मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन', महाकवि लक्ष्मीप्रसाद देवकोटाले महान् उद्गार व्यक्त गरे पनि बङ्गलाका आदिकवि चण्डीदासले 'सवाइ उपर मानुख तारउपर किछु नेइ' -सबभन्दा ठूलो मानिस त्योभन्दा माथि केही हुँदैन), भने पनि बुद्धले 'कम्मणो ब्राहृमण' -कर्मले नै ब्राहृमण ) भने पनि हाम्रो समाज अझ जातिपातिभन्दा माथि उठ्न सकेको छैन । कुरा चाहे भारतको होस् अथवा नेपालको छुवाछूत, उँचनिच, जातिपाती, दलितहरूको अस्तित्व विद्यमान हुनु नै प्रमाण हो, हामी अझ आदिम तथा रुढीवादी परम्परागत मनोविज्ञानबाट धेरै माथि उठ्न सकेका छैनौ । डा. बाबासाहेब आम्बेडकर मानिस यदि साँच्चिकै मनुष्य हो भने ऊ जन्म, जाति अथवा वर्णबाट श्रेष्ठ हुनसक्दैन भन्ने हजारौँ वर्षको अज्ञानी परम्परा तोड्ने आधुनिक युगका एक विद्वान विद्रोही तथा उदाहरणीय व्यक्तित्व हुन् ।
जसलाई जन्मवादी र वर्णवादी समाजले अछुत -अश्पृश्य), अयोग्य, निम्न, निकृष्ठ ठान्दछ त्यही दलित जातिका अद्भूत प्रतिभापुञ्ज, सर्वण जातिको अहंकार चकनाचुर गर्ने व्यक्ति थिए । डा. बाबासाहेब भीमराव, आम्बेडकर भारतको महाराष्ट्र प्रान्तमा रत्नागिरि भन्ने एक जिल्ला छ त्यहाँ अम्बाबडे नामको एक गाउँ छ त्यहीं डा. आम्बेडकरको कुलको इतिहास गाँसिएको छ । यस गाउँमा यो परिवार बस्दथ्यो । परिवारमा नाथपंथी विचारको प्रभाव थियो । डा. भीमराव आम्बेडकरका हजुरबा मालोजी सेनामा थिए । सन् १८५७ को सिपाही विद्रोहपछि बेलायतीहरूले आˆनो नीति परिवर्तन गर्दै विविध जातिका मानिसलाई सेनामा भर्ना सुरु गरेका थिए । यसै नीतिका कारण मालोजी सेनामा भर्ना हुन सके । यसै कारण उनका छोरा र आम्बेडकरका पिता रामजी सकपाललाई सैनिक स्कुलमा पढ्ने सौभाग्य प्राप्त भयो । उनी स्वयं पछि त्यहाँ सैनिक भए र सैनिक सुवेदार मेजरसम्म भए । जागिरकै क्रममा रामजीको सरुवा मध्य प्रदेशको इन्दौर सहर नजिक महुमा भयो । उनकी पत्नी भीमा वाई स्वाभिमानी नारी थिइन् । माइती खलक केही सम्पन्न थियो । 'दरिद्र श्रीमानकी श्रीमती' भनेर होच्याएपछि सम्पन्न नहुञ्जेल माइती नजाने अठोट गरिन् । पछि श्रीमान्को बढुवा हुँदै गयो । केही सम्पन्नता पनि आयो । बल्ल उनी माइती जान थालिन् । यसै क्रममा १४ अपि्रल सन् १८९१ मा चौधौं सन्तानको रूपमा भीम रावको जन्म भयो । बाबासाहेव त पछि मानिसले श्रद्धाले भन्न थाले ।
आम्बेडकर नामबारे पनि एक कथा छ । उनी 'तल्लो' महार जातिका थिए । यो जाति महाराष्ट्रको सबभन्दा बहादुर जाति मानिन्छ । समाज भने गुणको वैरी थियो सबै मानिस भने बैगुणी हुँदैन । उनका एक गुरु ब्रहृमण थिए, उपनाम थियो आम्बेडकर । स्कुलको रजिष्टरमा भीमको नाम अगाडि अम्बावडेकर उपनाम थियो । गुरुले सोधे- अम्बावडे किन लेख्छौ ? अम्बावडे गाउँबाट आएकोले अम्बावडे लेखेको हुँ गुरु, भीमले जवाफ दिए । यो नाम ठीक छैन, तिम्रो उपनाम पनि मेरो उपनामसरह गरिदिउँला, गुरुले भने । के नाम बदलिन सम्भव छ ? भीमले जिज्ञासा पोखे ।
मानिसले आˆनो जात बदल्न पो सक्दैन, नाम बदल्न के गाह्रो छ, गुरुले जवाफ दिए । त्यसपछि भीमराव आम्बेडकर भए । एक दलितका छोरालाई आˆनो उपनाम दिएर मानिसको रूपमा हेर्ने आम्बेडकर आम्बेडकर गुरुजीप्रति श्रद्धाले नतमस्तक भए । यति मात्र होइन स्कुल टाढा थियो । टिफिनमा रोटी खान लामो बाटो तय गर्नु पथ्र्यो । आम्बेडकर गुरुले भने- टाढा जान पर्दैन, मसँग खान सक्छौ । बालक भीम राव गदगद थिए । धना बिरानोमा पनि दुर्लभ आत्मीयता ।
एक अर्का गुरु पनि थिए पेंडसे । कुनै पनि अवस्थामा कक्षाबाट अनुपस्थित नहुने भीम रावको अठोट थियो । एकदिन घनघोर वषर्ा भयो । घरमा एउटै छाता थियो जुन दाइले लिएर गइसक्नु भएको थियो वषर्ामा भिज्दै स्कुल पुगे । दयावान् गुरुले अछूत भीम रावलाई घर लगे । पानी तताए । एक लंगोट -जांघियाझै) दिए । ब्राहृमण शिक्षकमा यति आत्मीयता, भीम राव श्रद्धाले भरिए ।
तर सबै त्यस्ता थिएनन् । धेरै अपमान सहनु बाँकी थियो । भीम साढे दुई वर्षको हुँदा बुबाको जागिर समाप्त भयो । परिवार ठूलो थियो । जीवन निर्वाह गाह्रो हुन थाल्यो । सोझै कोंकण -महाराष्ट्र)को कापदोपाली पुगे । थोरै पेन्सन ठूलो परिवार रामजी राव जागिर खोज्न थाले तर सानो गाउँमा शिक्षित दलितले काम पाउन लगभग असम्भव थियो । मुम्बई पुगे तर जागिर पाए सतारामा । यही पढ्न थाले आम्बेडकर । १९८६ मा आमाको मृत्यु भयो । आम्बेडकर मात्र पाँच वर्षका थिए । अब पूरा परिवारको भार रामजीमाथि थियो । शिक्षाको महìव उनलाई थाहा थियो १४ वर्ष सैनिक स्कुलमा उनी शिक्षक थिए । दलितहरूको शिक्षासँग केही सम्बन्ध थिएन । त्यसैले रामजी रावले आˆनो जीवन नै बदलिदिए । हरेक दिन बच्चाहरूलाई नुहाएर बसाउँथे, अभंग -भजन) सुनाउँथे । नाथपंथीबाट रामजी राव परिवार कवीरपंथी भइसकेको थियो । कवीरका भजन बालबच्चालाई गाउन लाउँथे । आˆनो नियमप्रति रामजी राव कठोर थिए । बच्चाहरूमा त्यसको सकारात्मक प्रभाव पर्यो ।
समाज भने त्यति सकारात्मक थिएन । बाको जागिर कोरेगाँवमा थियो र तिनीहरू सतारामा । दुई भाइ र एक भाञ्जा बिदामा रामजीसँग भेट्न हिँडे । भीम नौ वर्षका थिए । सताराबाट मसुर स्टेसन रेलबाट पुगे । बा पर्खिबस्नु भएको होला ठानेका थिए तर तिनको चिठी उहाँका पुगेन । स्टेसन बाहिर एक गोरु गाडावाला तयार भए । "कति पैसा लिन्छौँ ?" जति ठीक ठान्छौ दिनु गाडावालाले भने । उसलाई लाग्यो केटाहरू खानदानी घरका छन् । सोध्यो कसकोमा जानुछ ?" रामजी सुवेदारकहाँ," केटाहरूले भने । "सेनामा छन ?" "हो" "महार होइन त ?" "हो, विद्यार्थीहरूले भने गाडीवान ओर्लियो । गाली दिन थाल्यो ।"ओर्ल मेरो गाडीबाट मलाई छूत लाग्यो । गाडीलाई पनि लाग्यो । गोरु पनि भ्रस्ट भए मलाई नुहाउनुपर्छ । गाडी पखाल्नुपर्छ, गोरुलाई नुहाउनुपर्छ ।
भीम स्तब्ध थियो । के अपराध भयो ? कान्छो भीमले गाडीवान्लाई भने- "हामी पनि मानिस हौँ । तपाईंको गाडी मानिसलाई बस्नकै लागि होइन र । अनि हामीप्रति किन यस्तो भावना Û" गाडीवान् मरिगए मान्न तयार थिएन । राति भइरहेको थियो बाटो अपरिचित र टाढा थियो । भीमको ठूल्दाइ आनन्दले लोभ दिए, दोब्बर पैसा दिन्छौ । गाडीवान्ले सोच्यो साँझ पर्न लागेको बेला कसैलाई थाहा हुँदैन सकार्यो । गर्मीको दिन, भयङ्कर तिर्खा लाग्यो तिनलाई । "कतै पानी पाउन सकिन्छ ?" यहाँ त पाउन सकिँदैन उता सानो खाल्डो छ जाऊ, गाडीवान्ले भन्यो । पानी एकदमै फोहर, पशुले पनि खान नहुने । बच्चाहरू रिसाए । गाडीवान्ले भन्यो, ममाथि किन खनिन्छौ, दलितलाई आˆनो इनारबाट कसले पानी दिन्छ र? यस क्रूर समाज व्यवस्थालाई भीम रावले कहिल्यै बिर्सन सकेनन् ।
सतारामा ठाउँठाउँमा पिउने पानीको व्यवस्था गरिएको थियो । एकदिन भीम राव पानी पिउन गए । केही व्यक्तिले चिने र उनी पिटिए । चारैतिर अपमान नै अपमान । पढ्नमा मन लागिरहेको थिएन । मुम्बई गएर काम गर्न सोचे । फुपूको बटुवा उडाए तर त्यसमा आधा आना मात्र पाए । भीम राव माथि ठूलो असर पर्यो । भाग्नुमा पुरुषार्थ छैन, कर्म गरेर नै ठूलो मानिस बन्न सकिन्छ । चिन्तन मनन गर्न थाले । जिस्कने बालक अध्ययनशील बन्न थाले ।
भीम राव एल्पिmन्स्टन हाईस्कुल जान थाले । त्यहाँ बढी सर्वण पढ्थे एकदिन गुरुले गणितका प्रश्न समाधान गर्न भने । भीम बोर्डतिर के लागेथे विद्यार्थीहरू कराए, पख बोर्डको पछिल्तिर हाम्रो टिफिन छ । हाम्रो टिफिन छोइन्छ ।
छूत कस्तो छूत ? छुँदा अन्न कसरी सड्छ, मेरो र अरूको स्पर्शमा के फरक छ ? छूत हामीमाथि अन्याय हो । भीम राव विद्रोही बने । सन् १९०७ मा मेटि्रक पास गरे र १९१२ मा बी ए । २१ वर्षमा थिए । महार जातिबाट बीए गर्ने प्रथम व्यक्ति थिए । भीम राव तर मात्र डिग्री होइन अध्ययनप्रति कहिल्यै नमेटिने भोक पनि पाइसकेका थिए उनले । १७ वर्षको उमेरमा नौ वर्षकी रमावाईसँग विवाह भयो । बडौदा राज्यमा जागिर पाए लेˆटिनेन्ट पदमा । जागिर पाएको १५ दिन मात्र भएको थियो कि तार आयो, बा सिकिस्त हुनुहुन्छ । बालाई सुख दिउँला सोचेका थिए पितृभक्त भीम रावले तर बा बाँच्न सक्नुभएन । स्वाभिमानी, महìवाकाङ्क्षी परिश्रमी थिए रामजी राव । विनाज्ञान र शिक्षा दलितको प्रगति सम्भव छैन । बाबाट यही सिके भीम रावले । यसैमाथि टेकेर पछि उनले दलितहरूलाई प्रगतिको महामन्त्र दिए-"शिक्षित बन, सङ्गठित होउ र सङ्घर्ष गर ।"
भीम राव सामान्य जागिरे हुनका लागि जन्मिएका थिएनन् । बडोदा नरेशसँग भेटे । राज्यले चार छात्रलाई पढ्न अमेरिका पठाउन लागेको थियो । भीम रावले आग्रह गरे । फर्केर १० वर्षसम्म राज्यमा अनिवार्य सेवा दिने शर्त राखियो । ४ जून १९१३ अनुबन्धममा हस्ताक्षर भयो । उनी अमेरिकाका लागि छानिए । यो ठूलो घटना थियो । विशेष गरी एउटा दलितको छोराका लागि अमेरिकामा उनले नयाँ अनुभव गरे । वातवरणमा समता थियो । बाका एक मित्रलाई पत्र लेखे- "आमाबा जन्म दिन्छन, कर्म दिन सक्दैनन् यो विश्वास योग्य छैन । आमाबा आˆना सन्तानको जीवनलाई नयाँ दिशा दिन सक्छन् ।" यति मात्र होइन छोरीलाई छोरासरह शिक्षा दिएमा समाजको प्रगति तीव्र हुनसक्ने पनि उनले उल्लेख गरे । प्रत्येक मानिसको जीवनमा अवसर आउँदछ त्यसको योग्य उपयोग गर्न सके उसले वैभव प्राप्त गर्न सक्छ भन्ने शेक्सपियरलाई उल्लेख गर्दै आम्बेडकरले दलितहरूको कमजोर वृतिप्रति आक्रोश व्यक्त गरे । त्यहाँ उनको खानपान एकदमै सामान्य थियो र अध्ययन वृत्ति एकदमै असाधारण । उपाधि लिएर मात्र होइन र्फकने उनको योजना थिएन । प्रतिदिन १८ घण्टा अध्ययनरत रहन्थे । दुई वर्षको कठोर परिश्रमपछि सन् १९१७ मा 'प्राचीन भारतमा व्यापार' विषयमा एमएको उपाधि हासिल गरे । यसबाहेक अर्थशास्त्र, समाजशास्त्र, राज्यशास्त्र, नीतिशास्त्र, मानवशास्त्र आदिको अध्ययन चलिरहृयो । १९१६ मा डा. गोल्डेन बेन्सेटद्वारा आमन्त्रित गोष्ठीमा भारतमा स्थित जाति संस्थाः उत्पत्ति, विकास र कार्यपद्धतिमाथि विद्वतापूर्ण आलेख पढे । जून १९१६ मा नेसनल डिभिडेन्ट अफ इण्डिया, अ हिस्टोरिकल एण्ड एनालिटिकल स्टडी विषयमा पिएचडीका लागि रजिष्ट्रेसन गरे । बीचमा कठिनाइ भए पनि त्यो हासिल गरे । तीन वर्षमा करिब दुई हजार पुस्तक उनले सङ्ग्रह गरे । चिन्तन मननका कारण उनको दृष्टिकोण व्यापक हुँदै गयो । अनि उनी लन्डनतर्फ लागे । बडौदा नरेशबाट छात्रवृत्ति मञ्जुर गराए । लन्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्सबाट अर्थशास्त्रमा अध्ययन थाले । भारत र्फकन आदेश आयो । छात्रवृत्ति समाप्त भइसकेको थियो ।
भारतमा उनीप्रति राम्रो व्यवहार भएन । बडौदाको कुनै हिन्दु भोजनालयले ग्राहकको रूपमा उनलाई स्वीकारेन । बडौदा नरेश आम्बेडकरलाई अर्थमन्त्री बनाउन चाहन्थे तर अनुभवको कमीले गर्दा उनलाई सेनामा सचिव बनाइयो । माथिल्ला जातलाई त्यो पनि पचेन । फाइल टाढैबाट ˆयाँक्थे । कर्मचारीका लागि राखिएको पानी समेत पिउन सक्दैनथे । कुनै हिन्दुकोमा कोठा पाउन गाह्रो थियो । पारसी छात्रावास पुगे । केही पारसी लठ्ठी लिएर पुगे । "तिमी को हौ ?" भीडबाट कसैले सोध्यो । "म हिन्दु हूँ" आम्बेडकरले जवाफ दिए । "त को होस हामीलाई थाहा छ । तत्काल निस्की हाल", भीडबाटै आदेश आयो । सहरमा उतिबेला प्लेगको प्रकोप थियो । हिन्दु मुसलमान कसैले उनलाई ठाउँ दिन चाहेन । "म आठ घण्टापछि यहाँबाट निक्ली जाउँला" आम्बेडकरले भने । भोक र प्यासले बेहाल आम्बेडकर एक रूखमुनि बसेर रुन थाले -डा. बाबासाहेब आम्बेडकर ः धनञ्जयकीर )
ज्ञानको प्रखर भण्डार, सरस्वतीका वदरपुत्रको कत्रो अपमान । हिन्दु समाज कति संवेदनशून्य, कति क्रूर । मुम्बई फर्के । धेरै दुःख पाए । सेयर स्टकलाई माग दर्शन गर्न कम्पनी खोले । कम्पनीका मालिक दलित छन् थाहा हुँदै जाँदा ग्राहक घट्न थाले । सिडनहम कलेजमा पढाउन थाले । विद्यार्थी निकै प्रसन्न थिए तर सहयोगी निकै ईस्र्यालु । मौका पाए कि अपमान गरिहाल्थे ।
यसैबीच कोल्हापुरका छत्रपति साहू महाराज महाराष्ट्रमा प्रगतिशील विचार लिएर अगाडि आए । शुद्रलाई शिक्षा दिने व्यवस्था गरे महात्मा ज्योति बा फुलेको विचारबाट उनी प्रभावित थिए । यता आम्बेडकरले सामाजिक प्रश्नप्रति आˆनो प्रतिक्रिया दिन थाले -डा. बाबासाहेब आम्बेडकर ः डा सूर्यनारायण रणसुभे) असाधारण विद्वता त उनीसँग छँदै थियो । सन् १९१९ मा मुम्बई टाइम्समा उनले लेखे, "स्वराज्य जसरी ब्राहृमणको हक हो त्यसरी नै यो दलितको पनि हक हो । दलितलाई शिक्षा दिएर मनको उचाइ बढाओस् र सामाजिक प्रतिष्ठा बढाओस् । .... जबसम्म यो हुँदैन तबसम्म भारतमा वास्तविक स्वराज्य आउन सम्भव छैन ।
साहू महाराजको सहयोगबाट १९२० मा 'मूक नायक' भन्ने पाक्षिक सुरु गरे । अधुरो अध्ययन पूरा गर्न पुनः लन्डन गए । १९२२ मा वैरिष्टर भए प्रख्यात विद्वान् हेरोल्ड लास्कीलाई उनको केही विचार निकै राम्रो लाग्यो । १९२३ मा लन्डन विश्वविद्यालयले उनलाई 'डाक्टर अफ साइन्स' को उपाधि दियो । तैपनि उनको ज्ञानको भोक मरेन । उनी अब वैरिष्टर बाबासाहेब आम्बेडकर, डा. भीम राव रामजी आम्बेडकर, प्रा.बी आर आम्बेडकर भइसकेका थिए । जागिरमा उनको रुचि थिएन । दलितलाई हक दिलाउनु, हजारौँ वर्षदेखिको सामाजिक कुष्ठ निर्मूल पार्नु उनको अठोट थियो ९ मार्च १९२४ मा उनले 'बहिस्कृत हित कारिणी सभा' स्थापना गरे । सामाजिक जन जागृत अभियान चलाए । पुराना मूर्खतापूर्ण तथा अन्ध श्रद्धा त्याग्नु पर्छ भन्न थाले । "दलितलाई गाउँमा इज्जत छैन ।..... कसैले ˆयाँकेको बासी टुक्रामाथि बाँच्न उसले छोड्नुपर्छ । मृत पशुको मासु खाने वृत्ति त्याग्नुपर्छ । आज प्रतिज्ञा गर कि हामी उँचनीचको भेद बिर्सने छौं । स्वावलम्बी बन्ने छौँ, खेती गर्नेछौँ, अस्मिता छाड्ने छैनौँ ।"
आम्बेडकरको नेतृत्वमा दलितहरूले चवदार तालावको पानी पिउने योजना गरे । पिए पनि आम्बेडकर घर फर्केपछि उच्चजातिका भनाउँदाहरूले सत्याग्रहीलाई निर्दयतापूर्वक आक्रमण गरे । रगतको धारा बग्यो । दलित जवाफ दिन चाहन्थे । बाबासाहेबले रोके क्रूरताको उत्तर क्रूरताबाट दिइने छैन ।
उता पानी दूषित भइसकेको भनी सर्वणहरूले गाईको मलमूत्र पोखरीमा छोडे र भने पानी चोखो भयो । पाखण्ड र मूर्खताको विचित्र उदाहरण थियो । मानिसको स्पर्शबाट पानी अशुद्ध भयो । पशुको मलमूलबाट पानी चोखो भयो । उदारवादी सर्वण जसले दलितलाई साथ दिएका थिए तिनलाई पनि कट्टरपन्थीहरूले सास्ती दिए ।
२५ डिसम्बर १९२७ मा बाबासाहेबले मनुस्मृति जलाए । सारा देश हल्लियो । डा. बाबासाहेब आम्बेडकरले 'बहिस्कृत भारत भन्ने आˆनो नयाँ पत्रिकामा लेख, मनुस्मृति विषमतालाई समर्थन गर्दछु, क्षुद्र जातिको निन्दा गर्दछ । .... यो ग्रन्थ कहिल्यै स्वीकार्य हुने छैन ।" त्यसपछि नासिकस्थित कालाराम मन्दिरमा प्रवेशका लागि सत्याग्रह गरे । २ मार्च १९३० मा महाराष्ट्र कर्नाटक गुजरातवाट १५ हजार दलित जम्मा भए । तैपनि मन्दिरको ढोका खोलिएन । १९३० देखि ३५ सम्म पाँच वर्षसम्म प्रयास जारी रहृयो । अन्ततः ढोका खुल्यो ।
महाडको चवदार पोखरी, मनुस्मृतिको दहन तथा कालाराम मन्दिर प्रवेश, आरम्भिक तीन सफलता उनले पाए । यति मात्र होइन ती घटनाको कारण सारा देशको ध्यान तानियो । दलित पूर्णतः उनीसँग उभिए ।
यसैबीच जनतालाई विशेष सुविधा दिन सन् १९२८ मा साइमन कमिशन देशभरि भ्रमणमा आयो । आम्बेडकर कमिशनको सहयोगी नियुक्ति भए १८ दलित संस्थाले साक्षी दिए, १६ ले दलितको लागि स्वतन्त्र चुनाव क्षेत्रको माग गरे । 'बहिस्कृत हितकारिणी सभा' को तर्फबाट लामो साक्षी दिँदै दलितलाई हिन्दु समाजबाट भिन्दै एक स्वतन्त्र जाति मानियोस् आदि माग राखे । सन् १९२७ देखि १९३९ सम्म महाराष्ट्र विधिमण्डलका सदस्य रहे । विद्वतापूर्ण भाषण दिँदै रहे, परिश्रमपूर्ण कार्य गर्दैर् रहे, दलितका लागि लड्दै रहे । यहीँ काङ्ग्रेस र गान्ण्धीसँग पनि उनको टक्कर भयो । दांडी मार्चको बेला काङ्ग्रेस बेलायती शासनको विरोधमा असहयोग आन्दोलनमा थियो तर आम्बेडकर सहयोग अभियानमा । दलितको हक काउन्सिलको बहिष्कारमा छैन यस्तो मान्थे आम्बेडकर । गान्धीका शिष्यहरू चिढिएर नारा लगाउँथे काउन्सिलमा को जान्छ । धेड जान्छ, चमार -सार्की) जान्छ । डा. बाबासाहेबले भने- "काङ्ग्रेसीहरू भन्छन् ती जाति बिर्सेर मानवतामाथि विश्वास गर्छन् अनि नारा कसरी दिइयो ? यो देशका हिन्दु आज पनि मान्दछ कि यहाँ मात्र हिन्दु मुसलमान समस्या छ । दलितको पनि आˆनो कुनै समस्या छ ती सुन्न पनि चाहँदैनन् ।.... म दलितको राजकीय शुद्रत्वलाई मेट्छु ।.. र भविष्यमा हिन्दुको सामाजिक, राजनीतिक आर्थिक वर्चस्व चल्न दिने छैन ।"
साइमन कमिशनले कयौँ सुझाव दियो । तीमध्ये एक थियो गोलमेच परिषद्को आम्बेडकरले त्यहाँ भने- जसको स्थिति दासहरू भन्दा पनि गएगुज्रेको छ र जसको जनसङ्ख्या भारतमा प|mान्ससरह छ यस्तो भारतको एक/पाँच व्यक्तिको प्रतिनिधिको हैसियतले म यहाँ आएको छु । भारतका दलितको यो माग छ कि भविष्यमा भारतको सरकार जनताद्वारा जनताका लागि र जनताबाट चलाइयोस् । यहाँ स्मरणीय के छ भने बाबासाहेब निरन्तर अङ्ग्रेजी सत्ताको पक्षमा बोल्थे तर गोलमेच परिषद्मा दलितको व्यथा राखेर पनि उनले राष्ट्रभक्ति देखाए ।
इङ्ल्यान्डबाट फर्केपछि गान्धीले आम्बेडकरसँग भेट्ने इच्छा व्यक्त गरे । १४ अगस्ट १९३१ मा दुवैबीच भेटवार्ता भयो । "तिम्रो के भनाइ छ ?" गान्धीले सोधे । म तपाईंको कुरा सुन्न आएको हुँ । तपाईंले नै मलाई बोलाउनु भएको हो, आम्बेडकरले भने" मैले सुने, काङ्ग्रेस र मेरोबारे तपाईंको कैयौँ गुनासाहरू छन् । "बाबासाहेव मौन रहे ।" तिम्रो जब जन्म पनि भएको थिएन उतिबेलैदेखि म अछूतहरूको प्रश्नमाथि काम गरिरहेको छु, आˆनो गुनासो स्पष्टरूपमा भन, गान्धीले सोधे । डा. आम्बेडकरः तपाईं अग्रज हुनुहुन्छ, अश्पृश्यता निवारणको कार्यलाई औपचारिक मान्यता दिनुबाहेक काङ्ग्रेसले केही गरेन । यो हो मेरो गुनासो ।
गान्धी ः काङ्ग्रेसले बीस लाख रुपियाँ अछूतहरूका लागि खर्च गर्यो ।
आम्बेडकर सही हो तर सबै पैसा पानीमा गयो । काङ्ग्रेसले के गर्नुपर्छ ? गान्धीले सोधे जसरी तपाईंले काङ्ग्रेस सदस्य हुन खादीको शर्त राख्नुभयो त्यस्तै शर्त राख्न सक्नुहुन्छ, आम्बेडकर भन्दै गए, प्रत्येक काङ्ग्रेस सदस्यले एक दलित बालकलाई घरमा राखोस् अथवा घरमा खान डाकोस् । घरेलु कामकाजको लागि दलित स्त्री राखोस् ।
आम्बेडकर बोल्दै गए, सत्य तर कटु । अन्त्यमा बोले, महात्माजी यो मेरो मातृभूमि होइन । जुन देशमा हामी कुकुरको जीवन पनि बाँच्न सक्दैनौ त्यसलाई आˆनो मातृभूमि किन भनौ ?
लन्डनमा २६ मई १९३२ मा दोस्रो गोलमेच परिषद् भयो । त्यहाँ फेरि एकपटक टक्कर भयो । हिन्दु मुसलिम, सिखका स्वतन्त्र प्रतिनिधित्वलाई गान्धीजीसहित सबैले मान्यता दिए । अछूतका बारेमा गान्धीले विरोध गरे । डा. आम्बेडकरले भने गान्धीजीको यस घोषणाको अर्थ हो अछूतहरूको हितविरुद्ध युद्ध । दुनियाँभर हलचल मच्चियो । आम्बेडकर गान्धीको
स्प्रश्यता निर्मूलन कार्यलाई 'दयाभाव' मान्दथे मानवीयता हैन । दलित स्वतन्त्र निर्वाचन क्षेत्रको पक्षमा थिए भने गान्धी हिन्दुहरूबाट दलितहरूलाई अलग पार्न चाहँदैनथे । उनी दलितलाई हरिजन भन्थे तर दुवैको दृष्टिकोणमा व्यापक अन्तर थियो । गान्धीले आम्बेडकरको जिद्दीविरुद्ध आमरण अनुसन गरे । उनको प्राण सङ्कटमा पर्दै गयो । अन्ततः आम्बेडकरले -१९३२ मा) सम्झौता गरे ।
तर डा.आम्बेडकरको बेचैनी गएन । आफूलाई देशद्रोही, राष्ट्रद्रोही हिन्दु धर्म विध्वंसक भनिए पनि हिन्दुहरूको हृदय परिवर्तन नभएको अनुभव गर्दै धर्म परिवर्तन गर्ने इच्छा व्यक्त गरे । १९३५ मा उनले भने- मनुष्यतालाई सहज र साधारण अधिकार दिलाउन तथा हिन्दु समाजलाई समान दर्जा दिलाउन म सक्रिय थिएँ । मेरो आन्दोलन लाग्दछ निरर्थक सावित भए । त्यसपछि दलितहरूलाई हिन्दुहरूसँग सम्बन्ध तोड्न तथा स्वाभिमान र शान्ति धर्म जहाँ छ त्यहाँ जान आहृवान गरे । "म अछूत जातिमा जन्मिए यसमा मेरो कुनै अपराध छैन तर मर्ने बेला हिन्दु भएर मर्ने छैन" उनले घोषणा गरे तर धर्म परिवर्तन गर्न आम्बेडकरलाई २१ वर्ष लाग्यो । १४ अक्टुबर १९५६ मा लाखौँ अनुयायीका साथ उनी बौद्ध भए । शंकराचार्यको दर्शनले गर्दा हिन्दु समाज व्यवस्थामा जाति संस्था तथा विषमताको बीज रोपिएको उनी मान्थे । यस्तो थिएन कि आम्बेडकरले हतारमा यो निर्णय लिए । हिन्दु धर्म सुधि्रयोस् भनी धेरै चाहे । धर्म परिवर्तनको घोषणा गरेर पनि २१ वर्ष कुरेँ तर त्यहाँ समता, ममता, मानवताको सट्टा निर्दयता नै पाएँ । फेरि उनलाई इसलाम, क्रिश्चियन, सिख धेरै धर्मावलम्बी हुन प्रस्ताव आयो तर बुद्ध धर्म उनको आत्माको धर्म थियो स्वतन्त्रता, समानता र वन्धुत्व प|mेन्च क्रान्तिबाट उधारो लिएको हैन मेरो गुरु बुद्धको व्यक्तित्व र कृतित्वबाट मलाई यी तीन मूल्य प्राप्त भएको हो भनी उनी भन्थे । १९५६ मा काठमाडौँ आए बुद्ध र माक्र्समाथि व्याख्यान दिए । साम्यवादबाट हिंसा निकालिदिए बुद्ध नै बाँकी रहने छ, बीबीसीलाई उनले बताए । उनले गहन अध्ययन अनुसन्धानका बलमा धेरै ग्रन्थ लेखे । भारतलाई उनको सबभन्दा ठूलो देन संविधान निर्माण थियो । प्रधानमन्त्री नेहरूले उनलाई कानुन मन्त्री भइदिन आग्रह गरे । २९ अगस्ट १९४७ मा डा. आम्बेडकर संविधान मस्यौदा समितिका अध्यक्ष नियुक्त भए । त्यहाँ बडो मनोयोगले इमानदारीपूर्वक अध्ययन गरी २०-२० घण्टासम्म दिनहँु काम गरे । उनी दूरदर्शी, विद्वान्, इमानदार र प्रतिभाशाली व्यक्ति थिए । जातिप्रथाबारे अवश्य उनको मनमा कटुता थियो तर उनको मनमा घृणा थिएन । मानिसलाई मनुष्यको प्रतिष्ठा दिलाउन मात्र उनी विद्रोही बनेका थिए । ६ डिसम्बर १९५६ मा ६५ वर्षको उमेरमा उनको निधन भएको थियो । भारत सरकारले उनलाई सर्वोच्च भारत रत्न सम्मान प्रदान गर्यो ।स्रोत :- गोर्खापत्र