Friday, July 29, 2016

ब्राह्मणवाद र जातिप्रथा - अञ्जु झा

साउन १४, विभेद बिरुद अभियान -  अहिले सामाजिक सञ्जालमा केही व्यक्तिले चलाएको माफी अभियान प्रशंसनीय छ । त्यसले सदियौंदेखि विभेदमा परेको दलित समुदायको अवस्था सुधारमा के असर पर्ला, त्यसको विश्लेषण अलि पछि गर्न सकिनेछ । यो अभियानको विरुद्धमा पनि धेरै व्यक्ति खनिएका छन् र ब्राह्मणहरू भनौं वा ब्राह्मणवादलाई भ्याएसम्म गाली गरिरहेका छन् । ब्राह्मणवादलाई गाली गर्नेहरूको दोष ज्ञानको कमी हो ।
जातिभेद दक्षिण एसियामा सबै धर्म र समाजमा एउटा ठूलो समस्याको रूपमा देखापरेको छ । हिन्दुत्व सबैभन्दा प्राचीन संस्कृति र सबै धर्मको जननी हो । यसैले गर्दा समाजिक असन्तुलन भयो कि त्यसको दोषारोपण हिन्दु धर्ममाथि लगाइन्छ । मनुस्मृति नीति र धर्म निर्धारण गरिने पहिलो ग्रन्थ मानिन्छ र यसमाथि सधैं जातिप्रथालाई बढाउने आक्षेप लाग्दै आएको छ । महिला आन्दोलन होस् वा दलित आन्दोलन यी दुइटैले मनुवादलाई गाली गरेकै देखिन्छ । अहिलेको अवस्थामा वैदिक संस्कृतिका पुस्तकहरूमा सबैभन्दा विवादित पुस्तक नै मनुस्मृति हो । जबकि मनुस्मृति लेखिएको समयमा जाति व्यवस्था भन्ने विचारको अस्तित्व नै थिएन । मनुस्मृतिले जन्म जाति/समाज व्यवस्थालाई कहिलै पनि समर्थन गरेको छैन । महर्षी मनुले वेदमा परिभाषित मानिसको गुण, कर्म र स्वभावको आधारमा आधारित समाजको व्यवस्थालाई व्याख्या गरेका छन् ।
सामान्यतया जुन ब्राह्मणको कुुरा गरिन्छ, त्यो न कुनै व्यक्ति हो, नत कुनै वाद । त्यो त प्रत्येक मानवको स्वाभाविक, सांस्कारिक कमी-कमजोरी, गुणदोष, श्रेष्ठता र निचतामा आधारित जीवनमार्ग हो र त्यो प्रत्येक मानवमा हुन्छ । मनुस्मृतिले वर्ण व्यवस्थाको वकालत गरेको छ । वर्ण शब्द ‘वृण’ धातुले बन्छ, जसको अर्थ छान्नु/चयन गर्नु हुन्छ । यसको सामानार्थी शव्द वरण गर्नु पनि हो । मनुस्मृतिको प्रथम अध्याय हेर्ने हो भने पनि यसमा जाति र गोत्र शब्द कतै छैन । यसले चार वर्णको उत्पत्तिको वर्णन गरेको छ ।
मनुस्मृति २. १३६ धनी हुनु, भाइबन्धु हुनु, आयु लामो हुनु, श्रेष्ठ कर्म गर्नु अनि विद्वत्ता यी पाँचवटा सम्मानको मापदण्ड हुन् र यसमा कतै पनि कुल, जाति, गोत्र वा वंशलाई सम्मानको मापदण्डको आधार बनाइएको छैन । मनुस्मृति १०.६५: ब्राह्मण शूद्र बन्न सक्छ र शूद्र ब्राह्मण । यस्तै प्रकारले क्षत्रीय र शूद्र पनि आफ्नो वर्ण परिवर्तन गर्न सक्छन् । मनुस्मृति ९.३३५: शरीर र मनले शुद्ध र पवित्र रहने व्यक्ति, उत्कृष्ट व्यक्तिको सान्निध्यमा रहने व्यक्ति, अहंकाररहित, मधुरभाषी, कुनै पनि ब्रह्म वर्ण प्राप्त गर्न सक्छ । मनुस्मृति २.२८ पढ्नु-पढाउनु, चिन्तन-मनन गर्नु, ब्रह्मचर्य, अनुशासन, सत्यवचन, परोपकार, सत्कर्म, वेद, विज्ञान पढ्नु, दान गर्नु, कर्तव्यको पालना गर्नु, आदर्शप्रति समर्पित रहनु आदिले नै मानिसको शरीर ब्राह्मणको हुन जान्छ ।
यदि ब्राह्मणको छोरा पनि विद्या प्राप्त गर्न सक्दैन, वेदको ज्ञान छैन भने ऊ शूद्र हुन जान्छ । शूद्रको छोरा पनि विद्या प्राप्त गरेपछि ब्राह्मण, वैश्य वा क्षत्रीय वर्णमा जान सक्छ । अर्थात सम्पूर्ण वर्ण व्यवस्था विशुद्ध रूपमा कर्म र गुणमा आधारित छ । यदि हामीले वैदिक इतिहासलाई हेर्ने हो भने ऐतरेय ऋषि अपराधी पुत्र थिए, तर उनी उच्चकोटीको ब्राह्मण बने र ऐतरेय उपनिषदको रचना गरे । राजा दक्षको पुत्र पृषध शूद्र भएका थिए र प्रायश्चितस्वरूप तपस्या गरेर मोक्ष प्राप्त गरे भनी विष्णु पुराणमा उल्लेख गरिएको छ । राजा नेदिष्टको पुत्र नाभाग वैश्य भए र यिनका केही छोराले क्षत्रीय वर्ण प्राप्त गरे । ऐलुष ऋषि दासी पुत्र थिए, साथै जुआरी र चरित्रशीन पनि । तर उनले अध्ययन गरे र ऋग्वेदमाथि अविष्कार गरे । ऋषिहरूले उनलाई आचार्य पदले सम्मान गरे । अर्थात ब्राह्मणवादले सिकाउले भनेको श्रेष्ठ र निचता बीचको अन्तर हो । यो एउटा व्यव्स्था हो । म जाति प्रथाको विरोधी भएर पनि ब्राह्मणवादी हुँ । यदि ज्ञानी बन्नु, राम्रो कर्म गर्नु, श्रेष्ठता र निचता बीचको भिन्नता छुट्याउन सक्नु ब्राह्मणवाद हो भने ब्राह्मण किन नबन्ने ?
ब्राह्मणवाद विचार हो । माक्र्सवाद सफल भएन । तैपनि माक्र्स विचारका समर्थक छन् । गान्धीवादलाई नै हेरौं । बाहुन श्रेष्ठ अरू निच भन्ने सोचबाट हामी किन माथि उठ्दैनौं ? दलित कार्यक्रममा गयो कि बाहुनको विरोधबाहेक अरू कुरा सुन्ने अवसर कमै पाइन्छ । हामी किन ब्राह्मणलाई श्रेष्ठ र आफूलाई निम्न सम्झिन्छौं ? ब्राह्मणवादले अन्तरदर्शनलाई चिन्न सक्ने बनाउँछ भने अन्तरज्ञानी किन नबन्ने ? जहाँ गए पनि दलित, ब्राह्मण, जातिवाद, आरक्षण, अरू विषय र समस्या नै नभए जस्तोमात्र भइरहेछ । ब्राह्मणले दलितलाई हेपेकै हो भने दलितभित्र आफैं छुवाछूत छ । वैवाहिक विज्ञापन हेर्ने हो भने प्रत्येक जातिले आफ्नै जातिभित्रको जोडी खोजेको हुन्छ । जाति बाहिर कोही जान चाहँदैन, हामी सबै आफ्नै संस्कारको गुलाम छौं । ब्राह्मण पनि आफ्नो संस्कारको गुलाम छ । जातजातिबीच द्वेशभाव रहिरह्यो भने समाजमा विभिन्न किसिमका समस्या जन्मिरहन्छ । जाति प्रथाको बुझाइमा परिवर्तन हुनसकेन भने उज्ज्वल भविष्य, समृद्ध र समर्थवान समाजको अस्तित्व रहन सक्दैन ।
आरक्षण सामाजिक सम्मानको लागि हुनुपर्छ । विद्या, जानकारी प्राप्तिको लागि हुनुपर्छ । नकि लालचले । आफू राजनीति कर्म नगर्ने तर दोषजति ब्राह्मणलाई दिएर हुँदैन । कुन चाहिँ जातिलाई आफ्नो कर्म, संस्कार परिवर्तन गर्न रोक लगाइएको छ र ? हिन्दु धर्मग्रन्थ दोषपूर्ण, विभेदयुक्त छ भने नयांँ मनुस्मृति लेखौं । यसलाई कुनचाहिँ ब्राह्मणले रोक्लान् र ? – कान्तिपुर बाट

Thursday, July 28, 2016

बुबाआमा बितेपछि सहाराविहीन भए १० वर्षका भगिश्वर नेपाली

विभेद बिरुद्ध अभियान- साउन १३, पाँचथर । पाँचथर सराङडाँडा–४ का एक बालक भगिश्वर नेपाली अहिले आफ्ना बुबाआमा बितेपछि सहाराविहीन बन्न पुगेका छन् । उनका बुवा रामबहादुर नेपालीको गत २०७१ पुस २५ गते मलेसियामा मृत्यु भयो । घरमा बिरामी भएकी पत्नीको उपचारका निम्ति पैसा पठाउन लाग्दा उनीमाथि आक्रमण भयो । उनलाई हत्या गरिएको उनका घरपरिवार बताउँछन् । त्यसपछि घरमा भएकी श्रीमती पनि दुवै मिर्गौलाले काम नदिएपछि लामो समय बिमारीले थलिइन् ।
उनको विराटनगरस्थित नोबल हस्पिटलमा लामो समय परिवारका सदस्यले उपचार गराए । बुबाको मृत्यु भएर काजक्रिया गरेको एक वर्ष बित्न नपाउँदै छोरा भगिश्वरले फेरि अर्को दुर्दशा बेहोर्नुपर्यो । उनकी आमा हरिमाँया नेपालीको नोबल हस्पिटलमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा गत २०७२ माघ २० गते बाटोमै मृत्यु भएको उनका माइलाबा खड्गबहादुर नेपालीले बताए ।
उनको उपचार गर्न मात्रै उनीहरुले घरमा नभएपछि गाउँमा साहुसँग ऋण खोजेर उपचार गर्दा रु चार लाख जति ऋण लागेको घरपरिवार बताउँछन् । अहिले रामबहादुरका छोरा भगिश्वर १० वर्षका भए, उनी घरनजिकै रहेको दुर्गा उच्च माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययन गर्दैछन् ।
उनी अहिले माइलाबाको घरमा बसेर पढ्दैछन् । तर उनलाई पढ्नको निम्ति समस्या छ, शैक्षिक सामग्री किन्न झनै समस्या छ, घरमा भएको सवै काम भ्याएर पढ्नुपर्छ, यस्तो अवस्थामा उनलाई कुनै सङ्घसंस्थाले सहयोग गरिदिने भए ती बालकको उद्धार हुने स्थानीय समाजसेवी नरेन्द्र बस्नेतले बताए । दैनिकी गुजार्नसमेत धौ धौ छ परिवारमा, दिनभरि अर्काको लुगा सिएर जीविकोपार्जन गर्दै आएका खड्ग बहादुरलाई समेत समस्या छ, यस्तो अवस्थामा कुनै सङ्घसंस्थाले सहयोग जुटाइदिए धेरै सहज हुने उनले बताए।

Wednesday, July 27, 2016

हामि अझै बालि घरे प्रथामा छौ - भुमिस्वर सुनार

साउन १२, विभेद बिरुद्ध अभियान - पर्वत । पर्वत जिल्लाको दक्षिणी भेगमा बालीघरे प्रथा अझै कायम छ ।  पर्वतको शालिग्राम, वहाकी, उराम, रानीपानी, बराचौर, बेउलीवास, हुवास, भोर्ले, लुंखु, पाखापानी, बाच्छा, कुर्घा, फलेवास, भगरा,फोक्सीङ लगाएतका गाविसमा बाली घरे प्रथा अझै कायमै रहेको छ । ति गाविस भन्दा पर्वतको दक्षिणी भेगका गाविस र जिल्लाको उत्तरी भेगका गाविसहरुमा पनि बाली घरे प्रथा कायमै रहेको छ ।
पर्वतका अधिकांस गाविसमा दलित समुदायहरुले गर्ने विभिन्न काम गरेवापत ज्यालाको रुपमा नगद नभई बाली दिने चलन छ । विश्वकर्माहरुले आरनको काम, सुनारले गहना बनाउने काम, परीयारहरुले लुगा सिलाउने काम, नेपाली जातीहरुले छालाको काम तथा दलित समुदायका जुन सुकै व्यक्तिले हलो जोत्ने, हलो बनाउने लगाएतका कृषी कामहरु गरीदिए बापत गैरदलित समुदायले नगदको साटो बाली दिने गरेका छन ।
परापुर्व कालदेखी दलित समुदायले बालीमा गैरदलित समुदायको काम गर्दै आएका छन । बालि घरे प्रथा हटाउन चाहरे पनि हटाउन नसकिएको शालिग्राम गाविसका आरन व्यवसायी भुमिश्वर सुनारले बताए । दलित समुदायले बाली प्रथा हटाएर नगदमा काम गर्न चाहे पनि गैरदलित समुदायले नचाहेका कारण बाली प्रथा कायमै रहेको सुनारको भनाइ छ ।
पटक पटक बाली घरे प्रथा गाँउबाट हटाउन खोजे पनि हटाउन नसकिएको शिला निमावि शालिग्राम पाँचका शिक्षक राम बहदुर विश्वकर्माले बताए। उनले कतिपय पुराना दलित समुदायका व्यवसायीहरुले पनि बालिघरे प्रथा हटाउन नचाहेको टिप्पणी गरे। त्यस्तै बाली घरे प्रथामा दलित समुदायले वर्षभरी गैर दलित समुदायको मोरी मोरी काम गरे पनि तिन चार महिना भए पनि राम्रो संग खान नपुग्ने शालिग्राम दुइ ठाँटीमा टिका एण्ड संकर टेलर्स सञ्चालन गर्दै आउनुभएका युवा व्यवसायी टिकाराम परीयारले बताए ।उनले कतिपय गाविसका चोकमा गन्न नसकिने रुपमा दलित समुदायहरुले गर्ने पेसा नगदमै गरे पनि मुल रुपमा बाली घरे प्रथा जताततै रहेको उल्लेख गरे । गैरदलित समुदायले बालिको रुपमा मकै, कोदो, गहुँ, धान, आदि खाध्यबाली दिने गर्दछन । काम गरेको वर्ष पुगेपछि विष्टको घरमै गएर बाली ल्याउनुपर्ने भएकाले टाढा टाढा बाली लिन जान आफ्नो तागत नभएकाले नसकिने र बलिया भर्खरका छोराछोरी बाली लिन जान नमान्ने गरेकोले निकै कष्ट हुने गरेको नाम नबताउने सर्तमा एक महिलाले बताईन् । बालिघरे प्रथा हटाएर दलित समुदायहरुले काम गरेको उपयुक्त पारीश्रमीक निर्धारण हास् भन्ने सबै दलित समुदायहरुको चाहाना रहेको पाईन्छ ।

अमेरिकामा बसोबास गर्ने नेपालका दलित समुदायको मेरिल्याण्डमा जमघट

साउन १२, विभेद बिरुद्ध अभियान - अमेरिकामा बसोबास गर्ने नेपालका दलित समुदायको जमघट मेरिल्याण्डमा भएको छ। मेरिल्याडको सण्डे प्वाइण्ट स्टेट पार्कमा आइतबार भएको जमघटमा लोकगायक तथा मेरिल्याण्डका लागि नेपाली अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत लगायत सहभागी भएका थिए।
अमेरिकामा बसोबास गर्ने नेपालका दलित समुदायको संस्था नासोले आयोजना गरेको पिकनिक सहितको जमघटमा मेरिल्याड, डिसि, भर्जिनिया, न्यू योर्क लगायतका राज्यबाट करिब दुई सय ५० जना सहभागी भएका थिए।

भेलामा अमेरिकामा नेपाली समुदायका गतिविधि, नेपालको राजनीतिक परिवर्तन तथा नेपालमा गर्न सकिने आर्थिक सामुदायिक सहयोगबारे छलफल भएको थियो।

लालपुर्जा नहुदाँ धादिङका दलित समुदायको अनुदान सम्झौता भएन

साउन १२, विभेद बिरुद्ध अभियान - उत्तरी धादिङको विकटको गाउँ विकास समितिहरु तिप्लिङ र सेर्तुङ झार्लाङ, लापाका करिव ५५ घरधुरीका दलित समुदायहरु अनुदान पाउनबाट बञ्चित भएका हुन् । पुस्तौदेखि अरुको जग्गामा बसोबास गर्दै आएका दलित समुदायले आफ्नो र परिवारको नाममा कुनै पनि जग्गाको लालपुर्जा नुहँदा गाउँमै अनुदान सम्झौताको लागि टोली पुगेको बेला सम्झौता गर्न पाएनन् । स्थानिय सेते विश्वकर्माले भने, ‘सम्झौताको लागि लालपुर्जा नभइ हुदैन भन्यो, हाम्रो नाममा एक टुक्रा जमिनको पनि लालपुर्जा छैन, बाजेबराजुको पालादेखि बाली घरमा काम गरेर आइयो, अरुको जग्गामा घर बनाएर बसियो, तर आफ्नो नाममा लालपुर्जा छैन । अव कसरी अनुदान पाउनु त ।’ तिप्लिङका सवैजसो दलित समुदायहरुले पुस्तै देखि बाली घरमा काम गर्दै आएका छन् । उनीहरुको अहिले पनिमुख्य पेशा भनेको नै बालीघरमा नै काम गर्नु हो भने बेला बेलामा ज्याला मजदुरी पनि गर्दछन् ।‘बालीघरमै काम गरेर विहान बेलुकाको छाकटार्दै आएका थियौ, बालीघरको अलावा ज्याला मदजुरीमा काम गरेको पैसा बचाएर जस्तापाताले बेरेर सानो घर बनाएको थिए, भुकम्पले त्यही पनि भत्काइदियो ।’ स्थानिय दलित धनलाल विश्वकर्माले भने, ‘हामी पूस्तौ देखि यहीको जमिन खनि खोस्री परिवार र ज्यान पाल्दै आएका छौँ । हाम्रो नाममा जग्गाको लालपुर्जा त छैन, यही ठाउँमा घर बनाएर बसेको पुस्तौ वितिसक्यो तर अहिले जग्गाको लालपुर्जा नै नभएको भनेर अनुदान सम्झौता नै गराइदिएनन् ।’ गरिव र पिडित जनताहरुलाई सधै नै सरकारले अड्को थापेर दुःख दिएको भन्दै उनले गुनासो पोखे ।
उत्तरी क्षेत्रमा विगत २५ वर्षदेखि त्यहाँको जनजिवन सहज बनाउन सहयोग गर्दै आएका हिमालयन हेल्थ केयरका संयोजक शभ्मुसिं ठकुरीले भने, ‘पुननिर्माण प्राधिकरणले एनजीओ र आइएनजीओ लाइ पनि पुननिर्माणको काम दिएको छ भन्ने सुनिन्छ, तर सवै संघसस्थाहरु सुगममा मात्रै काम गर्ने भए, ती दलित समुदायका पिडितहरु जो संग उपभोग गरेर पनि जग्गाको लालपुर्जा छैनन् तीनिहरुलाई सहयोग कस्ले गर्ने होला ।’ जग्गा जमिन नभएका दलित समुदायका ब्यक्तिहरुलाई खेतीपातीको लागि हिमालयन हेल्थ केयरले ५ रोपनी जग्गा खरिद गरेर सामुहिक खेतीको गर्न दिए पनि त्यसमा उनीहरुले घर बनाउन भने नपाउने ठकुरीले बताए ।

त्यस्तै परापुर्वकालदेखि मठमन्दिरको नाममा रहेको गुठीको जग्गा उपभोग गर्दे आएका मोहीहरुले अनुदान सम्झौता गर्न पाएका छैनन । धादिङमा रहेको प्रसिद्ध भैरवीगुठी, त्रिपुरासुन्दरी गुठी, मैदीकोट गुठी लगायतका गुठीहरुको जग्गामा परापुर्वकालदेखि खेतीपाती गर्दै आएका मोहीहरुले आफ्नै नाममा लालपुर्जा नभएकै कारण सम्झौता गर्न नपाएका हुन ।

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार बाट ३ जना सम्मानित

विभेद विरुद्ध अभियान ,साउन ,१२- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कार वितरण गरेको छ।

बुधवार राजधानीमा कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको हो। राष्ट्रिय पुरस्कारबाट ४ जना पुरस्कृत भएका छन्। परस्कृत हुनेले जनही १ लाख रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै विभिन्न ४ विधामा २० जनालाई क्षेत्रीय पुरस्कार दिइएको छ। क्षेत्रीय पुरस्कारबाट पुरस्कृत हुनेले सम्मान पत्रसहित जनही ५० लाख रुपैयाँ प्राप्त गरेका छन्।
 त्यस्तै यस वर्षबाट नेपालको दलित मुक्ति आन्दोलनका अग्रणी संस्थापक नेता भगत सर्वजीत विश्वकर्माको स्मृतिमा पहिलो पटक नेपाल सरकारले स्थापना गरेको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार समेत प्रदान गरिएको छ।भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार तीन विधामा तीन जनाले उक्त पुरस्कार पाएका छन्।
यो पुरस्कार स्वर्गीय पदम सिंह विश्वकर्मा, पदम सुन्दास र मोदनाथ प्रश्रतिलाई प्रदान गरिएको छ । पुरस्कारको राशी जनही एक लाख रुपैयाँ रहेको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृति, प्रयटन तथा नागरिक उड्ययन मन्त्री आनन्द पोख्रेलले सम्मानित सवै लाई नगद तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो । 
तस्वीर स्रोत :सुशील बिके 

Monday, July 25, 2016

सर्लाहीका चन्द्रदेव डोम समुदायका मुलुककै पहिलो इन्जिनियर बने

विभेद बिरुद्ध अभियान- डि के कुशवाहा- महोत्तरी, साउन १० गते । सर्लाहीका चन्द्रदेव मल्ली आफनो समुदायबाट मुलुककै पहिलो ईन्जिनियर बन्न सौभाग्य प्राप्त गरेका छन । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका ९ का देवक मल्लीका छोरा चन्द्रदेव मल्ली तराईमा अति पिछडिएको डोम समुदायबाट ईन्जियर बन्ने नेपालकै पहिलो व्यक्ति हुन ।
चन्द्रदेवले करिब १ बर्ष अगाडि जनकपुर इन्जिनियरिङ्ग कलेजबाट सिभिल इन्जिनियर गरेका हुन् । उनले एकमहिना अगाडि देखि मकवानपुरको हेटौंडा स्थित निजी निर्माण व्यवसायी कम्पनीमा कार्यरत रहेको छन । आफूलाई यहाँसम्म पु¥याउन पिता देवक मल्लीकको ठूलो हात रहेको उल्लेख गर्दै चन्द्रदेवले भने, ‘बुबाले निकै दुःख गरेर मलाई यहाँसम्म पु¥याउनु भएको हो, मेरी बहिनी पनि भारतमा एमबीए पढ्दैछिन् ।’
डोम समुदायबाट मुलुककै पहिलो इन्जिनियर बनेको भन्दै सर्भिस फर पिस नेपाल र लायन्स क्लब अफ हरिवनले केहीदिन अगाडि सार्वजानिक कार्यक्रममार्फत उनलाई अभिनन्दन् गरेका थिए । सोही कार्यक्रमका वीच सर्लाहीका स्थानीय विकास अधिकारी राजकिशोर महतोले इन्जिनियर मल्लीकलाई दोसल्ला ओढाएर अभिनन्दन् पत्र प्रदान गरेका थिए ।
स्थानियहरुले आफुहरुलाई गरेको कदरले आफूलाई थप जिम्मेवार बनाएको भन्दै उनले आपmनो समुदायका बालबालिकालाई शिक्षाको पहुँच दिलाउन लागिपर्ने प्रतिबद्धता जनाएका छन । अहिले दाजु बहिनीले पढ्दै आएको कारण घरको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको बताउदै चन्द्रदेवले अगामी दिनमा आफुले कमाएको पैसाबाट समुदायका बालबालिकालाई पनि शिक्षित बनाउने सोच रहेको बताउनुभयो ।
चन्द्रदेवका ६७ वर्षीय पिता देवन अहिलेपनि मलंगवा नगरपालिकामा स्वीपर (सरसफाई मजदुर) को रुपमा कार्यरत हुनुहुन्छ । तराई क्षेत्रमा नाला सफाई गर्ने, सुंगुर चराउने, सिनो फाल्ने, पोष्टमार्टममा ल्याईएको शव चिरफार सहित व्यवस्थापन गर्ने, बाँसका सामग्री निर्माण गर्ने लगायत काममा मात्र सिमित रहेका डोम समुदायबाट चन्द्रदेव पहिलो इन्जिनियर बनेपछि जिल्लाभरका डोम सहित दलित समुदायमा हर्षोल्लास छाएको नेपाल दलित संघ सर्लाहीका अध्यक्ष रामलखन दासले जानकारी दिनुभयो ।
सरसफाईका लागि गाउँ बाँडेर अंशबण्डा जस्तै गर्ने उक्त समुदायका परिवार अर्को परिवारले सरसफाई गर्ने क्षेत्रमा नजाने प्रचलन तराईमा व्याप्त छ । सर्लाहीमा डोम समुदायको जनसंख्या साँढे सातसयको हाराहारीमा रहेको मिथिला अञ्चल एफएममा खबर छ  ।

मुसहर बस्तीका किशोरकिशोरी जुटे परोपकारी कार्यमा

विभेद बिरुद्ध अभियान - बर्दिवास, १० साउन ।  बिहानको छाक टरे बेलुका कसरी टार्ने भन्ने टुङ्गो नभएका महोत्तरीको बर्दिवास–२ को दलित समुदायको मुसहर बस्तीका किशोरकिशोरीले अहिले परोपकारी कार्यमा चासो देखाएका छन् ।सम्पत्ति भनेकै आफ्नो पाखुरीमात्र रहेका मुसहर समुदायका किशोरकिशोरीले बनीबुतो (मजदुरी)गरेर प्राप्त भएको रकम सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्पपीडितका लागि हास्य कलाकार धुर्मुस र सुन्तलीले बनाउन लागेका आवास क्षेत्रको सहयोगका लागि छुट्याएर परोपकारी काममा चासो देखाएका हुन् ।
हाँस्य कलाकारद्वय धुर्मुस र सुन्तलीकै प्रेरणाले पढ्नु पर्छ भन्ने आँखा खुलेको बताउने मुसहर किशोरकिशोरीले आफ्ना बस्तीका १० वर्षदेखि १९ वर्ष उमेर समूहलाई सङ्गठित गरेर नवयुग बाल क्लब नै गठन गरेर सहयोग सङ्कलन अभियान जारी राखेका छन् ।
धुर्मुस सुन्तली एकीकृत बस्ती पुनःनिर्माण सहयोग समितिका लागि १५ दिनकै प्रयत्नले असारमसान्तसम्म रु १५ हजार सङ्कलन भइसकेको नवयुग बाल क्लबकी अध्यक्ष १५ वर्षीया किशोरी अञ्जली सादा मुसहरले बताइन् । अब साउन १५ सम्म सङ्कलन हुने रकम पहिलो पटक धुर्मुस सुन्तली फाउन्डेसनमा पठाइने र त्यसपछि पनि सहयोगको कार्य जारी राखिने अञ्जलीको भनाइ छ ।
घरमा सम्पत्ति देखाउने कुरा केही नभए पनि धुर्मुस सुन्तलीको अभियानलाई सघाउन आफूहरुले थप काम गरेर आर्जन गरेको पारिश्रमिकको रकम छुट्याउने गरिएको मुसहर किशोरकिशोरीको भनाइ छ । सुरुमा रकम जुटाउन वनमा सुकेका भिक्रा र दाउरा ल्याएर बेच्ने गरिएको भए पनि पछिल्ला दिनमा सघन वर्षा बढेकाले वनक्षेत्रमा सर्पको बिगबिगी र लामखुट्टेको टोकाइ बढेसँगै भिक्रा दाउरा पनि पानीले भिजेकाले अन्य वैकल्पिक काम थालिएको सो बस्तीका एक्ला एसएलसी उत्तीर्ण गरेका १९ वर्षीय किशोर मञ्जय सादाले बताउनुभयो ।
अहिले मुसहर किशोरकिशोरीले रकम आर्जन गर्न बालुवा सङ्कलन, गिट्टी कुट्ने र बर्दिवास नगरक्षेत्रमा पर्ने राजमार्ग सरसफाइ गर्ने काम रोजेका छन् । राजमार्ग सरसफाइ गर्दा आफ्नो ठाउँ सफा हुने र पारिश्रमिक पनि पाइने भएपछि आफ्ना बस्तीका नानीहरुले यो काम मन पराउने गरेका सो बस्तीकी अगुवा ५० वर्षीया मानकी सादाले बताउनुभयो ।
गत हिउँदमा राजमार्ग क्षेत्रको सरसफाइ अभियानका लागि बर्दिवास आएका हाँस्य कलाकार धुर्मुस र सुन्तली आफ्नो बस्तीमा आएर भेटघाट गरेका र न्यानो माया देखाएका आफूहरुलाई ताजै रहेको बस्तीका दलित बताउँछन् । नानीहरुलाई पढ्न पठाउन अभिप्रेरित गर्नसँगै जाडोले कक्रिएर भोकभोकै बस्नुपरेका बेला आफ्ना बस्तीका ५० घरपरिवारलाई खाद्यान्न र ओढ्ने ओछ्याउनको प्रबन्ध गरिदिने धुर्मुस सुन्तली मनकारी भएकाले नै उनीहरुको परोपकारी अभियानमा साथ देखाउन बस्तीका किशोरकिशोरी लागेका मानकीको भनाइ छ ।
धुर्मुस र सुन्तलीले बस्तीका नानी पढ्न पठाउनु पर्छ भनेयता अब बस्तीका ५० जना स्कुले उमेरका नानीहरु विद्यालय जान थालेका छन् । धुर्मुस र सुन्तलीसँगको केही घन्टाको उठबस र सामीप्यताले मुसहर बस्तीमा पठनपाठन र सामाजिक काममा देखिएको चासो निकै सकारात्मक भएको सो बस्ती नजिकैका सामाजिक कार्यकर्ता गोविन्द पौडेल बताउनुहुन्छ ।
यसैबीच मुसहर किशोरकिशोरीले बढाएका यो अभियानसँगै बर्दिवासका अन्य समुदायका युवाले पनि धुर्मुस सुन्तलीको गिरानचौर एकीकृत बस्ती निर्माण गर्ने अभियानलाई सघाउन सङ्गठित पहलकद्मी बढाएका छन् । बर्दिवास–१ का गुणहरि घिमिरेको संयोजकत्वमा गठित धुर्मुस सुन्तली पुनःनिर्माण सहयोग समिति बर्दिवासले रु ५० हजार सङ्कलन गरिसकेको छ । सङ्कति रकम तत्काल धुर्मुस सुन्तली फाउन्डेसनलाई पठाएर सङ्कलन अभियान भने निरन्तर जारी राखिने समितिका सदस्य पेसाले सञ्चारकर्मी राजकरण महतोले जानकारी दिनुभयो ।
बर्दिवासमा अहिले देखिएको यो अभियानले जुनसुकै क्षेत्र र भूगोलका बासिन्दाबीच सहयोगी भावनाको विकास हुने र आपत्विपत्मा सहयोग गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको बर्दिवास सञ्चार सहकारी संस्था र सामुदायिक रेडियो बर्दिवास सञ्चालक समितिका अध्यक्ष विजयकुमार महतोले बताउनुभयो ।

जात नमिले कै कारण मारिनु कहाँ सम्मको मानवता ? - रमा खड्का


साउन १० - विभेद बिरुद अभियान -  साउन तीन गते सोमबारको कुरा हो, सधैं झै म विहानै नौ बजे अफिस पुगेकी थिए । अफिस पुगेर पत्रिका पढिरहेकी थिए । ‘अन्तरजातिय विहे गरेका युवकको मृत्र्यु, शिर्षकको समाचार मेरो आँखामा ठोक्किन पुग्यो । निकै कोतुहल्ताका साथ समाचार पढे । यो दुखद खबर मैले मेरा सहकर्मी साथीहरुलाई पनि सेयर गरे ।
केहि साथीहरुले त्यो घटनाका बिषयमा पहिला नै जानकारी पाइसकेका रहेछन् । मनमा सारै दुख लागेर आयो त्यो समाचार पढ्दा ।

माया प्रेमले त ! न जात, न धर्म, न गरिब, न बर्ण, केहि पनि हेर्दैन । तर, यहाँ त तेहि जातका कारण कसैको ज्यानै गएको घटना सुन्दा साँच्चिकै माया प्रेमका ति कथा कहानी अनि ति मुना मदन, लैला मझनुहरु आफैमा अति लज्जित भैरहेको भान भयो । दिमागले नै एकछिन केहि सोच्न सकेन ।
यो नेपाली समाज देखेर नै वाक्क र दिक्क लागेर आयो । 

मायाप्रेमले त संसार जित्छ भन्थे तर, आफैलाइ नष्ट गर्ने यो कस्तो माया ?
तेहि पवित्र प्रेमको फुल च्यातेर फ्याँक्दै, कायरता ढंगले तिनै पवित्र प्रेमका पुजारीको मृत्यु भयो, हत्या भयो । र नेपाली समाज आज फेरि बेस्सरी गन्हाएको छ ।

काभ्रेको पाँचखाल नगरपालिका ६ होक्सेका १८ वर्षिया अजित ढकाल (मिजार) को मृत्यु भयो, कारण उनले अन्तरजातिय विवाह गरेका थिए । अजितले पाँचखालकै पराजुली (वाहुन) थरकी युवतीसँग असार २५ गते प्रेम विवाह गरेको खबर त्यो अखवारमा छापिएको थिए ।
असार २७ गते केटीका माइती पक्षले बालविवाहको उजुरी प्रहरीमा दिएपछि प्रहरीकै रोहोबरमा अजितको प्रेमलाई छुट्याइयो । अजितको प्रेमविवाहलाई वाल विबाहको निहुँमा छुट्याइएको प्रती धेरै जनाको गुनासो त नहोला । तर,
वालविबाहको यति नजरअन्दाज गरिन्थ्यो भने, देशका बिभिन्न ठाँउमा अझै पनि वालबिवाह भैरहेका खबर सुनिनमा आउदैन्थ्यो होला ।

“जो होचो, उसको मुखमा घोचो” भने झै काभ्रेका दलित किशोर अजित मिजारलाई मात्रै वालविबाहको आरोप लाग्यो र उनको प्रेम उनिबाट खोसियो । प्रेम मात्रै खोसिएन अजितको श्वास पनि चुडिंयो ।
अजित मिजार र उनकी प्रेमिका वाहुन थरकी किशोरीलाई छुट्याइएको तिन दिन पछि अजितको लास धादिङमा डोरीले झुन्डिएको अवस्थामा फेला पर्यो । जो अति नै शंकास्पद र रहस्यमय थियो ।

यो घटना एका एका चौतर्फी फैलिसकेको थियो । सामाजिक न्यायका लागि बोल्ने र लेख्ने मेरो पेशा भनौ या रहर भएकाले यो घटनालाई मैले नजिकबाट बुझ्ने जमर्को गरे । 
मेरो अफिसमा स्टाफहरुबिच तेहि दर्दनाक घटनाका बिषयमा कुराकानी हुदै गर्दा अजित मिजारको लास आफन्तले माहाराजगंजस्थित टिचीङ् अस्पतालमा ल्याइएको खबर थाहा भयो । र, त्यसबारे रिर्पोटिङ्गका लागि म टिचीङ् अस्पतालतर्फ गए ।

टिचिंङ पुग्दा दिउसोको करिब साढे २ बजिसकेको थियो । टिचीङको प्राङ्गणमा पुग्दा त्यहाँ थुर्पै दलित अधिकार कर्मीहरु, संघ संस्थाका प्रतिनीधि, सांसद लगाएत पिडित अजितका  आफन्तहरुको ठुलो भिड थियो ।
सबैको अनुहारमा निकै निरासा र मलिनता देखिन्थ्यो । मेरो मनपनि निकै भारि भैरहेको थियो त्यो शोकाकुल दृष्य देख्दा । आँशु मात्रै खस्न सकेको थिएन । अस्पतालमा पुगेर मैले घटनाबारे सबिस्तार बुझ्ने प्रयत्न गरे । मृतकका बुवा हरिभतm ढकाल मिजारसंग केहि सोध्न खोजें उहाँ बोल्नै सक्नु भएन ।
मृतक अजितका दाजु दिपेन्द्र अलि अलि बोल्न सक्ने अवस्थामा भए पनि घरि घरि गला अवरुद्ध हुंदै थियो उनको पनि ।

दाजु दिपेन्द्रको मुखबाट एउटै शब्द अघि अघि निस्न्थियो ! ‘सत्य तथ्य के हो पत्ता लागोस, मेरो भाइको कसरी हत्या भयो ? कोले हत्या गर्यो ? किन गर्यो ?
खासमा अजितको मृत्यु कारण के थियो ? घटनाक्रममा के के भयो ?
काभ्रे पाँचखाल नगपालिका ६ होक्सेका १८ वर्षिया अजित ढकाल मिजारको मृत्युको कारण अन्तरजातिय विवाह हो । पाँचखालकै पराजुली थरकी युवतीसँग असार २५ गते प्रेम विवाह गरेका अजितको असार २७ गते माइती पक्षले बालविवाह भयो भनेर प्रहरीमा उजुरी गरेपछि प्रहरीकै रोहोबरमा उनीहरुलाई छुटाइएको थियो ।
त्यसपछि केटीका आफन्तहरुले केटालाई धम्काउन थाले । ‘तँलाई तिन दिनमा देखाई दिन्छौं,  भनेपछि छोरालाई घरबाहिर नजान भनेर सल्लाह दिएको कुरा अजितका बुवा हरिभक्त ढकाल मिजार बताउछन् ।

छोरालाई अपठ्यारो हुन्छ की भनेर असार २८ गते ठुली आमाको घर आएका अजित २९ गते विहान क्याम्पस समेत गएको बाबु हरिभतm बताउछन् । कलेजबाट फर्के पछि आमालाई मोवाइलको चार्ज किन्न भनेर १०० रुपैंया मागेका थिए अजितले । पछि रिचार्ज नकिनेर ५० रुपौंया बहिनीलाई दिएर निस्केका थिए ।
दाजुभाईले सँगै खाना खाएर बसेका थियौं दिउसो २ बजे तिर म पानी लिन निस्कए, पानी लिएर घर फर्किदा त मोवाइल घरमै थियो भाई थिएन्, अजितका दाजु दिपेन्द्र भन्छन् ।

कतै साथीहरुको घरमा गएको होला साँझसम्म फर्किन्छ होला सोचेका थियौं पछि रातिसम्म नफर्के सम्म आफुहरुलाई शंका लाग्न थालेको दिपेन्द्र बताउछन् ।
तेहि राति ८ बजेतिर अजितले आफ्नो ठुली आमालाई पनि फोन गरेका रहेछन् । तर, आमासंग कुरा नभएपछि आमाले अजितका घरमा जानकारी गराउदा उनका दाजुले अजितले गरेको फोन नम्बरमा फोन डायल गर्दा गित सुनाउने र जे मनमा आयो त्यही फोहर कुरा बोल्ने गरेको दिपेन्द्रले बताए ।

त्यसपछि, अजित बेखर नै भए सदाका लागि । कता गयो, के भयो भनेर घरकाले धेरै खोजिनिती गर्दा कतै अत्तोपत्तो लागेन ।


अजितको लास धादिङमा भेटियो !


विवाह गरी छुटेको तिन दिन नबित्दै अजितको लास धादिङमा डोरीले झुन्डिएको अवस्थामा फेला पर्यो । मृत्यु निकै शंकास्पद भयो । अजितकी प्रेमीकालाई आफन्तले घर लैजाँदा अजितलाई मार्ने धम्की दिइएको पिडीत अजितका आफन्त बताउछन ।

अजितका आफन्त र जिल्लास्थित दलित अधिकारकर्मीले उनको अजितको आत्महत्या नभई हत्या नै भएको भनिरहेका बेला पोष्र्टमाटमको रिर्पोटले पनि अजित आफै झुन्डिएर आत्महत्या नगरेको पुष्टि भएको छ ।


धादिङमा के भयो ? प्रहरी बेइमानीको प्रर्दाफास  !

धादिङको फुुर्के खोला गजुरीमा पुरानोको काठको यात्रु प्रतिक्षालयमा असार ३० गते विहान विहान दुध बेच्न जाने स्थानीयले डोरीले झुन्डाइएको लास देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव निरिक्षक प्रकाश लिम्बुको टोलीले गजुरीकै स्थानीयलाई साँची राखेर मुचुल्का गरी प्राथमिक स्वास्थ्य चौकी गजुरीमा उनीहरुको भाषामा पोष्टमार्टम नै नगरि दरौदी खोलामा गाडि दिए । 

प्रहरीले वेवारिसे लास भएकाले स्थानीयको सक्रियतामा अजितको लास गाढेको कुरा उल्लेख गरेको छ । तर, कानुनतहः वेवारीसे लास भेटिएका त्यसका धेरै प्रकृया पुरा गरेर मात्रै लास गाड्ने नियममा छ । तर, यहाँ सामान्य प्रकृया पनि नपुर्याइ लास गाडियो देखियो । यति हुँदासम्म पनि मृतक अजितका आफन्तलाई कुनै जानकारी थिएन ।

धादिङकै मेची महाकाली डटकमले अजित झुन्डिएको फोटोहरु जब फेसबुकमा सेयर गर्यो त्यसपछि बल्ल आफन्तले थाहा पाए की, अजित त यो संसारबाट बिदा भैसके छ । आफन्तहरु धादिङ पुगेर अजितको लास माग्दा प्रहरीले लासलाई पोष्टमार्टम गरेर गाडेकाले उत्खलन् गर्न नपाइने बतायो । 

त्यसपछि अजितका आफन्तले कानुनी उपचार र अजित मृत्युको सत्यतथ्य थाहा पाउन अधिकारकर्मी गुहार्यो । राष्ट्रिय दलित आयोगले गृहमन्त्रालय मार्फत चिट्ठी पठाएपछि साउन दुई गते गाडिएको लास उत्खन्न गरेर टिचिंङ अस्पताल महाराजगंजमा राती पुर्याइयो पोष्टमाटमका लागि । 

साउन दुई गते बेलुका तिर अजितको लासलाई टिचिंङ अस्पतालमा पोष्टमार्टमका लागि राखियो । तर विड्म्बना, धादिङ गजुरी प्रहरीले पोष्टमार्टम गरिसकेकोले फेरी पोष्टमार्टम गर्न नपाइने रिर्पोट दिएर अजितका आफन्तलाई फिर्ता पठायो । जुन झुट ठहर भैसकेको थियो । उत्खनन गरिएको अजितको लासको प्रकृती हेर्दा पोष्टमार्टम नै नगरेको कुरा सामान्य मान्छेले पनि थाहा पाउथ्यो । 

त्यसपछि राष्ट्रिय दलित आयोगले गुह मन्त्रालयमा गएर दबाब दिएपछि पुनह पोष्टमार्टमका लागि अनुमति दिइयो र साउन ५ गते लास ल्याएको तिन दिन पछि पोष्टमार्टम गर्ने प्रकृया भयो । प्रहरीले आत्म हत्या गरेको भन्ने कुरा झुट सावित भएको छ । 

पिडीतलाई न्याय र दोसीलाई हदैसम्मको सजाय  !

कसैको हत्या गर्नु अपराध हो । त्यसमा पनि जातियता कारण भएको यो घटना झन जघन्य अपराध हो । नेपालको संविधानले पनि कसैलाई जातियता कारण कुटपिट भएमा त्यसलाई जघन्य अपराध मानेको छ । काभे्रका अजित ढकाल मिजार जसले अन्र्तरजातिय विबाह गरेकै कारण मारिनु पर्यो । 

जुन अहिलेको एक्काशौ शताव्दीको समाजका लागि सारै लाजमर्दो कुरा हो । कसैले कसैलाई माया गर्नु, आफ्नो जिवन साथी बनाउनु त्यो उसको नितान्त ब्यतmीगत कुरा भैसकेको बर्तमान परिपेक्षमा विबाह गर्दा जात नमिलेका कारण कसैलाई मारिदिनु कहाँसम्मको मानवता हो ? कतिसम्मको जातिय उग्रता हो ?

घटना जे घट्यो त्यसले सिङ्गों नेपाली समाजलाई लज्जित पारेको छ । 
अब, पिडीतलाई जति सक्दो उचित न्याय र दोसीलाई कडा कार्बाही गर्नतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ । यहि घटनाका कारण समाजमा सदभाव बिर्गन दिनु हुन्न । गल्ती एक दुईले नै गर्छन तर, सिङ्गो समाज नै गन्हाउछ । त्यसैले यस्ता घटना फेरि नदोहोरिन सबैले सजकता अपनाउनु पनि जरुरी छ । 

साथै पिडीतलाई न्याय दिलाउन र दोसीलाई कडा कार्बाही गराउनका लागि कुनै ब्यतmी र संघसंस्था भन्दा पनि सम्पुर्ण सचेत नागरिक, मानवअधिकारकर्मी, नागरिक समाज, संचार जगत एकजुट भएर आवाज उठाउनुपर्छ । अहिले घटनालाई नजिकबाट राष्ट्रिय दलित आयोग, दलित अधिकारकर्मी, विभिन्न दलित संघसंस्थाहरु, बढि कृयाशिल देखिए पनि यो जातिय बिभेद राष्टकै समस्या भएकाले यसमा सरकार र सम्पुर्ण राजनितीक दल बढि अग्रसर भई आगामी दिनमा यस्ता अपराघ नघटुन भन्नका लागि संयुतm पहल हुन जरुरी छ । 
अनि मात्रै अजित मिजारहरु जातियताकै कारण मर्ने छैनन् । र यस्ता घटनाले हामी सबैको शिर निहुरिने छैन । 

(खड्का जागरण मिडिया सेन्टरमा आबद्ध छिन् ।)

Sunday, July 24, 2016

दलित समुदायले भोलि सामाजिक क्रान्ति गर्ने दिन आउँन सक्छ - गोपाल सिवा

साउन ९, विभेद बिरुद अभियान -  मुलुकले काँचुली र्फेर्दैछ, नयाँ संविधान बनेर कार्यन्बयनको लागि माहोल बन्दै छ ,नयाँ परिवर्तनका अनेकौं आवाजहरू उठेका छन्, न्याय, समानता र स्वतन्त्रताको सवाल जोडतोडले उठेको छ । तर यी गर्वका कुराहरु गरि रहँदा मुलुकका विभिन्न ठाउँमा एकपछि अर्को दलित समुदाय लक्षित घटना भइरहेका छन् ।कर्मशील पेसामा बाँधिएर परापूर्वकालदेखि अरू जातिको सेवामा आफ्नो सर्वस्व लगाउने समाजको एउटा सीप र कला भएको समुदाय जातीय आधारमा भेदभावपूर्ण व्यवहारको सिकार भइरहेको छ ।  सदियौँदेखि राज्यसंयन्त्र र समाजको बहिष्करणमा परेको यस समुदायलाई पछिल्लो इतिहास हेर्ने हो भने बिक्रम सम्बत १९१० मा जंगबहादुर राणाले मुलुकमा हिन्दू दर्शन र  मनुस्मिर्तिमा आधारित मुलुकी ऐन जारि गरेर जातको आधारमा अपराधीहरुलाई सजायको ब्यबस्था गर्दै कथित दलित समुदाय माथि असमान व्यवहार गर्दै आएका थिए  र अहिले सम्म छ ।

बरिस्ट साहित्यकार एव एमाओवादि केन्द्रका नेता बिस्व भक्त दुलालले केहि महिना अघि मात्र जंगबहादुरको मुलुकी ऐनमा जकडिएको नेपाल लेखमा १६३ वर्षअघि जारी भएको जंगबहादुरको मुलुकी ऐनले नेपाली समाजलाई अहिले पनि जबर्जस्त रुपमा आफ्नो प्रभावभित्र राखेको बताए । आहुतिले नेपाली समाज उक्त ऐनले निर्धारण गरेको दायराबाहिर निस्कन सकेको छैन भनेर तथ्य सहित लेखे । हुन् पनि हो मुलुकी ऐन १९१० कै परिमार्जित र परिष्कृत रुप बनेर मुलुकी ऐनलाइ संबिधान अनुकुल कानून र न्यायलाई परिष्कृत बनाउन हालसम्म एक दर्जन पटक संशोधन भै सकेको छ  । तर राष्ट्रिय जनगणनाको ठूलो हिस्सा ओगटेको दलित समुदाय अहिले पनि विभेद र बहिष्करणको चर्को मार खेपिरहेको छन । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र, नयां संविधान र छुवाछूत मुक्त राष्ट्र घोषणा भए पनि दलित समुदायमाथि नियोजित रूपमै विभेद गरिएको छ दलित समुदायको आत्मसम्मानका साथ बाँच्न पाउने अधिकारलाई सवै तिर बाट खोस्ने प्रयास गरिएको छ  । ऐनकानुनको इमानदारीपूर्वक कार्यान्वयन नहुनु, सामाजिक कुरिती, रूढीवादी समाज तथा विद्यमान सामाजिक संरचनाहरूले गर्दा नै ६५ लाख भन्दा बढी जनसंख्या रहेको दलित समुदाय असमानता, भेदभाव र शोषणको भुमरिमा अहिलेसम्म रहेका हुन भन्दा फरक पर्दैन । समाजमा विद्यमान सामन्ती एवम् रुढिवादी सोच र मानसिकता फेरी गणतन्त्र सस्थागत हुने यात्रा संगै पुरानो सोच र मानसिकताको जग पुरानै अवस्थामा ब्यबहारिक रुपले फर्किदै छ । 

दलित समुदाय नेपाली समाजमा उपेक्षित र अपहेलित समुदाय वा पक्ष भन्ने कुरामा कुनै संका छैन । नेपालको जनसंख्याको कूल प्रतिशतमध्ये करिव २०  प्रतिशतभन्दा बढी संख्यामा रहेको यो समुदाय राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका समाजका सबै क्षेत्रमा उपेक्षित समुदाय हो । नेपाली समाजमा अहिले सम्म  गैरदलितकी छोरी विवाह गरेको बहानामा कुटपिटमा पर्ने, विस्थापित पर्ने, सम्पत्ति गुमाउने, दलितका छोरीलाई विवाह गर्र्छुु भनेर यौन चाहना मेट्ने, सन्तान जन्माउने र पछि अलपत्र पार्ने, सार्वजनिक कुवा र धारा प्रयोग गरेको भनेर दलित वर्गमाथि माथिल्लो जात ठानिएकाहरूले अपमानित गर्ने  घटना नौला होइनन् । सार्वजनिक सभा, समारोह आदिमा अपमान खेप्नु त कथित दलितहरूको नियति नै बनेको छ । विभेद र बहिष्करणको चर्को मार खेपिरहेको दलित समुदाय नयाँ नेपालमा कथित दलित समुदायलाई अधिकारहरु कानुन बनाएर दिने भनिए पनि नया सविधान कार्यान्बयन संगै समता मुलक समाज,समान र सार्वभौम नागरिक मानेर न्यायमूलक समाजको सपना देखी रहेका छन । तर दलित समुदाय प्रति भएका पछिल्ला सवै अमानविय ब्यबहारमा स्थानीय निकायमा कानुन कार्यनयन गराउने प्रहरी समेत दलित भएको आधारमा मारिदा मौनता साधेर, घटना ढाक्छोप गरेर बसेको पाइएको छ  । के यस्तो अवस्थामा सामाजिक सद्भभाव कायम राख्ने रास्ट्रका पहरेदार प्रहरी प्रशासन हुन सक्छ ? प्रश्न सवै तिर तेर्सिएको छ । 

जातीय भेदभाव तथा छुवाछूत (कसुर सजाय) ऐन, २०६८ लागु भइसकेपछि पनि मुलुकका विभिन्न स्थानमा अन्तरजातीय विवाह गरेका, चुलो छोएको र पानी छोएको निहँमा आधा दर्जन दलितको मुत्यु भएको छ भने दर्जनौँ दलित बस्तीहरू बसिरहेको ठाउँबाट विस्थापित भइरहेका छन् । केहि बर्ष अघि लमजुङमै एकजना गैरदलितकी छोरी विवाह गरेको निहुँमा लखेटी­लखेटी भिरबाट खसालेर मारिए । दैलेखको सुदूरपूर्वी गाउँ जगनाथ गाविस–६ की १९ वर्षीया सविता शाही र सोही गाविसका २१ वर्षीय अमृत विश्वकर्मा हुन् या गर्खाकोट ३ का गणेश चदारा र ज्योति शाह नै किन नहुन् यी दम्पती अन्तरजातीय विवाह गरेका कारण ज्यान जोगाउन गाउँ नै छोड्न बाध्य भए। सुर्खेत रामघाट– ३ का शिवराज सुनार र अनिता शाही तथा सोहि ठाउका टंकबहादुर सुनार र रेखा अधिकारीले विवाह गरेर भागेका थिए । भागेर विवाह गरेपछि केटी पक्षका आफन्तहरुले शिवराजका आमालगायत उनका आफन्तलाई कुटपिट गरे जब कि नेपाल प्रहरीको अधिकृत तहमा कार्यरत रेखाको मामा भीमबहादुर रावत स्वयम् भान्जी  भगाएको भन्दै कानुन हातमा लिएर आफै घरमा गएर मध्य राति कुटेका थिए ।अन्तरजातीय विवाह गरेका कारण केहि महिना अघि  चितवन जुटपानी गाविस-७, सूर्यपुरकी सङ्गीता तामाङ र मनोज परियारको हात खुटा भाच्ने देखि पुर्वमा अन्तरजातीय विवाह गरेको पाँचथर लुम्फाबुङका भविन्द्र राई र भद्रिका शंकर सम्म लाइ घरपरिवार तथा समाजले अन्तरजातीय विवाह गरेको भन्दै काजक्रिया गरी गाउँबाट निकालने काम समेत भएको छ  ।

 यी त् प्रतिनिधि घटना मात्र हुन् । मुलुकको सवै तिर गैरदलितकी छोरी विवाह गरेका कारण दलित केटा असुरक्षित बन्नु परेको मात्र हैन आफ्नो सुरक्षाका लागि जिल्ला सदरमुकाम पुगी अधिकारकर्मी, प्रशासनको हारगुहार गर्दा पनि प्रताडित हुन् बाध्य यस्ता हजारौ घटना मिडियामा आइ सकेको छन् ।   यस्तै पछिलो घटना गत साता मात्रै गजुरीबाट धादिङबेसी जाने सडकको फुर्केखोला पुलनजिकै एउटा काठको पाटीमा  अन्तरजातीय विवाह गरेको काभ्रे जिल्ला पांचखाल नगरपालिका वडा नं. ६ अजित मिजारलाई मृत अवस्थामा भेटिए।  प्रहरीद्धारा वेवारिशे लाश भन्दै खाल्डोमा गाड्नु, परिवारलाई कुनै जानकारी समेत नदिनु, शव हेर्न खोज्दा साह्रै दुख दिनु , पोष्टमार्टम गरौं भन्दा भइसकेको छ, दवावमा झुण्डिएर मरेको हो भन्ने खालका विवादाष्पद जानकारी दिनु र किटानी जाहेरी दिदा समेत प्रहरी प्रशासनले घटनाका मुद्दा दर्ता गर्न आनाकानी गरि रहेको छ। आखिरी किन जातीय विभेद र छुवाछुत मुद्दालाई अहिले पनि  प्रहरी संगठनले गम्भीरतापूर्वक लिदैंन ?  सहर बजारमा त् प्रहरीले यस्तो रवैया देखाएको छ भने परम्परादेखि जुन समाज र परिवेशमा उनीहरुलाई बाँच्न बाध्य पारियो त्यो ग्रामीण इलाकामा बस्ने दलित समुदाय जो कानुनको बारेमा थाहा नभएका छन तिनले छुवाछुतका उजुरीहरु लिएर गए कसो गर्ला त् प्रहरी प्रसासनले ? जवाफ प्रस्ट छ अहिले पनि जातीय मुद्दाहरुबारे जाहेरी लिएर जाँदा प्रहरीले जाहेरी दर्ता नगर्ने र सामान्य मिलापत्र गरी आरोपीहरुलाई उम्काउने गरेको ले नै  नेपालमा दलितहरुको हकहितमा कार्य गर्न बलियो कानुन रहे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन नसकिएको हो । 

अजित मिजारको पोष्टमार्टममा आत्महत्या गरेको प्रमाण नभेटिएको तर हत्या हो भनेर पुष्टि हुन थप रिपोर्ट आइन नपुगेका हुनाले 'घटना हत्या हो कि आत्महत्या भन्ने कुराको टुंगो अदालतले लगाउने' कुरा शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्तीले बताएका छन । यो घटना जातीयताकै आधारमा अपमान पूर्ण र कायरता पूर्वक झुन्डाएर हत्या गरिएको प्रस्ट छ । धार्मिक ग्रन्थमा जस्तो दुष्ट, राक्षस र दलितको हत्याको पाप लाग्दैन भनिए जस्तो अहिले नेपालको सविधानमा दलित हत्या गर्दा कानुन नलाग्ने हो ? हैन भने राज्य किन मौन छ ? किन पिडितले न्यायको लागि हारगुहार गर्दै भौतारिनु परेको छ ? सविधानले समान नागरिक मानेका कथित दलितमाथि असमान व्यवहार गर्न यी मनवता बिरोधि अपराधीहरुलाई कुन कानुनले अधिकार दियो ? छुवाछुत मुक्त रास्ट्र घोषणा र जातीय विभेद तथा छुवाछुत (कसुर सजाय) ऐन, २०६८ लागु भएपनि यी र यस्ता घटनाले सरकार र दलित आन्दोलनकर्मीलाई अझथप चुनौती दिएको छ । यस्तो अवस्थामा पनि दलित समुदाय विद्रोहमा उत्रिएनन् भने यो दलित समुदायको दुर्भाग्य नै हुनेछ । अत समयमै घटनाको अनुसन्धान होस,नेपाली समाजलाई कलंकित पार्ने जोकोही लाई ब्यबहारिक रूपमा कडा भन्दा कडा सजाय र क्षतिपूर्ति तिराइयोस जुन देखेर कसैले फेरि छुवाछुत तथा जातीय विभेदको दुस्साहस नगरुन्। अन्यथा उत्पीडनको अन्त्यको समुचित आधार र त्यसका लागि संघर्षको आन्दोलनमा धेरै पटक सहभागि भएका दलित समुदायले यिनै घटनालाई टेकेर बिधमान सामाजिक  व्यवस्था उखेलन र अर्को नयाँ चरणको सामाजिक व्यवस्था स्थापना गर्न सामाजिक क्रान्तिको ढोका नखोलियोस । 

मुना नेपालीको जस्तो पिडा कसैलाइ पनि नहोस

साउन ८ , विभेद बिरुद अभियान - बाल्यकालमा आमा बुवा गुमाएकि नुवाकोटको मुना नेपाली जनयुद र आफन्तले दिएको पिडा , जातीय विभेदको जातोमा पिल्सिएको सामाजिक जीवन भोगाइ अनि लोभ प्रलोभन देखाएर नारीलाई बस्तु सम्झेर बिक्रि गर्ने यो समाजको एउटा जीवन्त भोगाइ भोगेर आएकी रैछिंन  । 
यिनको पीडा सुने पछि सब्दमा यिनको पीडालाई सब्दमा बयान गर्न सकिदैन  । भावुक मन बाट यो भिडियो हेरिञ्जेल एकै कामाना मात्र आउछ कि  मुना नेपालीको जस्तो पिडा कसैलाइ पनि नहोस .....
स्रोत :- कान्तिपुर बाट 

Saturday, July 23, 2016

छुवाछुतः अभ्यास, विरोधाभास र मौन अनुसरण - विजयराज पन्त

विभेद बिरुद्ध अभियान, ८ साउन ।  छुवाछुतलाई कानूनी अपराध र गलत सामाजिक अभ्यासका रुपमा लिन थालिएको वर्षौं भइसक्यो । यस अवधिमा कानूनी र संस्थागत रुपमा निषेधात्मक तथा उपचारात्मक ढंगले छुवाछुत अन्तका प्रयेत्नहरू भए । हिन्दू वर्ण व्यवस्थाद्धारा सृजित सामाजिक अभ्यासका रुपमा रहेको छुवाछुत नेपालको विविधकाल खण्डमा फरक स्वरुपवाट प्रचलित रहयो । शासकीय चासोको रुपमा ऐतिहासिक कालदेखि वर्णवाट जातिमा आधारित स्तरीकरणको स्वरुप वन्यो । जुन कुनै न कुनै रुपमा हालसम्म पनि हाम्रो समाजमा विद्यमान रहेको छ ।
जातीय विभेदको पछाडिको कुरा पवित्रता र अपवित्रताको सवाल हो । प्राचिनकालदेखि पवित्रता र सामाजिक हैसियत बीच अनोन्याश्रित सम्वन्ध रहेको देखिन्छ । जस्लाई पवित्रता दिइयो त्यसैसँग उच्च अधिकार र दायित्व रहयो । तीनवटा वर्णसँग श्रेणीवद्धरुपमा पवित्रता रहेकोमा ब्रामहणसँग प्राज्ञिक र न्यायिक अधिकार, क्षेत्रीसँग राजनीतिक अधिकार र वैश्यसँग आर्थिक अधिकार रहन पुग्यो । तर सृष्टिकर्ताको खुट्टावाट जन्म भएको मानिएका शुद्रलाई अपवित्र भनेर श्रमको जीम्वेवारी मात्र दिइयो । यही अधिकार प्राप्ति र अप्राप्तिको सवाल समाजमा शुद्रको निरिह हैसियत निर्माणको कारक वन्यो भने अपवित्रताको मान्यता छुवाछुत प्रथाको जननीका रुपमा स्थापित भयो । विविध समय र सन्दर्भमा फरक फरक अभ्यास रहेता पनि हालको नेपालको जातीय संरचनाको पछिल्लो आधार जंगवहादुर राणाले वनाएको वि। सं। १९१० को मुलुकी ऐन नै हो ।
छुवाछुतसँग मिल्दाजुला प्रथाहरू संसारका गैर–हिन्दू समाजमा पनिरहेको पाइन्छ । जापानको बुराकु, सेनेगलको नेनो र नाइजेरियाको ओसु समुदाय दलित जस्तै विभेदवाट प्रभावित भएको देखिन्छ । बुराकुहरूले परम्परागतरुपमा काठको र छालाको काम गर्ने, बाटो तथा ढल सफागर्ने, सिनो तर्काउने जस्ता कामहरू गर्ने गरेको देखिन्छ भने अछुत मानिने उनीहरूसँग अन्य समुदाय बस्न, खान र विवाह गर्न नहुने विश्वास समेत रहेको पाइन्छ । गैर–बुराकुहरू पानी छर्केर र नूनको प्रयोग गरेर उनीहरूको कारणले भएको अपवित्रतावाट शुद्ध हुने मान्यता राख्दछन् । सेनेगलको नेनो समुदाय परम्परागत पेशाका रुपमा सिल्पकारिता, गायन र कथा वाचन जस्ता कार्य अवलम्वन गर्दथे र उनीहरूलाई अछुत मानिने हुनाले सँगै वस्न र खान तथा अन्य समुदायसँग विवाह गर्न समेत निषेध गरेको भेटिन्छ । त्यसैगरि, नाइजेरियाको ओसु समुदाय पनि यस्तै विभेदको इतिहास रहेको छ । इग्वु आदिवासी धार्मिक मान्यताद्धारा सृजना गरिएको प्रथाले उनीहरूलाई अछुत तथा दास जस्तै वनाएको थियो । हाल यी सबै समुदायको परम्परागत अवस्थामा सुधार गरिनुका साथै विभेदको अन्त्य र उनीहरूको उत्थानका लागि विविध प्रयत्नहरू भएका छन् ।
नेपालमा वि। सं। २००७ देखिका राजनीतिक परिवर्तनले दलित भावनाको उपयोग गर्यो । आन्दोलनको प्रवलतामा हरेक पटक यो मुद्दा चर्कोरुपमा उठ्यो । सात सालको काँग्रेस विद्रोहको एउटा नारा भात भताहको भन्ने पनि थियो । पछि दलितलाई महामन्त्री पनि वनाइयो । कम्युनिष्ट आन्दोलनको मुख्यपक्ष आर्थिक सामाजिक विभेदको अन्त्य नै थियो । सिद्धान्ततः उनीहरूमा जातमात्र होइन धर्मप्रति पनि विश्वास रहँदैन । पंचायतकालमा राजा महेन्द्रले वि। सं। २०२०मा नयाँ मुलुकी ऐन ल्याए जस्ले छुवाछुतको कानूनी मान्यतालाई अन्त गर्यो । माओवादी विद्रोहमा दलितका सवालहरू अरु वढि जोडतोडले उठाइयो । पछिल्लो आन्दोलन पछि मुलुकलाई छुवाछुत मुक्त देशका रुपमा घोषणा पनि गरियो । यसका अतिरिक्त सरकारी तथा गैर सरकारी क्षेत्रवाट विभिन्न ढंगका प्रयत्नहरू विगतदेखि जारी नै छन् । तर दलित गैर–दलित बीचमा मात्र होइन दलित दतित बीच नै भेदभावको अवस्था कायमै रहनुले यस बहसलाई अरु जटिल वनाएको छ । अर्कोतर्फ, आन्दोलनले समावेशिकरणको मुद्दालाई स्थापित गरेता पनि यस्तो आवाज व्यवहारमा मलिनो बनेको छ । वर्तमान राजनीतिक प्रवाहले पुनः पहिचान र स्वायत्त राज्यका सवालहरूमा समेत दलितहरूलाई विमुख बनाउने दिशातर्फ अघि बढेको छ ।
कतिपय सवालहरूमा यस्तो प्रथा विरोधाभाषपूर्ण पनि छ र आफ्नै मान्यताहरूसँग मेल नखाने अभ्यास पनि थुप्रै देख्न पाइन्छ । महापातक मानिने मदिरा सेवनलाई सहज स्वीकार्नेहरूले मानिसहरूमा अपवित्रता देख्नु अनौठो कुरा हो । नेपालमा धामी दलित गैर–दलितको पनि धामी हुन सक्छन् । पश्चिम पहाडमा वर्षे खेती लगाइसकेपछि गरिने वालि पूजा ९हरेलो० गर्दा पण्डितको घरमा पनि धुप ध्वजा सहित खेतवारीमा दलित हलिवाट पूजा गरिने चलन धेरै पुरानो हो । कञ्चनपुरको दक्षिणी भेग लगाएतका ठाउँमा दलित समुदायले छोएको दुःध विगत देखि नै गैर–दलित समुदायले उपयोग गर्ने गरेको देखिन्छ । यही कुरा काठमाण्डौमा पनि नेवार समुदायको एउटा दलित जातीसँगको व्यवहारसँग विगत देखि नै मिल्दछ । अन्तरजातीय सम्वन्धवाट जन्मेकाहरू प्रतिको धारणा नेपाल र भारतमा फरक छ । उदेकलाग्दो कुरा त दक्षिण भारतका कतिपय क्रिस्चियन समुदायमा दलित र गैरदलितका बीच विभेद रहेको र छुट्टाछुट्टै चर्च रहेको पनि पाइन्छ । भौगोलिक हिसावले पूर्वि नेपालको तुलनामा पश्चिममा वढि पेचिलो विभेद छ । उत्पिडन र विभेदको विरुद्धमा चर्को विद्रोह भएको तराइमा दलितहरूको अवस्था सबैभन्दा कमजोर रहेको छ जहाँ दलित सभासद् नै कथित तल्लो जातिसँगको छोरीको विवाहको विरुद्धमा उत्रिएको कुरा धेरै समय भएको छैन । अन्तर दलित विभेदको स्थितिले दलित आन्दोलन अँझ वढि कमजोर वनेको छ । अर्कोकुरा, सबैखाले विचारधारा वोकेका दलहरूमा सैद्धान्तिकरुपमा नै छुवाछुतलाई निषेध गरेका छन् । वामपन्थी विचार राख्नेहरूको मत आधाभन्दा वढि छ । भौतिकवाद माक्र्सवादको प्राण हो । जस्को सिधा अर्थ ईश्वर र धर्मको अस्विकृति हो । तर यस्तो अवस्था हुँदाहुँदै नेपालका सबैजसो स्थानमा कुनै न कुनै विभेदको अवस्था रहेकै छ ।
अवको युगमा मनुकालीन पवित्रताको मान्यता सम्भव पनि छैन । पुस्तान्तरसँगै विभेदान्तर देखिएको छ जस्ले नयाँ पुस्तालाई वढि उदार पनि वनाएको छ । भोग्नेहरूकै विचारमा विभेदको क्षेत्र साँगुरिएर सीमित सवाल तथा स्थानियतामा सीमित भएको छ । तर विभेदको बलियो पाटो सामाजिक मनोविज्ञानसँग गाँसिएको देखिन्छ । जसको निरपेक्ष वदलाव एकैपटक संभव नभएको कुरा कतिपय दलित आन्दोलनका अगुवाहरू नै वताउँछन् । उद्विकासवादी दृष्टिकोण पनि यही कुरामा सहमत छ । कानूनी उपचारले मानसिकताको उपचार नहुँदा कतिपय सवालहरूमा मौन वहिष्करण समेत निम्ताएको छ । युगौं लामो अभ्यासले समाजको धार्मिक, सांकृतिक, आर्थिक र राजनीतिक पक्षलाई बलियोसँग पक्रिएको यो प्रथा हाल वाहियरुपमा कमजोर देखिएता पनि खास सवालहरूमा मौन तर जटिलरुपमा विद्यमान रहेको छ । कतै सामाजिक आलोचनाको डर त कतै मान्यतागत आत्मिक अस्विकृतिले हालको दलित आन्दोलन मौन अनुसरणको भूमरीमा अलमलिएको देखिन्छ ।
साभार : मझेरि डटकम

Friday, July 22, 2016

के दलित सब्द आफैमा नराम्रो हो त ? - आशिष दुलाल

साउन ७ , विभेद बिरुद अभियान - म सानैमा देख्थें, मक्रानडाँडा हाम्रो पुरानो घर (जहा हजुरबा आमा बस्नुहन्थ्यो) जहा हाम्रो बारी कमाउन सन्ते कामीलाई जिम्मा दिईएको रहेछ । दिनभर काम गरेर जब उ घरमा भात खाजा खान आउथे, तब आवैंले बाहिर घोप्टयाएको थाल अंखोरा उत्तानो पारेर त्यसमाथी भात ढिढोका डल्लाहरु घोप्टयाउथिन, भाँडा माझेपछि ति सन्ते काका आफ्ना भाँडा धोई पखालि त्यसैगरी घोप्ट्याउथे। यो रीत उनलाई मात्र हैन बालिमा कमाएको टोप्रेल दमाईका लागिपनि लागुहुन्थ्यो जव उनि आफ्नो हातेकल लिएर पिंढिमा आईपुग्थे, या रोपाँईमा बेठिलाउन आफ्नो दमाहा बोकेर पुग्थे। बालि भित्राउन हतियार अर्चापेर होस या लाज ढाक्न कपडा सिलाईदिएर होस उनिहरु बिना समाजको अन्तरक्रृया चलेको कहिल्यै पाईन मेरो गाँउमा । तर पनि उनीहरु हामी भन्दा फरक ठानीन्थें, म ठ्याक्कै ठम्याउथें, त्यो त जातीय बिभेद र दलित प्रति गरिने छुवाछुतको ब्यवहार रहेछ, मेरो बुझाई बाल्यकालमा । स्कुले जिवनमा सवै भन्दा बढि माया गर्ने साथि या दाई भनौ रमेश नै थियो मेरो, तर पनि घर बाहिरैबाट बारिमा फलेको काक्रो मुला खूवाउने भन्दा बाहेक अनुमति थिएन हामीलाई, घरभित्र लैजाने सम्म पनि । त्यो शिक्षित तर बाहुन गाँउ थियो म बसेको । 

समय दौरानमै म रेडियोकर्मी बनें, रेडियोकर्मीकै तालिमका दौरानमा आयोजित पिकनिकको त्यो क्षण मलाई आजपनि याद छ, रेडियोमा दलित मुक्तिका कार्यक्रम चलाउने विक थरका सरले डढ्न लागेको पुलाउ चलाएका कारणले केहि ओभरसियर बनिसकेका साथिहरु (हामी भन्दा धेरै अग्रज) पाकेको भाग छाडेर जानूभएको, हेर्दा सामान्य तर सोचनीय थियो । संगै हेटौडाकै रेडियोमा काम गर्ने बहिनी सविता विक (हाल बिबिसि मिडिया एक्सनमा छिन) र म बिराटनगरमा एउटा फराकिलो धर्ती कार्यक्रम निर्माणहेतु तालिमका लागि जाँदा मैले परिचयको क्रममा मैले आÇनो थर ‘दुलाल’ भनेपछि (दलित भन्ने सोचेर) आत्मिय बन्दै गरेका साथिहरु टाढिदाँ र एक्ल्याउदा मैले दलित प्रतिको बिभेद सहँदाको अनुभुति गरेको थिएं, जुन पढाई भन्दा भोगाई फरक हुदो रहेछ, यद्यपि त्यो काल्पनिक पीडा जस्तै थियो मेरा लागि। युवा जमातमा अगाडि राम्रै भनेता पनि ‘हेर दलित पनि कस्तो राम्रो, आखिर जात त जनाई हाल्यो नी’ जस्ता डायलगहरु प्रसस्त सुन्नमा मिल्छन, हामीहरुकै बिचबाट, हो हामीले मनन गर्नै पर्छ । सिन्धुलीका रेडियो मै काम गर्ने दुइ सहकर्र्मी दलित र गैर दलितको बिबाह हुने कुरा थाहा पाएर ज्यानलाई नै हानी हुने भएपछि ति जोडि मकवानपुर आईपुगे, लुकेर बिहे सम्पन्न गरे। आज दुबैको जिवन सहज नै छ, तर यो त सिमित उधाहरण मात्र हो, दलितका मुद्दा र दयनिय स्थिती धेरै दर्दनाक छन्, ठाँउ परिभेष अनुसार थोरै तल माथि मात्र हो । र यो मुद्दा दलितको मात्र चासोको बिषय हैन, हाम्रो समाजको कलंक हो ।

दलितको नालीबेलीः 
मुलतः नेपालमा तीन किसिमका दलितहरु छन–पहाडे दलित, नेवारी दलित र मधेसी दलित। उनीहरु हिन्दु धर्मावलम्बी आर्य हुन्। अहिलेका दलितलाई चिन्न झण्डै तीनदेखि चार हजार वर्ष बीचको युगतिर फर्किनु पर्ने हुन्छ। 
महाभारतमा कर्णलाई अर्जुनले ‘शुद्रको छोरो’ भनेर जीवन भरी घोर अपमान गरेको वर्णन छ, महाभारतको महत्वपुर्ण पात्र कर्णलाई हेर्दा थाहा हुन्छ उक्त ग्रन्थको रचनाकालमा शुद्रलाई कति अपमान गरिन्थ्यो भनेर। तर त्यसबेला शुद्रलाई अछुतको व्यवहार भने गरिदैँनथ्यो। महाभारत भन्दा पुरानो ग्रन्थ रामायणमा पनि शुद्रको चर्चा छ। शुद्र वर्णको शम्बुक नामको ऋषिले तपस्या गर्दा राज्यमा अनिष्ट भएको भन्दै रामले उसको टाउको काटेर हत्या गरेको वर्णन छ। नेपालमा सुरु भएको जाति व्यवस्थाबारे लगभग सबैजसो इतिहासकारहरुको मत मिल्छ । लिच्छवीहरु (सन् २००–८७९) ले नेपालमा जाति व्यवस्था लागू गरेको इतिहासमा पाइन्छ। शुद्रलाई मन परेको पेशा रोज्न पाउने अधिकार थिएन। बाबुबाजेले जे पेशा गरे त्यही गर्नु पथ्र्यो। नत्र दण्ड गरीन्थ्यो। जातको आधारमा खानपान, रहनसहन र पोशाकमा पनि भिन्नता थियो। शुद्रलाई सुनचाँदीको गहना लगाउन, सम्पत्ति जोड्न र पढ्न प्रतिबन्ध थियो। सेवामुलक काम गर्ने शुद्रहरुलाई मल्लकाल (सन् ८७९ –१७६८) मा अनेकौँ जात उपजातमा विभाजन गरीयो। शाहवंशीय राजाहरुले यसैको सिको गर्दै जात व्यवस्थालाई निरन्तरता दिए। 

श्री ५ सुरेन्द्रको पालामा जंगबहादुर राणाले वि. सं. १९१० मा ऐन बनाएरै जाति प्रथालाई कडाईका साथ लागू गरे। त्यस ऐन अनुसार नेपाली समाजलाई ५ जातीय समुहमा बाँडियो। (१) तागाधारी (२) खस (३) मतवाली (४) पानी चल्ने शुद्र र (५) पानी नचल्ने शुद्र। शुद्रलाई पनि दुई वर्गमा बाँडियोः (१) सतशुद्र र (२) असतशुद्र।सतशुद्रमा राई, लिम्बु, गुरुङ, मगर, शेर्पा, थकाली, राउटे, थारु, धिमाल, कोचे आदि र असतशुद्रमा कामी, दमाई, सार्की, पोडे, च्यामे, कसाई, गाइने, वादी, मुसहर, चमार आदि वर्गिकृत थिए । असतशुद्रलाई पनि २ भागमा बाँडिएको थियोः (१) छोएमा छिटो हाल्नु पर्ने ः पानी पनि नचल्ने र छोएमा छिटो हाल्नु पर्नेमा सार्की, कामी, दमाई, गाइने, वादी, पोडे, च्यामे आदि थिए। र (२) छोएमा छिटो हाल्नु नपर्ने पानी नचल्ने तर छोएमा छिटो हाल्नु नपर्नेमा मुसलमान, तेली, कसाई, कुसुले, धोवी, म्लेच्छ (गोराहरु) आदि थिए। बकायदा कानुनद्धारा राज्यबाट तिरस्कृत र बहिस्कृत गरी अछुत बनाइएका असत शुद्रहरु नै अहिले दलित समुदाय भनेर चिनिन्छन्।

के दलित सब्द आफैमा नराम्रो हो त?
कतिपयलाई ‘दलित’ शब्द सुन्यो कि रीस उठ्छ। उनीहरु भन्छन् ‘दलित’ शब्दले गर्दा नै उक्त समुदायका मानिसहरु पछि परेका हुन् र पारिन्छन्। उनीहरु यो बिर्सन्छन् वा जान्दैनन् कि दलित समुदायमाथि थोपरिएको उत्पिडन झण्डै साढे तीन हजार वर्ष पुरानो हो। तर ‘दलित’ शब्दको प्रयोग सुरु भएको केही दशक मात्रै भयो। यो शब्दले दलनमा परेको दलिएको, थिचिएको भन्ने अर्थ दिन्छ। सानो जात भन्ने बुझाउँदैन। अनि अर्को कुरा यो कटर हिन्दु प्रथामा मौलाईरहेको देखिएता पनि पौराणिककालमा भगवान विश्वकर्माको पुजा हुनुले धर्मका नाँउमा केहि पाखण्डिहरुले ‘सुत्केरीको नाम गरी टाउको मैले खाँया’ जस्तो गरेका मात्रै हुन प्रष्ट हुन जरुरी छ ।

जातीय बिभेद कहा कति ? कतिले भन्छन्–दलितभित्रै सानो र ठुलो जातको भेदभाव छ। पहिला आफैभित्रको विभेद अन्त्य गर। दलितलाई सेवक र दास बनाइएको र त्यसको परिणाम स्वरुप कार्यकारी निकायमा नपुगेकोले उनीहरुभित्रको छुवाछुतको म सानैमा देख्थें, मक्रानडाँडा हाम्रो पुरानो घर (जहा हजुरबा आमा बस्नुहन्थ्यो) जहा हाम्रो बारी कमाउन सन्ते कामीलाई जिम्मा दिईएको रहेछ । दिनभर काम गरेर जब उ घरमा भात खाजा खान आउथे, तब आवैंले बाहिर घोप्टयाएको थाल अंखोरा उत्तानो पारेर त्यसमाथी भात ढिढोका डल्लाहरु घोप्टयाउथिन, भाँडा माझेपछि ति सन्ते काका आफ्ना भाँडा धोई पखालि त्यसैगरी घोप्ट्याउथे। यो रीत उनलाई मात्र हैन बालिमा कमाएको टोप्रेल दमाईका लागिपनि लागुहुन्थ्यो जव उनि आफ्नो हातेकल लिएर पिंढिमा आईपुग्थे, या रोपाँईमा बेठिलाउन आफ्नो दमाहा बोकेर पुग्थे। बालि भित्राउन हतियार अर्चापेर होस या लाज ढाक्न कपडा सिलाईदिएर होस उनिहरु बिना समाजको अन्तरक्रृया चलेको कहिल्यै पाईन मेरो गाँउमा । तर पनि उनीहरु हामी भन्दा फरक ठानीन्थें, म ठ्याक्कै ठम्याउथें, त्यो त जातीय बिभेद र दलित प्रति गरिने छुवाछुतको ब्यवहार रहेछ, मेरो बुझाई बाल्यकालमा । 
स्कुले जिवनमा सवै भन्दा बढि माया गर्ने साथि या दाई भनौ रमेश नै थियो मेरो, तर पनि घर बाहिरैबाट बारिमा फलेको काक्रो मुला खूवाउने भन्दा बाहेक अनुमति थिएन हामीलाई, घरभित्र लैजाने सम्म पनि । त्यो शिक्षित तर बाहुन गाँउ थियो म बसेको । समयदौरानमै म रेडियोकर्मी बनें, रेडियोकर्मीकै तालिमका दौरानमा आयोजित पिकनिकको त्यो क्षण मलाई आजपनि याद छ, रेडियोमा दलित मुक्तिका कार्यक्रम चलाउने विक थरका सरले डढ्न लागेको पुलाउ चलाएका कारणले केहि ओभरसियर बनिसकेका साथिहरु (हामी भन्दा धेरै अग्रज) पाकेको भाग छाडेर जानूभएको, हेर्दा सामान्य तर सोचनीय थियो । संगै हेटौडाकै रेडियोमा काम गर्ने बहिनी सविता विक (हाल बिबिसि मिडिया एक्सनमा छिन) र म बिराटनगरमा एउटा फराकिलो धर्ती कार्यक्रम निर्माणहेतु तालिमका लागि जाँदा मैले परिचयको क्रममा मैले आÇनो थर ‘दुलाल’ भनेपछि (दलित भन्ने सोचेर) आत्मिय बन्दै गरेका साथिहरु टाढिदाँ र एक्ल्याउदा मैले दलित प्रतिको बिभेद सहँदाको अनुभुति गरेको थिएं, जुन पढाई भन्दा भोगाई फरक हुदो रहेछ, यद्यपि त्यो काल्पनिक पीडा जस्तै थियो मेरा लागि। युवा जमातमा अगाडि राम्रै भनेता पनि ‘हेर दलित पनि कस्तो राम्रो, आखिर जात त जनाई हाल्यो नी’ जस्ता डायलगहरु प्रसस्त सुन्नमा मिल्छन, हामीहरुकै बिचबाट, हो हामीले मनन गर्नै पर्छ ।

 सिन्धुलीका रेडियो मै काम गर्ने दुइ सहकर्र्मी दलित र गैर दलितको बिबाह हुने कुरा थाहा पाएर ज्यानलाई नै हानी हुने भएपछि ति जोडि मकवानपुर आईपुगे, लुकेर बिहे सम्पन्न गरे। आज दुबैको जिवन सहज नै छ, तर यो त सिमित उधाहरण मात्र हो, दलितका मुद्दा र दयनिय स्थिती धेरै दर्दनाक छन्, ठाँउ परिभेष अनुसार थोरै तल माथि मात्र हो । र यो मुद्दा दलितको मात्र चासोको बिषय हैन, हाम्रो समाजको कलंक हो । 

जातीय बिभेद कहा कति ? 
कतिले भन्छन्–दलितभित्रै सानो र ठुलो जातको भेदभाव छ। पहिला आफैभित्रको विभेद अन्त्य गर। दलितलाई सेवक र दास बनाइएको र त्यसको परिणाम स्वरुप कार्यकारी निकायमा नपुगेकोले उनीहरुभित्रको छुवाछुतको व्यवस्था आफैले बसालेका होइनन्। ‘एक अर्काबिच छुवाछुत नगरे दण्ड जरीवानाको व्यवस्था मुलुकी ऐन १९१० मा प्रष्ट लेखिएको छ। कसले छोएको कसले नखाने भनेर दलितहरुलाई सानो ठुलोको रुपमा वर्गिकरण नै गरीएको छ।

 हजारौँ वर्षदेखिको सामाजिक अभ्यासलाई कानुन बनाएरै लागू गरेको यस्तो जातीय व्यवस्था अन्त कहीँ पाइदैन। तर यो बिभेद दलित माथि र दलित दलित बिचमा मात्र छैन, जातिय व्यवस्था जहिले पनि झर्ने क्रममा रहेको हरेक जाति बिचमा केहि न केहि बिभेद पाईन्छ र छ नै । उपाध्यायले जैसीलाई गरेको हेलां र बाहुन र क्षेत्रीबीचको जातीय विभेद मात्र हैन हिन्दु धर्म भित्रै पनि धार्मीक आस्थाका आधारमा एक अर्का जाति र स्वयं एउटै जितिका बिचमा पनि बढने बिभेद र छुवाछुत पाईन्छ ।
निश्कर्षः 
पत्रकार भएकैले पनि होला तर जातीय बिभेद बिरुद्ध र जातीय बिभेद बिरुद्धको अभियानको कुरा उक्काउने हो भने म पत्रकार सुवास दर्नाललाई संझन्छु, आफ्नो किशोरावस्थामै जागरण मिडिया जस्तो ससक्त र सक्रिय संस्था खोलेर, दलित पत्रकारहरु ऐक्यवद्ध गराएका दर्नाल र उनका समुहले  जागरण एफएम मार्फत दक्षिण एसियामै जातीय बिभेद बिरुद्धको बिगुल पत्रकारीता मार्फत नै फुकेका थिए । सन २००७ र २००८ का बिचमा प्रशारण भएको दलन टेलिचलचित्र यसै जागरण मिडियाको प्रस्तुती थियो, जसले जातीय बिभेद र दलित माथिको अमानवीय व्यवहारलाई प्रष्ट पारेको थियो । आज यी धुम्रकेतु जस्ता सुवास त यो संसारमा छैनन तर उनको जातीय बिभेद बिरुद्धको अभियान आज उनकी श्रीमती सरीता परियार र अन्य अभियन्ताले सम्हाल्दै छन, सरीता मकवानपुरे चेलि हुन ।सरीता आफ्नो श्रीमान र यस अभियानका अभियन्तालाई सधै जिवित राख्न र जातीय बिभेद बिरुद्धका अझ धेरै अभियन्ता जन्माउन हाल अन्तराष्ट्रिय पुरस्कार ुदर्नाल अवार्ड फर सोसीयल जस्टिसु तयारीमा जुटेकी छिन । 
यो बिज्ञापन हैन, एउटी मकवानपुरे चेलीको जातीय बिभेद बिरुद्ध उठेको साहसको थोरै सब्द प्रसंसा मात्र हो । सरीता माथि सामान किन्न जाँदा थर सुनेपछि सामान किन्न सक्दैनौ होला भनेको, दलित भएर कसरी अंग्रेजी बोल्न सक्यौ भनेको जस्ता अनगिन्ती प्रस्न आईलाग्छन, जसले सामाजीक सोचको प्रतिनिधित्व गरीरहेको छ । यो त बोल्न सक्नेका ब्यथा हुन, अझ गाँउ गाँउमा ईनार पधेंरा बाट आफैले पानी झिक्न बर्जीत छ, बिद्यालयमा दलित छुट्टै बेन्चमा पढ्नु पर्छ, दलित र गैर दलितले बिहे गरेकै कारण पुरै परिवार गाँउ निकाला गरिन्छ। अपमान अपहेलना मात्र हैन बिभिन्न हिंशाको सिकार हुन बाध्य हनुपर्छ । दलित–दलित भित्र पनि उचो निचोको भावनाले एक अर्कामै पनि बिभेद र बिखण्डन ल्याईरहेको छ । अतः जातीय पहिचान आफैमा सुन्दर होला तर पहिचानको आधारमा गरीने बिभेद दलित र उचो भनिने जात बिरुद्ध मात्र हैन, दलित–दलित भित्र, बाउन–क्षेत्री–जनजाती सबैबाट हट्नु जरुरी छ, ब्यवहारमै । 
–पत्रकार महासंघ मकवानपुरका सदस्य तथा शक्ति समूहको मिडिया संयोजक 

Thursday, July 21, 2016

डडेल्धुराको सदरमुकाममा दलित विद्यार्थीलाई कोठा भाडामा पाउनै मुश्किल

गणेश ठगुन्ना, डडेल्धुरा, साउन ६, विभेद विरुद्ध अभियान  । डडेल्धुराको सदरमुकाममा दलित विद्यार्थीलाई कोठा भाडामा पाउनै मुश्किल पर्ने गरेको छ । सदरमुकाम खलंगाको बागबजार, तुफान डाँडा, तल्लो खलंगा, मल्लो खलंगा क्षेत्रमा कोठा खोज्न जाने दलित समुदायका विद्यार्थीहरुले कोठा नपाउने गरेका हुन् ।

पढाइका लागि गाउँबाट आएका तथा अन्य जिल्लाबाट आएका विद्यार्थीले कोठा खोजेर बस्नु पर्ने बाध्यता रहेको अवस्थामा कोठा खोज्न आउनेलाई घरधनीले जात सोध्ने गरेका छन् ।
छिमेकी जिल्ला डोटीबाट पढ्नको लागि डडेल्धुरा सदमुकाम पुगेका एक दलित समुदायका विद्यार्थीले केही दिनदेखि भाडामा कोठा खोजिरहेका छन् । तर उनले अहिलेसम्म पनि कोठा पाउन सकेका छैनन् ।
डोटीको सिलगढीबाट डडेल्धुरामा प्राविधक शिक्षा अध्ययनका लागि पुगेका नागेन्द्र विकले कोठा खोज्दै गरेको धेरै दिन बितेको छ । तर अहिलेसम्म पनि नागेन्द्रले कोठा पाएका छैनन् ।
नागेन्द्रले धेरै ठाउँमा भाडामा बस्नको लागि कोठा खोजेको भएपनि घरधनीले आफूलाई जात सोधेर कोठा नदिने गरेको बताए । दलित भन्ने थाहा पाउने बित्तिकै कोठा छैन भन्ने गरेको नागेन्द्रको भनाई छ । 
सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाहरुमा सबैभन्दा विकसित जिल्लाको रुपमा रहेको डडेल्धुरा सदरमुकामका बासिन्दा अझैँ सचेत नभएको भन्दै उहाँले गुनासो गर्नुभयो ।
दलित अधिकारको क्षेत्रमा जिल्लामा काम गर्ने थुप्रै संघसंस्था भएपनि सदरमुकाम जस्तो क्षेत्र अझैँ परिवर्तन नहुनु दुःखद रहेको उहाँको भनाई छ ।

Wednesday, July 20, 2016

दलितले बाहुनीकी छोरी विवाह गर्यो भनी हत्या गर्नेलाई कडा कारवाहीको माग

मिजारको हत्या गर्नेलाई कडा कारवाहीको माग गर्दै मृतकका बुबा हरिभक्त ढकाल मिजार र आफन्तहरु । 
विभेद बिरुद्ध अभियान, साउन ६ -  अन्तरजातीय विवाह गरेका काभ्रे, होक्से वडा नम्बर–३ का अजित ढकाल मिजारको शंकास्पद मृत्युमाथि छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न राष्ट्रिय दलित आयोगले सरकारसँग माग गरेको छ ।आयोगले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी भर्खरै एसएलसी सकेर बसेका अजित ढकाल मिजारको शव गत असार ३० गते धादिङको गजुरीमा भेटिएको र उनको मृत्यु शंकास्पद देखिएको भन्दै छानबिनको माग गरेको हो ।
गजुरीमा झुन्डिएको अवस्थामा मिजारको शव भेटिएको थियो ।रिपोर्टर्स क्लब नेपालमा बुधबार आयोजित कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता यादव प्रसाद कोईरालाले अन्तरजातीय विवाह गर्दा मारिएका भनिएका मिजारको घटना छानविन गर्न मन्त्रालयले समितिसमेत बनाइसकेको र शवलाई पुनः पोष्टमार्टम्स समेत गरिसकेकाले सोही रिपोर्टको आधारमा दोशीलाई कडाभन्दा कडा कारवाही गरिने प्रतिवद्धता जनाए ।

मृतक ढकालले कल्पना पराजुलीसँग असार २५ गते प्रेमविवाह गरेका थिए ।त्यसैको दुई दिनपछि प्रहरीले विवाहको उमेर नपुगेको कारण देखाइ दुबैजनालाई परिवारको जिम्मा लगाइदिएको थियो ।स्थानीय कल्पना पराजुलीको परिवारले छोराको हत्या गरेको हरिभक्तको आरोप छ। उनका अनुसार कल्पना र अजित स्थानीय सर्वमंगल उच्चमाविमा पढ्थे। उनीहरूले असार २७ गते प्रेमविवाह गरेका थिए। विवाहको तेस्रो दिन माइती पक्षले कल्पनाको बिहे गर्ने उमेर नपुगेको भन्दै प्रहरीमा उजुरी दिएको थियो। त्यसै आधार प्रहरीले कल्पनालाई माइती पक्षको जिम्मा लगायोे। 'कल्पना छोडेर जान मानेकी थिइनन्, जबरजस्ती मोटरसाइकल चढाएर लगेका थिए,' हरिभक्तले भने। उनका अनुसार कल्पनाकी दिदीले प्रहरीकै अघि अजितलाई मार्ने धम्कीसमेत दिएकी थिइन्। 'तँलाई सात–आठ लाख खर्च होस्, माटोमाथि हिँड्न दिन्नँ भनिन्,' हरिभक्तले भने, 'त्यसपछि पनि फोनमा पटकपटक धम्क्याउने गरेका थिए।'  
असार २९ गते बिहान अजितले परिवारसँगै बसेर खाना खाए। त्यसपछि सबै जना आआफ्नो काममा लागे। साँझ सबै जना घर फर्किए तर अजित आएनन्। उनको फोन भने घरमै थियो। परिवारले खोजी सुरु गर्‍यो। त्यही साँझ ठूली आमाको मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो। त्यसमा अजित नै थिए तर उनले 'हेलो' मात्र भन्न भ्याए। कसैले फोन खोसिदियो। त्यसपछि उनी फेरि सम्पर्कमा आएनन्।  पीडित परिवार छोराको खोजी गरिदिन भन्दै स्थानीय प्रहरीमा पुगे पनि उजुरी लिन मानेन। खोजी गर्दा–गर्दै स्थानीय रमन परियारले मेचीकाली अनलाइनमा अजितको शवसहितको समाचार देखे। त्यही  समाचारका आधारमा आफन्त धादिङ प्रहरीमा पुगेका हुन्। 'फोटोमा लुगा, अनुहार देखें, मेरै छोरा रहेछ,' हरिभक्त भन्छन्, 'गाडिसकेको लास लिएर काठमाडौं आयौं।' छोराको हत्या नै भएको ठहर गरेका हरिभक्त दोषीलाई कारबाही माग गरिरहेछन्। 

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको पीडितको आरोप

मीना बुढाथोकी-विभेद बिरुद्ध अभियान, साउन ६ -  कुपिण्डे गाविस-५ अँधेरीकी २० वर्षीया सेती परियारलाई शारदा नपा-८ घरभई कुपिण्डे गाविस-४ मा बस्दै आएका ६५ वर्षीय क्रिश्चियन धर्मका गुरू पावल भनिने डल्लु सुनारले कथित बोक्सी भगाउने भन्दै सिस्नोपानीले कुटपिट गरी अभक्ष खुवाएको घटना पीडितका घरपरिवारले साउन ५ गते सार्वजनिक गरेका छन् ।

'चर्चमा गएपछि पेट दुखेको सञ्चो हुन्छभनी जेठ २३ गते चर्चमा पुगेकी सेतीलाई डल्लु सुनारले बोक्सी र भुत लागेको आरोपमा बोक्सी र भुत भगाउन सिस्नोले हान्नुपर्छ भन्दै यातना दिएको र अभक्ष खुवाएको स्थानीय विष्णु नेपालीले आरोप लगाए । आफूसँग उक्त घटनाको मोवाइलमा रेकर्डसमेत गरेको नेपालीले दावी गरे ।घटना जेठ २३ गते भएको र पीडितको अवस्था नाजुक बन्दै गएपछि साउन ५ गते पीडितका परिवारले अधिकारकर्मी र सञ्चारकर्मीलाई फोनमार्फत जानकारी गराइएको बताएका छन् । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा साउन ६ गते उजुरी दिन जाने पीडित परिवारले बताए ।

शारीरिक यातना र अभक्ष खुवाएपछि पीडितको मानसिक सन्तुलन बिग्रिएको पीडित बावु शितल परियारले जानकारी दिए । उनले भने-'छोरी पेट दुख्यो भनेर चर्चमा गइछ । पावलले तँलाई भुत लागेको छ भनेर सिस्नापानी लगाएर दिशा खुवाएछ । त्यसपछि छोरी अर्धबेहोस भएकी छ । मानसिक सन्तुलन पनि बिग्रिएको छ ।'

चर्चमा रहेका सहभागीहरूले सेतीलाई यातना नदिन आग्रह गरेपनि पावलले घटना सार्वजनिक गरे परियारलाई झै यातना दिने धम्की दिएको पीडितका ससुरा बिजुली परियारले बताए । 'क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले भगवानले ठिक पार्नु हुन्छ की भन्ने लागेर पहिले कोही बोलिएन । तर बुहारीको अवस्था दिनदिनै बिग्रँदै गएपछि नबोली सुखै पाएनौं ।'-पीडितकी सासू गङ्गा परियारले बताइन् ।

जिब्रो बाहिर निकाल्न लगाएर सिस्नु पानीले हिर्काउँदा जिब्रो निलो भएको र शरीरका अन्य भागमा पनि निलडाम हुने गरी कुटपिट गरेको पीडित परिवारले बताएका छन् ।पीडितको प्राथमिक उपचार श्रीनगरस्थित कान्तिपुर मेडिकलमा गरिएको र थप उपचार नेपालगञ्जमा गरिएको पीडितका परिवारले जानकारी दिए ।