Wednesday, October 9, 2013

दलित बृदाको खुकुरी प्रहार गरि हत्या

बिजया दशमी तथा शुभ दिपावली को हार्दीक मंगलमय शुभकामना
रूकुम, ०७० असोज २३ गते  । साख गाविस-१ निवासी ५२ वर्षीया सुकमति दमाइको अज्ञात व्यक्तिद्वारा खुकुरी प्रहार गरि हत्या गरिएको छ । घरमा सुतिरहेको अवस्थामा घाटी रेटेर हत्या गरिएको परियारको शव  असोज २३ गते फेला परेको प्रहरीले जनाएको छ ।घरमा एक्लै सुतिरहेको बेला घरको छाना खोलेर भित्रपसि उनको हत्या गरी कान, नाकमा लगाएका सुनका गहना समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले  जानकारी दिएको छ  । असोज २३ गते  गाउँलेहरूले  हत्या भएको थाहा पाएपछि प्रहरीलाइ खबर गरेका थिए ।
पति र एक मात्र छोराको केही वर्षपहिले भारतमा मजदुरी गर्न गएको समयमा हत्या भएपछि नाति नातिनासँग बस्दै आएकी परियारको हत्यापछि साख गाउँ त्रसित बनेको छ । आर्थिक अवस्था कमजोर भएका परियारको असोज २२ गते राति हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । नाति गाउँलेको विवाहमा गएको भएर मृतक महिला असोज  २२ गते घरमा एक्लै बसेकी थिइन् ।

घटनाको बारेमा बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुमका इन्स्पेक्टर किसनानन्द भटट्ले जानकारी दिए । प्रारम्भिक अनुसन्धान बाट हत्या लुटपाट गर्ने उद्देश्यले भएको हुन सक्ने भटटले बताए  ।शवको जिल्ला अस्पताल सल्लेमा असोज २३ गते पोष्टमार्टम गरिएको छ । परियारको दाहसस्कारको लागि गाउँलेले आर्थिक सङ्कलन गरेर अन्त्येष्टि गर्न लागेको स्थानीयले बताएका छन् ।

No comments:

Post a Comment