Monday, November 27, 2017

सुनसरीको भोक्राहा स्थित मुसहर वस्तीमा आगलागी, २५ परिवारको घर जलेर नष्ट

विभेद बिरुद्ध अभियान -मङ्सिर ११ ,इनरुवा - सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी भएको छ । स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् ।

आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब रु ५० लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो ।

आगलागीलाई इनरुवा र इटहरीबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको स्थानीय सन्तोष यादवले जानकारी दिनुभयो । मुसहर बस्तीमा आगलागी भएपछि हातमुख जोड्न समस्या भएकाले तत्काल राजपा नेपालका नेता तथा सो क्षेत्रका उम्मेदवार रामनारायण यादवले राहत प्रदान गर्नुभएको थियो ।

यादवले प्रतिपरिवार एक बोरा भुजा, च्युरा, तरकारी, नून, भुजियालगायतका राहत सामग्री वितरण गर्नुभएको राजपाले जनाएको छ । यसैगरी वडा कार्यालयले साँझ प्रतिपरिवार एक बोराका दरले चामल, नून, तरकारी, एक बोरा भुजा, पाँच केजीका दरले च्युरा, एक लिटरका दरले खाने तेल, दुई केजी दाल, पाँच केजी आलुलगायतका राहत सामग्री वितरण गरेको वडा कार्यालयका रामचन्द्र यादवले जानकारी दिनुभयो ।

Saturday, November 25, 2017

युएर्इमा षड्यन्त्रकाे शिकार भए टाेपबहादुर विश्वकर्मा,घर फिर्ती अनिश्चित

विभेद बिरुद्ध अभियान - युएई, मंसिर ९ – चितवनको खैरेनी नगरपालिका करैयाका टोपबहादुर विश्वकर्माको जीवन बाल्यकालदेखि नै त्यति सहज रहेन। सानैमा उनका बुवाआमाले छोडेर गएपछि धेरै कुराको जिम्मेवारी थपियो। उनी घरको जेठा छोरा हुन्।
एउटा सामान्य परिवारको सदस्य भएकाले घरको सबै जिम्मेवारी उनको काँधमा आइलाग्यो। त्यही जिम्मेवारी पूरा गर्ने सपना बोकेर उनी २०१० मा युएई आए। विदेशमा काम गरेर केही आर्थिकोर्पाजन गर्ने उनको लक्ष्य थियो।
दुबईको लिमा कन्ट्रयाकटिङ कम्पनीमा क्रेन अपरेटर  हेल्परको रुप काम गर्न उनी आएका थिए। तर, लिमा कम्पनीले साका गल्फ कम्पनीलाई बेचेको थियो। त्यही कम्पनीमा उनि काम गर्न थाले। जसोतसो उनको परिवारको जीवन गुजारा हुँदै गयो।
धैरथोर कमाइ गरेर परिवारमा खुशी बाँडिरहेका पनि थिए। तर, जीवनमा कहिले के हुन्छ भन्ने कसैलाई थाहा हुँदैन। ‘कहिलेकाहीँ आफूले सोचेभन्दा फरक भइदिन्छ जिन्दगी,’ टोपबहादुर भन्छन्, ‘मेरो खुशीमा भगवान् खुशी थिएनन् या  भाग्यमै खोट थियो, यो अनुत्तरित प्रश्न म आफैँसँग बारम्बार सोधिरहन्छु।’ 
वि.सं. २०१४ को जुलाइतिरको कुरा हो। सधैँझैं उनी कामका लागि क्याम्पबाट निस्किए। काम गर्ने क्रममा अलऐनको जाखेरमा क्रेनमा काम गरिरहेका थिए। अचानक क्रेनको बकेट झरेर उनकै कम्पनीमा कार्यरत एकजना कोरियाली नागरिकको मृत्यु भयो।
त्यसपछि  उक्त घटना प्रहरीमा रिपोर्ट भयो।  प्रहरीले क्रेन अपरेटर र हेल्पर दुवै जनालाई जेल चलान गर्यो। २०१४ कै सेप्टेम्बर–१ तारिखमा  उनले जेलबाटै युएईको हाइकोर्टमा अपिल गरे। हाइकोर्टको फैसला नआउँदासम्म जेलमा रहनुपर्ने भएकाले उनले जेलमै सुनुवाइको प्रतिक्षा गरिरहे।
२१ अक्टोबरमा हाइकोर्टले सुनुवाइ गर्यो। उनलाई पासपोर्ट दिएर जेलमुक्त गर्ने फैसला सुनाइयो। जेलबाट निस्किएपछि उनी  कम्पनी फिर्ता भए। र, केही दिनको आरामपछि पुन काममा फर्किए। 
आफ्नो अदालती मुद्दा सकिएको ढुक्क भएर टोपबहादुर काम गरिरहेका थिए। यति ठूलो घटना भएपछि उनी नेपाल फर्किने निर्णयमा पुगे। र, कम्पनीसँग बारबार नेपाल फर्काइदिन आग्रह गरे।
तर, कम्पनीले ब्लड मनीको मुद्दा हो, समय लाग्छ घर पठाउन भन्दै अल्लारेर राखिरहन्थ्यो। त्यो बेला उनलाई जेलमुक्त गर्दा अदालतले सुनाएको बाँकी कुरा बताइएको रहेनछ। अलिपछि थाहा भयो, अदालतबाट मृतकको परिवारलाई दुई लाख दिराम दिनुपर्ने भनिएको रहेछ।
उक्त रकम साका गल्फ कम्पनी र लिमा कम्पनीले दिनुपर्ने थियो। साका गल्फले आधा पैसा तिरेर क्रेन ड्राइभरलाई सफाइ दिलाई सकेको थियो। तर, बँचेको आधा रकम लिमा कम्पनी र टोपबहादुरले दिनुपर्ने भनि कागज आएको रहेछ। त्यो कुरा भाषाको अज्ञानताले आफूले थाहा नपाएको टोपबहादुर बताउँछन्।
यो कुराको दबाब उनले कम्पनीमा बारम्बार दिए। कम्पनीले हुन्छ भनेर झुलाइरह्यो। यही आशामा बस्दाबस्दै उनको करार अवधि सकिने समय आयो। सन् २०१५ को सेप्टेम्बरमा उनको भिषा सकियो।
कम्पनीले उनको लेबर कार्ड नवीकरण गर्यो। उनले घर जान पाउने आशमा काम भने छोडेनन्। कम्पनीले पनि हुन्छ भन्न छोडेन। २०१७ जुलाईबाट कम्पनीले कुनै काम दिन सकेन। कम्पनी घाटामा गएर बन्द भएको खबर टोपबहादुरको कानमा पुग्यो। त्यसबेला उनी छाँगाबाट खसेझैँ भए। उनको मनमा एउटैमात्र कुरा खेलिरह्यो। अब घर कसरी जाने?
यस विषयमा दूताबासमा बुझ्दा राजदूतावास अबुधाबीका एचआर इरफानले सबै कागजपत्र हेरिसकेपछि अब अपिल गर्दा पनि मुद्दा जित्ने हार्ने कुनै निश्चित नभएको बताए।
अदालतले फैसला गरेको कागजमा पनि बिमा कम्पनीको नाम उल्लेख नगरेकाले उक्त रकम टोपबहादुर र लिमा कन्ट्रयाक्टिङ कम्पनीले तिर्नुपर्ने बुझिएको इरफानले बताए। जसअनुसार टोपबहादुर र कम्पनीले गरी १ लाख दिराम तिर्नुपर्ने उल्लेख छ।
तर, कम्पनी नै बन्द भएपछि अब त्यतिका रकम टोपबहादुरले  तिर्नुपर्ने छ। १ लाख दिरामको नेपाली करिब ३० हजार हुन जान्छ। त्यतिका रकम उनले मात्र तिर्ने अवस्था छैन। जरिवना रकम तिर्न नसकेकै कारण तीन वर्षदेखि उनी युएईमा कष्टकर जीवन बिताउन बाध्य छन्। अहिले उनी हुन्डाई कम्पनीमा बसिरहेका छन्।
यसबारे दूतावासले गर्ने सहयोग के हुन्छ त भन्ने प्रश्नमा इरफानले यो विषयमा दूतावासले कुनै आर्थिक सहयोग गर्न नसक्ने बताए। अहिले टोपबहादुरले दूतावास, एनआरएन, युएईका क्रियाशील सामाजिक संघसंस्था र राजनीतिक दलका संगठन समक्ष नेपाल फिर्ता पठाइदिन आग्रह गर्न थालेका छन्।
-शुभदिन बाट (रुपेश अधिकारी/डिल्ली हुमागाई) 

Friday, November 24, 2017

हलो, कोदालोसहित हरूवा चरूवा मुक्तिको माग गर्दै राजविराजमा प्रदर्शन गरे

विभेद बिरुद्ध अभियान -मंसिर ८ -गाउँ-गाउँबाट हलो, कोदालोसहित सदरमुकाम आएका महिला, बृद्धबृद्धा हरूवा-चरूवाहरूले हरूवा चरूवा मुक्तिको माग गर्दै मङ्सिर ६ गते राजविराजमा प्रदर्शन गरेका छन् ।हरूवा चरूवाहरूले ‘हरूवा-चरूवा आयोग गठन गर, हरूवा-चरूवाको ऋण मिन्हा गर, हरूवा-चरूवाको परिचय पत्र लागु गर, हरूवा-चरूवाको घर, जग्गा, रोजगारीको सुनिश्चित गर’ भन्ने नाराहरू लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरे । राजविराज नपा-१ स्थित रंगशालाबाट सुरू भएको हरूवा-चरूवाहरूको जुलुसले नगरको विभिन्न भागको परिक्रमा गर्दै शिव मन्दिर प्राङ्गणमा कोणसभा गरेको छ ।कोणसभामा धनमाया बिक, दयावती सरदार, फतमा खातुन, सुमित्रादेवी खंग, सकलदेव सदा, आशादेवी रजक, राजु मुखिया, बिनादेवी सरदार, भुटनीदेवी राम, सुदामा पण्डितलगायतकाले मन्तव्य राखे ।

उनीहरूले एकपटक सुरक्षित बास र परिवार सङ्ख्याको आधारमा उब्जाउ जमीन दिनुपर्ने, हरूवा चरूवा बस्तीमा खानेपानी, स्वास्थ्य, शिक्षा, शिपमूलक तालिम र रोजगारी दिनुपर्ने, लघु उद्यमका लागि अनुदानको व्यवस्था हुनुपर्ने, छोराछोरीलाई स्नातकसम्म छात्रवृत्तिसहित अनिवार्य शिक्षा दिनुपर्ने  लगायतका ११ सूत्रीय माग गरे ।

सप्तरी, सुनसरी, सिरहा, धनुषा, महोत्तरी, सेलाही, रौतहट, बारा, पर्साबाट कूल ९७ हजार हरूवा-चरूवा रहेको तथ्याङ्क अन्तर्राष्ट्रिय श्रमिक सङ्गठन (आईएलओ) को सन् २०११ को प्रतिवेदनमा उल्लेख रहेको हुर्क नेपालका अध्यक्ष पार्थो सरकारले जानकारी दिए । उनका अनुसार सप्तरीमा मात्रै १८ हजार ३ सय ६१ जना हरूवा-चरूवा रहेका छन् ।

वर्षौँदेखि आन्दोलन गर्दै आएपनि समस्या समाधान नभएकाले गाउँगाउँमा हरूवाचरूवा अधिकार मञ्च गठन गरेको बताउँदै तपेश्वरी कल्याण सङ्घका प्रदिप जोशीले राज्यले अल्पकालिन र दिर्घकालिन योजनाका साथ समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

जातिय छुवाछुतको विषयमा बहस र चर्चा कार्यक्रम सम्पन्न

विभेद बिरुद्ध अभियान -मंसिर ८ -दैलेख । जिल्लामा जातिय छुवाछुतको विषयमा बहस र चर्चा सुरु भएको बर्षौ वितिसक्यो । तर पनि जिल्ला सदरमुकाम देखि ग्रामिण भेगमा छुवाछुत जस्ताको तस्तै छ । जिल्लाका दलित अधिकारका लागि संचालन भएका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले पैरवी र जनचेतनामुलक कार्यक्रम संचालन गरिरहेको भएपनि अहिले सम्म जातिय छुवाछुतका घटनामा कमी आउन सकेको छैन् ।जिल्लामा दलित अधिकारका लागि थुप्रै आन्दोलनहरु पनि नभएका हौइनन् । तिनै आन्दोलनको ठोस उपलब्धी अहिले सम्म पाउन सकिएको छैन् । पछिल्ला दिनहरुमा दलित अधिकारका लागि आउने गरेका कार्यक्रममा जिल्ला सदरमुकाम केन्द्रिंत भएका जनगुनासोहरु आउने गरेका छन् । जिल्ला सदरमुकामका अन्तरक्रिया, गोष्ठि संचालन गरेको भएपनि अधिकारका कुरा जिल्लाका ग्रामिण भेगका दलित समुदायका नागरिकहरु संग पुग्न नसकेको गुनासो बढ्दै गएको छ । आइतवार जिल्ला सदरमुकामका गरिएको एक कार्यक्रममापनि सहभागीले यस्तै गुनासो गरेका छन् ।

जातिय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ लगाएत अन्य भेदभाव विरुद्धको कानुनहरुको प्रवद्र्धन र विधिको शासनको सवलिकण द्धारा दलित समुदायको पहुँच अभियान सम्बन्धमा गरिएको अभिमुखिकरण कार्यक्रममा यस्तो गुनासो गरेका हुन् । रोलर युएनडिपीको सहयोग तथा दलित गैरसरकारी संस्था महासंघ र दलित सशक्तिकरण केन्द्र दैलेखको आयोजनामा गरिएको अभिमुखिकरण कार्यक्रमका सहभागीले जिल्ला सदरमुकाममा गरिने कार्यक्रमहरुमा भाषण गरेर जातिय छुवाछुत अन्त्य नहुने गुनासो गरेका हुन् । कार्यक्रममा बखत नेपालीले सरकारले दलित समुदायको लागि संविधानमा थुप्रै अधिकारहरु स्थापीत गरिएको बताउदै दलित समुदायको अधिकार प्राप्तीका लागि अगुवाई गरेको व्यक्तिहरुले आफ्नो कतव्र्य भुल्न खोजेको आरोप लगाए । जिल्लमा दलित अधिकारका लागि थुप्रै आन्दोलनहरु भए, उनले भने “ त्यस्ता आन्दोलनले आज ठोस उपलब्धी पाउन सकेन् ।” यस्तै पत्रकार अमर सुनारले जातिय छुवाछुत सम्बन्धि जिल्लामा घटेका विगतका घटनाहरुको बारेमा जानकारी गराउदै अबका दिनमा त्यस्ता घटनाहरु हुन नदिन सबैले आफ्नो आफ्नो ठाउँबाट अभियानमा लागन सुझाव दिए ।

 कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले माथिल्लो आहोदाका व्यक्तिहरुले सार्वजनिक कार्यक्रहरुमा भाषण गरेर मात्रै जातिय छुवाछुत अन्त्य नहुने बताए । संविधनमा दलितका अधिकारहरु समेटिएका छन्, उनले भने “संविधानमा समेटिएका अधिकारहरु कार्यान्वयन गर्न लाग्नु पर्छ ।” जातिय छुवाछुत गरि कानुनको उल्लंघन गर्ने जो कोहिलाई पनि कानुनको कठघरामा ल्याउन आफु प्रतिबद्ध रहेको बताउदै प्रजिअ न्यौपानेले संविधाले दिएको अधिकारलाई तल्लो स्तरका समुदाय सम्म पु¥याउनु पर्ने बताए । कार्यक्रममा बार एशोसियशन दैलेखका अध्यक्ष यामराज थापाले जातिय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ लगाएत अन्य भेदभाव विरुद्धको कानुनहरुको बारेमा जानकारी गराएका थिए । दलित शसक्तिकरण केन्द्र दैलेखका अध्यक्ष हिक्मत विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रंहरी प्रतिनिधी, कानुन व्यवसायी लगाएतले जातिय छुवाछुतका विषयमा आफ्नो धारणा राखेका थिए ।

आरक्षणले असमानता हटाउने आधार तयार पार्यो, तर निराकरण गर्न सकेन: भोला पासवान

विभेद बिरुद्ध अभियान -मङ्सिर ८- नेपालको  संविधान २०७२ मा आर्थिक अवस्था, भौगोलिक क्षेत्र, भाषा, धर्म, यौन तथा सबैखाले जातीय र नस्लीय पूर्वाग्रहको आधारमा हुने भेदभाव समाप्त गर्ने प्रतिबद्धता जाहेर गरिएको छ। सँगै, संविधानमा समानुपातिक समावेशिता र  सहभागीमूलक सिद्धान्तहरू मार्फत सामाजिक सुधार ल्याउने प्रतिबद्धता पनि छ।

नयाँ संविधानको धारा ४०(१) अन्तर्गत, ‘राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ।’ सार्वजनिक सेवा लगायतका रोजगारीका अन्य क्षेत्रमा दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि कानून बमोजिम विशेष व्यवस्था गरिनेछ। यस लेखको उद्देश्य सार्वजनिक सेवामा ‘सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताको विशेष कानुनी प्रावधान’ मार्फत दलित उपस्थितिलाई अझ सुदृढ बनाउनमा सघाउ पुर्‍याउने हो।

त्यसै गरी, अनुच्छेद ४०(२) अन्तर्गत, सामाजिक रूपमा पिछडिएका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु, आर्थिक रूपमा विपन्न खस आर्य र अन्य विभिन्न अल्पसंख्यकहरूलाई समानुपातिक समावेशीकरणको सिद्धान्तका आधारमा राज्य संरचनामा रोजगारको अधिकार रहने छ। नेपालका राजनीतिक दलहरूले पनि यी सिद्धान्तहरूलाई स्वीकार गरेका छन्।

दलितको जनसंख्या

दलितको कुल जनसंख्या नेपालको कुल जनसंख्याको १३.८% छ (निर्वाचन आयोगद्वारा निर्धारण गरिएको), र दलितको कुल जनसंख्यामध्ये, पहाडी दलित ६५% र तराईका दलित ३५% रहेका छन्। विभिन्न ७५३ स्थानीय तहहरूबाट चुनिएका ३५०४१ स्थानीय प्रतिनिधिहरूमध्ये, ७७३७ (२२%) दलित छन्।

त्यस्तै, दलित प्रतिनिधिहरूमध्ये, १८५३ (२४%) तराईका दलित छन् र ५८८४ (७६%) पहाडी दलित छन्।ती ७७३७ दलित प्रतिनिधिहरूमध्ये, ६५६७ (कुल प्रतिनिधिहरूको १८.७%)  दलित महिला वडा सदस्य आरक्षणबाट आएका छन्। दलित महिला वडा सदस्य आरक्षण बाहिरका दलित प्रतिनिधिहरूको संख्या केवल ११७० (कुल स्थानीय प्रतिनिधिहरूको ३.३%)  रहेको छ।दलित महिलाहरूलाई समावेश गरियो, तर दलित पुरुषहरू छुटे

संविधान अनुसार, सरकारका सबै तहहरूमा, समानुपातिक प्रतिनिधित्व हुनुपर्छ। यद्यपि, दलितहरूले नेपालको जनसंख्याको १३.८% हिस्सा ओगटेका छन्, स्थानीय स्तरमा दलित महिलाहरूलाई दलित महिला वडा सदस्य सीट मार्फत १९.२% सीट आरक्षित गरिएको थियो। आरक्षण बेगरको दलित प्रतिनिधित्व ३.३% मात्र थियो।

दलित पुरुषहरूको प्रतिनिधित्व जोखिममा

कुल ७७३७ दलित प्रतिनिधिहरूमध्ये, ६७९३ जना (८८%)  दलित महिलाहरू छन् र ९४४ जना (12%) दलित पुरुष छन्। बर्षौंदेखि राजनीतिमा सक्रिय रूपले लागेका दलित पुरुषहरूले चुनावी नीतिहरूको कारणले कसरी अन्तत: बहिष्कृत हुनुपर्‍यो भन्ने बारेमा धेरै विचार पुर्‍याइएको जस्तो लाग्दैन।दलितहरू प्रमुख पदहरूबाट बञ्चित

सुदुर-पश्चिमका धेरै जिल्लाहरूमा, कति दलित प्रतिनिधिहरूले मत सङ्कलन गर्न गैर-दलितहरूको घर जान पनि रोक लगाइएको थियो भन्ने बारेमा चुनावपछि रिपोर्टहरू बाहिर आउन थाले। त्यसैगरी, चुनाव प्रचार अभियानमा पर्याप्त कोषको आवश्यकता पर्दछ, जसमा दलितहरूको पहुँच छैन। यस्तो सन्दर्भमा, एक दलित व्यक्तिलाई उच्च तहको पदमा पुग्न निकै चुनौती रहेको सबैले बुझ्न सकिन्छ।

त्यसमाथि, प्रमुख दलहरूले दलित प्रतिनिधिहरूलाई कार्यकारी पदका लागि बिरलै टिकट दिएका थिए। कुल २९३ मेयर पदहरूमध्ये, ४ जना पहाडी दलित (१.३%), २ जना तराई दलित (०.६%), र ४६० अध्यक्षहरूमध्ये, ४ जना पहाडी दलित (०.८%) थिए। अध्यक्ष पदको लागि, तराईका एउटा सीट पनि दलितले जित्न सकेनन्।

त्यसै गरी, दलितहरूको उप-मेयर पदहरूमा पनि राम्रो प्रतिनिधित्व छैन। कुल २९३ उप-मेयर पदहरूमध्ये, ९ जना पहाडी दलित (३.१%) र २ जना तराईका दलितहरू (१%) छन्। कुल ४६० उपाध्यक्षमध्ये, ८ जना पहाडी दलित (१.७४%) र ६ जना तराईका दलित (१.३%) छन्।कुल ६७४२ वडा अध्यक्ष पदहरूमा, जुन वडा स्तरमा कार्यकारी पद हो, १२१ जना पहाडी दलित (१.७%) र ७३ जना मधेशी दलित (१%) प्रतिनिधिहरू रहेका छन्। कुल १३४८४ वडा सदस्य पदहरूमध्ये, ५४८ जना पहाडी दलितहरू (४%) र २४९ जना तराईका दलितहरू (१.८%) रहेका छन्।

मूलतः, ६७४२ दलित महिला वडा सदस्यहरूको लागि सीट छुट्याइएको थियो, तर दलहरूले सबै सिटमा दलित महिलाको उम्मेदवारी नदिएका कारण, केवल ६५६७ मात्र निर्वाचित भए। यीमध्ये, पहाडी दलित ७७% थिए र तराईका दलित २३% थिए।


दलहरूबीच दलित समावेशीकरण

प्रमुख दलहरूमध्ये, स्थानीय प्रतिनिधिहरूमध्ये माओवादीले दलितहरूलाई सबैभन्दा बढी २४.८% समावेश गरेको थियो, जबकि कांग्रेसले सबैभन्दा न्यून २०.८% गरेको थियो। त्यसै गरी, माओवादीले खुल्ला सीटमा पनि सबैभन्दा उच्च अनुपातमा दलित उम्मेदवारहरूलाई उठाएको थियो, जसमा उनीहरूको दलित प्रतिनिधिहरू २३.६% गैर-आरक्षित पदहरूबाट थियो।

ठूला पार्टी र साना पार्टीमा पहाडी दलित-तराई दलितमा ठुलो भेद देखिएको थियो। साना पार्टीहरू जस्तै संघीय समाजवादी र राजपामा पहाडी दलितहरूको सबैभन्दा न्यून प्रतिनिधित्व रहेको थियो।दलितहरूले नेपालका हरेक राजनीतिक आन्दोलनमा उल्लेख्य संख्यामा भाग लिएका छन्। वर्षौँदेखि राजनीतिक परिदृश्यमा आएका विभिन्न परिवर्तनहरूको बावजूद, राजनीतिक दलहरूले दलितको सहभागितालाई पार्टी सदस्यतामा मात्र सीमित गरेका छन्।


संविधानको अनुच्छेद ४०(७)मा उल्लेख गरिएको छ: ‘दलित समुदायलाई यस धाराद्वारा प्रदत्त सुविधा दलित महिला, पुरुष र सबै समुदायमा रहेका दलितले समानुपातिक रूपमा प्राप्त गर्ने गरी न्यायोचित वितरण गर्नु पर्नेछ।’   तर, न त निर्वाचन कानुन या न त नीतिले नै यसको कुनै उल्लेख गरेको छ।

परिणाम स्वरूप, दलितहरूमध्ये पनि सबैभन्दा जोखिममा रहेका दलितलाई अझ असक्षम बनाइएको छ। पहाडी दलितहरूको बीचमा, विश्वकर्मा समुदाय हावी छ, जब कि तराई दलितहरू, राम, धोबी, पासवान र तत्मा समुदायहरूको प्रतिनिधित्व तुलनात्मक रूपमा धेरै छ। यस परिप्रेक्ष्यमा, दलित नेतृत्वले निर्वाचन आयोग र राजनीतिक दलहरूसँग तराई दलितहरूको पनि प्रतिनिधित्व सुनिश्चित गर्न सौदाबाजी गर्नु आवश्यक छ।रेकर्ड नेपाल बाट साभार 

सामान्य विवादमा निर्घात कुटिइन् रेखा विश्वकर्मा


रुजु खतिवडा–विभेद बिरुद्ध अभियान -मङ्सिर ८- पाँचथर । जिल्लाको फिदिम नगरपालिका ८ रानीटारकी ३२ वर्षीय रेखा विश्वकर्मालाई स्थानीय नरबहादुर गुरुङले सामान्य विवादमा कुटपिट गरेका हुन् ।नरबहादुरले विश्वकर्माकी १३ वर्षीय छोरीलाई लगाईफकाई घरको काममा लगाएको र आफ्नै घरमा ल्याउँछु भन्दा कुटिएको पीडित रेखाले बताइन् ।

‘मेरी छोरीलाई गुरुङले ललाईफकाई घरको काममा राखेका थिए । म आफ्नो छोरीलाई आफूसगैँ राख्न चाहन्छु । छोरीलाई घर लैजान्छु भन्दा गुरुङले मेरै घरमा आएर मंसिर १ गते साँझ ५ बजे दाउराको चीरपटले दुवै खुट्टामा पिटे । कसैले अस्पताल ल्याएनन् । यहि निको हुन्छ भन्दै अस्पताल जान पनि दिएनन्’– पीडित विश्वकर्माले भनिन् ।

पिटेको पाँच दिनपछि मात्रै उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको छोरा संजय विश्वकर्माले बताए ।



आर्थिक रुपमा कमजोर भएसगैँ बहिनीलाई ललाई–फकाई स्थानीय डम्वर गुरुङले लगेर घरेलु कामदारको रुपमा राखेको संजयको भनाई छ ।

आफन्तले घटनापछि रानीटारस्थित तमाखे प्रहरी चौकीमा निवेदन दिएपनि पीडक गुरुङलाई भने प्रहरीले पक्राउ गर्न सकेकोे छैन ।

पीडितका श्रीमान पूर्ण विश्वकर्माले घटनालाई गाउँमै मिलाउने भन्दै पीडितहरुले बाहिर ल्याउन नदिएको र अस्पताल जान समेत रोकेको बताए ।

Monday, November 20, 2017

शब्दमा होइन आफ्नो भूमिकामा जोड गरौ -गोपाल शिवा

विभेद बिरुद्ध अभियान - मङ्सिर ४ - समाजमा व्याप्त रहेको जातीय छुवाछुतको भेदभाव अन्त्य गरि समानुपातिक प्रतिनिधित्व राज्यको हरेक तह र तप्कामा हुनु पर्छ भन्दै आएका केहि साथीहरु आज भोलि कोहि दलित , कोहि उत्पीडित त् कोहि शिल्पी भएका छौ ।राज्यबाट तिरस्कृत र बहिस्कृत गरी दलित बनाइएका हाम्रो  पिडा हिजो सम्म एकै उत्पीडन र उदेशय  एकै भनेर ज्वालामुखी  निर्माण भएको थियो तर अहिले फाटेर चिरा परेर दलित , उत्पीडित र शिल्पीनामका संघ, सस्था र समुहहरूमा बाडिएको छौ ।

नेपालको जातीय संरचना र यसको राज्यसंयन्त्र सँगको सम्बन्धका कारण हिन्दू जात समूहमा तल्लो जातमा पारिएका कथित दलित जातिले विभेद र असमानता भोगेका छन् । यो विभेदका सामाजिक-सांस्कृतिक, आर्थिक र मनोवैज्ञानिक आयामहरू छन् । जुन समूहले विभेदको सामना गर्नुपरेको छ त्यसले मात्र स्पष्ट रूपमा यी आयामहरूको अनुभुति गर्न सकेका छन्  । नेपालमा कुल जनसङ्ख्याको झन्डै १३ प्रतिशत दलित भनीए पनि ५०/६० लाख भन्दा बढी जनसंख्या रहेका दक्ष सिल्पी श्रमिक मजदुरवर्ग अर्थात कथित दलितहरुले  संरचनात्मक विभेद भोगेका छन् जसको अन्त्य हालसम्म भइसकेको छैन ।जातीय अहंकार र हेपाईका व्यवहार देखिएको नेपाली समाजमा छुवाछुत् मुक्त रास्ट्र घोषणा गर्दा पनि , जातीय विभेद बिरुद्ध कानुन बनाउदा पनि , कथित दलितले आफुलाई कहिले उत्पीडित , कहिले दलित त् कहिले शिल्पी भनेर आफु माथिको उत्पीडन र विभेद मनबाट निकालेर, बिर्सेर, बेवास्ता गरेर अघि बढ्न खोज्दा पनि विभेद हराएर गएँन  । यधपी ७० बर्षमा नेपाली समाजमा कथित ठुला भनिनेहरुले हिजो जसरि दलित ,शिल्पी, उत्पीडित श्रमजीवी जनतालाई जुन शोषण गरे अहिले मात्रात्मक रूपमा कम देखिएको छ तर जातीय विभेद र छवाछूतको उत्पीडन भने अझै बाँकी छ ।

यहि उत्पीडनको पिडा बोकेर वर्ण व्यवस्थाको आधारमा ठुलो सानोको मान्यता जरो गाडेर बसेको बुझेर उखेल्लंन भनेर नेपाली समाजमा पिडित वर्गहरुले बिभिन्न काल खण्डमा स्थायी समाधानको चाह गर्दै जहाँनिया राणा शासन, एकदलीय पञ्चायती व्यवस्था तथा निरंकुश एवं सक्रिय शाहवंशीय राजतन्त्र विरुद्ध पटकपटक शसस्त्र तथा निशस्त्र जनआन्दोलन एवं हरेक संघर्ष, आन्दोलन र क्रान्तिमा सीप र ज्ञानको दक्षताको प्रयोग गरि अघिल्लो पंतिमा रहेर आन्दोलनमा  क्रियाशिल  हुदै आए । फलस्वरूप सात सालको क्रान्तिमा धेरै दलितहरु शहिद भए, २०४६ सालको जनआन्दोलनमा ४ जना शहिद भए,  जनआन्दोलनमा ११०० दलितहरुले ज्यान गुमाए तर अझै सिंगो समुदाय दमित हुदै आएका छन्  अपमानित हुदै आएका छन  । 

दलित आफैमा थर हैन । हामीले आफूलाई दलित बनाएर सानो तुच्छ बनाउन चाहेको हैन , आफूलाई दलित घोषित गरेर कसैका दयाको पात्र पनि हुनु पनि खोजेको हैन  र कसैबाट करुणाको उपकार पनि लिन चाहेको हैन भन्दै तल्लो वर्गका मानिस सम्झेर हामीहरूलाई आर्थिक, सामाजिक, धार्मिक-सांस्कृतिक, राजनीतिक, संवैधानिक, लैङ्गिक दृष्टिकोण बाट दबाउने, शोषण गर्ने गरेकाले हामीहरूलाई ‘दलित’ बनाइयो , भनियो, दमित गरियो भन्दै आफु माथिको बर्षौ देखिको शोषण र दमनको विरोध गर्दै दलितको नाममा संगठित भएर  सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक अनि शैक्षिक न्यायको माग एक थरीले गरिरहेका छन् । यो छुवाछुत बिरुद्धको संगठित आन्दोलन हो भनिरहेका छन्  । बिभेद बिरुद्धको अभियान हो भनिरहेका छन्  । जातीय बिभेद बिरुद्धको आन्दोलनमा दलित शब्द सामाजिक रुपान्तरणको अभियान हो भन्दै आएका छन् । बरु राज्य र समाजले सामाजिक,राजनीतिक, धार्मिक, सांस्कृतिक रुपमा पछी पारेर दलित बनाएको भएर यो समाजको बराबरीमा ल्याउन दलित शब्द दलित आन्दोलनको शब्दबाट आएको त हो नि !" भनेर तर्क प्राय राख्दै आएका छन् ।

अर्का थरीले आफुलाई दलित नभन, आफै दलित नहोउ र अरूलाई पनि दलित बनाइराख्ने सोच नराख । तिमीले आफैं उठ्नुपर्छ र अरूलाई पनि उठाउनु पर्छ । तिम्रा सन्तान दर सन्तान दलित नभनियुन्,’ त्यसका लागि आज देखि नै आफुलाई सिल्पी भन ,उत्पीडित भन  भन्दै आइ रहेका छन्  । आफुले आफुलाई दलित नभनी समुदाय बलियो बनाउने हो भने मात्र  पुरै समाजको नजर बदल्न सकिन्छ भन्दै आएका छन् ।

नेपाली दलित आन्दोलनले आफैले लड्दै घिस्रिदै नेपालका राजनीतिक पार्टीलाई करिव ७० वर्ष लगाएर दलित भनेको नेपालको एउटा सम्बोधन नगरी नहुने सामाजिक समूह हो भन्ने कुरा कन्भीन्स गरी छाडेको बेला अधिकांश दलित , सिल्पी , उत्पीडित समुदायका  त्यसमा पनि पढेलेखेका वौद्धिकहरू विभिन्न तर्क हालेर "दलित, उत्पीडित भन्दा सिल्पी शब्द उत्तम छ" भनेर सब्द फेर्ने अभियानमा  कस्सिएका छन । पहिला यो  बहसमा म पनि धेरैपटक सहभागि भएको छु् । आजभोलि जाँगर चल्दैन - समयको नाश जस्तो मात्र लाग्छ । "दलितलाई सिल्पी भन्नु ठीक" भनेर कसिने अधिकांश पढेलेखेका विद्वानहरू दलित शब्दले हामीलाई होच्याउँछ भन्ने तर्क गर्छन् । तर प्रश्न  तेर्शिन्छ के हामीलाई मात्र दलित शब्द बिस्थापित चाहिएको हो ?

दलित शब्द परिवर्तनका प्राथमिकता र नेपाली समाजमा हाम्रो अवस्थाको स्तर बीच सन्तुलन देखिँदैन। हामी शब्द फेर्न चाहने तर समाज गतिशील नहुने आजको समस्या हो। अत आवश्यकता हामी दलित वा शिल्पी हौ/हैनौ भन्दा पनि दलितीपन हटाउने र समता मुलक समाज बनाउने हो।अहिले पनि सार्वजनिक ठाउमा सानो जात भन्दै मरणासन्न हुने गरि कुटिने नेपाली समाजको श्रम जीवि काचो फलाम पगाल्ने बिस्वकर्मा  , जुत्ता सिउने सार्की  , लुगा सिउने दमाईहरु कुटिएको मारिएको समय समयमा हामीले सुन्दै देख्दै  भोग्दै आएका छौ । अब पिडितलाई दलित भनिएका कारणले कुटिएको भन्ने कि सिल्पी नभनिएका कारणले भन्ने ? प्रश्न तेर्शिएर बसेको छ ।

यसरि प्रश्न तेर्शिएकाले हामी समाजको, धर्मको, संस्कृतिको, राष्ट्रको विभेद बाट पीडित भएर लामो निराशामा फसेका छौ । ६० लाख भन्दा बढी  दक्ष सिल्पी श्रमिक मजदुरवर्ग हुँदाहुँदै पनि दलित आन्दोलन सफल बन्न सकेको छैन ।जातीय विभेद र छुवाछुतको समुल नष्ट गर्न हामी सबै एक भएर लड्न जरुरी भएको छ  । तर हाम्रा दिन्हुका समस्या, असंगति , भ्रमहरू र  दुर्भाग्यहरू बाट हामीलाई कहिले दलित , कहिले उत्पीडित त् कहिले शिल्पी बनाएर स्वघोघित रुपमा परिभाषित गर्दै  कितामा उभाएको छ । हामीलाई शब्दको मोह होइन, परिणाम चाहिएको छ। यसो भनेर शिल्पी शब्द ठिक होइन भनेको होइन ।  शिल्पी सब्द आफ्नो समयलाई गरिएको प्रयोग हो। यो अहिले परिक्षणको बाटोमा छ नै। तर तत्काल हामीलाई दलितीपनको अवस्थामा सुधार  चाहिएको छ, जसले हामीलाई  हाम्रो समुदाय प्रति माया, राज्यप्रति आशा र समाज प्रति विश्वास बढोस्। यसका लागि हिजो झैँ दलित नै भनिनु पर्छ भन्ने पनि छैन र दलित हैन  शिल्पी हौ भनेर चिनाउनु पर्छ भन्ने नि छैन । दलितीपनको अवस्था हटाउने कार्यक्रमका लक्ष्य, उद्देश्य र परविर्तनको मोडल बदल्नुपर्छ र दलितिपन हटाउन मेरो भूमिका के ? भनेर हामि सवैमा आत्म बोध हुनु पर्छ । अनि मात्र यो समाजको बराबरीमा उभिन सक्ने लक्ष्य सफल हुन्छ ।

वामको चुनावी सभामा बाजा बजाएको भन्दै कांग्रेस कार्यकर्ताले घर घेरेर कुटे

विभेद बिरुद्ध अभियान - ४ मंसिर,जाजरकोट । वाम गठबन्धनको चुनावी सभामा बाजा बजाएर सहभागी भएको भन्दै जाजरकोटमा कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका छन् ।छेडागाड नगरपालिका–१२ कार्कीगाउँका दलितलाई लाई कांग्रेस कार्यकर्ताले घरमै गएर कुटपिट गरेका हुन् । उनीहरुले कले दमाईकी श्रीमती मनदरी दमाई र भाइ पृथी दमाईलाई कुटपिट गरी घाइते बनाएका हुन् ।

त्यही वडाको मनघाटमा भएको गठबन्धनको चुनावी सभामा बाजा बजाएको र खाना पकाएर सहयोग गरेको भन्दै उनीहरुले घरमै आएर कुटपिट गरी घाइते बनाएको पीडित कले दमाइले बताए ।

उनीहरुले वाम गठबन्धन मुर्दाबाद नारासहित घर घेरेर ‘कार्यक्रममा किन गएको तिमी ‘डुम’ हरुको आज लास पार्छौँ’ भन्दै कुटपिट गरेको कले दमाइले बताए । उनीहरुमाथि गत शुक्रबार घरभित्रै गएर लछारपछार पारेर बाँसका लठ्ठीले कुटपिट गरेको मन्दरी दमाइले बताइन् ।

कांग्रेसका कार्यकर्ता काशीराम रोकाय, मेघ बादी, काशीराम बादी, लालबहादुर शाही, मानबहादुर सिंह, विनोद शाही, टेकबहादुर शाही र दीप मल्ल लगायतकाले कुटपिट गरेका हुन् ।

पीडितहरुले आफुलाई कार्यक्रममा सहभागी भएकै कारण कुटपिट गरिएको भन्दै जिल्ला प्रहरी कार्यलय जाजरकोटमा आइतवार उजुरी दर्ता गराएका छन् । उजुरीपछि दुवै पक्षलाई बोलाइएको बताउँदै सोमवार यसबारे छलफल गर्ने प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए । यो खबर जनता समाचारबाट लिएका हौ |

Friday, November 17, 2017

समावेशीको नयाँ बहस र दलित समुदाय - त्रिभुवनचन्द्र वाग्ले

विभेद बिरुद्ध अभियान , मङ्सिर  १ - नेपाली काँग्रेसका युवा नेता तथा रुकुमका पूर्व पार्टी सभापति मानबहादुर नेपालीले दलित, महिला, आदिवासी, जनजातिलगायतलाई राज्यका विभिन्न अङ्गमा उपलब्ध गराइका आरक्षण सुविधा एउटै व्यक्तिले कतिपटक पाउने हो भनी राज्यले स्पष्ट नीतिपर्ने बताएर नयाँ बहसको थालनी गर्नुभएको छ ।  तर, यसमा कसैले पनि गम्भीरता देखाएका छैनन् ।  नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले पार्टीको सङ्गठनात्मक संरचनामा गाउँदेखि केन्द्रीय तहसम्म ८० प्रतिशत निर्वाचित सबै तहमा महिला, दलित, जनजाति र मधेशी, अल्पसङ्ख्यक र पिछडिएको वर्गको निश्चित कोटा तोकी अनिवार्य प्रतिनिधित्व गराउनु पर्ने व्यवस्था गरेको थियो ।  समावेशी दृष्टिकोणबाट यस्तो व्यवस्था उत्तम भए पनि युवा नेता नेपालीले १३ औँ महाधिवेशन हुँदै गर्दा यस्तो व्यवस्थामा गम्भीर प्रश्न उठाउँदै आरक्षण सुविधा कसलाई कतिपटक दिइने हो पार्टीले नीति निर्धारण गरिनुपर्ने माग गर्नुभएको थियो ।  पार्टीले यदि यस्तो माग पूरा गर्छ भने आफू एक पटक मात्र आरक्षित कोटाबाट लाभान्वित हुने र त्यसपछि खुला स्थानका लागि प्रतिस्पर्धा गर्ने उहाँले बताउनु भएको थियो ।  नेता नेपालीले एकपटक आफू आरक्षित प्रणालीबाट केन्द्रीय सदस्यमा निर्वाचित भएमा अर्कोपटक पुनः आरक्षणबाट केन्द्रीय सदस्य नहुने निर्णय सार्वजनिक गर्नुभएको थियो ।  उहाँले भन्नुभएको थियो– पटकपटक आरक्षित सिटबाट निर्वाचित हुनेलाई सधैँ त्यस्तो अवसर उपलब्ध गराउनु हुँदैन ।  यसरी एकै व्यक्तिलाई पटकपटक आरक्षणको अवसर उपलब्ध गराइयो भने भने दलित समुदायका अन्य व्यक्तिको मूल प्रवाहीकरण हुँदैन भन्ने उहाँको मान्यता थियो ।  उहाँले उदाहरण दिनु भएको थियो– एउटै व्यक्तिलाई पार्टी सदस्यमा यसरी आरक्षण दिने हो भने अन्यले कहिले अवसर पाउने ।  उहाँको माग थियो एक व्यक्तिलाई एकपटकका लागि मात्र आरक्षण सुविधा दिनुपर्छ ।  

यसैगरी नेपाली काँग्रेसका नेता पदमसिंह विश्वकर्मा आरक्षणलाई वैशाखीको उदाहरण दिँदै जहिलेसम्म गोडा निको हुँदैन र जसको गोडा कमजोर छ उसैलाई मात्र वैशाखी दिनुपर्छ भन्नुहुन्थ्यो ।  उहाँ पनि आरक्षण सुविधा वा विषेश अवसरको न्यायसङ्गत वितरण होस् भन्ने चाहनुहुन्थ्यो ।   यसको मतलव उहाँले दलित समुदायलाई दिइएको कोटा वा आरक्षण सिट घटाउने भन्नुभएको होइन, बरु यसको दायरामा अवसरविहीन दलितको ठूलो सङ्ख्यालाई समेट्नु पर्छ भन्नुभएको थियो ।  अर्को दलित प्रतिस्पर्धी हुँदासम्म पार्टीको सदस्यदेखि मन्त्रीसम्म, खरिदारदेखि सचिवसम्म एउटै व्यक्तिले जीवनभर आरक्षणको सुविधा पाउनु हुँदैन भन्ने उहाँको मान्यता थियो ।  जसले एकपटक पनि यस्तो सुविधा पाएको छैन उसलाई क्रमशः सुविधा दिँदै जानुपर्छ र सुविधामा सबैको पहुँच पु¥याउनुपर्छ भन्ने उहाँको मान्यता हो तर नेताद्वय नेपाली र विश्वकर्माले जसरी यस सन्दर्भमा स्पष्टसँग कसैले पनि आफ्ना भनाइ राख्न सकेका छैनन् ।  

खाससगरी निर्वाचनको सन्दर्भमा नेता नेपालीले भने जस्तो प्रश्नमा अन्य पार्टीका दलित नेताले ध्यान दिनुपर्ने भएको छ ।  एकपटक अवसर पाएका व्यक्तिको सम्पर्क, व्यक्तित्व तथा आर्थिक हैसियत पनि ऊ सरहकै साथीको तुलनामा माथि उठेको हुन्छ ।  अनि उसैको प्रभावमा पटक पटक एकै व्यक्तिलाई आरक्षण दिँइदा एउटा व्यक्ति उक्त लक्षित समुदायको औसत सामाजिक अवस्थाबाट माथि उठेर राष्ट्रिय हैसियतमा पुग्ला तर दलित तथा समग्र समुदायको अवस्थामा अपेक्षित परिवर्तन आउने छैन ।  

पार्टीका महामन्त्री डा. शशाङ्क कोइरालाले आफूलाई सुनाउनु भएको सन्दर्भ उल्लेख गर्दै नेता नेपालीले भन्नुभयो –बी.पीले सानो छँदा शशाङ्क कोइरालालाई भारतका चर्चित दलित नेता जगजीवन रामको घरमा लैजानु भएछ ।  बस्तीका हजारौँ झुपडीबीच एक आलिसान महलमा बस्नुहुन्थ्यो जगजीवन राम ।  झुपडीमा बस्ने दलित जगजीवन राम घर आउँदा जाँदा लाम लागेर ढोग÷नमस्कार गर्थे ।  आरक्षण सुविधाले जगजीवन र उहाँजस्ता केही नेताको जीवनस्तरमा सुधार आएको भए पनि झुपडपट्टीमा बस्ने आमदलितकोे जीवन जस्ताको त्यस्तै थियो ।  भारतमा आरक्षण सिद्धान्तको गलत प्रयोगले एक नयाँ सामन्ती वर्गको उदय भएको छ ।  यसैको कारण भारतमा आरक्षणको शैक्षिक सुविधामा ‘क्रिमी लेयर’ को अवधारणा लागू गरिएको छ ।  नेपालमा पनि पटकपटक एकै व्यक्तिले यस्ता अवसर पाउनु हुँदैन र त्यस्तो सुरुवात आफैँबाट होस् भन्ने राजनीनिक घोषणा गर्ने हिम्मत काँगे्रस नेता नेपालीले मात्र गर्नु भएको छ ।  नेपाली काँग्रेसमा मात्र होइन एमालेमा पनि एउटै दलित नेताले पटकपटक अवसर पाएका छन् ।  तलदेखि माथिसम्म ऊ बाहेक अरूले अवसर नपाउने अवस्थाको विकल्प खोज्ने सहास ती नेताले गरेका छैनन् ।   

यसपटक काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गराउँदा पुराना (एकपटक अवसर पाएका) लाई पुनः उक्त पदको उम्मेदवारीमा नदोहो¥याउने निर्णय गरेको थियो ।  तर, फेरि केही विशेष व्यक्तिलाई ती पदमा ल्याउनै पर्ने भएपछि ‘राष्ट्रिय जीवनका व्यक्ति’ लाई यस्तो निर्णय लागू नहुने प्रावधान सो निर्णयमै घुसाएको थियो ।  पछि यही प्रावधानलाई आधार बनाएर आफ्ना खेमाकालाई ‘राष्ट्रिय जीवनका व्यक्ति’ भन्दै अवसर उपलब्ध गराइएको छ ।  आफैँले गरेको निर्णय लागू गर्न नेपाली काँग्रेसको वर्तमान नेतृत्वले ध्यान दिएन बरु प्रावधानको खुकुलोपनको दुरुपयोग गर्दै आफ्ना मानिसलाई अवसर दिएको छ ।  नेपालले अवलम्बन गर्दै गरेको समानुपातिक पद्धतिको प्रतिफललाई सामाजिक न्यायपूर्ण तरिकाले वितरण गर्न सकिएन भने भारतमा जसरी यहाँ पनि नयाँ वर्गको जन्म हुनेछ ।  यसले समग्र दलित समुदायको विकास उत्थान होइन बरु समुदायमा एक प्रकारको वैमनश्यता र मनोमालिन्यको अवस्था सिर्जना गर्नेछ ।  नेपाली काँग्रेसमा मात्र होइन खासगरी एमालेमा केही दलित नेता हुनुहुन्छ जो निरन्तर सरकारी लाभको पदमा रहदै आउनु भयो र राजनीतिमा पनि आरक्षणको सुविधा उहाँहरुले नै पाइरहनु भएको छ ।  नेता पदमसिंह भन्नुहुन्थ्यो– ‘जो अघि लाग्यो उसैले भाग खायो’ तलदेखि माथिसम्म एउटालाई मात्रै अगाडि लगाइएपछि उसैले मात्र माग खानु स्वाभाविक पनि हो ।  वडाध्यक्ष बनाइएको व्यक्ति नै मेयरका लागि योग्य हुँदै जान्छ ।  उसैले सांसद्का लागि तयारी गर्छ र मन्त्री हुने व्यक्तित्व निर्णण गर्छ ।  यस्तो अवस्थामा सुधार गर्न आरक्षणजस्तो सुविधा वा अवसरको न्यायोचित वितरणका लागि नेपाली काँग्रेसका नेता पदमसिंह विश्वकर्मा र मानबहादुर नेपालीले उठाउनु भएका प्रश्नमा काँग्रेसमात्र होइन अन्य पार्टी र राज्य स्वयम स्पष्ट हुनुपर्छ ।  जीवनभर सुविधा र अवसरको समानुपातिक वितरण हुनुपर्छ भनेर हिँड्नु भएका पदमसिंहलाई सांसद बनाइएन ।  अन्य केही दलित नेताले दर्जनौँपटक यस्ता सुविधा प्राप्त गरेका छन् ।  फेरि आउने सुविधा पनि उनीहरुकै लागि सुरक्षित छन् ।  नेपाली समाजमा प्रचलित उखान ‘कसैलाई माथामाथ कसैको पुर्पुरोमा हात’ भनिएझैँ भयो भने समानुपातिक समावेशी नेपालको स्थापना हुन सक्दैन ।  दलितको सन्दर्भमा मात्र होइन आरक्षण पाएका सबै समुदायको सन्दर्भमा यी मान्यताले गम्भीर महìव राख्ने भएकाले सबैले ध्यान दिनुपर्ने देखिएको छ ।  -गोरखापत्र दैनिक बाट

Thursday, November 16, 2017

ब्लड क्यान्सर पिडित गिता नेपालीलाई संजालले जुटायो आर्थिक सहयोग

विभेद बिरुद्ध अभियान -  भरतपुर,३०  कात्तिक – ब्लड क्यान्सर भएर आर्थिक अभावका कारण उपचार गर्न नसकि रहेकी पर्बत जिल्ला घर भै हाल चितवनको भरतपुर स्थित  अस्थाइ  बस्दै आएकी गिता नेपालीलाई आर्थिक सहयोग प्राप्त भएको छ । "दलित एकता सन्जाल नेपालको नेतृत्वमा क्यान्सर पिडित गिता नेपालीलाई एक कार्यक्रमको आयोजना गरि तत्काल उपचारका लागि भन्दै पर्बत युवा सेवा समाज कतार बाट प्राप्त  १४,०००।-- रुपैया,दलित एकता सन्जाल कतारबाट प्राप्त ८३,१५०।-- रुपैयाँ र दलित एकता सन्जालका पुर्बसचिब दधिराम परियार बाट  ३,०००।-- रुपैया सहयोग गरि जम्मा  १ लाख एक सय पचास रुपैया सहयोग हस्तान्तरण गरिएको हो ।
भरतपुर स्थित गिता नगर,साझा टोलमा पिडित गिता नेपालीको निवासमा चलेको सहयोग हस्तान्तरण कार्यक्रममा टोलका समाजसेवी , बुद्दिजिवी,महिला समुहकी प्रतिनिधी लगाएत दलित एकता सन्जाल आइ सि सि का पुर्ब सचिब दधिराम परियार ,संजाल चितवनका अभियन्ताहरु कालिका बि.क., सोचना राम्दाम, त्यस्तै गरि बिनइ तृबेनी गाउपालिकाका  संजाल अध्यक्ष भिम ब. बि.क.,कोषाध्यक्ष अशोक सार्की,सम्पर्क सम्योजक सोभा परियार,अभियन्ता राधिका परियार,अभियन्ता निरमाया नेपाली लगायत पिडित गिता नेपाली र वहाकी दिदिको उपस्थित रहेका थियो  । 

स्वास्थ्योपचारका लागि सबैतिर हारगुहार गरिरहेको र सवैसंग याचना गरेको सुने पछि पर्बत युवा सेवा समाज कतारका अध्यक्ष चिन्तामणी पौडेल , आर्थिक संयोजक लेखनाथ रिमाल एव कतारमा रहेका पीडितका आफन्त तथा दलित एकता सन्जाल नेपाल - कतार अभियन्ता राम प्रसाद गौतम र कतारमै कार्यरत अभियन्ता याम रसाइलीले सुरु गरेको अभियान मार्फत सहयोग जुटेको बताउदै समन्वय कर्ता तथा सहयोगी बिर बहादुर नेपाली (बिरेन हिताङ्ग) ले सहयोग गर्नु हुने सम्पुर्ण लाई ह्र्दय देखि नै धन्यवाद व्यक्त गर्दै उपचारका लागि लामो समय र धेरै रकम खर्च लाग्ने र निजको आर्थिक स्थितिले सम्भव नहुने भएकोले पिडित गिता नेपालीको सम्पर्क: +९७७९८०५१६०९३९ वा आफुलाई यस नम्वरमा ९७७९८०३५३८१८१ सम्पर्क गरि देश बिदेशमा रहनु भएका सम्पूर्ण संघसंस्थाहरु एवं नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा  आ-आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोग गरिदिनुहुन समेत विनम्र अनुरोध गरेका छन् ।

Monday, November 13, 2017

कोमामा रहेका सार्कीको परिवारलाई घर हस्तान्तरण

विभेद बिरुद्ध अभियान , २७ कार्तिक ।साउदी अरबबाट कोमामा फर्केका रामकृष्ण सार्कीको परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ । सामाजिक सञ्जाल अभियान मार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट संकलित रकमले वैदेशिक रोजगारका लागि साउदी अरब पुगेर चार वर्षअघि कोमामा फर्किएका चाँगुनारायण नगरपालिका–४ संगम टोलका ४३ वर्षीय रामकृष्ण सार्कीको परिवारलाई घर निर्माण गरि हस्तान्तरण गरेको छ । सार्कीको परिवार ०७२ वैशाखको भूकम्पका कारण घर भत्किएपछि करिब ३० महिनायता कुखुरा पाल्न बनाइएको टहरामा बसोबास गरिरहेका थिए ।
सामाजिक सञ्जालबाट दिनदु:खीहरुको सेवामा कार्यरत सामाजिक अभियन्ता ढिकुरपोखरी–६ पाउदुरकोट कास्कीकी सरिता गुरुङले शुक्रबार घर हस्तान्तरण गरेकी हुन् । गुरुङले सामाजिक सञ्जाल अभियानमार्फत संकलित रकमबाट चारकोठे भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएकी हुन् । सार्कीको आवास पुनर्निर्माणको लागि विभिन्न सामाजिक सञ्जाल मार्फत ११ लाख १२ हजार ५ सय ५५ रुपैंयाँ संकलन भएको उनले बताइन् ।
सार्कीको आवास पुनर्निर्माणका लागि सरिता गुरुङ फाउन्डेसनले डेढ लाख सहयोग गरेको उनले बताइन् । ‘वैदेशिक रोजगारका लागि साउदी पुगेका रामकृष्ण कोमामा फर्केपछिको अवस्था हेर्दा माया लाग्यो’, गुरुङ्गले भनिन्,‘सहयोगी हातहरुको सहयोगमा घर बनाउन सफल भयौं ।’ सार्कीको घर निर्माणका लागि एभरग्रीन ग्रुप युके, नेप्लिज ब्रदर हङकङ, अनुप गुरुङ यूएसए, राजु फोम्बो सिंगापुर, बबिता गुरुङ युके, दिदीबहिनी ग्रुप युके,रचना प्रधान हङकङ, फेन्स फर लाइफ, देवेन्द्र गिरी, लीला श्रेष्ठ ज्योति, विष्णु घोताने गुरुङको विशेष सहयोग रहेको गुरुङले बताएको कान्तिपुर दैनिकमा खबर छ ।
सामाजिक अभियान मार्फत निर्मित घरको साँचो ग्रहण गर्दै रामकृष्णकी ७० वर्षीया आमा माया मगरातीले खुशीको आँसु झार्दै सहयोगी हातहरुलाई धन्यवाद दिइन् ।

२ महिना दलित भएर बाँच्दा दमन महसुस गर्ने मौका पाएँ -अभिनेता विपिन कार्की

अभिनेता विपिन कार्कीलाई उनको खास नामबाट धेरैले चिन्दैनन् । फिल्म ‘पशुपतिप्रसाद’को ‘भष्मे डन’ र ‘छड्के’को ‘बिन्दु’ नचिन्ने फिल्मपारखी कमै होलान् । प्रतिभाशाली अभिनेताका रूपमा प्रशंसित विपिनले १० वर्षअघि रंगमञ्चबाट अभिनय थालेका थिए । उनले करिब दुई दर्जन नाटक र आधा दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनीसँग अनिल यादवले  कुराकानी गरेका छन् :
अभिनय तपाईंको पुरानै गन्तव्य हो ?
होइन । यो त हिँड्दै गर्दा पहिल्याएको लक्ष्य हो । साथीसंगतले अभिनयमा लागेको हुँ । खासमा नाटकको नियमित दर्शक थिएँ । दर्शककै रूपमा रंगकर्मीहरूसँग चिनजान पनि हुन थाल्यो । बिस्तारै ब्याकस्टेजमा काम गर्न थालेँ । गुरुकुलमा सेट असिस्टेन्ट हुँदै एक्टर बनेँ ।

भनेपछि अभिनेता बन्ने कुनै लक्ष्य थिएन ?
एसएलसी सकाएपछि ०५६ सालतिर म गाउँबाट राजधानी आएको हुँ । अभिनय मेरो सोचाइमै थिएन । नाटक हेर्ने बानी चाहिँ प्लस टू पढ्दादेखि नै बसेको थियो । त्यतिबेला गुरुकुलमा आरोहण शनिवार भनेर महिनाको एकपल्ट नाटक हुन्थ्यो । त्यहाँ पहिलोपल्ट ‘कुमारी’ नाटक हेरेको थिएँ । गम्भीर र रमाइलो खालको थियो । दोहो¥याएर हेरेँ । नाटकप्रति यति धेरै लोभिएँ कि स्टेजमा काम गर्नका लागि रंगकर्मीसँगै हिँड्न थालेँ । सेटमा रङ लाइदिने कामहरू गर्न थालेँ । पत्तै नपाई कलाकार भएछु । मेरा गुरु सुनील पोखरेल सधैँ भन्नुहुन्थ्यो– ‘जति नै माथि पुगे पनि आफ्नो धरातल कहिल्यै नबिर्सनू ।’ आफ्नो धरातल बनाउनकै लागि मैले रंगमञ्चमा ब्याकस्टेजबाट काम गर्न सुरु गरेको हुँ ।

फिल्म ‘पशुपतिपसाद’मा तपाईंले निर्वाह गर्नुभएको ‘भष्मे डन’को भूमिका प्रशंसित भयो । फान अवार्डमा उत्कृष्ट खलपात्र चुनिनुभयो । कति गाह्रो थियो यो भूमिका गर्न ?
    मैले समय र मेहनतले भ्याएसम्म काम गरेको थिएँ । फिल्मबाट प्राप्त प्रतिक्रियापछि इमानदार भएर काम ग¥यो भने दर्शकले स्विकार्नुहुन्छ भन्नेमा विश्वस्त भएको छु । हरेक क्यारेक्टर गर्दा चुनौती त हुन्छ नै । ‘भष्मे डन’ बन्नका लागि पनि मैले निकै मेहनत गरेको थिएँ । दुई महिनाअघिदेखि नै मैले भष्मेले जस्तै भासिएको स्वरमा अभ्यास गर्न थालिसकेको थिएँ । यतिसम्म कि मैले फिल्मका निर्माता र निर्देशकलाई ‘मेरो स्वर बनावटी नभएर साँच्चीकै भासिएको हो’ भनेर सबैलाई भनिदिन आग्रह गरेको थिएँ । उहाँहरू पनि राजी हुनुभएको थियो । त्यसैले सुटिङमा सबैले मेरो बोली यस्तै हो भन्ने ठाने । फिल्ममा वृद्धाश्रमकी आमा बनेर अभिनय गर्नुभएकी मिश्री थापासँगको त रमाइलो प्रसंग नै छ । उहाँले मेरो स्वर भासिएको ठानेर जेठी मधु ल्याएर दिनुभयो । मैले पनि धन्यवाद भन्दै खाइदिएँ । पछि वास्तविकता थाहा पाइसकेपछि त ‘मान्छेलाई झुक्याउने हो यसरी ?’ भन्दै साफ गाली गर्नुभएको थियो ।
प्रत्येक फिल्ममा तपाईं फरकफरक भूमिका र गेटअपमा देखिनुभयो । फिल्मका कुनै पनि पात्रसँग तपाईंको लुक्स त मिल्दैन रहेछ नि ?  
हो । त्यसैले मलाई बाटोमा हिँड्दा धेरैले चिन्दैनन् । यसले फाइदा–घाटा के पु¥यायो ? त्यो त मलाई थाहा छैन । तर, यही नै मेरो स्टाइल हो ।

यतिसम्म कि तपाईंलाई ‘छड्के’मा ‘बिन्दु माझी’का रूपमा देखेका दर्शकले ‘पशुपतिप्रसाद’मा चिनेनन् ?
मैले गर्न खोजेकै त्यही हो । मेरो एउटा पात्र अर्को पात्रसँग नमिल्नु नै मेरो सफलता हो । स्क्रिनमा देख्दा त्यसरी नै देखेर होला, फटाहा रोल नै अफर आएको । हिजो भर्खर एकजना सर फिल्मका लागि अफर गर्न आउनुभएको थियो । उहाँले पनि मलाई चिन्नुभएन । मेरो छेउमै हुनुहुँदो रैछ तर मलाई खोजेको खोज्यै । के कपडा लगाउनुभएको छ भनेर सोध्दा पो थाहा भयो– छेउमा उभिएको मान्छे नै पो उहाँ हुनुहुँदो रैछ । धेरैले मलाई हिपहप होला, चस्मासस्मा लगाउला, क्याप उल्टो लगाउला, आचउच गर्दै आउँछ होला भन्ने ठान्दा रैछन् । पछि सिम्पल देखेपछि छक्क पर्छन् । अर्को कुरा, धेरैले मलाई फरकफरक क्यारेक्टर गर्न पाएकोमा भाग्यमानी भन्छन् । तर, मलाई लाग्छ मैले फरकफरक क्यारेक्टर पाको होइन, गरेको हो । बिन्दु र भष्मेको क्यारेक्टर पनि लगभग उस्तैउस्तै थियो । मैले फरक बनाएको हो । म भरसक एकचोटि गरेको कुरा फेरि नदोहो¥याउने प्रयास गर्छु ।

तपाईंलाई निर्वाह गर्न गाह्रो भएको अरू कुनै भुमिका छ त्यस्तो ?
मैले अहिलेसम्म गरिरहेको भूमिकाभन्दा फरक छ फिल्म ‘जात्रा’मा । उट्पट्याङ र फटाहा खालको रोल भएको भए त मलाई गाह्रो लाग्दैनथ्यो । बानी परिसक्यो जस्तो लाग्छ । तर, ‘जात्रा’मा मेरो भिलेनबाट हिरोको रूपमा प्रमोसन भएको छ । भन्नाले म फिल्ममा लिड रोलमा छु ।
मैले अहिलेसम्म गरिरहेको भूमिकाको प्रकृतिभन्दा बिलकुल फरक छ । म यसमा एकदमै नरम र डरपोक क्यारेक्टरमा छु ।

चरित्रलाई जीवन्त बनाउन केके गर्नुहुन्छ ?
स्क्रिप्ट पढेपछि मात्र म त्यो क्यारेक्टरका बारेमा सोच्छु । कि म त्यो प्रकृतिको क्यारेक्टर खोज्छु कि पहिल्यै नै खोजिसकेको हुन्छु । जस्तो– ‘भष्मे’को क्यारेक्टर पनि मेरो स्टक क्यारेक्टर थियो । दुई वर्षअघि नै मैले त्यस्तो खाले क्यारेक्टर भेटाएको थिएँ । एकदम  रमाइलो लागेर उसलाई पछ्याएको थिएँ । साथी बनाएको थिएँ । ‘भष्मे’का लागि त्यो क्यारेक्टर म्याच हुन्छ जस्तो लाग्यो । अनि निर्देशकसँग कुरा गरेँ । उहाँले पनि राम्रो हुन्छ भन्नुभयो । त्यस्तै, मैले ‘छड्के’मा गरेको क्यारेक्टर पनि देखेभोगेकै हो । पशुपतिमा एकजना बाबालाई भेटेको थिएँ । एकदम रमाइलो लाग्यो । उहाँको हँसाइ, ननस्टप बोल्ने शैली मन प¥यो । रातभर उहाँसँग गफिएँ । उहाँको भिडियो नै खिच्न लगाएँ साथीलाई । भिडियो हेर्दै अभ्यास गरेँ । अनि निर्देशक निगम श्रेष्ठलाई देखाएँ । उहाँले ‘एकदम राम्रो छ, यसलाई नै वाइल्ड बनाऊ’ भन्नुभयो । त्यसपछि एकछिनमै टेम्परमा आउने, एकछिनमै कमेडी गर्ने ‘बिन्दु’को जन्म भयो ।

‘जात्रा’मा पहिलोपल्ट भिलेनबाट हिरो हुनुभयो । पहिलोपल्ट हिरोइन पाएको पनि सायद यही फिल्मबाट हो ?
हो नि । यहाँ त श्रीमती नै छिन् । हुन त नाटकमा पहिल्यै जोडी पाएको थिएँ । फिल्ममा चाहिँ पहिलोपल्ट हो । ‘मेरो गर्लफ्रेन्ड छ’ भनेर गफ दिन चाहिँ पाइएको थियो है फिल्ममा पनि । नढाँटी भन्नुपर्दा मलाई सुरुमा हिरोइनसँग काम गर्न एकदम लाज लाग्थ्यो । अरूलाई बुढी भन्न निकै लाज लाग्थ्यो । गुरुहरूले पनि कति लजाको भन्थे । तर, मेरो कोआर्टिस्ट वर्षा राउत सहयोगी भएकाले सजिलै भयो ।

पर्दामा त विभिन्न चरित्र भएर बाँच्नुभयो । वास्तविकतामा कहिल्यै अर्कै मान्छे भएर बाँच्नुभएको छ ?
पर्दाको लागि वास्तविकतामा पनि अर्कै क्यारेक्टर भएर बाँचेको छु । म जुन क्यारेक्टर गर्न लागेको हुन्छु, त्यो पर्दाबाहिर पनि गर्ने कोसिस गरिरहन्छु । मैले फिल्म ‘कालो पोथी’मा दलित मुगेलीको भूमिका गरेको छु । म विराटनगरको मान्छे, माथिल्लो कर्णालीको मान्छेको भूमिका गर्नुपर्ने भयो । खस भाषा बोल्नुपर्ने । कहिल्यै नसुनेको मान्छेले त्यो भाषा बुझ्दै–बुझ्दैन । त्यही भएर म दुई महिनाअघि नै मुगु पुगेँ । मैले गर्ने रोलका लागि कपडा खोज्न थालेँ । एकजना बुढाको पुरानो लुगा मागेर ल्याएँ । सुटिङ सकाएपछि मात्र मैले त्यो लुगा फुकालेको थिएँ । सुटिङ सुरु हुनु दुई महिनाअघि मुगुको गाउँमा पुगेर एकजना दलितकै घरमा बसेँ, आफूलाई दलित नै भनेर । दलितकै जीवन बाँचेँ ।

दुई महिना दलित भएर बाँच्दा कस्तो महसुस भयो ?
पहिलेदेखि नै हेपाइ खाँदै आएको मान्छे भएको भए सायद मलाई त्यति पीडा महसुस हुँदैन थियो । तर, दलित भएर बाँच्दा धेरै गाह्रो भयो । त्यतिबेला दसैँको बेला थियो । म त दलितहरूसँगै दमाहा बजाउन पनि गइदिन्थेँ । त्यतिबेला अरूले छेउमा बस्न पनि दिँदैन थिए । दलित भएको थाहा पाउनासाथ ‘पर जा’ भन्ने । हेप्ने प्रवृत्ति एकदमै धेरै । चियापसलमा गएर पसलेलाई ‘चिया बनाउनुस्’ भन्दा पनि पसलेले भारतबाट पैसा कति बोकेर आएछ भन्ने । दलित भन्नेबित्तिकै ‘तिमी’ भनेर सम्बोधन गर्न नहुने ठान्दा रैछन । ‘तँ’ भनेर सम्बोधन गर्न थालिहाल्दा रहेछन् । दलितमाथिको भेदभाव देखेर निकै भावुक भएँ । दुई महिना दलित भएर बाँच्दा त यस्तो भयो, साँच्चीकै दलितलाई त कति दमन रहेछ ? त्यो महसुस गर्ने मौका पाएँ । दुई महिना दलित बन्दा दुनियाँ बुझियो ।

फिल्म गर्नुअघि तपाईंका शर्त केके हुन्छन् ?
अरूलाई त म शर्त राख्दिनँ, तर फिल्म गर्नुअघि निर्देशक र निर्माताको पहिलेको काम हेर्छु । फिल्मलाई जोक नसम्झिने, यो पनि आर्टको विधा हो भन्ने खालको मेकरसँग काम गर्न मन लाग्छ । कमै पैसा दिए पनि राम्रो फिल्म बनाउन चाहनेसँग काम गर्छु । किनकि, भोलि गएर यो मैले खेलेको फिल्म हो भन्न मलाई लाज नहोस् । झण्डै ५० वटाजति फिल्मको अफर मलाई आइसक्यो । मैले विभिन्न बहाना बनाएर गरिनँ । गलत फिल्म नगरूँ भन्ने लाग्छ ।

#साभार शुक्रबार

राजनीतिक दलले समानुपातिकको दलित कोटामा गैरदलितलाई उमेद्वारी बनाए

विभेद बिरुद्ध अभियान , २७ कार्तिक ।आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नौं राजनीतिक दलले समानुपातिकतर्फ दलित कोटामा गैरदलितलाई उमेद्वारी बनाएका छन् । निर्वाचन आयोग नेपालले गत १७ कार्तिकमा प्रकाशति गरेको समानुपातिकको बन्द सूचीमा १७ जनागैरदलितलाई दलितको कोटामा राखिएको छ ।

दलितको कोटामा कांग्रेस, नकपा माले, संघिय समाजवादी फोरम, नेपाल मजदुर किशान पार्टी, एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी, लिवरल डेमोक्रेटिभ पार्टी र युवा नेपाल पार्टीले एक, एक जना, जनसमाजवादी पार्टी नेपालले चार, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चले चार, युवा नेपाल पार्टीले दुई जना गैरदलितलाई उम्मेद्वार बनाएका छन् ।

दलित कोटामा गैरदलितको नाम राखेको बिरोध गर्दै युथ एलायन्स, दलित सरोकार मञ्च र दलित अधिकारकर्मीहरु शुक्रबार निर्वाचन आयोगमा डेलिगेसन गएको थियो । उनीहरुले सूची सच्याउन माग गर्दै निवेदनसमेत दिइएको छ । दलित युथ एलायन्सका अध्यक्ष दिपक सोनीले भने, ‘कतिपय दलहरुले समानुपातिकका दलितका कोटाअनुसार नाम नै सिफारिस गरेका छैनन् र कतिपयले गैरदलितलाई सिफारिस गरेका छन् । यसलाई सच्याउनको लागि माग गर्दछौँ । हामीले दलित अयोगमा रजिस्टर भएको सम्पूर्ण थर समेत बुझाएका छौँ ।’

दलितको कोटामा जाने गैरदलित:
राजपाले दलित नै पठाएन
राष्ट्रिय जनता पार्टिले दुई नम्बर प्रदेशबाट समानुपातिकतर्फ एक जना पनि दलितको उमेद्वार बनाएको छैन । यस विषयमा दलित सरोकार मञ्चका भोला पासवानले भने, ‘दुई नम्बर प्रदेशमा १७.२८ प्रतिशत दलितको जनसंख्या छ । तर, राजपाले एक जना पनि समानुपातिकमा उमेद्वार पठाएको छैन । संविधान त यस प्रदेशबाट कम्तिमा ७ जना दलितलाई उम्मेदबार बनाउनु पर्ने थियो, त्यसैले हामीले सूचीलार्ई सच्याउनको माग गर्दछौँ ।’

उनले राजपाले दलित कोटामा तोकिएभन्दा निकै कम दलित उमेद्वार बनाएको पनि जानकारी दिए । राजपा नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ वर्खिलाप गरेको उनको भनाई छ । एमाले र माओवादी केन्द्रले पनि १५ जना दलितको सूची बुझाउदा एक जना पनि मधेसी दलितलाई नपार्नु पनि दुखद रहेको उल्लेख गरे ।

सच्याउन सकिन्छ
नवराज ढकाल, प्रवक्ता, निर्वाचन अयोग नेपाल

समस्या आएको खण्डमा आगमी २५ गतेसम्म दावि, विरोध गर्न पाइन्छ । त्यसैले, निवेदन नै दिनको लागि हामीले २५ गतेसम्मको लागि समय तोकेका छौँ । सार्वजनिक रुपमै विरोध गर्न पनि पाइन्छ । यो सूची हामीले भन्दा पनि दलहरुले ल्याउने भएकाले उहाँहरुकै अनुसार दर्ता गर्छौँ । पत्रको आधारमा हामीले नाम दर्ता गर्ने हो । दलितको कोटामा गैरदलितलाई राखेको भन्दै उहाँहरुले निवेदन दिनुभएको छ । यस विषयमा हामीले छानविन गर्छौँ । यदि साँचो हो भने सच्याउन सकिन्छ ।

#विश्वास खड्काथोकी / नयाँ पत्रिका बाट साभार 

Thursday, November 9, 2017

जात बदलेर थरमा खोजिने आत्मसम्मान - सुभाष नेपाली

विभेद बिरुद्ध अभियान - कार्तिक २३ -“अहिले नै दलितहरू हिन्दू वर्णव्यवस्था र त्यसको सौन्दर्यशास्त्रले सिर्जना गरेको जालमा फँस्दै जाने हो भने गैरदलितले निर्माण गरिदिएका मिथक र भाष्य हामीले नयाँ पुस्ताका लागि छाडेर जानु पर्ने छ ।”
आफ्नै सन्तानले उसका साथीसँग तपाईंंलाई परिचित गराउन संकोच मानेको थाहा भए तपाईंलाई कस्तो अनुभूति होला ? त्यसमाथि आफ्ना छोराछोरीले विद्यालयमा अपमानित हुनबाट बच्न परिचय गराउन इन्कार गर्दा दलित अभिभावकको कस्तो मानसिक दशा बन्ला ? यो धेरैको लागि काल्पनिक समस्याजस्तो लाग्न सक्छ । तर, नेपालका दलित समुदाय भने यस्तै समस्या भोग्न बाध्य छन् ।

कक्षा आठमा पढ्दै गरेकी १३ वर्षकी मेरी भाञ्जी आफ्ना अभिभावक उनको विद्यालयमा नआउन् भन्ने अपेक्षा गर्छिन् । धेरैपटक अभिभावक भेला र अन्य समारोहमा मुखै फोरेर नआउन आग्रह गरेको म आफैले पनि देखेको–सुनेको छु । यसो हुनुको मुख्य कारण होः उनको बुबाको नागरिकतामा जात ‘सार्की’ लेखिएको हुनु । नेपालमा ‘सार्की’हरू छाला–जुत्ताको काम गर्ने जातको रूपमा परिचित छन् । विद्यालयमा आफ्नो जातको सट्टा ‘वस्याल’ थर लेखाएकी भाञ्जीलाई ‘जुत्ता सिउने जातकी छोरी’को रूपमा परिचित र अपमानित हुन नपरोस् भन्ने चिन्ता हो । यो त एउटा प्रतिनिधि घटना मात्रै हो ।

वस्याल थर ब्राह्मण जातको थरसँग मिल्ने हुनाले भाञ्जीमा अपमानित हुनु पर्दैन भन्ने मानसिक छाप परेको छ । मेरी भाञ्जीको जस्तो मानसिकता धेरैमा पाइन्छ, तर यस्तो मानसिकता सामाजिक न्यायको संघर्षसँग बाझिन्छ । मेरी दिदी विद्यार्थी–जीवनदेखि नै दलित अधिकारका लागि संघर्षरत हुनुहुन्छ । दलित अधिकार सामाजिक न्याय र परिवर्तनको लडाइँसँग गाँसिएको छ । यसरी गाँसिए पनि भाञ्जीलाई आफ्नी आमा सामाजिक न्याय र परिवर्तनको लागि संघर्षरत व्यक्ति भनेर चिनाउन लज्जाबोध हुन्छ ।

सात दशक लामो सामाजिक न्याय र आत्मसम्मानको आन्दोलनमा होमिएका नेतृत्वकै सन्तानमा पनि दलित पहिचान देखाउन प¥यो भने लाज मान्छन् । उनीहरूले समेत आफूलाई ‘दलित समुदाय’को भनेर स्वीकार्न हिच्किाएको वा दलित पहिचानलाई नकारेको अवस्था छ । यस्तो अवस्थामा गैर–दलित समुदायबाट कसरी सामाजिक सम्मानको आशा गर्न सकिन्छ ? यो गम्भीर र सोचनीय विषय हो ।

मरे/मारेको जनावरको छालाबाट मान्छेको शरीर ढाक्ने वस्त्र, जुुत्ता र अन्य औजारको उत्पादन गर्ने आदि–जात दलितका पुर्खा थिए । नेपालको सन्दर्भमा छालाको पेसा–व्यवसाय गर्नेलाई सार्की÷चमारको रूपमा चिनिन्छ । उनीहरूले काँचो छालालाई प्रशोधन गर्न औजारको निर्माण गर्ने, सही रुखबिरुवा र माटोढुंगाको पहिचान गर्ने तथा रुखबिरुवाका पात र बोक्रालाई उपयुक्त मात्रामा माटोढुंगा मा मिश्रण गर्ने विधिको आविष्कार गरेका थिए (इलैया सन् २००९) । यसप्रकारका विधिविधानलाई उपयोगी बनाउनेलाई वैज्ञानिक भनिन्छ (नेपाल प्रज्ञा–प्रतिष्ठान २०६७) ।

यसरी विज्ञान र कलासँग जोडिएको छ छालाजुत्ताको काम । यस्तो काममा जोडिएका छन् सार्की समुदायका पुर्खा । यस्तो वैज्ञानिक र कलात्मक पेसा गर्ने आफ्ना बाजे–बराजुको जीवनलाई सम्मान गर्नुपर्छ । यस्तो सोच भाञ्जी र युवा पुस्तामा आउन नसक्नुका पछाडि धेरै कारण हुन सक्छन् । तर, प्रमुख कारण भने काम वा पेसासँग जोडिएको शुद्ध÷अशुद्ध, उँच÷नीच, पवित्र÷अपवित्रजस्तोे अवधारणासहितकोे हिन्दू वर्णव्यवस्था हो । यो वर्णव्यवस्थामा छालालाई अशुद्ध र अपवित्र मानियो, छाला–जुत्ताको पेसा गरी आफ्नो जीविकोपार्जन गर्ने जातलाई नीच (इलैया सन् २००९) । र, ईसा–पूर्व २०० मा मनुले अशुद्ध, नीच र अपवित्र ठह¥याइएका जातलाई अछूत बनाए । त्यही व्यवस्थालाई नेपालका शासक वर्गले पनि अपनायो (आहुति २०६७) ।

नेपालमा पनि विज्ञान र कलासँग जोडिएका पेसा–व्यवसाय र त्यस्तो पेसा–व्यवसाय गर्ने जातलाई कानुनी रूपमा नीच, अपवित्र र अशुद्ध ठह¥याइयो । १९१० सालको मुलुकी ऐनमा विज्ञान र कलासँग जोडिएका पेसा–व्यवसाय गर्ने कामी, दमाई, र सार्कीजस्ता जातलाई पानी नचल्ने र छोईछिटो हाल्नुपर्ने ‘अछूत’ जातमा वर्गीकरण गरियो (होफर सन् २०१२) । उनीहरूका कामलाई सानो दर्जाको काम भनेर समाजमा चिनाइयो । यसकै आधारमा अपमानित पेसाको रूपमा स्थापित गरियो ।

कानुनको सहारामा यस्ता पेसा र व्यवसायीलाई समाजको तल्लो तहमा राख्दै राज्यले नै जातीय विभेद–छुवाछूतलाई संस्थागत गर्दै गयो । यो क्रम २०४६ सालसम्मै रह्यो भने विभिन्न कोणबाट त्यसको प्रतिरोध पनि हुँदै आयो । २०४६ सालपछि दलित समुदायमा चेतना वृद्धि भएकै कारण जातको बदलामा कतिपय दलितको थर माथिल्ला जातसँग मिल्ने हुनाले थरगोत्र लेख्न थाले (आहुति २०६७) । कथित माथिल्लो जातसँग थर नमिल्ने दलित समुदायका जातले पनि थरगोत्र लेख्दा सजिलै दलितको रूपमा परिचित र अपमानित हुन नपर्ने कारणले गर्दा थरगोत्र लेख्ने क्रमले तीव्रता पाएको छ ।

जात र थरमा अवश्य पनि तात्विक भिन्नता छ । हिन्दु वर्णव्यवस्थामा जातले पेसा र वैवाहिक घेरालार्ई जनाउँछ भने थरले वंशलाई । वंशीय शुद्धताका लागि वैवाहिक–सम्बन्ध एउटै जातमा हुने परम्पराको थालनी आजभन्दा ३५०० वर्ष पहिल्यै भएको हो (क्लास सन् २००४) । कतिपय विद्वानले यसैले नै जातव्यवस्थाको शुरुवात गर्न र कायम राख्नमा भूमिका खेलेको ठह¥याएका छन् । यस भनाइका आधारमा हेर्दा एउटा जातको थर अन्य जातको थरसँग मिल्ने सम्भावना न्यून देखिन्छ । त्यसकारण धेरैजसो दलित जातको आफ्नै पृथक् थर छ । नेपालमा दलित जातको थर ‘माथिल्लो जात’सँग मिल्नुको प्रमुख कारण भने उनीहरूको जात विभिन्न कारणले घटुवामा पारिनुलाई अनुमान गरिएको छ । साथै, आफु बसेको स्थानको नामको आधारमा थर लेखिनुलाई पनि मानिएको छ (आहुति २०६७) । जातको बदलामा अनेक कारणवश थरगोत्र लेख्न थालिएको भएता पनि अपमानबाट छुटकाराको खोजी प्रमुख कारण हो । यस अर्थमा दलित स्वयंले आफ्नो जातलाई अपमानित जात मानेको ठहरिन्छ । दलित समुदायका अनेक जातलाई तल्लो जात मान्ने कथित माथिल्लो जातकै भनाइमा सही थापेको नै अर्थ लाग्छ ।

यो वास्तवमा गैर–दलित वा कथित माथिल्लो जातको व्यक्तिको मानसिक सोच तथा व्यवहार दलितको मानसिकताको प्रतिविम्ब पनि हो । यस सम्बन्धमा भारतीय राजनीतिक मनोविज्ञ आशिष नन्दीले ‘अपमान’बारे पोखेको मत विचारणीय छ । उनको विचारमा अपमान भनेको मानवीय सम्बन्धको त्यस्तो रूप हो, जसको दोहोरो विनिमय हुन्छ । अपमानित हुनेहरूले अपमान गर्नेको अपमानलाई नस्वीकारेमा अपमान भएको मानिँदैन (नन्दी सन् २००९) । यस अर्थमा दलित अस्मितालाई दलित स्वयंले आत्मसम्मानको पहिचानको रूपमा नलिँदासम्म गैरदलितले दलितलाई सम्मानित ढंगले लिँदैन । दलित शब्दको विकल्प खोज्ने प्रयास र जातको बदलामा थर लेखेर दलित मुक्ति खोज्ने प्रयास मूलतः वर्णव्यवस्थाको जरो नउखेली उल्टै त्यसलाई टिकाइरहने बाटो हो । र, कालान्तरमा गैरदलित मतको प्रभुत्वलाई टेवा पु¥याउनु हो । यसतर्फ दलित आन्दोलनले हालसम्म प्रतिफल आउने गरी वैचारिक विमर्श गरेको छैन । यसले दलितको आत्मसम्मानमा मात्रै असर पारेको छ कि गैरदलितको मतलाई टेवा पु¥याइरहेको छ त ? केही प्रतिफलका उदाहरण हेरौं ।

संख्याको खेल 
दलितले आफ्नो जात लुकाएर कथित माथिल्लो जातका थरसँग मिल्नेगरी परिवर्तन गर्नाले दलितको कुल जनसंख्या कम र गैरदलितको जनसंख्या सापेक्षिक रूपमा बढिरहेको छ । यसले दलितहरूलाई ‘सकारात्मक विभेद’का लागि आवश्यक संख्याको खेलमा कमजोर बनाइरहेको छ । हामीले दलितको कुल जनसंख्या २० प्रतिशत दाबी गर्दै आएका छौं । तर, हालसम्मका जनगणनामा करिब त्यो अनुमान सात प्रतिशतले कम हुँदै आएको छ । पछिल्ला तीनवटा जनगणनाकै उदाहरण लिऔं । सन् १९९१, सन् २००१ र सन् २०११ को जनगणनामा क्रमशः १६, १३ र १४ प्रतिशतको हाराहारीमा दलितको जनसंख्या घट्दै छ । यसरी दलितको जनसंख्या घट्नुले माथिको तथ्यलाई पुष्टि गर्छ । विकास प्रक्रियामा जनसंख्या वृद्धि दर घट्नु स्वाभाविकै होला, तर समग्र देशको जनसंख्या वृद्धि हुँदा गरिबीको पिँंधमा परेको समुदायको जनसंख्या घट्नुमा सामाजिक चेतनामा आएको परिवर्तनलाई मात्र कारणको रूपमा लिन सकिँंदैन । तुलनात्मक रूपमा अरू समुदायको भन्दा जन्मदर बढी रहेको दलित समुदायको जनसंख्या दिनानुदिन घट्नु र जातीय छुवाछूत–भेदभाव र बहिष्करण कायमै रहनुको राजनीति के हो ? यसको रहस्य बुझ्न खासै कठिन छैन । दलित तथा सीमान्तीकृत समुदायलाई झन् किनारीकृत गर्ने राज्यको उद्देश्यलाई हामी आफैले पनि सहज बनाइरहेका त छैनौ ?

सबाल्टर्न विद्वानको बेवास्ता 
दलित इतिहास ज्ञानको खोज, विधिविधानको आविष्कार र कलासंस्कृतिको शुरुवातसँग जोडिएको छ, यो अत्यन्तै गौरवको कुरा हो । यस गौरवपूर्ण इतिहासलाई स्थापित गराउनमा उनीहरूले प्रयोग गर्दै आएको जातको प्रयोग नै बलियो माध्यम हो । जातले विज्ञानसँग उनीहरू जोडिएका पेसा, व्यवसाय र इतिहासलाई जनाउँदछ । तर, आत्मसम्मान हासिल गर्न सजिलो उपायको रूपमा जातको बदलामा थर लेख्ने प्रचलनले वैकल्पिक भाष्य निर्माण गर्ने पहललाई कमजोर बनाउने छ । थरप्रतिको आकर्षणले दलितको पेसा र पेसासँग जोडिएको जातलाई अपवित्र र अशुद्ध मान्ने सवर्ण शासक वर्गको भाष्यलाई नै बलियो बनाउन मद्दत गर्ने छ । हामीलाई सत्तामा हालिमुहाली हुने सवर्णहरूकै भाष्यलाई स्वीकार्ने दिशामा उन्मुख गराएको छ । र, जबसम्म हामी यस्तो भाष्यलाई स्वीकार्छौं, त्यसले हाम्रो इतिहास लेखिने र हाम्रो भाष्य निर्माण हुने वातावरण सिर्जना गर्न सक्दैन ।

दलितहरू ‘सबाल्टर्न साइन्टिष्ट’ हुन् भन्ने तथ्य र तर्कलाई कान्चा इलैयाले आफ्नो ‘पोष्ट–हिन्दु इण्डिया’ पुस्तकमा जोडतोडका साथ उठाएका छन् । उनले तथ्य र तर्कले यस भाष्यलाई प्रमाणित गरेका छन् । नेपालमा मनुस्मृतिलाई पछ्याउने क्रममा जयस्थिति मल्लले बनाएको १४३६ सालको ‘मानवन्यायशास्त्र’सँगै ‘सुधार’ र जंगबहादुर महाराजले बनाएको १९१० सालको मुलुकी ऐनले विज्ञान र कलासँग सम्बन्धित पेसालाई दलित समुदायका लागि तोक्नुले पनि उनीहरू नेपालका वास्तविक वैज्ञानिक र कला साधक थिए भन्ने कुरा प्रमाणित गर्छ । हाल आएर केही दलितहरू विज्ञान र कलाको गौरवपूर्ण इतिहास बोकेको पेसा जनाउने जातलाई बिसर्जन गर्न तम्तयार छन् । यसले गर्दा उनीहरूमा गौरवपूर्ण इतिहास र सिर्जनाको स्वामित्व लिने नैतिक आधार कमजोर हुँदै गएको छ । अहिले नै दलितहरू हिन्दू वर्णव्यवस्था र त्यसको सौन्दर्यशास्त्रले सिर्जना गरेको जालमा फँस्दै जाने हो भने गैरदलितले निर्माण गरिदिएका मिथक र भाष्य हामीले नयाँ पुस्ताका लागि छाडेर जानु पर्ने छ ।

विभेदकारी वर्णव्यवस्थाको हिमायती
जातलाई थरमा परिवर्तन गर्दा तत्काल दलितहरूलाई केही राहत पुगेझैं देखिए पनि दीर्घकालीन रूपमा अन्यायपूर्ण र विभेदकारी वर्णव्यवस्थाको हिमायती बनाउने छ । कथित माथिल्लो जातमा ‘विलीन’ हुने प्रयास सबै दलितमा लागू नहुन सक्छ । उदाहरणका लागि, मधेशका दलितहरूका अधिकांश थर पहाडी दलितसँग मात्रै होइन, तराईकै गैरदलितसँग पनि मिल्दैन । पहाडमा पनि केही सार्की, कामी र दमाईबाहेकका दलितको थर गैरदलितसँग कम मिल्छ । अर्कोतर्फ नेपालको सामाजिक र भौगोलिक विविधताअनुसार भेदभावका आयाम समेत बेग्लाबेग्लै छन् ।

फ्रान्सेली दार्शनिक तथा ‘डिकन्स्ट्रक्सन’ सिद्घान्तका व्याख्याता ज्याक डेरिडाको ‘अण्डर इरेजर’को अवधारणाअनुसार एक वस्तु वा अवधारणाको अर्थ अर्कोसँग जोडिन्छ (डेरिडा सन् १९९२) । त्यसैले एकपटक अस्तित्वमा आइसकेको वस्तु वा अवधारणालाई पूर्ण नामेट गर्नु असम्भवजस्तै छ । वर्णव्यवस्था र यसको आधारमा सुरु भएको उँच–नीच र समाजको तहगत वर्गीकरणको धारणालाई स्वीकारेर दलित मुक्तिको सपना देख्नु असम्भवजस्तै हो । किनभने जातव्यवस्थाभित्र कथित माथिल्लो जातको ओहोदा पाएपछि पुनः उनीहरूले जातव्यवस्थाका नियमको पालना गर्ने ‘नैतिक दायित्व’ पूरा गर्छन् । यसको अर्थ थर वा जात लुकाएर गैरदलितकै थर अंगीकार गरेका दलित पनि आफू गैरदलित भएको प्रमाणित गर्न पुनः दलितमाथि जातीय विभेद र छुवाछूत गर्न बाध्य हुन्छन्÷गर्छन् । यस्तो अवस्थामा उनीहरू आफैले खोजेको सामाजिक न्यायको बाटोलाई निकृष्ट ढंगले कुल्चन्छन् । र, निरन्तर गैरदलित प्रमाणित गर्नुपर्ने मनोवैज्ञानिक डरमा फस्छन् ।

कुनै समय सँगसँगै काम गरेको एक जना दलित समुदायका सहकर्मीमा आफ्नो जात लुकाएर आत्मसम्मान हासिल गर्न सकिन्छ भन्ने विश्वास थियो । उनले आफ्नो जातको बदलामा थर लेखेका थिए । यही कारण मसँगको सहकार्य उनका लागि निकै असहज हुन पुग्यो । दलित मुद्दाका विभिन्न सवालमा बहस गर्दा उनी गैरदलित सहकर्मीको पक्षमा निरन्तर बोल्नुपर्ने बाध्यताले थिचिइरहेका छन् । र, उनले आफ्नो पहिचान खुल्ने डरले आफूलाई दलित सहकर्मी र समुदायबाट सधै टाढा राख्ने गर्छन् । उनी आफू कथित उच्च जातको भएको प्रमाणित गर्न दलितमाथि अपमान र जातीय विभेद गर्न समेत बाध्य भएका छन् । यस्ता प्रवृत्ति बोकेका व्यक्ति नेपालको मिडिया, सामाजिक क्षेत्र, राजनीति र कर्मचारीतन्त्रमा प्रशस्तै छन् ।

अन्यायप्रति उदासीनता 
यथार्थको सामना र संघर्ष गर्नबाट भागिरहेका दलित समुदायका दलितहरूले ‘इडिपस द किङ’ नामक एथेनियन वियोगान्त नाटकका राजाको भन्दा कम पीडादायी भाग्य रचेका छैनन् । ‘इडिपस द किङ’ नाटकका मुख्य पात्र ‘इडिपस’ले आफू के कुरादेखि भागिरहेको छु भन्ने चाल नपाउँदा अनेक दुःख भोगे । त्यति मात्रै होइन, उनी जुन कुरादेखि भागिरहेका थिए, भाग्ने क्रममै भोगिसकेको पनि उनले पत्तै पाएनन् । जब उनले सत्य कुरा थाहा पाए त्यत्तिबेला उनले त्यो सत्यको सामना गर्न सक्ने साहस जुटाउन सकेनन् । सत्यबाट टाढा रहन उनले दुवै आँखा फुटाए । अन्ततः उनी न्याय र अन्यायप्रति नै उदासीन बने ।

अहिले नेपाली दलित आन्दोलन जातको विकल्पमा थरको प्रयोग गरेर आत्मसम्मान खोज्ने प्रवृतिप्रति प्रायः मौन छ । दलित राजनीतिज्ञ र प्राज्ञिक व्यक्तित्वहरूले समेत यो विषयलाई आम चासोको विषयका रूपमा उठाउन सकिरहेका छैनन् । हामीहरूमध्ये धेरैजसो दलित पनि हिन्दू सौन्दर्यशास्त्रका मूल्यमान्यताबाट प्रभावित छौँ र त्यसकै सेरोफेरोमा हाम्रा मूल्यमान्यता घुमिरहेका छन् । हिन्दू सौन्दर्यशास्त्र वर्णव्यवस्थाको एउटा मौलिक विशेषता हो, जुन शास्त्रलाई स्वीकार्नु भनेको वर्णव्यवस्थाको आधारमा सिर्जित जातीय संरचनालाई स्वीकार्नु नै हो ।
‘इडिपस’को जस्तै परिस्थिति आफूले पनि भोगेको कुुरा मेरा एक मित्रले मलाई बारम्बार बताइरहन्छन् । जातको बदलामा हिन्दू उच्च जातसँग मिल्ने थर अपनाएका ती दलित मित्रका बालबच्चा उनले ग्रहण गरेको थरसँगै हुर्किए । उनीहरूलाई आफूहरू दलित समुदायको भन्ने हेक्कै भएन । एक दिन उनीहरू पुख्र्यौली थलोमा सपरिवार पुगे । त्यहाँ उनीहरूले जातीय विभेदको सामना गर्नुप¥यो । त्यतिबेला गैरदलित थर ग्रहण गरेका मेरा मित्रसँग जातीय विभेदको सामना गर्ने नैतिक ताकत भएन । उनीसामु आफू र आफ्ना सन्तानमाथिको विभेदलाई चुपचाप सहनुको कुनै विकल्प भएन ।

असफल प्रयोग
भारतमा गान्धीले जातप्रथाको जरो पहिचान नगरीकनै जात परिवर्तन गरेर वा लुकाएर दलितको स्थिति माथि उठाउने असफल रणनीति प्रयोग गरेकै हुन् । ‘महात्मा’ भनिने गान्धीले दलितलाई ‘हरिजन’ उपाधि थरको रूपमा प्रयोग गर्न लगाए (राय सन् २०१७) । तर, त्यसको आधा शताब्दीपछि पनि भारतीय दलितहरूको अवस्थामा खास परिवर्तन आउन सकेन । विश्वकै ठूलो लोकतान्त्रिक मुलुक मानिएको भारतकै उत्तर प्रदेशका युना वा सहनपुरजस्ता दलित बाहुल्य क्षेत्रमा दिनहुँ भइरहेका जातीय हिंसा र अपमानको शृंखलाले संसारका दलितको वास्तविक अवस्थालाई चित्रण गर्छ ।

यिनै तथ्य र तर्कका आधारमा नेपालमा पनि जातको बदलामा थर लेखेर आत्मसम्मान खोज्ने रणनीतिलाई असफल नै मान्न सकिन्छ । दलितले जातको बदलामा थर लेख्ने बढ्दो प्रचलनले गर्दा ‘यहाँ कुन जातमा पर्नुहुन्छ ?’ भनेर सोधखोज गर्ने चलन पनि बढेको छ । दलितभित्रको जातको रूपमा पहिचान भएमा जात लुकाउन खोजेको, झुटो बोलेको, ब्राह्मण बन्न खोजेकोजस्ता आरोप लगाउने गरिन्छ । र, उनीहरूलाई दलित जातको भएकोमा र जात ढाँटेकोमा दोहोरो अपमान समेत गरिन्छ । समग्रमा जातको बदलामा थर लेख्ने प्रचलनले दलितप्रति गरिने भेदभाव र अपमानलाई न्यूनीकरण गर्दै र दलितप्रतिको सम्मानलाई जगाउँदै जाने हाम्रो प्रमुुख उद्देश्यमा कुुनै पनि योगदान गरेको छैन ।

उज्यालो बाटो 
अहिले नेपाली दलित आन्दोलन जातको विकल्पमा थरको प्रयोग गरेर आत्मसम्मान खोज्ने प्रवृतिप्रति प्रायः मौन छ । दलित राजनीतिज्ञ र प्राज्ञिक व्यक्तित्वहरूले समेत यो विषयलाई आम चासोको विषयका रूपमा उठाउन सकिरहेका छैनन् । हामीहरूमध्ये धेरैजसो दलित पनि हिन्दू सौन्दर्यशास्त्रका मूल्यमान्यताबाट प्रभावित छौँ र त्यसकै सेरोफेरोमा हाम्रा मूल्यमान्यता घुमिरहेका छन् । हिन्दू सौन्दर्यशास्त्र वर्णव्यवस्थाको एउटा मौलिक विशेषता हो, जुन शास्त्रलाई स्वीकार्नु भनेको वर्णव्यवस्थाको आधारमा सिर्जित जातीय संरचनालाई स्वीकार्नु नै हो । हिन्दू सौन्दर्यशास्त्रको प्रभुत्वलाई अन्तोनियो ग्राम्सीको ‘वर्चस्व’को अवधारणासँग गाँसेर हेर्न सकिन्छ । यस सौन्दर्यशास्त्र, यसको राजनीतिक र सांस्कृतिक वर्चस्वलाई कायम राख्ने विश्व दृष्टिकोण र राजनीतिक व्यवस्थाले दलितलाई सम्मानपूर्ण सामाजिक तथा राजनीतिक स्थान कहिल्यै गराउँदैनन् ।

स्वीस भाषाविद् फर्डिनान्ड डी सौस्सुरका अनुसार ‘उच्चको अर्थ नीचको सापेक्षता’मा मापन गरिनुपर्छ (डी सौस्सुर सन् १९९८) । उनको सैद्धान्तिक अवधारणालाई नेपालको सन्दर्भमा हेर्दा ब्राह्मणको उच्चता वा श्रेष्ठता दलितलाई नीच देखाउन सक्नुमा रहेको छ । वर्णव्यवस्था र त्यसको सौन्दर्यशास्त्रअन्तर्गत सिर्जित ब्राह्मणको श्रेष्ठता दलित समुदायमा लोकप्रिय हुनु भनेको दलितको नीच छविको प्रतिरोध गर्नुको साटो त्यसैलाई स्वीकार्नु हो । अहिलेको मुख्य प्रश्न बदलिँदो परिवेशमा हिन्दू सौन्दर्यशास्त्रद्वारा सिर्जित राज्यव्यवस्थालाई राजनीतिक सत्ता र शक्तिसम्बन्धको आधारमा चुनौती दिनेगरी दलित आन्दोलनलाई राजनीतिक आन्दोलनको रूपमा विकास गर्ने कि हिन्दू ‘राज्यसत्ता’ले लादेको ‘सिनो खाने जात’को छविलाई स्वीकारेर आफ्ना सन्तान–दरसन्तानलाई अपमानको पगरी भिराउँदै बस्ने भन्ने हो ।

सन्दर्भ सामग्री

आहुति । २०६७ । नेपालमा वर्णव्यवस्था र वर्ग–संङ्घर्ष । राजेन्द्र महर्जन, सम्पादक । ललितपुरः समता फाउण्डेसन ।

नेपाल प्रज्ञा–प्रतिष्ठान । २०६७ । नेपाली बृहत् शब्दकोश (संशोधित र परिवर्धित संस्करण) । काठमाडौं ।

Derrida, Jacques. 1992. Structure, Sign, and Play in the Discourse of the Human Sciences. in Hazard Adams (ed.) Critical Theory Since Plato. New York: Harcourt Brace Jovanovich College Publishers.

de Saussure, Ferdinand. 1998. Course in General Linguistics. in Hazard Adams (ed.) Critical Theory Since Plato. New York: Harcourt Brace Jovanovich College Publishers.

Hofer, Andras. 2004. The Caste Hierarchy and the State in Nepal: A Study of the Muluki Ain of 1854. Kathmandu: Himal Books.
Ilaiah, Kancha. 2009. Post-Hindu India: A Discourse in Dalit Bahujan, Socio-Spiritual and Scientific Revolution. New Delhi: SAGE Publications India Pvt Ltd.

Klass, Morton. 2004. Caste: the Emergence of the South Asian Social System. New Delhi: Manohar.

Nandy, Ashis. 2009. Humiliation: Politics and the Cultural Psychology of the Limits of Human Degradation. in Gopal Guru (ed.) Humiliation: Claims and Context. Pp 41-57. Delhi: Oxford University Press.

Roy, Arundhoti. 2017. The Doctor and the Saint: Caste, Race, and Annihilation of Caste, the Debate Between B.R. Ambedkar and M.K. Gandhi. Chicago: Haymarket Books.
दलित रीडर बाट साभार 

विभेद: गैरदलितको समस्या हैन र ? - साझना तोलाङ्गे

विभेद बिरुद्ध अभियान - कार्तिक २३ -यो शरीर धर्तीमा छ । मेरा आँखा भने आकाशतिर मोडिएका छन् । म प्रायः आकाशतिर हेरेर टोलाउने गर्छु । आकाशमा उड्ने चरालाई देख्दा मलाई भित्रभित्रै इष्र्या लाग्छ । आकाशमा देखिने बादलको स्वरूप फेरिएर, त्यहाँको वातावरण जति नै परिवर्तन भए पनि सबै परिस्थितिलाई छिचोल्दै स्वतन्त्रताको पखेटा फरफराउँदै उड्छन् ती पन्छीहरू । अनि मेरो मनले मभित्र लुकेको ‘म’लाई भन्छ । मभन्दा पनि कति धेरै स्वतन्त्र, खुशी र सुखी छन् ती पन्छीहरू । म मानव भएर पनि कति धेरै दुःखी छु, ती पन्छी भएर पनि कत्ति सुःखी छन् । हुन त उनीहरूका पनि आफ्नै दुःख होलान्, कसरी बुझाँै मैले ती भाषाबिनाका अभिव्यक्ति !

मानिसको जात के हो ? धेरैले भन्ने गरेको सुनेकी छु, मानिसका २ जातमात्रै छन्, महिला र पुरुष । मलाई त मानिसको विवेकशीलता उसको जात हो जस्तो लाग्छ । उसका स्नेह, प्रेम, बुझाईलाई नै मानवको जात मान्ने गरेकी छु । मनमा प्रश्नको चाङ लाग्छ, कसले बनायो होला धनी–गरिबको धारणा ? कसले बनायो होला यो सानो र ठूलो जात ?

अचम्म लाग्छ, के कोही सानो र कोही ठूलो जातको हुन्छन् होला त ? कति अनौठो लाग्छ, कसैले तिमी सानो जातको हौ भन्दा । तिमीले छोएको पानी चल्दैन भनेको सुन्दा मेरो शरीर पीडाले चिसो भएर आउँछ । फेरि सोच्छु, मेरो मनले नस्वीकार्दैमा वास्तविकता फेरिँदैन । मनमा विद्रोहले जन्म लिन्छ, कतिञ्जेल हामीले मानिस भएर पनि मानिसको जस्तो सम्मानित जिन्दगी बाँच्न नपाउने ? अझै कहिलेसम्म छेकिन्छ हामीलाई भगवानको पवित्र मन्दिरमा जान ? सधैँ यो समाजको सेवा गरेर कतिञ्जेल भोकै बस्ने हामी ? अमूल्य सीप र श्रमदान गरेर वर्षौंदेखि यो समाजलाई टिकाइरहेका हामीले बौद्घिकता नभएको समुदायको बिल्ला कहिलेसम्म भिर्ने ? यी प्रश्न कहिल्यै निको नहुने घाउको खतजस्तै टाँसिएर बसेका छन् यो मनमा ।

हुन त नेपालमा भेदभाव र छुवाछूतविरुद्ध अनेक कानुन बनेका छन्, तर व्यवहार भने विभेद र छुवाछूत जारी छ । मुलुकी ऐन २०२० मा भेदभाव र छुवाछूत गर्न नपाइने कुरा उल्लेख गरिएको थियो । २०४७ सालको संविधान हुँदै २०६३ सालको अन्तरिम संविधानसम्म आइपुग्दा जातीय छुवाछूत अन्त्य गर्ने धेरै कोसिस भएको जस्तो लाग्छ । तर कठै हामीहरू ! त्यो न्यायको ढोकासम्म कसरी पुग्नु ? कसले सम्झने हामीलाई बराबर ? कसले दिने हामीलाई न्याय ?

आज म भन्छु, तपाईंलाई पानी छोएको निहुँमा दलित भनेर कुटपिट गर्ने ती ठूला जातहरूको कथा । जातीय भेदभाव गरेको कारण प्रहरीमा जाँदा न्याय नपाएको व्यथा भन्छु म तपाईंहरूलाई ।

म ९ वर्षकी थिएँ, जतिबेला मलाई ती कथित ठूलो जातको महिलाले धारोमा पानी छोएको निहुँमा कुटपिट गरिन् । म बिरामी परें, मलाई ज्वरो आयो । मेरा हातखुट्टा सुन्निए । म मेरो मनको पीडा पोख्न चाहन्छु, प्रहरीसमक्ष जाँदा पनि मैले न्याय पाइनँ ! ती पीडक महिलालाई प्रहरीले समातेर लग्दा २०० जना गाउँलेले प्रहरी कार्यालय घेरे, उनलाई थुन्न पाइँदै भन्ने नारा लगाउँदै । सबै कथा सुनाउँछु म आज तपाईंलाई ।

मेरो नाम कल्पना विश्वकर्मा हो (नाम परिवर्तित) । मेरो जन्म २०५७ सालमा काभ्रे जिल्लाको सुगम गाउँमा भएको हो । एक दाजु र एक दिदीपछि जन्मेकी म । मेरो अभिभावकको माहिली सन्तान हँु । मेरो बुबा आरनमा काम गर्नुहुन्थ्यो । आर्थिक स्थिति निकै कमजोर थियो हाम्रो । वर्षभरि फलामको काम गरिदिएबापत एक परिवार बराबर एक पाथी अन्न पाउँथ्यौं । हाम्रा एकदमै कममात्रै आवश्यकता पूरा हुन्थे । हामी जसोतसो हुर्किरहेका थियौं ।

मलाई पढ्न एकदम मन लाग्थ्यो । एकदम मेहनत गरेर पढ्थें म । त्यसैले एक कक्षादेखि चार कक्षासम्म जहिल्यै प्रथम हुन्थें । यसरी मेरो बाल्यकाल बितिरहेको थियो । तर मेरो बाल्यकालमा यस्तो मोड आयो जसले गर्दा मेरो जिन्दगीमा धेरै खालका मानसिक उथलपुथल आए ।

यो २०६६ सालको कुरा हो, जतिबेला म ९ वर्षकी थिएँ । कक्षा ५ मा पढ्थें । चैत्र महिना चलिरहेको थियो । पानीको हाहाकार थियो गाउँमा । पानी लिन टाढासम्म जानुपथ्र्याे । एक दिन म धारामा पानी थाप्न गएकी थिएँ । धारामा गाईको खोले बनाउने भाँडामा पानी थापिएको थियो । भाँडा भरिएर पानी पोखिन थालेको थियो । मैले त्यहाँ निकै बेर कुरेँ पानी पोखिएको हेर्दै । पानी लिन कोही नआएपछि मैले त्यो भाँडा हटाएर मेरो गाग्री थापें । त्यसपछि एक गैरदलित महिला आएर एकाएक मलाई पानी छोइदिएको भन्दै ढुङ्गाले जथाभावी हान्न थालिन् । मेरो शरीरका अङ्गबाट रगत आउनेगरी, अनि हातखट्टटा चलमलाउन नसक्नेगरी कुटिन् । म अचेत भएँ ।

पछि मैले यो कुरा आमा–बाबालाई बताएँ । मेरो आमा–बाबा यो घटना हुनुभन्दा केही दिनअघि मात्रै एक दलित संस्थाले गरेको जातीय छुवाछूत र भेदभावविरुद्घ अन्तत्र्रिmया कार्यक्रममा जानुभएको रहेछ । कार्यक्रममा जातीय विभेद र छुवाछूत सामाजिक अपराध हो, कसैले छुवाछूत गरे प्रहरीमा उजुरी गर्नुपर्छ भन्ने कुरा सिकेर आउनुभएको रहेछ । म त मात्र ९ वर्षकी थिएँ, के भइरहेको छ भन्ने कुरा मेरो बालमस्तिष्कले बुझ्न सकिरहेको थिएन ।

अत्यधिक पीडाका कारण आँखाबाट आँसुका ढिक्का खसेका थिए मेरा । कति धेरै मानसिक पीडा भएको थियो त्यो घटनाको कारण । मेरो बाबा–आमाले प्रहरीमा जाने कुरा गर्नुभयो । मेरो बालहृदयले पनि सहमति जनायो । त्यति धेरै बुझ्ने उमेर त भएको थिएन मेरो, तर पनि ती महिलाले गलत गरेकी हुन् भन्ने सत्यचाहिँ त्यसबेलै बुझेकी थिएँ । ती महिलालाई सजाय दिनुपर्छ भन्ने लाग्यो मलाई पनि ।

बाबा–आमाले छुवाछूतविरुद्घ चेतनामूलक कार्यक्रम गर्न आएका तिनै दलित अधिकारकर्मीहरूलाई सम्पर्क गर्नुभयो । दलित अधिकारकर्मी, पत्रकार र राजनीतिक नेताहरूको भीड लाग्यो गाउँमा । सबैको सहयोगमा हामी प्रहरी कार्यालयमा ती महिलाविरुद्ध उजुरी गर्न गयौं । उजुरी दर्ता गरेपछि प्रहरीहरू ती महिलालाई लिन गाउँ पुगे । कथित ठूला जातका गाउँलेहरूले ती महिलालाई गिरफ्तार गर्न नदिन धेरै कोसिस गरे । झडपको स्थिति सिर्जना भयो । तर पत्रकारहरूसमक्ष ती महिलाले कुटपिट गरेको कुरा गर्वका साथ सुनाएको भिडियो रेकर्ड गरिएको हुनाले गाउँलेको केही लागेन ।

ती महिलाले घटनाबारे सोध्न पुगेका पत्रकारहरूलाई भनेकी रहिछन्, ‘त्यो सानो जातको केटीले पानी थापेकी भाँडो छोएकीले मैले पिटीदिएकी हुँ ।’ पत्रकारहरूले रेकर्ड गरेको भिडियोमा उनले हामीलाई पशुलाई गरिने प्रयोग गरिने शब्दभन्दा नीच शब्द प्रयोग गरेर गाली गरेकी थिइन् ।

करिब ४ बजेतिर ती महिलालाई प्रहरी कार्यालयमा उपस्थित गराइयो । लामो समय त उनले आफ्नो कर्तुत अस्वीकार गरिन्, तर पत्रकारहरूले उनको स्वीकारोक्ति भएको भिडियो देखाइदिएपछि स्वीकार गर्न करै लाग्यो । खाने, लाउने, खेल्ने, स्वतन्त्रतापूर्वक गाउँमा साथीहरूसँग घुम्दै हिँड्ने अनि पढ्ने उमेरमा म कति ठूलो लडाइँ लडदैथिएँ । के हुने हो भन्ने खुल्दुली भइरह्यो मनमा ।

गाउँका गैरदलितहरूले हामीलाई उजुरी फिर्ता लिन दबाब दिइरहे । म शारीरिक रूपमा झन्झन् कमजोर हँुदै गएँ । मेरो परिवारसँग मेरो उपचार गर्ने खर्चसमेत भएन । न्याय र उपचार दुवै पाउने आसमा मेरो शरीरमा भएको अत्याधिक पीडालाई पनि सहिरहें ।

वातावरण धेरै नै तनावमय भयो । धेरै मानिसको ध्यान खिच्यो त्यो घटनाले । यहाँका मान्छेहरू देख्दा विचित्र लाग्छ मलाई । विश्वासै लागेन उनीहरूमा चेतनाको यति कमी छ भनेर । म त बालिका नै थिएँ । ममाथि हिंसा भएको थियो तर मेरो पक्षमा बोल्ने दलित अधिकारकर्मी, मानवअधिकारकर्मीबाहेक सबै तिनै पीडकको पक्षमा ।

पीडकको पक्षमा करिब ५०–६० मान्छे उपस्थित थिए प्रहरी कार्यालयमा । हामी घर फर्कने समेत स्थितिमा भएनौं । त्यसैले हामीले सहयोग गरिरहेको दलित संस्थाको कार्यालयमा रात बितायौं । भोलिपल्ट हामी फेरि प्रहरी कार्यालय पुग्यौं । त्यहाँ पुग्दा करिब २०० जना गाउँले पीडकलाई छुटाउन आएका थिए । उनीहरूले मेरा बाबालाई घेरेर थर्काउन थाले । दलित अधिकारकर्मीहरूलाई पनि घेरेर धम्क्याए ।

सायद तपाईंलाई विश्वास लाग्दैन होला, त्यहाँ कतिसम्म भएको थियो भनेर । मेरो बालमष्तिस्क त भयभीत भयो कथित ठूला जातका मान्छेहरूका व्यवहार र तर्क सुनेर । उनीहरूले भन्दैथिए, तिमीहरू साना जातका भएर ठूला जातका मानिसको पानी छुन हुन्छ ? गल्ती गरेर उल्टो प्रहरीसम्म आउने कत्रो आँट तिमीहरूको !

कतिसम्म भने प्रहरी प्रमुखले समेत दलित अधिकारकर्मीलाई डलर पचाउन आएका भनेर गालीगलौज गरे । जनतालाई न्याय दिने भनेर पदमा बसेका प्रहरी प्रमुखले समेत किन बुझेनन् जातीयविभेदलाई । कसरी चुक्न सकेका उनी ती जातीयविभेद विरुद्घ बनेका नियम कानुन लागू गर्नमा । कहालीलाग्छ सबै कुरा सम्झिँदा । त्यसपछि मेरो र मेरो परिवारमा कति कष्ट थपिए । म बाँड्न चाहन्छु, तपाईंसँग मेरो जिन्दगीका गाथा ।

हो, तनावै तनावमा बिते हाम्रा परिवारका दुई दिन । हामी दोस्रो दिन पनि घर जान सक्ने स्थिति बनेन । अवस्था झन् डरलाग्दो हुँदै गयो । हामीलाई गाउँलेहरूले डर त्रास देखाइरहे । गाउँ निकाला गर्ने समेत धम्की दिए मेरो परिवारलाई ।

हाम्रो गाउँमा करिब ३५–४० घरधुरी दलितको छ । तर तीन–चार दलित घरधुरीमात्रै हाम्रो पक्षमा उभिए । अरु सबै नै डराए गैरदलितहरूको धम्कीसामु । पहिलेदेखि नै सामाजिक हेपाइ सहँदै आएका दलितहरूलाई कसले भनिदिने अन्याय गर्नुभन्दा अन्याय सहनु पाप हो भनेर । हामीले निडर भएर न्यायका लागि संघर्ष गरिरह्यौं । सामाजिक भेदभावलाई अपराध नसम्झने गैरदलित छिमेकीहरूले ती महिलाले गरेको व्यवहार अपराध हो भन्ने प्रमाणित भएपछि अर्काे रणनीति लिए । उनीहरूले ती पीडक महिलालाई माफी दिन मलाई अनुरोध गरे ।

प्रहरी प्रशासनले पनि मिलेमतोे गरेर घर जान भन्यो, तर हामीले न्याय चाह्यौं । हामीले अन्याय सहेर मिल्न चाहँदैनौ, अपराधीलाई सजाय दिन चाहन्छौं भन्यौं । तर, ती पीडक महिलालाई एक दिन पनि थुनिएन । हामी त्यो महिलालार्य जेल चलान गरिहोस् भन्ने चाहन्थ्यौं ।

यसरी हामी दोस्रो दिन पनि त्यही संस्थामा बस्यौं । निडर हुनु राम्रो होला, न्याय चाहनु पनि राम्रो होला, तर जिन्दगीमा यति धेरै बाध्यता पनि हुँदा रहेछन्, जसले हामीलाई संघर्ष जारी राख्न रोक्दा रहेछन् । म यस्तै सोच्छु अहिले । मेरा बाबाले साह्रै चिन्ता व्यक्त गर्नुभयो– ‘यो गाउँ छोडेर म कहाँ जाउँ । उनीहरूले रिसाएर काम नदिए हामी कसरी बाँच्ने ? अन्त कहाँ गएर के काम गर्ने ?’

गाउँमा सम्बन्ध बिग्रने स्थिति देखियो । बाबा र मैले सल्लाह ग¥यौं । त्यो बेला मैले सोचें, म किन जन्मिएँ होला मेरो परिवारलाई दुःख दिन ? किन भनें होला मैले त्यो घटनाबारे । सहेको भए मेरो परिवार यति धेरै कष्टमा पर्दैन थियो होला ।

लक्ष्मीप्रसाद देवकोटाले ‘मानिस ठूलो दिलले हुन्छ जातले होइन’ भनेको मलाई हो जस्तो लाग्थ्यो । तर यहाँ त मानिस जातले ठूला हुँदा रहेछन् । ठूला जात भनेपछि उनीहरूले जे गरेपनि हुने रहेछ । यस्तै–यस्तै सम्झेर दलित संस्थाका व्यक्तिहरूलाई थाहै नदिई हामी गाउँ गयौं । मेरा बाबाले गाउँ विकास समितिमा गएर मिलापत्रमा हस्ताक्षर गर्नुभयो । बाहिरबाट हेर्दा लाग्नसक्छ, कसरी मिलापत्र गर्न सकेको ? तर कठै, मेरो बाबाका निधारमा देखिएका ती चिन्ताका रेखाको बयान गर्ने मसँग कुनै शब्द भइदिएको भए म आज भन्ने थिएँ, किन उहाँले न्यायको बाटोबाट आफ्नो मुन्टो फर्काउनुभयो भनेर । तर मसँग उहाँको पीडालाई बयान गर्ने उपयुक्त शब्द नै छैनन् । सायद भविष्यमा आइपर्ने द्वन्द्वको सामना गर्ने आँट गर्न सक्नुभएन उहाँले ।

मिलापत्र गरेपछि पनि स्थिति पहिलेजस्तो रहेन । हामीसँग कोही बोलेनन् । आफ्नै समुदायका छिमेकीले पनि ‘मुखियाहरूसँग जोरी खोज्नेहरू’ भनेर हेलाँ गरे । कथित सानो जातको कारणले जन्मेदेखि सामाजिक भेदभावमा पिल्सिएको मेरा परिवार अरु धेरै प्रकारका भेदभावमा परे ।

मेरो अन्तिम परीक्षा नजिकिँदै थियो । त्यो घटनापछि शारीरिक र मानसिक अस्वस्थताको कारण म स्कुल जान सकिनँ । जसोतसो परीक्षामा सहभागी भएँ । म फेरि पनि प्रथमै भएँ सामाजिक अपहेलनाको वातावरणबीच पनि । मुखिया परिवारलगायत गैरदलितले मात्रै होइन, दलित परिवारसँगै आफ्नै साथीभाइले गरेको विभेदपूर्ण व्यवहार सहँदै मेरो परिवार अगाडि बढिरह्यो ।

गाउँलेहरूले मुख मोडेपछि मेरा बाबाले आरनको काम छाडेर घर बनाउने काम गर्न थाल्नुभयो । ती घटना सम्झिँदा असह्य पीडा हुन्छ, तैपनि मैले पढाइलाई प्राथमिकता दिएँ । यसरी म कक्षा नौसम्म प्रथम छात्रा रहेँ । २०७२ सालमा ७९.१० प्रतिशत ल्याएर एसएलसी परीक्षामा मेरो ब्याचमा दोस्रो हुन सफल भएँ । म मेरो सफलतामा खुशी भएँ, तर सफलतापछि मन भने दुःखी भइरह्यो । किनभने म नर्स पढ्न चाहन्थें । तर मेरो परिवारसँग पैसा थिएन । भूकम्पमा परेर मेरो बाबाको ढाड भाँचियो । दुःखै दुुःखको सागरमा हुर्केको हाम्रो जिन्दगीमा फेरि अर्को दुःख आइप¥यो ।

मैले काभ्रेकै एउटा प्रख्यात नर्सिङ्ग क्याम्पसमा छात्रवृत्तिमा नाम निकालें । छात्रवृत्तिमा नाम निकाले पनि २ लाख रूपैयाँ तिर्नुपर्छ भनेपछि मैले त्यहाँ अध्ययन गर्न सकिनँ । ममा निराशा छायो, त्यतिखेर लाग्यो गरिबी र सानो जातको हुनु सबैभन्दा ठूलो अपराध हो । म अरु कुनै नर्सिङ्ग क्याम्पसमा, पैसा तिर्नु नपर्ने ठाउँमा पनि भर्ना हुन सक्थें । तर महिनाभरि खर्च दिने मेरा बाबाले काम गर्न नसक्ने हुनुभएपछि मेरा सपना भताभुङ्ग भए । एसएलसीमा राम्रो नम्बर ल्याएर पास भएकीले गाविसबाट ६० हजार रूपैयाँ पाएँ । त्यही पैसाले मैले मानविकी संकायमा एक वर्षसम्म पढें । अहिले म १२ कक्षामा पुगेकी छु, तर पैसा नभएकै कारण पढ्न जान पाएको छैन ।

म १७ वर्षकी मात्र भएँ । तर मेरो परिवारको लागि भनेर आज टाढा बसेर एउटा फाइनान्समा काम गर्दैछु । आफ्नो पढाइका लागि, परिवारका लागि खर्चको जोहो गर्छु । क्याम्पसमा पढ्न जान नपाए पनि घरमै बसेर पढ्ने सोच बनाएकी छु । पढ्ने, लेख्ने र हिँड्डुल गर्नुपर्ने कलिलो उमेरमा म आफूलाई तीस वर्षकी जस्तो लाग्छ । जिम्मेवारीको बोझ र अधुरा सपनाको भारी मनमा भएकाले होला, म अहिले नै बुढी भइसकेँ जस्तै लाग्छ ।

अहिले काम गरेर, केही पैसाको जोहो गरेर काम गर्दै भएपनि नर्सिङ्ग पढ्ने सपना अझै छ यो मनमा । यो समाजले हामीलाई गरिब र पिछडिएको भने पनि, अगाडि बढेर समाज परिवर्तनका लागि काम गर्ने चाहना तीव्र छ मभित्र । म कसरी भुल्न सक्छु र, समाजका ती कथित उपल्लो जातका मानिसहरूले दिएका पीडा ! ती घटना सम्झिँदा मन झसंग भएर आउँछ ।

यो कथा मेरो मात्र पनि होइन । हाम्रो समग्र दलित समुदायले भोगेको समस्या हो यो । करिब १३ प्रतिशत जनताले भोगेको समस्याबारे राज्य र कथित उपल्ला जातका मानिसले नसोच्नु धेरै नै विडम्बनाको कुरा हो । यो समाजले हामीलाई जति हेला गरे पनि, जति पछाडि पारे पनि म हार्न चाहन्नँ । मेहनत गरेर, राम्रो काम गरेर अगाडि बढ्ने सपना साँचेकी छु । मलाई थाहा छ, मेरा जिन्दगीमा समस्या छन् । ती समस्याले मलाई धेरैजसो पीडा र निराशा दिने गर्छन्, तर म थाक्न चाहन्नँ ।

मनभरि थरीथरीका प्रश्न खेल्छन् ः किन गरियो हामीलाई यस्तो अपहेलना ? हामीले के नराम्रो गरेका थियौं र, हामीलाई यसरी विभेदको शिकार बनाइयो ? किन हाम्रा आवाज अझै पनि गुम्सिएका छन् ? दलित समुदायमा मात्र होइन, गैरदलित समुदायमा पनि चेतनाको कमी देखेकी छु । यो समस्या दलितहरूको मात्रै हुन सक्दैन, यो त गैरदलितको समस्या बेसी हो । यो समस्या सिङ्गो राज्यको हो । तर पढेलेखेका, आफूलाई बौद्घिक श्रेणीमा राख्नेहरूले पनि यो समस्या अन्त्य गर्न पहल गर्नुपर्छ । मेरो अनुभवले त यही भन्छ ।

जति बेला मेरो परिवार न्याय चाहन्थ्यो, ती गैरदलित नै थिए, जसले जातीय विभेदलाई समस्याको रूपमा हेरेनन्, न्यायको समस्याको अर्थमा बुझेनन् । उनीहरूले विभेद गर्नुलाई हकअधिकार ठाने । अब हाम्रो आन्दोलनले, हाम्रो आवाजले निर्णय गर्नुपर्छ, हामी विभेदको अन्त्य गर्न चाहन्छौं भनेर । यस्तै यस्तै सोचेर हिँडेकी छु म आजभोलि । केही वर्षको संघर्षपछि आफ्नोे समुदायको हितको काममा लाग्ने विचार छ मेरो । मैलेजस्तै अरु बालबालिकाले यस्तो हिंसात्मक व्यवहार सहन नपरोस् भनेर धेरै काम गर्नु छ मैले । तर कसरी गर्छु ? के गर्छु ? थाहा छैन ।
दलित रीडर बाट साभार