Sunday, May 31, 2015

चट्याङमा परी घाइते बृद्ध विष्णु विकको मृत्यु

तनहुँ १७ जेठ २०७२,विभेद बिरुद्ध अभियान  । चट्याङमा परी तनहुँको घाँसीकुवा ५ बजारेडाँडामा एक वृद्धको मृत्यु भएको छ । शनिबार साँझ परेको चट्याङमा परी घाइते स्थानीय ५५ वर्षका विष्णु विकको उपचारका क्रममा दमौली अस्पतालमा राती मृत्यु भएको हो ।
गाउँमा परेको चट्याङबाट विकका छिमेकी चार जना पनि घाइते भएका छन् । उनीहरुको दमौली अस्पतालमा उपचार भैरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

Saturday, May 30, 2015

महिलाले लगाउँदै आएका परम्परागत गहना लोप हुदै

सल्लेरी सोलुुखुम्बु , १६ जेठ ०७२ , विभेद बिरुद्ध अभियान  ।
समयको परिवर्तनसँगै महिलाले लगाउँदै आएका परम्परागत गहना लोप हुदै गएको छ । बजारमा आएका विभिन्न खालका आधुनिक गहनाले सुनका कण्ठी, चक्की, बुलाकी, ढुङ्ग्री, माडबारी र तिलहरीलगायत परम्परागत गहना अहिले लोपोन्मुख अवस्थामा पुगेका छन् । “बिहेवारीमा होस् वा मगनी बिहे, गाउँमा पुराना गहना लगाउने महिला कमै मात्र भेटिन्छन्” नेचा बेतघारी– ६ सोलुखुम्बुका जितबहादुर विकले भन्नुभयो । 
गरगहना लगाएर पुरानो संस्कृतिमा सजिएकी जुबु– ४ सोलुखुम्बुकी मायालक्ष्छी राईका अनुसार सुनको मूल्य वृद्धि र प्रेम विवाहका कारण परम्परागत संस्कृति लोप हुँदै गएको हो । त्यस्तै हातमा लगाइने काँडेचुरा, नाकको बुलाकी र कानको माडबारी पनि परम्परागत गहना भएको पञ्चन सोलुखुम्बुकी ६९ वर्षीया मनमाया विकले भन्नुभयो – “आजभोलि बजारमा आएका विभिन्न थरिका गहनाले पुरानो गहनाको चलन नै हराएको छ, यस्तो गहना त पुरानो मान्छेले लगाउने पो हो त, अहिलेका युवतीलाई नाकमा नथी र कानमा रिङ भए पुग्छ । ” 
पुरानो चलनअनुसार मागी विवाह हँुदा केटीले आफूले लगाउने गहना भए मात्र विवाह गर्ने भनेपछि केटा पक्षले घरमा नभए पनि खेतबारी बेचेर होस् या साहुमहाजनसँग ऋण काढेर गहना बनाई विवाह गर्नुपर्ने बाध्यता थियो । सुनको उच्च मूल्य र प्रेम विवाहले नै परम्परागत गहना लोप हँुदै गएको स्थानीयवासी सोम निरौला बताउनहुन्छ । 

सिन्धुपाल्चोकको दलित बस्ती पुनर्वासका लागि हङकङबाट सहयोग

काठमाडौं, १५ जेठ २०७२ , विभेद बिरुद्ध अभियान । हङकङ नेप्लिज टेनिस सोसाइटी हङकङले नेपालका महाभूकम्पपीडितलाई सहयोग उपलब्ध गराएको छ ।
सिन्धुपाल्चोकमा २ सय परिवारलाई थाल, गिलास, कम्बल र लत्ताकपडा उपलब्ध गराइएको छ ।त्यस्तै ललितपुर लुभुका ६० र नुवाकोटका २२ परिवारलाई चामल, दाल, तेल, नुन, साबुन, झुल, कम्बललगायतका दैनिक उपभोग्य सामग्री राहतस्वरूप उपलब्ध गराइएको छ ।
संस्थाका सचिव बज्रकुमार थुलुङ राईले जानकारी दिएअनुसार सिन्धुपाल्चोकको एक दलित बस्ती पुनर्वासका लागि १ लाख रुपैयाँ प्रदान गरिएको छ ।त्यस्तै, अपाङ तथा बालबच्चालाई ह्विल चेयर र लत्ताकपडासमेत उपलब्ध गराइएको छ ।
राहत वितरण कार्य जारी रहेको संस्थाका अध्यक्ष मगेन्द्र राईले बताए । उनका अनुसार जेठ २ गतेदेखि संस्थाका प्रतिनिधि राम (होम) नेपालको प्रत्यक्ष सहभागितामा राहत सहयोग हस्तान्तरणका काम भएका हुन् ।
साभार :-esamata.com

ओखलढुंगा कटुञ्जेका ३२ घर दलित समुदायलाई अस्थायी टहरो निर्माण

ओखलढुंगा, जेठ १६ ०७२ , विभेद बिरुद्ध अभियान – राष्ट्रिय कृषक समुुह महासंघ नेपाल ओखलढुंगाले कटुञ्जेका दलित वस्तीका भूकम्प पीडितहरुलाई राहत वितरण गरेको छ । केयर नेपालको आर्थिक सहयोगमा स्थानीय ३२ घर दलित समुदायलाई अस्थायी टहरो निर्माणका लागि  आर्थिक सहयोग गरेएको हो ।
गाविसका अति कमजोर आर्थिक अवस्थाका दलित परिवार छनौट गरेर ४ हजार ४ सय रुपैंयाका दरले १ लाख १ हजार २ सय राहत वितरण गरिएको गाउँ महासंघ कटुञ्जेका अध्यक्ष सुशील कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार महासंघले कटुञ्जे सँगै कार्यक्रम सञ्चालित जिल्लाका १० वटा गाविसका भूकम्प पीडितलाई तत्कालका लागि राहत वितरण गर्नेछ ।

पाँच पुस्तामा लुटियो पूर्खाको इतिहास - तारा लामगादे

१६ जेष्ठ २०७२ , विभेद बिरुद अभियान । दक्षिण एशिया महाद्धीपको भारतबाट नेपाल खण्डको पश्चिमी क्षेत्रमा आर्यहरुको प्रवेशसँगै मेहेनतकश, श्रमजीवि वर्गको पनि उपस्थिति थियो भन्ने कुरा इतिहासबाट प्रष्ट भएको छ । विशेषत ः पश्चिम नेपालका विभिन्न भूभागमा बसोबास गर्दै नेपाल खण्डका विभिन्न स्थानमा आर्यहरुको सघन बसोबास भयो । कालान्तरमा त्यहि मानव वस्तीहरु मिलेर स–साना राज्यहरु बने । राज्यहरुको एकीकरण पछि मात्रै नेपाल बनेको हो । त्यसैले नेपालमा को मूलावासी वा आदिवासी, को चाहिँ आप्रवासी भनेर झगडा गर्नुको तुक छैन । राज्यको स्वरुप नबन्दै अहिलेको नेपाल क्षेत्रमा प्रायः जातिहरुको बसोबास थियो । त्यहि मानव समाजले राज्यको अवधारणा निर्माण गरेको हो । यद्यपी त्यसरी बसोबास गर्दा एउटै वर्ण, एउटै भाषा, एउटै धर्मावलम्बीहरुको सघन उपस्थिति हुनुचाहिँ स्वभाविक नै हो । तर यतिबेलाको जटिल समस्या भनेको जातीय समस्या पनि हो । त्यहि जातका आधारमा अहिले नेपालमा एकले अर्काप्रति शंका गर्ने, इष्र्या गर्ने, कलह गर्ने, विभेद गर्ने जस्ता भेदभावहरु छँदैछन् । यसको निराकरण गर्न र राष्ट्रलाई सहि ढंगले अगाडि बढाउन वास्तविकता खोज्नु अत्यन्त जरुरी छ ।
इतिहास लेख्नेहरुकै बन्छ । नलेख्नेको बन्दैन । प्राचिन समयमा छापाखाना र अहिलेको जस्ता उपकरणहरुको आविष्कार भएको थिएनन् । उबेला शिलालेख, ताम्रपत्र, चर्मपत्र लगायतमा लेख्ने चलन थियो तर त्यो लेख्ने काम जोसुकैले गर्न सकेनन् किनकी त्यो चेतना र शिक्षा सबैमा थिएन । यसैले पनि अहिले सबै जातिले आफ्नो इतिहास लेख्न सक्ने र खोज्न सक्ने अवस्था छैन । केहिले लेखेका छन् ति कतिपय मनगढन्ते र कल्पनामा आधारित छन् । पछिल्लो समयमा हरेक जाति र जातिभित्रका पनि थरहरुले वंश समाज बनाउने, बंशावली खोजी गर्ने कार्य गरिरहेका छन् । अन्ततः त्यस्ता समाजहरु धार्मिक विधान र राजनीतिक दस्तावेज तयार गर्न पुग्छन् जसले केहि व्यक्तिलाई फाइदा पु¥याए पनि आम समाजलाई त्यसले विभाजित र टुटफुट मात्रै पार्छ । सामाजिक सद्भाव र जातीय एकता झल्कन नसकि विद्धोष र विखण्डनकै पक्षमा टेवा पु¥याएको छ । यस्तो विषम परिस्थितिमा पङ्तिकारको आफ्नै पाँच पुस्तालाई अध्ययन गर्ने कोशिष गरिएको छ । यस अध्ययनले समग्र जाती र नेपाल राष्ट्रको प्रतिनिधित्व पनि गर्न सक्छ ।
हालको पूर्वी नेपालमा पर्ने भोजपुर जिल्लाको चरम्बी गाविस अन्तर्गत वडा नम्बर ४ मा पर्ने  “धपेनी” भन्ने ठाउँ छ । त्यहि धपेनीमा म जन्मिएँ र मेरो पूर्खाहरुले आफ्नो जीवन लिला समाप्त गरे । मैले मेरो हजुरबालाई देख्न पाएँ र बुबा अहिले पनि हुनुहुन्छ । त्यससँगै आज भन्दा २० वर्ष अघि झण्डै ९५ वर्षका बृद्धबृद्धाहरुलाई पनि देख्न पाएँ त्यहि गाउँमा । उनीहरुले सुनाएका ‘उहिलेका कुरा’ आजसम्म पनि मेरो मनस्पटलमा ताजै छन् । यसैले लाग्छ इतिहास भविष्यको निम्ति मार्गदर्शन पनि हो । धेरै जना पाका व्यक्ति मध्ये मैले संगत गर्न पाएका एक व्यक्ति थिए ‘ल्यारे बुढा’ उनको सक्कली नाम त के हो मलाई थाह छैन तर गाउँमा ल्यारे बुढालाई सबैले ‘ल्यारे’ भनेरै चिन्थे । उनी क्षेत्री जातिका बगाले थापा थरका थिए । उनी मेरो बुबाको हजुरबालाई पनि चिन्थे रे । उनले धेरै पहिलेका कुरा गर्थे । त्यस्तै कर्कीनी साईली पनि मेरो हजुरआमाकी दावली रहिछन् । मैले उनलाई आमैकै दर्जामा राखेर हेर्थे । उनीले मलाई मेरी हजुरआमाकी सासुलाई वा मेरी कुर्पीआमालाई पनि देख्न र व्यवहार गर्न पाइछन् । उनले भनेअनुसार मेरी कुर्पी आमै त्यो गाउँकी साहुनी हुनुहुदो रहेछ । मेरा बुबाको हजुरबा वा मेरो कुर्पीबा गाउको मालिक हुनुहुँदो रहेछ । अर्थात त्यो गाउँमा क्षेत्रीहरुलाई राख्ने व्यक्ति हुनुहुँदो रहेछ । त्यस्तै गाउँमा मैले मेरो बुबाको बडाबाउ श्यामलाललाई म निकै जवान हुँदासम्म संगत गरे । उहाँ पनि बृद्धा अवस्थासम्म बाच्नु भएको थियो । उहाँले उहाँको हजुरबुबाको समेत कुरा गर्नुहुन्थ्यो । त्यतिमात्र होइन, त्यहि गाउँमा केहि बूढापाका राईहरुलाई पनि देख्न पाए र उनीहरुका कुरा पनि मैले खुब मज्जाले सुनेँ । यसरी जिवित व्यक्तिहरुसँगको प्रत्यक्ष कुराकानी, पाटीपौवामा लेखिएका शिलालेख, घरको भन्सारमा राखिएका ताम्रपत्र, बुबाले पाउनु भएको अंशका काँसे भाडाकुँडा र बुबाले पितृपुजा गर्दा फलाक्नु भएका नामहरुः रणबिर, करविर, बलविर, दलविर र पुष्पलाल’ आदिबाट मैले मेरो पूर्खाहरुको पाँच पुस्तामा देखिएको जातीय अन्तर मेरो निम्ति पनि आश्चर्य बन्यो । ति सबै प्रमाणहरुबाट मैले मेरो त्यो गाउँको कथा यसरी लेख्न मन लाग्यो ।
करिब ६ सय वर्ष पहिला रणविर पौडेल पश्चिम नेपाल खण्डबाट पूर्वतिर बसाइसर्ने क्रममा एउटा अति नै सुन्दर ठाउँमा आइपुगे । उनी त्यहाँ आइपुग्दा भोक र तिर्खाले धपेटी लागिसकेको थियो । अनि त्यहाँको पानी पिए पछि भोकतिर्खा नै हराएजस्तो भयो र त्यसठाउँको नाम उनले ‘धपेनी’ राखे । त्यसठाउँमा आउँदा उनी र उनकी श्रीमतिले धेरै खोला नालाहरु पारगर्दै आउनु परेको थियो । त्यसरी ठूलाठूला नदीहरु पार गर्दा उनीहरुले पौडि खेलेर पार गरेका थिए । पौडि खेल्न सिपालु भएका कारण पौडल भनिएको भनाई रहेको छ । उनका केहि परिवारसहित त्यो स्थानमा बसोबास गर्न लागे । माथिल्लो डाँडामा बसोबास गर्न सुरु गरे । त्यसको मुनिपट्टी ठूलो आहाल थियो, जहाँ हात्तिहरु बस्दथे । वरीपरि सिकार खेल्ने र पूरै जमिन खाली थियो । बोटविरुवाले पुरै ढाकेको थियो । त्यहाँ बसोबास गर्दै जाँदा ढुंगा बाटोको घर बनाए र खरको फुस्कोले छाना लगाए । जुन धेरै लामो थियो । किनकी उनले पालेका गाई भैसीहरु, घोडा, बाख्रा आदि पनि त्यहि घरमा राखिन्थ्यो साथै जंगल फडानी गरेर पानी भएको ठाउँहरुमा खेतिकिसानको काम पनि सुरु गरे । रणविरका धेरै छोराछोरीहरु थिए तिनीहरु छुटफुट भएर देशका अन्य भूभागमा बसोबास गर्न थाले । करविर चाहिँ रणविरसँगै रहे । रणविर बृद्धअवस्थासम्म बाँचे । करविरको पालामा शिकार खेल्दै जंगल जाँदा एउटा खिम्बुले परिवारसँग भेट भयो । करविरले त्यो खिम्बुलेको परिवार जंगलमा ओडारमुनी त कहिले रुखका फेदतिर कन्दमूल खाई कस्टले जिवन जिएको देखेर करविरले आफुसँगै बस्न आग्रह       गरे । अनि त्यो लामो छाना भएको घरमा पौडेल र खिम्बुलेको परिवार बस्न थाल्यो । करविर र खिम्बुले सिकार खेल्न दिनभर जान्थे र साँझपख      घरमा सिकार लिएर आउँथे । पछि खिम्बुले परिवार पल्लो डाडामा र पौडेल परिवार वल्लो डाडामा बस्न थाल्यो । खिम्बुलेका परिवारले करविरका परिवारलाई लामो छाने भनेर चिन्न थाले । त्यहि लामो छाने पछि लामिछाने भयो । यसरी करविरको नाम पछि करविर लामिछाने भयो । करविरका पनि थुप्रै सन्तान भए । उनीसँग बलविर मात्रै रहे अरु छोराहरु परदेश तिर लागे ।
बलविर लामो कदका थिए तर उनीहरुसँगै छिमेकमा बसोबास गर्ने खिम्बुलेहरु छोटा कदका । बलविर अग्लो, गोरो थिए । नामजस्तै उनी बलियो पनि थिए । सायद उनी बलियो भएकै कारण बलविर नाम रहेको अग्रजहरुको भनाई छ । बलविरलाई लामो कद (उचाई) भएकाले अरुले उनलाई लामो कदे त कसैकसैले ‘लामघारे’ पनि भन्दथे । कसैले लामकदे, कसैले लामघारे भन्दाभन्दै अन्ततः बलविर लामगादे भनियो । त्यहि समयमा एकदिन पारी गाउँमा मान्छे मरेको खबर एकोहोरो शंख बजारएर दिइरहेको सुनेपछि खिम्बुले र लामगादेको परिवारमा पनि खुलदुली      भयो । आखिर बलविर खिम्बुले परिवारका दामेली साथीसँग करिब १ घण्टाको ओरालो झरेर अरुण नदिमा पुगे । त्यहाँ लामो लामो टुप्पी पालेका कपाल चिण्डै काटेका  गर्मिको समयमा पातलो कपडा बेरेर काधमा जनै भिरेका लोग्ने मान्छे र लालाबालासहितका स्त्रीहरु नदिको किनारामा दुःखसहित बसेको देखेपछि बलविरले सँगैको साथीसँग सल्लाह गरि तिनीहरुलाई आफैसँग उकालो लागे । साथमा उनीहरुसँग भएका गाई बाख्राहरु पनि लगे । जब ‘धपेनी’मा पुगेपछि डाडामा घमाइलो हुने भएकाले तिनीहरुका गाईबाख्रालाई प्रशस्त घाँसपात र दानापानी होस् भन्ने सल्लाहले हात्तिको आहाल वरीपरिका जंगल फडानी गरेर जिमाहामा बस्न लगाए । बलविरका पनि प्रसस्त छोराछोरी मध्ये विहेवारी गरेर त कति चाहि घुमफिर गर्ने चाहनाले विभिन्न ठाउँमा गए र कहिल्यै त्यस ठाउँमा फर्केनन् । बलविरलाई बुढेशकालमा पालन पोषण गर्ने काम उनका साहिला छोरा दलविरले गरे । दलविर विशेष गरेर जमिन्दा र सम्पन्न थिए । उनले उ बेला २ वटा धन्सार (अन्नपात जम्मा गर्ने घर) बनाएका थिए । मानववस्ती बढ्दै जाँदा खाद्यान्नको अभाव देशमा बढ्दै गएको सुनेर उनले आफ्ना बाबु बलविरले ल्याएका ‘बगाले’हरुलाई काम लगाएका थिए । दलविरबाट ‘बगाले’हरु निकै खुशी थिए । उनीहरुले आफ्नो बगाललाई लालनपालनमा दलविरको भुमिका प्रति यति खुशी भएकी उनीहरुले आफुलाई दिएका सबै जिम्मेवारी र कामको प्रश्रय दिँदै ‘विश्वकर्मा’ बाबाको पगरी दिए । सो बेलामा गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरिसकेका थिए । राज्यसत्ता पनि बगालेहरुलाई ‘थापा’ खिम्बुलेहरुलाई पनि ‘राई’ लेख्ने प्रचलन कायम बनाईसकेको थियो । यद्यपी बगालेहरुले गुथाई दिएको विश्वकर्माको     पगरीपछि दलविर विश्वकर्मा भए ।
बगालेहरुको बगाल निकै बढ्यो । देशमा जातपात र छूवाछूत प्रथाले अन्य क्षेत्रमा व्याप्त बनाई सकेको थियो । पश्चिममा राज्य–           राज्यबीचको द्वन्द्वले घरवारविहिन बनाई लखेटिएका बगालेहरु ‘धपेनी’मा संख्यात्मक रुपमा खिम्बुले र विश्वकर्माहरुको भन्दा निकै मात्रामा बढि भइसकेको थियो । त्यसबेलासम्म जाति प्रथाले कानुनी मान्यतासमेत पाइसकेको थियो । श्री जङ्गबहादुर राणाले वि.सं.१९१० मा छूवाछूत प्रथा लादिएको थियो । राजामहाराजा र राणाको प्रतिनिधित्व बगाले अर्थात् थापाहरुले गर्न थालिसकेका थिए । दलविरको पालासम्म जाति प्रथाले छुन नसकेको धपेनीमा बगालेहरुको बाहुल्यताले दलवीर बृद्धा अवस्था भएपछि आफ्नो सक्कली रुप देखाए । बगालेहरुले त्यसपछि आफ्ना पितापूर्खाको खोजी गरेर त्यसकै आडमा राज्यसत्तासँग साँठगाँठ बढाउन थाले राणाहरुसँग पनि नजिकको सम्बन्ध बनाउन थाले । दलविरका २ जना छोराहरु थिए । श्यामलाल जेठा र पुष्पलाल कान्छा । तर त्यस ठाउँका बगालेहरुले देशका अन्य ठाउँहरुमा झैँ श्यामलाललाई ‘बन्दुके कामी’ र पुष्पलाललाई ‘पिठे कामी’ भनेर नामाकरण गरिदिए । यतिसम्मकी सरकारी विवरणमा मेरो हजुबा पुष्पलाललाई ‘पुष्पे कामी’ भनेर लेखियो । कामीको अर्थ सबैभन्दा तल्लो दर्जाको गाली वा बेइजती हो । स्त्री लम्पट, कामवासनाले युक्त, कामुक अर्थात् धेरै स्वास्नी खोज्ने भन्ने अर्थ लाग्छ । त्यहि अर्थमा उनीहरुले हाम्रा पूर्खालाई ‘कामी’ भनिदिएका हुन् । तर मेरो हजुरबाको पेशा कृषि थियो । उहाँहरुले फलामको काम गर्नु हुँदैन थियो । फलामको काम गर्नेलाई ‘कामी’ भनिन्छ भन्ने परिभाषा पनि छ तर मेरो पूर्खाहरुले कहिल्यै फलामको काम गरेका थिएनन् । बरु लौ–हार अर्थात् लौ–भनेको फलाम र हार–भनेको काम गर्नेलाई लोहार भनिन्थ्यो । त्यसपछि बगालेहरुले हजुरबालाई र त्यसपछिका पुस्तालाई हातहतियार बनाउन दबाब दिए । थापाहरुले बालिघरे प्रथाको सुरु गरे जसरी शासक वर्गले देशका अन्य क्षेत्रमा सो प्रथा लादेको थियो ।
मेरो बुबा वि.सं.२०१२ सालमा जन्मिनु भएको हो । मेरो बुबा गोपाल विश्वकर्मा पुष्पे कामीका ५ भाई छोरा मध्ये जेठा हुनुहुन्थ्यो । त्यसैले पनि उहाँमा परिवारको हेरचाहमा धेरै समय बिताउनु पथ्र्यो । प्रजातन्त्र भनिए पनि पढलेख गर्ने वातावरण थिएन । जातीय भेदभावको चरम सिमा नाघिसकेको थियो । अत्यन्तै अन्याय भयो मेरो बुबालाई । २०२ड सालमा सरकारले जग्गा जमिन नापी गर्ने र व्यक्तिको नाममा दर्ता गर्ने व्यवस्था ग¥यो । त्यतिबेला हाम्रा पूर्खाहरुले जोडेका सबै श्रीसम्पत्ति बगाले थापाहरुले हडपे । सरकारमा क्षेत्री ब्राह्मण जातका कथित उच्च जातिहरु भएको र उनीहरुसँगै मिलेमतो गरी हाम्रो सम्पूर्ण जग्गाजमिन थापाहरुले आफ्नो र आफन्तका नाममा भटाभट दर्ता गरे । मेरो बुबालाई कालो अक्षर भैँसी बराबर थियो । कसले के गर्दैछ त्यो हेर्ने र बुझ्ने फुर्सद् नै थिएन । भएभरका सबै खेतबारीहरु बन्दकीका नाममा थापा क्षेत्री र केहि बाहुनहरुको नाममा थियो । उनीहरु ५–६ वर्ष चुपचाप बसे त्यसपछि हामी ति सबै जग्गा जमिन किन्न पर्ने बताए । जबकी आफ्नो जग्गा कतै हजुरबाले एक माना चामल लिएको, कतै एक कुरुवा घिउ त कतै एक पाथी धान लिएको झुटो विवरण बनाई कागज बनाइएको र सहि छाप लगाउन लगाएको काल्पनिक विवरणहरु सुनाएर सुकुम्बासी बनाए । हाम्रो आफ्नै नाउँमा केहि पनि रहेन कि आफु बसेको जग्गा जमिनसमेत हुँदै नभएको झुटो      विवरण बनाएर बन्दकीमा राखेको र त्यो उकास्न धरानको फुस्रेदेखि भोजपुरको धपेनीसम्म मेरो बुबाले ६ महिनासम्म निरन्तर धाएर डडाल्नु पिल्सीने गरी २१ माथि नुन बोकेर सोही गाउँको चेतबहादुर थापालाई बुझाएको बुबाआमाले बारम्बार मलाई सुनाउनु हुन्थ्यो । गाउँसमाजमा राज्यसत्तासँग सिधै सम्पर्क गर्ने टाठाबाट भए छिमेकी बगाले थापाहरु । मेरो बुबाभन्दा जेठाहरुले पनि गुरुकुल शिक्षा लिए र साक्षर भएका थिए । अहिले पनि मेरो बुबा निराक्षर नै हुनुहुन्छ । बुबालाई जर्बजस्ती फलामको काम गर्न लगाइयो, बालिघरे प्रथा लादियो र म आफै ठूलो हुँदासमेत कथित ‘विष्ट’का घरमा बालि उठाउन गएँ । वर्षदिनभरी उपल्लो जातका हातहतियार अर्जाप्नु पर्ने, भाडाबर्तन बनाउनेदेखि फलामका औजारसमेत निर्माण गरिदिनुपर्ने त्यतिमात्र होइन गोपाल कार्कीकोमा मेरो बुबा १० वर्षसम्म हलिको रुपमा बस्नुभयो । हिउँद वर्षा सँधै हलो जोतिदिनुपर्ने र त्यसवापत दशैँ तिहारमा जाउली भात खान पाइने हलियाप्रथामा पनि मेरो बुबा जोतिनु भयो । कतिपय यस्ता घटनाहरु हुन्थे कि मैले अहिले सम्झेर ल्याउँदा अति नै हृदय छिया–छिया भएर आउँछ ।
मैले पढ्ने बेलामा नेपालमा बहुदल आइसकेको थियो । तरैपनि त्यो गाउँमा राणा शासन जस्तै थियो । तिलबहादुर र चेतबहादुर थापा भनेपछि थुरथुर हुनुपथ्र्यो । स्कूल जाँदा उनीहरुको घर छोएर हिड्नु हुँदैन थियो । पानी पँधेरोमा जाँदा उनीहरुले उघाएर फयाकिदिन्थे, धारा पँधेरामा पुरै छोइछिटो हुन्थ्यो । पसलमा किनमेल गर्न पाइदैन थियो । अरु कथित ठूलाजातका व्यक्तिलाई पठाउनु पथ्र्यो । एकदिन म कक्षा ८ मा पढ्दा चुडा कार्कीको पसलमा विस्कुट किन्न जाँदा झण्डै ज्यानै गुमाउनु प¥यो । यतिसम्मकी ०५६–५७ सालसम्म पनि त्यस ठाउँमा हामीलाई ज्यादै कष्ट थियो । देशमा माओवादी छ, माओवादीले सबैलाई समान रुपमा हेर्छ भन्ने सुनेपनि त्यो गाउँमा माओवादीले हामीलाई हेर्नसकेको थिएन । बरु माओवादीमा पनि त्यहि थापाहरुको बर्चश्व थियो । एकदिन प्याउली स्कूल पढ्दा झूटो आरोपमा माओवादी भन्नेहरुले नै ‘त सानो जातको मान्छे भएर हामीसँग टक्कर लिने’ भनेर झण्डै बन्दुक खानुप¥यो । सायद अहिले यो लेखिरहँदा ति नरभंक्षी राक्षसहरुको अनुहार मेरै आँखा अगाडि फन्फनी घुमिरहन्छ ।
जे भएपनि मेरो बुबाले विश्वकर्मा लेख्ने अधिकार पाउनु भयो । जेजस्तो अवस्था भएपनि बुबाले हामीलाई पढाउन स्कूल पठाउनु भयो । हामी दुई दाजुभाई थियौं । दाजुले धेरै मुस्किलले एसएलसी दिनुभो । त्यसपछि फलानोको छोराले यत्रो पढ्ने भनेर देखि सहेनन् गाउँका थापाहरुले । हुन त थापाहरु मेरो बुबाका उमेरकाहरु कोही काठमाण्डौंमा अधिवक्ता थिए, कोही असई थिए, कोही कांग्रेसका खुङखार नेता थिए । तर हामीले स्कूल जानु र पढ्न दिनु हुँदैन भन्ने सोच यथावत नै थियो । तर ममा आएको राजनीतिक चेतना र अध्ययनले ति सबै मुल्य र मान्यतालाई चुनौती       दियो । मैले अध्ययन गर्दा धेरै पटक–पटक ज्यानको बाजी थाप्नु प¥यो ।
अहिले नेपाल तथा भारतका विभिन्न जिल्लाहरुमा हाम्रा दाजुभाई वंशहरु छरिएर रहेका छौं । कोही पौडेलहरु पौडेली भन्छन् त कोही लामिछाने, कोही लाम्गादे । तर जेजे भने पनि हामी एउटै वंशका हौं । प्राय गरेर पौडेल बाहुन हुने गरेकाले पौडेली लेख्ने चलन पनि छ तर त्यो माथि उल्लेखित गरिएकै शब्द र अर्थ हो । पौडेल र पौडेलीमा फरक छैन । अर्को कुरा लामिछाने भनेको बाहुन, क्षेत्री, मगर र गुरुङ जातिभित्र पनि पाइन्छ । यो स्वभाविक नै हो कि आफ्नो मूलथलो छाडेर देशका विभिन्न भूभागमा बस्नेक्रममा त्यहाँकै सरसमाजमा बस्ने प्रचलनले त्यो प्रचलित थर अरुहरुले पनि राखेका हुन् । यसरी हेर्दा हाम्रो सम्पूर्ण लामिछाने वन्धुहरुसँग पनि रगतको नाता रहेको हुन्छ । जो लाम्गादे भन्नुहुन्छ उहाँहरुसँग झन् नजिकको अर्थात् एक पुस्ता पछिको सम्बन्ध हो । त्यसैले पौडेल, पौडेली, लामिछाने, लामगादे वा लाम्गादे जे भनिएपनि हामी एउटै हौं । यसको मतलब अहिले कुनै पौडेल बाहुन र कुनै लामिछाने क्षेत्री भयो भनेर हामी पनि क्षेत्री बाहुन नै हौं भन्ने दाबी होइन । क्षेत्री र बाहुनको इतिहास आफ्नो ठाउँमा होला तर हामी न त खस पर्वते हौं न त हिन्दु नै ? हामी धपेनीका मूलवासी वा आदिवासी हौं । हाम्रा पूर्खाले सो क्षेत्रमा भूमि आवाद गरेका हुन् तर अहिले हामी त्यस ठाउँबाट विस्थापित भइसकेका छौं । हाम्रा घरहरु भत्किन लागेका छन् । त्यस ठाउँमा बस्ने वातावरण छैन । त्यसैले ति भूमीहरु छाडेर प्राय बसाई सर्ने र सभ्य समाजको खोजीमा हिड्नेक्रम बढिरहेको छ । संघर्ष गरेर उपलब्धी नहुने भएपछि त्यहाँका आदिवासी मूलवासी पौडेल लामिछाने वा लामगादेहरु अहिले विभिन्न सहरमा रोजीरोटीका लागि छरिएर बसेको अवस्था छ । धपेनीमा पनि अहिले करिब ७÷८ घर हुनुहुन्छ । थापाहरुको दमन अहिले पनि त्यस्तै छ । अत्याचार यथावत छ । हाम्रा वंशहरु अहिले पनि देश विदेशमा कोही कलाकार, कोही राजनीतिज्ञ, कोही शिक्षक, कोही उद्योगी, व्यवसायी, समाजसेवी लगायतका विभिन्न क्षेत्रमा क्रियाशिल रहेका छन् । कतिपयले अहिले पनि समाजका अरु मान्छेले जात सोध्दा के भन्ने के नभन्ने दोधारमा रहेका छन् । तर यो विडम्बनालाई हामीले चिर्नका निम्ति पनि आफ्नो स्पष्ट इतिहास अध्ययन गर्ने र पूर्खाहरुको बारेमा खोजी गर्नु अनिवार्य ठानेर यथासम्भव धेरै सामग्री अटाउने कोशिष गरेको हुँ । यसले मेरा भावी सन्तानलाई अध्ययन सामग्री बन्नेछ र पूर्खाको मेटिएको इतिहासलाई पुनः जोडेर हिजोका निरुत्साहित पीडाहरुलाई भुलेर नयाँ युगको थालनी गर्न मद्दत पुग्नेछ भन्ने मैले विश्वास लिएको छु । साथै आज दलितका नाममा पीडा भोगेका लाखौं लाख जनसमुदायले आफ्नो सक्कली इतिहास खोजी गर्न उत्प्रेरणा मिल्नेछ भन्ने पनि मैले आशा गरेको छु । अबको संघीय लोकतान्त्रिक गणतन्त्रमा यसरी इतिहासबाटै पूर्खाहरुलाई नामेट बनाउने जाति र वर्गमाथि कारबाही गर्दै आम उत्पीडित वर्गको रक्षार्थ नेपालको कानुन र नेपाली समाज लाग्न जरुरी छ ।
जातीय आन्दोलनलाई पृथकतावादी, विखण्डनकारी, देशद्रोही भनेर केहि उच्च जातीय अहंकारीहरुले थप दमनको प्रयास गरिरहेका छन् । यस्तो विषम परिस्थितिमा हरेक जातिले आफ्नो जातीय उत्पत्तिका बारेमा गहन अध्ययन र विश्लेषण गर्नु जरुरी छ । फेरी रणविरदेखि पुष्पलाल सम्मका यी पाँच पुस्ताको इतिहासले यो प्रष्ट पार्छ कि मानिसको चेतनाले धेरै कुराको निर्धारण गर्छ । शक्ति र पहुँचका आधारमा मानवले मानवलाई गरेको घृणित र जघन्य अपराधलाई कहिलेसम्म वेवास्ता गरेर बस्ने ? सोझा र इमान्दार व्यक्तिहरु इतिहासमा सँधै ठगिएका छन् । उनीहरुको इतिहास लेखिएको छैन । अहिले दलित समुदाय कसरी बन्यो ? यसको छुट्टै इतिहास छ तर मेरो हकमा यी पाँच पुस्तामा देखिएका घटनाहरुले मानवबाट भएका यस्ता गलत चिन्तनलाई नामेट पारेर मान्छे–मान्छेबीचको भेदभाव अन्त्य गर्न र समतामुलक समाजको निर्माणमा हामी सबै जात, वर्ग वा समुदाय सबै–सबै लागि पर्न जरुरी छ । इतिहासमा कुनै जातिले समाज विकासक्रममा बाधक बनेको छ तर प्रतिशोधकै हिसावमा अगाडि बढेर होइन सबैलाई समान व्यवहार र त्यस्ता गद्दारी गर्ने जातीहरुका व्यक्तिहरुले पनि आत्माआलोचित हुँदै सभ्य मानव समाजको निर्माणमा जुटौं ।

युवतीको हत्या गरी फाल्न लागेको अवस्थामा होटलकी सञ्चालिका पक्राउ

हत्या गरिएकी मन्दिरा विक,तस्बिर :विकको फेसबुकबाट
झापा, १६ जेष्ठ २०७२ , विभेद बिरुद अभियान । मेचीनगर नगरपालिका १० काँकरभिट्टाका एक होटल सञ्चालकले कामदार महिलाको शनिबार विहान राति घाँटी रेटेर हत्या गरेका छन् ।
सिलोङ होटलका सञ्चालक २६ वर्षीय विजय लामाले केही महिनादेखि होटलमा काम गर्दै आएकी मजदुर बिर्तामोडकी २० वर्षीया मन्दिरा विकको घाँटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
इप्रका काँकरभिट्टाका प्रमुख अर्जुन तिमल्सिनाका अनुसार हत्यामा संलग्न विजय र उनका सहयोगी कुमार तामांग शनिबार विहानै पक्राउ परेका छन् ।
विजयकी आमा माया लामा हत्या भएको बेलामा डेरामा सुत्न गएकी अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका अभियुतहरु  हत्या भएकी मन्दिरा विक
त्यसबखत उक्त होटलमा विजय, मन्दिरा र अर्का कामदार कुमार तामाङ रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मादक पदार्थ पिएका उनीहरुमध्ये मन्दिराले विजयलाई सामान चोरेको आरोप लगाएपछि विजयले उनको घाँटी रेटी हत्या गरेको इप्रका काँकरभिट्टाका प्रमुख डिएसपी तिमल्सिनाले बताए ।
राति १ बजे हत्या गरेपछि उनको शव विजय र कुमारले होटलदेखि केही टाढा नालामा फालेर भाग्ने क्रममा स्थानीयको सहयोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरु दुबैलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
प्रहरीका अनुसार विजय र कुमारसँगै विजयकी आमा माया र उनका अर्का छोरा मनोजलाईसमेत अनुसन्धानका लागि पक्राउ गरिएको छ ।तर हत्यामा उनीहरुको संलग्न नदेखिएको इप्रका काँकरभिट्टाले जनाएको छ । उनीहरुलाई होटलमा अनैतिक गतिविधि सञ्चालन गरेको आशंकामा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

छूवाछुतमुक्त नगरपालिका र यथार्थ अवस्था -तारा लामगादे

१६ जेष्ठ २०७२ , विभेद बिरुद अभियान । पूर्व नेपालकै सुन्दर नगरीका रुपमा परिचित धरान नगरपालिका बाहिर हेर्दा समृद्ध सहरका रुपमा देखिएता पनि यस सहरभित्रका आफ्नै कथा–व्यथाहरु लुकेर रहेका छन् । डेढ लाख भन्दा बढी जनसंख्या रहेको यस सहरमा आधा भन्दा बढी मानिस बेरोजगार रहेका छन् भने ८० प्रतिशत मानिस कडा मिहेनत तथा परिश्रम गरिरहेका छन् ।
२७ वडामा रहेको धरान नगरपालिकामा पूर्वमा मोरङ, पश्चिममा उदयपुर–सप्तरी, दक्षिणमा भारत तथा उत्तरमा भोजपुर– धनकुटा सिमाना जोडिएको सुनसरी जिल्लाको उत्तरी भागमा रहेको धरान नगर पालिका मिश्रित जाति, संस्कृति, विभिन्न भाषिक, धार्मिक आदि विविधताले भरिएको सहर हो । त्यसो त विश्व समुदायको प्रतिनिधित्व हुने ठाउ“ हो भन्दा पनि फरक नपर्ला किनकि धरानेहरु प्राय संसारका ठूला–साना सबै राष्ट्रहरुस“ग सम्बन्धित छन् । संसारका मानिसहरु धरानसंग परिचित छन् । वास्तवमा धरान सहर निर्माणमा सबै भन्दा पहिलो श्रेय लाहुरेहरुलाई नै दिनुपर्छ । प्रतक्ष्य–अप्रत्यक्ष ति नै लाहुरेहरुको माध्यमबाट बेलायत, भारत जस्ता राष्ट्रले पनि धरानलाई यो विकसित अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका छन् भने धराने जनता आफैले मिहेनत गरेका कारण पनि यस्तो भएको हो ।
दलितको जनसंख्या
धरानलाई विश्व बजारमा पु¥याउने भूमिका निर्वाह गर्न लाहुरेहरुको जति योगदान थियो आज यस सहरलाई सजाउन र झिलिमिलि बनाउन यहा“का दलितहरुको भूमिका पनि त्यतिकै महत्वपूर्ण रहेको छ । खासगरी दलित भन्नाले सामाजिक, राजनीतिक, शैक्षिक, आर्थिक आदि विभिन्न कारणले कमजोर भई जातीय भेदभावमा परेका समुदायलाई बुझ्नु पर्दछ । दलित कुनै जाति, राष्ट्र, भाषा होइन यो आर्य हिन्दु समाज भित्रको उत्पीडित समुदाय हो जसलाई विभिन्न कालखण्डमा शासक वर्गले जातिमा विभाजन गरी स्थायी विभेद कायम  राखिएको हो । आज समुदायका व्यक्तिहरुमा आएको चेतना र शिक्षाले परिवर्तन र समानताको माग गरिरहेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै भूभागमा मिश्रित बसोबास गरेको यो समुदाय कूल जनसंख्याको २१ प्रतिशत रहेको छ । ६० लाख भन्दा बढि नेपालमा दलितहरु रहेका छन् । दलित भनि सूचिकृत गरिएका जातिहरुमा विश्वकर्मा, दमाई, सार्की, गाइने, बादी, च्यामे, पोडे, सतार, हलुवाई आदि जातिहरु पर्दछन् ।  धरानमा विश्वकर्मा, दमाई, सार्की, डोम लगायतका रहेका छन् । करिब २० हजारको संख्यामा दलितहरु धरान नगरभित्र बसोबास गर्छन् । यद्यपी एकिन तथ्याङ्क निकाल्न सकिएको छैन । केही वर्ष अघि धरान नगरपालिकाको सहयोगमा दलित अवस्था सर्वे गरिएको थियो जसले १० हजार भन्दा बढीको दलितहरु रहेको तथ्याङ्क निकालेको छ यद्यपी त्यस तथ्याङ्कलाई सही मान्न सकिन्न किनकि सर्वेमा खटिएका व्यक्तिहरु दलित वस्ती र दलितका घरहरुमा पुग्नै सकेका छैनन् । धेरै दलितहरुको डाटा छुटेको छ भने पा“चकन्या र विष्णुपादुकामा करिब ५÷५ हजार अनुमान गरिएको छ । यसरी ठ्याक्कै तथ्याङ्कमा निकाल्ने हो भने १५ हजार भन्दा बढि होला तर कम छैन धरानमा दलितहरुको संख्या । करिब १० हजारको हाराहारीमा त विश्वकर्मा जातिका मानिसहरुको बसोबास छ भने सार्की तथा दमाईहरुको संख्या पनि उल्लेख्य मात्रमा छ । यस आधारमा धरानको कूल जनसंख्याको १० प्रतिशत दलितहरु यस सहरमा रहेका छन् ।

राजनीतिक अवस्था
यति धेरै जनसंख्या भए पनि विभिन्न क्षेत्रमा दलितहरु पछाडि नै रहेका छन् । राजनीतिक क्षेत्रमा केही दलितहरु लागि परेका छन् । मिन विश्वकर्मा नेपाली का“ग्रेसको केन्द्रीय सदस्य छन् । अन्य पार्टीमा केन्द्रीय स्तरको हैसियत राख्ने दलित समुदायका नेताहरु अहिलेसम्म धरानमा छैनन् भएकाहरु भातृसंगठनमा छन् । करिब १०÷१२ जना जिल्ला तथा क्षेत्र स्तरमा काम गर्ने अवसर पाएका छन् दलित नेताहरुले । यद्यपी दलितहरुकै संघ संगठनमा भने रमेश गजमेर, गोविन्द दर्नाल लगायतका व्यक्तिहरु केन्द्रिय स्तरका दलित नेताका रुपमा परिचित छन् । तर उनीहरुको राजनीतिक पार्टीमा जिल्ला स्तरभन्दा माथि हैसियत कायम हुन सकेको छैन । एमाले, का“गे्रस, एमाओवादी, संघीय लिम्बुवान, खम्बुवान, नेकपा–माओवादी, जनमोर्चा, राप्रपा जस्ता पार्टीमा पनि दलित समुदायका व्यक्तिलाई नेता बनाईएको कमैमात्र उदाहरण छन् । राप्रपा नेपालको नगर सभापतिमा जुद्ध लोहनी (वि.क.) बाहेक अन्य पार्टीमा प्रमुख जिम्मेवारी दिइएको छैन । नेकपा–माओवादीमा दिलबहादुर रामदाम  र एमालेमा शेरबहादुर परियार क्षेत्रीय स्तरको नेताका रुपमा रहेका छन् । त्यसबाहेक एमालेमा नगर सदस्यका रुपमा मणिकुमार विक लगायत छन् । समग्रमा भन्नुपर्दा धरानको राजनीतिक क्षेत्रमा दलितहरुको पहु“च पुग्न सकेको छैन । राजनीतिक पार्टीहरुले मेजर पोष्टमा दलितहरुलाई स्थान दिएका छैनन् । तर, दलित समुदायका योग्य व्यक्ति नभएका भने होइनन् योग्यता, क्षमता हु“दा हु“दै पनि जातीय राजनीतिले प्राय सबै पार्टीहरुमा घर गरेको कारण पहिलो राई, दोस्रो नेवार र तेस्रो लिम्बु तथा क्रमश क्षेत्री, बाहुन, तामाङ र त्यसपछि मात्रै कुनै सिप नलागे पछि दलिततिर नेतृत्व खोजी गर्ने प्रचलन रहेको छ । दलितहरुले      राजनीति गर्नुपर्छ र पार्टीहरुमा महत्वपूर्ण जिम्मेवारी खेल्नुपर्छ भन्ने चेतना हुन आवश्यक देखिन्छ । राजनीतिक दल नै परिवर्तनको सबैभन्दा मुख्य स्थान भएकाले यसप्रति सम्पूर्ण दलित तथा गैरदलित समुदायको ध्यान जानुपर्छ कि दलित समुदायको राजनीतिक दलमा अनिवार्य उपस्थिति गराउनु पर्छ ।

सामाजिक अवस्था
स्थानीय गा“उ टोलमा केही दलित समुदायका व्यक्तिहरु सामाजिक रुपमा पनि स्थापित भएका छन् । कोही शिक्षकका रुपमा, कोही पत्रकारका रुपमा, कोही व्यवसायीका रुपमा, कोही राजनीतिक रुपमा तर अधिकांश दलितहरु समाजमा आज पनि त्यतिकै शोषण, दमन र उत्पीडनमा रहेका छन् । धरान नगरपालिका क्षेत्रभित्रै त्यसरी अहोरात्र परिश्रम गरेर समाजमा स्थापित भएपनि साथीभाई तथा सहकर्मीहरुबाट नै दुव्र्यवहार सहनु परेको छ । राजनीतिक दलभित्र छोइछिटो नबारे पनि प्राय क्षेत्री बाहुन समुदायका कर्मचारीहरु  दलित समुदायसंग संगै एउटै टेबुलमा बसेर खान पनि मान्दैनन् । उनीहरुले प्रत्यक्ष रुपमा छुवाछूत नदेखाएपनि व्यवहारमा समाजिक रुपमा तल्लो दर्जामा राख्ने गरेको पाइन्छ । धरानमा जति अन्य जाति तथा समुदायका मानिसहरुले कुनै पनि सामाजिक काम गर्दा समाजले साथ सहयोग गर्ने गरेको छ त्यस्तो दलित अगुवालाई नगर्ने चलन विद्यमान छ । दलित समुदायको अगुवाले समाजमा जतिसुकै राम्रो योजना ल्याए पनि अन्य समुदायका अगुवाहरुले विभिन्न भ्रम फैलाएर भएपनि  निरासा र वितृष्णा फैलाई सामाजिक कार्यबाट पछि हट्न बाध्यता अपनाउने गरेका छन् । अन्ततः धेरै दलित समुदायका अगुवा तथा बुद्धिजीविहरु निरास भई पलायन हुने गरेका छन् । उनीहरुलाई हामीले हौसला, सरसहयोग र उत्साह दिन आवश्यक छ । उत्पीडनमा परेका समुदायका व्यक्तिले गर्ने हरेक सामाजिक कार्यमा सबै दलित गैरदलित मिली अगाडी बढाउनुपर्छ । उसको नेतृत्व स्वीकार ग¥यौं भने सामाजिक रुपमा समेत खस्किएको दलितको अवस्थामा क्रमिक सुधार आउने नै छ ।

सांस्कृतिक अवस्था
सांस्कृतिक रुपमा धरानका दलितहरु अधिकांश अन्य क्षेत्रमा झैं हिन्दु धर्मावलम्बीहरु छन् । पुरानो सामन्तवादी रुढीवादी परम्परामा नै धेरै दलितहरु आजपनि अलमलमा छन् । हुन त धरानमा विशेष पहाडी जिल्ला भोजपुर, खोटाङ, संखुवासभा, उदयपुर, धनकुटा, तेह्रथुम, पा“चथर लगायतबाट बसाईसरी आएका दलितहरु छन् । ठाउ“ छाडे पनि खासगरी दलित समुदायमा पुरानै चालचलन यथावत छ । चेतनाका हिसावमा अहिलेको पुस्ता समाज जसरी चलिआएको छ त्यसरी नै चल्दै आएको छ । भन्नैपर्दा पुरानो सामन्तवादी अन्धविश्वासमा आधारित संस्कारहरु आज पनि धरानका दलितहरुले छाडेका छैनन् । दिनभर परिश्रम गर्ने अनि घरमा बेलुका जांडरक्सी खाने, मुर्तिको पुजाआजा गर्ने र जुन धर्मले आफुलाई दलित बनायो त्यसकै अनुसरण गर्वकासाथ गरिरहने संस्कारले दलितहरु छाडेको   छैन ।  बिरामी पर्दा अस्पताल जानुभन्दा पहिला धामी झा“क्री र झारफुक गराउने प्रचलन धरानका दलित समुदायमा अहिले पनि यथावत नै छ । यसले के स्पष्ट गराउ“छ भने दलितहरुको सांस्कृतिक अवस्था अत्यन्तै गएगुज्रेको, पछौंटे, पश्चगामी नै छ । यसमा आमुल परिवर्तन गर्न आवश्यक छ । केही दलित युवा र बुद्धिजीविहरुले सत्यता बोध गरे पनि नामधारी बुद्धिजीविहरु क्षेत्री बाहुन बन्न चाहने तर पुरानै संस्कारलाई निरन्तरता दिइरहने चिन्तन नै मुख्य सांस्कृतिक समस्या भएको हुनाले उनीहरुमा सही र वैज्ञानिक संस्कारको निर्माणमा जोड दिन अति आवश्यक छ । आधुनिक सहर धरानमा बसेपछि बत्ति मुनिको अध्यारो भनेझै दलित समुदायमा पुग्न नसकेको वैज्ञानिक संस्कारलाई विकास गर्दै पछौंटे दलितहरुको संस्कारमा समाजका सबै क्षेत्र, वर्ग र समुदायका व्यक्तिहरुले सकेको सहयोग गर्न आवश्यक   छ ।
 आर्थिक अवस्था
विपन्न वर्गका दलितहरुले बजारमा सामान्य रोजीरोटी गर्नका लागि अहोरात्र कडा परिश्रम गरिरहेका छन् । दलित समुदायका व्यक्तिहरु मेहेनत गर्नमा पछि छैनन् तर त्यसरी मेहेनत गरेर कमाएको रकम कसरी खर्च गर्ने भन्ने विषयमा धेरै दलितहरु पछाडी     परेका छन् । दिनभर मजदुरी गरेर बेलुका घरमा नपुग्दै बाटोमै साथीभाईस“गै रक्सी भट्टीहरु चहार्ने मध्ये दलितहरु एक नम्बरमा नै पर्दछन् । हातमा दुइचार सय भएपछि खसखस परेर दोकानतिर  रक्सी खोज्न हिड्ने मध्ये अधिकांश दलितहरु नै छन् । श्रम त अत्यन्तै गरेका छन् र उनीहरुले पैसा पनि कमाएका छन्  यद्यपी खर्च गर्ने प्रक्रिया सहि नभएको, विना योजना खर्च गर्ने भएकै कारण धेरै दलितहरु आज पनि आर्थिक रुपमा कमजोर भएका छन् । तथापी सबै दलितहरु त्यस्तै छन् भन्ने होइन । जाडरक्सी नखाने र परिश्रमको मूल्य बुझ्ने दलितहरु कतिपयले छोटो समयमा धेरै नै लाभ लिएका छन् र आर्थिक अवस्थामा धेरै सुधार गरेका छन् । आर्थिक उपार्जनमा नलागेकाहरुलाई बाटो बताइदिनु पर्छ । उनीहरुलाई सही व्यवसाय गर्न र श्रमस“ग जोडिन सरसल्लाह दिई उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउन हामी सबैको सहयोग जरुरी छ । केहि दलितले भने अनपेक्षित रुपमा पनि आर्थिक हैसिय उकासेका छन् तर अधिकांशको अवस्था दयनीय नै रहेको छ । अर्कोपक्ष भनेको आर्थिक अवस्थामा तुलनात्मक रुपमा दलितहरु कमजोर नै छन् । पुख्र्यौली सम्पत्ति नभएका, दुःख पाएका दलितहरु आज पनि खोला, खोल्सी तथा बगरका किनार र भित्ताहरुमा छाप्रा हालेर बसेका छन् । आर्थिक अवस्था प्रायशः कमजोर छ । यस पाटोलाई मनन गरी  राज्यस्तरबाटै दलित समुदायको आर्थिक अवस्थामा सुधार गर्ने विभिन्न कार्यक्रमहरु ल्याउनु पर्छ । दलित समुदायको आर्थिक हैसियत उकास्न निरव्याजी ऋण तथा अनुदानका कार्यक्रमहरु उपलब्ध गराउनु पर्छ ।
 शैक्षिक अवस्था
धरानका दलितहरु मध्ये विनुमान मोते, तारा लामगादे, कुलबहादुर परियार, राजकुमार गजमेर, एलिन सुन्दास लगायत औलामा गन्न सकिने व्यक्तिहरुले उच्च शिक्षा हासिल गरेका छन् । बमबहादुर विश्वकर्मा, सुवास वर्देवा, गमबहादुर लम्जेल, कुमार बयलकोटी, विजय आछामी, लक्ष्मी दर्नाल, देवी परियार लगायतले पनि शैक्षिक क्षेत्रमा राम्रो उपलब्धी हासिल गरेका छन् । तर उनीहरुमध्ये अधिकांशले सरकारी जागिर पाउन सकेका छैनन् । पछिल्लो पुस्तामा+२ सम्म अध्ययन गर्नेको संख्या भने बढ्दो मात्रामा छ तर यसले शैक्षिक बेरोजगारीको समस्या पनि निम्त्याएको छ ।
दलित समुदायका बालबच्चाहरु कतिपय आज पनि स्कूल जानबाट बञ्चित भएका छन् । बोर्डिङ्ग स्कूल र सरकारी स्कूलको तुलना गर्ने हो भने सरकारी स्कूलमा नै दलित समुदायका नानीहरु बढि अध्ययन गरिरहेका छन् । शिक्षा क्षेत्रमा पनि धरानका दलितहरुको अवस्था अत्यन्तै दयनीय छ । दलित अधिकारका पक्षमा काम गर्ने हु“ भन्ने नेताहरु नै एकाध बाहेक सामान्य साक्षर मात्रै छन् । जो हजारौं घरका अभिभावक दलित छन् उनीहरु कतिपय त निराक्षर नै छन् । आफ्ना छोरा छोरीले के पढ्दैछन् भन्ने आफ्ना बाबु आमालाई थाह छैन । कतिपय बाबुआमा त अहिले पनि छोराछोरीलाई पढाएर काम छैन बरु खोला किनारमा बालुवा र गिट्टी जम्मा गर्न आफ्ना छोरा    छोरीलाई प्रयोग गरिरहेका छन् । सरकारले निःशुल्क शिक्षाका कार्यक्रमहरु ल्याए पनि बस्तीका घरघरमा अलपत्र परेका ति बालबालिकासम्म नजर पुगेको छैन । कतिपयले चाहि“ स्कूलमा नाम लेखाइदिए पनि समय दिन नसकेको र कतिपय बोर्डिङ्गहरुमा पढाउ“दै गरेका बालबच्चाहरु चर्को फिका कारण अध्ययनबाट छुटाउन बाध्य भएका   छन् । यसकारण दलित समुदायका छोराछोरीलाई नीजि तथा सरकारी सबै स्कूलहरुमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाउनु पर्छ । सम्पूर्ण दलितका छोराछोरीलाई शिक्षामा पहु“च विस्तार गर्नुपर्छ । यसमा विशेष गरी स्कूलहरुले सहयोग गर्नुपर्छ । स“धैभरी होइन तर अशक्त र गरिब परिवारका नानीहरुलाई पढाउन सहयोग गर्नुपर्छ र दलितहरुले विभिन्न आर्थिक प्रयोजनका लागि बच्चाहरुलाई स्कूल जानबाट रोक्न मिल्दैन उनीहरुलाई पढ्ने समय अभिभावकले छुट्याई दिनुपर्छ । आर्थिक समस्यास“ग जोडेर बाबुआमाको पेशामा सघाउन वा पैसा कमाउन पसलमा राख्ने, आफुसंगै बनि गर्न हिडाउने जस्ता उनीहरुको पढ्न पाउने हकलाई कहिल्यै पनि हामीले हनन् गर्नु हु“दैन ।
 सञ्चारमा पहु“च
धरान सहर सानै भएपनि जनघनत्व बढ्दो मात्रामा छ । बाक्लो बस्ती भएका कारण यहा“ एक ठाउ“मा भएको घटना अर्को ठाउ“मा थाह हुदैन यसको मुख्य कारण भनेको सबै मानिस आ–आफ्नै लयमा हुनु नै हो । कहा“ के भईरहेको छ भन्ने कुरा थाह पाउने माध्यम भनेकै सञ्चार हो तर दलित समुदायको सञ्चारमा पह“ुच कमै मात्र छ । सञ्चार क्षेत्रमा पहिला तिर सुन्यता जस्तै थियो तर केही समयदेखि निकै यस समुदायका युवा पुस्तामा क्रेज बढ्दैछ । ६–७ वर्ष अघिदेखि आवाज मिडिया ग्रुप नाम दिएर सञ्चार क्षेत्रमा केही दलित युवाहरु लाग्ने बताए पनि कार्यक्रममुखी एनजिओका रुपमा हराईरहेका छन् । महाप्रतिवाद पत्रिका प्रकाशन भएपछि यस समुदायका युवा पुस्तामा केही जागरुकता देखिएको छ । त्यसभन्दा पहिला पनि पानमारा क्षेत्रबाट रणध्वोज लोहार सप्तकोशी एफएमका काम गर्थे, विनोद विश्वकर्माहरुले पनि सञ्चार क्षेत्रको महत्व बुझेका थिए र पछि विजय आछामी, गणेश परियार, दिनेश गजमेर, लक्ष्मी दर्नाल, शिशिर रामदाम, लगायतका व्यक्तिहरुले धरानमा पत्रकारको परिचय पनि बनाए । लम्जेल संघर्षशील, अनिता रसाईली विगत लामै समयदेखि सञ्चार क्षेत्रमा आवद्ध भएका छन् । लम्जेलले प्रवोध साप्ताहिक र गुफाथुम्की गर्जन त्रैमासिक नामक पत्रिका प्रकाशन गर्दै आएका छन् । यससंगै गणेश बराइलीले पनि बालखोज पाक्षिक पत्रिका प्रकाशन गरे, मिलन शंकर, टिका मंग्रातीहरुले पनि ग्लेयर मासिक केही अंक बजारमा ल्याए । पत्रकारिता प्रति धरानमा झण्डै दुई दर्जन दलित समुदायका व्यक्तिहरु छन् । यद्यपी पलायन हुनेक्रम जारी छ । कमै मात्र यस क्षेत्रमा क्रियाशिल छन् । दलित कै लगानी र स्वामित्वमा भने धरानमा महाप्रतिवाद र प्रवोध साप्ताहिक पत्रिका मात्रै हुन् । अन्यमा दलितहरुको पहु“च कमै मात्र छ । औजार दैनिकमा रणध्वोज लोहार कार्यकारी सम्पादक भएपछि केही दलितका खबरहरु आउन थालेका छन् । विजयपुर एफएममा पनि लक्ष्मी दर्नाल र रणध्वोजहरुको राम्रै प्रभाव छ । सो एफएममा गणेश परियार, बिजय आछामीहरुको सक्रियतामा सुवास वि.क.लगायतका केही व्यक्तिहरुले अभ्यास गर्ने मौका पाएका थिए भने रेडियो धरान, गणतन्त्र एफ हुँदै हाल मर्निङ्ग टाइम्स दैनिकमा दिनेश गजमेरले पनि  राम्रै अवसर पाएका छन् । यद्यपी धरानबाट प्रकाशित अन्य दैनिक तथा साप्ताहिक पत्रपत्रिका, रेडियो एफएम, टेलिभिजनमा प्रतिनिधित्व रहेको छैन । पूर्वकै पुरानो र स्थापित पत्रिका ब्लाष्ट टाईम्स दैनिकमासमेत अहिलेसम्म दलितहरुका इसु (मुद्धा)लाई प्राथमिकता दिएको छैन । छिटफुट दिवसहरुमा बाहेक अन्यवेला खासै महत्व दिएको पाइन्दैन भने फाष्ट, रेडियो गणतन्त्र, दन्तकाली एफएमलगायतका सञ्चार माध्यम जो धरानबाटै सञ्चालनमा छन् तिनीहरुमा दलित सम्बन्धि कुनै खास कार्यक्रम पनि समावेश गरिएको छैन । यो अत्यन्तै दुःखलाग्दो विषय हो । यसैले सबैभन्दा पहिलो कुरा दलित समुदायबाट सञ्चालन भएका जति पनि सञ्चार माध्यम छन् त्यसको संरक्षण स्थानीय निकाय, दलित तथा गैरदलित सम्पूर्ण क्षेत्रबाट हुनु पर्दछ भने अन्य सञ्चार माध्यममा पनि अनिवार्य सहभागिता हुनुपर्छ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा एक जना मात्रैको सहभागिता छ त्यहा“ पनि दलितका कुरा उठाउ“दा पत्रकार दलित नहुने भन्दै बोल्नसमेत प्रतिबन्ध लगाउने स्थिति छ । यता दलित सञ्चारकर्मीहरुको संगठन निर्माणलाई न त दलित संघ संस्थाले मान्यता दिए नत पत्रकार सम्बद्ध संघसंस्थाले  जसकारण दलित पत्रकार मञ्च अलपत्र परेर विघटित अवस्थामा छ । यसक्षेत्रमा सबैले ध्यान दिन आवश्यक छ ।
 पेशा तथा व्यवसाय
पेशा तथा व्यवसायका हिसावमा हेर्ने हो भने सुनचा“दी व्यवसाय, फलामको व्यवसाय, कपडा सिलाउने, जुत्ता मर्मत तथा पसल खोल्ने, सरसफाई गर्ने लगायतका पेशामा अधिकांश दलितहरु आवद्ध भएका छन् । धरानका झण्डै ३५ प्रतिशत दलितहरु पुख्र्यौली पेशामा आवद्ध छन् भने बा“कीले अन्य क्षेत्रमा पेशा तथा व्यवसाय गरेको पाइन्छ । धरानमा करिब दैनिक ५० लाखको खुकुरी निर्यात हुन्छ भने करोडौंको सुनचा“दि कारोबार हुन्छ । यद्यपी सुनचा“दिमा दलितहरुको पहु“च विस्तारै खच्किरहेको छ । नेवार, राई, लिम्बु समुदायको बर्चश्व बढ्दै गएको छ । कालिगढ बंगालीहरु हाबी हु“दा यहा“का दलितहरुलाई समस्या भएको छ । सुनचा“दि व्यवसायमा दलितहरु हजारको  हाराहारीमा कालिगढहरु रहेका छन् । धरानको रत्नरोड पुरै सुनचादिले भरिएको छ भने पुरानोबजार, महेन्द्रपथ लगायतका चौक र गल्लीहरुमा धेरै सुनचादि पसलहरु रहेका छन् । खुकुरी फ्याक्ट्रिहरु करिब दुई दर्जनभन्दा बढि धरानमा रहेका छन् । ६ सयभन्दा बढि कालिगढहरु त्यस पेशामा आवद्ध  छन् । त्यतिकै कपडा पसलमा सिलाई बुनाई गर्ने तथा जुत्ता चप्पल बनाउने र बेच्ने कार्यमा पनि दलितहरु छन् । त्यसका अलवा सरसफाईमा धरान नगरपालिका, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका ठूलठुला संस्थानहरुमा पनि मधेशी दलितहरु  रहेका छन् । व्यवसायका हिसावमा दलित समुदायको व्यक्तिले स्थापना गरी ३ हजार भन्दा बढीलाई प्रतक्ष्य रोजगार दिन सफल भएको बराह ज्वेलरी धरानमा मात्र होइन काठमाण्डौं, पोखरा हङ्कङ हुदैं यूकेसम्म प्रसिद्ध छ । नुनदेखि सुनसम्म भन्ने नारा दिएर सञ्चालन भएको सो व्यवसायले सम्पूर्ण दलितहरुको शिर ठाडो बनाएको छ । त्यसलाई स्थापना गर्ने इन्द्रबहादुर लामिछाने दलित समुदायको आर्थिक क्रान्तिका एक सशक्त हस्ती थिए भन्दा अत्युक्ति नहोला । धरानमा सो बराह ज्वेलरीकै कारण मानबहादुर दियाली हरेक क्षेत्रमा अग्रपंक्तिमा आउछन् । उनले  व्यवसायका साथै सामाजिक क्षेत्रमा पनि निकै राम्रो प्रगति गरेका छन् । यसका साथै सियोन ज्वेलर्स, एम.एस. ज्वेलरी, न्यू सगरमाथा ज्वेलरी, सन्ध्या ज्वेलरी, अनुग्रह ज्वेलरी, ताप्लेजुङ्ग सान्थाक्रा ज्वेलरी, पाथीभरा ज्वेलरी, लगायतका सुनचा“दि पसलहरु स्थापित भएका छन् । यससंगै एशियन जीवन बिमा धरान शाखामा तिलक कालिकोटे, मदरल्याण्ड बोर्डिङ स्कूलमा बमबहादुर बि.क., खुकुरी उद्योग तथा सत्य शिशु निकेतन स्कूलमा तिलबहादुर सुन्चेउरी लगायत पनि धरानका व्यवसायी मध्ये अग्रणी मानिन्छन् । थुप्रै दलितहरु बेरोजगार छन् । अधिकांश काम नपाएर बसेका छन् भने वैदेशिक रोजगारमा पनि गएका छन् । दलित समुदायका युवाहरुलाई लक्षित गरी रोजगारको अवसर सृजना गर्नुपर्छ ।
 उप–महानगरपालिकाको दलित नीति
धरान नगर क्षेत्रमा दलित समुदायको सघन उपस्थिति रहेको छ भन्ने तथ्याङ्क माथि उल्लेख भइसकेको छ । धरानको भौतिक, सामाजिक, आर्थिक बृद्धि र विकासका लागि नगरवासीले सक्दो सहयोग गरेका छन् । अझ धरानको आर्थिक पाटोमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् र इमान्दारपूर्वक करको दायरामा पनि दलितहरु आएका छन् । यद्यपी लक्षित वर्गमध्ये दलित समुदाय सबैभन्दा पहिलो    नम्बरमा पर्नुपर्ने हो । महिला तथा जनजातिलाई जुन रकम बिनियोजन गरि धरान नगरपालिकाले कार्यक्रम बनाएको छ । दलितहरुको सवालमा त्यस्तो पाइदैन । आफै धामी, आफैं बोक्सी भनेझैं नगरपालिकाले बिनियोजन गरेको रकम कर्मचारीहरुकै मिलेमतोमा केही टाठाबाठाहरुले रकमको भागबण्डा गर्ने गरेका छन् । नगरपालिकाले बजेटको सदुपयोग गर्नका लागि भनि दलित उत्थान समन्वय समितिको गठन गरेको छ । यो समितिमा विभिन्न दर्जनौं  संघ संगठनहरु आवद्ध छन् । ती संस्थाहरु विभिन्न राजनीतिक दल र गैरसरकारी संस्थाहरु हुन् । उनीहरुले नगरपालिकाले छुट्याएको ५÷६ लाख रुपैया कसरी सदुपयोग गर्ने भन्ने विषयमा छलफल गरी सञ्चालन गर्दै आएका छन् । विगतका वर्षहरुमा समितिले रकम दुरुपयोग पनि गरेको थियो । अहिले विभिन्न तालिम तथा गोष्ठीमा खर्च गरेको छ र भर्खरै व्यवसायमुखी तालिम सञ्चालन गरेको छ जसले केही दलितहरुलाई राहत पुगेको छ ।  समिति नै धरान नगरपालिकाको दलित सम्बन्धि आधिकारीक संस्था हो ।  नगरपालिकाले यहि संगठनमार्फत कार्यक्रम गर्दै आएको छ । समग्र धरानको व्यय खर्च  मध्ये दलितका लागि छुट्याइएको बजेट नगन्य रहने गरेको छ । तथापी यहा“को भौतिक विकास निर्माण, सरसफाई र सामाजिक सुरक्षा लगायतका क्षेत्रमा गरिएको लगानी दलित समुदायका लागि पनि हो । धरान नगरपालिकाले दलितहरुलाई बहिष्कारै गरेको अवस्था छैन र सिस्टम (विधि र प्रक्रिया)बाट सञ्चालन गर्ने प्रयत्न गरिरहेको   देखिन्छ । धरान नगरपालिकाले अझ आगमी दिनमा दलित मैत्री नगर निर्माणका लागि जोड दिनु आवश्यक छ । नगर परिषद्मा दलितहरुको प्रतिनिधित्व हुन आवश्यक छ । त्यसरी परिषद्मा जान अघि दलितसम्बद्ध संघसंस्थाले गृहकार्य गर्न आवश्यक छ । दलित सम्बन्धिका योजना बजेटमूखी भन्दा पनि दलित अधिकारका पक्षमा केन्द्रीत हुनुपर्दछ । धरान उप–महानगरपालिकाले सञ्चालन गर्ने सबैखाले कार्यक्रममा दलित समुदायलाई समावेश गराउने, अवसर उपलब्ध गराउने, सरसहयोग गरी क्षमता बृद्धि र विकासमा जोड दिन आवश्यक छ ।
 सुकुम्बासीमा दलित
नेपाल बसोबास बस्ती संरक्षण समाजका अनुसार धरानमा ६४ वटा सुकुम्बासी बस्ती छन् । सुकुम्बासी बस्ती खोला बगर तथा जोखिमपूर्ण अवस्थामा छन् । त्यस्ता बस्तीहरुमा राई, लिम्बु, मगर, तामाङका साथै दलितहरुको बाक्लो उपस्थिति रहेको छ । बजार क्षेत्रमा नम्बरी जग्गा हुने भन्दा ऐलानी जग्गामा बस्ने दलितहरुको संख्या बढि छ । यसले के देखाउ“छ भने दलितहरु बसोबासका हिसावले अत्यन्तै जोखिममा छन् । यसकारण त्यस्ता जोखिमपूर्ण अवस्थामा रहेका दलितहरुको आवास व्यवस्थापनमा पनि हामीले ध्यान दिन आवश्यक छ । त्यस्ता छाप्राहरुमा खानेपानी, बिजुली, यातायात, औषधी उपचार जस्ता आधारभूत आवश्यकताको  परिपूर्ति हुन नसक्दा आज पनि अधिकांश दलितहरु जोखिमपूर्ण अवस्थामा छन् । यसैले ति बस्तीहरुमा राज्यस्तरबाटै विशेष योजना अन्तर्गत स्वास्थ्य, शिक्षा र     रोजगारका कार्यक्रम सञ्चालन गर्न जरुरी छ भने दलित संघसंस्थाहरु पनि लागि पर्नु आवश्यक छ । नेतृत्वमा त्यस्ता आधारभूत बस्तीका व्यक्तिलाई विकास गराउनु पर्छ ।

छूवाछुतमुक्त नगरपालिका र यथार्थ अवस्था
दलित हुनु भनेको आर्थिक हैसियत कमजोर भएर मात्रै होइन भन्ने कुरा हामीले माथि नै हेरिसकेका छौं । आर्थिक सम्पन्न हुने बित्तिकै उ माथिको विभेद हट्छ भन्ने मान्यता गलत हो । मुलुकलाई छुवाछुत मुक्त घोषणा  गरेको निकै वर्ष भइसकेको छ । धरान उप–महानगरपालिकाले पनि यस नगरलाई छूवाछुत मुक्त घोषणा  गरिसकेको छ । यो घोषणा भइसकेपछि पनि छुवाछूत भएको खण्डमा सरकारीवादी मुद्धा बन्दछ र पीडितको पक्षमा सरकारले अर्थात न्यायलय उभिनु पर्ने हुन्छ । तर, धरान उप–महानगरपालिकामा हरेक महिना छुवाछुतका घटना हुने गर्दछन् । सबै घटना सार्वजनिक नभए पनि छिटफुट घटना मुद्धाकै रुपमा पनि अगाडि बढेका थिए । केही गत वर्ष धरान–४ छाताचौक स्थित नन्दलाल शाहले डोम थरका दुईजनालाई छोइछिटोको निहु“मा सार्वजनिक गाली बेइजत गरेका थिए । उनलाई दलित अधिकारकर्मीहरुको रोहवरमा इलाका प्रहरी कार्यालय धरानमा केही दिन पुर्पक्षमा राखिएको थियो तर उनलाई सामान्य छलफल पछि कारबाही नगरी छाडिएको थियो । त्यस्तै गत वर्ष  नै धरान–१६ का बलबहादुर बि.क.लाई छिमेकी कथित उपल्लो जातकी महिलाले भेदभाव गरेको विषयमा पनि दोषीलाई इलाका ल्याउने र केहि समय राख्ने काम मात्रै भयो । अन्ततः पीडिकहरुलाई कानुनी कारबाही भएन र मिलापत्रमा मिलाउने काम भयो । बजार तथा गाउ, टोलमा अहिले पनि धरानभित्र छुवाछुतको अवस्था विद्यमान छ । बाहिरी देखावटी छुवाछूत नगरेपनि सार्वजनिक   धारामा पानी थाप्दा पनि छोइछिटो गर्ने प्रचलन छ“दैछ ।
     छूवाछूत सम्बन्धि कानुनमा उल्लेख भए पनि कारबाही गर्ने निकाय सरकारमा दलितहरुको पह“ुच नभएकाले पनि त्यस्तो विभेद सहन दलितहरु बाध्य भएका छन् । मुख्य सहरबजारमा व्यवसायिक रुपमा खोलिएका पसल तथा हाटबजारमा विभेद नभए पनि व्यक्तिगत घरभित्र पस्न नदिनेहरु पनि प्रसस्तै छन् । कोठा भाडा खोज्दा पनि दलित भन्ने थाहा पाएपछि विभिन्न बहाना बनाउने र दलितलाई कोठाभाडा नदिने धेरैको गुनासो छ । छुवाछूत सम्बन्धिका घटना हेर्ने छुट्टै निकायको गठन गरेर धरान उप–महानगरपालिकाले व्यवस्थापन गर्न आवश्यक छ र जनतामा छुवाछूत सामाजिक अपराध हो भन्ने चेतना फैलाई सभ्य र छूवाछुत मुक्त समाजको स्थापना गर्नु पर्छ ।
 मुक्तिको प्रश्न
     धरानका दलितहरु अहिले जुन अवस्थामा छन् यो अवस्थाबाट मुक्त हुनुपर्छ र समाजमा अन्य जातिका मानिस सरह विभेदरहित वातावरणमा जिउन पाउनुपर्छ । जातिपाति र छूवाछूत समाजको कलङ्क हो यद्यपी कानुनले बर्जित गरेको कुरा जनताले बुझेर खुलमखुल्ला विभेद नगरेपनि समाजका अनपढ र ठालुहरुले अहिले पनि पुरानै आधारमा यो विभेद जारी राखेका छन् । यसबाट मुक्ति पाउनका लागि विद्रोह वा युद्ध गर्न आवश्यक छैन । यो चेतनामा भएको कमजोरी हो । चेतनाको विकासस“गै सहि कुरा जनतामा बुझाएपछि आफै यो प्रथाको अन्त्य हुन्छ । धेरैले दलित मुक्ति आफै समय भएपछि हुन्छ भन्ने तर्क पनि गर्छन तर मुक्ति आफै हु“दैन संघर्षपछि मात्रै प्राप्त हुने भएकाले दलितहरु संगठित र सचेत हुनुपर्छ । आफ्ना पीडा–समस्याहरु जनताका बीचमा लानुपर्छ, प्रभावकारी सञ्चार साक्षात्कार   गर्नुपर्छ । यसरी आफ्नो अधिकार खोज्दा अन्य समुदायलाई मार पार्ने प्रकारले होइन कि दीर्घकालिन् समस्याको समाधान गर्नुपर्छ । आज अन्य जातिका मानिसले आफुमाथि विभेद गरे भनेर भोली अरुलाई यस्तै विभेद गर्ने बदलाको भावना लिनुहु“दैन । वास्तवमा दलित अनन्त सम्म रहिरहने अजम्बरी चिज होइन, यो तत्कालिन अवस्थाको विश्लेषण हो । दलित शब्द हटाएर समास्या समाधान हुने होइन राजनैतिक, आर्थिक, सामाजिक सबै अवस्थामा सुधार आउनुपर्छ अनि त्यतिखेर मात्र दलित भन्ने अवस्थाबाट मुक्ति  मिल्छ । कतिपय अवस्थामा दलित भित्रै पनि विभेद छ । विश्वकर्मा, दमाई, सार्की, डोम लगायतको बीचमा पनि अन्तरिक भेदभाव छ भन्ने आधारलाई लिएर कतिपय दलित नेता त कतिपय गैरदलितहरुले पनि पहिला आफै भित्रको विभेद अन्त्य हुनुपर्छ भन्ने गरेका छन् । हो पहिला आफैभित्र भेदभाव अन्त्य गर्नुपर्छ त्यसस“गै सामाजिक आन्दोलन जारी राख्नुपर्छ । धरान यति विकसित भएर पनि दलितको मुक्ति सम्बन्धि खासै बहस र छलफल हुने गरेका  छैनन् । भए गरेका भेला तथा बैठकहरुमा पनि आफुआफू नै सानो– ठूलोको मर्यदाक्रमका कारण कतिपय स्थानमा नराम्रा घटनासमेत हुने गरेकाले साझा अवधारणा निर्माण गरी एकजुट भएर अघि बढेको खण्डमा धराने दलितहरुको मुक्ति सम्भव छ । यो धेरै समय लाग्दैन ।

निष्कर्ष
अन्ततः धरानका सम्पूर्ण दलितहरुले एकआपसमा संगठित हुन आवश्यक छ । हरेक जातीय संगठनहरु छन् । पेशागत संगठनहरु पनि छन् । यी सबैको एउटा छाता संगठनका रुपमा दलित एकता समाजको निर्माण गरि साझा मुद्धामा साझा संगठन बनाउनुपर्छ । सबै दलितको एउटै समस्या हो । हामीले भाषाको विकास, संस्कारको संरक्षण वा अन्य कुनै पनि रितिथितिका कुरामा अलमलिरहनु पर्ने अवस्था छैन । किनभने दलितहरुको कुनै पनि आफ्नै भाषा, धर्म, संस्कार वा संस्कृति छैन । हामी जुन समुदायको बाहुल्यता भएको ठाउ“मा छौं त्यसकै प्रभाव परेको छ । जस्तै पहिला पहाडतिर क्षेत्री बाहुनको समाजमा बसेकाले क्षेत्री बाहुनले मान्ने धर्म, संस्कार र भाषा प्रयोग ग¥यो भने कतिपय राई, लिम्बु, मगर, आदिको सरसंगतले सोही भाषा, धर्मले प्रभाव पारेको छ । अधिकांश दलितहरु आज पनि खस–पर्वते भाषा आफ्नो भाषा, हिन्दु धर्म आफ्नो धर्म भनि अहंकार मच्चाई रहेका छन् त्यसले उनीहरुलाई झन् पछि धकेलीरहेको छ । दलित समुदाय भनेको कलाकार हुन्, ईन्जिनियर हुन, बैज्ञानिक हुन् । त्यसो भएकाले हामीले शिर निहुराउनु पर्ने अर्थात् आफुलाई जन्मकै आधारमा दलित बनाउने सामन्तवादी समाजबाट डराउनु पर्ने कुनै कारण छैन । स्वतन्त्रतापूर्वक आफ्नो इच्छा अनुसारको प्रगतिशिल विचार लिएर अगाडि बढौं । यो धरान हामी सबैको हो । जति दिनरात खटेर धरान निर्माण भएको छ अझ बढि मेहेनत गर्दै सम्पूर्ण दलितहरु एक जुट होऔं । धरानलाई हाम्रो र राम्रो धरान बनाऔं । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा धरानलाई चिनाऔं र धरानेहरुको परिचय बदलौं कि हामी मिहेनती, परिश्रमी, दयालु, प्रेम गर्ने र सम्पूर्ण मानव मुक्तिको लागि पथप्रदर्शक बनौं । आफुभित्र रहेको हिनताबोधलाई त्यागौं । अब आफ्नो लागि मात्र होइन समाज र समग्र धरानको विकास निर्माणमा जुटौं । बाहिर हेर्दा जति सुन्दर धरान छ, भित्री रुपमा भएका बिकृत्ति र बिसङ्गतीलाई निर्मूल पारौं सुन्दर समाजको निर्माण गरौं । धरानको दलित आन्दोलनले नेपालकै दलित आन्दोलनको नेतृत्व गर्न सक्छ । यसमा हामी सबै दलितहरु एकजुट हुनु आवश्यक छ र साझा  मोर्चाको निर्माण गर्नु पर्दछ ।


धरानमा दलित आन्दोलनको संक्षिप्त विश्लेषण -तारा लामगादे

धरान , १६ जेष्ठ २०७२ , विभेद बिरुद अभियान । धरान आधुनिक शहर हो । यहाँ विभिन्न पहाड तथा तराईका जिल्लाबाट बसाईसरी आएका व्यक्तिहरु बसोबास गर्दै आएका    छन् । त्यसरी नै दलितहरु पनि धरानमा सघन रुपमा बसोबास गरेको पाइन्छ । उद्योग कलकारखाना, व्यापार व्यवसायमा दलितहरुको      राम्रै उपस्थिति रहेको छ धरानमा । हुन त ३०–४० वर्ष अगाडि दलितहरु व्यवसाय गर्ने तरिकाले बसोबास गरेका पाइन्दैन । जुनबेला नेवार तथा मारवाडीहरुको कामदारका रुपमा रहेका थिए । प्रतक्ष्य कामसँग जोडिएर धरानमा दलितहरुको बसोबास भएका कारण शिक्षादीक्षाका हिसाबले दलितहरु पछाडी नै परेका थिए । यद्यपी यस्तै पछौटेपनमा पनि केहि दलितहरुले राज्यको माथिल्लो निकायसम्म पहँुच विस्तार गरेको देखिन्छ । तर पञ्चायतकालभन्दा अघि धरानका कुनै पनि दलितहरुले दलितहरुको हक, हित र अधिकारको पक्षमा संघर्ष गरेको देखिदैन । पञ्चायतकालमा व्यक्तिगत रुपमा केहि दलितले फाइदा लिएको भए पनि दलित आन्दोलनमा धरानले गौरव गर्नै पर्ने खास त्यस्तो उपलब्धी गरेको देखिन्दैन ।

     हालको धरान–१४ का ईश्वरमान विश्वकर्मा (कोइराला) पञ्चायतकालिन अवस्थाभन्दा अघिदेखि नै वामपन्थि व्यक्तित्व थिए र उनले जातीय विभेदका विरुद्धमा जनचेतनाको काम गरेका थिए । धरान–१० कलेजरोडमा बसोबास गर्ने जुदुविर विश्वकर्मा (रसाइली) पञ्चायत कालमा वामपन्थी राजनीतिकबाट प्रभावित थिए । उनले संगठित रुपमा धरानको दलित आन्दोलनलाई हाक्न नसके पनि व्यक्तिगत रुपमा अध्ययन अनुसन्धान गर्ने, अन्य साथीहरुलाई आफुले पढेका पत्रपत्रिका र दलित आन्दोलन सम्बन्धी विभिन्न सामग्रीहरु उपलब्ध गराउने, छलफल र बहस चलाउने काम गरेका थिए । जसले केहि दलितहरु बीचमा भारतीय दलित आन्दोलन र नेपालका दलितहरुबीचको समस्याका विषयमा छलफल हुने गरेको थियो । यद्यपी जदुविर मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठहरु जो नेपाल कम्युनिष्ट पार्टीका नेताहरु थिए तिनीहरुसँग उठबस गरका थिए । तर जदुविर आफै अन्तमा पलायन भए र उनले कुनै राजनीतिक हैसियत निर्माण गर्न सकेनन् ।
          धरान–१४ विजयपुरका हिरालाल विश्वकर्मा (सुन्च्यूरी) नेपालमा दलितहरुको इतिहासमा उल्लेखनीय नाम हो । दलित समुदायबाट नेपालको इतिहासमा मन्त्रीमण्डलमा पुग्ने उनी नै पहिलो व्यक्ति हुन् । पञ्चायती व्यवस्थामा राजालाई रिजाएर शिक्षा सहायक राज्य मन्त्री समेत खान भ्याएका हिरालाल विश्वकर्माले धरानकै लागि भने चाहि खासै त्यस्तो केहि नगरेको देखिन्छ । राजाको निर्देशनमा गठित नेपाल दलित समाज कल्याण संघ धरानमा ल्याएर दलितहरुको निम्ति केहि कोसेली बाँडेको भए पनि हिरालाल मन्त्री भए पछि उनका आफन्तलाई केहि आर्थिक सम्पन्नता बनाउने र व्यक्तिगत फाइदा लिए । तर, दलित आन्दोलनमा अविस्मरणीय र ठोस कार्यक्रम गर्न सकेनन् बरु दलितहरुलाई विकाउको साधन बनाए र राज्यसत्तामा आसामूखी बनाउने काम गरे । उनी कट्टर राजावादी पञ्चायती थिए । यद्यपी शिक्षादिक्षाका हिसावले अन्य दलितहरुभन्दा पढेलेखेका थिए । 
धरानका दलितहरु मध्ये टिआर (तुलाराम) विश्वकर्माको नाम पनि जोडिन आउँछ । टिआर बौद्धिक व्यक्तित्व थिए भन्न हिचकिचाउनु हुन्न । पञ्चायककालिन अवस्थामा विभिन्न पत्रपत्रिका प्रकाशन गर्ने र पत्रकारको भूमिका निर्वाह गर्न सक्ने व्यक्ति थिए । त्यसका अलवा उनले साहित्यका क्षेत्रमा पनि पहिचान बनाएका थिए । उनी हिरालाल विश्वकर्मा भाई थिए । टिआरले व्यक्तित्व विकासका हिसावले निकै प्रगति गरेता पनि दलित समुदायको लागि सोचनीय र प्रभावकारी भूमिका खेल्न सकेनन् । संस्थागत विकासमा ध्यान नदिनु उनको कमजोरी हो । धरानको दलित आन्दोलनकै सिलसिलामा उनको नाम त आउँदैन तर धरानका दलित व्यक्तिहरुको सूचिमा भने छुटाउन मिल्दैन ।
धरान–१० कलेजरोडका पृथ्वीमान मोते पनि पञ्चायतकालिन व्यवस्थामा वामपन्थी राजनीतिमा आस्था राख्ने दलित थिए । उनी एमाले निकट रहेर काम गरेको देखिन्छ । उनले पनि सामूहिक रुपमा दलितहरुकै निम्ति भनेर उल्लेखनीय काम भने गरेको देखिन्न ।
पञ्चायतकालको अन्त्यतिर भने धरानका केहि दलितहरु सक्रिय रुपमा दलित आन्दोलनमा होमिएको देखिन्छ । धरान–१० कै पदम सुन्दासले भने सामूहिकरुपमा दलित आन्दोलनमा योगदान दिएको पाइन्छ । उनले नेपाल राष्ट्रिय जनविकास परिषद् नामक संस्था स्थापना गरी दलित आन्दोलनमा बैचारिक छलफल चलाउने काम गरेका छन् । सुरुवाती समयदेखि नै धरानमा दलितहरुको सघन उपस्थिति भए पनि दलित आन्दोलनका क्षेत्रमा त्यसपछि निकै व्यक्तिहरु अग्रसर भएका थिए ।
०४६ साल पछिको बहुदलीय व्यवस्थामा भने धरानका दलितहरु सक्रिय रुपमा दलित आन्दोलनमा लागेको देखिन्छ । धरान–३ का लालबहादुर सुन्च्यूरी, धरानका मोहन लामगादे, डिल्लीराम सिवा, गोपाल रणपहेली, रमेश गजमेरलगायतका व्यक्तिहरुले दलित आन्दोलनलाई निकै सक्रियता पूर्वक अगाडि बढाए । १० वर्षे जनयुद्धमा धरान–१५ का रामकुमार रामदाम (प्रवल) र चन्द्र अछामी सहिद भएका थिए । उनीहरु जातीय विभेदको अन्त्य गर्न वर्गिय मुक्ति आन्दोलनमा सहभागि भएका थिए ।
लोकतन्त्रको स्थापना पछि धरानमा निकै मजबुद अवस्थामा दलित संघ संस्थाहरु रहेका छन् । यस क्रममा एक दर्जनभन्दा बढि दलितजन्य संगठनहरु अस्तित्वमा रहेका छन् । जसले अहिले दलित नेताको रुपमा करिब–करिब दुई दर्जनको हाराहारीमा देखिएका छन् ।
यसबाहेक धरान–१५ का मिन विश्वकर्मा अहिले संविधान सभामा सभासद रहेका छन् । उनी नेपाली काँग्रेसको तर्फबाट समानुपातिक सभासद हुन् । नेपाल दलित संघका नेताका रुपमा उनी रहेका छन् । त्यस्तै धरान–१७ का दलमर्दन कामी पनि अहिले केन्द्रिय राजनीतिक पहुँचमा रहेका छन् । सामाजिक लोकतान्त्रिक पार्टीको केन्द्रिय अध्यक्ष मण्डलमा रहेका दलमर्दन मोशाका नामले पनि       परिचित थिए । धरान–१५ का रमेश गजमेर भने दलित सेवा संघका  बरिष्ठ केन्द्रिय उपाध्यक्ष छन् ।
      यसरी हेर्दा धरानका दलितहरु राजनीतिक तथा गैरसरकारी संघ संस्थामा केहि राम्रै स्थानमा रहेका छन् त्यसको प्रतक्ष्य प्रभाव  स्थानीय रुपमा परेको छ । लोकतन्त्र स्थापना पछि राम्रो रुपमा दलित आन्दोलन पनि एकाकार भएको छ ।
छिन्नभिन्न अवस्थामा रहेको दलित आन्दोलन आस्थाका हिसावले फरक फरक ठाउँमा भएका नेताहरु मुद्धाका हिसावमा एकै ठाउँमा छन् । पछिल्लो समयमा विकास भएको यो एकता निरन्तर रहन जरुरी छ र सामूहिक रुपमा केहि योगदान पु¥याउन आवश्यक छ ।

“दलित” आन्दोलनमा हाम्रो भूमिका - तारा लामगादे

१६ जेष्ठ २०७२ , विभेद बिरुद अभियान । नेपालमा पौने ३ करोडको हाराहारीमा रहेको जनसंख्याको २० प्रतिशत अर्थात् ६० लाख भन्दा बढिको जनसंख्यामा “दलित”हरु     रहेका छन् । सरकारी तथ्याङ्कले १३ प्रतिशत मात्रै दलितको जनसंख्या प्रकाशित गरेको छ यो सहि तथ्याङ्क होइन, राज्यको सुनियोजित प्रपोगाण्ड मात्रै हो । जे भएता पनि नेपालका झण्डै एक चौथाई जनता आज जातीय विभेदको सिकार बनेका छन् र यो समस्यालाई राज्यले सहि ढंगबाट संबोधन नगरुन्जेल अन्य जतिसुकै विकास निर्माणका कार्यहरु गरेता पनि ति सबै ओझेलमा पर्नेछन् । यसकारण पनि हामीले “दलित” भन्ने विषयमा गम्भिरताका साथ अध्ययन गर्न, छलफल चलाउन, सोचविचार गर्न र पुराना गलत सोंचको सट्टामा परिवर्तन गर्दै अगाडि बढ्न नितान्त जरुरी छ ।

      मानव समाजको विकासक्रममा फरक–फरक भूगोलमा बसोबास गर्नेक्रममा जाति, भाषा र राष्ट्रको उत्पत्ति भएको हो । जात       (अबकतभ) हुनका निम्ति खास भाषा, भूगोल, आर्थिक प्रणाली, संस्कृति र खास मनोविज्ञान भएको समूह हुनुपर्छ । वर्ग (अबिकक) भनेको  श्रेणी वा मापदण्ड हो । उनीहरुको अवस्था, क्षमता, सीप आदिलाई क्लास वा वर्ग भनिन्छ । समुदाय (क्यअष्भतथ) भनेको विभिन्न जातका तर एउटै वर्गभित्र पर्ने, राजनीतिक, आर्थिक, सामाजिक, बैचारिक आदि क्षेत्रमा समानता भएको समूह हो । यसरी हेर्दा अहिलेका “दलित” इसापूर्व ३ सय भन्दा अघि सर्वहारा मेहेनतकश जनता थिए, जसले पौरख गरेर संसारमा जिउँथे । त्यो समयमा महान् कालिगढ, सिर्जनाकार, कलाकार, वैज्ञानिक, आविस्कारक आदि थिए । जुन यस्तो वर्ग थियो कि समाजको सबैभन्दा अग्रस्थानमा रहेको थियो तर एक्षिण एशियाली उपमहाद्धीपको आजको  भारतमा करिब ३५ सय वर्ष पहिले वर्णव्यवस्थाको जग हालिएको थियो भन्ने मानिन्छ ।

त्यसपछि २ हजार वर्ष पहिले ब्राह्मण राजा मनुको शासनकालमा वर्ण व्यवस्थामाथि छूवाछूत समेत लादियो । त्यहि हिन्दू वर्णव्यवस्थाले ऐतिहासिक सर्वहारा वर्गलाई जातिका रुपमा स्थापित गरेको हो । त्यसबेलादेखि समाजको सबैभन्दा तल परेका श्रमजीवि जनता बिच फुट पार्न र शोषक वर्गिय कथित उच्च जातीय शासनलाई दीर्घजीवि बनाउन छूवाछूतसहितको वर्ण व्यवस्थालाई व्यवस्थित रुपमा कठोर पार्दै लगियो त्यस क्रममा हिन्दु धार्मिक शासन एशियामा जहाँ–जहाँ फैलियो, त्यहाँ–त्यहाँ यो छूवाछूतसहितको वर्ण व्यवस्था फैलन पुग्यो ।

भारतबाट हिन्दु धार्मिक शासकहरु र पुरोहित पण्डितहरु दोस्रो शताब्दीतिर (लिच्छवी कालमा) आजको नेपाल खण्डमा प्रवेश गर्नेक्रमसँगै जातपात, छूवाछूत र भेदभाव प्रथाको शुरुवात भएको पाइन्छ । आजभन्दा करिब ७ सय वर्ष अगाडिदेखि अर्थात काठमाण्डौं उपत्यकाका राजा जयस्थिति मल्ल (इ.सं. १३६०–१३६५) र गोरखाका राजा राम शाहले इ.सं. १६०५–१६३६ मा  सामाजिक व्यवस्थाका रुपमा यो प्रथालाई नेपालमा लागु गरी त्यहि    भारतीय  वर्ण व्यवस्था आइपुगेको  कुरा इतिहास सिद्ध भइसकेको छ ।

नेपालमा काठमाण्डौं उपत्यका पछि नेपाल र पछि मधेशमा छूवाछूतसहितको वर्णव्यवस्थालाई व्यवस्थित पार्ने सिलसिलामा शासक जातीहरुले दलित जातिलाई हेपेर अपमानित गर्दै शुद्र “अछूत” पानी  अचल “ठि मज्यू पि”  “कूजात” “पउनी” आदि विभिन्न नामहरु दिए । आजसम्म पनि ति अपमानजनक शब्दावली देशका विभिन्न भागमा कथित उच्च जातिहरुले प्रयोग गरिरहेको भेटिन्छ ।

राष्ट्र निर्माताको पगरी गुथेका (गोर्खे साम्राज्यका नायक) साम्राज्यवादी पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा काठमाण्डौं उपत्यका कब्जा गरेपछि ‘असिल हिन्दुस्तान’ बनाउने योजना सहित काम गरेका थिए । उनी पूर्णरुपमा मनुको शिक्षाबाट प्रेरित थिए । मनुले आफ्नो उपदेशमा साना जाति  (अहिलेका दलित)हरुले ज्ञान–गुणका कुराहरु, शिक्षा, हिन्दु धर्मका ग्रन्थ पढ्नहरुको जिब्रो काटिदिनु, आँखामा झिर तताएर घोचिदिनु, सुन्नेको कान झिर तताएर घोचिदिनुलगायतका अत्यन्तै क्रुर वाणी (निर्देशन)हरु थिए ।  त्यसैबाट प्रभावित शाह वंशहरुले पनि आफ्नो शासनकालमा मनुकै अनुशरण गरी नेपालमा शासन सञ्चालन गरे ।

इ.सं.१८५३ (वि.सं. १९१०) मा तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणाले मुलुकी ऐन नै बनाएर छूवाछूत तथा विभेदलाई कानुनी मान्यता दिएका थिए । नेपालमा सामन्ती राणा शासनविरोधी प्रजातान्त्रिक आन्दोलनको हाराहारीदेखि नै दलित मुक्ति आन्दोलन पनि संगठित रुपमा सुरु भयो । २००३ सालदेखि २०२३ सालसम्म दलित संगठनहरुको नाममा कहिले “परिगणित” कहिले “अछूत”कहिले अति “पिछडा”, कहिले “हरिजन” जस्ता शब्दहरु दलित जातिलाई चिनाउन प्रयो गरिएका थिए । बल्लतल्ल वि.सं. २०२० सालको पञ्चायती सरकारले छूवाछूत तथा जातीय विभेदलाई कानुन बर्जित गरायो । मानव–मानव बीच भेदभाव तथा छूवाछूत गर्न नहुने कानुनी संरचना तयार भयो यद्यपी कार्यान्वयमा हालसम्म पनि कठिनाई परेको छ । जुनबेला सम्म “दलित” शब्दको प्रयोग भएको थिएन । २०२३ सालसम्म “दलित” शब्दको प्रयोग संगठनको नाममा प्रयोग भइसकेको थिएन ।

    हिन्दु समाजमा वर्णव्यवस्थाअनुसार “अछूत” बनाइएका अनगिन्ती जात (अबकतभ) हरुलाई साझा नामका रुपमा “दलित ” शब्दले संबोधन गर्ने व्यक्ति भारतका प्रसिद्ध दलित नेता डा. भीमराव अम्बेडकर थिए । सन् १९२७ पछि उनको नेतृत्वमा भारतमा चलेको दलित आन्दोलनको क्रममा नै “दलित” शब्दको प्रयोग व्यापक बनेको थियो । भारतीय दलित आन्दोलनमा “दलित” शब्दको प्रयोग हुने क्रममा “दलित” शब्द हिन्दु समाजमा विभिन्न जातीय समूहभित्रका “अछूत” बनाइएका जातहरुको साझा जातीय नामका रुपमा स्थापित हुन पुग्यो । नेपाली र हिन्दी शब्दकोषमा “दलित” शब्दको सामान्य अर्थ ‘हेपिएको, दलिएको, पिसिएको’ भन्ने भए पनि भारतीय र नेपाली दलित मुक्ति आन्दोलनले “दलित” शब्दको अर्थ अब त्यतिमा सीमित रहन दिएन, बरु यो शब्दले हिन्दू समाजमा “पानी अचल” बनाइएका जातहरुको साझा जातीय नामको अर्थसमेत ग्रहण गर्न पुगिसक्यो ।

      भारतको दलित आन्दोलनबाट स्थापित यो “दलित” शब्दलाई नेपालमा भने २०२४ सालमा गठित “नेपाल   राष्ट्रिय दलित जनविकास परिषद्” संगठनको नाममा पहिलोचोटि प्रयोग गरियो । त्यसपछिदेखि “दलित” शब्द नेपालमा पनि दलित आन्दोलन र      राजनैतिक एवं सामाजिक क्षेत्रमा स्थापित हुन पुग्यो ।

“दलित”शब्दको प्रयोगको यस सिलसिलालाई हेर्दा के देखिन्छ भने, एक, “दलित” नाम कुनै शासक जातिले हेपेर दिएको नाम होइन बरु यो दलित आन्दोलनबाट विकसित भएको साझा परिचय हो, साझा जातीय नाम हो । दुई, वर्णव्यवस्थाअनुसार “पानी अचल” बनाइएका जातहरु एउटै जाति समूहभित्रका मात्रै छैनन् बरु खस–पहाडिया, मधेसी र नेवार गरी तीनवटा समुदायका छन् त्यसैले तीनवटै समुदायका “पानी अचल”बनाइएका  जातहरुको साझा परिचय दिन सक्ने अर्थ “दलित” शब्दले बोकिसकेको छ । आजको समयमा साझा नाम बनेको “दलित” शब्दलाई  प्रयोग नगर्ने हो भने यो आन्दोलनलाई कसरी संबोधन गर्ने ? के आन्दोलन वा कस्ता जातिको आन्दोलन भनेर संबोधन गर्ने ? त्यसका निम्ति पनि आफ्नै आन्दोलनबाट सिर्जित गर्व गर्न सकिने साझा नाम “दलित” नै हुन सक्ने प्रस्ट छ ।

नेपाली दलित मुक्ति आन्दोलनमा “हामीले आफूलाई दलित भन्नुहुँदैन !” “आफैले आफूलाई तल किन ठान्ने ?” जस्ता तर्कहरु पनि बेला –बेलामा कतिपयले उठाउने गरेका छन् । यस सन्दर्भमा बुझ्नु पर्ने पहिलो कुरा त के हो भने “दलित” अरुले हेपेर दिएको नाम होइन । दलितहरुको गौरवमय आन्दोलनबाट स्थापित शब्द हो । दोस्रो कुरा, “दलित” भन्नु भनेको आफू तल भएको स्वीकार्नु होइन, बरु आफूलाई अत्याचार गरिएको छ भन्नु हो । तेस्रो कुरा, दलितले आफुलाई दलित बताएर अत्याचार भको होइन, बरु अत्याचार गर्ने सामाजिक व्यवस्था भएकाले अत्याचार भएको हो । कतिपयले “हामीले आफूलाई दलित भनिरहेपछि त सधैँ यस्तै रहन्छ ।” भन्ने तर्क पनि गर्ने गर्छन्, वास्तवमा त्यो कुरा सत्य होइन । हाम्रै समाजका केही उदाहरणबाट पनि  त्यो कुरा प्रस्ट हुन सक्छ । जस्तै– नेवार जातिभित्रको सायमि अथवा मानन्धरहरुलाई पहिले छूवाछूत गरिन्थ्यो तर राणा शासनको हुकुमले मानन्धरहरुको पानी चलाइदिएपछि उनीहरु “अछूत” रहेनन् । मानन्धरहरुले पहिले पनि आफूलाई मानन्धर भन्थे, अहिले पनि आफूलाई मानन्धर नै भन्छन् तर त्यसले उनीहरुलाई फरक पारेन । मूल कुरा राजनैतिक–सामाजिक व्यवस्था वा परिपाटी हो । यदि समाजमा छूवाछूतको अन्त्य हुन्छ भने र दलितहरुमाथिको सबै अत्याचार र शोषणको अन्त्य हुन्छ भने “दलित” परिचय एउटा सम्मानजनक वा सामान्य परिचय बन्ने निश्चित छ ।

      जातीय छूवाछूत तथा भेदभावकोे कुप्रथा मानिसबाटै सुरुवात भएको हो र मानिसबाटै यसको अन्त्य सम्भव छ । यो इतिहासको अस्थायी परिघटना हो, यो स्थायी प्रकारको मानव परिचय बन्नै सक्दैन र बन्ने दिशामा लैजानु पनि हुँदैन ।

तत्काल हामी सबैले यो अमानवीय प्रथाको अन्त्य गर्न आवश्यक छ । अहिले खासगरी “दलित” भित्र नीति निर्माणको तहमा, कार्यान्वयनको स्थानमा, गैरदलित   सरह आर्थिक हैसियतमा र सामाजिक रुपमा अन्य समुदाय रहर बाच्न पाउने मानव अधिकारकोसमेत हनन् भएको छ । त्यहि कारणले आज “दलित”हरु राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक आदि क्षेत्रमा पछाडि परेका छन् । अधिकांश भूमिहीन छन् । परम्परागत पेशामा अहिले पनि अल्झिरहेका छन्, बेरोजगारीको संख्या ठूलो मात्रामा छ । नीति निर्माणको तहमा पुगेका छैनन् र बनेका नीति नियमको कार्यान्वयन गर्ने ठाउँमा पनि छैनन् । छूवाछूत विभेद कायम छ, शिक्षामा पहुँचहीनता र सामाजिक अन्याय अथावत नै छ ।

दलितहरु आज यस्तो दर्दनाक अवस्थामा पुग्नु केवल आर्थिक प्रक्रियाका कारण भएको होइन भन्ने बुझाई सबैमा हुनु अत्यावश्यक छ । त्यहि दक्षिण एसियाको भारतीय भूमिमा जन्मिएर नेपाल भित्रिएको हिन्दु सामन्तवादी शासन प्रणालीले दलितलाई जमिनको मालिक बन्नै नदिने नीतिका कारणले हो त्यसैले कम्तिमा २० वर्ष कसैले जमिन फुत्क्याउन नपाउने गरी गरिखान पुग्ने जमिन राज्यले उपलब्ध गराउनु पर्छ ।  रोजगारको ग्यारेन्टी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा राज्यले दलितहरुलाई सुनिश्चित गर्नुपर्छ । अर्धदास बनाई राख्ने हलिया प्रथा, बालीघरे प्रथा, डोली प्रथाजस्ता कुप्रथाहरुको अन्त्य गरी ज्यालाप्रणाली कडाईका साथ लागु गर्नुपर्छ । परम्परागत पेशालाई आधुनिक उद्योग धन्दामा परिणत गराउनु पर्छ ।

यसकारण आजको दलित आन्दोलनका गलत बुझाई, असक्षम नेतृत्व, अध्ययन अनुसन्धान र प्रयोगको कमजोरी सामन्त कुलिन वर्गले लिदै आएको छ । ऐतिहासिक सर्वहारा वर्गलाई “कमजोर जाति”का रुपमा स्थापित गर्दै यो हालतसम्म ल्याउने हिन्दु धर्मीय राज्यसत्ताको अन्त्यसँगै समाजका अन्य मानवसरहको जीवन जिउन पाउने स्वतन्त्रताको संग्रामी आन्दोलनमा सहभागी बन्दै तमाम् विभेदको अन्त्यमा हामी आ–आफ्नो क्षेत्रबाट अग्रसर हुनु पर्दछ । यो समस्या केवल दलितहरुको मात्रै होइन ।  राष्ट्रको समस्या हो, त्यसैले सम्पूर्ण देशवासीहरु एकाकार भई दलितहरु माथि भएको अमानवीय एवं जघन्य अपराधका विरुद्धमा एकजुट होऔं ।

नागरिकता दिलाइदिन माग गर्दै राष्ट्रिय दलित आयोगमा निवेदन

जेठ १६, काठमाडौँ - विभेद बिरुद्ध अभियान । भोजपुरका कृपासुर नायब सुब्बाका रूपमा ताप्लेजुङ सदरमुकाम फुङलिङ गएका वेला स्थानीय दलित महिला धनमायासँग प्रेममा परेका थिए । उनीहरूको सम्बन्धबाट ०३७ मंसिर १ मा जन्मेको दाबी गर्ने गणेश अहिले बाबुसँग कानुनी लडाइँ लड्न काठमाडौंमा डेरा गरी बसेका छन् । त्यही डेरामा बस्छिन् धनमाया जसको सिरानीमा कृपासुरको फोटो छ । बिरामी धनमाया राम्ररी बोल्न पनि सक्दिनन् । सासैसासमा उनले भनिन्, ‘म कृपासुरकी स्वास्नी हुँ । 
गणेश हाम्रो छोरा हो । म मर्ने वेला भएको छ । छोराको नागरिकता आउला भनेर अदालत पनि गएँ । मसँगै छोराले पनि दु:ख पायो, छोराको अनुहारमा हाँसो देखेर मर्ने मन छ ।’ छोरा जन्मिएपछि कृपासुर ताप्लेजुङबाट हिँडे, सामाजिक अपहेलना र आर्थिक अभाव सहेर दलित महिलाले ‘विनाबाबुको’ छोरा गणेशलाई हुर्काइन् । गणेशले कृपासुरसँग बाबुछोराको नाता स्थापित गर्न डिएनए टेस्ट गर्ने प्रस्ताव राख्दै आएका छन् । धनमायालाई त्यो प्राविधिक जानकारी छैन, उनी भन्छिन्, ‘जे गर्नु छ चाँडै गर्नुपर्‍यो, म मरेँ भने छोरा–नातिले झन् दु:ख पाउँछन् ।’

गणेशकी पत्नी सुजाता भित्रिकोटी (शेर्पा)का अनुसार धनमायालाई कलेजोसम्बन्धी रोग र डाइबिटिज छ, ताप्लेजुङमै रहँदा घरमै एकपटक लडेकी थिइन्, त्यही कारण उब्जिएको नसासम्बन्धी समस्याले पनि वेलावेला दु:ख दिन्छ । ताप्लेजुङमै रहँदा १७–१८ वर्षपहिले ढिकीले दुवै हात किचेको रहेछ । पहिला गाउँमै गोबर लगाउनेलगायतका घरेलु उपचार गरिएको रहेछ । डेढ महिनापछि डाक्टरकहाँ जादा टिटानस अन्तिम अवस्थामा पुगेको देखिएछ । त्यसैले दुवै हातका सबै औँला काट्नुपरेको रहेछ । आफ्नो दु:खबारे धनमाया धेरै बोल्न सक्दिनन् । बुहारी सुजाताले भन्छिन्, ‘आमा जतिवेला राम्ररी बोल्नुहुन्थ्यो उतिवेला दु:खको बयान गर्नुहुन्थ्यो ।’
छोराबुहारीका अनुसार कृपासुरले आफूलाई पत्नी नस्विकारेपछि धनमायाले धेरै रक्सी पिउँथिन् र सदरमुकाम बजारमा हल्ला गर्दै हिँड्थिन् । तर, अहिले भने खानपिनदेखि दिसापिसाब बिस्तरामै हुन्छ । पिसाबका लागि चौबिसै घन्टा पाइप लगाइएको छ । नागरिकता नहुँदा परिवार पाल्न छोरा गणेशलाई पनि संकट छ । ‘घरभाडा, आमाको उपचार, केटाकेटीको लालनपालनका लागि वेलावेलामा बुबा (कृपासुर)ले खर्च दिनुहुन्थ्यो । मैले पनि काम गरेर अलि–अलि कमाउँथेँ । तर, अहिले खर्च दिनुहुन्न, सबैभन्दा ठूलो समस्या उहाँले छोरा भनेर मलाई नागरिकता दिन मान्नुभएन, नागरिकता नभएपछि मैले यो देशमा जागिर पाउन सकेको छैन, पासपोर्ट नहुँदा विदेश पनि जान पाएको छैन ।
’ गणेश अहिले ६७ वर्षकी आमा धनमाया, २५ वर्षकी पत्नी सुजाता, पाँच वर्षकी छोरी निग्मालमु र नौ महिनाको छोरा निमाछिरिङसहित भाडाको कोठामा बस्दै आएका छन् । धनमायासँग नाति–नातिनी खेलिरहेका हुन्छन् । तर, यो परिवारको विगत संघर्षपूर्ण र भविष्य अन्योलपूर्ण छ । गणेशले नागरिकता दिलाइदिन माग गर्दै बुधबार एमाले मुख्यालयमा निवेदनसमेत दिएका छन् । राष्ट्रिय दलित आयोगलाई समेत तीन पृष्ठ लामो निवेदन दिएर बाबु कृपासुरको नामबाट नागरिकता दिलाइदिन माग गरेका छन् । सरकार र पार्टीले आफूलाई न्याय दिनेमा आशावादी पनि छन् ।
गणेश आफैँ सितेरियो करातेको ब्ल्याकबेल्ट हुन् । रेफ्री कोर्स पनि पूरा गरेका छन् । तर, नागरिकता छैन त्यसैले उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने अवसर पनि पाएका छैनन्, स्थायी–अस्थायी जागिर पनि पाएका छैनन् ।
साभार -नयाँ पत्रिका

Friday, May 29, 2015

खुला आकाशमुनि जिन्दगीको परिभाषा खोज्दै मोतिलाल दमाई

विभेद बिरुद्ध अभियान ।मुरलीभन्ज्याङ (धादिङ), १५ जेठ । उमेरले नौ दसक पूरा गर्दा समेत ‘बिष्ट’का थोत्रा कपडा सिउने कामबाट मुक्ति नपाएका मोतीलाल दमार्इंलाई जीवनको उत्तरार्धमा भैँचालाले दिएको भयानक पीडालाई सहन गर्नुपर्ला भन्ने लागेको थिएन ।
गोरखा भूकम्प र त्यसपछिका पराकम्पनले थोत्रो घर ढल्यो, बिष्टका कपडा र जिन्दगीभर चलाइएको कल पनि पुरियो । खुला आकाशमुनि जिन्दगीको परिभाषा खोज्दै बसेका दमाईंलाई राहतका नाममा दाताले आजसम्म केही किलो चामल र दुई चार पोका चाउचाउ मात्र दिएका थिए ।
बस्ने थातथलो नै भत्किएपछि खुला आकाशमुनि सामान्य पालका भरमा जिन्दगी चलाइरहेका उनलाई एउटा सहृदयीले दिएको जस्तापाता पाएपछि खुसीको सीमा रहेन । खुम्चा परेको अनुहारमा हाँसो फोहोरा निकाल्दै उनले भने– “जिन्दगीभर देवीदेवता सम्झिएँ, बिष्टलाई पनि आफूलाई भन्दा बढी मानें, तर उनीहरु सुखका साथी मात्र थिए, दुःख पर्दा कोही आएनन् ।”
हाल अस्ट्रियाको ग्राज सरहमा बस्दै आएका ललितपुर लेलेका स्थायी बासिन्दा अमृत पौडेलले प्रदान गरेको आधा गठ्ठा जस्ताले उनलाई वर्षा कटाउन सहज हुन्छ भन्ने लागेको छ । केही पाता जस्ता घरमा छन् । ती जस्तासमेत मिलाएर उनी अस्थायी आवास बनाउने योजनामा छन् । गाउँमा दलित भनेर हेला गरिने समुदायलाई पौडेलले प्रदान गरेको जस्ता वर्षा धान्ने मेलो मात्रै बनेको छैन, जिन्दगीको उत्तरार्धमा पाएको सबैभन्दा ठूलो खुसीसमेत बनेको छ ।
यस्तै जस्तापाता पाएपछि असाध्यै खुसी भएकी अर्की स्थानीयवासी डल्ली परियार पनि भैँचालोपछि पाएको सबैभन्दा ठूलो र दीर्घकालीन राहतका रुपमा त्यसलाई मान्छिन् । भैँचालाले भत्काइदिएको घरको खण्डहर दृश्य हेर्दै उनको दिन कटिरहेको थियो । राहतका नाममा आएका केही पोका चाउचाउ र बिस्कुटले वर्षा धानिँदैन भन्ने उनलाई लागेको थियो । “संसारमा एउटा नेपालीलाई परेको दुःख हेर्ने अर्को नेपाली पनि रहेछन् भन्ने देखियो, भग्नावशेष हटाएर बाँकी रहेका जस्तापाता जोडजाम पारेर घर बनाउने योजना रहेको छ” – परियारले भनिन् ।
भूकम्प र त्यसपछिका पराकम्पनका कारण धादिङका अधिकांश घर तथा आवासस्थल भत्किएका छन् । घर भत्किएका कारण अन्नपातसमेत सबै खेर गए । दाताले दिएको राहतका भरमा जीवन गुजारिरहेका स्थानीयवासीले खाद्यान्नभन्दा पनि आवासको खोजी गरेका छन् । सरकारले जस्तापाता खरिदका लागि दिने भनेको रु १५ हजार पनि स्थानीयवासीले नपाएको गुनासो गरे ।
भैँचालाले स्थानीय दलित बस्ती सबैभन्दा बढी प्रभाव पारेको छ । भैँचालाले भत्काएको घर अगाडि सुस्ताइरहेका गोपाल लम्सालले राहतमा जस्तापाता पाएपछि हर्षविभोर हुँदै भने– “संसारमा मानवीयता मरेको रहेनछ ।”
अर्का स्थानीयवासी वीरबहादुर खनाल राहत सामग्रीका रुपमा जस्ता पाएपछि त्यसैलाई उपयोग गरेर अस्थायी आवास बनाउने योजनामा रहेका छन् । “घर भत्किएपछि बीउ राख्ने अन्नको गेडोसमेत छैन, धानको बीउ राख्ने बेला भयो, सरकारले निःशुल्क धानको बीउ दिने भनेको पनि सुनेको हो, तर आजसम्म पाएको छैन, बस्ने बास भएपछि त्यसको पनि जोहो गरुँला”– खनालले भने ।
भैँचालो गएपछि स्थानीयवासीलाई राहत वितरणको संयोजन गरिरहेका नगरपालिका वडा मञ्चका सदस्य शुकदेव लम्साल सरकारले प्रदान गर्ने भनेको राहत रकम नपाएका बेला विभिन्न सहृदयी व्यक्तिले प्रदान गरेको राहतले स्थानीयवासीलाई धेरै खुसी दिएको बताउँछन् । “यसअघि केही बोरा चामल, केही थान चाउचाउका प्याकेट र केही बिस्कुट मात्रै पाएका स्थानीयवासीले अस्थायी आवास कसरी निर्माण गर्ने भन्ने चिन्तामा रहेका बेला राहतको नाममा जस्तापाता पाए, त्यसले स्थानीयवासीलाई असाध्यै खुसी दिएको छ”– उनले भने ।
दाता पौडेलले भने– “पीडितलाई सानो मात्रामा भए पनि राहत उपलब्ध होस् भनेर प्रयास गरेको हुँ ।” सहयोग राशि उठाउन ठूलो प्रयत्न गरेकी सुनिता खड्काले नेपालीलाई परेको दुःखमा सहयोग गर्न हामीले प्रयत्न गरेका हौं, त्यसमा आफूहरु सफल भयौं भनिन् ।
स्रोत:-इसमता // रमेश लम्साल

राहत लिन गएकी वृद्ध फुलमायालाई प्रहरी द्वारा निर्घात कुटपिट

दमौली,१५ जेठ २०७२, विभेद बिरुद अभियान ।तनहुँ जिल्लाकी एक महिला राहत लिन भानु गाविस–६ नारेश्वरटारमा लाईनमा वस्दा प्रहरीद्धारा पिटाई खानु परेको छ । राहत लिन गएकी महिलालाई प्रहरीले कुटपिट गर्दा अस्पतालको शैयामा भर्ना हुनु परेको छ ।
गत १२ वैशाखमा गएको महाभुकम्पवाट घर भत्किए पछि सरकारी राहत लिन भानु गाविस–६ नारेश्वरटार आएकी स्थानिय थक्रेक गाउँकी ५२ वर्षकी फुलमाया नेपाली प्रहरीको कुटाईवाट घाईते हुनु भएको हो । बुधवार भुकम्प पिडीतलाई त्रिपाल बाढने क्रममा नेपाली लाईनमा वसीरहेको अवस्थामा सुरक्षा दिन बसेका प्रहरीले कुटपिट गरेपछि अस्पतालसम्म ल्याउनु परेको स्थानिय व्याक्ति लक्ष्मण मजकोटीले बताउँनुभयो ।
दलित परिवारकी फुलमाया त्रिपाल र अन्य खाद्यसामग्री लिएर घर जाने योजनामा आउनुभएको थियो तर, प्रहरीको दुरव्यहार पछी अस्पतालमा भर्ना गर्न लैजान बाध्य भयौं स्थानिय मजकोटीले गोरखापत्रसँग बताउनुभयो । सरकारले राहत वितरणको अवस्थामा सुरक्षादिन भन्दै प्रहरी परिचालन गरेको भएपनि प्रहरीले ति महीलालाई सम्झाउनु पर्नेमा उल्टै कुटपिट गरेर अवस्थालाई झन जटिल बनाएका थिए उहाँले भन्नुभयो ।
बन्दीपुर नगरपालिका–१ डुम्रेबजार स्थित लक्ष्मी अस्पतालमा घाईते नेपालीको उपचार गरिएको छ । घाइते नेपालीलाई तिन जना प्रहरीले घिच्याउँदै भित्र लिएर महिला माथी कुटपिट गरी घाईते बनाएको स्थानिय अगुवा लक्ष्मण मजकोटीले बताउनु भयो  ।
प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठका अनुसार महिला मदिरा सेवन गरी त्रिपाल माग्न गएको र प्रहरीलाई गालि गलोच गरेका कारण घटना घटेको बताउनुभयो । घटनाको विषयमा छानविन भईरहेको प्रजिअ श्रेष्ठ बताए पनि पिडक लाई उचित सजाय र पीडित लाई न्याय दिलाउन सबै नागरिक समाज, दलित समुदाय ले पहल गर्नु पर्ने अपरिहार्यता देखाएको छ ।

त्यस्तै, तनहुँ जिल्लामा भुकम्प पिडितका लागि झण्डै ३ हजार त्रिपाल वितरण भएको छ । जिल्लाको तिन नगर पालिका र ४१ गाविसमा १५ हजार त्रिपालको माग भएपनि ३ हजार वितरण भएको बताउँदै प्रजिअ श्रेष्ठ बताउनुहुन्छ,‘ अझै आवश्यक देखीएकाले थप माग गरीएको छ ।’

ठूलो टाउको भएका तीन महिने शिशु सन्दिप कामीको निधन


विभेद बिरुद अभियान १४ जेष्ठ, २०७२- पाल्पा- तीन महिने शिशु सन्दिप कामीको निधन भएको छ। जिउभन्दा टाउककोको भार बढी भएका, ओठ र नाक काटिएका, एउटा आँखा सानो र शरीरका अङ्ग राम्रो विकास नभएका सन्दिपको बिहीबार पाल्पाको आफ्नै घरमा निधन भएको हो। जन्मदै उनको अनौठो शारीरिक बनोट थियो। उनी पाल्पा कोलडाँडा-७ बिस्कुन डाँडाकी मिना कामीको पहिलो सन्तान थिए। तानसेन प्रभासस्थिति लुम्बिनी मेडिकल कलेजमा उनको जन्म भएको थियो। आर्थिक अभावका कारण परिवारले उनको उपचार गर्न सकेका थिएनन्।
नागरिक अनलाइनमा उनीबारे समाचार र भिडियो रिपोर्ट प्रकाशित/प्रशारित भएपछि लुम्बिनी सम्पर्क मञ्च साउदी अरेवियाबाट उपचारका लागि ५० हजार नगद प्राप्त भएको थियो। अमेरिका बस्ने रविन्सन साप्कोटाको पहलमा पचास हजार नगद जुटेको थियो। उनको उपचारका लागि विवेकशिल नेपाली संस्थाका सदस्यहरूले परिवारलाई राजधानी बोलाएका थिए। भारतको दर्जिलिङका आइता सिंघले उपचारका लागि पहल सुरू गरेका थिए।
'उपचारका लागि काठमाडौंबाट बोलाउनुभएको थियो,' आमा मीनाले भनिन्, 'भूकम्पको डरले अलि पछि जाने विचारमा थियौं।' मीनाको परिवार भूकम्पले घर भत्केपछि बारीमा कष्ट सहेर अस्थायी छाप्रोमा बस्दै आएका छन्। 
source:- नागरिक 

दलित नागरिक समाजले गृहमन्त्रीलाई प्रतिवेदन हस्तान्त्रण गर्यो

२०७२ जेठ १५ विभेद बिरुद्ध अभियान  
मिति २०७२÷०२÷१४
प्रेश विज्ञप्ती
दलित नागरिक समाज महाभूकम्प पीडित सहयोग तथा समन्वय समितिले महाभूकम्प प्रभावित  ११ जिल्लाको अनुगमन गरी तयार गरेको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई हस्तान्त्रण छ ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष, दलित विकास समितिका उपाध्यक्ष, वादी विकास समितिका उपाध्यक्ष र दलित नागरिक समाजका अगुवाहरुको टोलीले आज सिंहदरवार स्थित मन्त्री गौतमको कार्यकक्षमा भेटी सो प्रतिवेदन  हस्तान्त्रण गरेको हो ।
भूकम्पबाट अति प्रभावित गोरखा, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, रामेछाप, दोलखा, काठमाडौं, ललितपुर र भक्तपूर लगायतका ११ वटा जिल्लाहरुको अनुगमन गरी पीडितको अवस्था र उनीहरुका आवश्यकता पहिचान गर्ने, क्षति विवरण संकलन गर्ने, राहत वितरण प्रणाली र दलित, महिला, बालबालिका लगायतका सीमान्तकृत समुदायको राहत वितरणमा प“हुच पुगे नपुगेको तथा विभेद भए नभएको विषयहरु प्रतिवेदनमा समेटिएका छन् ।
सो अवसरमा अनुगमनका क्रममा प्राप्त तथ्यहरुका आधारमा तयार गरिएको सुझाव पत्र पनि हस्तान्त्रण गरिएको थियो । सुझाव पत्रमा अनुगमन टोलीले विभिन्न जिल्लाहरुमा अनुगमन गर्दा प्राप्त तथ्यहरु तथा मागहरु समावेश गरिएका छन् ।
अनुगमनका क्रममा दलित समुदायका बस्तीहरु बढी मात्रामा दुर्गम र असुरक्षित ठाउँमा रहेको र भूकम्पबाट अति नै प्रभावित भएको, अन्तरिम संविधान र कानुनमा समावेशी सिद्धान्तलाई अवलम्वन गर्ने व्यवस्था गरेको भएपनि केन्द्रीय दैवीप्रकोप उद्धार समिति, जिल्ला दैवीप्रकोप उद्धार समिति र यस अन्तरगत बनेका विभिन्न उपसमितिहरुमा दलित समुदायको प्रतिनिधित्व हुन नसकेको र केन्द्रदेखि जिल्लासम्म भएका निर्णय र बनेका नीतिहरु दलितमैत्री हुन नसकेको, राहत वितरणका लागि जिल्लाहरुमा बनाइएका कार्यविधिमा एकरुपता नभएको र सीमान्तकृत समुदायका लागि प्रथामिकता दिने भनिए पनि कार्यान्वयन हुन नसकेको र प्रभावकारी अनुगमन पनि हुन नसकेको, घाइतेहरुको उद्धार गर्ने क्रममा पक्की घरलाई उद्धार टोलीले प्रथामिकता दिएको तर माटोबाट बनेको अधिकांश घरहरुलाई कम प्रथामिकता दिएको र राहत वितरण गर्ने काम सुगममा बढी भएको र दुर्गम ठाउँहरुमा कम भएको, राहत वितरण तथा उद्धार गर्ने क्रममा राजनीतिक तथा आर्थिक हिसाबले सम्पन्न व्याक्ति तथा समुदायको पहुँच पुगेको तर दलित, महिला, बालबालिका लगायतका सीमान्तकृत समुदायको पहुँच नपुगेको र वितरण प्रक्रियामा पनि कतिपय ठाउँहरुमा विभेद भएको विषयलाई सुझाव पत्रमा समावेश गरिएको छ ।
विगत देखिनै जातीय विभेद तथा छुवाछुतका कारण सीमान्तकृत अवस्थामा रहेका दलितहरु भूकम्पबाट सबैभन्दा बढी पीडित भएको भएको भन्दै राहत वितरण तथा पुननिर्माणका कार्यक्रमहरु सहज र न्यायोचित रुपमा संचालन गर्नका लागि समन्वय समितिले  नेपाल सरकार समक्ष विभिन्न मागहरु पेश गरेको छ ।
केन्द्रीय दैवीप्रकोप उद्धार समिति तथा सबै जिल्ला दैवीप्रकोप उद्धार समितिहरुमा दलित मुदायको समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने, महाभूकम्प पीडितहरुका लागि राहत वितरण तथा क्षतिग्रस्त संरचनाहरुको निर्माण तथा पुननिर्माणका लागि केन्द्रीय र जिल्ला तहमा बन्ने सम्पूर्ण संरचनाहरुमा नेपालको अन्तरिम संविधानमा भएको व्यवस्था अनुसार दलित समुदायको समानुपातिक प्रतिनिधित्व गरिनुपर्ने, दलित समुदायले उठाएका सवालहरुलाई सम्बोधन हुने गरी संसदमा पेश भई विचाराधीन अवस्थामा रहेको विपद व्यवस्थापन ऐनको मस्यौदालाई अविलम्व संसदबाट पारित गरिपर्ने, उद्धार, राहत वितरण र पुननिर्माणका क्रममा कम पहुँच भएका, गरिब, दुर्गम क्षेत्रका नागरिक तथा दलित समुदाय माथि भएको विभेदलाई अन्त्य गरी सरकारका तर्फबाट उपलव्ध गराउने राहत तथा अन्य सहयोग दलित समुदायलाई विशेष प्राथामिकताका आधारमा प्रयाप्त मात्रामा पुग्ने गरी उपलव्ध गराउने व्यवस्था गरिनुपर्ने, राहत वितरणका कार्यक्रम सुगममा मात्र नभई दुर्गम क्षेत्रमा पनि विशेष प्राथामिकताका आधारमा गरिनुपर्ने, नेपाल सरकार तथा दातृ निकायले पुननिर्माणका लागि बनाउने सम्पूर्ण कानुन, नीति नियम र योजनाहरु दलितमैत्री बनाइनुपर्ने, अन्तर्राष्ट्रिय निकायबाट प्राप्त भएको सहयोगलाई पारदर्शी बनाउँदै सरकारका तर्फबाट भूकम्प पीडितहरुलाई प्रदान गरिने सबै किसिमका सहयोगहरु पीडितहरुसम्म न्यायोचित हिसाबले पुगे नपुगेको अनुगमन गर्नका लागि दलित समुदायको समेत प्रतिनिधीत्व हुने गरी विशेष अनुगमन संयन्त्र निर्माण गरिनुपर्ने जस्ता मागहरु सुझवपत्रमा समावेश गरिएको छ ।
प्रतिवेदन हस्तान्त्रण गर्ने कार्यक्रममा सरकारी निकायका तर्फवाट राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपाली, सदस्य सचिव सीताराम घले परियार, दलित विकास समितिका उपाध्यक्ष खिमबहादुर विश्वकर्मा,  वादी विकास समितिका उपाध्यक्ष पुष्प वादी तथा दलित नागरिक समाजका तर्फबाट दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष एवं  समन्वय समितिका संयोजक गजाधर सुनार, दलित कल्याण संघका अध्यक्ष एवं ग्लोवल फोरमका सदस्य मोतीलाल नेपाली, दलित महिला संघका अध्यक्ष दुर्गा सोव, राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष गणेश विके, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष भक्त विश्वकर्मा, नेपाल दलित मानवअधिकार संगठनका अध्यक्ष एवं ग्लोवल फोरमका सदस्य सुशील विके, जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा, दलित सेवा संघका गणेश कालीराज वुद्धिजीवी हीरा विश्वकर्मा, नेपाल ग्रासरुट डिभलपमेन्ट फोरमका अध्यक्ष सन्तोष विश्वकर्मा, अन्जान परियार, रणबहादुर रम्तेल, भद्रमान मोते, प्रकाश नेपाली लगायतका दलित अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सुशील विके
सचिव, दलित गैर सरकारी संस्था महासंघ (डिएनएफ)
सचिवालय संयोजक, दलित नागरिक समाज महाभूकम्प पीडित सहयोग तथा समन्वय समिति