बसेका थिए ।

तिनै मध्येका केहि बिश्वकर्माहरुलाई आरने काम गराउनका लागि तत्कालिन गुल्मी म्यालाका घर्ति मगरहरुले ल्याएका थिए । यसरी सुरु भएको उनिहरुको वस्ती विकासका क्रममा उनिहरुका पुर्खा मध्येका बिरु भन्ने व्यक्ति पुर्खेयौली घर प्युठानको रजेना कुल देवता लिन गए । उनलाई जासुस भएको आरोप लगाउँदै जाल भित्र थुनेर राखे । पछि उनले परिचय थिए पछि जाल भित्रैबाट दुई हातले जति कुल घरबाट जति पुरातात्विक र धर्मिक वस्तु झिक्न सक्छस् त्यति नै लैजान पाउन सर्त अगाडी सारियो । सोही अनुरुप उनले एउटा दियो , एउटा त्रिशुल र एउटा शिला ल्याएर म्यालामा त्यस देवालय स्थापना गरेका थिए ।
खडेरी परे अहिले पनि निशेल गौतम नै पुर्काछन् स्थानियले
हरेक वर्ष हिउँदे याममा लामो खडेर परे स्थानिवासीले उनै निशेल गौतम कुल देवता पुकारेर पानीको वर मागन्ने गरेका छन् र पानी पर्ने पनि गरेको स्थानियले बताए । छिमेकी गाउँ अर्खवाङ्गका एक जना थापा थरका व्यक्तिलाई विहे गरेको १२ वर्ष सम्म सन्तान भएनन । अन्ततः उनि त्यही देवालयमा वर माग्न आए ।त्यस पछि उनले लगातार चार भाई छोराहरु पाए । त्यस पछि उनले त्यसै कुलान पुजा गर्न थाले । यस्ता थुप्रै व्यक्तिहरु प्रमाणका रुपमा फेला पर्ने गरेका छन् ।
कुल पुजाको दिन अन्य समुदायहरु व्लि चढाउन मात्र आउँदैनन । विरामी परेको भए उपचार गर्न समेत आउने गरेका छन् । त्यस कुलका मुलधामीले आफुले हेराएमा विमारीहरु ीनको भएर जाने गरेको दावि गरे ।
वलि चढाउन आउने मध्ये कतिपय व्राम्हण समुदाय बिश्वकर्मा पुजारीले काटमार गरेको पाठाको मासु खाँदैनौं यहि राख त भन्दैनन ? भन्ने प्रश्नमा अध्यक्ष बिश्वकर्माले अहिले सम्म कसैले त्यस्तो नगरेको बरु केहि वर्ष अघि देखि प्रसाद समेत आफै मागेर खान थाल्नु भएको बताए । .
उनले त्यस देवालय ऐतिहाँिसक र सवै जातजातीहरुको आश्थाको केन्द्र भएकोले पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न समेत पहल गर्नु पर्नेमा जोड दिए ।
त्यसको शिर पश्चिम , उत्तर र दक्षिण भाग लुम्निी अञ्चलकै दोश्रो उचो लेख मदाने संरिक्षत बन पनि त्यतिकै ऐतिहाँसिक र पर्यटन विकासका लागि नेपाल सरकारबाट कार्यक्रम सञ्चालन भई रहेको छ । त्यस्तै त्यहाँ अर्को प्रशिद्ध मालिका मन्दिर र कैयौं लोपउन्मुख वनस्पति, जंगली जनवार पनि त्यस क्षेत्रमा रहेकोले देशमै उदाहरणीय दलित पुजारी ग्रैह दलित भक्तजनरहेको त्यस बिश्वकर्माहरुको देवालयको संरक्षण र विकासका लागि सम्वन्धीत निकालये चासो देखाउन आवश्यक देखिन्छ ।इबाग्लुंग बाट साभार 

उत्पीडित समुदायसँग जोडिएको धुर्मुस सुन्तली अभियान -रामजीवन महतो

विभेद विरुद्ध अभियान- जेस्ठ ५ -राष्ट्र विभिन्न जात–जाति, धर्म, संस्कृति, समुदाय वा सम्प्रदायको एकीकृत रूप हो । राष्ट्रको समग्र विकास हुनका लागि यी सबै समुदायको विकास हुन अनिवार्य छ । यद्यपि, नेपालको सन्दर्भमा अधिकांश दलित, मद्येशी र जनजातिलगायतका अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदाय राज्यको मूल प्रवाहमा आउन सकेका छैनन् । त्यसमा पनि मधेशी दलित समुदायको अवस्था अत्यन्तै दयनीय छ । राष्ट्रिय दलित आयोगले जातीय अनुसुची प्रतिवेदनमा उल्लेख गरेअनुसार नेपालमा २६ प्रकारका दलित समुदाय रहेका छन् । त्यसमध्ये तराई मधेशी दलितअन्तर्गत कलर, ककैहिया, कोरी, खटिक, खत्वे (मण्डल खङ्ग), चमार (राम मोची, हरिजन, रविदास), चिडिमार, डोम (मरिक), तत्मा (ताँती, दास), दुसाध (पासमान हजरा), धोवी (रजक हिन्दु), पासी, बाँतर, मुसहर, मेस्तर (हलखोर), सरभङ्ग (सरवरिया), नटुवा, ढाँडी, धरिकार धन्कार लगायतका जातिहरू पर्दछन् । त्यस्तै पहाडमा कामी, दमई, सार्की, बादी र गाईने लगायतका जातिहरू दलित समदायभित्र पर्दछन् । 
नेपालको इतिहासमा वि.सं. १९९० को मुलुकी ऐनले पानी नचल्ने र छोड्छिटो हाल्न पर्ने जातजाति भनी माथिका जातिगत समुदायलाई उल्लेख गरी जातीय भेदभाव तथा छुवाछुतलाई राज्य सञ्चालनको माध्यमको रूपमा संस्थागत गरेको थियो । सामाजिक विभेद र दमनको शक्तिशाली संयोजनका कारण दलितहरू समाजमा दोस्रो दर्जाको नागरिकको रूपमा जिउन बाध्य भएका छन् । मधेशमा करिव ४० प्रतिशत दलितहरू भूमिहीन रहेका छन् भने उनीहरू दुई छाक टार्नका लागि समेत गैरदलित समुुदायहरूमा आश्रित हुनुपर्ने बाध्यता छ । चाहे पहाडी दलित हुुन् वा मधेशी दलित दुवै गैरदलित समुदायबाट शोषित तथा पीडित छन् । पहाडी दलितहरू खासगरी ब्राह्मण, क्षेत्री र जनजातिहरूबाट छुवाछुत तथा भेदभावको शिकार भएका छन् भने तराई मधेशका दलितहरू मधेशी ब्राह्मण क्षेत्री (झा, साह, यादव, कुर्मी) लगायत गैरदलितहरूबाट पीडित भएका छन् । २०७३ साल मंसिर २५ गते काभ्रेको सानो वाङ्थली वडा नं. ७ मा यस्तै एउटा दर्दनाक र अमानवीय घटना घट्यो । ३२ वर्षीय लक्ष्मी परियारलाई बोक्सीको आरोपमा त्यहाँ अवस्थित विद्यालयको शिक्षक हिरा लामा र उसको आमा काली तामाङद्वारा डोरीले बांधी मलमुत्र खुुवाई कुटियो । फलस्वरूप लक्ष्मी परियारको अकल्पनीय रूपमा मृत्युु भयो । दुःखको कुरा यो छ कि दोषी लामालाई कारवाही गरिनुुको सट्टा प्रहरी प्रशासनले लक्ष्मी परियारकी पतिलाई श्रीमती हत्याको आरोपमा थुने । ‘एबीसी न्यूज नेपाल’द्वारा प्रशारित ‘दलितको आवाज’ कार्यक्रममा उपस्थित लक्ष्मी परियारकी तीन छोरा मध्ये १० वर्षे माहिला छोरा सुमन परियारलाई अब तपाईं के चाहनुु हुुन्छ सोध्दा गहभरी आँसु पार्दै यस्तो जवाफ दिएको थियो, “मेरी आमा त अब यो संसारमा छैन । हिरा लामालाई जेल हाल्नुको सट्टा झुठो आरोपमा मेरो बुवालाई थुनियो । अब मेरो १३ वर्षीय दाई, २ वर्षीय भाई र मलाई कसले पाल्ने ? लामालाई कि त मेरी आमालाई जस्तै मल मुुत्र खुवाएर मार्नु पर्छ कि त मृत्यदण्डको सजाय दिनु पर्छ ।” उक्त कार्यक्रममा उपस्थित मृतकको देवर ज्ञान बहादुर परियारको अनुसार माओवादीको दबाबमा प्रशासन भित्रै प्रहरीद्वारा हात हाल्ने काम गरियो । मार्नेलाई बचाएर निर्दोष पीडितलाई जेल भित्र हाल्ने यो कहाँसम्मको न्याय हो ?
 त्यस्तै गत पुस १ गते गुल्मीको अर्वेली गा.वि.स. वडा नं. ५ मा दलित समुुदायमा एउटा मानव अधिकार उल्लङ्घनको घटना घट्न गयो । ८१ वर्षीय लाल बहादुुर सुनार स्थानीय एक ब्राह्मण थरकी महिलासंग संबन्ध राखेको आरोपमा गा.वि.स. सहायक क्षविलाल न्यउपानेको संयोजकत्वमा गाउँ निकाला गरियो । देशमा कानून हुँदा हुदै गा.वि.स. सचिवलाई समेत खबरै नगरी समातेर, कुुटपिट गरी अमानवीय तरिकाले गाउँ निकाला गरियो । वृद्ध भत्ता समेत रोक्ने चेतावनी दिइयो । पछि सुनारको छोरा र आफन्तहरू खोज्दै जाँदा जंगलमा भेटियो । यी त केही उदाहरण मात्र हुन् । यस्ता घटनाहरू कति छन कति । एन. एस. आई. नेपाल सामाजिक समावेशी सर्वेक्षणको तथ्याङ्क अनुुसार ३६.४ प्रतिशत पहाडी दलित भूमिहिन छन् भने ४१ प्रतिशत मधेशी दलित भूमिहिन छन् । नेपालमा दलितको सरदर शिक्षित दर ५२.४ प्रतिशत जनाएको छ । जसमा दलित भित्र हेर्ने हो भने ५२.४ प्रतिशत पहाडी दलित छ भने ३४ प्रतिशत मधेशी दलितको शैक्षिक दर पाइन्छ । त्यसै गरी नेपालमा कुल दलित महिलाको सरदर शिक्षित दर ४५.५ प्रतिशत छ भने डोम र मुसहर महिलाको १७.९ प्रतिशत रहेको छ ।
 नेपालमा सरदर दलितहरू ७७ प्रतिशत सन्तुुलित भोजन प्राप्त गर्दछन् । स्थानीय स्तरमा स्वास्थ्य चौकीहरूमा सेवा लिन जाँदा १४.६ प्रतिशत पहाडी दलितहरूसंग विभेद भएको छ भने ४३ प्रतिशत मधेशी दलितहरूसंग विभेद हुने गरेको छ । नेपालमा स्वास्थ्य सेवा लिन जाँदा सरदर ७७ प्रतिशत महिलाहरू समस्या भोग्ने गरेका छन् । सिभिल सर्विस रेकर्ड २०६३ को तथ्यांकअनुसार नेपालमा कुल सरकारी कर्मचारी मध्ये १.९४ प्रतिशत दलित सरकारी छन् भने मधेशी दलितको संख्या उल्लेख गरिएको छैन । ३३.९ प्रतिशत पहाडी दलित वालवालिका कुपोषणबाट ग्रस्त छन् भने ३६.३ प्रतिशत मधेशी दलित वालवालिकाहरू कुपोषन ग्रस्त छन् । हाल महोत्तरीको वर्दीवास नं. पा. वाडा नं. २ स्थित मुसहर वस्ती अत्यन्त चर्चामा रहेको छ ।

 चर्चा हुनको पछाडी हाँस्य कलाकार तथा समाजसेवी धुुर्मुस (सीताराम कटेल) र सुन्तली (कञ्जना घिमिरे) हुन् । राष्ट्रपती, प्रधानमन्त्री, मन्त्री, सांसदको नाम नजान्ने नेपालीले पनि आज धुुर्मुस र सुन्तली भने पछि चिन्ने गर्छन् । वर्दीवासको मुुसहर वस्ती भन्दा मलाई ७–८ वर्ष पहिलेको एउटा रोचक प्रसंग याद आयो । मुसहर वस्तीसंगै रहेको सीता भुजेल दीदिको घरमा एक रात बसेको थिएँ । लगभग रातको ९–१० बजेको थियो म निदाउनै लागेको थिएँ । त्यतीकैमा एक जना महिला आंगनमा आएर सीता दीदिलाई बोलाई र एक छिन पछि फर्केर गई । भोली पल्ट सीता दीदिलाई को त्यती राती आको भनेर सोध्दा मुसहर बस्तीको एउटी आइमाई बती गएकोले निद्रा लागेन रे । त्यसैले टुकी बालेर सुन्तको लागि मट्टीतेल माग्न आएकी थिई रे । सुत्दा बती बालेर सुत्न पर्ने वानी सुुनेर मलाई अनौठो लाग्यो । दीदिले कुरा थप्नु भयो, “यहाँ त यिनीहरूलाई रोग लागे पछि औषधी नै गर्नु पर्दैन नि ।” एक छिन म अक्मकिएँ । वहाँले फेरि भन्नु भयो, “यिनीहरूको दिनको सरूवात रक्सीबाट हुन्छ र सन्नेबेला पनि रक्सी खाएर झगडा नगरेको दिन नै हुन्न । उसैले यिनीहरू विरामी परे पछि मरिहाल्छ र उपचार नै गर्नु पर्दैन ।” यस्तो व्याङ्ग्यात्मक कुुरा सुन्दा एक छिन हाँसो उठ्यो तर पछि कति पिछिडिएको समदाय रहेछ भनेर सोच्न वाध्य भएँ । वास्तवमा मुुसहर वस्तीमा रोग, भोक, अशिक्षा प्रष्टै देख्न सकिन्छ । सरसफाई अभियानको क्रममा वर्दीवास पुगेका धुर्मस–सन्तलीलाई स्थानीय युवा पत्रकार रामकरण महतोले पहिलो पल्ट मुसहर वस्ती लग्दा त्यहाँको जीर्ण र दयनीय अवस्था देख्दा मनै रोएर आयो । परालले छाएको ससाना छाप्रा, फोहर वस्ती, मmुत्रा पहिरण, अशिक्षा, बालविवाह, कुपोषण आदिले उनीहरूलाई अति नै मर्माहत तुल्यायो । जंगलबाट दाउरा ल्याएर जसो तसो गुजारा गरिरहेका, जाडोमा कठाङ्ग्रिएर बसेका मुसहरहरूको लागि डस्ना सिरकको व्यवस्था गरि दिए । पढ्नको लागि स्थानीय स्कूलमा गएर शिक्षकहरूलाई भनी प्रेरित गरे । 
सब भन्दा ठूलो कुरा एकिकृत तेस्रो नमना बस्तीको रूपमा ५० घरधुरीका करिव २७० जना मुसहरको लागि घर बनाइ दिए। करिब ४ करोड ७८ लाखको लागतमा हुुन लागेको निर्माण कार्यको शिलान्यास मह जाडी (मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य) बाट भर्खर भयो । मुसहर बस्तीबाट मानवता र सदभावका लागि सहकार्य गर्ने विकासका लागि मूल फुटाउने खोजेको धुर्मुसले बताए । शिलान्यास गर्न आएका मदन कृष्ण श्रेष्ठले धुर्मुस सन्तलीको यस्तो साहसिक र उदाहरणीय कार्यले आजका ठूल्ठूला भाषण दिने नेताहरूको लागि चुनौती नै भएको बताए । तीन पुुस्तामा सबभन्दा बढी पढेको मंजील सदा कक्षा १२ मा अध्ययनरत छन् । यती पिछिडीनुको कारण एकातिर गरिवी र ज्ञानको कमी हो भने अर्कोतिर उच्च जात भनाउदा हाम्रो समाज पनि हो । ‘आर्टिस्ट खबर’को संवाददातासंगको कुराकानीमा मुुसहर वस्तीकै एक महिला देवकला सदाको अनुुसार स्कूलमा आफ्ना बच्चाहरू पढ्न जाँदा फोहर लुगा लगाएर आएको भनी शिक्षकहरूले पढ्न दिन्थेन रे । शिक्षा दिने गुरू नै यस्तो व्यवहार गरे पछि हाम्रो समाज कसरी अगाडी बढ्छ त । वर्तमान संविधानमा अविभेद तथा छुवाछूत विरूद्धको व्यवस्थाहरू समावेश गराइए पनि अधिकांश छुवाछूतको मुद्दा फौजदारी भई मेलमिलाप गर्न नमिल्ने कानूनी व्यवस्था हँुदाहुदै पनि सबैलाई मेलमिलापमा टुुंग्याउन खोज्नुु र अदालतसम्म पुुुगे पनि अत्यन्त न्यून सजाय हुन विडम्बनापूर्ण छ । 
दलितलाई उच्च शिक्षासम्म छात्रवृति सहितको निशुल्क शिक्षाको व्यवस्था भनिँदा हालसालै पारित भएको शिक्षा ऐनमा त्यसलाई बेवास्ता गरिनु, भूमिहीन दलितलाई एकपटक कानून बनाएर भूूमि प्रदान गर्ने भनिएकोमा भूूमिसधार मन्त्रालयले त्यसमा तदारूकता देखाउनुको सट्टा अध्ययन गरिनपर्ने भनी पन्छाउने काम गरेको छ । मन्त्रिपरिषददेखि राज्यका हरेक निकायमा समावेशी हुने भनिएकोमा ओली सरकारमा एमाले पार्टीको एकजना पनि दलित मन्त्री नपर्नु, निजामति सेवामा भर्ना खुुल्दा टुक्रा–टुक्रा पारी खोल्नुु र त्यसमा भरसक समावेशी कोटा नपार्नु । राजदुत लगायत अन्य क्षेत्रमा नियुक्ति गर्दा दलित समुदायलाई पुरै बेवास्ता गर्नाले अहिलेको संविधानले निर्दिष्ट गरेको व्यवस्थाको कार्यान्वयन हुन्छ भन्ने कुरामा शंका पैदा गरेको छ । त्यसैले दलित र पिछडिएका समुदायलाई उभो लगाउनको लागि धुर्मुस र सुन्तली जस्ता समाजसेवीको आवश्यकता छ । (मधेश दर्पण फिचर सेवा) 

एमालेको नीति र नेतृत्व : दलितको समृद्धि र स्वामित्व -गणेश बिके

विभेद विरुद्ध अभियान- जेस्ठ ५ - नेकपा (एमाले) नेपाली सर्वहारा, श्रमीजीवी तथा मेहनती उत्पीडित दलित जनताको पनि वास्तविक रूपमा प्रतिनिधित्व गर्ने पार्टी हो । यसले पार्टी स्थापना गर्दाका बखत सामन्तवादको जगमा खडा भएको राजनीतिक, आर्थिक तथा सामाजिक÷कुसंस्कृतिका आधारहरू भत्काउँदै सिंगो मुलुक सबै प्रकारका भेदभावमुक्त बनाउने उद्घोष गरेको थियो । विगत सात दशक लामो संघर्ष र निर्माणको आन्दोलनमा नेकपा (एमाले) ले उत्पीडित दलित समुदायका विषयमा सही विचार रहेको कुरा व्यवहारतः पुष्टि गरिसकेको छ । पार्टीले अवलम्बन गरेको माक्र्सवाद र जबजको जगमा पार्टी स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीदेखि विभिन्न कमिटीमा हजारौं दलित एकसाथ नेतृत्वमा आएका छन् र यो एमालेमा मात्र प्रस्ट देखिएको छ ।
नेपालको दलित समस्यालाई माक्र्सवादको सिर्जनात्मक प्रयोगका रूपमा लिँदै उनीहरूलाई पार्टी कामको अभिन्न अंगका रूपमा लिँदै २०४५ सालमा सर्वप्रथम जनवर्गीय संगठनका रूपमा उत्पीडित जातीय उत्थान मञ्च (उजाउ) को गठन गरेको थियो । उजाउले मुलुकलाई छुवाछूतमुक्त राष्ट्र घोषणा गर्ने, घोषणाको नियमनका लागि छुवाछूतविराधी ऐन जारी गर्ने र ऐनको कार्यान्वयनको अनुगमन गर्न राष्ट्रिय दलित आयोगको स्थापना गरिनुपर्दछ भन्ने कार्यनीति लिएको थियो । सौभाग्यवश उक्त तीनवटै कामहरू नेकपा (एमाले) को नेतृत्वको सरकार हस्तक्षेपकारी भूमिकाबाट कार्यान्वयन भए । पार्टीको आठौं महाधिवेशनमा मूल दस्तावेजमा प्रगतिशील आरक्षणको नीति पारित गर्दै राज्यसत्ता र पार्टीसत्तामा एकसाथ लागू गर्ने काम भयो भने नवौं महाधिवेशनमा उक्त नीतिलाई थप समृद्ध बनाउँदै सामन्तवादका अवशेषहरूको अन्त्य गर्दै सुखी नेपाली समृद्ध नेपालको नीति पारित गरियो ।
सविधानको कार्यान्वयन : उत्पीडित दलित समुदायको स्वाभिमाननेपाली जनताको सात दशक लामो संघर्षको प्रतिफल तथा यसबीचमा भएका आर्थिक–सामाजिक चेतनाको अभिवृद्धिले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिकताको झ्यालबाट भविष्यमा जातीय छुवाछूत र सबै प्रकारका भेदभावमुक्त सुन्दर, शान्त र प्रगतिशील नेपालको दलितमैत्री तस्बिर सहजै देख्न सकिने राजनीतिक अवस्थामा हामी अहिले आइपुगेका छौं । नेपालको संविधानमा दलित समुदायको सन्दर्भमा पहिचान, प्रतिनिधित्व र पहँुचका हिसाबले दक्षिण एसियाकै इतिहासमा पहिलोपटक पहिचान मिचिएका दलितहरूका लागि सम्बोधन गर्नैपर्ने सामाजिक समूहका रूपमा स्वीकार गर्दै पहिचानका हिसाबले यसको प्रस्तावना, दुईदुईवटा मौलिक हकलगायतका धाराहरूमा महत्वपूर्ण ढंगले सम्बोधन भएको छ ।
प्रतिनिधित्वका हिसाबले स्थानीय तहमा एक जना दलित महिला अनिवार्यसहित हरेक गाउँपालिकामा दुई जना, नगरपालिकामा तीन जना र जिल्ला समन्वय समितिमा एक जना दलित वा अल्पसंख्यक अनिवार्य प्रतिनिधित्वको व्यवस्था, प्रादेशिक संरचना र संघीय संरचनामा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत १३ प्रतिशतको व्यवस्था र संघीय संसदमा हरेक प्रदेशबाट एक जना दलित समुदायको अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरिएको छ ।
पहुँचका हिसाबले समानुपातिकसहित राष्ट्रिय दलित आयोगको स्थापना भएको छ । यसका अलावा प्रतिस्पर्धी क्षमता भएका दलित नेताहरूलाई हरेक संरचनामा अर्थपूर्ण रूपमा प्रतिनिधित्वको बिनाभेदभाव निर्वाचित हुने संवैधानिक वातावरण निर्माण गरेको छ । यसरी हामीले उठाउँदै आएको प्रगतिशील आरक्षणको मागलाई यो संविधानले प्राथमिकताको सिद्धान्तमार्फत सम्बोधन गरेको छ । त्यति मात्र होइन, दलित समुदायका मागहरू सम्बोधन गरेको संविधान कार्यान्वयन नहुँदा सबैभन्दा ठूलो घाटा नेपालका दलित तथा महिलाहरूलाई नै हुनेछ । त्यसैले, नेपाली दलितहरूले संविधानको सही कार्यान्वयनबाट इतिहासमा गुमेको सम्मान प्राप्त गर्ने र स्वाभिमानका साथ अरूसरह समृद्धिको सहयात्री बन्ने अवस्था आएकाले संविधान कार्यान्वयनका लागि हुन गइरहेको यस निर्वाचनमा दलितहरू नेकपा (एमाले) का पक्षमा उभिनुपर्दछ । किनकि, यी सबै परिवर्तनहरूमा कुरामा नेकपा (एमाले) को अग्रणी र हस्तक्षेपकारी भूमिका रहेको छ । एमाले कमजोर हुँदा हामी सबै दलित पनि स्वतः कमजोर बन्ने अवस्था छ ।
स्थानीय तहको निर्वाचन : सूर्यमा मतदान
आगामी निर्वाचन नियमित रूपमा हरेक पाँच वर्षमा हुने निर्वाचन नभई संविधान कार्यान्वयनको महत्वपूर्ण कडी र लोकतन्त्रलाई स्थानीय तहसम्मै स्थापित गर्ने महत्वपूर्ण प्रक्रिया हो । स्थानीय तह भन्नाले भूगोल मात्र नभई लोकतन्त्रको सही अभ्यास गर्न नपाएको नेपाली समाजको सबैभन्दा सतहमा रहेका दलितजस्ता समुदाय पनि राष्ट्रको मूल प्रवाहमा समाहित भई स्थापित हुने अवसर हो । यो निर्वाचन पार्टीहरूले लिएका नीति र काम तथा जनमत मापन गर्ने महत्वपूर्ण अवसरसमेत भएकाले यसअघि पार्टीहरूले गरेका कामका आधारमा हामीले मूल्यांकन गर्नुपर्दछ ।
नेकपा (एमाले) ले हालसम्म दलितहरूका लागि गरेका प्रथम कामहरूमा छुवाछूतमुक्त राष्ट्र घोषणा, दलित छात्रवृत्ति कार्यक्रम, सुकुम्बासीलाई जग्गा वितरण, घरबारविहीनलाई आवासको व्यवस्था, धर्मनिरपेक्ष राष्ट्रको घोषणा, आठौं महाधिवेशनमार्फत समावेशीकरणलाई वैधानिक नीति र जाति, भाषा, धर्मसम्बन्धी पहिलो नीति, अन्तरजातीय विवाह प्रोत्साहन भत्ताको व्यवस्था, हलियाका लागि मोहियानी हकसहित मुक्तिको घोषणा, मधेसका दलित छात्राहरूलाई अनमी प्रोत्साहन कार्यक्रम, सुदूपश्चिमका दलित विद्यार्थीहरूलाई स्नाकोत्तरसम्म निःशुल्क पढाइको व्यवस्था, निजामती कर्मचारी क्षेत्रको समावेशीकरणको प्रक्रियाको थालनी, भूमिसुधारप्रति सबैभन्दा स्पष्ट र प्रतिबद्ध, हरेक गाविसमा जाने बजेटको २५ प्रतिशत दलितका लागि विनियोजन, छुवाछूत गर्ने पार्टी कार्यकर्ताहरूलाई तत्काल कारबाही गर्ने वैधानिक व्यवस्था गरेको छ र यसो गर्ने पहिलो पार्टी एमाले नै हो ।
त्यति मात्र होइन, दलित आन्दोलनका अगुवा भगत सर्वजितको नाममा परम्परागत सीप विकास केन्द्र स्थापना गर्ने, भगत सर्वजित मानवमर्यादा राष्ट्रिय पुरस्कारको स्थापना, महिलासँग राष्ट्रपति, दलितसँग प्रधानमन्त्री कार्यक्रम, विजयेश्वरी छात्रावासको नाम सहर्षनाथ कपाली छात्रावास नामकरण, दलित समस्यालाई नेपालको विशेषतामा विश्लेषण गर्दै वर्ग र वर्ण एक सिक्काका दुई पाटाका रूपमा व्याख्या गर्दै जनताको बहुदलीय जनवादको आलोकमा हल गर्ने मूल दस्तावेजमा नीतिगत व्यवस्थालगायत राष्ट्रिय सभाको उपाध्यक्ष रामप्रीत पासवान, राष्ट्रिय सभामा पहिलो सांसद गोल्छे सार्की, पहिलो निर्वाचित पार्टी केन्द्रीय सदस्य र पहिलो स्थायी कमिटी सदस्य र पहिलो क्याबिनेटमन्त्री छविलाल विश्वकर्मा, पहिलो राजदूत गुणलक्ष्मी शर्मा विश्वकर्मा, पहिलो जीएम डा. मदन परियार र गणेश घिमिरेलगायत पहिलोपटक नीति निर्माणको तहमा पुग्ने पुगाउने काम नेकपा (एमाले) ले गरेको छ । उक्त नजिरका आधारमा अबको निर्वाचनमा नेपालका उत्पीडित दलित समुदायले नेकपा (एमाले) का सूर्य ध्वजावाहक उम्मेदवारलाई अत्यधिक मतले विजय गराउन सक्दा विगतका उपलब्धिहरूको रक्षा गर्न र बाँकी रहेका अधिकारहरूको स्थापना गर्न ‘जहाँ जातीय छुवाछूत, उत्पीडन र विभेद ः त्यहाँ नेकपा (एमाले) को उपस्थिति र प्रतिरोध’ भन्ने नेकपा (एमाले) को नारा सही साबित हुनेछ 
दलित समुदायको सपना : एमालेको नेतृत्वमा समृद्ध नेपालको स्थापना
नेपालको संविधान जारी भएपछि आधारभूत रूपमा राजनीतिक आन्दोलन कम र समृद्धिको आन्दोलनमा बढी जोड दिनुपर्ने अवस्थामा हामी आइपुगेका छौं । अबको समृद्धि हाम्रै पालामा अनि नेकपा (एमाले) को नेतृत्वमा हुन्छ भन्ने विश्वास उत्पीडित दलित समुदायका अलावा आमजनतामा रहेको छ । त्यसैले आगामी २०७४ नेकपा (एमाले) को वर्ष हुनेछ । संविधान कार्यान्वयनको वर्ष हुनेछ । संक्रमणकालको अन्त्यको वर्ष हुनेछ । अर्थात् नयाँ युगको थालनी गर्ने समृद्धिको आधार वर्ष हुनेछ । त्यसकारण दलित समुदायको मुक्तिको आधार वर्षसमेत हुनेछ । यही कुरा नेकपा (एमाले) ले आफ्नो घोषणापत्रमार्फत दलितहरूका सन्दर्भमा निम्न कार्यक्रमहरू घोषणा गरेको छ :
१. आगामी पाँच वर्षभित्र पार्टीका स्थानीय कमिटीहरू पूर्ण समानुपातिक बनाउने 
हाम्रो पार्टीका आधार भनेका आधारभूत तहका उत्पीडित दलित समुदायका जनता नै हुन् । उनीहरूका बीचमा पार्टी संगठन बलियो बनाउन, उनीहरूलाई बढीभन्दा बढी पार्टी काममा संलग्न गराउन र नेतृत्व विकासमा ध्यान दिने उद्देश्यले आगामी पाँच वर्षभित्र उत्पीडित दलित समुदायको पूर्ण समानुपातिक प्रतिनिधित्व (प्रगतिशील आरक्षण) हुने गरी १३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिने कुरा उल्लेख छ । जसले स्थानीय तहमा दलित समुदायका बीचबाट प्रतिस्पर्धी क्षमताको विकास हुनेछ ।
२. महिलासँग राष्ट्रपति, दलितसँग प्रधानमन्त्री कार्यक्रम
जातीय छुवाछूत र भेदभाव तथा सबै प्रकारका विभेदकारी कुप्रचलनहरू हाम्रो लोकतन्त्रिक समाजको कलंकका रूपमा अहिले पनि सामन्तवादको अवशेषका रूपमा विद्यमान रहेका छन् । यस्ता कुप्रथाहरू मेटाउन नसक्दासम्म हामी समुन्नत, समृद्ध र सभ्य समाज निर्माण गर्न सक्दैनांै । अतः हाम्रो पार्टीको पहलमा घोषणा भएको छुवाछूतमुक्त राष्ट्र घोषणालाई आगामी पाँच वर्षभित्र देशका ७५ वटै जिल्ला र ७ सय ४४ वटै स्थानीय तह छुवाछूतमुक्त घोषणा अभियानका लागि पर्याप्त बजेट विनियोजन गरिनेछ । साथै, अबको स्थानीय तहमा महिला, दलितलगायतका वर्गमाथि विशेष गरी हुने यस्ता घृणित क्रियाकलापहरूमा कडाइका साथ शून्य सहनशीलताको नीति अवलम्बन गर्न महिलासँग राष्ट्रपति, दलितसँग प्रधानमन्त्री कार्यक्रम लागू गरिनेछ ।
३. नमुना दलित बस्ती विकास कार्यक्रम
एमालेको नीति एमालेको नेतृत्व, प्रगतिशील आरक्षणसहितको स्थानीय तह हाम्रोे स्वामित्व भन्ने नारालाई व्यवहारमा कार्यान्वयन गर्न उत्पीडित दलित समुदायका लागि स्थानीय समावेशी अर्थतन्त्रको निर्माण गर्दै एक दलित बस्ती एक सहकारी र एक दलित परिवार एक रोजगारीका लागि ‘नमुना दलित बस्ती विकास कार्यक्रम’ लागू गरिनेछ । सामाजिक सरक्षा कार्यक्रम दलित समुदायका ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा अशक्तहरूका बीचमा विशेष महत्वका साथ कार्यान्वयन गरिनेछ ।
४. दलित अधिकार दशकको घोषणा 
दलित समुदायका लागि उनीहरूको वर्गीय आधारको सूचकांक निर्माण गर्दै परिचयपत्रको व्यवस्था गरी राजनीति, आर्थिक र सामाजिक विकासका लागि आगामी दशकलाई दलित अधिकार दशक घोषणा गरी उक्त दशकभित्र हरेक दलित समुदायका व्यक्ति शिक्षा, स्वास्थ्य र न्यायबाट वञ्चित नहोस् भन्ने उद्देश्यले आगामी पाँच वर्षभित्र हरेक दलित बस्तीमा एक जना एमबीबीएस डाक्टर, एक जना दलित शिक्षक र एक जना वकिल उत्पादन गरिने नीति अवलम्बन गरिनेछ । अर्को पाँच वर्षमा दलित समस्या हल गरिनेछ ।
५. परम्परागत पेसामा अग्राधिकारसहित औद्योगीकरण
आर्थिक उदारीकरण र विश्वव्यापीकरणबाट उत्पीडित दलित समुदायका परम्परागत पेसाहरू विस्थापित हुँदै गएका छन् । त्यसको प्रभावलाई न्यूनीकरण गर्दै उनीहरूकोे जनजीविकाको सुनिश्चितताका लागि परम्परागत पेसामा अग्राधिकार प्रदान गर्दै पेसाको आधुनिकीकरण र औद्योगीकरण गर्न हरेक गाउँपालिका र नगरपालिकामा सहकारी अभियानमार्फत हरेक प्रदेशमा दलित आन्दोलनका राष्ट्रपिता भगत सर्वजित विशेष औद्योगिक प्रतिष्ठान स्थापना गरिनेछ ।
६. सामुदायिक मोडलको गाउँ भूमिसुधार
सुकुम्बासी तथा भूमिहीन दलितहरूका लागि एक घर एक रोजगार, सबैलाई निःशुल्क शिक्षा, बेघरबारलाई घरबारको नारा लागू गरिनुपर्ने । ऐलानी वा सार्वजनिक जमिनमा कम्तीमा २५ वर्षसम्म बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी दलितहरूको जमिन स्थानीय सर्जमिनका आधारमा बिनाशुल्क उनीहरूकै नाममा दर्ता गरिनेछ । भूमिको वैज्ञानिक सूचना प्रणाली विकास गरी भूउपयोग नीतिका आधारमा सामाजिक न्यायसहितको स्थानीय सामुदायिक मोडलको गाउँ भूमिसुधार लागू गरिनेछ । सामाजिक न्यायसहितको आर्थिक विकास र न्यायपूर्ण वितरण अबको आर्थिक नीति हुनुपर्दछ । विशेष गरी राजनीतिक, आर्थिक र सामाजिक रूपमा वञ्चितीकरणमा परेको नेपालका दलित समुदायलगायतका ठूलो हिस्सालाई छोडेर गरिने विकासको ढाँचाले असमानतासँगै द्वन्द्व निम्त्याउँछ ।
७. उत्पीडित दलित समुदायका प्लस टु उत्तीर्णलाई अनिवार्य रोजगारी
धनीलाई प्रगतिशील कर र गरिबलाई सामाजिक सुरक्षा भत्ताको सिद्धान्तका आधारमा उत्पीडित दलित समुदायलाई तोकिएको क्षेत्रमा सामाजिक सुरक्षा भत्ता प्रभावकारी रूपमा लागू गरिनेछ । उत्पीडित दलित समुदायका ६० वर्ष पुगेका वृद्धवृद्धाहरूलाई सुरक्षा भत्ता प्रदान गरिनेछ । उत्पीडित दलित समुदायलाई दलित विकास सूचकांकका आधारमा परिचयपत्रको व्यवस्था गरी शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, खाद्यान्न (निजी क्षेत्रमा समेत) मा २० प्रतिशत छुटको व्यवस्था गरिनेछ । उत्पीडित दलित समुदायको हकमा प्लस टु उत्तीर्णलाई स्थानीय तहका संरचनाहरूमा सम्पूर्ण रूपमा रोजगरीको व्यवस्था गरिनेछ ।
८. आगामी तीन वर्षभित्र दलितमैत्री सम्पूर्ण कानुन निर्माण
नेपालको संविधानले दलितका सन्दर्भमा पहिचान, पहुँच र प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । नेपालको संविधानको प्रस्तावना, मौलिक हकको धारा १८, २४, ४०, ४२ र २५५ ऐतिहासिक महत्वका छन् । ती व्यवस्थाअनुसार आगामी तीन वर्षभित्र सम्पूर्ण कानुनहरू निर्माण गरी दलितहरूको भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी, आवासलगायतको व्यवस्था गरिनेछ ।
आउनुहोस्, आगामी २०७४ वैशाख ३१ र जेठ ३१ गते हुन गइरहेको बहुप्रतीक्षित स्थानीय तहको ऐतिहासिक निर्वाचनमा सम्पूर्ण शक्तिका साथ आमजनताको पार्टी नेकपा (एमाले) लाई पहिलो शक्ति बनाउने संकल्पलाई एकताबद्ध भई सिंगो उत्पीडित दलित समुदायले श्रमजीवी उत्पीडित दलित समुदायको प्यारो पार्टी नेकपा (एमाले) लाई अत्यधिक बहुमतले जिताउन पहलकदमी, अग्रसरता र जनदबाबमा उत्रनुको विकल्प छैन । यसो गर्दा हामी सबै दलित र समग्र नेपालको हित पनि हुनेछ । रातो सूर्यबाट

सप्तमाई गुरुकुलमा यसरी दलित समुदायका बिधार्थी वेद पढ्दैछन

विभेद विरुद्ध अभियान- जेस्ठ ५ -इलाम । सेतो कमिज–सुरुवाल अनि ढाकाटोपीले ठाँटिएका बालक लहरै बसेका छन्। अगाडि छन्, रुद्रीका पुस्तक। सबै एकैस्वरमा मन्त्रोच्चारण गरिरहेछन् । सारमा सार मिलाउँदै हात चलाइरहेछन्। वैदिक सार–स्वरको यो सामञ्जस्यले जोकसैलाई आकर्षित गर्छ। कुनै सामूहिक गायन र नृत्यले जस्तो आनन्द दिन्छ ।तपाईंलाई लाग्ला– त्यहाँ कुनै पूजापर्व चलिरहेछ, यी कलिला बालबालिका सबै ब्राह्मण होलान्। तर, तपाईं गलत हुनुहुनेछ। यो हो, इलामको वरबोटेस्थित सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन–अनुसन्धान केन्द्रको कक्षाकोठा। अनि वेद पढिरहेका यी विद्यार्थी ब्राह्मण मात्र होइन, दलित र जनजाति समुदायका पनि हुन् ।

संस्कृत ब्राह्मणले, बौद्ध शिक्षा जनजाति र किरात ग्रन्थ प्रायः किरात समुदायकै मानिसले मात्र पढ्नुपर्छ भन्ने रूढिवादी धारणा त्यहाँ काम लाग्दैन। ज्ञान आर्जन गर्न कुनै जात, धर्म, लिंग र सम्प्रदायले छेक्दैन१ केन्द्र यसको गतिलो उदाहरण बनिरहेको छ। नेवार र दलित समुदायका विद्यार्थी रुचिपूर्वक संस्कृत विषय अध्ययन गरिरहेका छन् ।संस्कृत पुरुषले मात्रै पढ्ने विषय हो भन्ने परम्परागत धारणा चिर्दै केन्द्रमा छात्रासंख्या पनि बर्सेनि बढिरहेको छ। संस्कृत भाषामा लेखिएका वेद, वेदांग आफैंमा ज्ञानको अपार स्रोत भए पनि संस्कृत भाषालाई नै जाति र धर्मविशेषका रूपमा हेर्ने दुष्परम्परा केन्द्रले तोड्दै छ ।

यस्तै साँघुरो सोचले अन्य भाषाको चेपुवामा परेको संस्कृत र त्यसका श्लोक यति बेला केन्द्रमा साँझ–बिहान घन्किन्छन्। यहाँ पुग्नेहरू भन्छन्– 'संस्कृत न कुनै जातिको रहेछ न कुनै धर्मकै। ज्ञान लिनेलाई भाषा, जात र धर्मले छेक्दो रहेनछ। यहाँ संस्कृतका श्लोक मात्र होइन, अंग्रेजी र गणित विषय पनि पढाइन्छ । शिक्षा लिने प्रक्रिया औपचारिक होस् या अनौपचारिक, ज्ञानको भण्डार बढाउन भन्दै साँझ–बिहान फुर्सदको समयमा केन्द्र आउने स्थानीयको संख्या पनि कम छैन।'

बहुभाषी शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको केन्द्रमा अहिले भाषाका रूपमा अंग्रेजी र संस्कृत पढाइ हुन्छ। संस्कृत ब्राह्मणको कर्मकाण्ड र पुरोहित मेलोमात्र हो भन्ने भ्रम चिर्दै यो बहुभाषिक ज्ञानको स्रोत र विषय हो भन्ने देखाउने प्रयास गरेको केन्द्रका उपाध्यक्ष गोविन्द पौडेल बताउँछन्। केन्द्रमा नेवार, योगी र दलित समुदायका बालबालिका पढ्न आउने गरेका छन्। कक्षा–१० मा अहिले नेवार समुदायका ४ विद्यार्थी पढ्छन् । सोही समुदायका अन्य २० बालबालिका यहीँ अध्ययन गरिरहेका छन्। प्राथमिक तहमा जनजाति र दलित समुदायका विद्यार्थीसंख्या धेरै छ। कक्षा–१० का राम श्रेष्ठ भन्छन्, 'संस्कृत भाषा र ज्ञानको विषय हो, कुनै जात, धर्म, वर्ण र लिंगको निजी शास्त्र होइन रहेछ।'

कुनै समुदायकेन्द्रित नभई धेरै भाषाको जननी मानिने संस्कृतलाई बहुभाषिक ज्ञानका रूपमा सिकाउने केन्द्रको लक्ष्य छ। केन्द्रमा अहिले १ सय १५ विद्यार्थी पढ्छन्। 'यहाँ ४ सय पूर्णांकको संस्कृत र ४ सयको अन्य विषय पढाइ हुन्छ,' प्रधानाध्यापक भोगेन्द्र दाहालले भने, 'अन्यसहित जनजाति र दलित समुदायका विद्यार्थीको संख्या हरेक वर्ष बढिरहेको छ।' उनले केन्द्रमा बालबालिका पढाउन स्थानीय अभिभावक पनि आकर्षित हुने गरेको बताए।



अंग्रेजी, ज्योतिषविज्ञान, नीतिशास्त्र, वेद, गाणित, रुद्रीजस्ता विषय केन्द्रमा पढाइ भइरहेको छ । प्रअ दाहालले अंग्रेजी पनि पढाइ हुने भएकाले केन्द्रमा अध्ययन गर्ने बालबालिकाले उच्च शिक्षामा पनि राम्रो अवसर पाउने बताए । 'एसएलसीपछि विद्यार्थीले जुन विषय पढ्न खोज्छ त्यही पढ्न पाउँछ,' उनले भने । केन्द्रका विद्यार्थीले एसएलसी दिएको तेस्रोपटक भइसकेको छ । गत वर्षसम्म शतप्रतिशत नतिजा निकालेको केन्द्रका विद्यार्थीको २०७२ सालको नतिजा पनि राम्रो रहेको प्रधानाध्यापक दाहालले जानकारी दिए ।

केन्द्रमा वरबोटे, शान्तिडाँडा, सुलुबुङ, माइमझुवालगायत गाउँबाट पनि बालबालिका आएका छन् । ७० बालबालिका अहिले छात्रावासमा बसिरहेको केन्द्रले बतायो। सबै बालबालिकाको पुस्तक शिक्षा कार्यालयले दिन्छ। पोसाक भने उनीहरू आफैं किन्छन् । छात्रावासमा ५० प्रतिशत छुटमा उनीहरूलाई खाने सुविधा छ ।

 स्थानीय गोपाल श्रेष्ठ, च्यवन दुलाल, खेमराज श्रेष्ठलगायत १७ शिक्षासेवीको पहलमा केन्द्र स्थापना भएको हो। २०६५ माघ १८ गते सदरमुकाममा स्थापना भएको केन्द्र केही वर्षदेखि तोरीबारीमा आफ्नै जमिनमा सारिएको हो। केन्द्रमा अध्ययन गर्न सबै समुदाय, जाति, भाषा, धर्म, लिंग र सम्प्रदायलाई खुला रहेको उपाध्यक्ष पौडेलले बताए ।

 ३२ लाख रुपैयाँमा खरिद गरेको १६ रोपनी जमिनमा सञ्चालन भइरहेको केन्द्रको आयस्रोत स्थानीयको मुठीदान नै हो। केन्द्रले तीन वर्षअघि विद्यालयमा सप्ताह पुराण लगाएर करिब १० लाख रुपैयाँ संकलन गरेको थियो। स्थापनाकालमा यहाँका करिब ५० परिवारले हरेक दिन खाने अन्नबाट एक मुठी कटाएर केन्द्रका लागि जम्मा गर्थे । त्यसकै आम्दानीबाट केन्द्र स्थापना भएको उपाध्यक्ष पौडेलले बताए। अहिले पनि वरबोटेबासीले केन्द्रका लागि मुठीदान गर्दै आएकै छन्। १ देखि १० कक्षासम्म पढाइ हुने केन्द्रमा १२ शिक्षक छन् । एउटा मावि, २ निमावि र ३ प्रावि दरबन्दी सरकारले दिएको छ। बाँकी ७ शिक्षक निजी स्रोतमा छन्।