शिबलाल सुबेदी, गुल्मी १९ फागुन -गुल्मीको पराल्मी गाविसमा डोजरले माटो फाल्दा एक बालकको मृत्यु भएको छ । डोजरले माटो खनेर फाल्दा पराल्मी गाविस २ का मन बहादुर बिकका ६ बर्षका छोरा गणेश बिकको मृत्यु भएको छ । डोजरले माटो खनेर फाल्ने क्रममा माटोसगै ढुङ्गा रहेकाले सोही ढुङ्गाले टाउकोमा लागेर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
टाउकोमा गम्भिर चोर लागेका घाईते भएका गणेशलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । डोजर र डोजरका चालक भने जिल्ला प्रहरी कार्यलय गुल्मीको नियन्त्रणमा रहेका छन । उक्त डोजर जिल्ला विकास कार्यलय गुल्मीका एक कर्मचारीको भएको बताइएको छ ।
स्रोत: गुल्मी ( फेसबुक)
No comments:
Post a Comment