केहि दिन अघि कुवेतमा आयोजित एक कार्यक्रममा एनआरएन एनसीसी कुवेतका अध्य्क्ष सुमित्रा देवी पौडेलले बोल्दै फेसबुक या अन्य ठाउ बाट आएको समाचारलाई बिना अनुसन्धान र निस्कर्ष बिना जस्ताको त्यस्तै प्रेषित नगरि दिनु , तपाइको सानो समाचारले नेपालमा बस्ने परिवारहरु धेरै चिन्तित बनाउने गरेको भन्दै अनुरोध गरिन।
अध्य्क्ष पौडेलले के बोलेकी होलान भनेर मिडिया र सामाजिक सञ्जालमा समेत एक लहर चल्यो । उनले उठाएका सबै कुरामा विरोध नै गरिहाल्नु पर्ने पनि छैन । समर्थन नै हुन पर्छ भन्ने पनि होइन । किनकी अध्य्क्ष पौडेलले भने झैँ फेसबुक या अन्य ठाउ बाट आएको समाचारलाई बिना अनुसन्धान र निस्कर्ष बिना जस्ताको त्यस्तै सम्प्रेषण गर्नु हुदैन यो पत्रकारिताको आचार संहिता भित्र पनि पर्दैन । स्वच्छ पत्रकारितामा जोड दिन र आचार संहिताको पालन गर्न सुझाव दिएकोमा पत्रकार मित्रहरु आभारी नै हुनु पर्छ ।तर पत्रकार जगत पेशाको मर्यादा र आचार संहिता विपरीत कार्यको चिन्ताको विषय बनेको आशय बुझाएर संचार क्षेत्रको गरिमा र महत्वलाई गहिरो गरि महसुस गरेको छौ भन्दै बिज्ञप्ति निकाल्ने एनआरएन एनसीसी कुवेतका तर्फ बाट नेपाली समाजलाई सुचित र सचेत बनाउन कुवेतमा संचालित मिडियाहरु संग एक्यबधता गर्ने र बहस छलफलको आवश्यता छ भने मनन गरेर अहिले सम्म खुला बहस गरेको किन उदाहरण भेटिदैन ?
सामाजिक रुपान्तरणको प्रमुख जिम्मेवार क्षेत्रलाई यसरी पेशागत मर्यादा सम्झाउन हेका राख्नु हुने आदरणीय अध्य्क्ष ज्युले एनआरएन अधय्क्ष बाट केहि महिना अघि पत्रकार कुटिएको कुरा हेक्का नराख्नु भएको हुन् सक्छ । तर जस्तो प्रकारले यो घटना भयो त्यसले देश बिदेशमा एनआरएन कुवेत भित्रको चरित्र उदाङ्गो बनाइदियो । यो घटनाले प्रवासमा बसेर पत्रकारिता गर्ने हजारौ नेपाली पत्रकारहरू आहत् भए।कुवेतमा क्रियाशिल मिडियाहरुले नेपाल बाट प्रकाशित समाचारहरुको स्रोत खुलाएर प्रकासन गर्दा समेत अक्षम्य अपराधी सरह छेडछाड गाली, गलौज, बेइज्जती गरेर तनावग्रस्त बनाउने संस्कार भोगेको एउटा सिपाही हु म पनि र मलाई अहिले पनि याद छ जे जसरी मिलापत्र गरिएको भएपनि नेपाली समाजको हक हित र एकताको लागि कलम चलाउने पत्रकारिता गर्दाको परिणाम आफ्ना सस्थाका सहकर्मी बाट पत्रकार कुटिदा उबेला मौनता साध्ने मध्ये एनआरएन एनसीसी कुवेतको भाइटल पोस्टमा विराजमान एक जना बर्तमान अध्य्क्ष ज्यु पनि हुनु हुन्थियो। तर अहिले वहालाई नै संचार क्षेत्रको गरिमा र महत्वको आफुमा गहिरो सम्मान भएको सुन्न पाउदा खुशी लाग्यो ।
तर अब हामी सवैलाई के कुरा हेक्का हुनु पर्छ भने पत्रकारिताको एक मात्र वर्णन हुनै सक्तैन। केही बर्ष अघि सम्म हरेक घटनाको प्रत्यक्ष साक्षी पत्रकार मात्र बन्नुपथ्र्यो तर अहिले उपकरण र प्रविधिको पहुँच संगै पत्रकार नपुग्ने ठाउँमा नागरिकको पहुँच छ, पत्रकारले नलेख्ने विषयलाई एक नागरिकको हेर्ने विभिन्न दृष्टिकोण हुन्छन् र यी नागरिक जहाँ पुग्दा र जे गर्दा जे देख्छन् वा सुन्छन् उनीहरूले त्यसलाई आफू अनुकूल फेसबुक, ट्वीटर, यूट्युव, ब्लग मार्फत स्वतन्त्रतापूर्वक प्रवाह गरदै आएका छन।
सूचना संकलन, मन्थन, विश्लेषण र सम्प्रेषणमा नागरिकको प्रत्यक्ष सहभागिता हुने भएकाले समाजका एक थरिले मिडियाको शक्ति वा सामथ्र्यलाई आत्मसात् गर्दै गएका छन् भने अर्क़ो थरिले सार्वजनिक कार्यक्रममा समेत अनेकौ उपनाम झूँड़ाएर तुष पोखदै पत्रकारलाई तारो बनाऊँदै आएका छन। देश बिदेशमा आफू अनुकुल पत्रकारलाई प्रयोग र उपयोग गर्ने नत्र धमकाएर , थर्काएर चुप लगाऊँने छन । तर अबका दिनमा नागरिकले सामाजिक सञ्चाल मार्फत लाखौ , करोडौं दर्शक वा पाठकमा समाचार क्षणभरमै पुर्याएर साँचो, सत्य कुरो लुकाउन गाह्रो हुनेछ। त्यही भएर पत्रकारलाई गाली गर्ने , फ़ेसबुके र अनेकौ उपनाम जोडेर आत्म संतुष्टिको पदक छातीमा लगाउने भन्दा पनि एउटा सामान्य नागरिकको आँखावाट हेरिने, गरिने नागरिक पत्रकारिताको बाट बचेर काम गरौ।
तपाईहरुको भाषा सापटी लिएर भन्दै छु जसरी पत्रकारले फेसबुकमा आएको समाचारलाई बिना अनुसन्धान र निस्कर्ष बिना प्रेषित समाचारले नेपालमा बस्ने परिवारहरु धेरै चिन्तित बनाउछ । त्यसै गरि कुन दुःख, मेहेनत र लगानीले कुवेत सम्म आइपुगेका नेपालीहरु छन्। तिनलाई प्रताडित गरेर उसका घरपरिवार, आफन्तलाई रूवाउने, पीडामा पार्ने काम गरेको देखेर सुनेर पनि बोलि बिक्नेहरु , सार्वजनिक पदमा विराजमान भएका नेपालीहरु मुक दर्शक बनिदिदा झन् बढी मन दुःख्छ। हो हामी अर्काको देशको कानून, प्रशासन वा ऐन नियमका विरूद्ध बोल्नु हुँदैन र बोल्दैनौं। तर, सामाजिक रूपमा एउटा नेपाली ले गरेको जस्तो सुकै अमानविय कार्यहरुको विषयमा साझा ध्यानाकर्षण हुनु पर्छ । एकले अर्कोको बचाऊ गरेर , विरोध गरेर हिलो छ्यापेर हैन, सवै मिलेर काम गरौ।आजै बाट गरौ ।
No comments:
Post a Comment