Sunday, May 7, 2017

कसले बनायो, कसरी भए दलित ? -गिदिअोन लामिछाने

विभेद बिरुद्ध अभियान - २४ बैशाख । यतिबेला राज्यको पुर्नसंरचनाको सवाल अत्यन्तै उचाईमा पुगिरहेको छ । लामो समयदेखि एकल जाति, भाषा र समुदायले राज्यसत्तामा हालीमुहाली गरि बहुसंख्यक जनतालाई उत्पीडनमा पारिएको थियो । त्यसको बदलामा नेपालमा पटक–पटक आन्दोलन, युद्ध र विभिन्न प्रकारका मुद्दाहरुमा बहस हुँदै आएको छ । संविधानसभाबाट नै यी सम्पूर्ण समस्याहरुलाई समाधान गर्ने प्रमुख उद्देश्यका साथ पछिल्लो समय नेपालका राजनीतिक दलहरु छलफलबाटै सहकार्य गरी अघि बढिरहेको अवस्था छ । यद्यपी लामो समयदेखि राज्यको मूलप्रवाहबाट टाढा पारिएको समुदाय जो राज्यसत्ताबाटै श्रृङ्खलाबद्ध रुपमा अन्यायमा परेको थियो, हो, त्यहि वर्ग आज संविधान कार्यान्वयनको चरणमा आइपुग्दा पनि निकै अप्ठ्यारो अवस्थामा रहेको छ । यसकारण हामीले नेपालको दलित को हो ? कसरी बन्यो दलित ? कसले बनायो ? अब कसरी यस समुदायको मुक्ति सम्भव हुन्छ त भन्ने जिज्ञासा स्वभाविक हो र हुन आवश्यक पनि छ ।
संसारमा मानव समाजको इतिहास कति लामो छ भन्ने विभिन्न पूर्वानुमान गरिएको पाइन्छ । कतिले अवर्णननीय र अबोधगम्य भएको बताउँछन् । यद्यपी संसारकै प्रतिष्ठित हिब्रु जातीहरुको इतिहास अनुसार ४ हजार इसापूर्व भन्दा अघि मानिस संसारमा नभएको देखिन्छ । कतिपयले हजारौं हजार वर्षको मनगढन्ते र काल्पनिक कुरा गरेपनि त्यस्ता कुरालाई प्रमाणित गर्ने कुनै आधारहरु छैन । विश्व मानव इतिहास अनुसार एक जना पुरुष र एक जना स्त्रीबाट नै थप सन्तानको विकास भएको हो । लामो समय पछि संसारमा धेरै मानिसहरु भईसकेका थिए र पहिला पहिलाका मानिसहरु साढे नौ सय वर्षसम्म जीवित रहेको इतिहास पाइन्छ । त्यसपछि मानिसको आयु क्रमशः घट्दै गएको देखिन्छ । करिब २ हजार ४ सय इसापूर्वमा एउटा डरलाग्दो घटना घट्छ र सो घटना भनेको ४० दिन÷रात निरन्तर पानी पर्दछ । सो बेला सबै मानिस जलप्रलयमा परि बिनास भए र त्यो बेला नोआका तीन छोरा शेम, हाम र यपेत सहित उनका पत्निहरु जीवित रहेको पाइन्छ । पछि त्यहि शेमका सन्तानहरु खेतीपाती र घरजाम गर्न लाग्दछन् र सबैभन्दा पहिला सभ्यताका हिसावमा यिनीहरु नै अग्रपंक्तिमा देखिएका छन् । अर्को हाम थियो ।


हामका सन्तानहरु शिकार खेल्ने र बनजंगलतिर कन्दमुल खोजी खान लागेका थिए भने यपेतका सन्तान पशुपालन र नदी तटतिर बसोबास गर्न थाले । अहिले विकास भएका यि संसारका सबै मानिसहरु यि नै पुर्खाहरुका सन्तान हुन् ।
हामका पुत्रहरु मध्ये कनान प्लाटेस्टाइनमा बसोबास गर्न थाले । त्यस देशलाई कनान पनि भनिन्छ । कनान आर्यहरुका पुर्खा हुन् । इ.पू. १४०६ मा कनानीहरु प्यालेष्टाइनबाट लखेटिए र प्यालेष्टाइनबाट अफगानिस्थान –पाकिस्थान हु“दै जम्बुद्विप हिन्दभूमिमा आर्यहरु आइपुगे । आर्यको अर्थ हिब्रुमा झगडा भन्ने बुझिन्थ्यो । त्यसकारण अरु समुदायसँग मेलमिलाप नगर्ने, अरुलाई होच्याउने, अरुहरुका बीचमा फाटो ल्याउने स्वभाव आर्यहरुको थियो । प्यालेष्टाइनबाट अफगानिस्तान–पाकिस्तान हुँदै हिन्दभूमिसँम्म आइपुग्नुको मुख्य कारण पनि अरुसँग मिल्ल नसक्ने स्वभाव नै थियो भन्ने विश्वको इतिहासले देखाउँछ । आर्यहरु हिन्दभूमिमा आउनु भन्दा अघि त्यहा“ हूण, मलेच्छ र आदिवासीहरुको राज्य थियो । हिन्दुभूमी अहिलेको भारतमा थियो जसलाई अहिलेसम्म पनि हिन्दुस्तान भन्ने गरिन्छ । आर्यहरु करिब ३ हजार ५ सय वर्ष अघिसम्म पनि भारतमा थिएनन् । उनीहरुले १ हजार वर्षसम्म भारतमा त्यहा“का आदिवासीहरुस“ग भिषण लडाई लडे । जुन अहिले नेपालमा भएका आदिवासी र दलितहरु समेत हिन्दभूमीका आदिवासी थिए । समयक्रमसँगै हिन्दभूमिलाई आवाद गरेर बसोबास गरेका थिए । हिमालयन पर्वत र विश्वकै सर्वोच्च शिखर सगरमाथा र यसको वरपरको भूभागलाई हिन्दभूमि भनिएको हो ।

 
मानिसले पालना गर्ने चालचलन र संस्कार नै परन्तुमा धर्म बनेर आउने गर्छ । हिन्दु धर्मको शुरुवात पनि यहि हिन्दभूमीबाट शुरु भएको हो । हिन्दु धर्मका प्रतिपादकहरु ति नै शरणार्थी आर्यहरु हुन् जो विश्वका विभिन्न राष्ट्रहरुबाट लखेटिएर हिन्दभूमीमा आइपुगेका थिए । आर्यहरुलाई लखेट्दै फारसी (मुसलमान) हरु सिन्धुघाँटीसम्म आइपुगे । फारसीहरुले सिन्धुघा“टीलाई हिन्दु भन्थे कारण फारसी वर्णमालामा ‘स’ नै उच्चारण हुदैन त्यसैले सिन्धुवासीहरुलाई हिन्दु भनिएको हो । हिन्दु धर्म अहिलेको भारतमा पर्ने सिन्धुघा“टी अघि अस्तित्वमा थिएन । त्यो नामाकरण मुसलमानहरुले गरिदिएका हुन् । हिन्दु धर्मग्रन्थहरु त झन् पछि मात्रै भएको हो । संसारमा नै सन् १४५४ अघि कुनै शास्त्र छापाखाना नै थिएन । भारतका कालिदासले नै हिन्दु शास्त्रका केहि भाग रचना गरेका थिए । सो बेला आर्यहरुले बोल्ने भाषा संस्कृत थियो । अहिले हिन्दु धर्मभित्रको महाभारतको कथा त भारतमा भएको लडाईको वर्णन हो । महिषासुर, विष्णु, कृष्ण, रामहरु सबै भारतमा नै जन्मेका हुन् । आर्य लेखकहरुले विजयको कथा लेखेका हुन् । त्यहाँ हार्ने र मारिनेहरु आदिवासी जसलाई अहिले दलित भनिएको छ उनीहरु र भनिएका जनजाति मंगोलहरु नै थिए । सिन्धु घाँटीमा कैयौं वर्षसम्म आर्यहरुले गाई र घोडाको मासु खान्थे जुन गंगा नदी त्यहि घोडा र गाईको बध गर्दा बगेको रगतबाट बनेको बेद र आर्यहरुको विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएको पाइन्छ । गंगा नदीको विषयमा आर्य लेखकहरुले यसलाई अझ प्रष्ट पारेर लेखेका छन् कि ‘हजारौं मानिसहरुलाई खुवाउँदा मासु नपुगेर सुप मात्रै भएपनि दिनु पर्दथ्यो ।’

 
इ.पू. २ सय तिर भारतको काँशी, सिन्धुघाँटी लगायतको क्षेत्रमा मनु भन्ने आर्य पुरुषको शासन थियो । जसले उच्च र नीचको त्यस भन्दा करिब १५ सय वर्ष अघि आर्यहरुले स्थापना गरेको वर्णवादी व्यवस्थालाई मलजल गरे । जातिवादी भावनालाई विकास गरे र वर्णवादी व्यवस्थाको पूर्ण पालन गराए । वर्णवादी व्यवस्था भनेको सँगै रहेको मानव समाजलाई ४ वटा वर्गमा विभाजन गरिएको थियो । मानिसलाई ब्राम्हण, क्षेत्री, बैश्य र शुद्र गरि वर्णवादी व्यवस्थाले सृजना गरेको हो । वर्णवादी व्यवस्था र मनुस्मृति दुवै आर्यहरुको उपज हो । नेपालकै सन्दर्भमा हेर्ने हो भने चाँहि २८ सय वर्ष पहिला किरा“त धर्मको प्रचार प्रसार भएको पाइन्छ । छैठौं शताब्दीमा बुद्ध धर्म प्रचार भएको पाइन्छ । अरनिकोले चिनमा यसको प्रचार गरेको पाइन्छ । १२ औं शताब्दीमा भारतबाट नेपाल प्रवेश गरेका आर्य (बाहुन)हरुले धामी–झाँक्री धर्म र बौद्ध धर्म परिवर्तन गराई पाल्पाका राजा मेझा खानलाई हिन्दु बनाएका हुन् । भारत मंगोल शासक अकबरको हातमा र दिल्ली चाहिं मुस्लिम धर्म मान्ने शाह जाहानले कब्जामा लिए पछि हिन्दुहरु नेपालको मगरात राज्यमा शरण लिई खान हौं भन्दै आएका थिए र बाहुनहरुले नै खानहरुलाई समेत शाह बनाए । नुवाकोटका राजा कुलमण्डन खान (मगर)लाई पनि शाह बनाए । खस र आर्य फरक हुन् । आर्य भनेको बाहुन हुन, बाहुनलाई संस्कृतमा ब्राह्मण भनिएको हो । खस हिन्दु होइनन्, मष्टो धर्म मान्नेहरु खस हुन् । खसहरुको धर्म संस्कार, संस्कृति बेग्लै थियो । आर्य भनेको हिन्दु र हिन्दु भनेको बाहुन हो । इरानको खसिस्थानबाट आर्यहरुस“गै पूर्वी एशियामा फैलिएका खसहरुलाई जुम्लाको सिंजाबाट आर्यहरुले पूर्ण रुपमा हिन्दुकृत गरेका हुन् । काँशीबाट मुसलमानहरुले बाहुनहरुलाई अपमान जनक रुपमा गाईको आन्द्रा भिराएर नेपालतर्फ लखेटेको इतिहास पाइन्छ । उनीहरुले कालान्तरमा हिन्दु धर्मको प्रतिकका रुपमा धागोको डोरी (जनै) लगाउन थालेका हुन् । उनीहरुले परापूर्व कालमा पुर्खाहरुले वनजंगलमा धनुवाण चलाउँदा धनु भिरेको स्मरणमा जनै लगाएको भन्ने तर्क पनि ठिकै मान्न सकिन्छ किनकी पहिला नै भनियो कि नोआका छोरा हामका सन्तानहरु शिकार र बनजंगलमा रमाएका थिए । कालान्तरमा यहि सन्तानहरु पूर्वी एशियामा फैलँदै गए । वैदिक ग्रन्थहरुका लेखक आर्य ब्राम्हणहरु नै भएकाले अन्य मानिसहरुलाई म्लेच्छ, दावन, राक्षष, असुर लगायतका रुपमा चित्रण गरेका छन् ।

 
आर्यहरुको प्रवेशले मात्रै जातिवादी प्रथाको आरम्भ भएको हो । आर्यमतको विशेषता भनेको पुरोहितवाद, ब्राम्हणवाद, गुरुवाद, सति प्रथा, क्रुर धर्म नीति हो । करिब ७ सय वर्ष पहिले नेपाल (उपत्यका) प्रवेश गरेका बाहुनहरुले राजा जयस्थिति मल्लमार्फत १४ औ शताब्दी (सन् १३८२–१३९५) छुवाछुत र जातप्रथा कायम गराउन वर्णवादी व्यवस्था भित्र्याएका हुन् । जहाँ आर्यहरु प्रवेश गर्नुपुर्व कहिँ पनि जाती प्रथा थिएन र अहिलेसम्म पनि संसारमा अनेक प्रकारका विभेद छन् जस्तै रङ्गका आधारमा काला–गोरा, आर्थिकका आधारमा धनि–गरिब तथा जातका आधारमा भने आर्यहरुको राज्यसत्ता सञ्चालन भएको भारत र नेपालमा मात्रै हो । १८ औं शताब्दीमा गोरखाका राजा नरभुपाल शाहको दोस्रो विवाह लम्जुङे राजा मगरकी छोरी कौशल्यावती देवीस“ग भएपछि उनीबाटै सन् १७२३ मा पृथ्वी नारायण शाहको जन्म भएको हो ।

 
नेपालमा अहिले सम्म पनि करिब ३०० वर्ष अघि लेखिएका इतिहासहरु मात्रै अध्ययन गरिएको छ जो बाहुनहरुले नै लेखेका हुन् । पृथ्वी नारायण शाहको शासन सत्ता अघि नेपालमा विभिन्न ५२ वटा गणराज्य थिए । किर्तिपुर भक्तपुर र ललितपुरलाई कब्जामा लिएपछि वि.सं. १८२५ मा नेपाल अधिराज्य घोषणा भएको हो । जुन बेलासम्म पनि इतिहासँ लेख्ने कुराहरु त्यति महत्वका मानिन्दैन थियो । आफ्नै प्रकारले राज्यहरु सञ्चालन भएका थिए । इङ्गल्याण्ड (बेलायत)ले जब आफ्नो साम्राज्य विस्तार गर्नेक्रममा युरोपदेखि भारतसम्म आइपुग्यो तब त्यसकै उन्मादमा पृथ्वीनारायणले गोर्खे साम्राज्यको विस्तारमा लागेका हुन् । नेपाल (उपत्यका) विजय गर्नेक्रममा किर्तिपुर ज्यापुहरुको नाक र कानमात्रै १२ धार्नि थियो भन्ने यदा कदा विदेशीहरुले गरेको अध्ययनहरुमा उल्लेख गरिएको छ । त्यो बेला जयस्थिति मल्लको पालादेखि यता करिब ५ सय वर्षको दौरानमा १८ वटा जात थिए । पृथ्वीनारायण शाहले असली हिन्दुस्तान बनाउने रणनीतिसहित ४ वर्ण, ३६ जातमा विभाजन गरे । जस्तै आर्य बाहुनलाई उपाध्यय र जैसी, खसलाई क्षेत्री र खत्री, किरातलाई राई र लिम्बु आदि । त्यसपछि निर्मम प्रकारले मनुस्मृतिमा आधारित राज्यसत्ता सञ्चालन भयो ।

 
नेपालको लिखित कानुन मुलुकी ऐनका नाममा विर नरसिंह कु“वर जो शक्तिमा आएपछि जंगबहादुर राणा कहलिए उनले वि.सं. १९१० मा जारी गरि वर्णवादी हिन्दु व्यवस्थालाई संस्थागत गरे । राणा शासन वि.सं. १९०३ देखि २००७ सम्म १०४ वर्षसम्म सञ्चालन हु“दा नेपालमा १ सय २५ जात बनेका थिए । हो, जब बाहुनहरु सबैभन्दा माथि बसेर शाह वंशलाई राजामहाराजा बनाए । भगवान र देवताका काल्पनीक कथाहरु रचना गरी सत्तालाई झनझन् तानाशाही बनाए । शासन सत्ताको निर्देशक बाहुनहरु बने र नायकका रुपमा राणा, क्षेत्रीहरु भए । क्षेत्री र बाहुनहरु मिलेर नै शासनसत्ता भन्दा टाढा पहुँच भएका सबै मानिसलाई मनलाग्दी जात तोक्न थाले । १४ औं शताब्दी देखि १९ औं शताब्दी भनेको झण्डै ५ सय वर्षमा १८ वटा बनाइएको जात आखिर बाहुन (आर्य)हरुले शुरुमा नै ३६ वटा बनाए । अतः क्षेत्री र बाहुनको राज्यसत्ताले विभक्त मात्र बनाएर मानव समाजको इतिहासमा नै अति नै ठुलो दाग लगाएर आयो । १०४ वर्षमा १२५ वटा जात मात्रै बनेन मनुस्मृति र वर्णवादी व्यवस्थाले निकै डरलाग्दा सामाजिक रुपहरु समेत संस्थागत भए । पुरुष (लोग्ने)को मृत्युमा महिलाहरु सतिका नाममा जिउँदै चितामा जल्नुपर्ने, गरिबहरुले बोक्सा–बोक्सीको नाममा जलाइनुपर्ने, दाइजो र अंशका नाममा मारिनु पर्ने, पतिव्रता र भक्तिका नाममा वेश्या बन्नुपर्ने हदै सम्मका सामाजिक अपराधसँगै जातीय छुवाछूत र भेदभावको विकराल रुप पनि बन्यो । बास्तवमा दलित, अछुत वा जे भने पनि जातप्रथा र जातिहरुको क्रमसंख्या सानो–ठुलो यहि क्षेत्री बाहुनहरुका शासकहरुले तोकिदिएका हुन् । नेपालमा नेपाल सम्बत (नेवारहरुले चलाएको), येले सम्बत (किरातहरुले चलाएको) र अन्य जातिहरुले चलाएका सबै तिथिमितिहरु समेत वि.सं. १९५९ मा चन्द्र शमशेर राणा श्री ३ प्रधानमन्त्री हुँदा वि.सं.को चलन शुरु गरेका हुन् । जो पहिला भारतमा आर्यहरु हुँदा विक्रम आदित्य भन्ने आर्य पुरुषले शासन गरेका थिए । त्यसैलाई आधार मानेर अहिले सम्म पनि विक्रम सम्बत् प्रयोगमा ल्याइएको छ तर यो पनि नेपालीहरुको दिमागमा परापूर्वकालबाट नै हो कि भन्ने भ्रम समेत छ । वास्तवमा यो सम्बत् नेपालमा शुरु भएको १ सय १४ वर्ष मात्रै हुँदैछ ।

 
आर्यहरु स्वभावले नै झगडालु र अरुको ईष्या गर्ने भएकाले नेपालका विभिन्न भूभागमा बसोबास गर्ने आदिवासी, मुलवासीहरुलाई विस्थापित गर्दै त्यस स्थानमा बसोबास गर्दै आएका र पछि त्यहि स्थानीय ठाउँको नामबाट धेरै मानिसहरुको थर रहन गएको छ । त्यसमध्ये केहि थरहरु राजकाजको पदवीबाट समेत सृजना गरिएको छ । जस्तै सैनिक दर्जा, आर्थिक विभाग, लेखापढि गर्ने आदि कामबाट समेत धेरै थरहरु राखिएका छन् । भन्नै पर्दा प्रायः खाली जमिन र बनजंगल आवाद गरी बसोबास गर्ने आदिवासीहरु विस्तारै आर्य बाहुन र खस क्षेत्रीहरुका कारण विस्थापित हुनु परेको थियो । अहिले नेपालका धेरै दलितहरुको थर र गोत्रहरु समेत बाहुन क्षेत्रीहरुसँग मिल्दोजुल्दो देखिनु र केहि केहि चाहिँ गुरुङ, तामाङ, मगर, राई लिम्बुहरुसँग समेत मिल्नु भनेको प्रष्ट छ कि उनीहरु सो ठाउँमा बस्न आउनु भन्दा अघि नै अहिले दलित भनिएकाहरुले बसोबास गर्दथे । यसको एउटा उदाहरण म आफै पनि हुँ जहाँ भोजपुरको चरम्बी गाविस वडा नम्बर ४ ¥याङ्ग धपेनी भन्ने ठाउँमा झण्डै ३ सय वर्ष अघिदेखि मेरा पिता पुर्खाहरु बसोबास गर्दै आएको इतिहास भेटिएको छ । खेतपाती र पशुपालन गरी जिविका गर्दै आएको उ बेलाका पुर्खा पौडैल (खोला नाला र नदीहरुमा पुल, घिर्लिङ्ग, तुइन केही नभएको बेला पौडिएर पार गरेका कारण पौडेल भनिएको) त्यसपछि बसोबास गर्दै जाँदा १२ भाई छोरा जन्मिए । थुप्रै देशप्रदेश लागेपछि केहि भाई सँगै भए उनीहरुले सामुहिक रुपमा लामो छाना बनाई बसे । त्यहीबेला देखि छिमेकीका रुपमा खिम्बुले राईलाई पनि राखे । पछि अर्को पुस्तामा केही क्षेत्रीहरुलाई मेरै पुर्खाले अरुण नदीको किनारबाट उठाएर छिमेकी बनाए । पछि उनीहरुले बाहुनलाई खोजेरसँगै राखे अनि विस्तारै हाम्रा पुर्खाको भएभरको धनसम्पत्ति हातमा पारे र अन्तमा १९ सयको ८ दशकतिर कामी भनिदिए । त्यसपछि लगातार रुपमा हाम्रो भूमी, जलजंगल, खेतीपाति खोसिदिए । मेरै हजुरबाको पालामा भूमिहिन बनाएर उनीहरुले मनलाग्दी कमाराको रुपमा बलजफ्ती राखे । २५–३० सालतिरसम्म त्यहाँका क्षेत्रीहरुले मेरै बुबालाई कमाराका रुपमा राखेका थिए । अहिलेसम्म पनि उनीहरुले हामीलाई मान्छेको दर्जासम्म दिएका छैनन् । उनीहरुको चिन्तन, विचार परिवर्तन हुन सकेको छैन । गाउँमा दलित समुदायको उपस्थिति निकै कमजोर र थोरै संख्यामा मात्रै छ । युवा पुस्ताले त्यस्तो गाउँमा बसेर राज्य के हो थाहै पाउँदैनन् र जिवन जिउन सक्ने सम्भावना नै छैन । त्यहाँ अहिले पनि दलित मर्दा क्षेत्री बाहुन मलामी आउँदैनन् न त विहेमा जन्ती नै । मेलापर्व जाँदा उनीहरुले कुकुरलाई झँै बलेसीमा फ्यात्त फ्याँकिदिएको खानेकुरा खान बाध्य छन् दलितहरु । उनीहरुलाई मेलापात बोलाउन पहिलो कुरा त मिल्दैन यदि बोलाइहाल्यो भने पनि खाजा सामालको नाममा नगद दिनुपर्छ या दोब्बर काम गरेर तिर्नुपर्छ । पँधेराको पानी उनीहरुले उघाएर दिन्छन् । धाराको पानी समेत छोइने भन्दै सबै घरमा पु¥याएर पछि अन्तिममा मात्रै दलितको घरमा धारो पु¥याइन्छ । ओरालोमा पानी सबै तानेपछि उकालोमा पानी दिँदा कसरी जान्थ्यो अनि पानी सम्म पिउन नपाए पछि गाउँ छाड्न बाध्य छन् उनीहरु आफ्नो घर, जग्गा सबै त्यहि क्षेत्रीबाहुनहरुलाई छाडेर हिडिरहेका छन् । त्यहाँ भएका मगर, राई र तामाङ्गहरु पनि क्षेत्री बाहुनहरुकै सिको गर्छन र भेदभाव त्यतिकै छ । यो गाउँ दलितहरुमाथि भएको विभेदको नमुना मात्र हो । अझ नेपालको पश्चिम र सुदुरपश्चिममा अझ धेरै विभेद छ ।


जहाँ आर्यहरु छन् त्यहाँ जातीय भेदभाव र छुवाछुत चरम रुपमा रहेको छ । पश्चिम नेपालको बाग्लुङ्गबाट जातीय विभेदको अन्त्य हुनुपर्छ भन्ने चेतना सबैभन्दा पहिला विकास भएको देखिन्छ । वि.सं. २००४ सालमा भगत सर्वजित विश्वकर्माको नेतृत्वमा ‘विश्व सर्वजन संघ’ स्थापना गरि दलित समुदायबाट विद्रोहको शुरुवात भएको पाइन्छ । जातीय आधारमा भेदभाव तथा छुवाछुत गर्न नपाइने आन्दोलन शुरु भयो । त्यसपछि अहिलेसम्म सयौंको संख्यामा जातीय विभेद अन्त्यको माग राखी दलितका संघसंगठन खुलेका छन् । दलित मुक्तिका निम्ति काम गछौं भन्ने ति संघ संगठनहरुलाई यतिसम्म थाह छैन कि उनीहरु साच्चिकै यो परापूर्वकाल देखि वा सनातन रुपमा चलिआएको परम्परा हो भन्ने सोचि रहेका छन् र केहि सय वर्ष अघि मात्रै शासक वर्गले नियोजित रुपमा छरेको भ्रम र गरेको अन्याय हो भन्ने कुरा । वास्तवमा अहिलेका दलितहरु यस भूमिका आदिवासीहरु हुन् । बाहुन क्षेत्रीहरुले जसरी भूमी कब्जा जमाए त्यसरी नै परम्परा, भाषा, धर्म, संस्कार र संस्कृति सबै खाइदिए । हामी शासक वर्गले थोपरिदिएको जाति होइनौं । थरहरु जे जे छन् त्यहि हौं । हाम्रा थरहरु बाहुनहरुले जबर्जस्ती धारण गरेर हामीलाई थरविहिन बनाई दिएका छन् । उनीहरु बरु शरणार्थी हुन् । भोली कुनै पहिचान खुल्यो भने विश्वले आक्रमण गर्ला भन्ने भयले हाम्रा थरहरु नामका पछाडी भिरेका हुन् । विश्वका अन्य मुलुकमा थर पहिला अनि नाम लेखिन्छ तर नेपालमा किन पहिला नाम अनि थर लेखिन्छ भन्ने विषय पनि निकै षड्यन्त्रपूर्वक गरिएको छ । थर पनि शासकहरुले मनपरि चलाएका छन् । वाहुनलाई जुन थर मनपर्यो त्यहि बनाउने अधिकार थियो तर अन्यले आफ्नो वास्तविकता समेत खुलाउन पाउँदैन थिए । दलित जाति भित्रका जातहरु थर होइनन् । जस्तै कामी भनेको हिन्दु शास्त्र र वेद अनुसार कम्मर मुनीको भागबाट फोहोरी प्रकारले भगवानबाट दण्ड पाएर जन्मिएको मानिसलाई बुझाउँछ र मनुस्मृति र वर्णवादी व्यवस्था अनुसार नेपालका शासकहरु कामोत्तेजक, कामुक, कामवासनाले युक्त, यौनदुराचारी भन्ने अर्थ लगाएका छन् । त्यस्तै कमीनी भनेर कामी जातीका स्त्रीहरुलाई साझा स्त्री वा जसलाई मन लाग्छ, उसले शारीरिक सम्बन्ध गर्न पाउने वेश्याको रुपमा चित्रित गरेका छन् । कतिपय बुज्रुक दलितहरुले नै पनि कामी गर्व र प्रतिष्ठासहित पहिचान हो समेत भन्न पछि परेका छैनन् त्यो उनीहरुको मुर्खता मात्रै हो । किनकी परम्परागत रुपमा फलामको काम गर्नेलाई वा सुनका काम गर्नेलाई भनिएको हो भनि भ्रममा छन् ।

राणा कालममा नै कामका आधारमा छुट्टाएकाहरु त लोहार (लोहा+हार ) लोहा भनेको फलाम र हार भनेको काम गर्ने हो । त्यस्तै सुनार (सुन+हार) सुनको काम गर्ने तर कथित कामी अर्थात् पछि सुधारिएको विश्वकर्मा भनिने जाति भित्र १ सय १७ वटा थरहरु कसरी रहेका छन् भन्ने ज्ञान हुन जरुरी छ । यी दुई थरबाहेक अन्य थरहरु कसरी कामी भए ? कसैले जाँड खायो भन्ने आरोपमा जाँडकामी भनियो, कसैले सेतो सुरुवाल लगाएका कारण सेती सुरुवाल भनियो । के यस्ता कुरा दलित आन्दोलन र यससँग जोडिएका व्यक्तिहरुले बुझेका छन् । राजनीतिक रुपमा जसले आम दलित समुदायको मुक्तिका कार्यक्रम र योजना बनाएको भन्दै साराका सारा दलितहरुलाई पछि कुदाई राख्दा इमान्दारपूर्वक हाम–आर्य–सिन्धु–हिन्दु हुँदै बाहुनहरुबाट आएको वर्णवादी व्यवस्था र मनुस्मृतिको उपज हो भन्ने सकेका छन् ? यदि यस सत्यतालाई कहिल्यै नपस्किएर खाली परम्परा र परापूर्व कालदेखि चलिआएको वा युग–युगदेखि चलिआएको संस्कारका नाममा २–३ सय वर्ष अघि गरेको बाहुनहरुको गल्तीलाई किन ढाकछोप भईरहेको छ ?
 
वि.सं. २०२० सालमा तत्कालिन राजा महेन्द्रले छुवाछुत गर्न नपाउने कानुन घोषणा गरेका थिए । बरु उ बेला नै ति बाहुनवाली शाषकको घैंटोको बिर्को खुल्यो तर अहिले गणतन्त्र नेपालको शासक भन्न रुचाउनेहरुले समेत किन यस गलत इतिहासलाई सहि र सत्य रुपमा बताउन चाहिँ रहेका छैनन् भन्ने कुरा सम्बन्धित सबैले बुझेर गलत परम्पराको आस्था र विश्वासी भई कहिलेसम्म धमिराले खाइसकेको हिन्दुमतलाई मानिदिने हो?

 
दलित भनेको हिन्दु वर्णवादी व्यवस्थाबाट प्रताडित भएका, विभिन्न थर, गोत्र र वंशका निमुखा मानिसहरुलाई वर्ण (काम तोकिदिने र जात भिराई दिने) बाट उत्पीडनमा परेका समग्र समुदाय हो । राष्ट्रिय दलित आयोगले तयार पारेको सूची अनुसार जम्मा २६ वटा जातिलाई दलित भनिएको छ । यस अघि नेवार समुदायको खड्गी, कसाई, महर्जन लगायतलाई पनि दलितको सूचीमा राखिएको थियो तर अहिले उनीहरुले आदिवासी जनजातिमा सूचीकृत गराएका छन् । पहाडीया ५ वटा जाति र तराईमा २१ वटा जाति दलित वर्गमा राखिएको छ । सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक आदि क्षेत्रमा पछाडी परेको समुदायलाई दलित वर्गमा राखिएको हो । नेपालमा अहिले ६० लाख भन्दा बढिको संख्यामा यो वर्ग रहेको छ । खस क्षेत्री १८%, बाहुन आर्य १२%, छन् र दलितहरु १३% रहेको तथ्याङ्क सरकार आफैले जारी गरेको छ तर ६० लाख दलितहरु भनेको झण्डै खस र आर्यहरु दुवैको कुल संख्या बराबर देखिन्छ । तर राज्यमा दलितहरुको अवस्था जनसंख्या थोरै रहेको झुठो तथ्याङ्क किन बनाइरहेको छ भन्ने कुरालाई कसैले ध्यान दिइरहेको छैन । ८७ प्रतिशत दलितहरुको अवस्था अहिले बेहाल र अत्यन्तै पीडादायक अवस्थामा छ ।

 
१० वर्षे जनयुद्धको जगमा सम्पन्न महान जनआन्दोलन ०६२÷६३ पछि गठन भएको संविधानसभाबाट नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको छ । यस्तो अवस्थामा जातीय आधारमा छुवाछुत तथा भेदभाव गरेमा कानुनी रुपमा दण्डनीय र सामाजिक रुपमा गम्भिर अपराधको रुपमा संविधानमा समेत उल्लेख भएको छ । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय ऐन)–२०६८ समेत लागु भएको छ । संविधान, ऐन तथा कानुनहरु बनेता पनि त्यसको कार्यान्वय भएको छैन । कार्यान्वयन गर्ने निकायमा आज पनि त्यहि मनुस्मृतिवादी, बर्णवादी व्यवस्थाका पक्षपातीहरु आशिन रहेका छन् । दलित अधिकारकर्मीहरुको समेत चेतना र शिक्षा त्यही स्तुतीवादी चिन्तनबाट स्कूलिङ्ग भएका कारण ठोस् रुपमा आशातित परिवर्तन भइरहेको छैन ।

 
आदिवासी जनजातिहरुले आफ्नो पितापूर्खाहरुको वंशावली जसरी संकलन गर्ने कार्य गरि आफ्नो इतिहासलाई बाहुनहरुले मेट्न गरेको प्रयासबाट जोगाए त्यसैको प्रभावबाट बाहुन क्षेत्रीहरुले पनि आफ्नो वर्गलाई मजबुद बनाउन कुल, थान र प्रतिष्ठान स्थापना गरी वन्धु समाजजस्ता नाममा वर्गिय संरचना जगर्ने गर्ने काम थालेका थिए । त्यसकै सिको गरेर अहिले केहि दलितहरु पनि जातीय संगठन खोल्ने, दलित भित्र पनि जातै पिच्छेका संगठन खोल्ने काम केहि समय अघिबाटै शुरु भएको देखिन्छ । यसको मुख्य योजनाकार भनेको पनि मनुस्मृतिवादी हिन्दुहरु नै हुन् । शासक वर्गले यो बुझेको छ कि धर्म, संस्कार, भाषा र राष्ट्र विहिन बनाएर जाति बनाई दिएको समुदायलाई अझ जातीय संगठन खोलिदिए पछि त्यहाँ भित्रको एकता कमजोर हुन्छ र जातीय उत्थानका नाममा दलित–दलित बीच नै विवाद उत्पन्न भई एकताको शक्ति कमजोर हुन्छ भन्ने कुरा । त्यतिले मात्रै पुगेन हिजोका दिनमा विश्वकर्मा जाति भन्दा एक सय सत्र वटै थरका मानिसहरु कम्तिमा गर्व गर्दथे तर अहिले त थरै पिच्छेका थरगत संरचनाहरु तयार भएका छन् । यो सिको दमाइहरुले पनि गर्न लागेका छन् । परियारका नाममा एकै स्थानमा देखिएका उनीहरु बीच पनि वास्तवमा दमाई जाति भित्रको एउटा थर मात्रै हो त्यसैले त्यहाँभित्र भएका दर्नाल, गौतम, सुनामहरु छुट्टै सोंच बनाउन थालेका छन् । यसरी नै भोलीका दिनमा सार्की, वादी र गाइनेहरुमा पनि यहि सोंचको विकास हुन्छ । मधेशी दलितहरुमा पनि यस भावनाको विकास भइरहेको छ । वास्तवमा दलितहरु सबैको पीडा एउटै हो । अवस्था र परिस्थिति पनि एउटै हो । यसकारण थरगत संगठनले वंशावली तयार गर्नसक्नु पर्छ । आगमन स्थत, उद्गम स्थल स्पष्टसँग बताउन सक्नुपर्छ होइन भने पिकनिक खाने, र मर्दापर्दाका नाममा अन्य थरीसँगको व्यवहार गैरदलितसँग जस्तै हुन सक्छ । यसबाट समयमा नै सचेत भई दलित एकताको खाँचो छ ।

 
दलितहरु अब अरुका कुरा मात्रै सुन्ने र सिक्ने होइन, सिकाउने, भाषण गर्ने, लेख्ने, बोल्ने, नीति नियम बनाउने र कार्यान्वयन गर्ने ठाउँमा पुग्नु पर्छ । परिवर्तन शुरु नगरी आफैं हुँदैन, कुनै पनि परिवर्तन र विकासका निम्ति अभियान्ताहरुको खा“चो पर्छ । यो धार्मिक चिन्तन र दर्शनबाट सृजिएको समस्या भएका कारण यस दर्शनका विषयमा गम्भिर भएर सोच्न र दलित मुक्तिको निम्ति आफैलाई अग्रसर बनाउने र आम समुदायको चेतना, शिक्षा, मुल्य मान्यतालाई सहि प्रकारले परिवर्तन र विकास गर्न जरुरी छ । यो केवल दलितहरुको समस्या मात्रै होइन । समग्र धार्मिक समस्या भएका कारण गैरदलित भनिएका समुदाय र कथित उपल्लो जातिका मानिसहरुले नै जातीय छुवाछुत विभेदको अन्त्य गर्न लागि पर्नुपर्ने तत्कालिन आवश्यकता देखिन्छ । यदि समयमा नै सबैको बुझाईमा समानता नदेखिए र धर्मको आडमा यसलाई दमन गर्न अनेकौं उपायको खोजि मात्र भइरह्यो भने अवश्य चेतनाको फड्को मार्नेछ । भोलीका दिनमा आर्यहरुको यस चलाखीलाई जनताले स्पष्ट रुपमा बुझेपछि त्यस चलाखीलाई समानतामा ल्याउन चेतावनी दिनेछन् । यदि चेतावनीलाई पनि वेवास्ता गरिए विद्रोहको राँको सल्किने स्पष्ट तस्बिर देखिन्छ । तर हामीले प्रतिसोधको भावनाले कुनै पनि क्रियाकलाप अघि बढाउनु भन्दा मानसिक सोंच र विचारलाई परिवर्तन गराउँदै हामी एउटै मानिसका सन्तान हौं, समयक्रमसँगै मानव जातिको विकासका चरणमा हामी कसैको स्वभाव र सनकका भरमा अब संसार अगाडि बढ्न सक्दैन भन्ने बुझाई हुन आवश्यक छ । यस अभियानमा अब तपाई लाग्न तयार हुनुहुन्छ ? बल र बन्दुकमा गरिएको परिवर्तन क्षणिक हुन्छ तर हृदय र विचारमा भएको परिवर्तनले सबै मानिसमा समानता ल्याउ“छ । समतामुलक समाजको निर्माण नै आजको आवश्यकता हो ।-इसमता बाट 

No comments:

Post a Comment