केही वर्ष अघि कलेज बाट फ़र्किने बेला गाडिमा सधै एउटा केटो ठूलो स्वरमा कराऊदै संध्याकालीन पत्रिका बेचथियो।२ रूपैया.... २ रूपैया...दिन भरीको समाचार मात्र २ रूपैयामा पढनूस।एक दिन मैले सोधे किन यति ठूलो स्वरमा कराएको भाई ? बिस्तारै बोल्दा पनि हुनछ। केटोले भन्यो, मलाई ठूलो ठूलो स्वरमा कराएर अरु मानछेको ध्यान आफु तिर तान्दा आनन्द लाग़्छ । ठ्याकै त्यसरी नै एकथरि अधिकारकर्मीहरू कराईरहेका छन ,देशदौड़हा गरेका छन। म उद्धारक हूँ , म अधिकारकर्मी हूँ भन्दै दलित समुदायको ध्यान आफु तिर तानीरहेका छन।
त्यसो त दलित समुदायका कल्याणका लागि चुपचाप काम गर्ने अर्कों थरि अधिकारकर्मी पनि नभएका होईंनन।तर पछिल्लो आठ दशकमा म उद्धारक हूँ , म अधिकारकर्मी हूँ भन्ने धेरै देखिए। दलितको अधिकार र कल्याणको नाममा हज़ारौ संघ संस्था खुले।जस्को परिणाम आज दलित समुदायको हकहित कल्याण भन्ने बितिकै झस्क़िनु पर्ने स्थिति बनेको छ। कसैले म दलितको हकहित अधिकारको वकालत गर्ने काममा लागेको छु भनछ भने दलित समुदाय प्रति घातक काम गर्ने अर्कों नायक जन्मियो कि भन्ने शंका-उपशंका मनमा आऊँन थालेका छन।
आर्थिक ,सामाजिक ,राजनीतिक र शिक्षा बाट पछाड़ी परेको दलित समुदाय छुवाछुत मुक्त रास्ट्रका समेत नागरिक बनेको दशक भन्दा बढ़ी भै सक्यो तर अवस्था अहिले पनि उस्तै छ।समुदायका टाठाबाठाहरू यिनै सोझासीधाहरूको सेंटीमेंटलाई क्याच गरेर छातीलाई सीढ़ी बनाएर टेकदै माथि पुग्छन । आफ्नो हैसियत र अवस्थालाई सुधार गर्छ्न ।अनि समाजमा एक किसिमको कोल्डवार खेलीरहनछन।ऊनीहरूलाई थाहा छ ठूलो नेता र ठूलो अधिकारकर्मी हूँनको लागि ठुलै लड़ाई र संघर्ष गर्नु पर्छ । र यो पनि थाहा छकि बिस्टहरू बिरुद्द आन्दोलन गर्न सकने हिम्मत एवं स्थिति छैन तर यिनले जानेका छन कि हामीलाई धर्मले अछूत बनाएको हो, हामीलाइ ब्राह्ममणबादले तल पारेको हो, हामीलाई राज्यसत्ताले एकलाएको हो प्रताड़ित बनाएको हो भंदै चाडपर्व , धर्म संस्कृति संग दलित समुदायलाई जोड़न र जोडेर दलितको यही सेन्टिमेन्टलाई सधैं क्यास गर्ने प्रयास गर्छन र अनेकन अप्राकृतिक, असंगत, चामत्कारीक बिषय र मुद्दाहरु पस्कन्छन अनि कोल्डवार चलाई राख्छ्न।
पछिल्लो आठ दशकको इतिहास हेर्ने हो भने नेपाली राजनीतिक उथलपुथलको बिभिन्न काल खन्डमा दलित आन्दोलनको यात्रा तय गर्दै कथित दलित अगुवाहरूले दलितको नाम बिक्ने आधारहरू धेरै बनाएँ र कुनै न कुनै रुपमा आज पनि त्यसका अंशहरू जिवित छन।सम्पूर्ण रुपमा नियतवस दलितको नाम भजाऊँन लागेका छन दलित अगुवाहरूले भनेर भनियो भने त्यो गलत ठहरिन सक्छ; तर दलित आन्दोलनले श्शृंखलाबद्ध असफलता बेहोर्दा बेहोर्दै पनि फेरि फेरि त्यही कार्यशैली अपनाउनु र आफुलाई अर्को एउटा असफल आन्दोलनको नेतृत्व समुहमा रुपान्तरण गर्नुको ईतिहासले दलित आन्दोलन गरिने भनेको दलितीपनलाई माँगी खाने र आफुलाई स्थापित गर्ने आधारको रुपमा दर्जित गराएको पुस्टि गरिदिएको छ।
यथार्थमा यो समाजमा बिधमान बिभेद यस्तो छटपटाहट हो त्यसभित्र कथित दलित एक मिनेट पनि आफुलाई राख्न चाहन्न। यो समाजमा जरो गाडेर बसेको यथास्थितिबाट कथित दलितले सधैं सम्बन्ध तोड्ने उत्कट अभिलाषा बोकेको थिए र छन।त्यस्को मतलब दलितीपन बाट मुक्ति पाउने उग्रता र स्वर्णिम भबिस्यको ब्यग्रतामा बसेकाहरूलाई पूर्वधार बिनाका जे कुरा पनि फलाकने ? रणभुल्ल पार्ने ? अझ यो दशैको उदाहरण हेरौ कोहि कोहि दलित नेता र बौद्धिकहरू म दशैमा टिका लाउदिन भंदै सार्वजनिक भए ।कोहि कोहि बिस्टको घरको पुच्छर खान दलितले दशै मनाए भंदै थिए। अझ आफुलाइ अग्रज भन्न रचाउने कोहिकोहि दलित समुदायका कथित नेताहरू दलित अधिकारको वकालत गर्नेहरूले रातों टिका लगाएँ भनेर खिसिमा उनेर आफ्नो टाउको सामाजिक संजालमा दुखाऊँदै थिए। ५० लाख दलितमा १/२ जनाले टिका नलाउदा धार्मिक त्रुटी के सचिन्छ ? मैले दशै बहिष्कार गरे, टिका लगाउन छोड़े भनेर आफ़ना अभिव्यक्ति समुदायको काखमा फ्याकिंदिएर, बाँकी निर्णय उहाँहरुले नै गर्नु हुन्छ भनेर हुनछ ? के ‘धर्म’ भनेको सजिलै फेर्न मिल्ने लुगा हो ?
लाउने नलगाउने मान्ने नमान्ने व्यक्तिका निजी विचार र मौलिक हक हुनसक्छ तर समुदायको पक्षमा वकालत गरेको हो भने वास्तवमा धरातलमा रहेका दलित समुदायका आधारभुत समस्यालाई र आस्थालाई आत्मसात गरेर योजना बनाउ । व्यक्तिको कुरा गौण राखेर समुदायको बोलि बोलौ।ग़लत परम्परालाई हामीले कायमै राख्नु पर्छ भनेर बस्यौं भने त्यों कहिलेपनि समतामूलक र अपनत्व हुदैन ।तर परिवर्तनका लागि त एउटा यस्तो चेतनाको मुट्ठी हुनु पर्यो त्यो मुट्ठी उठाए पछि कुनै पनि कुराले अवरोध नगरोस् । त्यो वातावरण पूर्वाधार बिनाको अहिलेको सामाजिक संजालमा आएका अभिव्यक्तिले दिनसक्दैन ।किनकी हामीले धर्म भनिरहेका यी कुरा धर्म होइनन्, पद्धती हुन् । जीवनलाई सही, सत्य र सन्तुलित ढंगले डोहोर्याउने एक प्रणाली हुन् । निचोडमा भन्नु पर्दा धर्म संस्कार हो । पद्धती हो । तर यो पनि सत्य होकी हरेक धर्ममा धर्मको अपब्यखा गर्ने केही धुर्त, फटाहा ,शोषकहरु छन / हुन्छन जसले धर्मको अपमान गरेर भए पनि आफ्नो स्वार्थ पुर्तीका लागि बिभेदलाइ स्थापित गरेका छन ,आफ्नो स्वार्थ अनुसार ब्याख्या गरेका छन । त्यसैले दलित समुदायका बौद्दिकबर्गहरु बाट हिन्दु धर्म भित्रका अमानवीय कुप्रथाहरु बुदागत रुपमा टिपेर यी यी कुरा समय सापेक्ष बदलिनु पर्छ भनेर हिन्दु धर्मको राम्रो अध्ययन गरेका पण्डितहरु संग सहकार्य गरेर समाजलाई सचेत बनाउने अभियान चलाउनु पर्छ ।
त्यसो त दलित समुदायका टाठा बाठाहरूमा मेरो हैसियत के भन्ने मूल प्रश्न रहने भएकाले जति आदर्श र हितकारी कुरा आए पनि समुदायको राष्ट्रिय एजेन्डा अहिले सम्म पछाडि परेको र दलित समुदायले धेरै आफ़ना बौद्धिकहरूलाई चिन्न नसकेको तितो सत्य हाम्रो सामुन्ने छ।तर आर्थिक सामाजिक राजनीतिक र शिक्षा वाट बर्षौ देखि पिछिड़ीएको दलित समाजको स्तरोन्नती गर्ने भिजन भएको भनेको तपाईहरू बौद्धिक बर्गहरु नै हो ।त्यसैले समाजका आस्तित तपाईहरू बाट सामाजिक संजालमा २/४ लायक र कमेण्ट पाऊँन आइडिया सुनाउने मात्र होइन, तपाईहरूले समाजको सवै भनदा तल्लो तहमा रहेका पीड़ित उत्पीडित संग सुधारका काम गरेर हेर्नुपर्छ र काम थालनुपर्छ।दलित समुदायलाई दिशानिर्देश गर्ने नेतृव गर्न सकनु पर्छ ,गरीब र चेतनाहिन दलित समाजलाई नेपाली समाजले स्थापित गरेका मुल्य, मान्यता, आर्थिक, सामाजिक सम्बन्धहरुको कसिमा उतारेर प्रतिकार र बिभेदकारी मानसिकता सचयाऊन आत्मबल, पूर्वधार सहित प्रेरित गर्न सकनु पर्छ। बिभेदरहित देश/समाज बनाउन असम्भब हुने कुरा कटु सत्य हो तर राज्य, सचेत नागरिक र दलित समुदायका बौद्दिकबर्गहरुले इमान्दार प्रयास गरेमा सबै प्रकारमा बिभेद न्युनिकरण भने सहजै गर्न सकिन्छ ।

No comments:
Post a Comment