Friday, January 31, 2014
विक परिवारलाई काज किरियाका लागि सहयोग गरिदिन सबैलाई अपिल
बागलुङ, १५ माघ -मलेशियाको एक प्राइभेट कम्पनीमा कार्यरत
बागलुङको धम्जा गाविसका एक जनाको शव मृत्यु भएको १८ दिनपछि मंगलबार बागलुङ
ल्याइएको छ । धम्जा–४ घर भएका नन्दलाल विकको शव १८ दिनपछि ल्याएर परिवारले
धार्मिक संस्कार अनुसार स्थानीय भार्पोक खोला किनारमा अन्त्येष्टी गरेको
छ । ऋण धन गरेर ३ वर्ष अघि मलेशियाको कुुनाल इन्टर प्राइजेजमा रोजगारीको
लागि पुगेका विक खाना खाएर सुतेको र माघ २६ गते विहान मृत अवस्थामा फेला
परेको परिवारले जनाएको छ । आर्थिक अभावका कारण मलेशियामा रहेका नेपालीबाट
चन्दा संकलन गरेर शव ल्याउनु पर्दा ढिलाई भएको हो ।
नन्दलाल विकको शवलाई काठमाण्डौबाट बागलुङ बजार ल्याउन पनि स्थानीयले चन्दा संकलन गरेका थिए । अत्यन्त न्युन आर्थिक अवस्था भएका कारण परिवारलाई जातिय संस्कार अनुसार काज किरिया गर्न समेत समस्या भएको छ । मृतक विकका श्रीमति सहित २ छोरा र १ छोरी छन् । उनकी श्रीमति भीम कुमारी विक पनि एक वर्षदेखि विरामी भएका कारण सामान्य मजदुरी समेत गर्न नसक्ने अवस्थामा रहेको स्थानीय सामाजिक अगुवा कुलबहादुर विकले जानकारी दिए । बस्ने बास र खाने गास नभएको विक परिवारले काज किरिया र बालबच्चाको पठन पाठनका लागी समेत सहयोग गरिदिन सबैलाई अपिल गरेको छ ।

शान्ति, लोकतन्त्र र समावेशिता विषयक ३ दिने पत्रकारिता तालिम
महावीर विश्वकर्मा
जागरण मिडिया सेन्टर
माघ १६, भैरहवा ।
जागरण मिडिया सेन्टरको आयोजनामा संविधान निर्माण प्रक्रियामार्फत शान्ति, लोकतन्त्र र समावेशिता विषयक ३ दिने पत्रकारिता तालिम भैरहवामा सञ्चालन भइरहेको छ । स्थानीय अग्रसरताका लागि क्यानडा कोषको सहयोगमा जागरण मिडिया सेन्टरले आयोजना गरेको सो तालिममा नवलपरासी, कपिलवस्तु र रुपन्देहीका ५० जना सक्रिय पत्रकारहरुको सहभागिता रहेको छ । तालिमको दोश्रो दिन आज प्रशिक्षक रघु मैनालीले प्रभावकारी सञ्चार, द्वन्द्व रुपान्तरणका लागि पत्रकारिता विषयमा प्रशिक्षण दिनुभएको छ । यस्तै आज नै लैंगीक सचेतना विषयमा सञ्चारकर्मी आरती चटौतले प्रशिक्षण दिनुभयो । यसअघि हिजो नेपाल पत्रकार महासंघका पूर्व सदस्य एवम् रेडियो जागरणका अध्यक्ष विनोद पहाडीले दलित समुदायका अधिकार सुनिश्चितता एवम् दलित समुदायका सरोकारका सवालहरुलाई आम सञ्चारले खेल्नुपर्ने भूमिकाको बारेमा प्रष्ट पार्नुभएको थियो । पूर्व सभासद समेत रहनुभएका उहाँले अघिल्लो संविधान सभाले दलित समुदायका विषयमा सहमति जुटाएका विषयहरु बारे जानकारी पनि गराउनुभयो ।

त्यस्तै अनुसन्धाता जे.वि.विश्वकर्माले
सामाजिक समावेशीकरण र दलित मुद्दामा आमसञ्चार माध्यम विषयमा प्रशिक्षण
दिनुभएको थियो । सो क्रममा नेपाली सञ्चारमाध्यममा दलित सम्बन्धी समाचारहरु
कुन रुपमा आइरहेका छन् र अब कसरी लेखिनुपर्छ भन्ने विषयमा पनि उहाँले
जानकारी गराउनुभयो ।तालिमले लैंगिक र जातीय विभेदकाका विषयमा
समाचार तयार गर्दा के कस्ता कुराहरुमा ध्यान दिनुपर्छ भन्ने विषयमा निक्कै
नै उपलब्धीमुलक जानकारी प्रदान गरेको सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।
आफुहरुले दलित, महिला लगायतका विषयमा दिनहुँ जसो समाचार लेख्ने भएपनि धेरै
कुरामा ध्यान दिन नसकेको महसुस तालिमले गराएको उनीहरुको प्रतिक्रिया थियो ।
साथै अब यस्ता विषयलाई अझै महत्वका साथ उठाउने प्रतिबद्धता पनि उनीहरुले
जनाएका छन् ।
जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले संविधान निर्माण
प्रक्रियामा दलित, तथा अन्य सिमान्तकृत समुदायको सरोकारका विषयहरुलाई र
नेपाली आम सञ्चारलाई अझ बढी समावेशी बनाउनका लागि सघाउ पुग्ने उद्देश्यका
साथ तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । त्यस्ता विषयमा समाचार तयार
गर्दा अझ बढी संवेदनशीलता अपनाउन यो तालिमले सघाउ पुर्याउने उहाँको विश्वास
थियो । साथै सहभागी पत्रकारले तालिम पश्चात संविधान निर्माण प्रक्रियालाई
ध्यानमा राखेर विभिन्न समाचार सामग्रीमार्फत दलित, महिला, सीमान्तकृत
समुदाय आदिको मुद्दा उठाउनेमा पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।साभार :-जागरण मिडिया
नेपाली थर लेखेकै कारण भत्ता रोकिँदा दलित वृद्धावृद्धा भोकभोकै
टेकेन्द्र बस्याल-कोहलपुर,माघ १२ ।
नागरिकतामा नेपाली थर लेखेकै कारण गाविस कार्यालयले प्रदान गर्ने वृद्ध
भत्ता रोकिएपछि नौवस्ता–२ का अशक्त दुई वृद्धवृद्धा भोक भोकै बस्न बाध्य
छन् । गत आर्थिक बर्ष २०६९।०७० को वैशाख महिनादेखि नौवस्ता गाविस
कार्यालयले नेपाली थर लेखेका दलित भित्र नपर्ने भन्दै वृद्ध भत्ता रोकेपछि
६२ बर्षीय सितला र ६५ बर्षीय प्रित नेपालीको भोक भोकै दिन काट्नुपर्ने
अवस्था सुरु भएको छ ।श्रीमान श्रीमतीको आर्थिक आम्दानीको श्रोत
वृद्ध भत्ता रोकिएपछि नेपाली परिवारलाई रोजीरोटी जुटाउन धौ धौ भईरहेको छ ।
सितला र प्रित शारिरीक रुपमा अशक्त र मजदुरी गर्न नसक्ने अवस्थामा पुगेका
छन् । उनीहरुका ११ बर्षीय छोरी सलानी अपाङ्ग छिन् भने १४ बर्षीय छोरा
भारततिर मजदुरी गर्न हिँडेका छन् ।
‘गत बर्षको बैशाख महिनासम्म मासिक भत्ता
पाँच सय रुपैँया दरले दुई जनाको एक हजार घर खर्च चल्थ्यो,’ सितला नेपालीले
भनिन्,‘ भत्ता रोकिएपछि घरमा बुढाबुढी मात्र नभई छोराछोरीको विचल्ली भयो ।’
विद्यालयमा किताव, कलम, ड्रेस किन्ने पैसा नहुँदा कक्षा ९ मा अध्ययन गर्ने
छोरा विशाल भागेर भारततिर कमाउन हिँडेको उनले बताईन् । सामाजिक सुुरक्षा
भत्ता रोकिएपछि उनीहरुले छोरी सलानीलाई समेत राम्रोसित पालनपोषण र खानपिनमा
ध्यान दिन सकेका छैनन् ।
सितलाले एक बर्षदेखि र प्रित नेपालीले
नौवस्ता गाविस कार्यालयबाट चार बर्षदेखि सामाजिक सुरक्षा भत्ता पाउँदै आएका
थिए । ‘बर्षमा बुढाबुढीको भत्ता १२ हजार रुपैँया पाउँदा घरखर्च जुटाउन
राहात मिलेको थियो,’ सितलाले नागरिकसंग भनिन्,‘अहिले पैसा नभएर भोकभोकै
बस्नुपर्ने भयो ।’ सासु ससुराको नागरिकतामा विक थर भएपनि नजानेर नेपाली थर
लेखिँदा भत्ता रोकिएको उनीहरुले बताए । चार कठ्ठा ऐलानी जग्गामा बस्दै आएका
उनीहरुको आर्यआजर्नको अन्य श्रोत छैन् । भत्ता रोकिएपछि नेपाली परिवारले
एक बर्षयता राम्रो संग साँझ विहानको छाक जुटाउन सकेको छैन् ।
उनीहरु आर्थिक जोह गर्न मजदुरीमा गर्न
सक्ने अवस्था पनि छैन् । गाविस कार्यालयले नेपाली बाहुन भन्दै रकम रोकेको
प्रित नेपालीले भने । वृद्ध भत्ता रोकिए यता घरको खर्च जुटाउँन १४ हजार ऋण
लागेको छ । ऋण कसरी जुटाउने चिन्ता लाग्ने गर्छ सितलाले चिन्ता व्यक्त
गरिन् । जाजरकोट कोताङ्बाट २०५५ सालमा नेपाली परिवार नौवस्तामा आएर बस्दै
आएका छन् । श्रीमान प्रित नेपाली पनि अशक्त हुँदै गएपछि मजदुरी गरेर पैसा
कमाउने बाटो हराएको छ ।आर्थिक अभावमा घरको छानोबाट पनि बर्षातमा
पानी चुईने गरेको छ । उनीहरुले सामाजिक सुरक्षा भत्ताका लागि गाविस
कार्यालय र विभिन्न सामाजिक संघसस्थामा सहयोग गरिदिन गुहार्दै आएका छन् ।
जिल्लाका अन्य गाविस कार्यालयले नेपाली थर लेखेका दलितलाई तीन पुस्ते हेरी
सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएका छन् ।
साभार :-जागरण मिडिया
मन्डेला, सविधान सभा र दलित प्रतिनिधित्व
२०६२/०६३ को लोकतान्त्रिक आन्दोलनको जगमा स्थापना भएको सविधान सभा जनताद्वारा जनताको शासन तथा समातामूलक समाज निर्माणका निमित्त, जनताको हक अधिकार सुनिश्चित गर्न तथा समृद्ध र विकाशशील नेपाल निर्माणका लागि थियो।तर संविधान सभा हिजो जुन मुद्दाका कारण सिकार बन्यो आज फेरि सपथग्रहणसम्म आउँदा राजनीतिक दलहरु तिनै मुद्दामा केन्द्रित बनेका छन्। उनीहरु राजनीतिक मोर्चाबन्दीमा लागेका छन। खैर ती शक्तिलाई जनताले आफ्नो अमूल्य अभिमत प्रकट गरी वास्तविक साइजमा ल्याइदिएका छन्।
एकल जातीय पहिचान वा बहुजातीय, समावेशिता, शक्ति सन्तुलनका विषयले सञ्चारमाध्यममा चर्चा पाएको छ। सँगै कुनै राजनीतिक दल अझै संविधान सभाबाहिर छन्। संविधान सभा कुनै कार्यतालिकाबिना नै सञ्चालन भएको छ। यस्तो विषम् परिस्थितिबाट गुज्रँदै गर्दा राजनीतिक दलहरु सरकार निमार्णको विषयमा आन्तारिक र बाह्यरूपमा एकापसमा घोचपेच र दाउपेचमै ब्यस्त छन्। त्यसकारण केही समयअघि दिवंगत अफ्रिकी अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाबाट प्रेरणा लिई कसैमाथि प्रतिशोधको भावना नराखी समृद्ध अनि विकसित नेपाल निर्माणको लक्ष्य नै अहिलेको टड्कारो आवश्यकता हो, जसरी मन्डेलाले दक्षिण अफ्रिका बनाए।
यतिबेला सविधान सभाको बैठक सुचारु भइसकेको छ। राजनीतिक दलहरुले संविधान सभामा धेरै समयपछि समानुपातिक सभासद्को नामावली सिफारिस गरे तापनि संविधान सभाको संरचना कस्तो हुने हो भन्ने कुनै तस्बिर देखिएको छैन। विगतको संविधान सभाको संरचना हेर्दा दलित, महिला, जनजाति तथा मधेसीको उत्साहजनक उपस्थिति हँुदाहुदै पनि संविधान सभा विघटनमा जानु आमनेपाली तथा लक्षित समुदायका लागि दुर्भाग्य बन्न पुग्यो। संविधान सभा भाग १ मा राजनीतिक दलहरुबाट ५० जना दलितको प्रतिनिधित्व रहँदा पनि त्यसले तयार गरेका मस्यौदामा केही त्रुटि पाइएका थिए। ऐतिहासिकरूपमा पहिलो संविधान सभाले दलितको विषयमा धेरै मुद्दा उठान गरे तापनि दलितहरुको अधिकार र समानाताको विषयमा नेपालका राजनीतिक दलहरु विगतमा गरेका कमी/कमजोरीलाई स्वीकार गर्दै दोस्रो संविधान सभालाई अवसरका रूपमा प्रयोग गर्दै समावेशी, सामाजिक न्याय र सामाजिक सुरक्षासहितको संघीय लोकतान्त्रिक संविधान निर्माणमा अग्रसर हुनुपर्छ।
संविधान सभा र देशको समृद्धिका लागि मन्डेलाले भनेजस्तै सबैको सहभागिता आवश्यक रहन्छ। उनका अनुसार देशको इतिहास बनाउने भनेको सामान्य जनताले हो, देशको निर्माण गर्ने हरेक साना ठूला निर्णयमा उनीहरुको सहभागिताले मात्रै प्रजातन्त्र र स्वतन्त्रता सुनिश्चत गर्छ। यसबाट प्रष्ट हुन्छ कि विद्वान्मात्र होइन इमानदारिता पनि आवश्यक पर्दछ, ठूलो मात्र होइन असल पनि आवश्यक पर्छ। जुन कुरा हामीबीच पहिलो संविधान सभाले नै पुष्टि गरेको छ। यही कारण संविधान सभामा समानुपातिक निर्वाचन प्रणाली बदनाम भयो किनकि समानुपातिक सभासद्को नामावली राजनीतिक दलको नेतृत्वले आफूखुसी र आफ्ना वरिपरिका नेता/कार्यकर्ता तथा नातेदारलाई सिफारिस गरे। अर्थात् यो छनौटमा इमानदारिता देखाएनन्। यही कारण समानुपातिक प्रणालीमाथि नै प्रश्न पनि उठ्यो। समानुपातिक निर्वाचन प्रणाली भनेको डाक्टर, मन्त्री, राज्यस्रोतको चरम उपयोग गरेको व्यक्ति, आर्थिक, राजनीतिक, सामाजिकरूपमा प्रतिष्ठित व्यक्तिहरुलाइ राज्यसत्तामा पुर्याउने प्रणाली होइन। यही बुझ्न नसक्दा प्रणालीमाथि नै आक्रमणको प्रयास भयो।
त्यसकारण आर्थिक, राजनीतिक, सामाजिकरूपमा पछि परेका दलित जस्ता समुदायलाई राज्यसत्तामा पुर्याउन, उनीहरुको हक अधिकार सुनिश्चित गराउन केही समयकै लागि भए पनि संविधानमै समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरिनुपर्छ। नेपालजस्तो बहुसाँस्कृतिक र बहुजातीय पहिचान रहेको दक्षिण अफ्रिकामा पनि काला र गोरा जातिबीच रङ्गभेदी समस्या थियो जसलाई मन्डेलाले निराकरण गरे। अनि सहभागितामूलक व्यवस्था निर्माणका लागि सार्थक र नेतृत्वदायी भूमिका निर्वाह गरे। दक्षिण अफ्रिका अपराध, गरिबी, भ्रष्टाचार र रोग जस्ता समस्याबाट ग्रस्त थियो। त्यसबाट मुक्ति दिलाई लोकतन्त्र र उल्लेखनीय शान्तिका लागि यो मुलुक मन्डेलाको उपस्थितिबिना सफल हुने थिएन। यही कारण यो मुलुक अहिले पनि विश्वमा उच्चरूपमा सम्मानित छ। नेपालमा पनि यी समस्या निराकरण गर्न हामीबीच अहिले उपयुक्त समय र सुनौलो अवसर आएको छ।
संविधान सभामा दलित प्रतिनिधित्व बढाई उनीहरुको हक अधिकार सुनिश्चित गरी व्यावहारिकरूपमा उनीहरुलाई समातामूलक समाज निर्माण गरी आत्मसम्मान र स्वाभिमानसहित जीवन जिउने सुनिश्चितता भएको संविधान निर्माण गर्न आवश्यक छ। यति बेला संविधान सभामा दलितहरुको प्रतिनिधित्व प्रत्यक्ष निर्वाचनको २४० सिटमा मात्र २ जनाले गर्नुपर्ने अवस्था छ। राजनीतिक दलहरुले प्रत्यक्ष निर्वाचनको टिकट वितरणमा गरेका कमजोरीले यो अवस्था सिर्जना भएको हो। त्यस्तै समानुपातिक प्रणालीबाट ३८ जनाको प्रतिनिधित्व भयो जुन अघिल्लो संविधान सभामा भन्दा १० सीट कम हो जबकि विधानतः ७८ जना दलितको सहभागिता हुनुपर्थ्यो। त्यसकारण कानुन पालनाकै लागि भए पनि मन्त्रिपरिषद्को निर्णयबाट चयन हुने केही सभासद्मा दलित प्रतिनिधित्व गराइनु आवश्यक छ।
नेता : नेपाल विद्यार्थी संघ
-साभार :-नागरिक

रुपा गन्धर्वका चार सन्तान, कोही देख्दैनन्
दाङ- रुकुम गरायलाकी रुपा गन्धर्वले विवाह भएको १७ वर्षभित्र १० सन्तान जन्माइन्। ६ जना स्वस्थ, ४ जना दृष्टिविहीन। १० सन्तान जन्माएकी उनले सन्तुष्टि भने पाइनन्। पूर्ण स्वस्थ जन्मिएका ६ छोराछोरीको सानैमा मृत्यु भयो। बाँचेका सबै दृष्टिविहीन छन्। उनका एक छोरा र तीन छोरी जन्मँदैदेखि दुवै आँखा देख्दैनन्। ‘राम्रा जन्मिएका एक छोरा र पाँच छोरी बाँच्न सकेनन्, बाँचेका चारजनाले संसार हेर्न पाएनन्,' रुपाले भनिन्, ‘जन्म त दिएँ तर दृष्टि दिन सकिनँ।'
‘मलाई भगवानले ठगेको हो,' उनले भनिन्, ‘आँखा देख्ने एकजना मात्रै बाँचेको भए पनि हुन्थ्यो।'
तुलसीपुर रक्षाचौरमा भाडामा बस्दै आएकी उनले दृष्टिविहीन चार छोराछोरी लिएर रुकुम छोडेको दुई वर्ष भइसक्यो।
सुरुमा जन्मिएका चार छोरी बाँचेनन्। पाँचौं सन्तानका रूपमा जन्मिएका छोरा बाँचे तर जन्मैदेखि आँखा देख्न सक्दैनन्। पाँचौं सन्तान गणेश अहिले १० वर्षका छन्।
त्यसपछि रुपाले दुई छोरी जन्माइन्। दुवैको आँखाको ज्योति ठीक थियो। तर, कालगतिले दुवैको मृत्यु भयो। दुई छोरीको मृत्युपछि उनले आठौं सन्तानका रूपमा फेरि छोरीलाई जन्म दिइन्। उनी बाँचिन् तर जन्मैदेखि दृष्टिविहीन छिन्। अहिले पाँच वर्ष पुगेकी उनी हिँडडुल गर्न र बोल्न पनि सक्दिनन्। दुई वर्षअघि जन्मिएका जम्ल्याहा छोरी पनि दृष्टिविहीन छन्।
६ सन्तान गुम्नु र बाँचेका ४ जना जन्मजातै दृष्टिविहीन हुनुको पीडा त छँदैछ, त्यसमाथि राम्रा सन्तानलाई जन्म दिन नसकेको आरोपमा उनलाई श्रीमान दिलबहादुरले थप पीडा दिए। पछिल्ला दुई छोरी गर्भमा छँदै श्रीमान दिलबहादुरले कान्छी भिœयाए। ‘राम्रा छोराछोरी जन्माउन सकिन भनेर श्रीमानले कान्छी भिœयाउनुभयो,' उनले भनिन्, ‘भगवानले त ठगेकै थियो, श्रीमानले पनि ठगे।'
रुपाले श्रीमानलाई कान्छी श्रीमती किन ल्याएको भनेर सोध्नसम्म सकिनन्। राम्रो सन्तान जन्माउन अर्की श्रीमती ल्याउन परिवार र आफन्तले दिएको सल्लाहविरुद्ध रुपा जान सकिनन्।
‘सबैले अर्की श्रीमती बिहे गर् भनिरहन्थे, मैलेमात्रै नगर्नुस् भन्न सकिन,' उनले भनिन्। श्रीमानले कान्छी भित्र्याएपछि केही समय सबै सँगै बसे। तर, समय सधैं उस्तै रहेन। श्रीमान र सौताले खपिनसक्नु पीडा दिन थालेपछि रुपाले दुई वर्षअघि घर त्यागिन्। त्यो बेला जम्ल्याहा दुई छोरी काखमा थिए।
‘घरबाट निस्कँदा सुत्केरी थिएँ,' उनले भनिन्, ‘श्रीमानले नजासमेत भन्नुभएन।' दुई वर्षअघि घर छाडेर निस्केकी उनलाई श्रीमानले एकपटक पनि सम्झेका छैनन्।
दृष्टिविहीन चार नाबालक छोराछोरी च्यापेर घर छाडेकी रुपा माइती नेपालको सम्पर्कमा पुगिन्। त्यहाँको तीनमहिने बसाइपछि दाङ फर्किइन्। तुल्सीपुर रक्षाचौरमा कोठा भाडामा लिएर बस्दै आएकी रुपाको जीवन कष्टकर छ।
छोराछोरीसँगै मर्ने धोको रहेको उनले सुनाइन्। ‘आँखै नदेख्ने यस्ता बालखालाई स्याहारेर बस्दा कति गाह्रो हुन्छ, त्यो मलाई नै थाहा छ,' उनले भनिन्, ‘बचाउन कोसिस गर्छु, यिनीहरू मर्दा सँगै मर्छु।'
केही संघ–संस्थाले दिएको सहयोगले पाँचजनाको परिवार जेनतेन चलेको छ। ऋण–सापट कसैले पत्याउँदैनन्। त्यसैले, अर्काको घरमा माग्न हिँड्नुको विकल्प उनीसँग छैन। ‘मासिक ६–७ हजार त जुटाउँछु तर पुग्दैन,' उनले भनिन्, ‘छोरालाई पढाउनुपर्यो्, भाडा बुझाउनुपर्यो , खानुपर्योट।'
उनका छोरा गणेश स्थानीय गुरुजजुर माविमा कक्षा २ मा पढ्छन्। विद्यालयको सहयोगमा पढ्दै आएका गणेश भन्छन्, ‘आमाको अनुहार हेर्ने मन छ, कसैले मेरा आँखा देख्ने बनाइदिए हुन्थ्यो।'
उनीहरू बस्दै आएको कोठाको मासिक ६ सय भाडा तिर्नुपर्छ। दृष्टिविहीन छोराछोरीसँग बसेकाले रुपालाई घरबेटीबाट पनि त्यति सहयोग मिल्दैन। दुई वर्षे अवधिमा उनले झन्डै दर्जन घर परिवर्तन गरिसकेकी छन्। कारण हुन्– तिनै दृष्टिविहीन छोराछोरी। ‘आँखा नदेख्ने छोराछोरीलाई राख्न राम्रो मान्दैनन्, धेरै घरमा डेरा गरिसकेँ,' उनले भनिन्, ‘अहिलेचाहिँ नराम्रो व्यवहार भएको छैन।'
श्रीमान टाढिएपछि परिवारका अन्य सदस्यले पनि रुपालाई वास्ता गर्न छाडिसके। रुपाका माइती (दाजु) बर्दियामा छन्। दाजुले उनलाई आफूसँगै बस्न बारम्बार आग्रह गरे पनि मानेकी छैनन्। ‘दाइले आइज यतै बस् त भन्नुभएको छ, यस्ता आँखै नदेख्ने केटाकेटीलाई कतिन्जेल राम्रो मान्नुहोला भनेर गएकी छैन,' उनले भनिन्। कहिलेकाँही जाँदा दाजुले चामल दिने गरेको उनले बताइन्। उनका साना छोराछोरी हेरचाहका लागि दाजुले छोरी करुणालाई पठाइदिएका छन्।
चार छोराछोरी च्यापेर एउटा कोठामा बस्दै आएकी उनी व्यवस्थित बासको आसमा छिन्। दृष्टिविहीन छोराछोरीलाई अर्काको घरमा राख्न समस्या भएको बताउँदै उनले श्रीमानसँग अंशदाबी गरेकी छन्। ‘मलाई बस्ने घरमात्रै देऊ भनेको छु,' उनले भनिन्, ‘घरमात्रै भए पनि छोराछोरीलाई राम्रोसँग राख्न पाउँथें।'
उनका चारै सन्तानको आँखामा जलविन्दु छ। राजधानी र दाङस्थित आँखा अस्पतालका चिकित्सकले बताएअनुसार चारैजनाले जीवनभर आँखा देख्न सक्दैनन्। तर, गाउँलेले भारतमा उपचार गराए ठीक हुने सल्लाह दिँदा रुपाको मन खुसीले भरिन्छ। ‘एउटैले मात्रै आँखा देखे पनि अरु ३ जनाको सहारा हुन्थ्यो,' उनले भनिन्। चारै सन्तानको आँखा भारतमा लगेर देखाउने रुपाको ठूलो धोको छ। तर, आर्थिक अभावका कारण लैजान नसकेको उनी बताउँछन्।
छोराछोरीकै उपचार खर्च जुटाउन उनी आउँदो फागुनमा इट्टाभट्टामा काम गर्न काठमाडौं जाने योजनामा छिन्। ‘यहाँ बसिरह्यो भने खान पनि पुग्दैन, फागुनमा काठमाडौं जानुपर्ला भनेको छु,' उनले भनिन् ‘पैसा कमाउन सकें भने यिनीहरुको आँखा देखाउन भारत लैजान्छु।' -साभार :-नागरिक

सभासदलाई तामा, तुलसी र कलमकापी
धादिङ,
माघ १३ - यहाँ तीन गाविसका महिला, दलित, जनजाति, युवा र वृद्धा
प्रतिनिधिले बेलैमा संविधान लेख्न संविधानसभाका सभासद लाई तामा, तुलसी र
कलमकापी पठाएका छन् । संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी
प्रतिनिधित्व नगनर्ेे दललाई समेत उनीहरूले सुझावसहितको सामग्री पठाएका हुन्
।
कांग्रेस, एमाले र एमाओवादी सभासद लाई प्रमुख जिल्ला अधिकारीमार्फत उनीहरूले कापी र कलम पठाएका छन् । राप्रपा नेपालका सभासद लाई हिन्दु धर्मको रक्षा गर्न आग्रह गर्दै उनीहरूले तामा तुलसी पठाएका हुन् । जिल्ला प्रशासनमा उपस्थित भएर उनीहरूले सहायक प्रजिअ विजय पौडेललाई ती सामग्री हस्तान्तरण गरेका थिए ।
त्यस्तै नेकपा-माओवादीलाई उनीहरूले कलममात्र पठाएका छन् । अन्य दललाई संविधान लेखनका लागि कापीकलम पठाएको र नेकपा-माओवादीलाई लेखिएको संविधानमा हस्ताक्षर गर्न कलम पठाएको बेनीघाटवासी गुणराज त्रिपाठीले बताए । बेनीघाट, महादेवस्थान र गजुरी गाविसका बासिन्दाले सामग्री पठाएका हुन् । उनीहरूले मधेसी दलहरूलाई लोडसेडिङको अन्त्य गर्न माग गर्दै मैनबत्ती र सलाई पठाएका छन् । युवा सभासद लाई युवाको पक्षमा संविधान लेखन तथा सहयोग गर्न आग्रह गर्दै कलम र कापी पठाइएको गजुरी गाविसका युवा सुधीर श्रेष्ठले बताए ।

सबै प्रतिनिधि प्रशासनमा उपस्थिति भएर आफ्नो आफ्नो सामग्री बुझाएका थिए । उनीहरूले ६०१ जना सभासद लाई नै समयमा नै सहमतिको आधारमा संविधान बनाउन सुझाव दिएका छन् । 'पार्टीको शीर्ष नेताहरूलाई समेत संविधान निर्माण गम्भीर हुन आग्रह गर्दै संसद् सचिवालयमा सामग्री पठाएका हौं,' त्रिपाठीले भने । सहायक प्रजिअले ती सामग्री तत्काल सम्बन्धित निकायमा पठाउने बताए ।
सीमान्तकृतलाई मनोनयन किन नगर्ने ?-सर्बोच्च अदालत
काठमाडौ,
माघ १४ - संविधानअनुसार निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका सीमान्तकृत आदिवासी
जनजातिबाट २६ जना मनोनयनका लागि सरकारका नाममा परमादेश जारी गर्न माग गर्दै
दायर रिटमा सर्वाेच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को
कार्यालयका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश रामकुमारप्रसाद
साहको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो ।
निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्ने/नगर्ने छलफल गर्न दुवै पक्षलाई माघ २० गते अदालतमा उपस्थित हुन आदेशमा भनिएको छ । संविधानअनुसार राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान पुर्याएका विशिष्ठ व्यक्तिहरू र प्रत्यक्ष र समानुपातिक निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका सीमान्तकृत आदिवासी जनजातिमध्येबाट सहमतिका आधारमा मन्त्रिपरिषद्ले २६ सभासद मनोनयन गर्नुपर्ने भन्दै दलित जनजाति पार्टीका अध्यक्ष तथा सभासद विश्वेन्द्र पासवानले रिट दायर गरेका थिए ।

Tuesday, January 28, 2014
भीमदत्त नपा-१६ वनकट्टीकीमा दलित महिलालाई दुर्व्यवहार
०७० माघ १३ गते, कञ्चनपुर ।भीमदत्त नपा-१६ वनकट्टीकी चन्द्रादेवी लुहारलाई सोही ठाउँका राधाकृष्ण पण्डितले माघ १२ गते अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेका छन् ।
भीमदत्त नपा-१६ वनकट्टीकीमा माघ १२ गते सडक निर्माणका लागि उपभोक्ता समिति गठन गर्न बसेको सर्वपक्षीय बैठकमा दलित समुदायकी अगुवा महिला चन्द्रादेवीलाई सोही ठाउँका राधाकृष्ण पण्डितले तँलाई कस्ले बैठकमा बोलायो, यो विद्यालय र रोड त मेरो हो, तँ किन आइस, मैले चिया नपिएसम्म तिमी यता आउनु पर्दैन भनेर जातीय विभेद गरेको पीडितले बताइन् ।पीडित लुहारले कानुनी प्रावधानका आधारमा आरोपित राधाकृष्णका विरुद्ध सम्बन्धित निकायमा उजुरी दिने बताइन्।
Monday, January 27, 2014
घरमा काम गर्न नसकेको भन्दै छोराबुहारीले हेला गरेपछि अमृता विक विस्थापित
उस्ता (लमजुङ), माघ १३ - कास)- घरमा काम गर्न नसकेको भन्दै छोराबुहारीले हेला गर्दै कुटपिट गरेपछि भुलभुले ७ उस्ताकी ७३ वषर्ीया अमृता विक विस्थापित भएकी छन् । बिरामीले सताएकी बेसहारा उनी दिनभर गाउँमा माग्दै र रात परेपछि विष्टको छिडीमा सुतेर दिन बिताउँदै आएकी छन् । चिसोले हातगोडा सुनिएका छन् । खोकी पनि बढेको छ । यसरी नै उनले चार महिना बिताइन् ।
२० वर्षअघि श्रीमान्को मृत्यु भएपछि गाउँमा मजदुरी गरेर छोराको पेट पाल्दै आएकी उनले अहिले परिवारबाटै हेला हुँदा बिचल्लीमा परेको दुःखेसो गरिन् । 'बल छउन्जेल दैनिक निमेक गरेर बालबच्चा हुर्काएँ, घर गृहस्ती समाले,' उनले भनिन्, 'उमेर ढल्किएपछि बुढेसकालमा काम गर्न नसक्ने भन्दै घरबाट निकालिदिए ।' ज्यानले सकेको बेला उनले छिमेकीको घरमा भाडावर्तन धुने, गोबर सोहर्ने र सरसफाइ गर्थिन् । स्थानीयवासीले अमृतालाई शरण दिएकालाई समेत छोराबुहारीले खान र बस्न नदेऊ भनेर धम्काउने गरेको बताए ।
शुभसाइतमा बजाइने परम्परागत बाजा भएकाले नौमतीको महत्त्व उत्तिकै
काठमाडौ, माघ १२ - सहरबजारमा हुने विवाह यसै पनि रंगीविरंगी हुन्छ । त्यसलाई अझै भव्य बनाउन आधुनिक ब्यान्डको योगदान हुन्छ । विवाहको मौसममा ब्यान्डबाजा बजाउनेहरूलाई भ्याइनभ्याई हुन्छ । तर, नौमतीबाजाको माग पनि कम छैन । शुभसाइतमा बजाइने परम्परागत बाजा भएकाले नौमतीको महत्त्व उत्तिकै बढेको विज्ञ र व्यवसायी बताउँछन् ।
संग्रहालय पञ्चेबाजा समूहका मास्टर नारायण परियार परम्परागत रीतिरिवाज र संस्कृति जोगाउन चाहनेले लोकबाजा नै खोज्ने गरेको बताउँछन् । 'माग बढ्दो छ, भ्याइनभ्याई छ,' उनले भने, 'एकै सिजनमा १० देखि १५ जनाका विवाह भ्याउँछौं ।' गत मंसिर र माघ गरी १०/१२ वटा विवाहमा बाजा बजाइसकेको उनले बताए ।
माघ पहिलो साता छोराको विवाह सम्पन्न गरेका ललितपुर १५ निवासी डाक्टर माधव कोइराला ब्यान्डभन्दा पञ्चेबाजा नै शोभायमान हुने ठान्छन् । 'पञ्चेबाजा हाम्रो परम्परा पनि हो, हाम्रो समाजमा विशेष धातुबाट बनेका यी बाजा प्रयोग गर्दा बढी मूल्यवान ठानिन्छ,' उनी भन्छन्, 'त्यसैले मैले छोराको बिहेमा पञ्चेबाजा प्रयोग गरें, ब्यान्डभन्दा यो सस्तो पनि छ ।' एक दिनका लागि २३ हजार पारिश्रमिक दिएर साइतको मंगल धुनसँगै विवाह सम्पन्न गरेको उनले बताए ।
शान्तिनगरस्थित लोकपि्रय पञ्चेबाजा टोलीका मास्टर खड्कबहादुर परियार पुख्र्यौली पेसा थाम्नेसँगै जीविकोपार्जनको महत्त्वपूर्ण माध्यम बनेको बताउँछन् । 'समाजमा बिहेको सिजनमा नौमती र पञ्चेबाजाको माग बढ्दो छ,' रामेछापबाट राजधानी छिरेका उनी भन्छन्, 'तर, हामीले बाजाको महत्त्व बुझ्न र बुझाउन नसक्दा किनारा लागेको छ, गाउँघरमा त चलनै हराउने अवस्थामा छ ।' आफ्नो टोलीमा १८ सदस्य रहेको बताउने उनी एउटा विवाहमा १५ देखि ३० हजारसम्म पारिश्रमिक लिन्छन् ।
नौमती बाजाका विज्ञ शुभबहादुर सुनाम विवाहमा पण्डितले शुभसाइत गरेजस्तै विवाह घरको आँगनमा नौमती बाजाले मंगल धुन निकाल्दै साइतको टीका लगाउने परम्परा अझै चल्तीमा रहेको बताउँछन् । 'नौमती साइतको बाजा हो,' सुनाम भन्छन्, 'यो बाजा अहिले पनि चल्तीमा छ ।'
लोकबाजाका अर्का अनुसन्धाता संगीतकार बुलु मुकारुङ सुदूरपश्चिमको कुमाउ, गढवालबाट बाजा संस्कृति विकास भएको बताउँछन् । 'सुरुमा यी बाजा लडाइँमा प्रयोग हुन्थे,' उनी भन्छन्, 'नेपाल एकीकरण सुरु भएपछि देशभरि नै यी बाजाको विस्तार भएको हो ।' जसको प्रयोग ६ सय वर्षअघिदेखि भएको उनले बताए । शुभकार्य र सूचना संकेतका रूपमा विस्तार भएका बाजा प्रयोगकै आधारमा जातका रूपमा पनि विकास भएको उनी बताउँछन् ।
नौमती ९ वटा बाजाको सामूहिक नाम हो । दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगा २-२ वटा हुन्छन् । ५ वटा मात्र हुँदा पञ्चेबाजा भनिन्छ । सहनाई र नरसिंगा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर झ्याली तथा एकापसमा जुधाएर बजाइन्छ । ९ जना वाद्यवादक लोक कलाकारले स्वर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यस वाद्य समूहलाई नौमती भनिएको सुनाम बताउँछन् ।
सहनाई अर्थात् सनई नौमतीबाजाको प्रमुख आकर्षण हो । जसलाई एकै बनावटमा जोडा मिलाएर बजाइन्छ । फुक्दै, पौन फेर्दै र ८ वटा प्वालमा औंला चाल्दै बजाइने यो बाजा निकै परिश्रमी लोक कलाकारले मात्र बजाउन सक्छन् । एउटा सनई औंला चाल्दै बजाउँदा अर्काले फुकेर स्वर मात्र दिइरहेका हुन्छन् । स्वर दिने सनईलाई भाले र औंला चाल्दै भाखा हालेर बनाइनेलाई पोथी भनिन्छ ।
यस्तै, नौमतीको ठूलो बाजामा दमाहा पर्छ । तामा र छालाले बनेको यस बाजालाई काठको गजोले ठोकेर बजाइन्छ । ठूलो दमाहाकै आकारको तर त्यसभन्दा सानो दमाहा नौमतीको अर्को आकर्षण हो । जसलाई बाउँताल पनि भनिन्छ । यसैगरी ढोलक बाजा करिब डेढ फिट लामो काठ र छालाले बनेको हुन्छ । एकातिर औंला र हत्केलाले तथा अर्कातिर काठको डुँडीले ठोकेर यो बाजा बजाइन्छ । जसमा मादलमा जसरी खरी लगाइएको हुँदैन । ताल बाजाका रूपमा ट्याम्को काठको साना गजाले बजाइन्छ ।
सनईको सुरमा ट्याम्कोले ताल समातेपछि दमाहा र ट्याम्कोले खालको बिट मार्छन् । त्यसरी बिट मार्ने क्षणमा ध्वनियुक्त मिठाससँगै झ्याइँ-झ्याइँ गर्दै बज्ने बाजाको नाम हो, झ्याम्टा । जसलाई झ्याली पनि भनिन्छ । काँशबाट बन्ने झ्याली एकापसमा जुधाएर बजाउँदै रन्को निकालिन्छ । तामा या पित्तलबाट बनेका नरसिंगा र कर्नाल फुक्ने ठाउँ सानो तर क्रमशः ठूलो-ठूलो हुन्छ, जसलाई फुक्दै संकेतका रूपमा बजाइन्छ । बिहेबटुलामा जन्ती जाँदा बाटोमा कुनै देवस्थल, गुम्बा, घुम्ती, भन्ज्याङ र देउरालीहरूमा नरसिंगा फुकिन्छ । सँगसँगै धुँ धुँ गरेर कर्नाल बजाइन्छ ।
साभार :- कान्तिपुर

भनिन्छ प्रेम अन्धो हुन्छ, तर यो भनाई सबैमा लागु हुँदैन
इटहरी, माघ १३– आजको युगमा अमर प्रेमको उदाहरण कथा, उपन्यास र सिनेमामा मात्र पाइन्छ भन्ने धारणा कतिपय मानिसहरूमा पाइन्छ । तर यस्तो धारणालाई गलत सावित गर्न सक्षम अमर प्रेमी–प्रेमिका अझै पनि हाम्रै समाजमा यदाकदा पाइन्छन् । भनिन्छ प्रेम अन्धो हुन्छ, तर यो भनाई सबैमा लागु हुँदैन । त्यस्ता भाग्यमानीहरू निकै कम हुन्छन्, जो आफ्नो प्रेम प्राप्त गर्न जस्तोसुकै बाधा अवरोध पन्छाउन सक्षम हुन्छन् ।
अपाङ्गता भएका व्यक्तिलार्ई हेय दृष्टिले हेर्ने हाम्रो जस्तो समाजमा पनि सबै सुख सुविधा त्यागेर अपाङ्गता भएको व्यक्तिलाई नै जीवन साथी रोज्न सक्नु कम ठूलो साहस होइन ।इटहरी नगरपालिका जनसेवा टोल वडा नं ७ बस्ने उजुरु सरदारको जीवनमा यस्तै घटना भयो । सरदार २०६१ सालमा एसलसीको परीक्षा दिएर क्याम्पस पढ्नका लागि केही रकमको जोहो गर्ने उद्देश्य सहित घर नजिकै इटहरी बजारमा घर बनाउने काममा मजदुरी गर्न थाल्नुभयो ।
मजदुरी गर्ने क्रममै एक दिन दुई तला माथिबाट खसेर उहाँका दुवै खुट्टा भाँचिए । डाक्टरले मेरुदण्डको नशा ‘फ्याक्चर’ भएको भन्दै शल्यक्रिया गर्नुपर्ने बताएका थिए ।शल्यक्रियाका लागि त्यसबेला ६० हजार रुपैया लाग्ने अस्पतालले बताएपछि गरीब दलित परिवारका सरदारले शल्यक्रियाका लािग आवश्यक रकम जुटाउन सकेनन् र उपचार गर्न पाएनन् ।
मद्दतका लागि घर बनाउने ठेकेदार र घरधनी विश्व धिमाललाई पनि उहाँले उपचारमा सहयोग गर्न अनुरोध गर्दा पनि नमानेपछि प्रहरीमा उजुरी हालेको तर प्रहरीले घटना भएको २४ घण्टा नाघेको भन्दै कुनै कारवाही गर्न नसक्ने भन्दै पन्छिएको हुँदा त्यताबाट पनि उहाँले कुनै सहयोग पाउन सक्नुभएन ।
यसरी अपाङ्ग जीवन विताइरहदा पनि उहाँले आफ्नो जीवन साथीको सहयोग पाएर खुसी पूर्वक नै जीवन विताइरहनु भएको छ ।उहिले स्कुल पढ्दै गर्दा सरदारसँग पिरतीको डोरीमा बाँधिनुभएकी राधादेवी नै अहिले उहाँको एकमात्र सहारा हुनुहुन्छ ।भरखर बैंशको कोपिला लाग्दा दुवैै सँगै जिउने सँगै मर्ने कसम खाँदै आफ्नो पिरतीको गोरेटोमा अघि बढदै थिए । तर त्यो यात्रा सुरु गरेको केही महिनामै दुर्भाग्यवश् सरदार त्यो दुर्घटनामा परी घाईते हुनुभयो र उहाँका दुवै खुट्टा नचल्ने अवस्थामा पुगे ।
उहाँकी पे्रमिका राधादेवीले उनै सरदारसँग बिहे गर्ने प्रस्ताव घरमा राख्नुभयो तर उहाँको घरका परिवारले खुट्टा नचल्ने अपाङ्ग सरदारलाई छोरी दिन मान्ने कुरै थिएन ।राधादेवी भन्नुहुन्छ– “ उहाँ घार्ईते हुने बित्तिकै सोही वर्ष बल्जफ्ती मेरो विवाह अकै ठाउँमा गरिदिए । मलाई विभिन्न यातना दिएर अर्कै सँग बिहे गर्न बाध्य पारियो ।” बिहे पछि पनि उहाँको मनमा सरदार प्रतिको माया घटेको थिएन ।
बिहे बन्धनमा बाँधिएकी राधादेवीले आफ्नो भाग्यलाई दोष दिँदै पतिको घरमा बस्नुभयो तर दुई सन्तानकी आमा भईसकेकी राधादेवी र सरदारका बीचमा एक दिन अचानक भेटघाट र कुराकानी गर्ने अवसर जुट्न गयो ।आफ्नो प्रेमीको त्यो अवस्था देखेर चिन्तित भएकी राधादेवीले अन्ततः आफ्नो पतिलाई छोडेर पे्रमी सरदारसँग नै बाँकी जीवन बिताउने निधो गर्नुभयो । तीन वर्ष अघि आफ्नो पतिलाई छोडेर प्रेमी सरदारसँग उहाँ विवाह बन्धनमा बाँधिनुभयो ।
राधादेवी भन्नुहुन्छ–“ विहे भएको धेरै पछि उहाँ सँग भेटभयो । त्यसपछिका दिनहरूमा कहिलेकाँही भेटभइरहन्थ्यो । तर जब उहाँको जति उपचार गर्दा पनि खुट्टा निको भएन र उहाँको अवस्था अब सँधै यस्तै हुनेभयो भन्ने थाहा पाएँ तब मैले नै सहारा दिनुपर्छ भनेर उहाँसँगै घरजम गरी जीवन विताउने निधो गरें । ”राधादेवी पतिलाई छोडेर उजुरुको घरमा आउनुभयो र स्थानीय समाज मिलेर दुवैको विहे गरिदिए । हाल उहाँहरूको एक वर्षको एउटा छोरो पनि छ । सरदार भन्नुहुन्छ–“ मेरो क्याम्पस पढ्ने रहर त पूरा हुनसकेन, यही छोरोलाई धेरै पढाउन पाय हुन्थ्यो भन्ने सोंचेको छु । ”
दुवै खुट्टा नचल्ने भएकोले सरदार बैशाखीको सहारामा पनि हिँड्न सक्नुहुन्न । केही समय अघि एउटा पुरानो ह्विलचियर सहयोग पाएको तर त्यो ह्विलचियर पनि भाँच्चिए पछि झनै समस्यामा पर्नुभएको छ ।उपचारको आस मारिसकेका सरदार कुनै पसल गरी आफ्नो जीवन निर्वाह गर्न पाए हुन्थ्यो भन्ने सोँचमा हुनुहन्छ । तर पसल थाप्नका लागि पनि आवश्यक रकम दलित तथा गरिव परिवारका उहाँसँग छैन ।अपाङ्गता माथि विपन्नताको समेत जाँतोमा पिसिएर भएपनि चोखो मायाको सहाराले दुवैले सन्तोषको जीवन बिताएर समाजका अगाडि अपाङ्गतालाई मायाले जित्न सकिन्छ भन्ने उदाहरण दिन उजुरु–राधाको जोडी सफल रहेको छ ।
साभार :- रासस
Sunday, January 26, 2014
नेडई मुसहरको चिसोले कठाँग्रीएर मृत्यु
नवलपरासी, १२ माघ । चिसोले कठाँग्रीएर नवलपरासीमा एक बृद्धको मृत्यु भएको छ । रामनगर गाँउ बिकास समिति २ बस्ने ७० बर्षका नेडई मुसहरको चिसोले कठाँग्रीएर मृत्यु भएको हो । परिवार बिहिन मुसहर अति गरीब रहेको र रेखदेख गर्ने आफनो मानिस नभएकोले उनि बिगत केहि दिन देखी चिसो र सीतलहरीका कारण थला परेका थिए ।
यसैबीच नवलपरासीमा आइतबार निक्कै बाक्लो हुस्सु लागेको छ । नवलपरासीको पूर्व पश्चिम राजमार्ग अन्तरगत दाउन्नेमा बाक्लो हुस्सुको कारण दिनमा पनि सवारी साधन चलाउन गाह्रो भएको छ । दाउन्नेको अप्ठेरो बाटोमा आइतबार पांच मिटर परकोदुरी पनि नदेखिने गरी बाक्लो हुस्सु लागेको छ ।
हिजो सांझ देखि दाउन्नेमा एक्कासी हुस्सु संगै पानी परे झैं शीतलहर परेको स्थानीय बासिन्दाहरुले बताएका छन् । शीतलहरका कारण सडक चिप्लो भएको छ । चिप्लो सडकका कारण दुर्घटना हुने भन्दै प्रहरीले बीच बीचमा सवारी चेकिङ्ग गरेको छ ।
सरकारी कार्यालयहरुमा दलित माथि हुने भेदभाव यथावत
राधेश्याम विश्वकर्मा, भैरहवा, १२ माघ – दलितहरुलाई सरकारी कार्यालयमा हुने भेदभाव अझै पनि पूर्ण रुपमा नहटेको आईतबार भैरहवामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । राष्ट्रिय दलित आयोगले आयोजना गरेको जिल्ला स्थित सरकारी कार्यालय दलित मैत्री बनाउनका लागी सचेतना कार्यक्रममा बोल्ने वक्तहरुले उक्त भनाई राखेका हुन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय दलित आयोगको अध्यक्ष सुशिला श्रीपाली ठकुरीको नेपालमा रहेको असमान बिकास प्रणालीको कारण सरकारी कार्यालयहरु दलित मैत्री हुन नसकेको जिकिर रहेको छ । “ नेपालमा दलितहरुको हकहितमा कार्य गर्न बलियो कानुन रहे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन नसकिएको हुदा दलितहरु अझै पनि पिडित हुन परेको छ ” श्रीपालीले बताईन ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफुलाई दलित शब्द मात्र हटाएर अधिकार पाउनेमा बिश्वास नरहेको बताएकी छन । मूख्य समस्या “बनि सकेको कानुनलाई कार्यान्वयनमा ल्याउन नै चुनौती पूर्ण रहेको” बताउदै आ आफ्नो स्तरबाट सबै सरकारी कार्यालयका कर्मचारीहरुले सहयोग गर्न उनले आग्रह समेत गरिन । सोही कार्यक्रममा बोल्दै दलित वर्ग उत्थान समन्वय समितिका पूर्व उपाध्यक्ष पदम बिश्वकर्माले दलितहरुले कसै संग भिख नमागेको र आफ्नो सम्मानको लागी लडेको बताएका छन । दलितहरु माथी भएको थिचोमिचो एवम अन्यायलाई राजनैतिक दलहरुको आडमा दवाउने गरिएको समेत उनको गुनासो रहेको थियो । लेखक एवम दलित अगुवा डिक बहादुर विश्वकर्माले अझै पनि दलितहरुलाई थरकै कारण सरकारी कार्यलयहरुले सास्ती दिने गरेको बताए । दतिहरुले मालपोत कार्यालय जस्ता सरकारी कार्यालयहरुबाट पाउने छुटको बारेमा जानकारी नभएर बढी रकम तिर्ने गरेको उनको दावी रहेको छ । यसै गरि राष्ट्रिय दलित आयोगले सुचिकृत गरेका दलित थरलाई प्रमाणित गर्न समेत जिल्ला प्रशासन कार्यालय र स्थानिय निकायहरुबाट अनावश्यक दुख दिने गरेको उनले गुनासने गरेका छन ।
दलित वर्ग उत्थान समन्वय समितिका पूर्व उपाध्यक्ष पदम बिश्वकर्माको अध्यक्षता, राष्ट्रिय दलित आयोगको अध्यक्ष सुशिला श्रीपाली ठकुरीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा दलित सेवा संघका सचिव किस्मत विक, मु ि क्त समाजका नन्द बहादुर खडकाथोकी, राजकुमार बिश्वकर्मा, रेडियो जागरणका स्टेशन म्यानेजर शिवजी गायक, जिल्ला शिक्षा कार्यालयका स्थानेश्वर ज्ञवाली, स्थानिय बिकास अधिकारी पेशल कुमार पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी कौशल शर्मा, प्रमुख मालपोत अधिकृत शंकर सुवेदी, नेकपा एमालेका हितराज पन्थी, एनेकपा माओवादीका बिनोद उपाध्याय लगायतले बोलेका थिए । कार्यक्रममा राष्ट्रिय दलित आयोगका नासु धर्मेन्द बिश्वकर्माको सञ्चालन र मनु खडकाको स्वागत मन्तव्य राखेकी थिईन ।
साभार :- रातो पाटी
Saturday, January 25, 2014
परियारले बञ्चरो प्रहार गरेर विश्वकर्माको हत्या गरे
उदयपुर, माघ ११ – जिल्लाको बेल्टार गाविसम एक युवकले वञ्चरो प्रहार गरी आफ्नै साथीको हत्या गरेका छन् ।बेल्टार ९ माडिबासका पवन परियारले बञ्चरो प्रहार गरेर २३ बर्षका दीपक विश्वकर्माको हत्या गरेका प्रहरी निरीक्षक बावुरम पोखरेलले जानकारी दिनुभयो ।
पवनको मानसिक अवस्था ठिक नभएका कारण घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । दाउरा चिरिरहेका पवनसँग सामान्य भनाभन हुँदा उनले वञ्चरोले हिर्काएर दीपकको हत्या गरेका हुन् ।
घटनास्थलमै ज्यान गुमाएका दीपकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । बञ्चरो प्रहार गर्ने पवनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुभयो ।
हेटौंडामा पञ्चेबाजा–नौमती बाजा प्रतियोगिता आयोजना
हेटौंडा, माघ ११ । लोप हुँदै गएको पञ्चेबाजाको संरक्षणका लागि जिल्ला पर्यटन विकास समिति मकवानपुरले आज हेटौंडामा पञ्चेबाजा–नौमती बाजा प्रतियोगिता आयोजना गर्यो । हेटौँडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा आयोजित प्रतियोगितामा छ वटा समूहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम हुदै भर्याङकालिका नौमती समूह सरिखेतले नगद४५ हजारसहित प्रमाणपत्र प्राप्त गर्यो । यस्तै, मनकामना पञ्चेबाजा समूह मनहरी दोस्रो, भैसेखानी पञ्चेबाजा समूह नामटार र कालिबने बाजा समूह आमभञ्ज्याङ तेस्रो तथा जनप्रगतिशील नौमती बाजा समूह आमभञ्ज्याङ सान्त्वना भए ।
प्रतियोगितामा क्रमश द्धितीयलाई ३० हजार र तृतीय हुने दुबै टिमलाई जनही दश–दश हजार तथा सान्त्वना हुनेलाई ५ हजार नगद प्रदान गरिएको थियो ।

दलित महिला भएको कारण स्वास्थ्य चौकीमा उपचार गर्न नमान्दा सुत्केरीको मृत्यु
राजेन्द्र न्यौपाने गोरखा, ११ माघ –गोरखाको बोर्लाङ्ग स्वास्थ्य चौकीमा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । अनिता सार्की नाम गरेकी महिलाको बच्चा बाहिर निस्किए पछि मृत्यु भएको हो । महिलाको अत्यधिक रक्तश्राव भएपछि चौकीले गोरखा अस्पताल रिफर गरेको र केही समयमा नै उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।
यसबारेमा जानकारी लिन लाग्दा स्वास्थ्य चौकीका इञ्चार्ज शिवहरी खनालसँग सम्पर्क हुन सकेन । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख विश्वराम श्रेष्ठका अनुसार अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको सुनेको तर आफूलाई सबै कुरा थाहा नभएको बताउनुभयो ।
प्राप्त समाचार अनुसार दलित महिला भएको कारण स्वास्थ्य चौकीमा उपचार गर्न नमानेको र गोरखा अस्पताल ल्याउनेक्रममा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय गोरखाको हेलचेक्र्याईका कारण पछिल्लो समय गोरखामा सुत्केरी महिलाहरुले ज्यान गुमाउने क्रम बढेको छ ।
साभार :- रातो पाटी
अन्तरजातीय विवाह गरेको आरोपमा चार सन्तानसहित एक महिला बिचल्लीमा
२०७० माघ १० गते, जाजरकोट । खलङ्गा गाविस-५ पोखरा निवासी ३१ वर्षीया जमुना विक सहित उनका चार सन्तान पति गंगा बुढाले धोका दिएपछि तीन सातादेखि बिचल्लीमा पर्दै आएका छन् । दश वर्षअघि ०६० चैत १२ गते गाउँमै अन्तरजातीय विवाह गरेपछि घरपरिवार उक्त अन्तरजातीय विवाहलाई अस्वीकार गरेकाकारण अन्तरजातीय विवाहित दम्पति एक दशकदेखि भारतको हिमाञ्चल प्रदेशको किनोरमा बस्दै आएका थिए ।
भारतमै मजदुरी गरेर पत्नी र चार बालबच्चासहित पाँच जनाको परिवार पाल्दै आएका पति गंगा बुढा परिवारलाई भारतमै छोडेर यस वर्ष दशैमनाउन घरमा आएको र तिहार मनाउन भारतमै फर्कने आश्वासन दिइ पति घर फर्केका थिए । घर फर्केपछि घरका बुबा आमा र अन्य परिवारकासदस्यको दवावपछि उनले आफ्ना चार सन्तानसहित पत्नीलाई चट्क्कै विर्सेर रुकुम जिल्लाको गराईला निवासी भावना बुढासँग ०७० असोज१२ गते दोस्रो विवाह गरेका थिए । आफ्ना पति भारत नफर्केको र घरमा अर्को विवाह गरेको खबर भारतमा गएका गाउँलेहरूबाट थाहा पाएपछिजमुना आफनो जन्म थलो फर्केकी थिइन् ।
पीडित जमुना ०७० पुस १३ गते घर फर्केपछि नत पति भेटिन् नत घरभित्र पाइला नै टेक्न पाइन् । पत्नी जमुना विक घर फर्केको थाहा पाउनसाथउनका पतिले दोस्रो पत्नी लिएर फरार भएका छन् । मेरो पति कहाँ छन् कुनै पत्तो छैन् । ससुरा भद्रे बुढा र सासूले आफूलाई तल्लो जातको भनेरघरमा बस्न नदिएको उनले दुखेसो पोखिन् ।पीडित जमुनासँग एक वर्षीया चाँदनी बुढा, चार वर्षीया ज्योती बुढा, छ वर्षीया किराना बुढा र आठ वर्षीया रोषनी बुढासहित चार बालबच्चा साथमाछन् । पतिले धोका दिएर गएपछि आफूसहित ती बालबच्चाहरू बिचल्लीमा पर्दै गएका छन् । पतिले विच्चल्लीमा पारेपछि उनका चारबालबच्चाहरूलाई पढाउन र हुर्काउन समस्या समेत परेको उनले बताइन् । उनीसहित उनका चार बालबच्चा सोही ठाउँको माइती घरमा शरणलिएर बस्दै आएका छन् ।
अहिलेसम्म विवाह दर्ता नगरेकी उनी गाविसमा पति विरुद्ध उजुरी दिन ०७० पुस १५ गते आउदा पतिले दोस्रो विवाह दर्ता गरेको थाहापाएपछि उनीछाँगाबाट खसेझै भएकी थिइन् । पति गंगा बुढाले दोस्रो विवाह गरे लगतै विवाह दर्ता गराएको खलङ्गा गाविस सचिव शेरबहादुर केसी बताउछन ।दोस्रो विवाह भन्ने हामीलाई थाहानै भएन यहिनै पहिलो विवाह हो भन्ने लाग्यो त्यसैले विवाह दर्ता गराएको हो सचिव केसीले बताए । जेठी पत्नीजमुनाको विवाह दर्ता नहुँदा पतिबाट अंश भराउन नसकिने अवस्था भएपछि उनले न्याय पाउने विषयमा समस्या परेको छ ।
दमिनी विवाह गरेकोले तँ दमाई भइश,काजक्रिया गर्न पाउँदैनस् भन्दै निकाले
०७० माघ १० गते, चितवन ।दारेचोक गाविस-३ कुरीनटार घर भई हाल पिठुवा गाविस-२ बस्ने ४१ वर्षीय नगेन्द्रप्रसाद उप्रेतीले अन्तरजातीय विवाह गरेकै कारण आफूलाईबाबुको काजक्रिया गर्न नदिएको भन्दै कुरीनटार बस्ने मामा ४५ वर्षीया रामचन्द्र सिलवाल र भाई ३३ वर्षीय रुद्रप्रसाद उप्रेती विरुद्ध माघ १० गतेजिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिए ।
नगेन्द्रले २०५३ पुस ६ गते पिठुवा गाविसकी थलकुमारी परियारसँग विवाह गरे पश्चात नै घरबाट निकाला गरिदिएको पीडितले बताए । बिरामीभएका बावुलाई भेटघाट गर्न नदिएको र गत पुस २४ गते बावुको मृत्यु भएपश्चात दाहसंस्कारमा समेत खबर नगरेको र काजक्रियाको लागी घरजाँदा अन्तरजातीय विवाह गरेको भन्दै काजक्रिया गर्न नदिएको नगेन्द्रको भनाई छ ।
रामचन्द्र सिलवाल, रुद्रप्रसाद उप्रेती लगायतले नगेन्द्रलाई तैले दमिनी विवाह गरेकोले तँ दमई भएको, तँलाई कुलखानदानबाट निकालिएकोले तैले काजक्रिया गर्न पाउँदैनस् भन्दै निकालेको जगेन्द्रको भनाई छ । उनले पिठुवा गाविसमा आई बावुको काजक्रिया गरेको बताए । आफूलाई सोकार्य गर्नेलाई पक्राउ गरी जातीय भेदभाव तथा छुवाछुत(कसुर र सजाय) ऐन २०६८ को दफा ७ बमोजीम कारबाहीको माग गर्दै नगेन्द्रले प्रहरीमाउजुरी दिएका हुन् ।
Friday, January 24, 2014
२० गाविसमा संविधान निर्माण प्रकृयाका बारेमा समुदाय अभिमुखिकरण कार्यक्रम शुरु
विनोद परियार, रूपन्देही,१० माघ - जागरण मिडिया सेन्टर र स्थानीय अग्रसरताका लागि क्यानडा कोषको सहकार्यमा
रुपन्देही,नवलपरसी र कपिलबस्तुका २० गाविसमा संविधान निर्माण प्रकृयाका
बारेमा समुदाय अभिमुखिकरण कार्यक्रम शुरु गरिएको छ ।अब भन्ने नया“ संविधानमा
सिमान्तकृत,दलित,महिला,जनजाती,मधेशी र उत्पीडित वर्गको अधिकार स्थापित
गराउन समुदायस्तरबाटै दवाव सृजना गर्नुपर्छ भन्ने उदेश्यका साथ तीन
जील्लाका २० वटा गाविसमा यस्तो कार्यक्रम शुरु गरिएको हो । संविधानसभाको
पहिलो बैठक समेत बसिसकेको अवस्थामा अब चाहि सभाषदहरुले के
गर्छन्,संविधानसभामा पुगेका सभाषदहरुले जनताको भावना बुझेका छन् की छैनन्
नबुझेको भए जनस्तरबाटै दवाव दिनुपर्छ भन्ने सन्देश सहित समुदाय अभिमुखिकरण
कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक राजेश मरासिनीले बताउनुभयो ।
उहा“का अनुसार संविधान निर्माण भनेको
ऐतिहासिक काम भएकाले प्रत्येक नागरिकले आफ्नो अधिकार स्थापित गराउनका लागि
संविधान निर्माणको प्रकृयाकै बेला सचेत हुनुपर्ने भएकाले अभियान चलाईएको हो
। माघ ९ गतेदेखि शुरु भएको कार्यक्रम एक हप्तासम्म सञ्चालन हुने छ ।पहिलो संविधानसभाका बेलामा समुदाय पनि सचेत
नहुदा संविधानसभा असफल भएकाले अब चाहि सर्वाधरण पनि सचेत बन्न जरुरी
रहेकाले आफुहरुले तीन जील्लामा अभियान सञ्चालन गरिएको जागरण मिडिया
सेन्टरका सचिव शिवजी गायकले बताउनुभयो ।
उहा“ले कपिलबस्तु,नवलपरासी र कपिलबस्तुका
केहि गाविसहरुमा कार्यक्रम शुरु गरिएको बताउदै एक हप्ताभित्रमा सम्पन्न
गरिएको जानकारी दिनुभयो । समुदाय अभिमुखिकरण कार्यक्रम रुपन्देहीको धकधई,
असुरैना, मोतीपुर, सिदार्थनगर नगरपालिका, दुधराक्ष, रुद्रपुर, देवदह,
आनन्दवन, लुम्बिनी, नवलपरासीको गुठिप्रसौनी, माकर, पञ्चनगर, सुनवल,
रामग्राम नगरपालिका, कपिलबस्तुको वाणगंगा, विरपुर, कोपवा, कपिलबस्तु
नगरपालिका र जयनगर गाविसमा हुनेछन् ।जागरण र क्यानडाकोषकै सहयोगमा निर्वाचन अघि संविधानसभा सम्बन्धि अभियान सञ्चालन गरेको थियो ।
source:- जागरण मिडिया सेन्टर
बिहे गर्छु भन्दै वर्षौंसम्म यौनशोषण गरि वेश्यालयमा बिक्री
रामहरि गजुरेल,नुवाकोट-‘बिहे गर्छु भन्दै वर्षौंसम्म यौनशोषण गर्यो, आखिर कोठीमा लगेर बेच्यो’
–दुई वर्षअघि दलालको फन्दामा पर्दा भारतको वेश्यालयमा बेचिएर फर्केकी एक
दलित महिलाले बुधबार सदरमुकाम विदुरमा आफूले भोगेको नारकीय जीवनको दुःखान्त
वेदना यसरी पोखिन्।‘श्रीमान् विदेश गएको मौका छोपेर देखावटी सहयोग गर्दै मलाई झुटो मायाजालमा
फसायो’, सुन्दरादेवी गाविस वडा नं. १ नौबीसे गाउँकी फूलमाया नेपाली (नाम
परिवर्तन) ले आफू बेचिएको घटना बेलिविस्तार गर्दै भनिन्– ‘पैसाका लागि उसले
ममाथि दलाली गरेर मेरो परिवार नै बिचल्ली बनाएर छोड्यो।’
गाउँकै छिमेकी युवा बुद्धिबहादुर तामाङले फूलमायालाई दुई वर्षअघि भारतको
पुनामा पुर्याएर बिक्री गरेका थिए। त्यसबखत उनका श्रीमान् वैदेशिक
रोजगारका सिलसिलामा अरबमा मजदुरी गर्दै थिए। गरिबीका कारण श्रीमान्
बिदेसिएपछि तामाङले दुई नाबालक छोरा र एक छोरीकी आमा फूलमायालाई उपचार गर्न
ल्याउने र अन्य सहयोगीका रूपमा हिमचिम बढाएका थिए।श्रीमान् बिदेसिएदेखि नै विभिन्न आर्थिक प्रलोभन र समाजमा देखावटी
सहयोगी बनेर बेच्ने योजना बुन्दै आएका बुद्धिबहादुरले २०६८ सालको कात्तिक
२७ गते उनलाई भारतमा बिक्री गरेका हुन्। ‘मेरो श्रीमान् विदेश गएपछि मलाई
हेरविचार गर्ने तथा उपचार गर्न लैजाने र घरायसी काममा सहयोग गरिरहन्थ्यो’,
फूलमायाले भनिन्– ‘सहयोगीका रूपमा विश्वास गर्दा कोठीमा दुई वर्ष नारकीय
जीवन भोग्नुपर्यो।’ सधैंजसो बजार जाने र घरमा पनि अनेक बहानामा आफूलाई
बुद्धिबहादुरले यौनशोषण गर्ने गरेको पनि उनले बताइन्। पहिलेदेखि नै चिनजान
भएका बुद्धिबहादुरले भारत पुर्याउन चार महिनाअघिदेखि पटकपटक फोन गर्ने र
श्रीमान् नभएको समयमा गर्ने घरायसी सहयोगबाट आफूलाई फसाएको फूलमायाको दाबी
छ।
तिम्रो श्रीमान्ले विदेश गएपछि तिमीलाई बिर्सिसक्यो, अब म तिमीलाई बिहे
गर्छु भन्थ्यो’, उनले भनिन्– ‘बिहेकै लागि पोखरा जाने भन्दै अर्कैको साथमा
उसले पठाइदिएपछि दलालको फन्दामा परें।’ उनलाई शिखरवेसीका विशाल तामाङले
पोखराको एक घरमा पुर्याएका थिए। पोखरा पुर्याएपछि फूलमायाको साथमा जाने
विशाल बजारमा किनमेल गर्न जान्छु भनेर भागेका थिए। ‘यहाँ गाउँलेले थाहा
पाउँछन् पोखरा जाने अनि विवाह गर्ने भनेको थियो।’ –उनले भनिन्। पोखराको एक
घरमा पुर्याएपछि त्यहाँ भएकी एक महिलाले घुम्न जाने भन्दै भारतको पुणेस्थित
कोठीमा पुर्याएपछि आफू बेचिएको थाहा भएको फूलमायाले बताइन्। बेचिएको दुई
वर्षपछि किनमेल गर्न जाने बहानामा एक नेपाली महिलाको सहयोगमा कोठीबाट भागेर
आउन सफल भएको उनले बताइन्।
नुवाकोट फर्केलगत्तै पीडित महिलाले गत पुस २३ गते प्रहरीमा उजुरी दिएकी
थिइन्। उजुरी दिएको भोलिपल्ट प्रहरीले बुद्धिबहादुरलाई पक्राउ गरी जिल्ला
अदालत नुवाकोटमा जिउ मास्ने बेच्ने ऐनअन्र्तगत प्रहरीले मुद्दा दायर
गरिसकेको छ। दोषीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएसँगै मुद्दा
फिर्ता लिन पैसाको प्रलोभन देखाएको र त्यसपछि पनि नमानेमा पीडित महिलालाई
अपहरण गरी ज्यान मार्ने धक्की आइरहेको बुधबार पीडित परिवारले
सञ्चारकर्मीसामु जानकारी दिएका छन्। मुद्दा फिर्ता लिन भन्दै फकाउन दिइएका
रक्सी र अन्य कोसेलीलगायतका सामग्रीहरूसमेत पीडित पक्षले प्रहरीसामु
बुझाएका छन्।भारतबाट फर्किएर आएपछि मुद्दा दायर गरेकी फूलमायालाई मुद्दा फिर्ता
लिनका लागि कोसेली र नगद चार लाख रुपियाँ दिने लोभमा बुद्धिबहादुरकी
श्रीमती पम्फाकुमारीले माइती पक्षलाई दबाब दिइरहेको बताइएको छ।
SOURCE:- नेपाल समाचार पत्र
छोराका आशामा ४० वर्ष भित्र ११ सन्तान
कालिकोट,२०७० माघ १० गते । एक्काइसौं सताव्दिमा पनि नेपाली समाज कहाँ छ ? भन्ने कुरा कालिकोटको यो
घटनाले पुष्टि गर्दछ ।परम्परागत सोचका कारण कालीकोटका ग्रामीण क्षेत्रमा
छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएकाले छोराको आशामा सन्तान जन्माउने
क्रम बढ्दै गरेको छ । नौ छोरीको
जन्म दिएकी लालपुरा टमट्टा अहिले ४० वर्षकी छिन् । १६ वर्षको उमेरमा बुबाले
मागीविवाह गराएर विवाह बन्धनमा बााधिएकी फुकोट–९ बांखरकोटकी लालपुराका एक
वर्षको अन्तरमा बच्चा जन्मिएको बताएकी छन् । छोराका आशामा उनले ४०
वर्षभित्र ११ सन्तानलाई जन्म दिइन । दुई छोरी जेठी र कान्छीको जन्मँदा
जन्मँदै मृत्यु भएको भए पनि उनका अहिले सातवटा छोरी, दुई छोरा गरी नौ
सन्तान छन् ।
आम्दानीको स्रोत केही नभएका कारण पारिवारिक समस्या आउने गरे पनि जेनतेन
समस्या समाधान गर्न धौधौ पर्ने गरेको परिवारको भनाई छ । घरको पारिवारिक
समस्या समाधानका लागि लालपुराका श्रीमान् देवी टमटा बर्सेनि भारत जाने
गरेका छन् । भारतमा गएर घरपरिवारलाई लत्ताकपडा ल्याउँदै ठिक्क हुने गरेको र
घरको कमाइले खानसमेत समस्या पर्ने गरे पनि सात छोरीलाई पढाउन लगाएको
लालपुराले बताइन् ।
जेठी छोरी दक्षिणा अहिले कक्षा ७ मा अध्ययन गर्दै छिन् । गाउँका विद्यालयमा
त्यति धेरै खर्च नहुने बरु उल्टै छात्रावृत्ति मिल्ने भएकाले पढाउन समस्या
नआउने लालपुराको भनाइ छ । उनका अनुसार घरको सानोतिनो कामको पनि सघाउ
पुग्ने र पढाइ पनि भइरहने भएकाले त्यति कठिनाइ नहुने र भोलिका दिनमा छोरीको
जन्म भए पनि पराइघरमा जाने भएकाले अहिले दु:ख भए पनि भोलि दुई छोरा मात्र
भएकाले सुखको आशा लिएको उनको भनाइ छ ।
छोराले अन्तरजातीय विवाह गर्दा बुबाको हत्या
दैलेखको तोली गाविस वडा नं. २ धनीगाउँमा बस्ने सन्तबहादुर दमाई र राजकुमारी शाही २ वर्ष अघि तिहारमा देउसी भैलो खेल्ने युवाहरुको समूहमा आवद्ध भएर ३–४ दिन अरू साथीहरुसँगै खेले रमाए। यही क्रममा उनीहरुबीच सामिप्यता बढ्यो। यसवीच माइतीले चाल पाएपछि २०६८ जेठ ४ गते दुवैले आपसमा विवाह गर्ने सोचाईंले घरबाट भागे। र, सो रात नजिकैको तुसारघारी जंगलमा १ बेलुका बास बसे। उता माईती पक्षले गाउँका एक–एक घर खानतलासी र जंगलमा समेत तीब्ररुपमा खोजी गरे। गाउँले जेठ ५ गते दुवैलाई जंगलमा फेला पारेपछि केटालाई केटाको घरमा फर्काइदिए भने र केटीलाई आफ्नो घरतर्फ लिएर आए। माईतीले त्यही दिन साँझ घर नजिकैको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भाङ्गघारीको चौरमा स्थानीय ठालु–भलाद्मीहरुको एक भेला बसायो। त्यो भेलाले केटीलाई आफ्नो जातिमा फर्काउने भन्दै केटा पक्षलाई १ हजार नगद र एउटा खसी जरिवाना तिरायो। अनि कुरा मिलाउने दुबै पक्षका मानिसहरु, ठालु–भलाद्मीहरु बसि खसी काटेर खाए। तथापि, ठालु–भलाद्मीले केटा र केटीलाई छुट्टयाउन इन्साफ गरे पनि उनीहरुवीचको प्रेम–सम्वन्ध टुटेन। राजकुमारी शाहीलाई माईतीमा परिवारकै सदस्यले “दमाईसँग लागेकी डुमेनी” भनेर अपहेलना गरि नै रहे निरन्तरको सो अपमान सहन नसकि फलतः उनीहरु २०६८ श्रावण २८ गते अन्तरजातीय विवाह गर्ने अठोट गरेर फेरि घरबाट भागे।
जव गाउँबाट सन्तबहादुर दमाईं र राजकुमारी शाही भागे, त्यसपछि गाउँमा राजकुमारीकी माईली फुपू रत्ना चन्द, उनको छोरा तुलबहादुर चन्द, काकालालबहादुर शाहीको छोरा प्रेमबहादुर शाही र भिनाजु नाता पर्ने गणेश सिंह समेतले श्रावण ३० गते दिउँसो सन्तबहादुरका माईला दाजु सुशील, बुबा सेते दमाई र काईं्रला बुबा काले दमाईलाई आफ्नै घरमा बोलाई लात्ती–लात्तीले भगुर्नुसँगै र लाठी बर्साएर घाइते बनाएका थिए। सन्तबहादुरका माइला दाजु सुशील, बुबा सेते दमाई र काईं्रला बुबा काले दमाईलाई शाहीहरुले निर्घात कुटेर घाइते बनाइएको दिन साउन ३० गते बेलुका मात्र सन्तबहादुरका जेठा दाजु नरबहादुर भारतबाट घर फर्केका थिए। केटी पक्षको डरले दलित बाटो हिड्न त डर छँदै थियो, दमाई परिवारलाई घरमा बस्ता समेत घरमै आएर अपशब्द बोल्दै जथाभावी लाठी बर्साउने र ढुंगाले हान्ने तथा प्रत्यक्ष शारीरिक आक्रमणसँगै तथानाम गालीगलौज गरी मानसिक यातना दिने र सामाजिक अपमान गर्ने जस्ता थुप्रै श्रृंखलापछि सो दिन शाही परिवारलाई घरमै बोलाई कुटपीट गरेको विषयमा सन्तबहादुरकी काकी पवित्रा परियारले साउन ३१ गते इलाका प्रहरीमा निवेदन दिइन्। उजुरीपछि गाउँमा आएको प्रहरी टोलीले दोषीलाई चौकीमा लैजान खोज्दा प्रहरीमा जान मानेनन् वरू उनीहरुले प्रहरीकै सामू निवेदकहरुका परिवारैसखाप पार्ने धम्की दिदै आफ्नै कुरा माथि बनाए। त्यसपछि प्रहरीले पनि गाउंठाउँको झगडा गाउंमै मिलाउनुभनि दुवैपक्षवीचमा मिलापत्रको कागज गरायो । प्रहरीकै रहोवरमा मिलापत्रका गरेका माईती पक्षले भित्रभित्रै षढ्यन्त्रको तानावाना बुनिरहेका थिए। सोही योजनाअनुरुप राजकुमारी शाहीको घरमा छलफल भइरहन्थ्यो भने छोराले बुहारी ल्यायो मिलापत्र पनि भयो भनेर सन्तवहादुर उनका परिवार ढुक्क थिए।
यसरी नै दुइ हप्ता बितिरहेको थियो। भदौ १३ तीजको दर खाने दिन दिउँसो सन्तबहादुर र राजकुमारी पनि घर फर्किएको र जेठो छोरा नरवहादुर पनि २ साताअघि मात्र भारतबाट घर फर्किएको अवसरमा एउटा बाख्रा काटेर र जातीय परम्पराअनुसार रक्सी पनि व्यवस्था गरी साँझ अवेरसम्म परिवारिक जमघट चल्यो। भेटघाट र धेरैवेर सुखदुःख भएपछि करिव ९ बजेतिर सन्तबहादुर र राजकुमारी माथिल्लो तलामा सुत्न गए भने सन्तबहादुरको जेठो दाजु नरवहादुर र बुबा सेते दमाई चाहिं बाहिरपट्टिको कोठामा ओछ्यान लगाई सुते। सन्तबहादुरको आमा अमृता दमाई, काकी पवित्रा परियार, सन्तवहादुरकी बहिनी बुद्धिसरा भित्रपट्टि भान्छा कोठामा २ वटा गुन्द्री ओछ्याएर कुरा गर्दै थिए। त्यसवेला सन्तवहादुर दम्पती सन्त दमाई, छोरो नरवाहदुर र बालबालिका भने सबैजसो निदाइसकेका थिए। त्यही वेला तोली गा.वि.स. वडा नं. २ धनीगाउँ बस्ने राजकुमारकी आफ्नै कान्छी फुपू बिन्दकला शाहीको मुख्य योजनामा नारायण नगरपालिका वडा नं. ६ बस्ने जीवन शाही, कृष्ण खत्री, डिल्ली खत्री, सुभास के.सी. लगायतका व्यक्तिहरु राति अन्दाजी साढे ९ बजेतिरको समयमा हुलहज्जत गरी एक्कासी भित्र पसे। त्यसपछि भनी सुख–दुख कुराकानी गरिरहेका महिलाहरुका मुखमा टर्च लगाएर हेर्दै बाहिर सुतेका को हुन् बाहिर निस्के। त्यसको केही क्षणपछि नै अर्को पटक ३ जना नकावधारी ब्यक्तिहरु भित्र पसी ढोकाको नजिकै माथिल्लो तलामा सामान राख्न सजिलो र आगो बाल्दा धुँवा जाओस् भनी बनाइएको प्वालबाट टाउको घुसाई एकजनाले ओथारोमा को छ भनी टर्च लगाएर हेर्न लागे। सन्तबहादुरको काकी पवित्राले त्यसरी माथि हेर्न व्यक्तिको कम्मरमा खुकुरी देखेपछि चिच्च्याउँदै बाहिर निस्केर गाउँ–गुहार गर्न लागिन्। त्यसरी गुहार गर्दा लगतै ब्युँझिएका सन्तबहादुरका बुबा सेते दमाईले ।के हो ? कोे हो ?किन आ’को ?’ भन्दै भित्र पसे। नकावधारी २ मध्ये १ एकजनाले “तेरो छोराले तल्लो जातको भएर पनि माथिल्लो जात ठकुरीको छोरी लाने आँट कसरी ग¥यो ?” भन्दै मुक्का हान्नथाले।
त्यहीवीचमा सेते दमाईले सन्तबहादुर र राजकुमारी सुतेको माथिल्लो तलामा बाहिरपट्टिबाट जान लागेका २ जना नकावधारीलाई रोक्न खोज्दा काँडेदार धारिलो १० इञ्चको चक्कूले सेते दमाईलाई छातिमा प्रहार गरे। सेतेभन्दा पछि ब्युँझिएका सन्तबहादुरका जेठा दाजु नरबहादुर दमाईलाई समेत बाहिर बसेका ५–६ जनाले च्याप्चुप समातेर आगनै नजिक रहेको करिब ४ फीट तल रहेको मकैबारीमा फालि दिए। उनी त्यहाँबाट उठेर फेरी आगनमा आई पुग्दा नरबहादुरलाई समेत खुकुरी प्रहार गर्न खोजे। तर उनले टाढैबाट ढुंगा हान्दा उनीहरु आगँनबाट भागे। नरवहादुरले एकोहोरो ढुंगा हान्दै र लेखट्दै घर पछाडिको गोठमा पुगे। त्यसवेला पुनः २ जना खुकुरी धारी पछाडि आँगनबाट नरबहादुर भएतिर आए। अनि नरवहादुरले भुईंबाट ढुंगा टिप्न निहुरिएको बेला १ जनाले खुकुरी टाढैबाट छोडुवा
हाने। खुकुरी उनको दाहिने हातको कुइनामा लाग्यो र उनी रगताम्मे भएर ढले। उनी ढलेकै ठाउँमा ४–५ जनाले जीऊभरी लात्ती, खुकुरीको पाइटा र लठ्ठीले प्रहार गर्दै नरबहादुरलाई करिव १०–११ फीट अग्लो मलखातबाट तल्लोगराको मकैबारीमा हुत्याइदिए। उनी खस्दा उनलाई समाएको १ जना नकावधारी समेत तल उनीसँगै खस्यो । नरवहादुरले त्यसका नकाव खोल्न खोज्दा त्यसले “चुप” भन्दै मुक्का हान्यो भने माथि रहेको अर्को १ जनाले फेरी नरबहादुर लडेकै स्थानतर्फ लक्षित गर्दै माथिबाटै छोडुवा खुकुरी हान्यो। तर त्यो खुकुरीको प्रहार उनलाई लागेन। उनीहरुसँग भएका २ वटै खुकुरी नरबहादुरलाई हान्दा मकैबारीमा खसिसकेकोले उनीहरु हतियारविहीन भएर होला, सबैजना घरबाट पूर्वतर्फ पारिपट्टिको तोलीतर्फ भागे। सेते दमाईको छातीमा भने काँडेदार चक्कु रोपिएकै अवस्था थियो र उनी रगताम्मे भएर भित्रै ढलेका थिए। हतियारविहीन भएर हिंसक समूह भागी सकेपछि आफू खसेको मकैबारीमा उठेर घर पछाडिबाट आँगनतर्फ आउन लाग्दा नरबहादुरले बुबालाई छातिमा चक्कू रोपिएको अवस्थामा फेला पारेका थिए। भने महिला तथा बालबालिकाहरुको क्रन्दन बढिरहेको थियो।
त्यो क्रन्दन र गुहारले गाउँले छिमेकीहरु जम्मा भए। त्यसपछि स्थानीयवासीहरुको सल्लाहबाट छिमेकी पदम रानाले सेते दमाईको छातिमा रोपिएको चक्कू झिके। गाउँलेहरु धेरै जम्मा भइसक्दा पनि हिंस्रक समूहबाट पुनःआक्रमण हुने डरले सो रात उपचार गर्न लैजाने कसैले आँट गर्नसकेन। तर राति ११ बजे १ घण्टाको दुरीमा रहेको नौमूले इलाका प्रहरी कार्यालयलाई खवर भयो। घटनाको खबर पाए पनि उक्त रात प्रहरी घटनास्थलमा आएन। विहान करिव साढे ८ बजे मात्र नौमुलेबाट आएको प्रहरी टोलीको संरक्षणमा २०६८ भदौ १४ गते विहान ९ बजेतिर गाउँबाट सेते दमाई बोकेर जिल्ला अस्पताल दैलेख लगियो। अस्पताल पुग्दा दिउँसो करिव २ बजेको थियो। जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि सेते दमाईलाई सुर्खेत क्षेत्रीय अस्पतालमा रिफर गरिएयो अनि जीप रिजर्व गरी साँझ ५ बजेतिर दैलेखबाट प्रस्थान गरी सोहीदिन साँझ ९ बजे मात्र घाईतेहरुलाई सुर्खेत क्षेत्रीय अस्पतालमा पु¥याएयो। तर पु¥याएलगतै सेतेदमाईको मृत्यू भएको भनी चिकित्सकहरुले घोषणा गरे। छोराले अन्तरजातीय विवाह गरेकै कारण सेते दमाईको हत्या भएको खवर देश–विदेशमा फैलियो । छापा र बिधुतीय संचार माध्यमहरुले धेरै महत्व दिएर हत्याको विषय उठाए। भदौ १५ गते दिनभर क्षेत्रीय अस्पताल सुर्खेतले लासको पोष्टमार्टम गरेन । अस्पतालले कहिले सुर्खेत प्रहरीमा जाहेरी दिनुपर्छ भन्यो त कहिले दैलेख प्रहरीको पत्र चाहिन्छ भनेर ढिलासुस्ती मात्र गरिरह्यो। यद्यपि दैलेख प्रहरीले सुर्खेत प्रहरीलाई पत्र लेखीसकेको थियो।
स्थानीय छिमेकी रुपेश थापाले सेते दमाई र नरबहादुरको उपचारका लागि जिल्ला अस्पताल दैलेख र त्यहाँबाट सुर्खेत पु¥याउन त्यसपछि घरसम्म सेते दमाईको शव वाहनमा ल्याउन सक्दो सहयोग गरे। भदौ १६ गते साँझ सेते दमाईको लासलाई तामे खोला नजिक ल्याएर भोलिपल्ट भदौ १७ गते हिन्दू धर्म संस्कार अनुसार परिवारजनले दाहसंस्कार गरे। सेते दमाई बितिसकेको खवर पाउने वित्तिकै सन्तबहादुर दमाईले २०६८ भदौ १५ गते मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३ (३) नं. बमोजिम हदैसम्मको सजाय गरी पाऊँ भनी जिल्ला प्रहरी कार्यालय दैलेखमा कर्तव्यज्यानको अपराध दर्ता गराए। सो जाहेरीका आधारमा हत्याका मुख्य योजनाकार बिन्दकला शाही, त्यस कार्यमा संलग्न जीवन शाही, कृष्ण खत्री, डिल्ली खत्री, सुभास के.सी. लगायतका ९ जनालाई जिल्ला प्रहरी कार्यालय दैलेखले पुर्पक्षका लागि प्रहरी हिरासतमा लिई अनुसन्धान गरिरहेको छ।
अनुसन्धान गरि दैलेख जिल्ला अदालतले सेते दमाई हत्या घटनाका ओापीलाई जेल चलान गरेको छ ।जिल्ला न्यायाधीश रामकृष्ण भट्टको एकल
इजलासले दैलेखको तोली गाविस वडा नं. २ धनीका सेते दमाई हत्या घटनाका ९ जना
दोषी मध्ये मुख्य योजनाकार बिन्दकला शाही समेत ३ जनालाई आजन्म २०–२० वर्षको
जेल सजाय सुनाएको हो ।फैसला अनुसार मुख्य योजनाकार
बिन्दकला शाही, हत्या घटनामा खुकुरी प्रहार गर्ने जीवन शाही र कृष्ण
खत्रीलाई २०–२० वर्ष जेल सजाय भएको छ ।
फैसला अनुसार हत्या घटनामा प्रत्यक्ष
सघाएका नावालक सुभाष केसी र डिल्ली खत्रीलाई १०–१० वर्ष, हत्या घटनाको
सूचना सम्वाहक बनेका सेते दमाईको हत्या अघि पनि पटक–पटक परिवारलाई आफैले
कुटपीट गर्ने गरेका तुलबहादुर चन्द, गणेशबहादुर सिंह, मदनबहादुर शाहीलाई
जनही ५–५ वर्ष जेल सजाय तोकिएको छ ।
सेते दमाईको परिवारलाई कुटपीट गर्ने काममा
सहभागी भए पनि १४ वर्ष मुनिको नाबालक भएका कारण प्रेमबहादुर शाहीलाई चाहिं
जम्मा अढाई वर्ष जेल सजाय दिने जिल्ला न्यायाधीश रामकृष्ण भट्टको फैसलामा
भनिएको छ ।
मेरो घरमा पसेर राँगाको मासु खान हुन्छ, तिमारो चुल्हो छुन हुदैंन
कालिकोट जुविथा वडा नं ४ माइधारामा २०६८ मंसिर २४ गते अर्को निन्दनीय घट्ना घट्यो, दलित माथि। दलितले होटलको चुल्होमा चुरोट सल्काएको निहुँमा दलितमाथि शाही ठकुरीहरुले निर्ममतापूर्वकका हमला गरी हत्या गरे।३२ वर्षका मनवहादुर सुनार मीनवहादुर शाही र दीपवाहदुरशाहीकै साथी थिए, उनीहअरू एउटै राजनीतिक पार्टीमा समेत कार्यकर्ता थिए। मंसिर २४ गते राती मनि र शाही दीपवहशादुर शाही स्थानीय वालकुमारी शाहीको पसलामा रक्सी खाईरहेका थिए। साँझको साडे सात वजे वाहिरबाट मनवीर विश्वकर्मा, होटलमा आए अनि १० रुपैंयाका चुरोट किने। चुरोट सल्काउन चुल्होमा पुगेर चुरोट सल्काउँदै गर्दा चुल्हो नजिकै रहेको पानीको जग ढल्यो। पसल साहु वालकुमारी कमारूले जग ढलको थाहा पाए पछि तँ डुमलाई कसले चुल्हो छुन भन्यो... ’ भन्दै दाउराले कुट्न थाली ।
त्यससपछि मनवीरले पनि । डुम नभन है । मेरो घरमा पसेर राँगाको मासु खान हुन्छ, तिमारो चुल्हो छुन हुदैंन, त्यही पनि पसलको.....।’ भनेर प्रतिवाद गदैगर्दै गर्दा पसलका साहु वालकुमारीका श्रीमान जसवहादुर शाहीले उनलाई डुम ! पर जा भन्दै लात्ती हानेर आँगनमा निकाले ।एक्लो मनवहादुर आफुमाथि अपमान भएपछि उनले पनि प्रतिकार गर्ने कोशीष गरे । तर जसवहाुदरको घर छाउन आएका मनवीरकै चिनेजानको साथीहरु दीपवहादुर र मीनवहादुर वाहिर निस्केर । तँ डुमै त होस् नि.....!’ भन्दै हिर्काउन थाले । रक्सीले मातिएका उनका साथीहरुले मनवीर आफ्नै पार्टीको साथी हो भन्ने पनि ख्याल नगरी उनीमाथि निर्घात मुक्का, लात्ती र दाउराले कुटपिट गर्न थाले । त्यहीवेलामा मनसिंह शाहीले दुवै पक्षलाई छुट्याई घट्नालाई साम्य पार्दै मनवीरलाई सुरक्षा दिदैं उनको घरको आधाबाटोसम्म पु¥याईदिए। निर्घात कुटिएका मनवीर अपमान सहँदै रातको ८ वजे आफ्नो घर आईपुगे र श्रीमति रेश्मा सुनारलाई ओछ्यान लगाईदे भन्दै पीडिमा अडेसिए। श्रीमती रेश्माले ओछ्यान लगाईदिएर पानी खुवाउँदै के भो कहाँ कस्ले के गरे भनेर बुझ्दै गर्दा र पुनः भीमवहाद शाही र दीपवहादुर शाही घरैमा आइपुगी तथानाम गाली गर्न लागे।
ओरालो लागेको मृगलाई बाछीले पनि लखेट्छ भनेझैं पिटाईले शीथिल भइ ओछ्यानमा ढलेका मनवीरलाई शाहीहरुले । कमारो ! डुम, अझै मरिनस् की के हो ?’ रक्सीको जोशमा सुतेकै स्थानबाट तान्दै आँगनमा ल्याई पछारे। अनि उनको छातीमा घुँडा धसेर मुक्का पहार गर्न थाले। एउटा निर्धो र प्राणको पर्खाईमा बसेको मानिसलाई पहलमानले छातीमा घुँडा धसेर पिट्दा कस्तो दृश्य हुन्छ हामी एकक्षण कल्पना गरौं ! तिनीहरुले फेरि थप हमला गरेपछि तिमी डुमहरु, कोही पनि वाहिर आयौं भने सवलाई यसैगरी मार्छौ....।’ ठूलो स्वरमा गर्जिदै उनीहरु आफ्नो बाटो लागे । घरमा मनवीर श्रीमति रेश्मा र वालवच्चा कहालिन थाले । कुटाईले रगताम्मे भएर ढलेका मनवीरलाई उठाएर ओछ्यानमा राखिन्। एकातिर वालवच्चाहरु कहालिइरहेका थिए भने अर्कोतिर शाहीहरुको डंका र धम्की। अतः घर एकान्तमा रहेकाले र धम्की दिएकाले रेश्मा छिमेकी गुहार्न जान सकिनन्। यद्यपि, राती उनका काका राम सुनार, छिमेकीहरु जंगे सुनार र पर्व सुनार आए। डर धम्की, फेरि परिवारै कुटिने हो की भन्ने त्रासले रेश्मा र सानासाना नानीहरु रातभरी जागै बसे।
वल्ल रात कट्यो। (एउटा रिपोर्टले पीडक दुवै पनि रक्सीले छोडेपछि राती मनवीरलाई रूंग्न आएको भन्ने बुझिन्छ) अनि भोलीपल्ट विहानै रेश्माले गाउँ गुहारिन। त्यतिवेलासम्म मनवीर अझ सिथील भइसकेका थिए। छरछिमेक आई छलफल भयो। प्रहरीमा उजुरी भयो। स्थानीय मानिस र प्रहरीको छानविन र छलफलमा मनि र दीपवहादुर शाहीले रक्सीको वेहोसीमा गल्ती गरेको भन्दै आफैं उपचार गरिदिने कवुल गरे। अनि मनवीरलाई प्रथमतः अस्पताल लान सुझाव दिए अनुसार गल्छे वजारमा रहेको अ.हे.व. डीलवहादुर शाहीको स्थानीय मेडिकलमा मनवीरलाई पु¥याईयो। त्यहाँपुग्दा मनवीर पानीको मात्रा कम भइ पिसाव वन्द भइसकेको थियो। डीलवहादुरले स्लाईन पानी चडाएपछि मनवीरको केही होस आयो। त्यसपछि मेडिकलको सल्लाहअनुसार उनलाई कुट्पिट् गर्ने दुवै र मनवीरका वुवालगायत प्रहरीको सहयोगमा उनलाइ म्यान्माचौरमा रहेको जिल्ला अस्पताल लगियो। मनवीरलाई बोकेर अस्पताल लानेहरु उनै पीडक मीनवहादुर शाही र दीपवहादुरशाही थिए। उनको शरीरलाई जिल्लासम्म एकोहोरो बोक्नुपरेपछि दीपवहादुरले तंैले जिल्ला देखाईस्। पख्। फर्किऊ न...।’ भन्दै पुनः धम्की दिएका थिए। तर म्यान्माचौर अस्पताल नजिकैको बजारको एउटा होटलमा एकैक्षण विश्राम गर्नलाग्दा मनवीरको मृत्यु भयो। त्यसपछि मनवीरको शवलाई पोष्टमार्टममा लागि फर्काइयो र २७ गते राती उनको शवदहन भयो। यता प्रहरीमा उजुर दिएअनुसार प्रहरीले मीनवहादुर शाही र दीपवहादुर शाही लगायत पसलवाला जसवहादुर वालकुमारीलाई समेत हिरासतमा लियो र म्यान्मा जिल्ला प्रहरी कार्यालयमा ल्याई कारवाही चलाईरहेको छ ।
यो घट्नाका वारेमा जिल्लाका दलित अधिकारकर्मीहरुले देशब्यापी प्रचारप्रचार गरे। दलित गैरसरकारी संस्था महासंघ जिल्ला प्रतिनिधिले केन्द्रलाई सूचित गर्नुको अतिरिक्त स्थानीय तहमा रहेका मानवअधिकारकर्मीहरु , राजनीतिक दल, नागरिक समाज, प्रहरी प्रशासन र पत्रकारहरुसँग छलफल गरी हत्यारालाई हदैसम्मको दण्ड दिन अपिल ग¥यो। तदनुरुप महासंघ केन्द्रीय कार्यालयबाट पौष ५ गते स्थालगत अध्ययनमा गई घट्नाको छानवीन गरी आयो। छानवीनले पसलको चुल्होमा चुरोट सल्काएको निहुँमा पहिले मनवीरमाथि तथानाम गाली गर्दै हातपात भएको र मनवीरले पनि प्रतिवाद गर्न खोज्दा भित्रबाट मनवीरले चिनेजानेका साथीहरु मीनवहादुर र दीपवहादुर आई हमला गरेको, त्यतिमात्र नभई उनीहरु पुनः घरमा आई आक्रमण गर्दा त्यसको चोटले मनवीरको मृत्यु हुन पुगेको पुष्टि भयो महासंघ लगायतका संघसंस्था, राजनीतिक दल, मानवअधिकारकर्मीहरुको आन्दोलनका कारण राज्यबाट मनवीरलाई दलितका सहिद घोषणा गरी १० लाख रुपैयाँ दिने निर्णय भएको छ ।
साभार:- मुक्तिको आवाज
बर्णश्रेष्ठता लाई कायमै राख्ने गान्धी के अछुत प्रति अत्यन्तै चिन्तित थिए त ?
भारतीय अछुतलाई हिन्दुधाराबाट अलग गरे हिन्दुस्तानको अस्त्वित्व अपांग हुन्छ भने गान्धी बर्णब्यबस्था भित्र रहेको असप्रिस्य्ता हटाउने तर बर्णश्रेष्ठता लाई कायमै राख्ने पक्षमा थिए । बर्णश्रेष्ठता कायम राख्न चाहने गान्धी के अछुत प्रति अत्यन्तै चिन्तित थिए त ?
साभार :- जवाहर रोक्का /अम्बेडकर भर्सेस हिन्दुबाद