Tuesday, December 31, 2013

कांग्रेसभित्र नेताहरुको ओछ्यान तताउने र सँगै बसेर रक्सी खाने मात्रै सभासद -राजन बिक

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री राजन बिकले कांग्रेसभित्र नेताहरुको ओछ्यान तताउने र सँगै बसेर रक्सी खानेले मात्रै सभासद बन्ने अवसर पाएको आरोप लगाउनु भएको छ । महिला संघकी केन्द्रीय सदस्य एवं बन्दसूचीमा रहेर सभासदमा नपरेकी विकले पार्टी नेताहरुको चरित्रमाथि नै प्रश्न उठाउनुभएको हो ।
 
मंगलबार नेपाल महिला संघले राजधानीमा गरेको पत्रकार सम्मेलनमा अब काग्रेस भन्न पनि लाज लाग्ने अवस्था आएको बताउनुभयो । ‘म राम्री छैन । राम्रो लगाउन पनि आउँदैन । त्यसो भएपछि सभापतिसहितका शीर्ष नेताहरु कहाँ ठिम्किन पनि दिएनन्’ उहाँले भन्नुभयो-’ मैले न्यानो दिन सकिन, ओछ्यान तताउने र संगै बसेर रक्सी खानेहरुले अबसर पाए ।’ तपाईसँग प्रमाण छ भन्ने प्रश्नमा उहाँले ‘कांग्रेसमा प्रमाण किन चाहिन्छ’ भन्ने जवाफ दिनुभएको छ ।

समानपातिकको सूचीमा परेपछि केन्द्रीय सदस्य नारायण खड्काले आफूसँग ८ लाख मागेको उहाँको आरोप छ । ‘८ लाख भनेको कति हो मलाई थाहा छैन । ५ प्रतिशत खर्च नगर्ने हो भने नाम काटि्दन्छु भने’ उहाँले भन्नुभयो-’मैले पैसामा पद किन्न चाहिन । त्यसैले मेरो नाम काटिएछ ।’

२०३७ सालदेखि कांग्रेसमा सक्रिय विक उदयपुरबाट महासमिति सदस्य हुनुहुन्छ । दलित संघको गठनमा समेत आफ्नो भूमिका रहेको दावी गर्दै उहाँले अब कांग्रेस सभापति सुशील कोइराला नालायक भएको भन्दै उनीप्रतिको सम्मान समेत नरहेको बताउनुभयो ।
 
यसबारे कांग्रेस नेता डा. नारायण खड्कासँग जिज्ञासा राख्दा उहाँले आफ्नै दलकी नेतृलाई आरोप लगाउँदै भन्नुभयो, ‘यिनी अन्तरराष्ट्रिय पागल हुन्, यिनलाई मञ्च दिएर बोल्न लगाउने झन् ठूलो पागल हुन् ।’ राजनलार्इ बन्दसूचीमा आफूले सिफारिस पनि नगरेको भन्दै उहााले पैसा मागेको आरोपको खण्डन गर्नुभयो ।
साभार:-  onlinekhabar

दलित महिलाका लागि छुट्टै स्वास्थ्य नीति बनाउनुपर्छ :- स्वास्थ्यमन्त्री मल्लिक

राजेन्द्र ताम्राकार ,काठमाडौ÷१६ पुस । स्वास्थ्यमन्त्री विद्याधर मल्लिकले स्वास्थ्यमा दलित महिलाको पहुँच अभिवृद्धि गराउनका लागि दलित महिलाका सवाललाई समेटेर छुट्टै स्वास्स्थ नीति बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । दलित महिला संघद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री मल्लिकले दलित महिला संघद्वारा सन् २००९ देखि २०१३ सम्म पाँचबर्षका लागि सञ्चालित ‘स्वास्थ्य सेवामा दलित महिलाको समान पहुँच’ परियोजनाको समापन कार्यक्रममा दलित महिलाका लागि छुट्टै कार्यक्रम बनाएर अगाढि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।
                                                                        मन्त्री मल्लिकले दलित महिला संघले छोटो समयमा थोरै लगानीमा दलित महिलाको स्वास्थ्यमा पहुँच अभिवृद्धि गर्ने सवालमा उपलब्धीमूलक काम गरेकोमा संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले संस्थाद्वारा दलित महिलाका सवाललाई सम्बोधन गराउने सन्दर्भमा उपयुक्त प्रस्ताव आएमा आफूले आफ्नै कार्यकालमा नीतिगतरुपमै पारित गरेर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले यसका लागि संघलाई छिटोभन्दा छिटो आफ्नो प्रस्तुती र आगामी योजनाका साथ मन्त्रालयमा आउन आग्रहसमेत गर्नुभयो ।
कार्यक्रममा मन्त्री मल्लिकले दलित तथा पिछडिएको क्षेत्रका सवाललाई मुलप्रवाहमा ल्याउने र उनीहरुका मुद्दालाई सम्बोधन गराउने सवालमा यूरोपेली युनियन तथा अन्य दातृ निकायको भूमिका महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा दलित महिलाका मुद्दालाई एकीकृतरुपमा अगाडि बढाउनका लागि दातृ निकायसंगै सरकार काम गर्न इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा खानेपानी तथा सरसफाई महासंघका अध्यक्ष राजेन्द्र अर्यालले दलित महिला संघद्वारा सञ्चालित स्वास्थ्य सेवामा दलित महिलाको समान पहुँच कार्यक्रमले दलित महिलाको स्वास्थ्य तथा सरसफाईको क्षेत्रमा महत्वपूर्ण काम गरेको भन्दै अब बन्ने संविधानसभामार्फत खानेपानी तथा सरसफाईको विषयलाई मौलिक हकमा व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
यूरोपियन यूनियनका प्रतिनिधी राजनप्रकाश श्रेष्ठले दलित महिला संघले अत्यन्तै चुनौतिपूर्ण समयमा यो कार्यक्रम सञ्चालन गरेकाले आफूहरुले कार्यक्रमको उद्देश्य पूरा हुनेमा आशङ्का गरिरहेका बेला संघद्वारा सम्पन्न कार्यक्रमको उपलब्धिले उक्त आशङ्कालाई समाप्त पारेको बताउनुभयो ।श्रेष्ठले विभिन्न अप्ठ्याराका बाबजूद दलित महिला संघले निकै राम्रो काम गरेको भन्दै संघले यूरोपियन यूनियनले सोचेअनुरुपको लक्ष्य, उद्देश्य अनुसारको काम गरेको बताउनुभयो । उहाँले आगामी दिनमा दलित महिला संघसंगको सहकार्यलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम दलित महिला संघका अध्यक्ष दुर्गा सोबले स्वास्थ्यमा एक दलित परिवार एक चर्पीको व्यवस्था गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । दलित महिला संघ सवालमा काम गर्ने संस्था भएकाले यसले परियोजना भएपनि नभएपनि निरन्तररुपमा दलित महिलाका सवाल उठाउँदै आएको बताउनुभयो ।सोबले दलित महिलाका लागि अधिकारमुखी र निर्वाहमुखी दुवै किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । आफूहरुले सामाजिक संस्थामार्फत सरकार र सरोकारवाला निकायकाबीचमा पुलको काम गरिरहेको र आगामी दिनमा दलित महिलाको समग्र विकासका लागि सबै सरोकारवाला निकायकाबीचमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले ‘स्वास्थ्य सेवामा दलित महिलाको समान पहुँच’ परियोजना सकिएपनि संघले आगामी दिनमा संस्थाबाट यि र यस्ता प्रकारका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा स्वास्थ्य सेवामा दलित महिलाको समान पहुँच परियोजना सञ्चालन भएका जिल्लाहरु कपिलवस्तु, बर्दिया, सूर्खेत र दैलेख जिल्लाका दलित महिलाको परियोजना सञ्चाल हुनुपूर्वको अवस्था र परियोजना सञ्चालन भएपछि दलित महिलाको स्वास्थ्यमा पहुँच र उनीहरुमा आएको परिवर्तनको अवस्थालाई समेटेर तयार पारिएको भिडियो डकुमेन्ट्री पनि देखाईएको थियो ।
कार्यक्रममा परियोजना अबधीभर परियोजना सम्पन्न गराउनका लागि निरन्तर क्रियाशिल कपिलवस्तु, बर्दिया, सूर्खेत र दैलेखका कर्मचारी र पदाधिकारीलाई कदर–पत्रद्वारा कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्यमन्त्री विद्याधर मल्लिक र दलित महिला संघका अध्यक्ष दुर्गा सोबले सम्मान गर्नुभएको थियो ।पाँचबर्षसम्म सञ्चालित परियोजनाको उद्देश्य, उपलब्धी, परियोजनाद्वारा सम्पन्न कार्यक्रमको वर्तमान अवस्था र परिणामलाई दलित महिला संघका कार्यकारी निर्देशक भिमबहादुर विश्वकर्माले आफ्नो प्रस्तुतीमार्फत प्रस्तुत गर्नुभएको थियो ।

अन्तरजातीय विवाहः सामाजिक प्रभाव र चुनौती विषयक अन्तक्रिर्या कार्यक्रम

०७० पुस १५ गते, (विवेक ढुङ्गाना/ इन्सेक)काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यमाञ्चल क्षेत्रीय कार्यालय र नेपाल दलित मानवअधिकार संगठनले पुस १५ गते संयुक्त आयोजना गरेको जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि "अन्तरजातीय विवाहः सामाजिक प्रभाव र चुनौती" विषयक अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा उपस्थित सरोकारवालाहरूले जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि अन्तरजातीय विवाहलाई मात्र त्यसको न्यूनिकरणको रूपमा नलिई सम्पूर्ण आर्थिक, सामाजिक तथा साँस्कृतिक परिवर्तनमा समेत ध्यान केन्द्रित हुनुपर्ने धारणा राखेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले जातीय छुवाछुतको उन्नत अन्त्यका लागि मुख्य समस्याहरूको पहिचान गरी आर्थिक, गैरआर्थिक परिवर्तनको आवश्यकता रहेको औल्याए । उनले मानिसहरूमा जनचेतना,सामाजिक सद्भाव र मानवियताको विकासका साथै उत्पीडित समूदायमा मिश्रति बसोबास प्रणाली र शहरीकरण गर्न सकिए छुवाछुत सम्बन्धि तमाम समस्याहरूको न्यूनिकरणमा टेवा पुग्ने बताए । छुवाछुत सबैको साझा समस्या भएको उल्लेख गर्दै पूर्वअर्थमन्त्रि पाण्डेले सम्पूर्ण सरोकारवाला संघसस्थाहरूको साझा प्रयासमा ठोस छलफल र निचोडका साथ राज्यलाई तिनका समस्याहरूप्रति उजागार गर्दै त्यसको समाधानका निम्ति गम्भिरतापूर्वक ध्यान केन्द्रीत गर्न दबाबदिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुवोधराज प्याकुरेलले छुवाछुत अन्त्य तथा अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न धार्मिक समुदाय तथा प्रवचनहरू मार्फत जागरण अभियान चलाउनुपर्ने बताए । उनले आधुनिक प्रवृधिको भरपुग उपयोग गरी छुवाछुत सम्बन्धी समस्याहरूलाई उजागार गर्दै त्यसको न्यूनिकरणका लागि सामाजिक जनचेतना तथा न्यायिक कार्यक्रमहरूलाई प्राथमिकतासाथ प्रसारण गरिनुपर्ने बताए ।
महिला तथा बालबालिका सेवा निर्देशनालय, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद गौतमले २१ शताव्दी आएर पनि छुवाछुत भन्ने शव्द सुन्नु ज्यादै निष्कृट भएको बताए । छुवाछुत शव्दलाई सबैले घृणा गर्दै मानवताको आधारमा सम्बन्ध स्थापनाका गर्न जरूरी रहेको उपरीक्षक गौतमले बताए । कोही पनि व्यक्ति उच्च जात र निच जातको नहुने भन्दै गौतमले नेपाल प्रहरीमा परेका छुवाछुत सम्बन्धि उजुरीमा कानुन बमोजिम अपराधीलाई दण्डित गर्ने कुरामा नेपाल प्रहरी प्रतिबद्ध भएर लागिरहेको बताए । कानुनको प्रमुख परिपालकको रूपमा नेपाल प्रहरी सदैव कटिवद्ध भएर लाग्ने बताउँदै उपरीक्षक गौतमले कानुनले बन्देज गरेका बालबिवाह लगायतका क्रियाकलाप नगर्न समेत सबैलाई सचते गराए ।

राष्ट्रिय मुक्ति समाजका अध्यक्ष जितु गौतमले जातीय छुवाछुत अन्त्यका लागि सही निति निर्माण आवश्यकता रहेको औल्याउँदै त्यसको दायरा फराकिलो बनाउनमा हामी सबैको दायित्व रहेको बताए । उनले जातीय छुवाछुतको अन्त्य र अधिकार संरक्षणको प्रारम्भ राज्यले गरेको बताउँदै त्यसलाई सकरात्मक अभियानको रूपमा अघि बढाउन सम्पूर्ण सराकोरवाला निकाय हातेमालो गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मानवअधिकारकर्मी चरण प्रर्साईले व्यक्तिको अधिकार सुनिश्चित गर्न सकिएमात्र समाज रूपान्तरण हुन सक्ने र समाज रूपान्तरण भएमात्र हेरक दलितको घरमा उनिहरूको अधिकार स्थापित गर्न सकिने बताए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै इन्सेक मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतमले समाजमा अझै पनि जातीय विभेद, लैङ्गीक विभेद, दण्डहीनता व्याप्त रहेको बताए । उनले नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भईसकेता पनि समाजमा छुवाछुत सम्बन्धी समस्याहरू यथावत रहेका बताउँदै संयोजक गौतमले त्यसको न्यूनिकरणका लागि कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिए । गैतमले अन्तरजातीय विवाह हुँदा दलीत र गैरदलित बीचमा नै आपसी द्वन्द् रहेको उल्लेख गर्दै दलित र गैरदलित विचको घेरा तोडि समतामुलक समाजको निर्माणमा जोड दिए ।
युएसआईपी नेपालका राष्ट्रिय सल्लाहकार शोभाकार बुढाथोकीले अन्तरजातीय विवाहका जोडलाई मुख्यत भौतिक सुरक्षा, आर्थिक सुरक्षा, सामाजिक सुरक्षाको आवश्यकता रहेको औल्याए । उनले विवाहको स्वतन्त्रतालाई कानुनी रूपमा, व्यवहारिक रूपमा र सामाजिक मर्यादाको रूपमा समान रूपले हेरिनुपर्ने बताए ।

नेपाली काङ्ग्रेका केन्द्रीय सदस्य मिन विश्वकर्माले अन्तरजातीय विवाहलाई छुवाछुत अन्त्यको अचुत उपायका रूपमा नलिई समग्र सामाजिक, आर्थिक र साँस्कृतिक रूपान्तरणलाई समेत ध्यान दिईनुपर्ने बताए । आर्थिक शोषणका कारण, भुमिको स्वामित्व नहुदा,शिक्षा रोजगार नहुँदा सामाजिक प्रतिष्ठा नभएका कारण अन्तरजातीय विवाहका जोडिहरू सामाजबाट बहिष्कृत हुनुपरेको बताउँदै विश्वकर्माले व्यक्तिको प्रतिष्ठामा जोड दिदै सामाजिक बहिष्कारलाई सुधार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका सहभागीहरूले मानिसहरूको सोच, चिन्तन र व्यवहारमा परिवर्तन, अन्तरजातीय विवाह पछि पीडितले पाउने यातनाबाट मुक्ति र भावनात्मक सम्बन्धको विकास गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

किन दलितले राजधानीमा बैकल्पिक कोठा खोज्नु पर्ने ?

केही समय अघि भेटिएका एक अपरिचित मित्रले  राजधानीको कोटेस्वोर मा कोठा लिएर बसेका रैछन ! माविमा प्राध्यानअध्यापक रहेका घर बेटीले केही महिना अघि भाई कोठा हामीलाई नै चाहिने भो भन्दै कोठा खाली गरिदिनु पर्यो भाई भनेर भनेछन ..खाली गरेपछि उनले पुजा लगाएका थिए रे त्यस पछी त्यो कोठा फेरी लगाएका मैले थाहा पाए  .... आज त्यसतै कुरा फेरी एक परिचितको मुख बाट आपतकालीन अवस्थाका लागि कोठा खोजन हिडेको भन्दै  सुने  ... सार्की थरका यी परिचित मित्र  मुलपानीमा केही बर्ष देखि डेरा गरि बस्दा रैछन ....  छुवाछुत र कोठा नपाइने पिरलाई मत्त्थर गर्न कोठा लिने बेला थर सोध्दा कार्की बताएका रैछन ...तर बिडम्बना उन्को छोराको दुवै मृगौला काम नगरेर अहिले उपचार गर्न पूर्व तिर ४/५ महिना उपचार गरेपछि काठमाडौँ जानुस भनेर पठाए पछी  छोरो राजधानी आएको रैछ तर सामान्य पाले काम गर्ने पितालाई  उपचार गर्न ५ लाख जुटाउनु भनेको ठुलो कुरा भएको हुनाले सबै तिर सहयोगको अपिल गर्नु पर्ने भएको रैछ ...यधपी पत्रिकामा समेत दिने सोच बनाएका रैछन ...  तर पत्रिकामा आउन साथ घर बेटीले जात थाहा पाएर देखाउने पर्तिक्रिया को निकाश निकाल्न अहिले ऊनि छोराको उपचार को जोहो भन्दा नि कोठा जोहो गर्न लागि परेका छन् रे ......... 
उनलाई सहयोग गर्न चाहने मित्रहरुले प्रेम बहादुर सार्कीको नाममा रहेको राष्ट्रिय बाणिज्य बैक उदयपुर बेल्टार साखाको खाता नम्बर २३७०००२३६८१० मा आफुले सकेको रकम सहयोग गरि दिनु हुन उनले देखाएको छोरोको यी कागज पत्र संगै अनुरोध गरेका छन् !   .
किन दलितले शिक्षितको घरमा बस्दा पनि यसरि राजधानीमा बैकल्पिक कोठा खोज्नु पर्ने ? जातीय छुवाछुत अशिक्षित बर्गमा त् अशिक्षा र ज्ञानको चेतनाको कमीले जस्ताको त्यस्तै छ तर शिक्षित भनौदा समाजमा पनि यो ब्यबहारिक रुपमा भिन्नता देखिनु अर्को ठुलो समस्या उब्जिएको रैछ हाम्रो नेपालमा  ।अशिक्षित वर्ग लाई त् शिक्षा र चेतनाले सिकाउन सकिएला तर जानी जानी सामन्तबादी ब्यबहार उतार्न नसक्ने हाम्रा  शिक्षित  बर्गको मानस पटल बाट यो कुप्रथा कसरि हटाउने ?

Monday, December 30, 2013

8 die of cold mostly belonging to Dalit communities in Saptari

JITENDRA KUMAR JHA
RAJBIRAJ, Dec 31: As many as eight people, mostly belonging to the poor and Dalit communities, have died of cold in Saptari district over the last couple of weeks due to bitter cold, exacerbated by cold wave and dense fog, which has gripped much of the Tarai region.

On Sunday alone, three people, including a homeless woman, succumbed to cold, taking the death toll from cold to eight so far, according to the District Police Office (DPO). 

A mentally-retarded woman, who was eking out a living by begging on the streets of Saptari, died of cold at Primary Health Post of Kanchanpur, according to the Area Police Office of Hanumannagar.

 She was admitted by the locals to the health post after she started shivering with cold. As no one knows where she came from, her body was lying unclaimed at the health post till Monday. 

On the same day, Mishri Lal Sada, 59, of Nengada-5, and Kishun Devi Khanga, 65, of Barmajhiya VDC, too, died of cold. Their family members told Republica that they were too poor to buy warm clothes to save themselves from chilling cold. 

In the last two weeks, five more people, mostly elderly, have died of cold. They have been identified as Malati Marik of Nengada village, Dhanwanti Marik, 65, of Launiya-9, Raj Kumar Pariyar, 45, who had been living in Rupnagar, Bilat Chaudhary of Banarjhula-7 and Raghunathi Yadav of Raypur-9, according to the police.

SP Dinesh Amatya, Chief of the Saptari DPO, said that they have been arranging log fire in several parts of the district to help the shivering locals.

तेह्रथुम सदरमुकामको सुरक्षा जिम्मा असई विमा विश्वकर्माको नेतत्वमा

तेह्रथुम, पुस १४ - जिल्ला प्रहरी कार्यालयले सदरमुकाम म्याङलुङको सम्पुर्ण सुरक्षा व्यवस्थाको जिम्मा महिला प्रहरीलाई दिएको छ । कार्यालयले सदरमुकामको टुंडिखेलमा रहेको प्रहरी चौकीमा महिला प्रहरी तैनाथ गरी सुरक्षाको जिम्मा दिएको हो । महिला प्रहरी मात्र चौकीमा खटाएर सम्पुर्ण सुरक्षा व्यवस्था हेर्ने जिम्मेवारी दिएको सम्भवत पूर्वाञ्चलमै यो पहिलो हो । 
महिला प्रहरीको नेतृत्व र क्षमता विकासका लागि प्रहरी चौकी र सदरमुकामको सुरक्षाको जिम्मेवारी दिएको प्रहरी नायव उपरीक्षक उमाशंकर पञ्जीयारले वताए । यस अघि जिल्ला प्रहरी कार्यालयमा रहेको महिला तथा वालवालीका सेलको जिम्मेवारी समेत यी नै महिला प्रहरीले पाएका छन् । चौकीमा प्रहरी सहायक निरीक्षक (असई) विमा विश्वकर्माको नेतत्वमा महिला प्रहरी तैनाथ गरीएको छ । उनीहरुलाई वजार क्षेत्रको गस्ती, पेट्रोलीङ, अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम, अनुसन्धान लगायतका सुरक्षा सँग सम्वन्धित सवै काम गर्ने जिम्मेवारी दिएको प्रनाउ पञ्जीयारले वताए ।
जिल्ला प्रहरी कार्यालयमा महिला प्रहरीको संख्या कम भएकाले जिल्लाभरका प्रहरी चौंकीमा कार्यरत महिला प्रहरीलाई झिकाएर चौकीमा खटाईएको प्रहरी कार्यालयले जनाएको छ । सकेसम्म गाउँका प्रहरी चौकीमा पनि महिला प्रहरीको संख्या कम हुन नदिई महिला प्रहरी जवान, हवल्दार र असई झिकाएर कामको जिम्मेवारी दिईएको प्रनाउ पञ्जीयारले वताए । महिला प्रहरी मात्र राखिएको प्रहरी चौकीमा न्युनतम २० जना पुर्‍याउने लक्ष्य रहेको उनले वताए । 'सकेसम्म संख्या वढाएर राख्ने हो' उनले भने 'शुरुमा महिला प्रहरीको संख्या थोरै भएकाले केही कम जनशक्ति परीचालन गरीएको छ ।' सिंगो सदरमुकामको सुरक्ष्ाा व्यवस्था हेर्ने जिम्मेवारी पाएपछि महिला प्रहरी पनि दंग छन् । पहिलो पटक महिला प्रहरी मात्र भएको चौकीमा ड्युटी गर्न पाउदा औधी खुशी लागेको प्रहरी हवल्दार विनिता शेर्पाले वताईन् । जिल्ला प्रहरी र अन्य प्रहरी चौकीमा महिलाका लागि अलग्यै व्यारेक नहुदा महिला प्रहरीले वसाई र सुताईको समयमा समेत कष्ट व्यवहोर्दै आएका थिए । 'अव त ड्युटी सकेर यही सुत्न पनि पाईन्छ' प्रहरी हवल्दार शेर्पाले भनिन् । पुरुष प्रहरी भएको कार्यालयको वसाई र महिला प्रहरी मात्र भएको प्रहरी चौकीको वसाईमा धेरै अन्तर भएको उनले अनुभव सुनाईन् ।
महिला प्रहरीको कामलाई विश्वास गरी प्रहरी कार्यालयले जिम्मेवारी दिएपछि उनीहरुमा पुरुष प्रहरीको भन्दा राम्रो काम गरेर देखाउने हिम्मत र जाँगर वढेको छ । 'डिएसपी सावले हामीलाई विश्वास गरी महत्वपुर्ण जिम्मेवारी दिनुभयो' भर्खरै चौकी प्रमुखको जिम्मेवारी सम्हालेकी प्रहरी सहायक निरीक्ष्ाक विश्वकर्माले भनिन् 'महिला प्रहरीले पनि पुरुष प्रहरीको जत्तिकै जिम्मेवारी वहन गर्न सक्छन् भन्ने आत्मविस्वास वढेको छ ।' जिम्मेवारी दिने हो भने जुनसुकै क्ष्ाेत्रका महिलाले पनि उल्लेख्य काम गरेर देखाउन सक्ने उनले वताईन् । जिम्मेवारी पाएका महिला प्रहरी सदरमुकाम म्याङलुङ वजार र आसपासका क्ष्ाेत्रमा दिवा र रात्री गस्ती गर्छन् । सेवाग्राहीको वढी भिडभाड हुने र जनसम्पर्क वढी हुने सरकारी कार्यालयमा समेत पुग्छन् । जसले गर्दा सेवाग्राहीलाई समेत सजीलो भएको छ ।
जिल्ला प्रहरीले महिला तथा वालवालीका सेल हेर्ने जिम्मेवारी समेत यी नै महिला प्रहरीलाई दिएकाले यस्ता प्रकृतिका समस्या लिएर आउनेहरुको संख्या समेत दैनिक वढ्दो छ । यो प्रहरी चौकीलाई महिला  र वालवालीका मैत्री वनाउने प्रयास स्वरुप सेलको जिम्मेवारी समेत महिला प्रहरीलाई नै दिएको प्रनाउ पंजीयारले वताए । पुरुष प्रहरी संगै र उस्तै प्रकृतिका तालिम गर्न सक्षम महिला प्रहरीहरु सवै प्रकारका काम गर्न पनि सक्ष्ाम छन् भन्ने सोचाईले महिला प्रहरीलाई चौकीको जिम्मेवारी आफुले दिएको उनले वताए । यस अघि यो चौकीमा पुरुष प्रहरी मात्र कार्यरत थिए । महिला प्रहरीको काम आशा गरे भन्दा धेरै राम्रो रहेको उनले वताए । पहिलो चरणमा सदरमुकामको चौकीको जिम्मेवारी महिला प्रहरीलाई दिएको प्रहरी कार्यालयले निकट भविष्यमा ईलाका प्रहरी कार्यालय वसन्तपुर र संक्रान्ती मातहत पनि एक एक प्रहरी चौकीको जिम्मेवारी महिला प्रहरीलाई नै दिने तयारी गरीरहेको प्रनाउपञ्जीयाररले वताए । साभार :- कान्तिपुर

अन्तरजातीय विवाहको मुद्दालाई संविधानमै समेट्न माग

काठमाडौं, पुस १५ - राष्ट्रिय इन्टरकाष्ट समाजले अन्तरजातीय विवाह सम्बन्धी मुद्दालाई नयाँ बन्ने संविधानमा सुनिश्चित गर्न माग गरेको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर समाजले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन स्वरुप दिइने भनिएको एक लाख रुपैयाँको बारेमा संविधान र नेपाल सरकारको आधिकारिक दस्तावेज कुनैमा नलेखिँदा निरन्तरता नपाएको भन्दै समाजले अब बन्ने संविधानमा त्यसबारेमा स्पष्ट उल्लेख गर्नुपर्ने माग गरेको छ ।
समाजले सस्तो लोकप्रियताको लागि पार्टीहरुले हचुवाको भरमा अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ दिईने निर्णय गरेको आरोप लगाउँदै अन्तरजातीय विवाह गर्नेहरुको समाजमा अपमान, विभेदपूर्ण व्यवहार, चरित्रहत्या जस्ता कुरितीको अन्त्य गर्दै मुलुक भर कति जोडी जन्तरजातीय विवाह गर्ने छन् भन्ने एकीन तत्थ्यांक निकालेर सरकारले दिने भनेको एक लाख रुपैयाँ दिनुपर्ने माग समेत गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै समाजका अध्यक्ष कार्द कार्कीले नेपाल सरकार र सम्बन्धित निकाय, राजनीतिक पार्टीलाई ज्ञापन पत्र बुझाउने जानकारी दिँदै अन्तरजातीय विवाह गरेको परिवारको हकमा आरक्षण, राज्यको हरेक अंगमा समानुपातिक प्रतिनिधित्व, अन्तरजातीय न्यायिक आयोग गठन जस्ता विषय संविधानमा निःसर्त उल्लेख गरिनुपर्ने माग गर्नुभयो ।
‘अन्तरजातीय विवाह सम्बन्धित स्पष्ट कानुन नभएकोले विवाह गर्ने  जोडीलाई सम्बन्धित पक्ष र प्रसाशनबाट सारिरीक, मानसिक यातना भोग्नु परेको छ’, उहाँले भन्नुभयो ‘उमेर पुगेका र एक अर्काबीच सहमतिमा गरिएको विवाहलाई मान्यता प्रदान गरी अवरोध गर्ने पक्षलाई कडा कारवाही हुने कानुन ल्याउनुपर्छ ।’
साभार :- उज्यालो नेटवर्क

दश बर्षअघि अन्र्तजातीय विवाह गरेकी एक महिला अलपत्र

जाजरकोट, पुस १५ – श्रीमानले दोश्रो बिहे गरेपछि दश बर्षअघि अन्र्तजातीय विवाह गरेकी एक महिला अलपत्र परेकी छन् । श्रीमान गंगाराम बुढाले दोश्रो बिहे गरेपछि ४ छोरीकी आमा खलंगा ५ पोखराकी जमुना विक न्यायको खोजीमा सदरमुकाम आउनुभएको छ ।
१० वर्षअघि अन्तरजातीय बिबाह गर्दा घरपरिवारले स्वीकार नगरेपछि उनीहरु भारतको हिमाञ्चल प्रदेशमा बस्दै आएका थिए । उतै कमाई गरेर जहान छोराछोरी पाल्दै आएका गंगाराम गएको दशैमा घर आउँदा बिहे गरेर यतै बसे ।श्रीमान फर्किएर नगएपछि सोधी खोजी गर्दा अर्को विहे गरेको थाहा पाएपछि जमुना नेपाल फर्किनुभएको हो । रुकुम गराइलाकी भावना बुढासँग बिहे गरेका गंगाराम कुन ठाउँमा छन् भन्ने आफुलाई थाहा नभएको जमुनाले बताउनुभयो । ‘इन्डिया हुँदा एक पटक फोन गर्नुभएको थियो परिवारको आग्रहमा दोस्रो विहे गरेपनि दुवैलाई पाल्छु भन्नुभएको थियो, त्यसपछि भेटेको छैन’ उहाँले भन्नुभयो ‘सासु ससुराले घरमा बस्न दिनुभएन, यी छोरीहरुलाई मैले कसरी पाल्नु ?’  
जमुनाकी जेठी छोरी ३ कक्षामा र माइली एक कक्षामा पढ्दै थिइन् । नेपाल फर्केदेखि उनीहरुको पढाइ पनि रोकिएको छ । ‘आफ्नो भन्दा छोरीहरुको चिन्ता लागेको छ कसरी पढाउने र हुर्काउने भन्ने चिन्ता लाग्छ’ जमुनाले भन्नुभयो ।उजुरी दिन गाविसमा पुगेकी जमुना श्रीमानले एक महिनाअघि विहे गरेकी कान्छी श्रीमतीसँगमात्र बिवाह दर्ता गरेको थाहा पाउनुभयो । गंगारामले कान्छी श्रीमतीसँग मात्र विवाह दर्ता गरेका खलंगा गाविसले जनाएको छ । पहिलो विवाह भनेर दर्ता गराउन आएछि आफुहरुले गरिदिएको गाविस सचिव शेरबहादुर केसीले बताउनुभयो ।
विवाह दर्ता नहुँदा जमुनालाई श्रीमानबाट अंश दावी र कारवाही गराउन समेत समस्या परेको छ । जमुनाले न्याय दिलाइदिन महिला तथा बालबालिका कार्यालय र प्रहरीमा आइतबार उजुरी दिनुभएको छ । प्रहरीले गंगारामको खोजी भैरहेको जनाएको छ ।
साभार :- राजेन्द्र कार्की/उज्यालो

Sunday, December 29, 2013

अन्तरजातिय विवाह गर्ने २० जोडीलाई सम्मान

दिपक शर्मा ,सल्यान पुस १४ –सल्यानको काभ्रा गाविसलाई छुवाछुत मुक्त गाविस घोषणा गरिएको छ । आज एक कार्यक्रमका वीच प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले छुवाछुत मुक्त गाविस घोषणा गरे । अन्य जातिहरु भन्दा दलितहरुको बाहुल्यता रहेको उक्त गाविसमा गैर दलितहरुले कुनै प्रकार जातिय विभेद अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरे पछि भव्यताका साथ घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै नवनिर्वाचित संविधान सभा सदस्य प्रकाश ज्वालाले समाजमा कलंकको रुपमा रहेको जातिय विभेदलाई अन्त्य गर्न दलित र गैरदलितको समाज्यस्ताबाट मात्र संभव हुने बताउनु भयो । जातकै कारण दिनप्रतिदिन जघन्य अपराध भइरहेका समयमा छुवाछुत मुक्त गाविस घोषणा गर्नु एक महत्वपूर्ण कुन्जी भएको बताए ।
 समाजमा कोही मानिस निच उच नहुने भन्दै सभासद ज्वालाले जातिको आधारमा विभेदगर्ने व्यक्तिलाई कडा कारवाही गराउन जनस्तरबाटै थालनी गरिनु पर्नेमा जोड दिए । उनले भने “जातका आधारमा यदि कोही कसैले विभेद गर्छ भने समाजबाट नै बहिस्कार गर्नु पर्छ । ” कार्यक्रममा अन्तरजातिय विवाह गर्ने २० जोडीलाई समेत सम्मान गरिएको छ । काभ्रा गाविसमा मात्र २० जोडीले अन्तरजातिय विवाह गरेका छन् । दुवै पक्षका परिवारको सहमतिबाट विवाह हुने गरेको अन्तरजातिय विवाह गरेका प्रेम विकले जानकारी दिए । बुढापाकाले पहिले नमाने पनि हाल भने अन्तरजातिय विवाहलाई सहर्ष स्वीकार गर्न लागेको भनाई छ विमला बुढाथोकी को । समाजमा रहेको विभिन्न कुरितिहरुलाई पर्दाफास गर्न विवाह गरेको बताउन छन् विवाहीत जोडीहरु । सल्यानको काभ्रा गाविस राप्तीको पहिलो छुवाछुत मुक्त गाविस हुन पुगेको छ ।
साभार : रातो पाटी

जातीय छुवाछुत र महिला हिंसा सम्बन्धि कानुनको कार्यान्वयनमा चुनौती

विनोद परियार 
रूपन्देही,९ पुस ।
सरकार र लक्षित समुदायका नेतृत्वपंक्ती जिम्मेवार नहुँदा जातीय छुवाछुत र महिला हिंसा सम्बन्धि कानुनको कार्यान्वयनमा चुनौती देखिएको सरोकारवालाहरुले बताएका छन् । जातीय छुवाछुत र महिला हिंसा सम्बन्धि राष्ट्रिय र अन्तर्राष्ट्रिय ऐन कानुनहरु रहेपनि स्थानीयस्तरमा राज्यका निकाय र लक्षित वर्ग समेत जानकार नहुँदा कार्यान्वयनमा चुनौती देखिएको उनीहरुले बताएका हुन् ।

जागरण मिडिया सेन्टर साझा पहल परियोजना बुटवलको आयोजनामा मंगलबार बुटवलमा भएको “जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८” तथा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा पारित १३२० र १८२० को प्रभाव र कार्यान्वयनमा देखा परेको चुनौती र सरोकारवालाको भूमिका बिषयक कार्यशाला गोष्ठिका सहभागिहरुले बनेका निति नियमको कार्यान्वयनमा सबै निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिईएको छ ।

राजनितिक दल,अधिकारकर्मी र सञ्चारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा अधिवक्ता महेन्द्र पाण्डेले जातीय छुवाछ्त कसुर र सजाय ऐन २०६८ तथा १३२५ र १८२० को प्रभाव र कार्यान्वयनका चुनौती र सरोकारवालाहरुको भूमिकाका बिषयमा अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । अवधारणापत्रमाथि अधिवक्ता दिपा सुनारले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रम जागरण मिडिया सेन्टरका सचिव शिवजी गायकको अध्यक्षता,कार्यकारी निर्देशक समिर घिमिरेको स्वागत तथा परियोजनाका संयोजक ईन्द्र विश्वकर्माको संचालनमा सम्पन्न भएको हो ।
 साभार :- जागरण मिडिया 

हलिया बस्तीमा खानेपानी हाहाकार

करन ताम्राकार
९ पौष, डडेल्धुरा ।

अजयमेरु गाविस अन्तरगतका वाड नं ७ र ८ एक सय २० परिवार हलिया वस्तीमा खानेपानी हाहाकार भएको छ । अजयमेरुको हाँट र जिजोडा गरि हलिया वस्तीमा खानेपानी हाहाकार भएको छ । खानेपानीको नौला धारको मुहान सुक्दै गएकोले खानेपानी हाहाकार भएको अजयमेरु हाँटकबा लोकबहादुर सार्कीले बताए ।

हाँटका ७८ परिवार मुक्तहलिया १ घण्टा पैदल दुरीमा टाढा हाँट खोलाबाट दुषित पानी खान बाध्य भएको सार्कीले बताए । हाँट खोलामा पनि माछा मार्नका लागि विषादी प्रयोग गर्ने हुँदा त्यस्तै पानी खानु पर्ने बाध्य भएको उनको भनाई छ ।अहिले हाँट र विजोडामा खानेपानी हाहाकारसँगै खुल्ला दिशा पिसाव गर्ने गरेका पाईन्छन । गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा गरेपनि खानेपानीको अभावले चर्पी प्रयोग नभएका हाँटका स्थानीय लोकबहादुर सार्कीले जानकारी दिनुभयो ।

खुल्ला दिसामुक्त अभियान भन्दा पहिले खानेपानीको व्यवस्था नहुन्जेलसम्म खुल्ला दिसा मुक्त अभियानका रुपमा मात्र समित हुने उनको भनाई छ ।

 साभार :- जागरण मिडिया 

क्यान्सर पिडीत १४ बर्षिय मनोज बिक आर्थिक अभाव

टेकेन्द्र बस्याल, बाँके ।
जागरण मिडिया सेन्टर
बिनौना–४ का क्यान्सर पिडीत १४ बर्षिय मनोज बिक आर्थिक अभावमा उपचार गर्न सकेका छैनन् । छोराको आर्थिक उपचारमा समस्या भएपछि बुवा भागिलाल बिक सहयोगको माग गर्दै भौतारिएका छन् । जनकल्याण निम्न माध्यमिक बिद्यालय चिलरीया कक्षा–८ मा अध्ययनरत मनोज अहिले क्यान्सर बाट जिबन र मृत्यु संग लड्दै बाँचिरहेका छन् ।

छोराको क्यान्सर उपचारका लागि आर्थिक अभाव रहेपछि बुवा भागीलाल चिन्तामा छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको र औषधीकै क्रममा क्यान्सर अस्पताल भरतपुर चितवनमा तीन लाख खर्च भएको उनले भने । क्यान्सर पिडीत मनोजलाई सहयोग गर्न सबैमा उनले आग्रह गरेका छन् ।

मनोजलाई सहयोगका लागि बैक अफ काठमान्डौको खाता नम्बर ०५०५०००१५२६१ मा सहयोग गर्न सकिने छ । मनोजको दाहिने पाखुरा क्यान्सरले ग्रसीत भएको र औषधी अझै १ बर्ष सम्म गर्नुपर्ने पिडितले बताए ।
 साभार :- जागरण मिडिया 

अमृतको चुहने झुपडीले अब टिनको छाना पाउने

प्रेम सुनार, गुल्मी पुस १४ -
केहि दिन अघि गुल्मी दर्लिङ्गका एक अपाङ्ग एवं विपन्नको विचल्लको खवर रेडियो पत्रिका ओझेलका खवरमा प्रशारण र गुल्मी टाइम्समा जो अपाङ्ग भए पनि शिक्षाले सपाङ्ग बन्न चाहन्छन्शिर्षक को समाचार प्रकाशन भएपछि त्यो सुनेर/पढेर, गुल्मी घर भई विदेशमा बस्ने नेपालीहरुले उनको चुहीने खरको झुपडीमा टिनको छाना लगाई दिन आज ४५ हजार रुपैयाँ दिएका छन् ।  दर्लिङ्ग गाविस वडा नम्वर ६ गैरावारी निवासी १८ वर्षिय अपाङ्ग अमृत बिश्वकर्माको घर ईजराईलमा कार्यरत मुसिकोट ५ देउराली निवासी विद्या कार्कीको अगुवाईमा विभिन्न मुलकमा रहेका नेपालीहरुबाट संकलन भएको रकम बैंक मार्फत पठाई तम्घासमा एक समारोहको आयोजना गरी हस्तान्तरण गरिएको हो । अमेरिकामा सहयोग संकलनमा विशेष पहल गर्ने गुल्मी पौदीअमराई ४ का कैलास के.सीले स्वर्गिय पिता पुर्नबहादुर केसीको सम्झनामा अपाङ्ग अमृतको घर बनाई दिन त्यहाँबाट २५ हजार रुपैयाँ पठाई दिएका छन् ।
त्यस्तै अमेरिकाबाटै बाग्लुङ्गको दर्लिङ्ग गाविस वडा नन्वर १ मलारानीका टिकाबहादुर रायमाझीले ५ हजार, गुल्मी दर्लिङ्ग २ वलगास घर भई अमे रिकामा बस्ने सुवोद केसीले ५ हजार र ईजराइलमा कार्यरतहरु क्रमशः मुसिकोट ५ देउरालीकी विद्या कार्कीले ३२ सय , ताप्लेजुङ्गकी सुस्मिता चुडालले ८ सय , प्युठानकी कमला पुनले ८ सय, रुपन्देही रुद्रपुर ९ की कविता ढकालले २७ सय ५०, गुल्मी जोहाङ्ग ७ लम्हरी डाँडाकी सिता भण्डारीले २७ सय ५० सहित कुल ४५ हजार सहयोग अमृतका परिवारलाई भएको हो । ड्ड अमेरिकाबाट मुख्य सहयोगी कैलास केंसीले दुखी गरिव असहायहरु को सहयोग नै साँचो धर्म भएको बताए ।
अमेरिकामा रहेर सहयोग गर्ने अन्य सहयोगीदाताको भनाई पनि त्यही रहेको छ । उनिहरुले यस पुर्व पनि धेरैको जिवन रक्षा र आफ्नो गाउँको विकासमा सहयोग गर्दै आईरहेका छन् । ड्ड उता ईजराईलमा कार्यरत मुसिकोटकी विद्या कार्की असाहयहरुको उद्धार मा अग्रणी भुमिका खेल्दै आएकी छन् । उनले केहि दिन पुर्व तम्घासका असाहय विशाल बिश्वकर्मालाई पनि राशन र जाडोमा लगाउने न्यानो कपडा प्रदान गरे की थिईन् । उनले अमृतलाई पठाएको रकम अन्य कुरामा खर्च नगरी घर नै बनाउन जोड दिएकी छन् । सहयोगीदाताहरुको आग्राह अनुसार यसै समाचारता प्रे म सुनारको संयोजकत्वमा अमृतको घर निर्माण समिति गठन गरिएको छ । ड्ड समितिमा तम्घास मिलनचोकका समाज सेवी रामप्रसाद पन्थी, अपाङ्ग अमृतलाई शिक्षा प्रदान र संरक्षकत्व गरी रहेको आश अपाङ्ग केन्द्र तम्घासका प्र तिनिधी सुरेश श्रेष्ठ , अमृतकी आमा धनमाया बि.क, सहयोगदाता विद्याका माता पिता मिनबहादुर कार्की र मनीकला रहेका छन् । समितिले बैठक वसी उनको घर छाउनका लागि जयराम हार्डवेयरबाट २५ हजार ८ सय रुपैयाँको टिन र किला–काँटीहरु खरिद गरी अमृतकी आमा धनमायाको जिम्मा लगाएको छ भने घर छाना लगाउनका लागि मिस्त्री खर्च रु १९ हजार २ सय रुपैयाँ अमृतको नाममा साईन रेसुङ्ग बैंकमा राखीएको छ । उनको घर भोली देखि नै बनाउन सुरु गरिने भएको छ । सहयोग रकम विद्याका माता पिता मिनबहादुर र मनीकलाले अमृत र उनकी आमा धनमायालाई हस्तान्तरण गरेका थिए ।


हस्तान्तरण कार्यक्रमा अमृतकी आमा सहयोग प्राप्त गरेपछि विद्याकी आमालाई अंगालो हाल्दै रोएकी थिईन् । उता विद्याकी आमा पनि रुन थालेपछि एकछिन सवै भावुक बनेका थिए । ‘मैले त मेरो छोराको त्यो गोता देख्दा उति बेलै मरेको भए पनि हुन्थ्यो भनेकी थिएँ’– अमृतकी आमाले भनिन् –‘आज यस्तो सवैबाट सहयोग भएर यसरी मुस्कुराउला भनेकी थिईन् अमृतकी आमाले गला अवरुद्ध पार्दै भनिन्–‘ यहिले उ मुस्कुराउदा मेरो आत्माले आशिष दिएको छ चुहीने झुपडी बनाई दिने र मेरो छोरालाई सपाङ्ग झैं हिड्नी बनाई दिने आशा अपाङ्ग केन्द्रलाई । अमृतलाई केन्द्रले कृतिम खुट्टा बनाई दिने भएको छ भने अहिले बै शाखीको सहार दिएर केन्द्र मै राखेर पढाउने भएको केन्द्रकी प्रबन्धक गंगा रायमाझीले जानकारी दिईन् । तिन वर्ष अघि १३ वर्षको उमेरमा भार तमा जुठा भाँडा माझन गएका अमृत गएको ५ महिना मैं सडकमा गाडीले किचेर दुई खुट्ट गुमाएका थिए । ११ महिना भारतको अस्पतालमा रहेका अमृतको उपचारमा परिवारले ११ लाख ऋणको भारी बोकेर बसेको छ । जुन ऋण उनिहरु को श्री–सम्पत्ति बेचे पनि तिर्न पुग्दैन् । उनिहरुको त्यो विचल्लीको खवर थाह पाए पछि ओझेलका खवर युनिट घरमै पुगेर उनिहरुको कथा ब्याथा लिएको थियो । 
समाचार / तस्वीर साभार :- प्रेम सुनार/गुल्मी टाइम्स

दलित समुदायले स्वेच्छाले थर लेख्न पाउने कि नपाउने ? - मधु शाही

नाम, थर र ठेगाना भनेपछि परिचय पूरा हुन्छ । तर, बालकोटकी अञ्जु आचार्य यति मात्र भनेर सुख पाउँदिनन् । उनी दलित समुदायकी 'आचार्य' भएर बेलाबेलामा अनाहकको विवादमा फस्छिन् ।  रत्नराज्य लक्ष्मी क्याम्पसमा स्नातक पहिलो वर्षमा अध्ययनरत २० वषर्ीया अञ्जुले परिचय दिँदा दलित समुदायको पनि 'आचार्य' ? भनेर प्रश्न तेस्र्याइन्छ । प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित पुस्तक प्रदर्शनीमा भेटिएकी अञ्जुले फेरि 'आचार्य' भर्सेज दलित समुदायको झमेलामा विवादित बन्नुपर्‍यो । विमोचनपछि चियापानमा उनीसँग एकजनाले परिचय मागे । उनले अकमक पर्दै भनिन् 'अञ्जु आचार्य' ।

ती पुरुषले नाता लगाउँदै फेरि सोधे 'आचार्य त मेरा मावली हुन्, तपाईं कहाँको आचार्य नि ?' अञ्जुलाई जवाफ फर्काउनै कठिन भयो । उनको अनुहार मलिन भयो । आफ्नो थर अरू ब्राह्मण समुदायसँग जोडिएकामा उनी दुःखी थिइन् । यसको पुष्टि गर्न आवश्यक ठानेर उनले भनिन्, 'म दलित समुदायकी आचार्य हुँ ।'

'दलित पनि आचार्य ? यस्तो पनि हुन्छ ?' ती पुरुषलाई अञ्जुको बात पत्याउनै गाह्रो भयो । अन्ततः उनी दलित आचार्य हुनै सक्दैन भन्ने पक्षमा अडान राख्दै गए । अञ्जु अनुत्तरित भइन् । उनको पुस्तादेखि नै आचार्य लेखिँदै आएको छ । तर, उनी ब्राह्मण समुदायकी होइनन् । घटना सामान्य लाग्छ । तर, गम्भीर छ । अञ्जुजस्ता थुप्रै दलित समुदायले थरका नाममा अनावश्यक विवाद र तनाव सहनुपरेको छ ।

राष्ट्रिय दलित आयोगको जातीय अनुसूचीमा 'आचार्य' थर 'विश्वकर्मा' अर्थात कामी समुदायअन्तर्गत पर्छ । समाजमा समानताको बहस जारी रहेका बेला दलित समुदायले स्वेच्छाले थर लेख्न पाउने कि नपाउने ? लेखिए पनि समाजमा थरको बेलीविस्तार लगाउनुपर्ने चुनौती थपिएको छ । परम्परादेखि जरो गाड्दै आएको छुवाछूत प्रथाले बेलाबखत मुन्टो उघार्छ । विभेदरूपी छवि भने समाजमा कुनै न कुनै रूपमा प्रकट भइरहेको हुन्छ ।

आयोगमा विभिन्न २६ जात उल्लेख छन् । राष्ट्रिय दलित आयोगको जातीय अनुसूचीअन्र्तगत पहाडे र मधेसी मूल गरी २६ जात उल्लेख गरिएको छ जसमा विभिन्न थरमध्ये, गैरदलितको थरसँग मिल्ने आचार्य, घिमिरे, गिरी, बाँस्कोटा, निरौला, नेपाल, भट्ट, पोखरेल, कोइराला, बस्याल, हमाल, रिमाल, सिंह, गौतम, सापकोटा, राना, पहाडी, मगर, पौडेललगायत थुप्रै गैरदलितसँग मिल्ने थरहरू पनि उल्लेख छ । दलित आयोगले प्रमाणित गरेको थर हुँदाहुँदै खुलेर आफ्नो परिचय प्रस्ट्याउन नपाउँदा धेरै दलितले अनावश्यक झमेला खेप्नुपरेको छ । थरको समस्याले गर्दा आयोगसमेत आफैं अन्योलमा परको छ ।

दलित कुनै जात होइन, एउटा समुदाय हो । दलितको कुनै छुट्टै थर गोत्र छैन । आयोगले दलित आर्यअन्तर्गत पर्छन् भनेर उल्लेख गरेको छ । परम्परागत पेसाका आधारमा दलित समुदायको थर राखिएको र उनीहरूलाई त्यही व्यवस्थाअनुरूप पछाडि पारिएको मात्र हो । यो यथार्थ हामी सबै शिक्षित व्यक्तित्व र समाजलाई थाहा हुँदाहुँदै पनि मनदेखि स्विकार्न सकिराखेका छैनौँ । गैरदलितसँग दलितका केही नाम मिल्ने हुँदा गैरदलित भएर दलितको प्रमाणपत्र बनाउने र अवसरमा पुग्न चाहनेहरू पनि प्रशस्तै भेटिएकाले दलित थरको विषय चुनौतीपूर्ण रहेको आयोगका सदस्य सचिव भुवन सुनारले बताए । दलितले आफ्नो चाहनाअनुरूप थर लेख्न पाउनुपर्ने व्यक्तिगत स्वतन्त्रता छ । नीति, कानुन र व्यवस्थासँगै समाज परिवर्तनका लागि मानिसको हेर्ने र बुझ्ने दृष्टिकोणमा परिवर्तन आउन जरुरी छ ।

समाज परिवर्तनसँगै विभेदका शैली पनि फरकफरक हुँदै आएका छन् । खास गरी नाम र थरको समस्या पछिल्लो समय मुख्य समस्या बन्दै गएको छ । 'परियार', 'विश्वकर्मा' वा फलाना भनी दलित समुदायले परिचय दिएर मात्रै पुग्दैन । आवश्यकताभन्दा बढी केरकार गर्ने र अनावश्यक सान्त्वना दिएर उल्टै कमजोर मानसिकता बनाउने प्रवृत्ति बढ्दो छ । यही अवस्था महिलामा पनि लागू हुन्छ । विभेद विचारमा हुन्छ । महिलाले राम्रै काम गरेर पनि हाम्रो समाजमा महिलाले पनि यस्तो गर्न सक्ने भन्दै विषयलाई ठूलो पार्ने काम गर्छौं । सकारात्मक विचारले नै समाजमा सकारात्मक छाप बस्छ ।
- साभार : - कान्तिपुर

Saturday, December 28, 2013

कमला बिश्वकर्मा गुल्मीबाट संसदमा पुग्ने पहिलो दलित चेली

नेकपा मालेबाट सुचीमा परेकी पहिलो गुल्मेली दलित चेली कमला बिश्वकर्मा
प्रेम सुनार, गुल्मी पुस १३-  
मुलुकका दुई राजनैतिक दलले सार्वजानिक गरेको समानुपातिक सुची अनुसार गुल्मीबाट पहिलो पटक दलित चेली संसदमा पुग्ने भएक्रि छन् । जिल्ला बाहिर माईती घर हुने महिला बाहेक जिल्ला मै जन्मेका कमला बिश्वकर्मा संसदमा पुग्ने पहिलो दलित महिला हुने भएकी छन् । बिश्वकर्मालाई नेकपा मालेले समानुपातिक सभाषदको सुचीमा चयन गरेपछि यस्तो अवसर उनिहरुले पाउने भएका हुन् । जिल्ला बाहिर घर भई गुल्ममा विवाहित महिलाका रुपमा भने अन्तिरि म बिद्यायीकका रुपमा एकिकृत नेकपा माओवादीबाट संसदमा पुग्ने जिल्ला कै पहिलो महिला उमा बिश्वकर्मा हुन् । २०६४ सालका चुनावमा जिल्ला बाहिर माईती घर भई पौदीअमराईको अरेवामा विवहा भएकी प्रचण्ड पुत्री रेणु दाहल समानुपातिकबाट संसदमा पुग्ने दोश्री गुल्मेली महिला हुन् । संसदमा पुग्ने पहिलो गुल्मेली महिला उमा पाल्पा माईती घर भई गुल्मीको सिर्सेनी निवासी एमाओवादी राज्य समिति सदस्य बेगमबहादु चन्दसंग अन्तरजातिय विवाह गरेर आएकी हुन् । उनि जनयुद्ध कालदेखि नै लडाकु र हाल मगराँत राज्य समिति सदस्य हुन् । संसदमा पुग्ने पहिलो गुल्मेली दलित चेली कमलाको घर गुल्मीको हर्दिनेटा २ धरमपानीमा पर्दछ ।
पिता मित्रलाल ( बाबुलाल) बिश्वकर्मा र माता राधिकाको कोखबाट जन्मीएकी बिश्वकर्मा अविवाहित हुन् । उनि लामो समय देखि केन्द्रियतहमा दलित अधिकारकर्मी, पत्रकारिता र मानवअधिकारको क्षेत्रमा क्रियाशिल छन् । दलित महिला संघ रुपन्देहीको संस्थापक अध्यक्ष रहेकी कमला दलित महिला संघकी केन्द्रिय कोषाध्यक्ष, जागरण मिडिया सेन्टरकी उपाध्यक्ष, मानव अधिकार सञ्चार प्रतिष्ठानकी उपाध्यक्ष, स्थायी शान्ति समिती ललितपुरकी सदस्य लगायत उनि दर्जनौ गैह्र सरकारी संस्थामा आवद्ध छन् । २०४८ देखि नेकपा मालेमा आवद्ध उनि सो पार्टीको भगेनी संगठन प्र गतिशिल महिला संघ, दलित संगठनकी केन्द्रिय सदस्य र जातिय मामिला हेर्ने विभागको जिम्मेवारी पाएकी छन् । स्नातक उतिर्ण विश्वकर्मा जागरण मिडिया से न्टरको हाम्रो आवाव पत्रिकाको सह सम्पादक समेत रहेकी छन् । काठमाण्डौ ंमा बसे पनि पछिल्लो चरण गृह जिल्लाको समाज सेवामा लागेकी बिश्वकर्मा गुल्मीबाट संसदमा पुग्ने पहिलो दलित चेली हुने अवसर पाएकोमा आफ्नो भाग्य र संघर्ष दुबै हो भन्छिन् । 
नोट :  गुल्मी टायम्समा प्रकाशित प्रेम सुनारको समचार बाट  नेकपा मालेबाट सुचीमा परेकी पहिलो गुल्मेली दलित चेली कमला बिश्वकर्माको बारेमा मात्र साभार गरिएको छ !समाचार को बारेमा बृस्तित हेर्न चाहनु हुन्छ भने http://www.gulmitimes.com/2013/12/blog-post_860.html#.Ur8TftIW2Kh

बिद्यालय जान भनि गएका बिद्यार्थी बाटैबाट बेपत्ता

बैतडी,पुस १३
बैतडीमा बिद्यालय जान भनि गएका बिद्यार्थी बाटैबाट बेपत्ता भएका छन् । दशरथ चन्द नगरपालिका १३ मा रहेको श्रीकेदार उच्च माध्यामिक बिद्यालय पिपलकोटमा कक्षा ६ मा पढ्ने दुई जना बिद्यार्थीहरु हिजो घरबाट बिद्यालय जान्छु भनि गएपछि बिद्यालय नपुगि कनै बाटो बाट बेपत्ता भएका छन् । एउटै कक्षामा पढ्ने १२ बर्षका असोक सुनार र १२ बर्षकै भानु चुनारा स्कुल पोसाकमै हिजो देखी बेपत्ता छन् ।

 बिहान नौ बजे स्कुल पोसाकमा स्कुले झोला बोकी बिद्यालय तिर लागेका दुई जनाले उनीहरुकै भाई पर्ने कक्षा ४ मा पढ्ने हरिष चुनारा र कक्षा ५ मा पढ्ने नबल चुनारालाई आफुसँग रहेको कापी किताब राखेको झोला बोकाएर घर पठाएको र उनीहरुलाई भारतको पिथउरागड जान्छु भनी गएका, तर सम्पर्क अहिले सम्म पनि नआएको स्थानिय राकेश चुनाराले जानकारी दिएका छन् । अनका अभिभावकहरुले राजीका लागि सबैलाई आग्रह समेत गरेका छन् ।

दलित सवालमा बिचारहरु एकीकृत रुपमा प्रस्तुत हुने कहिले ?-गोपाल सिवा


"हिन्दु जात प्रथाको अन्त्य गराउ"
 " जात मुक्त नेपाल "
 "हिन्दु धर्म भित्रको बर्ण ब्यबस्था न्सचिए अन्य धर्म अंगालौ "
" समाजमा कोहि दलित हुदैन अत दलित सब्द आफै बाट त्यागौ "
"दलित सब्द भनेको बैशाखी हो यसलाई समय आय पछि आफै छोडिन्छ "
" दलित सब्द्लाई समानित गरौ "
"दलित स्वायता राज्यको माग गरौ "
"एकात्मक राज्य भए पनि अधिकतम अधिकारको ग्यारेन्टी सहितको विकेन्द्रीकरण हुनु पर्छ "

प्रस्तुत बिचारहरु विभेद र उत्पीडनको शिकार भएका अर्थात् नेपालको बहुल बिशिस्टतालाई पूर्णत बेवास्ता गरिएको एकल सामन्तबादी बर्ण व्यवस्थाले अछुत भन्ने विशेषण लगाएर परम्परागत रुपमा दलित उत्पीडित पारिएका, भनिएका समुदायका बुदिजीबी व्यक्ति ,आबद्ध संघ, सस्थाहरुको हो । दलित सवालका आवश्यकता र औचित्यका बारेमा देश भित्र र देश बाहिरका दलित  विद्वानहरुले यसरि नै बिचारहरु व्यक्त गर्दै चाशो देखाउन थाल्नु भएको छ । संगठित हुदै जुर्मुराउन थाल्नु भएको छ । पछिला समय दुबई , कतार, कुबेत , साउदी अरब लगायत युरोपमा संगठित हुदै दलितका पक्षका बारेमा भएका आफ्ना बिचारहरु आवाजहरु बाहिर ल्याउने क्रम जारी छ   ।तर यसको निर्कियौल के हो ?दलित समस्या निराकरण एका देशको कथा जस्तो नहोश भनेर सबैले संगठित भएर अघि बढौ भन्दै छौ तर ब्यबहारिक रुपमा एक इन्च तल माथि नहुनाले एकताको कुरा ओठे आदर्श मात्र भएको छ  । प्रत्यक्ष अप्रत्यक्ष यस्तो परिस्थिति सिर्जना गर्ने दलित संघ सस्थाहरुको दलित सवालमा बिचारहरु एकीकृत रुपमा प्रस्तुत हुने कहिले ?

 माथि उल्लेख भए जस्ता दलित र उत्पीडित समुदायहरुले उठाएका बिषयको गम्भीरताले भने निश्चय नै अझ ठोश र सुक्षम बहसको माग गरेको छ  र बहसको बिषयले उतिकै रुपमा साझा समझदारीका तार्किक निस्कर्श्हरुको पनि माग गरेको छ ।दलित समस्या निराकरण गर्ने दिशामा अघि बढ्न दलित बुदिजीबी , सर्बसाधारण र संघ सस्थाहरुले उठाएका बिचारहरुले गुदीको काम पनि गर्ने स्पस्ट छ । तर दलित सवालमा बिभिन्न कोण बाट प्रारम्भ भएको बहसलाई अझ  सस्थागत  गर्न र निस्कर्ष तिर पुर्याउन भूमिका खेल्ने एकता र ब्यबहारिक थालनीको आवश्यकता भने परेको छ ।

निस्चय पनि सताब्दियौ देखि राज्य सताले दलितहरु माथि सामाजिक रुपमा निकै विभेद गर्दै आएको छ ।यति खेर लोकतन्त्रको पक्षधरहरु संबिधान सभा मार्फत सामाजिक जीवनका हरेक पाटाहरुमा जरो गाडेर बसेको शोषण र भेदभाबको निर्मुल गर्ने पर्तिबधता सहित नया संबिधान बनाउने एउटा प्रक्रियामा छन्  ।  जातीय छुवाछुत लाई कम गर्नका लागि बिभिन्न राजनैतिक दलहरुले चुनाबी घोषणा पत्रमा दलित समुदाय प्रति लछित गरेर कार्यक्रम घोषणा गरि चुनाब जितेर सम्म आएको वर्तमान अवस्था छ । दलहरुले गरेको चुनाबी घोषणा पत्रको  प्रतिबध्ता दलित मुदाहरुलाई समेट्ने प्रयाश्हरु केहि अपेक्छा गरे भन्दा कम र बढी छन् । तर पनि  नया बन्ने संबिधानले ग्यारेन्टी गर्दै ब्यबहारिक रुपमा लागु भए दलित उत्पीडित उथानका दृस्टीकोंणको हिसाबले केहि उचित थालनी हुन सक्छ । किनकि संबिधान भनेको देशको मूल कानुन हो यसमा मुलुकको सामाजिक यथार्त प्रतिबिम्बित हुनै पर्छ र हामीले नै जिताएर गएका प्रतिनिधिहरु बसेर लेख्ने छन् ।

मुलकमा रहेका साठी लाख  दलितहरुको हक हित उथान जस्ता गम्भीर बिषयमा मुलकले लिने भाबी निर्कियल्का निम्ति दलित बिद्वानहरुले यस समग्र राजनीतिक दलको प्रतिबध्ताहरु लाई राजनीतिक दलको चस्मा नलगाई सहज र साझा मुदाको रुपमा हेर्ने मानसिकताको बिकाश हुनु अपरिहार्य भएको छ ।साथै सामाजिक संजालमा , मिडियामा प्रेषित विचार र सबै राजनीतिक दलहरुको दलित उथान गर्ने प्रतिबध्ता , घोषणा को आधारमा अनुगमन गर्दै ,सस्थागत गर्दै , उथान गर्दै , एकताबद्ध हुदै अघि बढ्न सके साचिकै दलित सबालमा धेरै प्रगति हुन सक्छ ।