काठमाडौँ, कार्तिक १० । सङ्घीय समाजवादी पार्टी नेपाल काठमाडौं
क्षेत्र नं ३ ले २०७० सालको शुभदिपावाली नेपाल सम्बत् ११३४ र छठ पर्वको
उपलइयमा शुभकामना आदन प्रदान, जलपान एवम् काठमाडौँ क्षेत्र न. ३ का
प्रत्यक्ष तर्फका उम्मेद्वार आङ काजी शेर्पाको परिचयात्मका कार्यक्रम
शनिवार दिउसो कुशल पार्टी प्यालेस बौद्ध पिपल बोटमा सम्पन्न भएको छ ।
शुभकामना एवम जलपान कार्यक्रममा बोल्दै काठमाडौँ क्षेत्र न. ३का प्रत्यक्ष
उम्मेद्वार आङ काजी शेर्पाले आदिवासी जनजाति, दलित,महिलाको आवाजलाई
राज्यको माथिललो तह सम्म पु¥याउन र उनीहको हक हितका लागि आफु प्रत्यक्ष
उम्मेद्वार बनेको कुरा बताए । शेर्पा आफु सधै जनजातीहरुको पक्षमा लडिरहने
बताए । शेर्पाले नेपाली आर्य नामक फेसबुकबाट मार्ने धम्की दशैमा मार हैन
आङ काजीलाई मार हान्नुपर्छ भनी धम्की आएको र चोट पु¥याउन खोजेको बताए ।
शेर्पाले यस्तो धम्कीबाट नडराउने जिकिर गर्नु भएको थियो । भने उनले छाता
चिन्मा भोट दिइ जिताउन आग्रह गर्नु भएको थियो । विकास निर्माणका कार्यमा
आफु लागि पर्ने र आपत विपत आइ परेको ठाउमा शेर्पाले सहयोग गर्नै
प्रतिबद्धता व्यातm गरेका थिए । यसै कार्यक्रममा काठमाडौँ क्षेत्र न ३ चुनाव प्रचार प्रसार समितिको पनि
घोषणा गरिएको थियो भने कार्यक्रममा आभा मुकारुम, सम्बु लिम्बु, जेनी राई र
जुनु पुनले कार्यक्रममा आएका सम्पुर्णलाई नचाएका थिए ।
काठमाडौँ क्षेत्र न. ३ का उम्मेद्वार आङ काजी शेर्पालाई मंसिर चारमा हुने
निर्वाचनमा विजयी गराउन आज ्१० गते चुच्चेपार्टी, पासाङ ल्हमु चोक
देखि सुन्दरी जल सम्म मोटर साइकल याली , ११ गते मध्यान्ह १२ बजे
चुच्चेपार्टी पासाङ ल्हमु चोक नजिकबाट पहिचान, सघीयता , धर्मनिरपेक्ष,
गण्तन्त्रको लागि झाकीँ सहितको पैदल यात्रा कार्यक्रम रहेको विदेश विभाग
प्रमुख तथा स्थाइ कमिटि सदस्य डा. गणेश योञ्जनले जानकारी दिनु भएको छ ।
No comments:
Post a Comment