Tuesday, March 31, 2015

जातिय बिभेदको उजुरी प्रहरीले किन लिन मानेन ?

काठमाडौ ,चैत्र १७ - लम्जुङ्ग घर भै काठमाडौँमा एमबिबिएस पढ्ने तयारी गरिरहेका गणेश परियारलाई कलन्की स्युचाटारकी घरबेटी तथा स्वास्थ्य स्वयंसेविका जमुना भट्टराईले डेरा सम्झौता गरि अग्रिम भाडास्वरुप शनिबार २५ सय रुपैयाँ लिइसकेका थिइन ।तर एक्कासि फोन गरेर घरमा बोलाएर जात सोधेपछि "दमाइ" भन्ने थाहा भए पछि घरबेटी दम्पतिले यस्तो अछुत लाइ घरभाडामा दिनु हुन्न भनि अस्विकार गरेका थिए ।
घरबेटीले जातको कारण देखाउँदै निकाला गरेपछि परियारका सहपाठी साथी इशान चौलागाईं सहित ४ जना घरबेटीसँग कुरा राख्न पुगेको थिए । तर चार जनाको समूहलाई पनि घरबेटी दम्पतीले अभद्र व्यवहार गरेका थिए । 
घटना लगत्तै पीडित पक्ष सोमबार महानगरीय प्रहरी वृत्त कालीमाटीमा उजुरी दिन पुगेको थियो। ‘अर्को पक्षलाई बोलाएपछि मात्र उजुरी लिन्छु भन्दै प्रहरीले उजुरी लिन नमानेको कुरा  मिडिया मार्फत सार्वजनिक भए पछि आज परियार एकता राष्टिय परिषद नेपाल र शान्तिका लागि साझा अभियान लगायत बिभिन सामाजिक सस्थाको समूहको दबाब सहितको उपस्थितिमा कालिमाटी प्रहरी वृतमा मुद्दा दर्ता गरिएको छ ।  वृत्तका डिएसपी राजेन्द्रप्रताप धमलाले पीडित पक्षको उजुरी लाई लिएर आरोपित पक्षलाई बोलाई भोलि नै छलफल गराउने बताएका छ्न । 
दबाब सहितको उपस्थितिमा मात्र उजुरी लिने कालिमाटी प्रहरी वृतले जातकै कारण भएको अभद्र व्यबहारको मौखिक उजुरी सम्म पिडित बाट किन लिन मानेन ?  भन्ने कुरा खोजिको विषय बनेको छ ।

(तस्विर र समाचार सौजन्य दिपक सुन्दास ज्युको फेस्बुक्बाट साभार )-बल्ग एड्मिन गोपाल सिवा

दलित महिलाका सवाल र सरोकारवालाको भूमिका -राजेन्द्र ताम्राकार

काठमाडौं÷१७, चैत, सरकारले बनाउने नयाँ नीति तथा योजनामा दलित महिलाका सवाललाई प्राथमिकता दिइने भएको छ । 
दलित महिला संघको आयोजनामा भएको ‘नीति तथा योजनामा दलित महिलाका सवाल र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा बोल्ने सबैजसो सरकारी प्रतिनिधिले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।  
कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव हरिप्रसाद बस्यालले सरकारले विद्यालयस्तरदेखि उच्चशिक्षासम्म दलित समुदायका विद्यार्थीलाई नियमितरुपमा छात्रवृत्ति वितरण गर्दै आइरहेको बताउँदै अझैपनि दलितभित्र पनि उच्चवर्गका विद्यार्थीको मात्र छात्रवृत्तिमा पहुँच पुगेको बताउनुभयो ।   
उहाँले शिक्षा जीवनको सबैभन्दा महत्वपूर्ण विषय भएकाले दलित समुदायका बालबालिका तथा युवालाई उच्चशिक्षासम्मको पठनपाठनका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो । यसका लागि दलित महिला संघजस्ता नागरिक समाजबाट उपयुक्त सुझाव पेश गर्न आब्हान गर्नुभयो । 
उपसचिव बस्यातले छात्रवृत्ति जातिविशेष नभएर वर्गलाई आधार बनाएर वितरण गरिनुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा कृषि मन्त्रालयका प्रतिनिधि यादव पाद्यवतीले कृषि मन्त्रालय सबैभन्दा बढी दलित समुदायसंग सम्बन्धित मन्त्रालय भएको बताउँदै कृषि मन्त्रालयमा दलित तथा दलित महिलाका लागि के–कस्ता कार्यक्रम आवश्यक छन् त्यसको अध्ययन गरी मन्त्रालयमा उपयुक्त सुझाव पेश गर्न सुझाव व्यक्त गर्नुभयो । 
उहाँले दलित महिला संघले उपयुक्त समयमा सरोकारवाला मन्त्रालयका प्रतिनिधिसंग अन्तरक्रियात्मक कार्यक्रम राखेकोमा संघलाई धन्यवाद दिँदै कार्यक्रमले आफूलाई आगामी नीति तथा कार्यक्रम बनाउँदा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 
पाद्यवतीले कृषि मन्त्रालयले करिब अरब बराबरको कार्यक्रम सञ्चालन गर्ने र त्यसमध्ये करिब ६ अरब रकम दलित, सीमान्तकृत, पिछडिएको समुदाय तथा अल्पसङ्ख्यक समुदाय लक्षित बजेट विनियोजन गर्ने भएकाले दलित समुदायले त्यसतर्फ विशेष योजनामा आधारित भएर आफ्ना कार्यक्रम माग गर्नुपर्ने र उपलब्ध योजना तथा कार्यक्रमको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव रामप्रसाद भट्टराईले सरकारले महिला तथा बालबालिकाका लागि थुप्रै क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउँदै अब बन्ने नीति तथा योजनामा दलित महिला लक्षित कार्यक्रम बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले यसका लागि छिटो भन्दा छिटो संघ लगायतका नागरिक समाजबाट सम्बन्धित मन्त्रालयसंग सम्बन्धित कार्यक्रम पेश गर्न आग्रह गर्नुभयो । 
शान्ति तथा पुनर्निर्माण मन्त्रालयका उपसचिव बुद्धबहादुर गुरुङले मुलुकमा १० बर्षे द्वन्द्वमा धेरै नेपालीले ज्यान गुमाएको, हजारौँको सङ्ख्यामा वेपत्ता भएको जानकारी दिँदै मन्त्रालयले द्वन्द्वपीडितलाई राहत वितरण गर्ने तथा द्वन्द्वमा ध्वस्त पारिएका भौतिक संरचनाको निर्माण गर्ने काम गरिरहेको बताउनुभयो । 
उहाँले द्वन्द्वमा सबैभन्दा बढी दलित समुदाय मारिएको तथा वेपत्ता भएको विभिन्न तथ्याङ्कले देखाएकाले दलित समुदायलाई राहत वितरणमा विशेष प्राथमिकता दिइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  
यसका लागि आफूले अब बन्ने नीति तथा योजनामा राहत वितरण कार्यक्रमलाई दलित तथा दलित महिलामैत्री बनाइने बताउनुभयो । 
कार्यक्रममा स्थानीय विकास मन्त्रालयकी प्रतिनिधि सीता दुवाडीले स्थानीय विकास मन्त्रालय अन्तर्गत जिल्ला विकास समिति, गाउँविकास समिति मार्फत दलित समुदाय लक्षित कार्यक्रम सञ्चालन भइरहेकाले आ–आफ्नो क्षेत्रमा दलित महिलामैत्री कार्यक्रम खोज्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले दलित महिलामैत्री नीति बनाएर मात्रै नहुने भन्दै यसलाई कार्यान्वयनमा जोड दिनुभयो । उहाँले दलित महिलाका लागि अब बन्ने नीति तथा योजनामा विशेष कार्यक्रम ल्याउन सम्बन्धित सरोकारवालासमक्ष माग गर्नुभयो ।  
दलित महिला संघकी कार्यक्रम व्यवस्थापक लक्ष्मी न्यौपाने आर्थिक बर्ष २०७१÷०७२ मा दलित तथा दलित महिलामैत्री के– कस्ता नीति तथा कार्यक्रम समेटिएका छन् भन्ने सन्दर्भमा आधारित भै संघले प्रकाशन गरेको अध्ययन प्रतिवेदनमा आधारित प्रस्तुतीकरण दिनुभएको थियो । लगायतले बोल्नुभएको थियो । राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि हरिप्रसाद ज्ञवाली, दलित महिला संघकी महासचिव कला स्वर्णकार,सो अवसरमा सहभागीले विभिन्न मन्त्रालयसंग सम्बन्धित जिज्ञारा राखेका थिए । कार्यक्रममा विभिन्न संघसंस्था, सञ्चारमाध्यम, सम्बन्धित मन्त्रालयका प्रतिनिधि गरी ५२ जनाको सहभागिता रहेको थियो ।   

यसकारण मैले एसिड हानेँ : जीवन विक

एसिड काण्डका बन्दी जीवनसँग अन्तर्वार्ता लिन हामी हनुमानढोका पुग्यौँ । प्रहरी सहयोगमा हामीले जीवनसँग डेढ घन्टा संवाद गर्‍यौं । डेढ घन्टासम्म उनी धाराप्रवाह बोले । उनले तीन जना प्रहरीको घेराभित्र हामीलाई अन्तर्वार्ता दिएका हुन् । कुराकानीका क्रममा उनी बेलाबेला भावुक बने ।
अचम्मलाग्दो कुरा त, डिप्रेसनका बेला प्रयोग गरेका औषधि, एकपटक भेटेका प्रहरी कर्मचारीका नाम उनले फरर्र सुनाउँथे । हामीलाई बुझ्न अप्ठेरो होला भनेर सम्झाउन भ्याइहाले, ‘एआईजी भनेको प्रहरी अतिरिक्त महानिरीक्षक हो ।’ उनको कुरा सुन्दै जाँदा के-के न सोधौँला भनेर फुर्फुर गरेका हामी चुर्चुर भइसकेका थियौँ । उनले लोकसेवामा आउने प्रश्नदेखि प्रहरी तालिमका फौजी स्टेपसम्म कण्ठस्थ सुनाए ।
उनी बोल्दै जाँदा बीचबीचमा हामीले ‘त्यसपछि’ भन्नेबाहेक अरु प्रश्न सोध्नुपरेन । प्रस्तुत छ, जीवन विकसँग खबरडबलीका लागि सुदीप विश्वकर्मा र सरिता कार्कीले गरेको कुराकानीको सम्पादित अंश :
०००
हाम्रो परिवार ०६९ मा न्युरोडबाट वसन्तपुर डेरा सरेको हो । हामी सरेको घरमा पहिलेदेखि नै संगीताको परिवार भाडामा बस्थ्यो । उनीहरू पहिलो तला र हामी तेस्रो तलामा बस्थ्यौँ । संगीताका आमाबुबा क्याटरिङमा काम गर्छन् । हाम्रो न्युरोडमा चिया पसल छ । बाआमाले चलाउनुहुनछ । मैले बाआमालाई सघाउँथेँ ।
संगीतालाई उनको आमाकै आग्रहमा मैले म्याथ, साइन्स, इंग्लिस पढाउँथेँ ।
मेरो पढाइ राम्रै थियो । आफ्नै संघर्षमा पढेको हुँ । कोपुन्डोलमा रहेको प्रगति शिक्षा सदन उच्च माध्यमिक विद्यालयबाट एसएलसी र प्लस टु गरेँ । एसएलसीमा ७०.७५ र प्लस टुमा ५८ प्रतिशत ल्याएको छु । मैले कोपुन्डोलमा अञ्जली केसीको घरमा दुई वर्ष भाँडा माझेँ । अञ्जलीदिदी डीआईजी नवराज सिलवालका भाइ कर्नेल सुदर्शन सिलवालको आफन्त भन्ने सुन्थेँ ।
सुरुमा संगीतालाई भेट्दा उनको केही बानी मलाई मन परेको थिएन । उनी सधैँजसो बेलुकातिर घरबाहिर निस्कन्थिन् । कहिलेकाहीँ एकजना दिदीसँग छ्याङ पनि खान्थिन् । उनलाई डेढ महिना निःशुल्क पढाएँ । ट्युसन पढाउने क्रममा नै हाम्रो प्रेम बस्यो । स्कुलबाट फर्केपछि उनी मेरो कोठामा आउँथिन् । हामीले बिहानको बाँकी खानालाई भुटेर खान्थ्यौँ ।
हामी नजिकिएको संगीताको १५ वर्षीय भाइ सन्तोष मगरलाई थाहा भयो । सन्तोष पनि राम्रो बाटोमा थिएन । चुरोट, गाँजा, ड्रग्स सबै प्रयोग गथ्र्यो । उसले मसँग पैसा माग्थ्यो । नदिए मेरो र संगीताको सम्बन्ध आमाबुबालाई भन्दिन्छु भन्थ्यो ।
संगीताको परिवारलाई मैले आफ्नो जात ढाँटेको थिएँ, जीवन खड्का भनेर । जात ढाँटेर सामाजिक प्रतिष्ठा पाउँछु भने किन नढाँटू ?
हाम्रो चिया पसल भएकाले पनि हामी माथिल्लै जात हुनुपर्ने संगीताको विश्वास रैछ ।
दिउँसोको ३ बजेको हुँदो हो । एक दिन सधैँझैँ उनी मेरो कोठामा आइन् । हात समाइन्, काखमा बसिन् । उनको नजर टेबलमा रहेको नागरिकतामा पर्यो, जसमा लेखिएको थियो— जीवन विक । सुरुमा उनले विक भनेको के जात हो भनेर सोधिन् । मलाई मेरो मायामा विश्वास थियो । निर्धक्क भनिदिएँ, विश्वकर्मा अर्थात् कामी । एकाएक उनको अनुहारमा परिवर्तन आयो । मलाई यो बुझ्न गाह्रो भएन, उनलाई मेरो जात मन परेन । लगत्तै हामीबीच जातबारे कुरा पनि भयो । मैले भनेँ, ‘जातको के कुरा भो र ? म जे जात भए पनि तिमीलाई माया गर्छु ।’
तर, उनले मेरो कुरा खाइनन् । मलाई जीवन खड्का ठानेर मात्रै प्रेम गरेको जस्तो गरिन् । जीवन विक भनेर थाहा पाएको भए नगर्ने जस्तो उनको कुरा थियो ।
संगीताले हाम्रो परिवार तल्लो जात भएको आफ्नी आमालाई सुनाइछन् । साँझपख संगीताकी आमा चमेली मगर हाम्रो कोठामा आइन् । र, अरु केही कुरा नगरी तथानाम गाली गर्न थालिन्, ‘तँ कामी–दमाई भएर कामी दमाईकै ठाउँमा बस् । मेरो छोरीसँग धेरै हेलमेल नगर् ।’ उनले जात छोएर मात्रै गाली गरिन् ।
मैले उनकै आग्रहमा संगीतालाई पढाउन थालेको थिएँ । म जीवन खड्का हुँदासम्म कुनै समस्या थिएन । जब म जीवन विक भएको थाह भयो, अनि समस्या सुरु भयो ।
उनले जात छोएर गाली गरेको मलाई मन परेन । यस्तै समस्या हुन्छ भनेरै मैले जात ढाँटेको थिएँ । तर, यति साह्रै होला भन्ने मैले सोचेको थिइनँ । त्यस रात संगीताकी आमाको गालीले म रोएँ ।
मैले संगीताको आमाकै आग्रहमा संगीतालाई पढाउन थालेको थिएँ । म जीवन खड्का हुँदासम्म कुनै समस्या थिएन । जब म जीवन विक भएको थाह भयो, अनि समस्या सुरु भयो । उनले जात छोएर गाली गरेको मलाई मन परेन । यस्तै समस्या हुन्छ भनेरै मैले जात ढाँटेको थिएँ । तर, यति साह्रै होला भन्ने मैले सोचेको थिइनँ ।
एक दिन पसलमा बाआमालाई सघाएर म साँझ ७ बजेतिर कोठामा आइपुगेँ । घरभित्र छिर्नेबित्तिकै बेस्सरी गाँजा गन्हायो । उकुसमुकुस नै बनायो ।  म कराएँ, ‘कसले गाँजा खायो यहाँ ? खानै परे बाहिर गएर खाए हुन्थ्यो ।’
यति भनेर म ट्वाइलेट गएँ । ट्वाइलेटको ढोकामा कसैले जोडले हान्यो, ढोकै फुट्लाजस्तो गरी । ढोका खोलेँ । ढोका हान्ने संगीताको भाइ सन्तोष रैछ । उसले मेरो कठालोमा समात्यो । ‘बढी हिरो बन्छस् ? मैले खाको हो गाँजा । तेरो बाउको सम्पत्ति खाको हैन ।’ भन्दै कुट्न थाल्यो ।

यत्तिकैमा अर्को मान्छे आयो, त्यही घरमा बस्ने सुदन देवकोटा । दुईजना मिलेर मलाई कुटे । मैले सक्नेजति प्रतिकार गर्दै थिएँ । त्यसपछि संगीता, उनका आमाबुबा पनि थपिए । मलाई कुट्दै बाहिर चोकसम्म ल्याए । मैले प्रतिकार गर्न सकिनँ । उनीहरुले मलाई कुट्न छाडेनन् । चोकमा मानिसको भीड थियो । उनीहरुले मलाई नांगेझार बनाएर कुटे । मेरो ज्याकेट, टिसर्ट च्यातियो ।
झगडा थाहा पाएर मेरो बुवा आउनुभयो । छोरो बेसरी कुटिएको देखेपछि कराउन थाल्नु भो, ‘किन कुटेको मेरो छोरालाई ?’ त्यही बेला संगीताले मेरो बुवालाई दुई पन्च नाकमा हानी । संगीताले त्यतिबेला कराते सिक्दै थिई । उसको पन्चले बुवाको नाकबाट रगतको धारा बग्न थाल्यो ।
फेरि पनि घटनालाई सामान्य बनाउन संगीताकी आमा अघि सरिन् । उनले ‘छोरै सम्झेर दुई–चार झापड हानेँ, अब मिल्नुपर्छ’ भनिन् । तर, चोकमा नांगेझार बनाएर पिटेको मैले सहन सकिनँ ।
पुलिसलाई फोन गरेँ । पुलिस तत्कालै आएन । त्यसपछि म त्यहाँबाट भागेँ । नत्र थप कुटिन सक्थेँ । वसन्तपुर पुगेपछि तीनजना पुलिस देखेँ ।
उनीहरू मैले नै फोन गरेर आएका रैछन् । त्यसपछि म पुलिससँगै फर्कें । पुलिसले सन्तोष र मलाई लिएर गयो । अनि, मलाई एकरात पुलिस थानामा थुनियो । जीवनमा पहिलोपटक म पुलिस खोरमा परेँ । मैले सोचेको थिएँ— म पीडित हुँ, मलाई सोधपुछ गरेपछि छाडिन्छ । तर, मलाई पनि थुनियो । यसले मलाई दुःखी र आक्रोशित बनायो । यति बेलै मैले प्रतिशोधको भावना लिएको थिएँ ।
संगीताको आमा काम गर्ने क्याटरिङको साहु धेरैजसो संगीताको कोठामा आउने गर्थे, नीलो पल्सर लिएर । उनैले हामीलाई मिल्न भने । मैले संगीतालाई सम्झिएँ । आफूले माया गरेको मान्छेको परिवारलाई दुःख दिन चाहिनँ । एकपटकलाई माफी दिएर मिल्ने कुरा गरेँ । पुलिस थानाबाट त छुट्यौँ । तर, त्यसपछि संगीताको परिवारले हाम्रो परिवारलाई जातीय छुवाछुत गर्न थाल्यो ।
संगीता मसँग बोल्न छाडिन् । हामी कोठाबाट बाहिर निस्कन लाग्दा ‘कामी–दमाईको अनुहार देखियो । साइत परेन’ भन्दै उनीहरुले ढोका लगाउँथे । यसले मलाई धेरै टेन्सन हुन्थ्यो ।
एकपटक संगीतालाई घरको भर्याङमा भेटेँ । हात समातेर किन मलाई यस्तो व्यवहार गरेको भनेर सोधेँ । उनले घृणा गर्दै भनिन, ‘अबदेखि मेरो हात समाउने हैन, मसँग बोल्ने हैन, नत्र आमालाई भन्दिन्छु ।’
संगीताको यस्तो व्यवहारले म धेरै दुःखी भएँ । हामीले प्रयोग गर्ने ट्वाइलेट एउटै थियो । ओहोरदोहोर गर्ने भर्याङ एउटै । उनीहरूको मुखै हेर्दिनँ भन्दा पनि हेर्नुपथ्र्यो । भर्याङमा कहिलेकाहीँ सन्तोषले चुरोट, गाँजा खाएर मेरो मुखमा धुवाँ उडाउँथ्यो । त्यतिबेला सन्तोषमाथि जाइलाग्न मन लाग्थ्यो । तैपनि संगीतासँग एकपटक कुरा गर्ने मन थियो । फेरि राम्रो सम्बन्ध बनाउने मन थियो । तर, संगीता मसँग बोल्नै चाहिनन् ।
त्यसपछि चमेली आन्टीले धेरैजसो एउटै वाक्य दोहोराउन थालिन्, ‘मेरी छोरी पुतलीजस्ती छे । तँ काले कामी भएर मेरी छोरीको खुट्टामा बाँध्न पनि सुहाउँदैन ।’
मलाई प्रत्येक दिन हेप्न थालियो । मान्छेको रुपमा हेर्नै छाडियो । कुनै बेला म उनीहरूले मलाई निकै प्रशंसा गर्थे— बुद्धिमान, पढ्ने, सोझो, इमानदार भनेर ।
तर, कामी भन्ने थाहा पाएपछि हिजोको कुरा सबै झुट भयो । ती सबै एकाएक परिवर्तन भएँ । म एउटै धारामा पानी थाप्न दिएनन् । यतिसम्म कि ट्वाइलेट जान पनि दिएनन् ।
उनीहरुको मप्रतिको घृणाको व्यवहारले सीमा नाघ्न थाल्यो । मेरो सहनशीलताले पनि सीमा नाघ्दै थियो। यसरी नै डेढ महिना बित्यो । ममा प्रतिशोधको भावना झन्झन् बढ्न थाल्यो । मैले संगीता र सन्तोषको हातखुट्टा भाँच्ने सोच बनाएँ । त्यसका लागि बाँसको लामो लाठी पनि लुकाएर राखेको थिएँ । कामका लागि संगीताको आमाबुवा बिहान ६ बजे नै निस्कने गर्दथे । दिदीभाइ एक्लै कोठामा सुतिरहेका हुन्थे । त्यही बेला हान्छु भनेर पनि सोचेँ । तर, संगीताको अनुहार देख्दा माया लागेर आउँथ्यो । हान्न सक्दिनथेँ । हान्नै खोज्थेँ, हात काम्थ्यो, मुख सुक्थ्यो । त्यसपछि मेरो दाइको बिहे गर्ने कुरा भयो । दाइको विवाहको तयारीमा लागेपछि मैले बदला लिन पाइनँ, दाइको बिहे २२ मंसिर ०७० मा भयो ।
संगीताको परिवारको जातीय भेदभावको व्यवहारले मलाई पसलमा काम गर्न पनि मन लाग्न छाडेको थियो । पसलमा दैनिक तीन हजारदेखि ३५ सय व्यापार हुन्थ्यो । मलाई एकपटक पढेको कुरा याद हुन्थ्यो । तर, त्यसपछि मैले पढ्न पनि सकिनँ ।
चैतताका हाम्रो पसलमा एकजना राजेश प्रधान भन्ने मान्छे आउँथे । उसले भारतीय आर्मी हुँ भन्थे । हामी व्यापारी भएकाले सबै ग्राहकसँग कुरा गथ्र्यौं । राजेशदाइ दिनदिनै आउन थालेपछि हाम्रो निकटता बढ्यो । मेरो शरीर देखेर उनले मलाई भारतीय आर्मीमा पठाउने कुरा गरे । म स्कुलमा हुने दौड प्रतियोगितामा भाग लिइरहन्थेँ । दौडमा भाग लिएका मेरा २५ वटा सर्टिफिकेट छन् । कथा, कविता र अन्य अतिरिक्त क्रियाकलापका पाँचवटा सर्टिफिकेट छन् । राजेशदाइले मेरा सर्टिफिकेट हेर्नुभयो । मेरो सानैदेखिको सोच आर्मी वा पुलिस बन्नु अथवा सरकारी सेवा गर्ने थियो । राजेशदाइले मेरो मनकै कुरा गरेका थिए । संगीतादेखि टाढिन पनि म भारतीय सेनामा जाने विचार गरेँ ।
राजेशदाइले मलाई भारत जान तयार हुन भने । त्यसका लागि मलाई ५० हजार भारु व्यवस्था गर्न भने । चिया पसलबाट अलिअलि बचत भएको थियो । म वैशाख ०७० मा भारतीय सेना बन्न राजेशदाइसँगै भारत गएँ । हामी काँकडभित्ता हुँदै सिक्किम गयौँ । त्यहाँको होमस्टेमा बस्यौँ । करिब सात दिन बसिसकेपछि एक दिन अचानक राजेशदाइ गायब भए, मेरो ५० हजार आइसी लिएर । उनी आउने आशामा मैले एक हप्ता त्यहीँ बिताएँ । मैले ६० हजार आइसी लिएर गएको थिएँ । त्यो एक हप्तामा मैले होमस्टेमा काम गर्न सुरु गरिसकेको थिएँ । काम गरेबापत मलाई निःशुल्क खान दिइन्थ्यो । धेरै दिन राजेशदाइ नआएपछि म काठमाडौं आएँ । काठमाडौंको बसपार्क आएपुगेपछि मलाई आफ्नो कोठामा जान मन भएन ।  आमाबुवाले चिया बेचेर एक–दुई रुपैयाँ गरी बचाएको पैसा कसैले ठगेर हिँडेको थियो । त्यो कुरा घरमा भन्न मलाई आँट आएन । म गेस्ट हाउसमा बस्न थालेँ । उता, संगीता टाढिएको र जातीय भेदभाव गर्ने भएकाले पनि मलाई घरमा जान मन भएन । बेलाबेला संगीतालाई सम्झिँदा मलाई निकै रिस उठ्थ्यो ।
मेरो नाममा पनि बैंकमा पैसा थियो । मैले मेरो अकाउन्टबाट पाँच हजार रुपैयाँ निकालेँ र प्रकाश ब्याट्री पसलबाट एक सय २५ रुपैयाँको एसिड किनेँ । त्यतिबेला विश्वकप चलिरहेको थियो । मैले त्यतिबेला नै संगीतालाई एसिड छ्याप्छु भन्ने सोचेको थिएँ । तर, सकिनँ । एक हप्ताभन्दा बढी गेस्टहाउसमा बस्न पैसाले पुगेन । मैले साहिँलो काकालाई सम्झिएँ । ‘हरि खड्का’ को नामले चिनिने मेरो साहिँलो काका टोखामा बस्ने गर्छन् । उनको कोठामा २२ दिन बसेँ । सधैँ काकाको कोठामा बस्ने कुरा नभएकाले मैले उनलाई मेरा लागि अर्को कोठा खोजिदिन आग्रह गरेँ । १६ सयको कोठा खोजियो र एक्लै बसेँ । चार हजार पर्ने ग्यास पनि किनेँ । त्यतिबेला जताततै ग्यासको हाहाकार थियो । बिहान खाए बेलुका नखाने र बेलुका खाँदा बिहान नखाने गर्न थालेँ । खाना पनि चामलमा नुन हालेर पकाउँथे ।
त्यहाँ बस्दा पनि संगीताको मात्र याद आउन थाल्यो । उनको परिवारले मेरो परिवारप्रति गरेको दुव्र्यवहारले मन पोल्थ्यो । रिस मरेको थिएन । संगीताको घमण्ड तोड्ने रिस बढ्दै थियो ।
बसपार्कमा किनेको एसिड नयाँ कोठामा लगेँ । त्यसलाई प्लास्टिकको बोतलमा हालेको कच्याककुचुक भयो ।
त्यही बेला असईको कोर्स लिन थालेँ । साढे दुई महिना त्यहाँ सेवा, संविधान, आइक्यु, जिके, नेपाली, अंग्रेजी आदि पढेँ । तर, तनावले सम्झन सकिनँ ।
एसिडखेर गएको तीन हप्तापछि घरमा फोन गरेँ, ९७२१४३१०२१ नम्बरबाट । यो नम्बर सिक्किममा पनि चल्ने भएकाले परिवारलाई सिक्किमै भएको विश्वास दिलाउन लिएको थिएँ । कहिलेकाहीँ फोन गर्थें । इन्डियन आर्मी भइसकेँ भनेर घरमा ढाँटेको थिएँ । पैसा गुमेपछि मैले घरमा ढाँट्नैपर्ने पनि थियो । नत्र त्यति दुःख गरेर जम्मा गरेको पैसा कसैले खायो भन्दा बाआमालाइै ठूलो झट्का हुन सक्थ्यो ।

असईको परीक्षाका लागि मेरो टंगालमा सेन्टर पर्यो । परीक्षा दिएँ । राम्रो भएको थियो । नाम निस्कन्छ भन्नेमा ढुक्क थिएँ । त्यसको केही समयपछि सशस्त्रको पनि परीक्षा दिएँ ।
एक दिन रेडियोमा डा. विकासानन्दको प्रवचन सुनेँ । उनको प्रवचन डिप्रेसनबारे थियो । मलाई अचम्म लाग्यो, उनले बताएको डिप्रेसनको लक्षण मेरो अवस्थासँग ठ्याक्कै मिल्यो । म त डिप्रेसनमा परिसकेको रहेछु ।
सधैँजसो मेरो दिमागमा संगीता नै आइरहन्थिन् । केही समस्या पर्दा, परिवारसँग झगडा पर्दा, सानो–सानो कुरामा पनि संगीताले मलाई साथ दिन्थिन् । तर, उनी पूरै बदलिएकी थिइन् । उनी बदलिएपछि र उनको परिवारले गरेको दुव्र्यवहारले मलाई तनाव भइरहन्थ्यो ।
यसैले मलाई डिप्रेसन भएछ । शिक्षण अस्पतालमा उपचार हुन्छ भन्ने थाहा पाएँ । ३५ रुपैयाँको टिकट काटेर एकजना महिला डाक्टरलाई भेटेँ । मैले आफ्नो समस्या सुनाएँ, ‘मलाई मानिसहरू मार्न मन लाग्छ, आफू पनि मर्न मन लाग्छ, निन्द्रा लाग्दैन, सधैँ एउटै कुरा दिमागमा आइरहन्छ ।’
डाक्टरले मेरो सबै कुरा सुनिसकेपछि सम्झाउनुभयो । र, १० एमजीको इन्डेरल, १०० एमजीको सर्टिमा र ०.२५ एमजीको जोडियाक (निन्द्राको औषधि) दिनुभयो । दुई हप्तापछि फेरि बोलाइएको थियो ।
औषधिले मलाई सुरुमा टाउको दुख्यो । टाउको पछाडिको भागमा निकै तातो हुन्थ्यो । खुट्टा, मुख सबै सुन्निएको जस्तो महसुस हुन्थ्यो । तैपनि निको हुने आशामा औषधि खान छोडिनँ ।
दुई हप्तापछि निकै राम्रा कुरा दिमागमा आउन पनि थाले । आमाबुवाको दुःख सम्झिएँ, दिदीबहिनी सम्झिएँ । उनीहरूका लागि केही गर्नुपर्छ भन्ने भावना पनि आउन थाल्यो ।
२१ माघमा असईको रिजल्ट आउने भनिएको थियो । तर आएन । फेरि तनाव हुन थाल्यो । त्यसपछि भने औषधि खान छाडेँ । किनभने, महँगो थियो । औषधि खान छाडेदेखि फेरि जिउ काम्न थाल्यो, सपना नराम्रो देख्न थालेँ ।
त्यसपछि मलाई आफ्नो चिन्ता हुन छाड्यो । दिमागमा खराब कुरा आउन थालेँ । अनि, संगीतालाई एसिड हान्ने निर्णयमा पुगेँ । फागुन ६ मा हर्लिक्सको सीसी किनेँ, २० रुपैयाँमा । संगीतालाई एसिड हान्नेबारे सोचेँ । त्यसमै एसिड हालेँ । फागुन ९ गते राति सुत्नुभन्दा अगाडि ५ बजेको अलार्म हालेँ– मेरो कलर्स मोबाइलमा । १० १० गते बिहान पाँच बजे उठेँ । हातमुख धोएँ । बोर्डरमा सुन्तला रङ भएको निलो रङको हुक, कालो रङको मास्क लगाएँ । ब्यागमा एसिड हालेँ । टोखाबाट गाडी चढेँ र जमल ओर्लिएँ । जमलबाट हिँड्दै वसन्तपुर आएँ । संगीतालाई जताततै खोजेँ । कतै पाइनँ । कता खोज्ने होला भन्ने सोचिरहेको थिएँ । जताततै अँध्यारो थियो । तर, एउटा घरको एउटा कोठामा बत्ती बलिरहेको देखेँ । त्यहाँ लेखिएको थियो, ए वान ट्युसन सेन्टर । संगीता पक्कै त्यहीँ हुनुपर्छ भन्ने लाग्यो । त्यतै गएँ । यताउती खोजेँ । एउटा कोठाको ढोका खोलिएको थियो । त्यहाँ मैले संगीतालाई देखेँ । म बाहिर बसेको थिएँ । त्यहाँ एकजनाले जारको पानी मिलाउँदै थिए । मैले एसिड हान्ने मौका पर्खिरहेको थिएँ । भित्रबाट संगीताले देखिन् । मैले उनले साबुन लगाइदिएको सुन्तला रंगको हुक लगाएको थिएँ, माक्र्स लगाएको थिएँ । उनले मलाई देख्नेबित्तिकै चिनेचिने जस्तो गरी हेरिन् । झोलाबाट एसिड झिकेर सरासर भित्र गएँ । र, संगीतालाई एसिड छ्यापेँ । निकै खुसी भएर त्यहाँबाट हिँडेँ । माइक्रो चढेर टोखा पुगेँ । सीमा बस्नेत र हेमु मुखर्जीलाई पनि एसिड लागेको कुरा मैले भोलिपल्टको पत्रिका हेरेर मात्र थाहा पाएको हुँ ।
मैले उनले साबुन लगाइदिएको सुन्तला रंगको हुक लगाएको थिएँ, माक्र्स लगाएको थिएँ । उनले मलाई देख्नेबित्तिकै चिनेचिने जस्तो गरी हेरिन् । झोलाबाट एसिड झिकेर सरासर भित्र गएँ । र, संगीतालाई एसिड छ्यापेँ । निकै खुसी भएर त्यहाँबाट हिँडेँ । माइक्रो चढेर टोखा पुगेँ । सीमा बस्नेत र हेमु मुखर्जीलाई पनि एसिड लागेको कुरा मैले भोलिपल्टको पत्रिका हेरेर मात्र थाहा पाएको हुँ ।
परिणाम यस्तो होला भन्ने मैले कहिले पनि सोचेको थिइनँ । एसिडले संगीताको मुखमा घाउ बनायो तर यसले मेरो मुटुमा घाउ बनायो, मेरो मस्तिष्कमा घाउ बनायो ।
संगीतालाई एसिड हानेपछि अब आफू पनि नबाँच्ने भन्दै आत्महत्या गर्ने सोचेँ । त्यही दिन टोखाको कोठामा झुन्डिएर मर्ने विचार गरेँ । कोठामा फ्यान नभएका कारण कोठाभित्रै झुन्डिने ठाउँ देखिनँ । भर्याङको समात्ने ठाउँमा झुन्डिएँ, तन्नाले बाँधेर । भर्याङमा भुन्डिँदा पनि खुट्टाले भुइँमा छोयो । मेरो कोसिस सफल भएन । भोलिपल्ट टोखाको जंगलमा गएर हाम फालेँ । अलिअलि चोट लाग्यो । फेरि कोठामा फर्किएर ग्यास पूरै खोलिदिएँ । आगो बालेँ, ठूलो आगो लाग्यो । तर, निभाएँ ।
फेरि अर्को सोच बनाएँ । अझै पाँचजनालाई मारेर आफू पनि मर्ने । संगीतालाई मैले घाइते बनाइसकेको थिएँ । मेरो सूचीको अर्को व्यक्ति थियो, राजेश प्रधान । म फागुन २० गते फेरि सिक्किम हानिएँ । पैसा दिए केही नगर्ने र नदिए सीधै मारिदिने सोचमा थिएँ । म त्यहाँ रानीगाउँको ढकाल गाउँमा बसेँ । त्यहाँ मैले राजेशलाई निकै खोजेँ  । प्रधान थरका त त्यहाँ धेरै रहेछन् । तर, राजेश प्रधान नामका ती व्यक्तिलाई मैले सिक्किममा पाउनै सकिनँ । उनलाई मैले भेट्ने आशा मारिसकेको थिएँ । त्यसपछि सिक्किममै बसेर केही कमाइ हुने काम गर्ने सोच पनि बनाएँ । त्यहाँको एउटा रेस्टुरेन्टमा काम मिलाइसकेको थिएँ । घरका मान्छेलाई म भारतीय सेना भइसकेको भन्ने थियो । त्यसपछि मलाई काठमाडौंबाट लक्ष्मण शर्माको फोन आयो । उनले भने, ‘त्यता काम के गरिरहेका छौ, तिमीलाई त नेपालको पुलिसले शंका गरिरहेको छ एसिड हानेको भन्दै, तिमीलाई  भारतीय सेनाले समात्यो भने बेइज्जत हुन्छ, त्यसकारण यता नै फर्क ।’
उनले भनेको मानेर म काठमाडौं फर्किएँ । टोखामा बस्न थालेँ । संगीताको याद आउँथ्यो । उनलाई मोडल हस्पिटलमा राखेको कुरा थाहा थियो र भेट्न जान पनि मन लागेको थियो । तर, पुलिसले समात्ने डरले त्यहाँ गइनँ । डरभन्दा पनि पाँच जनालाई नमारी पुलिसले मलाई समात्नुहुन्न भन्ने मेरो चाहना थियो ।
५ चैत साँझ ८ बजेतिर म सुतिसकेको थिएँ । राति सुत्दा कहिले पनि ढोकामा चुकुल लगाउँदिनँ । सुतिरहेका बेला त्यही घरको एकजना दाइसँगै पुलिस आयो । ढाका टोपी लगाएका दाइले ‘एसिड अट्याकमा तिम्रो के संलग्नता छ’ भनेर सोधे । मलाई मेरो जीवनको केही मतलब थिएन, त्यसैले सबैकुरा भनिदिएँ । मलाई एक थप्पड पनि हानिएन । त्यहाँबाट भ्यानमा हालेर हनुमान ढोका ल्याइयो । एसपी मीरा चौधरीसँग भेटाइयो । उहाँले सबै कुरा विस्तृत रुपमा भन्न आग्रह गर्नुभयो । चारवटा बिस्कुट र चिया खाँदै मैले सबै वृत्तान्त उहाँलाई सुनाएँ । मीरा म्यामले भन्नुभयो, ‘तिम्रो उद्धार भयो, अरुले भेटेको भए तिमिलाई मारेर फ्याकिँदिन्थे ।’ भोलिपल्ट ११ बजे रानीपोखरीमा प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मासँग भेट भयो । उनलाई सबैकुरा बताएँ । उनले एसिड हान्ने विचार कहाँबाट आयो भनेर सोध्दा मैले ‘तपाईंलाई डिजिटल नम्बर प्लेट हटाउने सोच कहाँबाट आयो ?’ भनेर सोधेँ । शर्मासँग मैले भारतीय टेलिशृंखला ‘सावधान इन्डिया’ र ‘क्राइम पेट्रोल’ हेरेर प्रभावित भएको बताएँ ।
डिप्रेसनमा परेपछि मलाई मानिसहरु धेरै देख्दा डर लाग्न थालेको थियो । भीडमा हुँदा मेरो टाउकोको पछाडि भागमा अति पीडा हुने गर्छ । सार्वजनिक गर्ने दिन मलाई त्यस्तै भएको थियो । माथिबाट आउँदा केहि भएको थिएन । तर, एक्कासि मानिसहरु म भए ठाउँमा झुम्मिन थाले । क्यामराको फ्ल्यास बर्सिन थाल्यो र मलाई एक्कासि टाउको दुख्न थाल्यो ।  नागरिक र नयाँ पत्रिकाले मलाई त्यो दिनमा बेहोस भएको नाटक गरेको आरोप लगाएका थिए । यो विषयमा मेरो पत्रकारहरुप्रति पनि छुट्टै धारणा बनेको छ । मैले कतिपय अवस्थामा पत्रकारहरु कुटिएको, मारिएको खबर सुन्ने गरेको छु । पहिला लाग्थ्यो किन यस्तो गर्छन् होला ? तर अहिले यसको कारण बुझ्ने भएको छु । मलाई आफ्नो ज्यानको मतलब छैन, आउ अहिले गोली हान । मैले बेहोस भएको नाटक किन गर्नुपर्यो र ? सार्वजनिक गरेको दिन मलाई वीर हस्पिटल लगिएको रहेछ । सुई हालेपछि टाउको चिसो भयो र मात्र मलाई होस आउन थाल्यो । त्यहाँ मलाई ५०० एमजीको कोडोपार भन्ने औषधि दिइयो ।
हो, एसिड हान्नु मेरो गल्ती हो । यसका लागि म दुई वर्ष होइन, पाँच वर्ष जेल बस्न तयार छु ।

जेलबाट निस्किएपछि राम्रो तरिकाले जीवनयापन गर्न चाहन्छु । जेल भनेको मेरा लागि स्कुल हो । जसरी मैले स्कुलमा हुँदा धेरै कुरा सिकेँ र कहिल्यै त्यहाँ फर्केर गइनँ, त्यसरी नै जेलमा हुँदा पनि म धेरै कुरा सिक्छु र फेरि फर्केर आउनेछैन ।
परिवारलाई सन्देश :
मेरो परिवारलाई मेरोबारे केही पनि चिन्ता नलिन आग्रह गर्दछु । म राम्रो हुँदाहुँदै पनि समाजको मूल्य–मान्यताले राम्रो हुन दिएन । मलाई यहाँ सबैले माया गर्नुहुन्छ । जेलबाट निस्केपछि म तपाईंहरुको नै राम्रो छोरा बन्नेछु ।

संगीतालाई सन्देश :
संगीता म तिमीलाई हिजो पनि माया गर्थें, आज पनि गर्छु र भोलि पनि गरिरहनेछु । तिमीले मसँग विवाह गर्छु भन्यौँ भने म अहिले पनि तिमीलाई स्विकार्छु । म एक्लो भएसम्म तिमीलाई सधैँ स्विकार्नेछु ।

चमेली आन्टीलाई सन्देश :
चमेली आन्टी, तपाईंले मलाई बुझ्न सक्नुभएन । म तपाईंहरुको सधैँ भलो चाहन्थेँ । सायद छुवाछुतको भावना तपाईंहरुमा नभइदिएको भए, आज म यहाँ कदापि हुने थिइनँ र संगीता पनि हस्पिटलमा हुने थिइनन् ।

सभासद्लाई प्रश्न :
गृहमन्त्रीलाई ६०१ सभासद्ले प्रश्न गरे, ‘६४ हजार प्रहरी परिचालन गरेर पनि किन एसिड आक्रमणकारीलाई समात्न सक्नुभएन ?’ म तीन करोड नेपाली जनताको तर्फबाट ६०१ सभासद्लाई प्रश्न गर्छु, ‘अहिलेसम्म किन संविधान दिन सक्नुभएन ?’

साभार://www.khabardabali.com

Monday, March 30, 2015

बाहुनको छोरा जनै लगाएर जुत्ता सिलाउछन बिरेन्द्र शर्मा

पर्वत /काम गर्नलाई जातले छेक्दैन । परम्परागत रुपमा जुत्ता सिलाउँने काम सार्की जातिको हो तर अहिले बाहुनका छोराले पनि जुत्ता सिलाउन थालेका छन । जनै लगाएर जुक्ता सिलाउन हुँदैन भन्ने परम्परागत मान्यतालाई चुनौती दिदै २९ बर्षिया बिरेन्द्र शर्माले जुत्ता सिलाउने पेशा अंगाल्नु भएको हो । डेढ बर्ष देखि पर्वतको सदरमुकाम कुस्माबजारमा जुत्ता मर्मत पसल खोलेर शर्माले जुत्ता बनाउने ब्यबसाय शुरु गर्नुभएको हो ।
नवलपरासी जिल्लाको गैडाकोटमा घर भएका विरेन्द्रले जुत्ता सिलाउने सीप विगत ४ बर्ष देखि सिक्दै आउनुभएको थियो । ९ बर्ष भारतमा काम गरेर फर्केका शर्माले जुत्ता सिलाउने पेशा शुरु गर्दा पछुतो नभएको बताउनुभयो । ‘विदेशमा जे काम पनि गर्न हुने, नेपालमा किन नहुने ?’ शर्माले भन्नुभयो –‘बाहुनको छोराले जुत्ता सिलाएर विदेशीएका युवाहरुलाई उदाहरण दिएको छु ।’ आफूले भारतमा काम गर्दा कडाई बुन्ने काम गरेर नेपाल फर्केको बताउदै उहाँले नेपाल आए पछि यो पेशा शुरु गर्ने सोच आएको सुनाउनुभयो ।
कुश्मा बजारमा भिडिसि छाला जुत्ता उद्योग खोलेर सफल ब्याबसायीको परिचय बनाउँदै आउनुभएका शर्माले दैनिक ५ हजार बरावरका सामाग्री विक्री गर्नुहुन्छ ।‘सामान बिक्रीबाट दैनिक २ हजारसम्म नाफा कमाउ्छु ’ उहाँले भन्नुभयो । ग्राहकहरुले आफूले जुत्ता सिलाउन्छु भन्दा शुरुमा विश्वास नगर्ने गरेको अनुभव सुनाउनुभयो ।
कक्षा १० सम्मको अध्ययन गरेका विरेन्द्र नाताले भिनाजु पर्ने दिलिप थापाको पसलमा जुत्ता सिलाउने सीप सिक्नुभएको हो । ‘समाजको कुरिती चिर्नका लागि पनि यो पेशा अपनाएको हु“’ विरेन्द्र भन्नुहुन्छ –‘बाहुनको छोरोले जुत्ता सिलाउनु हुदैन भन्ने परम्पारको विरुद्ध यो पेशा शुरु गरेको छु ।’ संसारमा २ वटा मात्र जात रहेको तर्क गर्दै उहाँले जुनसुकै जातका मानिसले जस्तो सुकै काम गर्दा फरक नपर्ने बताउनुभयो । समाज परिर्वतनको दिशामा गइसकेको हँुदा आफूले अन्धविश्वासी परम्परा नमान्ने स्पष्ट पानुर््भयो । ।
१ छोरीका पिता विरेन्द्रको विवाह भएको ३ बर्ष भयो । आफूले जुत्ता सिलाएर बस्दा घर परिवारको कुनै गुनासो नरहेको बताउदै उनले समाजका केहिले भने आफूलाई नराम्रो सोच्ने गरेको बताउनुभयो । उहाँले पसलमा छालाका जुत्ता, जाकेट, छालाका पेटी निर्माण गर्दै आउनुभएको हो । ‘सीप जाने देखि जस्ले जे काम गर्दा पनि हुन्छ’ उनी गौरबका साथ भन्नुहुन्छ– ‘विदेश जाने दाजुभाइ आउनुहोस आफनै देशमा केहि गरौ ।’
सदरमुकाम कुश्मामा १ दर्जन भन्दा बढि छालाको जुत्ता सिलाउने पसलहरु छन, सवै पसल दलित समुदायका सदस्यहरुले सञ्चालन गर्दै आएका छन । तर विरेन्द्र र उहाँका भिनाजु दिलिप थापा गैर दलित भएर पनि छालाका जुत्ता सिलाउने पेशामा आवद्ध छन । आफनो जुत्ता सिलाउनकै लागि पसल आइपुगेका जिल्ला पशु सेवाका कार्यालय पर्वतका प्रमुख डा. दीर्घनाथ ढुंगाना जुत्ता सिलाउने ब्यक्ति बाहुन भएको थाहा पाए पछि उत्साहित हुनुभएको हो । उहाँ भन्नुहुन्छ –‘मेरो लागी जीवनकै ठूलो सिकाइ र उदाहरणीय पात्र हुन विरेन्द्र भाइ ।’ उहाँ थप्नुहुन्छ –‘विरेन्द्रको उत्साह र हिक्मतको कदर गर्नुपर्छ’ । ढुंगानालृे जुत्तामा पालिस लगाउदै गरेका विरेन्द्र तर्फ इंकित गर्दै भन्नुभयो –‘विरेन्द्र समाज परिर्वतनका बहाक हुन, उनको सवैले इज्जत गर्नुपर्छ ।’
नेपाली समाजमा परापूर्व कालदेखि जातको आधारमा कामका बा“डफा“ड गरिएको छ । बाहुन जातीलाई पुजापाठ, धमर्, कर्म काण्डको गर्ने र दलित जातीलाई जुत्ता, लुगा सिलाउने काम भनि बाडिएको छ । तर समाज परिर्वतन केहि यस्ता युवाहरुले भने जातको आधारमा कामको बा“डफा“ड गरिनु हुदैन भनेर उदाहरणीय काम गरीरहेका छन ।

दलित भनेर थाहा पाएपछि खानपिन लगायत हरेक क्षेत्रमा बेग्लै व्यवहार

शान्ति परियार,
अध्यक्ष दलित संघ, चितवन
विभेदरहित समाजको कल्पना शान्ति परियारको बाल मानसपटलमै थियो । समयक्रमसँगै उनले विभेदरहित समाजको स्थापना राजनीतिबाट मात्र सम्भव छ भन्ने बुझिन् । त्यसका लागि उनी कांगे्रसमा संलग्न भइन् । त्यसो त उनी बसोबास गर्ने स्थान कांगे्रसमय थियो, त्यो प्रभावबाट पनि उनी अछुतो रहन सकिनन् । पदभन्दा पनि उनलाई काम गरेर देखाउनु छ, त्यसैले उनी कांगे्रसको आदर्श समाजवादलाई च्यापेर अहोरात्र खटिरहेकी छन् । यिनै परिवेशमा कुमार राउतको जिज्ञासामा शान्ति यसरी प्रस्तुत भइन् : 
जातीय मुक्ति आन्दोलनमा हुनुहुँदो रहेछ नि ?
 – स्कुल पढ्दा होस् अथवा छरछिमेकमा आफूले भोगेको जातीय विभेदको तीतो अनुभव अबको पछिल्लो पुस्ताले बेहोर्न नपरोस् भन्ने मेरो मान्यता हो । एक्काइसौं शताब्दीमा पनि जातीय विभेद हुनु भनेको देश र समाजकै लागि लाजमर्दो हुन्छ । त्यसैले नेपाली कांगे्रसमा समाहित भएर जातीय मुक्ति आन्दोलनमा छु । 
० विभेदको तीतो अनुभव ?
 – यो सुनाइ राख्नुपर्ने विषय नै होइन, नेपाली समाजमा घामझैं छर्लंग देखिएकै छ नि । होटलमा चिया खाए, ग्लास माझ्नुपर्ने, सहर बजारमा दलितले डेरा नपाउने समस्यालगायत प्रशस्त विभेदका उदाहरण छन् । 
० तपाईंको व्यक्तिगत अनुभव सोधेको ? 
– साथीभाइबाट विभेद भएको त खासै अनुभव छैन, तर साथीभाइको घरमा जाँदा बाहिर बस्नुपर्ने, दलित भनेर थाहा पाएपछि खानपिनलगायत हरेक क्षेत्रमा बेग्लै व्यवहार गरिएको अनुभव छ । 
० दलित र गरिब त कम्युनिस्ट पो हुन्छन् भनिन्छ नि ?
– कम्युनिस्टहरू भाषण गरेर दलित र गरिबको मन जित्न सिपालु हुन्छन्, तर काम फिटिक्कै गर्दैनन् । उनहरू जे बोल्छन्, त्यो पु¥याउँदैनन्, भोट बैंकका रूपमा उनीहरू दलित र गरिबलाई युज गर्छन् । तर, कांगे्रस पार्टी त्यस्तो होइन, जे भन्छ त्यो गर्छ । र, हामीले हैसियतअनुसार काम गरेर पनि देखाएका छौं । 
० के गर्नुभयो ? 
– आफूले गरेको काम आफैले बेलीविस्तार लगाउनु राम्रो हुँदैन होला, त्यसैले मेरो कामको मूल्यांकन अरुबाट गराउनुहोस् । चितवनमा म अध्यक्ष भएपछि पहिलो काम रक्तदानबाट सुरु गरें । रगत सबैको एउटै हो भन्ने म्यासेज दिन रक्तदानबाट काम सुरु गरेकी हुँ । पछिल्लो कार्यक्रम चाहिँ प्रजातन्त्रमा योगदान पु¥याउने दलित वृद्धाहरूलाई सम्मान गरें । 
० कांग्रेस त बूढाखाडाको पार्टी होइन ?
 – बूढा, युवा, तरुण, तन्नेरी, विद्यार्थी, सबै जातजातिको साझा पार्टी हो– कांगे्रस । बूढाखाडाको अनभुवबाट पाठ सिक्दै युवाहरूले पार्टी हाँक्नुपर्ने बेला आइरहेको छ । हत्तारिनु हुँदैन, अत्तालिनु हुँदैन, यो देशको मुहार फेर्ने र सबैको साझा फूलबारी बनाउने जिम्मेवारी नेपाली कांगे्रसकै हो । 
० नेविसंघको त अधिवेशन गर्नसकेको छैन ? 
– हो, यो चाहिँ कांगे्रसमा चिन्ताको विषय भएको छ । नेता उत्पादन गर्ने नर्सरीमै खडेरी लागेको अवस्था दुःखदायी हो । अधिवेशनका लागि विद्यार्थीलाई काठमाडौं बोलाएर थानकोटको डाँडामा अलपत्र पार्ने नेतृत्वले त्यसको जिम्मा लिनुपर्छ । कांगे्रसको अन्तर्राष्ट्रिय बेइज्जत भइसक्यो ।
 ० को जिम्मेवार छ ?
 – व्यक्तिलाई म कसरी तोकू ? नेतृत्वमा बस्ने सबैले यसको जिम्मेवारी लिनुपर्छ । खास पार्टी नेतृत्वलाई कन्भिन्स गरेर अधिवेशन गर्न नसक्ने अहिलेको नेविसंघ कार्यसमिति नै निक्कमा हो भन्दा फरक पर्दैन होला । 
० दलित संघलाई चाहिँ पार्टीले न्याय गरेको छ ? 
– राजनीतिमा कसैले स्पेस दिँदैन, आफैंले बनाउने हो । म पनि जिल्लामा निर्वाचित अध्यक्ष हुँ । दलित संघ विधानअनुसार आफ्नै लयमा अघि बढेको छ । अधिवेशनले चयन गरेको नेतृत्वले संघ अघि बढेको छ । संघले आफ्ना गतिविधि निरन्तर सञ्चालन गरिरहेको छ । 
० पार्टीमा दलितको स्थान ? 
– कांग्रेसमा बीपी कोइरालाको जुन दूरदृष्टि छ, त्यसैबाट प्रभावित भएर म कांगे्रसमा लागेकी हुँ । उहाँले पहिलो महामन्त्री दलितलाई नै बनाउनुभएको थियो । अहिले पनि जिल्ला, क्षेत्र र केन्द्रमा दलितको प्रतिनिधि रहन्छन् । कम्युनिस्टबाट कुन चाहिँ नेता उदाएका छन् ? 
० छैनन् र ?
 – होलान् एकाध, देखाउनका लागि पनि समेटिएको होला । तर कांगे्रस पार्टीमा जस्तो दलितले अरु पार्टीमा अवसर पाएका छैनन् होला भन्ने मेरो मान्यता हो । 
० कांगे्रसको जुझारु तपाईं दलितमुक्तिमै सीमित हुनुहुन्छ ?
 – पदका लागि मैले राजनीति गरेको होइन । म आफ्नो क्षेत्रमा रहेर निरन्तर काम गरिराख्छु । पार्टीले आफूलाई योग्य देखेर जिम्मेवारी दियो भने पछि हट्ने कुरो हुँदैन ।
 ० पढाइ लेखाइ ? 
– पढ्न चाहिँ धेरै सकिएन । दलित आन्दोलन, खेल क्षेत्र र महिला भएकाले एसएलसीभन्दा बढी पढ्न सकिनँ । 
० कसरी नि ? 
– पढाइ र खेल क्षेत्रलाई एकैसाथ अघि बढाउँदै थिएँ । तेक्वान्दो खेलाडी हुँ, एसएलसी दिएको थिएँ, तेक्वान्दोमा ब्ल्याकबेल्ट लिने बेला भएको थियो । त्यहीबेला विवाह भयो । विवाहपछि दुवै क्षेत्र त्याग्नुप¥यो, दुई सन्तान हुर्केपछि दलित आन्दोलनलाई निरन्तरता दिएँ । 
० पे्रम विवाह हो ? 
– हो, हामी दुवै तेक्वान्दो खेलाडी थियौं । खेल क्षेत्रमा सहयात्रा गर्दागर्दै हामी नजिकिएछौं । यही नजिकको सम्बन्ध पछि विवाहमा परिणत भयो । 
० पहिलो भेटको सम्झना छ ? 
– किन नहुनु नि ? गेम खेल्न जाँदा भरतपुरको गेस्ट हाउसमा भएको हो । उहाँको नाम काशीराम विक हो । अहिले नेपाली सेनामा हुनुहुन्छ । हाम्रो दुई छोरा छ, एउटा सैनिक स्कुल पढ्छ, एउटा मसँगै छ । 
० कसले पे्रम प्रस्ताव राख्यो ? 
– महिलाहरूले प्रस्ताव राख्ने वातावरण हामीकहाँ बनिसकेको थिएन र अहिलेसम्म छैन । त्यसैले उहाँले नै तिमीलाई मन पराउँछु, हामी विवाह गरौं भन्नुभयो, मैले ओके गरें । 
० विवाहका लागि कति कुर्नुप¥यो नि ? 
– माया बसेको एक÷डेढ वर्षपछि नै हाम्रो विवाह भयो । फिल्म हेर्न जाने, एकान्तमा भेट्ने तथा मायापे्रमका कुरा गर्ने वातावरण थिएन । उहाँको रोजाइलाई मैले स्वीकृति मात्र दिएकी हुँ । 
० जिस्काउनेलाई ठटाउन तेक्वान्दो सिक्नु भएको हो ? 
– होइन, त्यसो ग¥यो भने खेलको दुरुपयोग हुन्छ, दुरुपयोग भयो भने बद्नाम हुन्छ, त्यस कुरामा म सचेत थिएँ । खेलले शारीरिक र मानसिक विकास गर्नुका साथै आत्मविश्वास जगाउँछ ।
 ० कहिलेकाहीँ ठटाएको अनुभव छैन ? 
– त्यसो त अहिले पनि यो शान्तिमा अशान्ति भयो भने बेग्लै रूप हुन्छ, तर झट्ट सम्झन्छु म त राजनीतिक कार्यकर्ता पो हुँ, त्यसपछि सम्हालिन्छु । 
० कसरी चलेको छ घर ? 
– पहिले पसल गर्थें, अहिले त्यो पनि छैन । श्रीमान्को कमाइले घर चलेको छ ।
साभार : नेपाल ब्रिटेन 

दलित भएको थाह पाएपछि घरबेटीले कोठामा जादा बस्न नदिने भनेर गलहत्याए

रमेश अधिकारी –चैत १६ -जातिय हिंशा र छुवाछुतको समस्या दुर दराज, अशिक्षित र गरिबी भएको ठाउमा मात्र हुने भनेर केहि समाजशास्त्री र राजनीतिज्ञहरुले भन्दै आइरहेको बेला देशको राजधानी काठमाडौँमै छुवाछुतका घटना बढ्न थालेका छन् ।
आइतबार पनि एक जेहेन्दार बिद्यार्थीले ‘दलित’ भएकै कारण काठमाडौँमा अपमानित मात्र हुनु परेन भाडा तिरेर कार्पेट र पर्दा समेत ‘फिट’ गरिसकेको कोठा समेत छोड्नुपर्ने स्थिति सिर्जना गराइयो ।   दलित भएको थाह पाएपछि एक महिनाको भाडा समेत तिरी कोठामा कार्पेट र पर्दा समेत राखिसकेका लम्जुंग बाट मेडिकल इन्ट्रान्स तयारीका काठमाडौँ आएका गणेश परियार(नाम परिवर्तन: पिडितको आग्रहमा परिपर्तन गरिएको- सं)लाइ काठमाडौँको स्विचाटारका घरबेटी दम्पति जमुना भट्टराई र कृष्णचन्द्र भट्टराइले बलजफ्ती घरबाट अपमानित ढंगले निकालेका छन् ।
“शुरुमा राम्रो पढ्ने रैछौ हामीलाई यस्तै मान्छे भाडामा राख्न मन थियो भनेर एक महिनाको अग्रिम भाडा समेत लिए”- परियारले सुनौलोखबर संग भने-” त्यसपछि मैले कोठामा कार्पेट र पर्दा समेत हालेर भोलि सर्ने भनि सथिकोमा गए । तर बेलुका फोन गरेर जात सेधेका घरबेटीले आज कोठामा जादा बस्न नदिने भनेर गलहत्याएर निकाले” ।   आँखामा आशु टिलपिल टिलपिल पार्दै परियारले आफुलाइ यस घटनाले अत्यन्तै गहिरो चोट लागेको पिडा व्यक्त गरे ।   परियारको घटना विवरण सुने पछि शान्तिका लागि साझा अभियान (कोक्याप) को सहयोगमा छुवाछुतजन्य व्यवहार गर्ने भट्टराइ दम्पति बिरुद्द महानगरीय प्रहरी वृत्त कालिमाटीमा किटानी जाहेरी हालिएको संस्थाका कार्यक्रम ब्यबस्थापक सरोज नेपालले जानकारी दिए ।
स्रोत http://www.sunaulokhabar.com/

राजभण्डारी र देवकोटालाई दयाराम परियार मानव अधिकार पुरस्कार

काठमाडौं, १६ चैत- यस वर्षको दयाराम परियार स्मृति मानव अधिकार सम्मान अधिकारकर्मी विद्या राजभण्डारी र मातृकाप्रसाद देवकोटालाई प्रदान गरिने भएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्धारा स्थापित पुरस्कार २ हजार ७२ जेठ १३ गते आयोगको स्थापना दिवसमा आयोजित विशेष समारोहमा सरकार प्रमुखवाट प्रदान गरिने आयोग अध्यक्ष अनुपराजशर्माले जानकारी दिनु भयो । राजभण्डारी भक्तपुर र देवकोटा गोरखाका हुन । अधिकारकर्मी दयाराम परियारको नवौ स्मृति दिवसमा आयोगद्धारा आयोजित कार्यक्रममा सम्मान घोषणा गरिएको हो । २ हजार ६८ सालवाट हरेक वर्ष प्रदान गरिदै आएको सम्मान यस अघि अधिकारकर्मी दुर्गा घिमिरे, चन्द्र किशोर झा, टेकराज बराल, शिवमाया तुम्वाहाङ्गफे, शारदा चन्द र कर्ण वानिया लाई प्रदान गरिसकिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका अधिकार रक्षक दयाराम परियारको स्मृतिमा स्थापित पुरस्कार हरेक वर्ष छनौट समिति गठन गरि मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा कार्यरत १ महिला र १ पुरुष अधिकारकर्मीलाई प्रदान गरिन्छ । मानव अधिकार आयोगका तत्कालिन मानव अधिकार रक्षक दयाराम परियार मानव अधिकार अनुगमनकै शिलशिलामा जनकपुरमा प्रहरीको गोली लागि घाइते भएका थिए ।
अधिकारकर्मी परियारको उपचारकैक्रममा २ हजार ६२ चैत्र १५ गते त्रिविवि शिक्षण अस्पाल महाराजगंजमा निधन भएको थियो । आयोगले गोलीकाण्डमा प्रत्यक्ष संलग्न तत्कालिन प्रहरी निरीक्ष प्रकाशराज शर्मा र ३ प्रहरीलाई फौजदारी अभियोगमा कारावाही गर्न सरकारलाई शिफारिश गरे पनि हाल सम्म कारावही हुन सकेको छैन । स्मृति समारोहमा आयोग अध्यक्ष अनुपराज शर्मा सदस्यहरु प्रकाश वस्ती, सुदिप पाठक र मोहना अन्सारीले पिडकलाई कारवाही गर्न आयोगले अझ प्रभावकारी पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
अधिकारकर्मी दयाराम परियारको स्मृतिलाई चीर स्थायी वनाउन हुलाक टिकट प्रकाशन, दयाराम पार्क, स्मारिका प्रकाशन लगायतका गतिविधिलाई अघि वढाउन आयोगले काम अघि वढाउने प्रतिवद्धता व्यक्त गरियो । स्मृति समारोहमा परिवारको सदस्यका तर्फवाट अधिकारकर्मी तथा पत्रकार प्रकाशचन्द्र परियारले मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा ज्यानको आहुति दिने मानव अधिकार रक्षकले समेत न्याय नपाउनु मानव अधिकारकै खिल्ली भएको भन्दै दण्डहिनताको अन्त्यका लागि परिपूरण भन्दा सजाय महत्वपूर्ण भएको विचार व्यक्त गर्नु भयो । आयोगले आफ्नै कर्मचारीको हत्यामा संलग्नहरुलाई कारवाही गराउन र न्याय दिन नसक्दा संक्रमणकालमा मानव अधिकार रक्षकहरु जोखिम मोलेर काम गर्न हतोत्साहित हुदै गएकोमा परियारको चिन्ता थियो ।
साभार:harekpal.com

Sunday, March 29, 2015

दलित सौन्दर्यशास्त्र र साहित्य भाग एक - निनु चापागाई

दलित साहित्यलाई हेर्ने दृष्टिकोणहरूको भिन्नता
वर्तमान सन्दर्भमा दलित समस्यालाई हेर्ने वैचारिक समस्याका सम्बन्धमा पनि यहा“ छोटो चर्चा गर्नु उपयुक्त हुनेछ । नेपालमा दलित आन्दोलन वा दलित समस्यालाई हेर्ने चार किसिमका विचार वा प्रवृत्तिहरू देखा पर्ने गरेका छन् । एउटा प्रवृत्तिले दलित समस्यालाई अधिरचनाका कारण उत्पन्न समस्या अर्थात् वर्णको कारणले उत्पन्न समस्याका रूपमा मात्र हेर्दछ । यसको अर्थ वर्गीय आन्दोलनबाट वा आर्थिक समानताको प्रश्नबाट यसलाई अलग्ग्याउने काम यस प्रवृत्तिले गर्दछ । दलितहरूलाई यस खालको गम्भीर षड्यन्त्रमा फसाउने प्रयत्न नियोजित रूपबाट नै भैरहेको छ । यस किसिमको विचार दलित आन्दोलनलाई राजनीतिक धारबाट, मूलतः वर्गीय विचारधाराबाट पृथक् राख्न चाहने केही दलितहरू र विशेषतः एनजीओ–आइएनजीओेबाट प्रवाहित हुने गरेको छ । केही सीमासम्म दलित आन्दोलनलाई अम्बेडकरवादी धारामा लैजानुपर्दछ भन्नेहरू पनि यस कित्तामा पर्दछन् ।
दलित समस्यालाई मात्र वर्णको समस्याका रूपमा हेर्ने सत्ताधारीहरूको क्रियाकलाप र उनीहरूका घोषणाहरूको असफताबाट पनि यस खालको चिन्तनको टाटपल्टाइलाई बुझ्न नसकिने होइन । राजा महेन्द्रले २०१९ सालमा नै छुवाछूतप्रथाको अन्तको घोषणा गरेका हुन् । २०४७ सालमा पनि यस्तै गरियो र अहिले आएर नेपाललाई छुवाछूतमुक्त देश भनी घोषणा गरिएको छ । यस्ता घोषणाहरूको कतिपय सकारात्मक पक्ष तत्कालको सन्दर्भमा रहे तापनि दलित समस्यालाई समग्रतामा नहेरी मात्र अछूतको समस्याका रूपमा हेर्ने र दलितहरूका विद्यमान भूमिहीनता, गरिबी जस्ता आर्थिक लगायत राजनीतिक–प्रसाशनिक र सामाजिक–सांस्कृतिक समस्याहरूलाई पटक्कै महŒव नदिने परम्परागत एवम् गलत चिन्तन र परिपाटीको परिणाम हो यो । व्यवहारले नै प्रमाणित गरिसकेको छ– दलित समस्या र छुवाछूतबाट मुक्ति यस खालको क्रियाकलाप वा घोषणाबाट हुन सक्तैन । दलित समस्यालाई सरलीकृत रूपमा वर्गीय समस्या हो भनेर दलित समुदायले भोग्नुपरेको जुन सामाजिक–सांस्कृतिक अपमान, जातीय विभेद र त्यसबाट उत्पन्न पीडाको विशिष्ट अवस्था छ त्यसलाई उपेक्षा गर्ने प्रवृत्ति पनि नेपालमा विद्यमान छ ।
विशेषतः वामपन्थी आन्दोलनमा देखा पर्ने यो प्रवृत्ति किन गलत छ भने यस किसिमको धारणाले दलित समुदायले भोग्नुपरेको जातीय पीडा, उपेक्षा, अपमान र शोषणको विशेष प्रकृतिलाई गैरदलित सर्वहाराले भोग्ने शोषण–उत्पीडनको समकक्षमा राखेर हेर्ने काम गर्दछ । यो दलित समस्यालाई एक किसिमले उपेक्षा गर्ने प्रवृत्ति हो । शोषण विहीन समाजको परिकल्पनालाई साकार पार्न माक्र्सवादी विचारकहरू ‘वर्ग’का साथै ‘वर्ण’लाई आफ्नो लडाइ“को लक्ष्य बनाउन ढुलमुल हुनु राम्रो कुरो होइन । आजको नेपाली समाजमा ‘वर्ण’ एउटा कटु सत्य बनेर रहेको छ । यसले शदियौंदेखि जनमानसलाई केवल टुक्रा टुक्रामा मात्र बा“डेको छैन, तिनको मानवीय चासोलाई पनि छिन्न भिन्न बनाएको छ । नेपालका माक्र्सवादी वा प्रगतिवादीहरूले यस सत्यलाई उपेक्षा गर्न मिल्दैन । यस अतिरिक्त यस प्रवृत्तिले अधिकांश दलित समुदायलाई व्यावहारिक तहमा सर्वहारा वर्गका रूपमा हेर्न समेत नसकिरहेको स्थिति छ । कम्युनिस्ट पार्टीलाई सर्वहारा वर्गको अग्र दस्ताको पार्टीका रूपमा लिने गरिन्छ । तर नेपालको ग्रामीण इलाकामा रहेका दलितहरूलाई ग्रामीण सर्वहारा र शहरी दलितहरूलाई सर्वहारा मानेर तिनीहरूलाई नेतृत्वमा पु¥याउने वा आन्दोलनमा सहभागी गराएर अगाडि बढाउने कुरामा आन्दोलनले जुन प्रभावकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने थियो, त्यस्तो कत्ति पनि गरेको पाइ“दैन । यद्यपि माओवादी जनयुद्ध पछि यस परिप्रेक्ष्यमा केही सकारात्मक पक्षहरू नदेखिएका भने होइनन् । नेपाली वामपन्थी आन्दोलनमा वा साहित्यमा आफुलाई प्रगतिशील, माक्र्सवादी वा जनवादी ठान्ने कतिपय व्यक्तिहरू वर्तमान सामाजिक संरचना, धार्मिक विचारधारा, जातिवाद, वर्णव्यवस्था, अछूतहरूमाथि हुने अत्याचारहरूको विरोध गर्न त्यति इच्छुक देखिंदैनन् । तीमध्ये कति त धर्मका विरुद्ध आफ्नो प्रस्ट दृष्टिकोण राख्न समेत डराउ“छन् । यस्ता रचनाकार व्यक्तिगत जीवनमा कुनै न कुनै धर्मको अनुयायी समेत रहेका छन् । वैचारिक दृष्टिले समानताका पक्षधर देखिए तापनि वास्तविकतामा उनीहरू यथास्थितिवादी हुन् । सामन्ती अर्थव्यवस्था, ब्राह्मणवादी सामाजिक संरचना र धार्मिक कूपमण्डूकतामा हजारौं वर्षदेखि दलितहरू पिंसिदै आएका छन् ।
स्वाभाविक रूपले प्रगतिशील, प्रगतिवादी वा माक्र्सवादी व्यक्तिहरूले यो मोर्चाको नेतृत्व लिनुपर्ने थियो, तर उनीहरूको एक मात्र प्राथमिकतामा दलित समस्याभन्दा बढी वर्गीय समस्या रहेका कारण उनीहरूले यसप्रति उपेक्षाभाव राखेको अनुभूति दलितहरूले गर्ने गरेका छन् । फलतः कम्युनिस्टहरूप्रति रहेको आस्थाबाट कतिपय दलितहरू क्रमशः विमुख हु“दै गएको र कम्युनिस्ट आन्दोलनप्रति उनीहरूमा वितृष्णा बढ्दै गएको देखिन्छ । यस किसिमको नकारात्मक स्थिति सृजना गर्न विदेशी दानदातव्यबाट दलित आन्दोलनलाई पथभ्रष्ट बनाउन खोज्नेहरूले सर्वाधिक भूमिका खेलेका छन् । यस अतिरिक्त दलितसमस्या वर्गीय मुक्तिपछि स्वतः समाधान हुन्छ भनेर भविष्यका निम्ति पन्छाउने र आर्थिक, सामाजिक एवम् शैक्षिक जस्ता विषयहरूमा अहिले गर्न सकिने तात्कालिक जनसुधारका कामहरूबाट पलायन हुन खोज्ने प्रवृत्ति पनि एकदमै चर्काे रूपमा देखा पर्दछ । अर्कातिर यसका ठीक विपरीत सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक जस्ता पक्षहरूमा सीमित सुधार गरेको खण्डमा दलित समस्या समाधान भैहाल्छ भनेर वर्गीय मुक्ति आन्दोलनबाट दलित आन्दोलनलाई विमुख गराउने सुधारवादी गैरसरकारी प्रवृत्ति पनि पाइन्छ । जनसुधारका कामहरूलाई बेवास्ता गर्ने प्रवृत्तिले गर्दा तत्काल प्राप्त हुने सजिलो उपलब्धितिर दलितहरूलाई उन्मुुख गराउन आमूल परिवर्तनविरोधी शक्तिहरू एक सीमासम्म सफल भएका छन् ।
यस किसिमको वैचारिक कमजोरीविरुद्ध सङ्घर्ष गर्नु आजको अपरिहार्य आवश्यकता हो । दलित आन्दोलनलाई तात्कालिक सुधारमा सीमित गरेर आधारभूत रूपमा दलित समस्याबाट मुक्ति दिलाउन सक्षम वर्गीय आन्दोलनबाट दलित समुदायलाई विमुख गराउने प्रवृत्तिका विरुद्ध अझ बढी सङ्घर्ष चलाउनु आवश्यक हुन्छ । यस प्रवृत्तिभित्र एनजीओ र आइएनजीओवादी चिन्तन सबैभन्दा बढी हावी भएको पाइन्छ । पार्टीहरूले दलितहरूलाई आ–आफ्ना भोट बैंक बनाए, आ–आफ्ना पार्टीका दासहरू बनाए, हाम्रो भलाइमा तिनले केही गरेनन् भन्ने तर्क अघि सारेर दलित समुदायको छुट्टै पार्टी निर्माण गर्न खोज्ने प्रवृत्ति पनि कतिपय दलितहरूमा विकसित हुन थालेको पाइन्छ । भारतमा त दलित समुदायको छुट्टै पार्टी हुनुपर्छ भन्ने सोचका कांशीराम प्रवक्ता नै थिए र त्यस अनुरूप बहुदल जन पार्टी क्रियाशील भैरहेको समेत छ । यो चिन्तन दलित आन्दोलनप्रति लोकतान्त्रिक र समाजवादी आन्दोलनले देखाएको उपेक्षाको प्रतिक्रियास्वरूप विकसित परिणाम हो । दलित समुदायको मुक्तिको सवाल दलितहरूको छुट्टै पार्टी निर्माण गरेर वा नेपालका अन्य उत्पीडित जनसमुदायको आन्दोलनबाट दलित आन्दोलनलाई अलग राखेर हुन्छ भन्ने ठान्नु एकदमै गलत विचार हो । जातीय उन्मूलनको प्रश्न शासन व्यवस्थाका हरेक क्षेत्रमा रहेको माथिल्लो तहका जातिहरूको प्रभुत्वको विरुद्ध दलित र शूद्रअन्तर्गतका तल्ला तहका जातिहरूस“ग आन्तरिक रूपले नै गा“सिएको प्रश्न हो । त्यसैले नेपालमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा उठाउने गरिएको ‘वर्ग विपरीत वर्ण’ वा ‘जात विपरीत वर्ग’ भन्ने चिन्तन दलित समस्याको सन्दर्भमा एकदमै गलत चिन्तन हो ।
वर्गीय मुक्तिको प्रश्न र जातीय असमानताको उन्मूलनको सवाल एकअर्काका विपरीत नभएर सहवर्ती सवाल हुन् । हाम्रो आजको सन्दर्भमा श्रमजीवी वर्गहरू अधिकांशतः सामूहिक रूपले दलित र शूद्र अन्तर्गतका जातहरूबाट नै आउने गरेका छन् र ती सबै मिलेर नै वर्ग बन्ने हो । नेपालका सबै ठाउ“मा दलितहरू अधिकांश रूपमा भूमिहीन, सुकुम्बासीका रूपमा वा ज्यादै न्यून जमीन भएका गरिब किसानको स्थितिमा रहेका छन् । यसरी दलित समस्या स्वभावतः आर्थिक समस्या वा वर्गीय समस्याबाट भिन्न राख्नै नसकिने सवाल बनेको छ । तर नेपालको दलित आन्दोलनमा क्रियाशील कतिपय दलित नेताहरूले दलित आन्दोलनलाई वर्गीय रूपले ग्रहण गर्न उदासीनता मात्र देखाएका छैनन् दलित आन्दोलनलाई वर्गीय आन्दोलनका रूपमा विकसित गर्ने विचारकै समेत विरोध गर्ने गरेका छन् । दलित समस्यालाई जातमा मात्र सीमित गरेर हेर्ने दृष्टिकोण त्यसैले अपर्याप्त छ । आर्थिक आधारमा परिवर्तन नगरी त्यसमाथि खडा हुने सामाजिक संरचना (अर्थात् जातजाति आदि) वा अधिरचनाहरू भत्कन्छन् भन्ने ठान्नु गलत हुन्छ । नेपालका अम्बेडकरवादी दलितहरूले समेत उल्लिखित गलत सोचलाई नै प्रश्रय दिने काम गरेको पाइन्छ । निर्विवाद तथ्य के हो भने अम्बेडकरको जीवन र कार्य बहिष्कृतहरूको हितका लागि व्यतीत भएको थियो । उनले धर्म, अर्थ, साहित्य, राजनीति, समाजनीति, कानुन र स्वतन्त्रता जस्ता विषयहरूलाई अस्पृश्यताका आधार र सन्दर्भमा मात्र हेर्ने गरेका थिए । यसकारणले पनि उनको चिन्तनमा केही सीमा र कमजोरीहरू देखा परेका छन् ।
माक्र्सवादलाई बु¤ने सवालमा यही कमजोरी व्यक्त भएको छ । माक्र्सवादमा जातिको अन्तको विचार छैन भन्ने उनको दृष्टिकोण त्यसैको परिणाम हो । अम्बेडकरले लेनिन र तिलकका सन्दर्भमा जुन विचार व्यक्त गरेका छन् त्यसलाई हेर्दा कस्तो लाग्दछ भने उनी ‘क्रान्ति’ र ‘स्वराज्य’लाई भन्दा बढी महŒव जातिको अन्तलाई दिन्छन् । माक्र्स र बुद्धलाई तुलनात्मक दृष्टिले मूल्याड्ढन गर्ने क्रममा उनले बुद्धको विचारलाई उच्च र आदर्श मान्नुका पछि पनि उनमा रहेको पू“जीवादी उदारतावाद र अध्यात्मवाद कारण रहेका छन् । ‘बुद्ध कि माक्र्स ?’ शीर्षकको लेखको अध्ययनबाट मात्रै पनि क्रान्ति र अधिनायकत्वसम्बन्धी अम्बेडकरको विचारमा गाम्भीर्य छैन र दलित समस्यालाई उनी आर्थिक पक्षबाट पृथक् राखेर हेर्दछन् भन्ने समेत देखिन्छ । त्यसबाहेक उनमा रहेको आध्यात्मिक मूल्यको मोह पनि यसमा राम्ररी नै परिलक्षित भएको छ । यस अतिरिक्त डा. अम्बेडरमा एकपक्षीय दृष्टिकोण पनि रहेको देखिन्छ । दलित समुदायको मुक्तिको बाटोको सम्बन्धमा उनले ‘मुक्तिको बाटो कुन ?’ भन्ने शीर्षकको एउटा लेख लेखेका छन् । त्यसमा उनले के तर्क गरेका छन् भने दलित मुक्तिका ‘हिन्दु धार्मिक–विचारधारात्मक प्रभुत्व’को ध्वंस ‘आवश्यक सर्त’ हो । हिन्दुत्वलाई परिवर्तन गर्ने बाटो सांस्कृतिक परिवर्तन हो र शोषण–उत्पीडनलाई परिवर्तन गर्ने बाटो चाहि“ समाजवाद हो भन्ने निष्कर्षका आधारमा उनी आर्थिक र सामाजिक उत्पीडन फरक फरक संरचना हो भन्ने मान्दछन् ( शर्मा ः २००५ ः ७७) । तर समाजपरिवर्तनका लागि सधैं आर्थिक र सामाजिक–सांस्कृतिक सङ्घर्ष अपरिहार्य हुन्छ । आजको परिस्थितिमा यस खालको संयुक्त सङ्घर्षको खा“चो विगतको भन्दा अझ बढी छ ।
दलितका प्रश्नहरू केवल सामाजिक हुन्, आर्थिक प्रश्नसित तिनको केही लिनु दिनु छैन भन्ने खालको दृष्टिकोणका आधारमा दलित मुक्तिको सवाल समाधान हुन सक्तैन । सामाजिक र आर्थिक दुवै स्तरमा सङ्घर्ष नगरी दलित समस्याको निराकरण सम्भव छैन । अम्बेडकरको चिन्तन र वर्गीय मुक्तिको चिन्तनलाई परस्परविरोधी विचारका रूपमा प्रचार प्रसार गर्ने कार्य किन सर्वथा गलत छ भने यी एकअर्काका पूरक हुन् विरोधी होइनन् । अम्बेडकर दलित मुक्तिको सवाललाई राजनीतिक सवालको रूपमा ग्रहण गर्दथे । उनले एक ठाउ“ लेखेका छन् ‘अस्पृश्यता सारतः राजनीतिक प्रश्न हो ।’ प्रारम्भिक दिनहरूमा उनले आफूलाई ‘अछूतहरूको नेता’का रूपमा उभ्याउन खोजे पनि सम्पूर्ण शोषित पीडितहरूको हित उनका लागि सर्वाेपरि महŒवको विषय थियो । ब्राह्मणवादको समाप्तिका लागि सबै जातिलाई एक बनाउने प्रयत्न उनले जीवनभर गरिरहे । तर माक्र्सवादप्रतिको उनको विरोध भने आश्चर्यजनक छ । अम्बेडकरले १९५६ मा ‘बुद्ध वा कार्ल माक्र्स ?’ शीर्षकको लेख लेखेका थिए । यसै अवधिमा उनले ‘बुद्ध र उनको धर्म’ भन्ने लेख पनि लेखेका थिए ।
निबन्धमा माक्र्स भन्दा धेरै पहिले बुद्धले साम्यवादको विचार ल्याएका थिए भन्ने दाबी अम्बेडकरको छ । बुद्ध र माक्र्स ‘दुइटैले एउटै कुरो भने । दुवै जनाको एउटै लक्ष्य छ, लक्ष्य प्राप्तिका साधनहरूका बारेमा उनीहरूमा मतभेद छ । माक्र्सले जे साधन सुझाएका हुन् ती पूर्णतया गलत छन् । बौद्ध मार्ग सर्वाेत्तम छ’ निबन्धको सार कुरो यही हो (रङ्गनायकम्मा ः२००८ः ३४४) । बुद्ध र माक्र्सको लक्ष्य समान छ भन्ने अम्बेडकरको टिप्पणी किन अर्थहीन छ भने दुवैको लक्ष्यमा समानता छैन । तिनको लक्ष्य नै समान छैन भने साधन एउटै छन् कि फरक छन् भनेर चर्चा गर्नुको पनि औचित्य ह“ुदैन । अम्बेडकरको माक्र्सवादसम्बन्धी धारणा एकदमै गलत छ, उनले यसलाई सही रूपमा बोध नै गर्न सकेका छैनन् । ‘शोषणमा आधारित निजी स्वामित्व हुनु हु“दैन’ यो माक्र्सको भनाइ हो । तर बुद्धले यस्तो कुरो कहिल्यै भनेका छैनन् (रङ्गनायकम्मा ः२००८ः ३६२) । बुद्धका विचारका सन्दर्भमा पनि अम्बेडकर परस्पर विरोधी धारणाहरू प्रस्तुत गर्दछन् । जस्तो उनले बौद्ध सङ्घका नियमहरूको वर्णन गर्दा ‘उपासक’ले सम्पत्ति राख्न सक्तछन् भनेका छन् । उनी बुद्धवादले शूद्र र महिलाहरूलाई सम्पत्ति आर्जन गर्ने महान् अवसर उपलब्ध गरायो पनि भन्दछन् । तर अर्काे ठाउ“मा उनी बुद्धवादले निजी सम्पत्तिको निषेध गर्दछ भन्न पनि चुक्तैनन् (रङ्गनायकम्मा ः२००८ः ३६१) ‘सम्पत्तिको निजी स्वामित्वले एक वर्गलाई शक्ति प्रदान गर्दछ भने अर्काे वर्गलाई शोषणद्वारा दुःख दिन्छ ।’ माक्र्सका अनुसार श्रमजीवी वर्गका दुखहरूको कारण शोषक वर्गको शोषण हो । तर बुद्धका अनुसार सबै मानिस दुखी हुन्छन् र तिनको दुखको कारण भने तिनको आप्mनै तृष्णा हो । दासको दुखको कारण उसकै तृष्णा हो भने अछूतको दुख ऊ स्वयम्मा रहेको तृष्णाको कारणले भएको हो । बुद्धलाई वर्गहरूको अस्तित्वका बारेमा थाहा थियो भने उनले किन समाधानको बाटोका रूपमा सङ्घर्षको उल्लेख गरेनन् ? किन खालि अष्टा¨ मार्ग मात्र प्रस्तुत गरे ? उनले किन कुनै वर्गको अस्तित्व रहनु हुन्न भन्ने दाबी गरेनन् ? ( रङ्गनायकम्मा ः२००८ः ३५९) यस सम्बन्धमा अम्बेडरको ध्यान अलिकति पनि जान सकेको छैन ।
आप्mनो तरिकाले माक्र्सवाद र बौद्धवादका बारेमा जानकारी गराउने सन्दर्भमा माक्र्सवादका दश सूत्रहरू प्रस्तुत गरिसकेपछि अम्बेडकरले आफुले राम्ररी माक्र्सीय समाजवादका मूल आधारहरू प्रस्तुत गरेको उल्लेख गरेका छन् । त्यसमा केही सूत्र सही, केही अधुरा छन् भने माक्र्सवादका केही आधारभूत प्रस्थापना भने त्यहा“ दिइएकै छैन । अम्बेडकरले त्यसमा सर्वहारा वर्गले उत्पादन गर्ने अतिरिक्त मूल्यका अवयवहरूका बारेमा उल्लेखसम्म गरेका छैनन् । यसको अर्थ हुन्छ शोषणका साधनहरूको उल्लेख नगर्नु । समाजका सबै व्यक्तिले श्रम गर्नै पर्दछ भन्ने कुरालाई पनि उनले उल्लेख गरेका छैनन् । अनि शोषणयुक्त समाजमा रहेको श्रम विभाजनलाई ‘समाजवादी श्रम विभाजन’मा परिवर्तन गर्नुपर्छ भन्ने बु“दा पनि त्यसमा उल्लेख छैन । यस अतिरिक्त समताको सम्बन्ध स्थापित भएपछि मुद्रा सञ्चलन अनावश्यक हुन्छ भन्ने विचार पनि त्यहा“ दिइएको छैन ।
यी महŒवपूर्ण विवरण नै नभएको माक्र्सवाद कसरी सही माक्र्सवाद हुन्छ ? र अम्बेडकरले कसरी सही रूपमा माक्र्सवादलाई बुझेका हुन्छन् ? (रङ्गनायकम्मा ः२००८ः ३५०–५१) रङ्गनायकम्माले साम्यवाद ल्याउने सर्वाेत्तम मार्ग बौद्धवाद हो भन्ने अम्बेडकरको भनाइप्रति व्यङ्ग्य गर्दै भनेकी छन् ः अम्बेडकर सायद अष्टा¨ मार्गले ल्याउने साम्यवादलाई राम्ररी जान्दछन् तर वर्गसङ्घर्षले ल्याउने साम्यवादको कखरा पनि जान्दैनन् (रङ्गनायकम्मा ः२००८ः ३६७) । माक्र्सवाद र बौद्धवादसम्बन्धी अम्बेडकरका चर्चामा धेरै अस¨तिहरू पाइन्छन् । हितहरूको टक्कर दुखको कारण हो भन्ने बुद्धले कहिल्यै नभनेको कुरालाई उनी बुद्धले भनेको भनेर प्रचार गर्दछन् भने बौद्धवाद र माक्र्सवादका सम्बन्धमा फरक फरक मानदण्ड प्रयोग गर्दछन् । अस्पृश्यताका सन्दर्भमा उनी बल प्रयोग गर्न सुझाउ दिन्छन् भने ‘श्रमको शोषण’का सम्बन्धमा बल प्रयोग गर्नु हुन्न भन्न पुग्दछन् । उनी श्रमको शोषणलाई हिंसा वा बल प्रयोग मान्दैनन् हिंसाको प्रतिरोध गर्नुलाई, श्रमजीवी वर्गको आत्मरक्षालाई हिंसा मान्दछन् । यस्ता अस¨ति उनमा पर्याप्त भेटिन्छन् । अम्बेडकरले एक ठाउ“मा लेखेका छन् ः‘बुद्धले साम्यवाद ल्याउन जुन साधनको प्रतिपादन गरे ती एकदमै निश्चित थिए । यी साधनलाई तीन भागमा विभाजित गर्न सकिन्छ ।’ र ती तीन भाग शुद्धता, नीतिपरायणता र सद्गुण अर्थात् पञ्चशील, अष्टा¨ मार्ग र परामित थिए । यी तीन भागलाई उद्धृत गर्दा कुन कुरामा अम्बेडकरले जोड दिएका छन् भने यही त्यो मार्ग हो जसबाट साम्यवाद हासिल गर्न सकिन्छ ।
उनको यस खालको तर्क हेर्दा कस्तो लाग्दछ भने उनी स्वयम् पनि साम्यवादको पक्षमा छन् (रङ्गनायकम्मा ः२००८ः ३६३) । वास्तवमा अम्बेडकर संसदीय लोकतन्त्रका पक्षपाती थिए, उनी राज्य समाजवाद स्थापना गर्न त चाहन्थे, तर संसदीय लोकतन्त्रलाई कुनै हानि पु¥याउन चाह“दैनथे (कुबेर ः२००९ः२१०) । सम्पत्तिशाली वर्गको उन्मूलन पनि उनको चाहना थिएन खालि मानवीय मामिलाहरूप्रति उनीहरूमा आमूल परिवर्तन होस् भन्ने उनी चाहन्थे (कुबेर ः२००९ः२११) । डब्ल्यु.एन. कुबेरले उनको राजनीतिक विचारका बारेमा अझ प्रस्ट पार्दै भनेका छन्– अम्बेडकर ब्रिटिस उदारतावाद र संसदीय लोकतन्त्रलाई पूर्ण रूपमा समर्थन गर्दथे । उनी व्यक्ति र समग्र समाजका लागि यसलाई लाभदायक मान्दथे । एडमन्ड बर्क उनका मन परेका राजनीतिक चिन्तक थिए ..(कुबेर ः२००९ः२९७) । यही कारण उनले अनेकौं अवसरहरूमा माक्र्सवादको विरोध गर्ने गरेका छन् । विरोधको क्रममा उनी साम्यवादलाई ‘सु“गुरको दर्शन’ भन्न सम्म हिचकिचाउ“दैनन् । धर्म नमान्नु यसको मूल कारण रहेको छ । उनले भनेका छन् ः‘कार्लाइलले राजनीतिक अर्थशास्त्रलाई सु“गुर दर्शन भनेका थिए । कार्लाइल निश्चित रूपले गलत थिए । किनभने मानिसलाई भौतिक सुखको आवश्यकता हुन्छ । तर साम्यवादी दर्शन पनि समान रूपले गलत लाग्दछ किनभने त्यस दर्शनको लक्ष्य सु“गुरहरूलाई मोटोघाटो बनाउनु हो भन्ने देखिन्छ, मानौं मानिस सु“गुरभन्दा राम्रा होइनन् ।
मानिसले भौतिकताका साथै आध्यात्मिक रूपले पनि विकसित हुनु पर्ने हुन्छ ( कुबेर ः२००९ः२१५) । अम्बेडकरको आलोचनाको सार यो दर्शन सु“गुरका लागि उपयोगी छ मानिसका लागि होइन । बुद्धका विचारलाई महिमामण्डित गर्न र माक्र्सका विचारलाई तुच्छ देखाउन अम्बेडकरले आप्mनो सम्पूर्ण बुद्धि खर्च गरेका छन् । तर लुकाउनै नसकिने तथ्य के हो भने बुद्ध शम्पत्तिशाली वर्गका अनुकूल थिए, माक्र्स तिनको पूर्ण विरोधी । बुद्धका दृष्टिमा समृद्धि र गरिबी प्रकाश र अन्धकार जस्तै नैसर्गिक घटना हुन् भने माक्र्सका दृष्टिमा श्रमको शोषणबाट उत्पन्न अन्तर्विरोध हुन् । बुद्धका समग्र कुराको सार यथास्थितिमा केही सुधार हो भने माक्र्सको क्रान्ति हो । दलितहरूको उत्थानलाई आप्mनो उद्देश्य मान्ने बुद्धिजीवीले श्रमजीवी वर्गको मुक्तिको व्याख्या गर्ने सिद्धान्तमाथि निरर्थक घृणा व्यक्त गर्नु आश्चर्यजनक लाग्दछ । दलितका सम्बन्धमा अम्बेडकरले दिएका सुझाउहरू पनि तर्कस¨त किन छैनन् भने उनले दलितहरूलाई श्रमजीवी वर्गका रूपमा हेर्नै सकेका छैनन् । धार्मिक रूपान्तरण दलित समस्याको समाधान होइन, यसले पनि धार्मिक रूढिवादितामा नै अलमल्याउ“छ । सामाजिक सम्बन्धको परिप्रेक्ष्यमा बौद्धधर्म अरू धर्मजस्तै हो । यसले पनि ‘श्रमको शोषण’कै पक्षपोषण गर्दछ । प्रकृति र समाजका सम्बन्धमा यसले तार्किक दृष्टिकोण प्रदान गर्दैन । अम्बेडकरले कट्टरपन्थीले भन्दा पनि बढी धार्मिक आस्थाको बचाउ गरेका छन् ।
बौद्धधर्मको उनको व्याख्यामा पनि अन्धविश्वासको भरमार छ । उनको १९१६ को निबन्ध भारतमा जातिप्रथादेखि १९५६ को निबन्ध बुद्ध वा कार्ल माक्र्ससम्म न कुनै तथ्यान्वेषण छ, न तर्कयुक्तता छ न त छ सत्यनिष्ठता । तिनमा पाठकले अनेकौं अस¨ति फेला पार्दछन् (रङ्गनायकम्मा ः२००८ः ४६५) । आरक्षण पनि दलित समस्याको सही समाधान होइन । तत्काल सुविधा दिए तापनि यसले जातिव्यवस्थालाई स्थायी बनाउने काम गर्दछ, आवश्यकता जातिव्यवस्थाको अन्त हो त्यसलाई चिरस्थायी बनाउने होइन । यसका लागि वर्गसङ्घर्ष अनिवार्य हुन्छ, माक्र्सवादको अनुसरण आवश्यक हुन्छ ।
जुन दार्शनिक धरातलले दलितहरूलाई दलित बनाउने काम गरेको छ, अप्रत्यक्ष रूपमा त्यही धरातललाई समर्थन गर्ने चिन्तन पनि कतिपय साहित्यकारमा यदा कदा प्रकट भएको देखिन्छ । स्वर्ग–नर्कसम्बन्धी अवधारणा र अलौकिक शक्तिमाथि आस्था जनाउने साहित्यको सृजना दलितमुक्तिकै लागि सक्रिय रहेका व्यक्तिहरूले समेत गरिरहेको भेटिन्छ । अलौकिक शक्तिप्रतिको भक्तिभावले दलित मुक्ति आन्दोलनलाई गलत दिशामा लैजान्छ । यस सम्बन्धमा हामीले इतिहासतिर पनि फर्केर हेर्नु उचित हुनेछ । नेपाली साहित्यका सन्त ज्ञानदिलदास, योगमाया आदि जातिवादविरोधी कतिपय साहित्यकारहरू एकातिर वर्णव्यवस्थाका विरुद्ध उभिएका र सामाजिक परिवर्तनका निम्ति सङ्घर्षरत देखिएका छन् भने अर्कातिर उनीहरू वर्ण व्यवस्थालाई तीक्ष्ण बनाउने आध्यात्मिक दलदलमा फ“सेर त्यही सामन्ती व्यवस्थामा हराउने गरेका छन् । निश्चय नै, उनीहरूको साहित्यले सामाजिक स्तरमा गहन प्रेरणा उत्पन्न गरेको छ, नेपाली साहित्यमा विरोधको स्वरलाई तीक्ष्ण बनाएको छ र आज पनि त्यो दलित चेतनाको प्रेरणास्रोत बनेको छ । तर उनीहरूको साहित्यमा व्यक्त रहस्यवाद, भक्तिवाद, निर्गुणवाद आदिले जसका विरुद्ध दलित साहित्य खडा भएको हो त्यही परम्परासित उनीहरूलाई गा“स्तछ । आजका दलित साहित्यकारहरू यस्तो अन्तर्विरोधबाट सर्वथा मुक्त हुनु आवश्यक छ ।
यसैगरी अर्को प्रस्ट हुनुपर्ने विषय छ– राज्यसत्तास“गको दलितको सम्बन्ध । दलितहरूको समानताको कुरा गर्ने, जातीय समानताको कुरा गर्ने, तर वर्गीय समस्याका कारण उत्पन्न समस्या हो यो भन्ने ज्ञानको अभावमा वा जानीबुझी सत्तामा बसेकाहरूले जे जे गर्न आदेश दिन्छन् त्यही गर्ने परिपाटी पनि कतिपय दलितहरूमा देखा पर्ने गरेको छ । यस खालको प्रवृत्तिले पनि दलित आन्दोलनलाई ठीक दिशा पक्रन दिंदैन । हिरालाल विश्वकर्मा लगायतका मानिसहरूले दलित आन्दोलनलाई यसरी नै क्षति पु¥याएको उदाहरण धेरैलाई अवगत भएको विषय हो । अहिले पनि यथास्थितिको पक्षपोषणमा लागिपरेका त्यस्ता मान्छेहरू नभएका होइनन् । त्यस्तो प्रवृत्तिबाट जोगिन सकिएन भने दलित आन्दोलनलाई सही रूपबाट अगाडि बढाउन सकिन्न ।
यस अतिरिक्त दलितहरूको दयनीय यथार्थको चित्रणसम्म गर्ने तर उनीहरू त्यसबाट कसरी मुक्त हुन सक्छन् भन्ने प्रश्नमा चाहि“ मौन रहने स्थिति पनि कतिपय रचनामा देखिन्छ । दलितको यथार्थलाई बुझाउन सहयोग पु¥याए तापनि समाधान खोज्नमा भने यस किसिमका रचनाले खासै सहयोग पु¥याउन सक्तैनन् भन्ने हेक्का रचनाकारहरूमा रहेको पाइन्न । यस परिप्रेक्ष्यलाई ख्याल राख्तै दलित साहित्यका विशेषता र दलित सौन्दर्यशास्त्रका सम्बन्धमा वैचारिक रूपले प्रस्ट हुनु आवश्यक देखिन्छ ।
दलित साहित्यमा हुनुपर्ने विशेषता
दलित साहित्यको शब्दसौन्दर्य प्रहारमा हुन्छ, सम्मोहनमा होइन । दलित साहित्यले समाज र साहित्यमा सदियौंदेखि चलिआएका सडे गलेका परम्पराहरूमाथि कठोरतापूर्वक प्रहार गर्दछ । यसले शोषण र अत्याचारका बीच हताश जीवन बा“च्ने दलितहरूलाई लड्न सिकाउ“छ, आफ्नो शारीरिक क्षमताभन्दा पनि गह्रुङ्गा भारी बोक्न बाध्य मजदुर महिलालाई आफ्ना अधिकारहरूका बारेमा सजग गराउ“छ । उसलाई धर्मको माखेसाङ्लोबाट निकालेर शोषणबाट मुक्तिको बाटो देखाउ“छ । यसका निम्ति जुन शाब्दिक प्रहार क्षमताको आवश्यकता हुन्छ, त्यो यसमा छ र यही नै दलित साहित्यको शिल्पसौन्दर्य हो भन्ने धारणा भारतीय लेखक डा. एन. सिंहले अघि सारेका छन् (बाल्मीकि ः २००५ ः ४८) । कवि एवम् समालोचक ओमप्रकाश बाल्मीकिले दलितहरूको स्वीकृत जीवनमूल्य अर्थगाम्भीर्य हो र यसमा नै दलित साहित्यको सौन्दर्यशास्त्र अडेको छ भन्ने चिन्तन अघि सारेका छन् । यस विचारलाई विस्तारित गर्ने क्रममा उनले दलित साहित्यका जीवन मूल्यहरू किटान गर्दै दलित सौन्दर्यशास्त्रका बारेमा केही प्रकाश पार्ने काम समेत गरेका छन् । उनका दृष्टिमा समता, स्वतन्त्रता, बन्धुता, न्यायको जीवनअनुभव, अनुभवजन्य आशय तथा त्यस आशयको अर्थपूर्ण अभिव्यक्ति, संस्कृति र धर्मको नाममा वास्तविकतालाई छोपेर राखेका ढोंगहरूको अस्वीकृति, कल्पनाजन्य प्रतिमानहरूको निषेध, नित्य परिवर्तनीयताको आधारमा जीवन मूल्यहरूको मूल्याड्ढन, बन्धनमुक्त अभिव्यक्ति र अनुभवको सा“चोपन, जस्तो देखेको भोगेको हो त्यस्तै चित्रण, शाब्दिक आडम्बर निर्माणमा असमर्थता दलित साहित्यका जीवनमूल्य हुन् । उनको विचारमा दलित साहित्य ‘आशय’लाई महŒव दिन्छ । अभिव्यक्ति र शिल्प दोस्रो स्थानमा आउ“छ ।
जीवनानुभवहरूको प्रामाणिकताले ‘आशय’लाई अर्थगम्भीर बनाउ“छ । त्यसैले दलित साहित्यको सौन्दर्यशास्त्रको स्वरूप पारम्परिक सौन्दर्यशास्त्रभन्दा भिन्न छ (बाल्मीकि ः२००५ ः ५०–५१) । यस अतिरिक्त प्रतिबद्धतालाई पनि समालोचकहरूले दलित साहित्यको सौन्दर्यविधान मानेका छन् । दलित साहित्य लेखन दलित अस्मिताको खोजी हो, वर्ण व्यवस्थाबाट उत्पन्न अमानवीय त्रासदीबाट मुक्तिको छटपटी नै दलित साहित्यको मूल स्वर हो । जातिविहीन, वर्गविहीन, समाजको संरचना नै यसको मूल प्रतिपाद्य विषय हो ( बाल्मीकि ः२००५ ः ५४) । डा. सी.बी. भारतीले दलित साहित्यको सौन्दर्य दृष्टिमाथि प्रकाश पार्दै थप के भनेका छन् भने यसमा उत्पीडन, पीडा र त्यसको विस्तारको निरपेक्ष आकलन, धार्मिक पाखण्ड र निहित स्वार्थवश निर्मित शोषणका उपादानहरूप्रति घृणा, एक सजग मानवीय अस्मिता, समत्वबोध, सामाजिक अन्यायप्रति प्रतिकारको दृढता, सामाजिक परिवर्तनप्रति दरिलो आस्था र परम्परागत व्यवस्थाहरूको विच्छेदनको सफलतामा विश्वास हुन्छ ।’ उनी यसलाई विस्तार गर्दै भन्दछन् ः दलित साहित्यको सौन्दर्यमा काल्पनिक रोमान्टिक रड्ड–रोगन होइन, घटनाहरूको खस्रोपन यथार्थ रूपमा प्रस्फुटित हुनुपर्छ । दलित जीवनको यथार्थ र आक्रोशजनित अभिव्यक्तिलाई नै खस्रोपन भनेर उनले इङ्गित गरेका हुन् । दलितहरूको दिनदिनैको अन्तहीन यातनामय जीवनयथार्थको अभिव्यक्ति रससिक्त कोमल पदावलीमा सम्भव नै छैन । दलित साहित्यले वर्णव्यवस्थाको सामाजिक, सांस्कृतिक एवम् राजनीतिक वर्चस्वका विरुद्ध प्रतिरोधको आफ्नै नया“ मोर्चा निर्मित गर्दछ । सयौं सयौं वर्षको यातना आक्रोश, क्रोध र विद्रोहका रूपमा साहित्यमा प्रस्फुटन हुन्छ ।
शताब्दियौंदेखि दबाइएको आक्रोश शब्दको आगो बनेर प्रस्फुटन हुन्छ । त्यतिखेर भाषा र कलाका मानदण्डहरू त्यसलाई सीमाबद्ध गर्न असमर्थ हुन्छन् । भाषाको आक्रामता र आक्रोशको अतिरेक दलित साहित्यको शक्ति मानिन्छ । एकातिर दलित रचनाकारले वर्णव्यवस्थाको विरोधमा आफ्नो सङ्घर्ष तीव्रतासित अभिव्यक्त गर्दै सामाजिक रूपान्तरणको प्रक्रियालाई सुदृढ बनाउने प्रयास गर्दछ भने अर्कातिर सामाजिक रूढिहरूप्रति विद्रोहका लागि उत्प्रेरित गर्दछ । राजनीतिक व्यवस्थाप्रति रोष दलित रचनाको विशेषताभित्र पर्दछ । यसका अतिरिक्त संवेदना, मानवीयता र धैर्य न्यायको उत्कट लालसा, सामाजिक सम्मान र समानताको तीव्र चाहना पनि यसको विशेषता हो । यसमा अविश्वशनीय, काल्पनिक चित्र, प्रतीक, बिम्ब र मिथक हु“दैन । दिन प्रतिदिनका जटिल जीवनबाट उत्पन्न, नैसर्गिक, जीवन लयबाट अभिव्यक्त सरल साधनहरू हुन्छन् । दलित रचनाकार लुकाएर वा घुमाई फिराई कुरो गर्ने पक्षमा हु“दैन । उसका लागि कल्पना र भ्रमहरूमा आधारित पद्धति र त्यसका मापदण्ड त्याज्य हुन्छन् । अन्तर्सम्बन्धहरू र परिवेशको वस्तुपरक व्याख्या दलित साहित्यमा आरोपित गरिंदैन, यो सहज र स्वाभाविक हुन्छ । सिधा र सरल रूपबाट आफ्ना भनाइहरूलाई प्रस्तुत गर्नु यसको विशेषता हो ।
दलितसाहित्यको मूल स्वर भनेकै हिन्दू वर्णव्यवस्थाबाट पीडित समुदायको आन्तरिक यथार्थ र वेदना हो । शताब्दीदेखिको अन्याय, अत्याचार र शोषणको इतिहासबाट मुक्तिको चाहना यसमा अन्तर्निहित छ । दलितको व्यथा, दुःख, पीडा र शोषणको बखान गर्नुलाई मात्र दलितचेतना ठान्ने गल्ती भने गर्नु हु“दैन । मौलिक चेतनाहीन दलित पीडाको भावुक र रोदनजन्य वर्णन दलित चेतना होइन । चेतनाको प्रत्यक्ष सम्बन्ध दृष्टिकोणस“ग हुन्छ । शोषणबाट मनुष्यको मुक्तिको दृष्टिकोण यसले लिएको हुन्छ । सामाजिक व्यवस्था र विषमताका विरुद्ध आन्दोलन खडा गरेर एउटा नया“ शोषणमुक्त समाजको निर्माण गर्नु नै दलित साहित्यको प्रमुख उद्देश्य हो । मनुष्यको मुक्तिलाई स्वीकार गर्ने, मनुष्यलाई महान् मान्ने, वंश, वर्ण र जाति श्रेष्ठत्वलाई पूर्णतया विरोध गर्ने साहित्य नै दलित साहित्य हो । यसले दलितहरूलाई परम्परागत सांस्कृतिक, ऐतिहासिक, सामाजिक भूमिकाको रहस्यबाट मुक्त गर्दछ । दलित समुदाय सयौं वर्षदेखिको दासता, शोषण, दमन, उत्पीडनका कारण हीन भावनाबाट ग्रस्त रह“दै आएको छ । यो हीनभावनाबाट मुक्त पारेर मनुष्यका रूपमा उसको पहिचान र स्वाभिमानलाई स्थापित गर्नु दलित साहित्यको प्रमुख उद्देश्य हो । अलिगढ मुस्लिम विश्वविद्यालयका सिनियर लेक्चरर, साहित्यकार निरंजन कुमारले दलित साहित्यको सौन्दर्यशास्त्रका तŒव भनेर यसका केही विशेषतालाई सूत्रबद्ध रूपमा प्रस्तुत गरेका छन् । उनले १. समानता, स्वतन्त्रता, बन्धुत्व र न्याय, २. यातना, वेदना र छटपटी, ३. नकार, विद्रोह र प्रतिरोध, ४. अनुभूतिको प्रामाणिकता, ५.अनगढता, ६. सोझो प्रस्तुति र ७. आक्रोश र प्रहार जस्ता विषयलाई दलित साहित्यका सौन्दर्यशास्त्रका तŒव मानेका छन् (आलोचना ः अप्रैल–जून २००५) ।
उनको भनाइमा समानता, स्वतन्त्रता, बन्धुत्व र न्याय जस्ता जीवनमूल्यहरू दलित साहित्यको सौन्दर्य तŒवका केन्द्र, दलित साहित्यको शक्ति र सौन्दर्य हुन् । परम्परागत सौन्दर्यशास्त्रमा आनन्दलाई मुख्य तŒव मानिएजस्तै दलित साहित्यमा प्रमुख स्थान यातना र वेदनाले लिएको हुन्छ । तर यो वेदनाको स्वरूप सामाजिक हुन्छ, सम्पूर्ण बहिष्कृत समाजको वेदनाको रूप यसले लिएको हुन्छ । शताब्दियौंदेखि शोषण, दमन र अन्यायले पिसिंदै आएका दलितहरूको यातना र वेदनाको साहित्य पढेपछि छटपटीको अनुभव हुन्छ र त्यसले सोच्न र केही गर्न प्रेरित पनि गर्दछ । दलित साहित्यमा जुन रचनाले अधिकतम दलित चेतनालाई जागृत गर्दछ, त्यही नै उत्कृष्ट साहित्य मानिन्छ । दलित साहित्य नकार, विद्रोह र प्रतिरोधको साहित्य हो । तर दलित साहित्यमा यो नकार, विद्रोह र प्रतिरोध नकारात्मक हु“दैन, किनभने यसको मूलमा समानता, स्वतन्त्रता न्याय र मानवतामा आधारित नया“ समाज निर्माणको सङ्कल्प र स्वप्न हुन्छ । माथि नै हामीले व्याख्या गरिसकेका छौं दलित साहित्यले वर्णव्यवस्था, जातिभेद, सामन्ती सोच, ब्राह्मणवादी दृष्टिकोण र सामाजिक–आर्थिक विषमताको प्रतिरोध र निषेध गर्दछ । यसले भाग्य र भगवान, हिन्दूधर्मशास्त्र र संस्कृति, त्यसबाट ग्रहण गरिएका मिथक, प्रतीक र विचारहरू सबैको निषेध गर्दछ । यसले तिनै व्यवस्था, विश्वास र मान्यताको प्रतिरोध गर्दछ, जुन मानवीय छैनन् र समाज एवम् जीवनका लागि अशुभ छन् । वस्तुगत यथार्थ र आफ्नै निजी अनुभूति समेटिएको कारणले अनुभूतिको प्रामाणिकता दलित साहित्यको अति प्रबल र आकर्षक वैशिष्ट्य मानिन्छ । तर यो अनुभूति वैयक्तिक नभएर सामूहिक र सामुदायिक पनि हुन्छ । अनगढता दलित साहित्यको एउटा विशेषता किन मान्ने गरिएको छ भने सयौं सयौं वर्षदेखि बोलचाल, शिक्षा र साहित्यबाट बहिष्कृत गरिएकाहरूको अभिव्यक्तिमा कलात्मकताको माग गर्नु इमानदारी होइन । दलित साहित्यले माग गरेको स्वतन्त्रता, समानता, मुक्तिको आकाङ्क्षा, मानवताको प्रतिष्ठालाई यसले सहयोग पुर्याएको छ कि छैन हेर्ने त्यत्ति मात्र हो । दलित साहित्यको उद्देश्य अशिक्षित, अर्धशिक्षित वा नव साक्षर दलित समुदायलाई सङ्घर्षका निम्ति जागृत गराउनु हो । त्यसैले सरल, स्पष्ट र संप्रेषणीय भाषाको उपयोग साहित्यकारले गर्दछ । यही कारण सम्प्रेषणीयता र सोझो प्रस्तुति दलित साहित्यको एउटा विशेषता मानिन्छ ।
दलित साहित्य आफ्नै सामाजिक परिवेशको साहित्य हो । दलित व्यक्ति वा समुदायले भोग्नुपरेको सामाजिक–सांस्कृतिक परिस्थिति, यातना एवम् सङ्घर्ष यो सबै दलित साहित्यमा तीक्ष्णताका साथ प्रतिबिम्बन हुने गर्दछ । दलित साहित्यका यी सबै आफ्नै विशिष्टता र पहिचान हु“दाहु“दै पनि तिनको प्रस्तुतिमा साहित्यका लागि आवश्यक पर्ने बान्की भने चाहिन्छ नै । हाम्रो दलित विषयक साहित्यमा यसको अभाव विशेष रूपले नै खट्किने गरेको छ । माथि उल्लेख गरिएका विशेषतालाई आत्मसात् गरेर लेखिएका रचना त हाम्रो साहित्यमा विरलै मात्र पाइन्छ ।
source:- majdooronline

जातीय भेदभाव तथा छुवाछुत विरुद्धको नेपाली कानून-–रमेश रसाईलि

हाम्रो समाजमा विभिन्न खालका उत्पीडन, शोषण, दमन, विभेद र अन्याय अत्याचारका स्वरुपहरु रहेका छन् । ती विविध खालका स्वरुप मध्ये जातजाति, वंश, समुदाय र पेशाका आधारमा गरिंदै आएको शोषण, दमन, अन्याय, अत्याचार, मानव जीवन र समाज भित्र रहेका देखा पर्ने सबै उत्पीडन भन्दा गम्भीर, जटिल र कष्टकर रहेको हामी देख्न सक्छौं । त्यस्तो उत्पीडन नेपाली समाजमा लामो कालखण्डदेखि वर्ण व्यवस्था तथा ब्रह्माणवादी सोच, चिन्तनले सिर्जना गरेका कथित सुद्र वा दलित जातिहरुले भोग्दै आएका छन् । जातजाति, वंश, समुदायमा आधारित भएर विभिन्न पेशा, व्यवसाय, गर्नुपर्ने र त्यस्तो पेशा, व्यवसायमा वा श्रमका आधारमा समाज उच, निच जातिका रुपमा परिभाषित गरिएको पाइन्छ । कथित उपल्लो र तल्लो जातिजाती बीचको विभेद, उत्पीडन, अन्याय, अत्याचार एवं दमन नै हाम्रो समाजमा सबैभन्दा कष्ठकर, मानव विरोधी घृणित र जघन्य प्रकृतिको छ । यसलाई हामी जातीय भेदभाव तथा छुवाछुतयुक्त प्रथा, परम्परा र संस्कारका रुपमा बुझ्न सक्छौं । हिन्दू धर्मसंस्कार र संस्कृतिसँग जोडिएको जाति, प्रथाले सिर्जना गरेको जातीय भेदभाव तथा एकै धर्मसंस्कृति र संस्कार भित्र रहेका मानव समूह र समुदायबीच गरिने छुवाछुत वा एकले अर्कोलाई छुनसम्म नहुने व्यवहारले समाजमा उचता र निचताको स्थिति विकास भएको छ । कुनै खास जातिले कुनै खास प्रकृतिको पेशा, व्यवसाय, कामना, जिम्मेवारी वहन गर्नुपर्ने हाम्रो पुरानो संस्कार वा कारण जातीय भेदभाव बढेको तथा जाती, वंश, समुदाय वा पेशाका आधारमा एकले अर्कोलाई छुवाछुत, हेला होचो, तिरस्कार, अपमान घृणा गरेको पाइन्छ । मानवले मानवलाई गर्ने यस्तै विकृतियुक्त कलंकित संस्कार मानव विरोधी अपराध भएको कारणले यसको अन्त्यका लागि समय समयमा अभियान, आन्दोलन हुँदै आएको कारण विभिन्न समयमा विभिन्न नियम, कानून बनाइएको पाइन्छ ।
नेपाली समाजको विकासक्रमलाई हेर्दा राज्य र समाजलाई व्यवस्थित रुपमा संचालन गर्ने मानव, मानवबीचमा सौन्दर्यता बढाउन मानव कल्याणका लागि विभिन्न प्रथा, परम्परा एवं संस्कारहरुबाट समाज र राज्य अगाडि बढेको पाइन्छ । सन् २०१० साल पूर्व विभिन्न प्रथा, परम्परा, संस्कारबाट निर्देशित हुँदै आएको राज्य व्यवस्था समाज र मानव जीवन विक्रम सम्वत् १९१० देखि नयाँ मुलुकी ऐनको लिखित कानून बनेपछि सोही ऐन बमोजिम अगाडि बढेको छ । नेपाली इतिहासमा यो नै पहिलो र लिखित कानून भएको देख्न, बुझ्न सकिन्छ ।
विगतमा चलेका प्रचलन, प्रथा, परम्परालाई संस्लेषण गर्दै तिनै मूल्य मान्यतालाई लिखित गरी कानूनी मान्यता प्रदान गरेको कारण विगतमा जे जस्ता विभेद र भेदभाव थिए, ती सबैलाई यो ऐनले लिखित रुपमा कानूनी मान्यता प्रदान ग¥यो । जसका कारण समाजमा झनै विभेद, छुवाछुत तथा जातजाति, वंश, समुदाय र पेशाका आधारमा समाजमा रहेको भेदभाव र उत्पीडनले वैधानिकता पायो । समष्टिमा १९१० को मुलुकी ऐनले जातजाति तथा छुवाछुत प्रथालाई वैधानिकता दिने काम ग¥यो । जसका कारण छुवाछुत तथा जातीय भेदभाव बढ्दै गयो । विभिन्न कालखण्डमा भएका आन्दोलनमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको अभियान चलेपनि जातीय भेदवभा तथा छुवाछुत अन्त्य भएन । एकले अर्कोलाई सम्मान गर्ने, कसैले कसैलाई पनि दमन, शोषण र भेदभाव गर्न नपाइने कानून निर्माण हुन गाह्रो परिरहेको बेला संयुक्त राष्ट्रसंघले सबै किसिमका भेदभाव उन्मूलन गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी १९६५ जारी गरे पश्चात् त्यसको सेरोफेरो तथा प्रभावमा नेपालमा पनि जातीय भेदभाव तथा छुवाछुतमा आधारित भएर बनेको १९०० को मुलुकी ऐनमा परिवर्तन वा संशोधन गरी २०२० सालको मुलुकी ऐन आएको देखिन्छ । तर २०२० सालको मुलुकी एनले सबै किसिमका जातीय भेदभाव उन्मुलन गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीले व्यवस्था गरेको कुनै पनि भेदभाव गर्न नपाइने तथा गरेमा कानून बमोजिम दण्डित गर्नुपर्ने वा हुनुपर्ने व्यवस्था मध्ये भेदभाव गर्न नहुने वा नपाइने व्यवस्था ग¥यो । तर के–कति दण्ड संजायको भागी बन्ने भन्ने विषयमा अलिकति पनि बोल्ने व्यवस्था गरेन । जसका कारण जातीय भेदभाव गरेपनि कानूनी रुपमा दण्ड, संजायको अभावका कारण ऐनमा प्रभावकारी बन्न सकेन । जातजाति, वंश, समुदाय वा पेशाका आधारमा जसले जसलाई हेला, होचो, तिसस्कार, अपमान, भेदवभाव, छुवाछुत गरेपनि कोही संजायको भागिदार बन्नु परेन । २०४६ मा पञ्चायती व्यवस्था विरुद्धको जनआन्दोलन भयो, जून जनआन्दोलनको सफलता पश्चात् बनेको नेपाल अधिराज्यको संविधान २०४७ ले सो संविधानको भाग ३ मा मौलिक हकको व्यवस्था गरी धारा ११ को उपधारा ४ मा कुनै पनि व्यक्तिलाई जातजातिका आधारमा छुवाछुतको भेदभाव गरिने वा सार्वजनिक स्थलमा उपस्थित हुनु वा सार्वजनिक उपभोगका कुराहरुको प्रयोग गर्नबाट बञ्चित गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ भन्ने व्यवस्था गरेको पाइन्छ । यसैको अधिनमा रही २०४८ मा मुलुकी ऐनको संशोधन गरी आन्दोलनको महलमा १० (क) थप गरी कसैले कसैलाई जातजातिको आधारमा छुवाछुतको भेदभावपूर्ण व्यवहार गरेमा वा सार्वजनिक स्थलमा उपस्थित हुन वा सार्वजनिक उपभोगका कुराहरुको प्रयोग गर्नबाट बञ्चित गरेमा एक वर्षसम्म कैद वा तीन हजार रुपैंयासम्म जरिवाना अथवा दुवै संजाय हुन सक्ने व्यवस्था गरेको पाइन्छ भने २०६३ सालमा बनेको अन्तरिम संविधानले छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हकको व्यवस्था गर्दै पुरानो मुलुकी ऐनको दण्ड संजाय माथि पुनः २०६३ मा संशोधन गरी जातजाति, धर्म, वर्ण, वर्ग वा श्रमको आधारमा भेदभावपूर्ण व्यवहार बहिष्कार वा निषेध गरेमा तीन महिनादेखि तीनवर्षसम्म कैद वा एक हजार रुपैंयादेखि २५ हजार रुपैंयासम्म जरिवाना वा दुवै संयाय हुने व्यवस्था गरेको पाइन्छ ।
यसरी बेला वखतका विभिन्न आन्दोलनका सफलतासँगै जातीय भेदवभा तथा छुवाछुतजन्य कार्यलाई दण्डित गर्ने र कडा भन्दा कडा बनाउँदै लगिएतापनि सार्वजनिक स्थान, सार्वजनिक सेवा, सार्वजनिक समारोह तथा सार्वजनिक पद भन्नाले केलाई बुझ्ने र बुझाउँछ भन्ने कुरामा अन्यौल तथा अस्पष्टता भएको पाइन्छ भने जातीय भेदभाव तथा छुवाछुत भन्नाले के बुझ्ने तथा कस्तो प्रकृतिबाट जातीय भेदवभा तथा छुवाछुत भएको मान्ने भन्ने कुराको व्याख्या एवं व्यवस्था कहिं कतै कुनै ऐन, कानूनमा नभएका कारण जटिलता फुकाउँदै जातीय भेदवभा तथा छुवाछुतको विषयलाई विस्तृत रुपमा परिभाषित गर्दै २०६८ जेष्ठ १८ गतेबाट भेदभाव तथा छुवाछुत (कसुर र संजाय) ऐन २०६८ आएको देखिन्छ ।
 जातीय भेदभाव तथा छुवाछुत (कसुर र संजाय) ऐन २०६८ :
जातीय भेदवभाव तथा छुवाछुत (कसुर र संजाय) ऐन २०६८ हाम्रो समाजमा रहेको सबै प्रकारको जातीय विभेद तथा छुवाछुतलाई अन्त्य गर्ने हालसम्म बनेको सबै कानूनका तुलनामा व्यवस्थित कानूनको रुपमा मान्न सकिन्छ । यसले आफ्नो प्रस्तावनामा प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा समानता ल्याउन सामाजिक प्रथा, परम्परा, धर्मसंस्कृति, रितिरिवाज वा अन्य कुनै नाममा जातजाति, समुदाय वा वंशका आधारमा भेदवभाव वा छुवाछुत नहुने व्यवस्थाको सिर्जना गरी प्रत्येक व्यक्तिको समानता, स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको व्यवस्था गर्दै जुनकुनै ठाउँमा हुने छुवाछुत वा भेदभावजन्य कार्यलाई दण्डनीय बनाई सबैका बीचमा सुसम्बन्ध कायम गर्ने तथा समतामूलक समाजको निर्माण गर्ने उद्घोष गरेको पाइन्छ । यस ऐनको दफा २ मा सार्वजनिक स्थान, सार्वजनिक सेवा, वा पद भन्नाले केलाई र कसलाई भन्ने वा बुझ्ने भन्ने सम्बन्धमा पनि प्रष्ट व्यवस्था गरेको पाइन्छ भने दफा ४ को उपदफा २ मा कसैले कुनै पनि व्यक्तिलाई सामाजिक प्रथा, परम्परा, धर्म, संस्कृति, रितिरिवाज, जातजाति, वंश, समुदाय वा पेशाका आधारमा सार्वजनिक वा व्यक्तिको निजी स्थानमा समेत जातीय भेदभाव वा छुवाछुत गर्न नपाइने व्यवस्था गरेको छ । यस अघिको कानूनले व्यवस्था गरेको सार्वजनिक स्थानमा छुवाछुत गर्न नपाइने तथा व्यक्तिगत जीवनमा वा स्थान व्यक्तिको स्वतन्त्रतासँग जोड्दै निजी स्थानमा छुवाछुत तथा भेदभाव के गर्ने भन्नेमा मौन रहेको तथा आ–आफ्नै व्याख्या, विश्लेषण रहेकोमा त्यसालाई चिर्दै सार्वजनिक स्थानमा मात्र होइन हरेक व्यक्तिको आफ्नो निजी स्थान र निजी जीवनमा समेत कसैलाई जातजाति, वंश, समुदाय वा पेशाका आधारमा भेदभाव गर्न नपाइने र गरेमा कानून बमोजिम दण्डित हुने वा सजायको भागिदार बन्ने व्यवस्था गरेको छ । यस ऐनको सबैभन्दा महत्वपूर्ण पक्ष जातीय भेदभाव तथा छुवाछुत कसरी हुन्छ र कस्तो प्रकारको व्यवहार वा कार्या गर्नेलाई जातीय छुवाछुत वा भेदभाव भएको भन्ने सम्बन्धमा निम्न व्यवस्था गरेको पाइन्छ ।
  • जातजाति, समुदाय, वंश, पेशाका आधारमा कुनै पनि व्यक्तिलाई कुनै पनि स्थानमा प्रवेश गर्न वञ्चित गराउने वा उपस्थित हुन, भाग लिन नदिन वा रोक्ने ।
  •  सार्वजनिक समारोह, स्थानमा उपस्थित वा संलग्न भएका बेला व्यक्तिगत तथा सामुहिक रुपमा निकाल्ने जातजाति, वंश, समुदाय वा पेशाका आधारमा अस्वीकार गरी भेदभाव गर्नु वा असहिष्णु व्यवहार गर्ने ।
  •  कानूनले सार्वजनिक सेवा भनेर तोकेको स्थानबाट लिन सक्ने सेवा, सहयोग गर्नबाट रोक्ने, सार्वजनिक समारोह, आयोजना गर्न वा सार्वजनिक रुपमा आयोजना हुने कुनै कार्य गर्नबाट बञ्चित गर्ने ।
  •  पेशाका आधारमा कुनै पेशा, व्यवसाय गर्न नदिने वा गर्न बाध्य पार्ने, धार्मिक कार्य गर्न नदिने वा भइरहेको धार्मिक कार्यमा सरिक हुन बञ्चित गर्ने ।
  •  जातजाति, वंश, समुदाय वा पेशाका आधारमा कुनै वस्तुको उत्पादन गर्न, एवं विक्री वितरण कार्यमा रोक्ने तथा सेवा सुविधा प्राप्त गर्ने अवसरबाट बञ्चित गर्ने । कुनै वस्तुको उत्पादन, विक्री वितरण गर्दा खास जातजातिलाई मात्र लक्षित गरी विक्री वितरण गर्ने र सेवा सुविधा पनि खास जातजातिमा केन्द्रित गर्ने, गराउने ।
  • कसैले जातजातिका आधारमा परिवारका कुनै पनि सदस्यलाई वहिष्कार गर्ने, घर भित्र पस्न नदिने, घर गाउँबाट निकाल्ने वा निष्काशन गर्न बाध्य पार्ने । कानून बमोजिम उमेर (२० वर्ष )पुगेको वर वधुबाट मञ्जुर भएको अन्तरजातीय विवाह गर्नबाट रोक्ने, अन्तरजातीय विवाह भइसकेको भए विच्छेद गराउने वा त्यस्तो जोडिबाट जन्मेका सन्तानको न्वरान नगराउने कार्य गरेमा ।
  •  श्रव्यदृष्य सामग्री, लेख रचना, चित्र, कार्टुन, पोष्टर, पुस्तकमा कुनै तरिकाले उच, निच दर्शाउने, समाजमा चलेको विभेद ठीक हो भनी पुष्टी गर्ने, जातीय उचनिचको अभिव्यक्ति दिने, जातजातिलाई अपमानित गर्ने गरी अपशब्द प्रयोग गर्ने, हाउभाउ, इशारा वा संकेतद्वारा विभेदजन्य कार्य गर्ने ।
  •  जातजाति, वंश, समुदाय वा पेशाका आधारमा कुनै पनि व्यक्तिलाई कुनै प्रकारको काममा लगाउन इन्कार गर्ने । कामबाट निकाल्ने वा पारिश्रमिकमा भेदभाव गर्ने जस्ता तमान् क्रियाकलापमा जातीय भेदभाव तथा छुवाछुत भएको ठहर्नेछ भन्ने व्यवस्था भएको छ ।
माथि उल्लेखित सबै प्रकारका भेदवभावजन्य कार्य भएमा भए गरेका मितिले तीन महिना भित्र उजुरी गरिसक्नुपर्ने, उजुरी गर्दा सबैभन्दा पहिला नजिकको प्रहरी कार्यालयमा दर्ता गराउने, नजिकको प्रहरी कार्यालयले उजुरी दर्ता गर्न नमानेमा राष्ट्रिय दलित आयोग वा स्थानीय निकाय (गा.वि.स., न.पा., उ.म.न.पा., म.न.पा., जि.वि.स.) मा दर्ता गर्न गराउने र राष्ट्रिय दलित आयोग वा स्थानीय निकायमा उजुरी परेमा उक्त उजुरी सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा कारवाही प्रक्रियामा अगाडि बढाउन लेखी पठाउने र सो प्राप्त भएपछि प्रहरी कार्यालयले आवश्यक जाँचबुझ गरी कानून बमोजिम कारवाही अगाडि बढाउनुपर्ने व्यवस्था गरेको पाइन्छ ।
समस्या तथा नेपाली कानूनको क्षेत्राधिकार नेपाल भूमिभित्रनै हुन्छ । तर यस ऐनले नेपाली नागरिकबाट विदेशी भूमिमा गई बसोबास गरेका बखत यस ऐनमा लेखिएका कुनै पनि किसिमका जातीय भेदवाव तथा छुवाछुत जन्य काम गरेमा जुुुनजुन जिल्लाका व्यत्तिहरुवीच भेदवावपूर्ण व्यवहार भएको हो । तिनै जिल्लामा आइ उजुर गरेमा लाग्ने तथा कारवाही प्रक्रिया अगाडि बढ्न सक्ने समेत व्यवस्था गरेको पाइन्छ । जातिय भेदभाव तथा छुवाछुतको घटनाको प्रकृति अवस्था र गम्भिरतालाई हेरी १ महिनादेखी ३ वर्षसम्म कैद वा ५०० देखी २५०००।–सम्म जरीवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको पाइन्छ । जातिय भेदभाव तथा छुवाछुतको घटनामा सघाउ पु¥याउने उक्साउने वा सहयोग गर्ने मतियार मुख्य कसुरदार हुने तथा सजायको आधा सजाय हुने एवं सार्वजनिक पदधारणा गरेको व्यक्तिले अपराध वा कसुर गरेमा ऐनले तोकिएको सजायमा ५० प्रतिशत थपगरी सजाय हुने व्यवस्था गरेको पाइन्छ । अर्थात सामान्य नागरिकलाई ३ वर्ष कैद तथा २५०००।–जरिवाना सार्वजनिक पदधारणा गरेका व्यक्तिलाई ४ वर्ष ६ महिना कैद तथा ३७५००।– जरिवाना हुनसक्ने व्यवस्था गरेको पाइन्छ । यसरी दण्डसजायको व्यवथा गर्दा सामान्य नागरिकको तुलनामा सार्वजनिक पदओहदा वा जिम्मेवारी समालेका व्यक्तिबढी सजक सर्तक कानूनको पालनामा बढी जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । यसले समाज परिर्वतनको भूमिका जिम्मेवारी र नेतृत्व सार्वजनिक सरोकारसगँ जोडिएर जिवन व्यत्तितगर्ने व्यक्तिहरुले नै परिर्वतनलाई जोडदिने तथा गलत सस्कार र चलनलाई त्याग्नसबैलाई प्रेरित गर्नुपर्छ । तर हाम्रो समाजमा जानेबुझका र समाजमा जिम्मेवारी वहन गरेका व्यक्तिहरुबाटै घुमाउरो बाटोबाट भेदभाव र छुवाछुतलाई संरक्षण र संवर्धन गरेको पाइन्छ ।
यस ऐनको महन्वपूर्ण अर्को पक्ष पिडीत व्यक्तिलाई पिडकबाट जातिय भेदभाव तथा छुवाछुतको घटनाको गम्भीरतालाई हेरी २५०००।– देखी १ लाख रुपैयासम्म क्षतिपूती भराईदिने गरी अदालतले आदेश गर्न सक्ने र त्यस्तो रकम पिडीतले पाउने व्यस्वथा भएको साथै जातिय भेदभाव तथा छुवाछुतको घटनाका क्रममा पिडीतलाई कुनै हानी नोक्सानी पुगेको भए सो प्रकृतिका आधारमा उपचार खर्च वापत हानी नोक्सानीको मनासीव रकम क्षतिपुर्तीका अलवाा कसुरदार बाट पिडीतले भराइ पाउने समेत व्यावस्था गरेको पाइन्छ ।
कानुनको सामान्य प्रयोगमा एउटै घटनमा एकभन्दा बढि कसुर लगाउन पाइदैन भन्ने हुन्न तर जातीय भेदभाव तथा छुवाछुतको घटनामा घटनाको प्रकृति हेरी यस ऐन र अन्य प्रचलित ऐनले समेत कसुर मानिने कार्य भएमा यस ऐन र अन्य ऐन कानुन बमोजिम समेत कारवाही गर्न सकिने व्यावस्था गरेका पाइन्छ । उदाहरणका लागि (क) भन्ने व्यक्तिले (ख) भन्ने व्यक्तिको घर पसलमा गै सामान किन्न लाग्दा –ख) ले –क) लाई मेरो पसलका सामान त सानो जातले किन्न छोइस भनी अपशब्द बोल्न गाली गलौज गरी आपैm वा अर्काको सहयोग समेत लिइ (क )लाई हातपात कुट पिट समेत गरी घाइते बनाएमा निज –ख लाइ जातजातीका आधारमा अपहेलना भदेभाव वा तिरस्कार गरेको कसुरमा यसऐन बमोजिम र कुटपिट समेत गरेका कारण मुलुकी ऐनको कुटपिटको महल बमोजिम समेत कारवाही गर्न सकिने व्यावस्था गरेको देखिन्छ । जातीय भेदभाव तथा छुवाछुतको मुद्दामा सरकार वादी हुने जातिय भेदभाव तथा छुवाछुतको कसुर कसैले गरेमा वा गर्न लागेको थाहा पाएमा थाहा पाउने देख्ने वा पिडीत जो कोहीले पनि उजुरी गर्न सक्ने व्यावस्था गरेको छ । यसरी जातीय भदेभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ ले समाजमा हुने घट्ने र देखिने सबै प्रकारका छुवाछुत, भेदभावका घटनालाई कानुनी दायरामा ल्याउने दण्ड सजाय द्धारा विभेदका घटनालाई कम गर्ने पिडीतलाई क्षतिपुर्ति दिलाउने तथा समाजमा जातिय विभेद तथा वेमेलका कारण हुन सक्ने घटनाहरुलाई कम गर्दै सबै बीचमा मानवीय मर्यादा र सामाजिक सम्मान प्राप्त गर्ने जनाउने कुरामा जोड दिएको छ ।
जातजाती बंश समुदाय वा पेशाका आधारमा गरिने भेदभाव वा छुवाछुत हाम्रो समाजमा लामो समय देखि वंशाणुगत रुपमा चलिरहेको छ । मानव जिवन सभ्य र व्यवस्थित वन्दै गैरहेको छ भने विज्ञान र प्रविधिले मानव जिवनलाई नया उचाई थपिरहेको वेला हाम्रो समाजमा धर्म, रितिरिवाज, जातजाती, परम्परा वंश, समुदाय वा पेशाका आधारमा आफ्नै छिमेकी, आफु जस्तेै मानव समाज विकास तथा मानवीय जिवनमा सहयात्रा संगै दाजुभाईहरु विच कुनै समयमा कामका आधारमा जात वनाइएको र सो जात विशेषलाई दमन गर्न राज्यको कुनै निकाय वा पक्षमा अधिकार खोज्न शिर उठाउन नसकोस भनि आफ्नो शासन सत्ता टिकाउन वनाइएको संस्कार परम्परा भेदभाव तथा छुवाछुतलाई अन्त्य गर्नु सवै सचेत नागरिकको महत्वपूर्ण भूमिका रहन्छ । कानून निर्माण गरेर मात्र पुग्दैन आफै अपराध र घटनाक्रम खोज्दै जाने विषय पनि होईन कानूनको पालना गर्नु तथा कानूनी रुपमा व्यवस्था गरिएको दण्ड सजांयको वेलामा जातिय भेदभाव तथा छुवाछुतजन्य व्यवहारलाई निरुत्साहित पार्नु नै कानूनको मूख्य उद्देश्य रहेको छ । तसर्थ विगत र वर्तमानमा वनेको विभिन्न कानूनलाई तल तल सम्म कथित दलित गैरदलित समुदायको विचमा सचेतना जागृत गर्न सकिएमा छुवाछुत भेदभावलाई अन्य गरी समतामूलक समाजको निर्माण गर्न सकिन्छ ।
 साभार: मेरो जिल्ला