Wednesday, December 18, 2019

जातीय विभेद गरेको आरोपमा उपेन्द्र यादव गिरफ्तार

विभेद बिरुद्ध अभियान-०७६ पुस १ गते,सुखिपुर नपा–४ का ६५ वर्षीय सिहेश्वर मोची र ५३ वर्षीय चन्द्रदेव पासवानलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले सुखिपुर नपा–४ का ५२ वर्षीय उपेन्द्र यादवलाई पुस १ गते गिरफ्तार गरेको छ ।
उपेन्द्रसहित औरही गाउँपालिका–३ का ४२ वर्षीय रामचन्द्र यादव र ४६ वर्षीय रामपृत यादवविरूद्ध पीडितद्वयले जिल्ला प्रहरी कार्यालय सिरहामा कात्तिक २८ गते जातिय विभेद गरेको आरोपमा उजुरी दिनु भएको थियो ।

कात्तिक २३ गते स्थानीय ७० वर्षीय सुर्यनाथ यादवको मृत्यू भोज खान गएका दलित समुदायका व्यक्तिहरूलाई आरोपितहरूले भोज खान दिएको पात र खाना सामग्री सहित फ्यालेर गाली गलौज तथा हातपात समेत गरेको पीडित चन्द्रदेव पासवानले बताउनु भयो ।

‘गाउँलेहरूलाई दिउँसै भोज खान बोलाएका थिए । तर, हामी दलितहरूलाई साँझ ७ बजे मात्र भोज खान आउनु भनी निम्ता गरेका थिए । हामी सबै परिवारहरू भोज खान गए पनि आरोपितहरूले रातै नपरी आगनमा बसेर खान्छस् भनी दुव्र्यवहार गरेकाले कारवाहीको माग गर्दै प्रहरीमा उजुरी गरेका हौँ ।’–पीडित चन्द्रदेवले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराका अनुसार घटनापछि आरोपितहरू फरार रहेका थिए ।

विशेष सूचनाका आधारमा आरोपित उपेन्द्रलाई गिरफ्तार गरी अनुसन्धानको लागि म्याद थप गराएको बताउनु भयो । अन्य आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको डिएसपी बोहराले बताउनु भयो ।

Thursday, December 12, 2019

प्रदेश २ मा दलित सशक्तिकरण ऐन, २०७५ प्रमाणिकरण

विभेद बिरुद्ध अभियान -।०७६ मङ्सिर २५ गते-  प्रदेश–२ मा प्रदेश सभाले सर्वसम्मत रुपमा पास गरेको ‘दलित सशक्तीकरण ऐन, २०७५’ प्रमाणिकरण भएको छ ।

संविधानको धारा १९७ ले दिएको अधिकार प्रयोग गरी प्रदेश–२ ले बनाएको यो ऐनलाई प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले मङ्सिर २४ गते पारित गर्नुभएको प्रदेश २ का मुख्य न्यायधिवक्ता दिपेन्द्र झाले जानकारी दिनुभएको छ ।

प्रदेश प्रमुखले प्रमाणिकरण गर्नु भएको ऐनमा विद्यावारिधिसम्म निःशुल्क शिक्षासँगै दलित विद्यार्थीलाई मासिक निर्वाह भत्ता, रासन कार्डको व्यवस्था र दलित आरक्षित सीटमा महिला र पुरुष बराबरी हुने व्यवस्था  रहेको छ ।

संविधानको धारा ४० अनुसार माध्यमिक शिक्षा (कक्षा १२ सम्म) निःशुल्क भएको वा नभएको सम्बन्धित स्थानीय तहले हेर्ने र नभए कार्यान्वयन गर्नुपर्ने दायित्व ऐनको दफा ६ ले सम्बन्धित स्थानीय तहको हुने व्यवस्था गरेको छ ।

दलित परिवारका विद्यार्थीले उच्च शिक्षा र विद्यावारिधिसम्म अध्ययन गर्नेलाई शुल्क मिनाहासँगै मासिक निर्वाह भत्ता, पाठ्यपुस्तक, ट्युशन शुल्क र पोशाकसमेत उपलब्ध गराउनुपर्ने ऐनमा व्यवस्था छ ।

निजी विद्यालय तथा क्याम्पसमा भर्ना भएका दलित विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने, शिक्षामा सबैभन्दा पछाडि रहेको मुसहर, डोम, मेस्तर र बाँतर समुदायका विद्यार्थीलाई लक्षित गरी विशेष कार्यक्रम ल्याउने व्यवस्था समेत रहेको छ ।

ऐनमा दलितमैत्री विद्यालय बनाउन विशेष कार्यक्रम बनाई कार्यान्वयन गरिने र समतामूलक समाज निर्माण गर्न लागेका ऐतिहासिक व्यक्तित्वको जीवनी पाठ्यक्रममा अनिवार्य समावेश गर्न पहल गरिने उल्लेख छ ।

शिक्षासँगै स्वास्थ्यसम्बन्धी विशेष अधिकारको व्यवस्था गर्दै ऐनमा स्वास्थ्य उपचारमा विशेष सुविधा र जटिल उपचार न्यून शुल्कमा गर्ने प्रबन्ध गरिएको छ ।

यो ऐनले दलितका लागि आरक्षित सीट महिला र पुरुषका लागि बराबरी हुनुपर्ने भनेको छ । ऐनको दफा (२) मा भनिएको छ–‘समानुपातिक समावेशी सिद्धान्तको अवलम्बन गर्दा दलितका लागि आरक्षित सिटमध्ये ५० प्रतिशत सिट दलित महिलाका लागि सुनिश्चित गरिनेछ ।’Image may contain: textImage may contain: textImage may contain: textImage may contain: textImage may contain: textImage may contain: textImage may contain: textImage may contain: text
Image may contain: textImage may contain: textImage may contain: textImage may contain: text
Image may contain: text

छुट्टै भान्छाको व्यवस्था नभएको भन्दै दलितको बिहेमा गैरदलितद्वारा भोज बहिष्कार


विभेद बिरुद्ध अभियान -।०७६ मङ्सिर २५ गते-  बेसीशहर नगरपालिका–३ स्थित बिकको घरमा भएको विवाह कार्यक्रममा छुट्टै भान्छाको व्यवस्था नभएको भन्दै गैरदलितहरूले सामूहिक रूपमा भोजलाई बहिष्कार गरेका छन् ।मङ्सिर २५ गतेको विवाह कार्यक्रममा स्थानीयवासी गैरदलितलाई पनि निम्तो दिएकोे र सबैलाई एउटै भान्छा प्रयोग भएको भन्दै गैरदलितहरू भतेर नखाई फर्किएको बेहुलीकी ५५ वर्षीया फुपू फुलमाया बिकले आरोप लगाउनुभयो ।

निम्तो मान्न आएका गैरदलितहरू दलितले छोएको नखाने भन्दै भतेर नखाई फर्किएको दलित अधिकारकर्मी सोमबहादुर दुलालले बताउनुभयो ।

बेसीशहर नगरपालिका–३ की २२ वर्षीया सोनाम बिकको बिहेमा सोही ठाउँ निवासी ब्राम्हण, क्षेत्री र जनजातीले बिहे भोज बहिष्कार गरेका हुन् ।

बेसीशहर नगरपालिका–३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठले भतेर खाने नखाने आफ्नो इच्छा भएको बताउनुभयो ।

‘नखानेलाई खान नै पर्छ भनेर कर लगाउन सकिँदैन । मैले त केही खाएँ तर केही गैरदलितहरू खान नचाहेको भने ।’–अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

सार्वजनिक रूपमा भेदभाव र छुवाछुत गरेको पाइएमा नेपालको संविधान अनुसार तीन महिनादेखि १ वर्षसम्म वा १ हजार रुपियाँदेखि २५ हजार रुपियाँसम्म जरिबाना वा दुवै सजायको व्यवस्था छ ।

Monday, December 9, 2019

दलित समुदायको उच्चस्तरीय प्रतिनिधिमण्डल भारत प्रस्थान

विभेद बिरुद्ध अभियान -  नेपाल–भारत दलित मैत्री सङ्घका अध्यक्ष ओमप्रकाश विश्वकर्मा रामदामको संयोजकत्वमा नेपाल र भारत दुवै देशको साहित्य र संस्कृतिसम्बन्धी सम्मेलनमा भाग लिनका लागि दलित समुदाय सांसद अधिकारकर्मीहरुको टोली भारत प्रस्थान गरेको हो । भ्रमण टोलीले मित्रराष्ट्र भारतको राजधानी दिल्लीमा यही १० डिसेम्बर २०१९ (२४ मङ्सिर २०७६) मा बाबु जगजीवनराम कलासंस्कृति तथा साहित्य प्रतिष्ठानद्वारा आयोजित ‘अन्तर्राष्ट्रिय दलित सम्मेलन’मा नेपालका तर्फबाट भाग लिने सङ्घका अध्यक्ष रामदामले जानकारी दिनुभयो ।
सो टोलीमा अध्यक्ष ओमप्रकाश विश्वकर्मा रामदाम, सांसदहरु सुजता परियार, रामलखन हरिजन र रामप्रीत पासवान, संविधानसभाका सदस्य डिवी नेपाली, संविधानसभाका सदस्य तथा राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालका अध्यक्ष विनोद पहाडी, सङ्घका महासचिव चन्द्रकुुमार गदाल, कोषाध्यक्ष रामसुभग हरिजन, सङ्घका केन्द्रीय सदस्यहरु कैलाशमान विश्वकर्मा, गोमा सुनार र टककुमारी विश्वकर्मा, अधिकारकर्मीहरु ईश्वरी विक, सुनिता मरिक, जोगेन्द्र विक र राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालका केन्द्रीय सदस्य बुद्धिबहादुर विश्वकर्मा सहभागी हुनुहुन्छ ।
भ्रमण टोलीले भारतीय लोकसभाका सदस्यहरु, दलित आन्दोलनका अगुवाहरु र अनुसूचित जनजाति आयोग भारतका पदाधिकारीहरुसँग भेटघाट गरी नेपाल र भारतका दलित समुदायका समस्याका बारेमा छलफल गर्नाका साथै अनुभव आदान प्रदानसमेत गर्नेछ ।

धनकुटाका गाउँबस्तीमा हुने भोजमा दलित र गैरदलितका बेग्ला–बेग्लै भान्सा

विभेद बिरुद्ध अभियान -  ०७६ मङ्सिर २२ गते- नेपाल सरकारले २०६३ सालवाटै छुवाछुत मुक्त राष्ट्र घोषण गरी २०६८ सालबाट काुनन ल्याएर छुवाछुतलाई दण्डनीय बनाएपनि धनकुटाका गाउँबस्तीहरूमा दलित र गैरदलित समुदाय बिचको अन्तर भने कायम नै रहेको दलित समुदायको गुनासो छ ।
जिल्लाका विभिन्न दलित समुदायका गाउँबस्तीमा हुने विवाह, ब्रतबन्ध, पुजा अर्चना जस्ता शुभकार्यका भोजमा अहिले पनि दलित र गैरदलितका बेग्ला–बेग्लै भान्सा लगाउने चलन रहि आएको छ ।
दलित र गैरदलित समुदायका विच अझैपनि जातीय विभेद र छुुवाछुत कायमै रहेकाले भोजभतेरमा पनि बेग्ला–बेग्लै भान्सा लगाउने गरिएको धनकुटा नगरपालिका–२ भिरगाउँका ५२ वर्षीय आनन्दबहादुर बराइलीले बताउनु भयो ।
दलित समुदायले पकाएको खानाका परिकार गैरदलित समुदायले नखाने भएपछि छुट्टै भान्साको व्यवस्था गर्ने चलन रहेको उहाँले बताउनु भयो ।
दलित समुदायमा हुने भोजमा गैरदलित पाहुनालाई भान्सामा आवश्यक चामल, दाल, तरकारी, नुन, तेल, मसला, माछा, मासु जस्ता सामग्रीको व्यवस्था गरिदिने र उनीहरूले बेग्लै पकाएर खाने गरेका छन् ।
आफूहरूले पकाएको गैह्रदलित छरछिमेकले नखाने भएपछि मनमुटाव नआओस् र वर्षौँदेखिका इष्ट, नाताले मन नदुखाउन् भन्ने सोचले छुट्टै भान्साको व्यवस्था गरिदिने गरेको महालक्ष्मी नगरपालिका–३ डाँडागाउका ४५ वर्षीय मोहन विश्वकर्माको भनाइ छ ।
दलित समुदायको भान्सामा राँगो, भैँसी, सुँगुर, बङ्गुर जस्ता पशुको मासु बनाउने र गैरदलित समुदायलाई जाति अुनसार राँगो, खसी, बोका लगायत पशु दिने चलन रहेको छ ।
‘साकाहारी र मांसहारीका लागि छुट्टा–छुट्टै भान्साको व्यवस्था हुनु बेग्लै कुरा हो ।’–तेलियाका रविन्द्र रणपहेलीले भन्नुभयो–‘अहिलेको युगमा पनि जातकै आधारमा बेग्ला–बेग्लै भान्सा हुनु साह्रै लाज लाग्दो कुरा हुनुपर्ने हो । तर, यहाँ चलिरहेकै छ ।’
शुभकार्यमा हुने भोजभतेरमा मात्रै नभई मेलापातमा समेत विभेदजन्य गतिविधि र व्यवहार हुने गरेको दलित समुदायको गुनासो रहेको छ ।
दलित समुदायको काममा जाँदा समेत गैरदलित खेतालाको लागि समेत बेग्लै खाजाको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको छ ।
सहरबजार आसपासका गाउँबस्तीमा विभेदजन्य गतिविधि नदेखिने भएपनि गाउँमा यसले अझै जरा गाडेको रणपहेलीको भनाइ छ ।
जातीय विभेद र छुवाछुत कानुनी रूपमा दण्डनीय र सामाजिक रूपमा अमानवीय कार्य भएपनि खुल्लेआम विभेदजन्य कार्य भइरहे पनि सरोकारवालाको ध्यान जान नसकोको दलित समुदायको गुनासो छ ।

छाक टार्नै मुस्किल दलित समुदाय खानेकुरा खोज्न जङ्गल पस्छन् 

विभेद बिरुद्ध अभियान - बैतडी   , ०७६ मङ्सिर २२ गते- दोगडाकेदार गाउँपालिकाको मुख्य बजार खोचलेकबाट करिब ५ किलोमिटर टाढा गाउँपालिकाको वडा नं. ४ मा खम्तोला बस्ती छ ।
सडकछेउमै रहेको यो बस्तीमा दलित समुदायका आठ परिवारको मात्र बसोबास छ । शनिबारको दिन अपराह्नतिर खम्तोलामा ८–९ जना बालबालिका जङ्गलबाट दौडेर आउँदै थिए ।
काँधमा कुटो, कोदालो बोकेका उनीहरू तरूल खनेर आएका थिए । खाद्यान्न उत्पादन गर्ने जमीन नहुँदा यहाँका बालबालिका शनिबार र अन्य बिदाको दिन खानेकुरा खोज्न जङ्गल पस्छन् ।
तरूल लगायत जङ्गली फल (कन्दमूल) ल्याएर छाक टार्नुपर्ने उनीहरूको बाध्यता छ । नेपालको संविधानले सुनिश्चित गरेका सबै मौलिक हकहरू त परै जाउन् महर समुदायले गास, बास र कपासको न्युनतम सुविधा समेत उपभोग गर्न सकेका छैनन् ।
‘खेती गर्ने जमीन नहुँदा विद्यालय बिदा भएको दिन बालबालिकाले पनि जङ्गलबाट खानेकुराहरू ल्याउँछनर ।’–स्थानीय शेरेराम महरले भन्नुभयो–‘अलि ठूलो हुनासाथ भारततर्फ मजदुरी गर्न हिँड्छन् । कतिपय दिन त उनीहरू विद्यालयसमेत जान पाउँदैनन् ।’
पानी पर्दा चुहिने र घाम पनि राम्रोसँग नछेक्ने महर बस्तीका घरहरूको विशेषता छ । तर, कमाइ खाने जग्गा भने छैन ।
जमीन नभएका उनीहरू अरूकै काम गरेर जीवन निर्वाह गरिरहेका छन् । आरन, सिलाइ–कटाइ, फर्निचरको काम गरी आठ जनाको परिवार पाल्दै आएका ३९ वर्षीय रामिराम महरले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘हाम्रो जग्गा जमीन छैन । डेरामा बसे जस्तै हो । घरबाहेक केही छैन । अरूकै काम गरेर खाने हो । सागसब्जी लगाउने जमीन पनि छैन ।’
बाजेहरू कहाँबाट आएर बसेका हुन् भन्नेसमेत थाहा नपाएको उहाँले बताउनुभयो । पछि आफूहरूको आर्थिक अवस्थाले अन्त गएर जमीन किनेर बस्न नसकिने हुँदा गुजाराको जिन्दगी बिताइरहेको उहाँको भनाइ छ ।
रमिराम भन्नुहुन्छ–‘अरूकै ज्याला मजदुरी गरी जीवन गुजारा चलाउने परिवार हौँ । काम पाए पैसा आयो, नत्र भने छाक टार्नै मुस्किल हुन्छ ।’
हालसम्म जग्गा पाउने आशैआशमा वर्षौँ बिताएको उनीहरूको भनाइ छ । स्थानीय सरकारले पनि आफूहरूका समस्यामा कुनै वास्ता नगरेकामा उनीहरूको दुखेसो छ ।
निर्वाचनका बेला मात्र आफ्नो टोलमा नेताहरू देख्न पाइने यहाँका स्थानीयले बताए । ‘चुनावका बेला जमीन दिने, घर बनाइदिने नेताहरूले आश देखाउँछन् ।’–रमिरामले भने–‘जितिसकेपछि कसैले फर्केर हेर्दैनन् ।’
तरकारी लगाउने बारीसमेत नभएको दुःखेसो बिसाउँदै २४ वर्षीय हीरा महरले बालबच्चालाई पढाउनसमेत मुस्किल पर्ने बताउनुभयो ।
‘श्रीमान् एक्लैले अरूको काम गरी परिवार पाल्नुपर्छ ।’–उहाँले भन्नुभयो । काम गरेको ज्याला र खलो लिएर पनि आफूहरूको गुजारा चलेको मानमति महर बताउँनुहुन्छ । पतिले फलामका कुटो, हँसिया बनाएबापत अन्य समुदायले खलो, पैसा दिने गरेको उनले सुनाइन् ।
‘पहिरोको जोखिममासमेत रहेको उक्त बस्तीको तलबाट भिरालो जमीन भएकाले बर्खामा त्रास हुन्छ । ठूलो वर्षा हुँदा बगाउँछ कि भन्ने पीर लाग्छ ।’–उनीहरूको भनाइ छ ।
पानीको पाइप ठाउँठाउँमा टुटेकोले खानेपानी अभाव उस्तै छ । जमीनविहीन आफूहरूको समस्या समाधान गरिदिन महर बस्तीको माग छ ।
महर बस्तीमा समस्या रहेको र यसको समाधानका लागि आफूहरूले योजना बनाउने दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए ।

दलित बालबालिकालाई शैक्षिक र एकल महिलालाई खाद्य सामग्री वितरण

विभेद बिरुद्ध अभियान -०७६ मङ्सिर २३ गते-  चाँगुनारायण नगरपालिका–४, सङ्गमटोल र वडा नं. ५ मिलनटोलका विपन्न एवम् दलित परिवारका बालबालिकालाई शैक्षिक सामग्री एवम् एकल महिलालाई खाद्यान्न वितरण गरिएको छ ।
ग्रेट होप इन्टरनेशनल नेपाल (Great hope international nepal) को सहयोग तथा इन्सेक भक्तपुरको सहकार्यमा मङ्सिर २२ गते कक्षा १ देखि १० सम्म अध्ययनरत विपन्न दलित परिवारका ५५ जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।
बालबालिकालाई स्कुल व्याग, टिफिन बक्स, पानी हाल्ने बोतल, तौलिया, कापी र कलम प्रदान गरिएको ग्रेट होप इन्टरनेशनल नेपालका सञ्चालक उदय घिमिरेले बताउनुभयो ।
कार्यक्रममा २० जना एकल महिला एवम् विपन्न दलित परिवारलाई खाद्य सामग्रीसमेत वितरण गरिएको छ ।
एकल एवम् दलित महिलालाई प्रति व्यक्ति एक बोरा चामल र एक थान ब्ल्याङ्केट प्रदान गरिएको इन्सेकका कार्यक्रम सहजकर्ता राजु मग्रातीले जानकारी दिनुभयो ।

Saturday, December 7, 2019

घरमुली दलित भएको थाहा पाएपछि पुजारी बहाना बनाएर पूजा मण्डपबाट भागे


विभेद बिरुद्ध अभियान -कपिलवस्तु - छुवाछुत तथा अपमानजनक व्यवहार गरेको आरोपमा एक जना पुजारीलाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ ।

शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटाका मिलन विश्वकर्माले निर्माण गरेको नयाँ घरको पूजा, रुद्री, सत्यनारायण पूजालगायतको कार्यका लागि आएका पुजारीहरु भिमप्रसाद पोख्रेल र अर्का नाम नखुलेका एक पुजारीलाई बोलाइएको थियो । तर उनीहरु घरमुली दलित भएको थाहा पाएपछि बहाना बनाएर पूजा मण्डपबाट भागेको घुरमुली मिलनले बताउनुभयो ।

यसरी मण्डप छोडेर भागेका दुई पुजारीउपर प्रहरीले छुवाछुत तथा अपमाजनक व्यवहारको कसुरमा शुक्रबार मुद्दा दर्ता गरेको छ । पूजा मण्डप छाडेर भाग्ने पुजारी वाणगंगा नगरपालिका वडा नं. ८ चप्पर गाउँ का ६५ वर्षीय भिमप्रसाद पोख्रेललाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ । अर्का नाम नखुलेको भनिएका पुजारी भने फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पुजारी पोख्रेललाई ७ दिनको म्याद थप गरी मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । छुवाछुत तथा अपमाजनक व्यवहारको कसुर प्रमाणित भए ३ वर्ष कैद वा ३० हजार रुपैयाँ जरिबाना वा दुवै हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

पुजारीले दलित भनेर पूजा मण्डप नै छोडेर गएको यो घटनाले आफू निकै दुःखी र अपमानित भएको घरधनी मिलन विश्वकर्माले बताउनुभयो । दुवै जना पुजारीउपर कडा कारबाही हुनु पर्ने उहाँको माग छ ।

घटनाको निन्दा गर्दै मधेस मानव अधिकार गृहले एक प्रेस विज्ञप्ति जारी गरी दोषीउपर कडा कारबाहीको माग गरेको छ । २१ औं शताब्दीमा छुवाछुत तथा अपमानजनक व्यवहार गर्नु खोज्नु मानव अधिकारको गम्भीर उल्लघंन रहेको भन्दै गृहका अध्यक्ष रवि ठाकुरले घटनालाई सत्य तथ्य छानबिन गरी दोषीलाई उम्किन नदिन स्थानीय प्रहरी प्रशासनसँग आग्रहसमेत गर्नु भएको छ ।

दलितको वास्तविक तथ्याङ्क ल्याउन माग


विभेद बिरुद्ध अभियान -दलित समुदायका अगुवाले नेपालको जनगणना २०७८ को प्रस्तावित ढाँचामा दलित समुदायको वास्तविक तथ्याङ्क नआउने भन्दै वास्तविक तथ्याङ्क सङ्कलनको माग गरेका छन्।

दलित गैरसरकारी संस्था महासङ्घ नेतृत्वको टोलीले आज केन्द्रीय तथ्याङ्क विभागमा ज्ञापनपत्र बुझाउँदै दलित समुदायभित्र विभिन्न जातजाति रहेको र गणकलाई वास्तविक जात नभन्दा वा गणकले उचित समूहमा नराख्दा दलित समुदायको सङ्ख्या कम देखिएको दाबी गरेको छ।

महासङ्घका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्माले दलित समुदायको जनसङ्ख्याको वास्तविक तथ्याङ्क आउँदा राज्यले उनीहरुको अधिकार संरक्षण र प्रवद्र्धनमा गर्नुपर्ने काममा विशेष सहयोग हुने भएकाले वास्तविक तथ्याङ्क सङ्कलन गर्न आग्रह गरे। दलित आन्दोलनका अगुवा हीरा विश्वकर्माले संविधानको धारा २४ ले छुवाछूतविरुद्धको हक, धारा ४० ले आर्थिक र सामाजिक हक तथा धारा २८१ ले मानव विकासको अवस्थाको पुनरावलोकन दलित र महिलाको गर्ने व्यवस्था गरेको ती कार्यान्वयनमा तथ्याङ्कको विशेष भूमिका रहने भन्दै आगामी दिनमा वास्तविक तथ्याङ्क सङ्कलन गर्नुपर्नेमा जोड दिए। विभागले विसं। २०७८ असारमा जनगणना गर्दैछ।

सरकारले हरेक १० वर्षमा जनगणना गर्दै आएको छ। दलित समुदायको जनसङ्ख्या कूल जनसङ्ख्याको २० प्रतिशत भएको दाबी दलित समुदायको छ। तर २०६८ को जनगणनामा दलितको जनसङ्ख्या कूल जनसङ्ख्याको १३.८ प्रतिशत मात्रै छ।

Friday, December 6, 2019

बाहुनकी छोरी र विश्वकर्माको छोराबीच भयो मागी विवाह

विभेद बिरुद्ध अभियान-इटहरी/ समाज रुपान्तरण गर्न परिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने उदाहरणलाई 
व्यवहारिक रुपमा देखाएका छन इटहरीका दुई युवा सामाजिक अभियन्ता रेग्मी र सेन्च्युरीले ।
रेग्मी र सेन्च्युरीको परिवारबीचमा सहमति भएपछि परम्परागत रुपमा दुई अन्तरजातीय समूहका युवा–युवतीबीच मागी विवाह गरेर समाजलाई चेतनामुलक सन्देश दिएका छन् ।
इटहरी ५ आदर्श टोल निवासी उमेश सेन्च्युरी विश्वकर्मा र इटहरी ५ जनता वस्ती निवासी मिरा रेग्मीबीच विहिबार इटहरीको लाययन्स क्लबको भवनमा धुमधामका साथ पौराणिक हिन्दु रितिरिवाज अनुसार विवाह गरे । ननविवाहित जोडी उमेश र मिरा बाल्यकालबाटै सकारत्मक परिवर्तनका अभियन्ताहरु हुन। बाल समूहबाट स्थानीय स्तरमा स्थापित हुँदै कलमको माध्यमले जातिय विभेद र असमान मूल्य मान्यतालाई चिर्दै हानिकारक मनोविचार बिरुद्ध अभियानहरु संचालन गरी सामाजिक रुपमा स्थापित दुवै ससक्त युवा सहकर्मी हुन् ।
बिद्यमान जातीय विभेद र छुवाछुतको अवस्था अझै पनि राष्ट्रको ठूलो चुनौतीको रुपमा रही आएको नेपाली समाजमा दलित र गैर दलितबीच अझै मागी विवाह हुन सक्ने अवस्था आएको छैन । समाजमा अझै पनि दलित र गैरदलितबीच ठूलो विभेद कायमै रहेको छ । तर एक ब्राह्मण समुदायकी छोरी र र दलित समुदायको छोराबीच मागी विवाह गर्नु नै समाजको लागि पुरातनवाद बिरुद्दको ठूलो र सकरात्मक परिवर्तनको प्रयास हो ।
सो वैवाहिक अवसरमा दम्पतिलाई आशिर्वाद प्रदान गर्न इटहरीका अग्रज, समाजसेवी, मिडियाकर्मीका,न्याकर्मी,महिला अधिकारकर्मी तथा सचेत युवाहरुको बाक्लो उपस्थित रहेको थियो । हर्षित मुद्रामा उपस्थिति जनाएका सम्पुर्ण समुदायका पाहुनाहरुले नवदम्पतीले अबको युवापुस्तालाई जातीय भ्रमदेखि उन्मुख हुनका लागि निकै ठुलो उदाहरण पेस गरेको भन्दै विवाहको शुभकामना दिए ।
समाजमा अहिले पनि जातीय छुवाछूत र अन्तरजातीय विवाहकै कारण मृत्युहुन पर्ने अवस्थामा आफुहरुले समाज रुपमान्तरणमा सफल र नमूना जोडीको सन्देश दिन दलित र गैरदलितबीचको मागी विवाह सुरु गरेको मिरा रेग्मीले बताइन् ।मिरालाई साथ दिदै उमेश सेन्च्युरीले भने,‘ हामीले जस्तै मागी विवाहको सुरुवात सबै युवापुस्ताले गरे ,समाजको विभेद केही हदसम्म हट्छ । ’
आठ बर्षदेखि अध्ययनको शिलशिलामा अस्ट्रेलिया बसोबास गर्दै आएका नवदम्पतीद्वय सामाजिक न्यायका लागि सक्रिय छन् ।

जग्गा उपलब्ध गराउन कुनै सुरसार नदेखिएपछि दलित चिन्तित देखिए

विभेद बिरुद्ध अभियान

 ‘भूमिहीन दलितलाई’ जग्गा उपलब्ध गराउन कुनै सुरसार नदेखिएपछि दलित चिन्तित देखिएका छन् । ‘भूमिसम्बन्धी (सातौं संशोधन) ऐन २०७५’ ले भूमिहीन दलितलाई एकपटकका लागि तोकिएबमोजिम जमीन उपलब्ध गराउनुपर्ने विषय उल्लेख गरेको छ ।
नेपालको संविधानको मौलिक हक कार्यान्वयन गर्न संसद्बाट पहिलोपटक तोकिएबमोजिम जमीन उपलब्ध गराउने ऐन पारित गरेको थियो । ऐनले जग्गा उपलब्ध गराउन सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आयोग समिति वा कार्यदल गठन गर्न सक्ने प्रावधान छ ।
ऐन पारित भएको झण्डै छ महीना पुग्नलाग्दासमेत समिति वा कार्यदल गठन नहुनुले आफू चिन्तित भएको भूमिहीन दलित पदम विश्वकर्माले राससलाई बताउनुभयो । ‘भूमिसम्बन्धी ९साताँै० संशोधन० ऐन २०७५’ यसै वर्षको भदौ ३० र ३१ मा संसद्को दुवै सदनले संशोधनसहित पारित गरेको थियो ।
नामसारी र अंशवण्डाबाहेक अरु कसैलाई हक हस्तान्तरण गर्न नपाइने गरी पारित गरिएको उक्त ऐन बनेको तीन वर्षभित्रमा भूमिहीन दलितलाई जग्गा वितरण गरिसक्नुपर्ने उल्लेख छ । संविधानको मौलिक हक कार्यान्वयन गर्न सरकारले एकपटकका निम्ति भूमिहीन दलितलाई तोकिएबमोजिम जमीन उपलब्ध गराउन सो ऐन ल्याएको हो ।
कृषि मजदूर, भूमिहीन र सीमान्तकृत, मझौला र कृषि क्षेत्रमा संलग्न किसानको हातमा जमीन छैन । छैटाैं कृषि गणना २०६८ मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमीन नभएका कारण कृषि पेशा गर्न नपाएको उल्लेख छ । गणनामा ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेकामा ८३ प्रतिशत जनता कृषि पेशामा आत्मनिर्भर रहेको जनाएको छ । ४२ प्रतिशत कृषकले कृषि गर्न ऋण उपलब्ध नभएको उल्लेख छ । 

सडकपेटीमै जुत्ता सिलाएर गुजारा !

विभेद बिरुद्ध अभियान -

पहाडी क्षेत्र । बिहानको चिसो सिरेटो । बाहिर निस्कनै मुस्किल ! दिउँसोको पारिलो घामको न्यानो समेत लिन पाउँदिनन् उनी । मौसम जस्तो सुकै होस् उनलाई कुनै परवाह छैन । न त बिहानको जाडोको न त दिउँसोको त्यो रापिलो घामको आस छ न त त्रास नै ! रुकुम पश्चिम, मुसिकोटकी ४२ वर्षीय तिला खड्काको दैनिकी बिहान सबेरैबाट सुरू हुन्छ । बिहानै उठेर घरको धन्दा सकेर घरमा परिवारलाई खाना खुवाएपछि आफ्नो व्यवसायिक दिनचर्या सुरू गर्छिन् तिला । बिहान जुत्ता सिलाउने सामान बाकेर निस्किएकी तिलाको व्यवसायिक व्यस्तता बेलुकी अबेलामात्रै सकिन्छ ।
तिलाको स्थायी घर रुकुम पुर्वको सिस्ने गाउँपालिका–६ रुकुमकोट हो । हाल रुकुम पश्चिमको मुसिकोटमै सानो घर बनाएर बसिरहेको छ तिलाको परिवार । झट्ट हेर्दा तिला जाँगरिली देखिन्छिन्, हँसिली देखिन्छिन् । यो उमेरसम्म आइपुग्दा धेरै सङ्घर्ष गरेको सुनाउँछिन् उनी । जीवन निर्वाहको लागि गरिने सङ्घर्ष र दुःख त थियो नै, छोराछोरीको स्याहारले व्यस्तता पनि थपियो । दुई छोरा र एक छोरी सन्तान रहेकोमा छोरीको विवाह भइसकेको छ भने दुवै छोरामा अपाङ्गता छ । दुवै छोरा होचा पुड्का भएपछि उनीहरूको जीवन कसरी चल्छ ? भनेर चिन्ता लाग्ने बताउँछिन् तिला ।
खलङ्गा बजारको चिसोमा दिनभर जुत्ता सिलाउँदा कुनै दिन पुग नपुग ४ सय रुपियाँ त कुनै दिन २ सय रुपियाँ पनि नपुग्ने उनको भनाइ छ । सोही कमाईबाट दुई छोरा र पति सहित चारजनाको परिवार जसोतसो धानेकी छिन् तिलाले । ‘दुवै छोराको पढाइलेखाइ पनि यसै कामबाट जेनतेन चलेकै छ ।’–उनी भन्छिन्–‘जेठो छोरा बिएड पढ्दैछ, कान्छो छोरा ६ कक्षामा पढ्छ ।’
क्षेत्री भएर जुत्ता सिलाउने पेसा रोजेको कारण सामाजिक रूपमा पनि अपहेलित हुनुपरेको उनी बताउँछिन् । जुत्ता सिलाउन आउने कति जनाले त जात र थर सोध्ने गरेको र क्षेत्रीको छोरी भएर पनि यस्तो पेशा किन गरेको ? भन्ने जस्ता प्रश्न दैनिक आउने तिला बताउँछिन् । क्षेत्रीको छोरी भन्दा कतिले त नपत्याएर आफूले दिएको पानी समेत नखाएको तिलाको भोगाइ छ । ‘दलितलाई हेलाँहोचो गर्ने चलन मैले बुझेको छु । मानिस सबै बराबर हो भन्ने बुझाइ नै छैन ।’–उनले भनिन् ।
तिलाले जुत्ता सिलाउन थालेको तीन वर्ष भयो । सकारात्मक रूपले सोच्नेहरूका लागि अहिले उनी समाजको उदाहरणीय व्यक्ति बनेकी छिन् । आफ्नो पेशाप्रति गर्व गर्दै उनी भन्छिन्–‘समाजका कुनै कुनै मानिसले अझै मेरो पेसालाई घृणा गर्छन् । तर, मतलब गर्दिन । यो पेसाका कारण मैले आफ्नो गुजारा चलाइराखेकी छु ।’ अलि ठूलो बजार नभएकाले धेरै ग्राहकहरू नआउने र धेरैजसो ग्राहक पनि पुरूषद्वारा सञ्चालित पसलमा जाने हुँदा आफ्नो आम्दानी सोचेजस्तो नभएको उनको भनाइ छ ।
गरिबीका कारण दैनिकीमा केही सहयोग होस् भनेर २०७३ सालमा अपाङ्गता अधिकारसम्बन्धी काम गर्ने संस्थाले दिएको जुत्ता सिलाउने तालिम लिएको तिला बताउँछिन् । ज्याला मजदुरी गर्ने पतिको मात्रै कमाइबाट घर चलाउन समस्या भएपछि यो पेसाको सुरूवात गरेको उनले बताइन् ।
मुसिकोट नपा–१ सालघारीकी ३० वर्षीया कल्पना सार्कीको समस्या पनि तिलाको जस्तै छ । कल्पना पनि छोरा छोरीलाई पढाउन र साँझ बिहानको छाक टार्न बिहानै जुत्ता सिलाउने सामान बोकेर खलङ्गा बजारको सडक छेउमा रहेको घुम्तीमा आउँछिन् । ‘साना दुई सन्तान आफूसँगै छन् । पति अर्को विवाह गरेर अलग्गै बस्छन् ।’–उनले भनिन् ।
पतिले अर्को बिहे गरेपछि अर्कोतिर गइसकेपछि सबै जिम्मेवारी आफ्नो काँधमा आएको उनी बताउँछिन् । छोराछोरीलाई पढाउनको लागि जानीनजानी भएपनि जुत्ता सिलाउन थालेको उनको भनाइ छ । उनी भन्छिन्–‘सुरूमा जान्दैनथेँ । अहिले भने सिकिसकेकी छु । कति ग्राहकले त बिगारेको भनेर गाली पनि गरे तर के गर्नु छोराछोरीको शिक्षादीक्षा, लालनपालनको लागि पनि दुःख त गर्नैपर्‍यो ।’ कल्पना दिनमा जसोतसो ३ सय रुपियाँदेखि ४ सय रुपियाँसम्मको व्यापार हुने गरेको बताउँछिन् ।
दिनभरीको दुःख सँगै एक मनमा खुसी पनि छाउँछ । त्यो आम्दानीले दिनभरीको दुःख त कता हो कता गायब ! भोलिको चिन्ताले मन भारी हुन्छ । आफूले गरेको कमाई थोरै भएपनि त्यसैमा सन्तुष्टि भएर घर फर्कन्छन्, उनीहरु । दिनभरी गरेको थोरै आम्दानीले घरखर्च टर्ने आशा बोकेर हरेक साँझ बाँकी सामान बोकेर घर फर्किन्छन्, तिला र कल्पना । फेरि सुरु हुन्छ उनीहरुको घरको धन्दा

प्रदेश–२ मा ‘दलित सशक्तीकरण ऐन, २०७५’ पारित



विभेद बिरुद्ध अभियान 

२५ कात्तिकमा प्रदेश–२ को प्रदेश सभाले ‘दलित सशक्तीकरण ऐन, २०७५’ पारित गरेको छ । संविधानको धारा १९७ ले दिएको अधिकार प्रयोग गरी प्रदेश–२ ले बनाएको यो ऐनलाई दलित अगुवाहरूले अग्रगामी मानेका छन् । ऐनमा विद्यावारिधिसम्म निःशुल्क शिक्षासँगै मासिक निर्वाह भत्ता, रासन कार्डको व्यवस्था र दलित आरक्षित सीटमा महिला र पुरुष बराबरी हुने व्यवस्था नयाँ र सकारात्मक छन् ।
संविधानको धारा ४० अनुसार माध्यमिक शिक्षा (कक्षा १२ सम्म) निःशुल्क भयो/भएन सम्बन्धित स्थानीय तहले हेर्ने र नभए कार्यान्वयन गर्नुपर्ने दायित्व ऐनको दफा ६ ले सम्बन्धित स्थानीय तहको हुने व्यवस्था गरेको छ । त्यसपछिका उच्च शिक्षा र विद्यावारिधिसम्म अध्ययन गर्नेलाई शुल्क मिनाहासँगै मासिक निर्वाह भत्ता, पाठ्यपुस्तक, ट्युसन शुल्क र पोशाक समेत उपलब्ध गराउनुपर्ने व्यवस्था ऐनमा छ । निजी विद्यालय तथा क्याम्पसमा भर्ना भएका दलित विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने, शिक्षामा सबैभन्दा पछाडि रहेको मुसहर, डोम, मेस्तर र बाँतर समुदायका विद्यार्थीलाई लक्षित गरी विशेष कार्यक्रम ल्याउने व्यवस्था पनि राम्रो छ ।
ऐनमा दलितमैत्री विद्यालय बनाउन विशेष कार्यक्रम बनाई कार्यान्वयन गरिने र समतामूलक समाज निर्माण गर्न लागेका ऐतिहासिक व्यक्तित्वको जीवनी पाठ्यक्रममा अनिवार्य समावेश गर्न पहल गरिने उल्लेख छ । त्यस्तै दिउँसो अध्ययन गर्न नपाउनेका लागि रात्रिकालीन विद्यालय वा शिक्षाको वैकल्पिक व्यवस्था समेत गरिने भनिएको छ । शिक्षासँगै स्वास्थ्य सम्बन्धी विशेष अधिकारको व्यवस्था गर्दै ऐनमा स्वास्थ्य उपचारमा विशेष सुविधा र जटिल उपचार न्यून शुल्कमा गर्ने प्रबन्ध गरिएको छ ।
यो ऐनले दलितका लागि आरक्षित सीट महिला र पुरुषका लागि बराबरी हुनुपर्ने भनेको छ । ऐनको दफा (२) मा भनिएको छ, “समानुपातिक समावेशी सिद्धान्तको अवलम्बन गर्दा दलितका लागि आरक्षित सीटमध्ये पचास प्रतिशत सीट दलित महिलाका लागि सुनिश्चित गर्नुपर्नेछ ।” यो प्रावधानलाई अधिकारकर्मी धनकुमारी सुनार सकारात्मक बताउँछिन् । ऐन अन्तर्गत गठन हुने संरचनाहरूमा संविधान अनुसार एक तिहाइ महिलालाई सहभागी नगरिएकोमा भने उनको आपत्ति छ । उनी भन्छिन्, “ऐन राम्रो हुँदाहुँदै पनि ऐनअन्तर्गत गठन हुने दलित विकास समिति, स्थानीय तह प्रमुख र मुख्यमन्त्रीको अध्यक्षतामा गठन हुने अनुगमन समितिहरूमा महिला सहभागिता न्यून हुने देखिन्छ ।”
ऐनको दफा १२ लाई नयाँ र राम्रो मानिएको छ । यस दफाको ‘विशेष व्यवस्था’ मा भनिएको छ, “दलित समुदायलाई सहुलियत दरमा रासन उपलब्ध गराउन रासन कार्डको व्यवस्था गरिनेछ ।” तर भूमिहीन र आवासविहीनका लागि के गर्ने भन्ने ऐनमा स्पष्ट छैन ।
कार्यान्वयनको आधार
ऐन कार्यान्वयन, समन्वय र पैरवी गर्न अनुगमन समिति; र सहजीकरणका लागि प्रदेशदेखि स्थानीय तहसम्म विभिन्न समितिहरू गठन गर्ने व्यवस्था गरिएको छ । जसमा मुख्यमन्त्रीको अध्यक्षतामा ‘प्रदेश स्तरीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन’ हुने व्यवस्था छ । समितिमा आन्तरिक मामिला तथा कानून र सामाजिक विकास मन्त्री, मुख्य न्यायाधिवक्ता, प्रदेशका दलित सांसदहरू, प्रदेश प्रहरी प्रमुख र दलित अधिकारकर्मी आदि रहनेछन् भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टै शाखा पनि स्थापना गरिनेछ ।
त्यस्तै प्रदेशका प्रत्येक स्थानीय तहका प्रमुखले तोकेको दलित सदस्य (जनप्रतिनिधि) मध्येबाट एकजना प्रमुख रहने ‘स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति’ गठन हुनेछ । त्यस्तै परिच्छेद ४ मा सामाजिक विकास मन्त्री अध्यक्ष रहने ‘दलित विकास समिति’ गठन गरिने उल्लेख छ ।
ऐनमा प्रदेश–२ प्रहरी अन्तर्गत दलित समुदायकै नेतृत्व रहने गरी ‘जातीय विभेद तथा छुवाछूत नियन्त्रण इकाइ’ को स्थापना गर्ने व्यवस्था पनि छ ।
प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले पछाडि परेका दलित समुदायलाई अगाडि बढायो भने मात्रै प्रदेशको समग्र विकास हुने भएकाले यो ऐन ल्याइएको बताउँदै तत्काल कार्यान्वयन गरिने बताए । उनले भने, “अब ऐन कार्यान्वयन गर्न नियमावली, निर्देशिका र कार्यविधि बनाइनेछ ।” यद्यपि मन्त्रिपरिषद् तथा सरकारले गठन गरेको लोकसेवा आयोग तथा नीति आयोगमा भने दलित सहभागिता सुनिश्चित गरिएको छैन ।
‘अनुकरणीय’ ऐन
दलित अगुवा तथा सम्बन्धित प्रदेशका दलित सांसदहरूले आ–आफ्नो प्रदेशमा यस्तै ऐन बनाउन पहल थालिसकेका छन् । कर्णाली प्रदेशमा दलित सांसदहरूले तत्काल दलित सशक्तीकरण ऐन ल्याउनुपर्ने बताउँदै आएका छन् । समता फाउन्डेशनका कार्यकारी निर्देशक प्रदीप परियार दलित सवालमा अहिलेसम्म बनेका कानूनहरूमध्ये प्रदेश–२ ले सबैभन्दा राम्रो बनाएको हुँदा अरू प्रदेशले पनि यस्तै ऐन बनाउनुपर्ने बताउँछन् । उनी भन्छन्, “दलित सवाललाई प्राथमिकतामा राखेर बनाएको यो ऐन जस्तो हुनुपर्ने थियो त्यस्तै छ र पहिलोपटक कार्यान्वयन गर्न आवश्यक विभिन्न संयन्त्रहरू पनि बनाइएकाले यो अहिलेसम्मकै उदाहरणीय कानून हो ।”
सप्तरीका पत्रकार भोला पासवान दलित अधिकारकर्मीहरूले दिएका धेरै सुझाव ऐनमा समेटिएको बताउँछन् । उनी भन्छन्, “ऐन बन्नुअघि ७ सदस्यीय समिति बनाइएको थियो त्यसले जिल्ला र पालिकास्तरमा व्यापक छलफल चलाई महत्वपूर्ण सुझाव सङ्कलन गरेर बुझायो र तीमध्ये धेरै समेटिएका छन् ।” सुझाव दिन गठित समितिको संयोजक समेत रहेका उनी नियमावली र कार्यविधि बनाउने विषयमा मुख्यमन्त्रीसँग छलफल भइसकेको र मुख्यमन्त्रीले पनि त्यसमा तदारुकता देखाएको बताउँछन् ।
दलितविहीन सरकार र नियुक्ति
दलित सशक्तीकरण सम्बन्धी ऐन बनाएर सकारात्मक टिप्पणी भइरहँदा मन्त्रिपरिषद्देखि सरकारी नियुक्तिहरूमा कहीं पनि दलित छैनन् । १३ सदस्यीय मन्त्रिपरिषद् दलितविहीन छ । अधिकारकर्मीहरूले सरकार गठन हुँदादेखि नै मन्त्रिपरिषद्मा दलित सहभागिताबारे आवाज उठाइरहे तर दुई पटक विस्तार हुँदा पनि दलित प्रतिनिधित्व गराइएन । त्यति मात्र होइन सरकारले गठन गरेको ‘प्रदेश नीति तथा योजना आयोग’ मा उपाध्यक्ष र चार सदस्य हुँदा एकजना पनि दलित थिएनन् । १५ कात्तिकमा आयोगका पाँचै जना हटाइएपछि अहिले उपाध्यक्ष मात्र नयाँ (गैरदलित) नियुक्त गरिएको छ । प्रदेश–२ कै लोकसेवा आयोगमा पनि दलित छैनन् । पूर्णता पाइसकेको भनिएको आयोगमा उपाध्यक्ष प्रा.सुरेन्द्रप्रसाद यादव तथा सदस्यहरू डा.सुजाता देव र महारुद्र झ छन् ।
पत्रकार पासवानका अनुसार दलित सांसद पनि हुनुपर्ने भन्दा दुई जना कम छन् । उनी भन्छन्, “राजपाले समानुपातिकको सूची बुझउँदा जनसंख्या, क्लष्टर र पठाउनुपर्ने संख्या ख्याल गरेन, निर्वाचन आयोगले पनि त्यसलाई ध्यान नपुर्‍याउँदा ४३ जना सांसदमा ७ जना दलित हुनुपर्नेमा ५ जना मात्र छन् ।” भर्खरै राष्ट्रपतिबाट नियुक्त भएका प्रदेश प्रमुख भने दलित समुदायकै तिलक परियार छन् । त्यस्तै दलित महिलाको समग्र विकास र सहभागिता तथा उनीहरू माथि हुने विभिन्न खाले हिंसा विरुद्ध के गर्ने ? भूमिहीन, आवासविहीनहरूका लागि के व्यवस्था गर्ने भन्ने विषयमा भने ऐनमा केही प्रबन्ध गरिएको देखिंदैन ।

अंशको लडाईं लड्न बाध्य नपारियोस - गोपाल शिवा

समय फेरियो , मानछेको रुप रंग स्वाभाव फेरियों तर मानसिकता र दलित समुदायलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन नभएकाले नेपाली समाजको सामाजिक विकासको बाधक जातीय छुवाछूत र अनेकौ किसिमका कुरिति एवं बिभेदहरू बनेको छ भन्दा ग़लत नहोला। केही समय अघि चर्चामा रहेको गलबंदी गीतमा गलबंदी चयातिएको चर्चा गरे पनि गीत सार्वजनिक भए संगै सामाजिक संजाल देखि सदन सम्म यही गीत प्रति बहस भए, छलफल भए र एक जमातले यसरी गाली गलौच गरेकि नेपाली समाजमा गलबंदी भन्दा पनि दलित समुदायको मनै च्यातियो । यधपी गीतका सर्जकहरू बीच मिलापत्र भए पनि बिधमान नेपाली समाजमा क़ायम दलित र ग़ैरदलित समुदाय बीचको भातृत्व , सद्भभाव र समताका सम्बन्धहरूमा अमिलोक्षार बनेर बसीरहेको बेला सरकार द्वारा संविधानको मर्म भावना बिपरित देशमा बिभिन्न समयमा भएका आन्दोलन र बलिदान पश्चात प्राप्त भएको समानुपातिक समावेशिताको आधारमा निजामति सेवामा आरक्षणको व्यवस्था लत्याउदै लोकसेवा आयोग मार्फत स्थानीय तहका कर्मचारीको छनौट प्रक्रिया अघि बढायो। राज्य बाटै संविधानको मर्म बिपरित बिभेद गरेर नेपाली राज्य संरचनाका सबै निर्णय, नीति, नियम र योजनाहरू नजानिँदो हिसाबले दलित सहित उत्पीडित, जनजाति , मधेसी र सीमान्तीकृत समुदायको पहुँचभन्दा टाढा पुर्‍याउने थालनी गरियो।

त्यसो त नेपाली समाजको सतहमा यी र यस्ता बिभेदका घटना जे जति देखिने गर्छ वास्तविकता त्यहा मात्र टुङिदैन। यसको गहिराइ साच्चै डरलाग्दो छ। आज दलितहरूमाथि हुने बिभेद लगायत उत्पीडनको जरो हजारौं वर्ष पुरानो नेपाली समाजको मन मस्तिष्कमा गाडिएको छ । त्यो हजारौं वर्षको मूल्य, मान्यता र संस्कारहरूमा जोडिएको छ ।अझ अहिले सम्म नेपाली समाजमा दलित समुदाय माथि धर्म र संस्कारका नाममा प्रताड़ित गरेको फेहरिस्त अध्ययन गर्ने हो भने अमानवियताको एउटा ठुलो महाकाव्य बन्ने छ।

लोकतन्त्र आए पनि संविधानमा हक़अधिकारहरू लेखिए पनि आर्थिक , सामाजिक ,राजनीतिक रुपमा बहिष्करण र बंचितिकरण गरदै धर्म , संस्कार र संस्कृतिको नाममा दलित समुदायको हात खुट्टा बाधेर मनुवादीको निर्देशनमा चल्नु पर्ने वाध्यत्मक स्थिती बनाईएको छ । अझ पछिल्लो समयमा त दलित समुदायको गरिवीको मौका छोपी यिनका सिप र कला माथि कब्जा जमाउदै गईएको छ।त्यति मात्र होईन लोकतान्त्रिक ब्यबस्थामा पनि २५० वर्षे एकल जातीय हालिमहाली गर्नेहरूको वर्चश्वमा देश बन्धकमा राखेर दलित , उत्पीडित, जनजाति , मधेसी र सीमान्तीकृत समुदायलाई देश भित्र आफ्नो अंशको लडाईं लड्न बाध्य पारिदैछ ,जसको पछिल्लो उदाहरण लोकसेवा आयोगको विज्ञापनलाई हेर्दा हुनछ। मनमा ग्लानी र लाज नभएका राज्य संचालकहरु यस्तो विज्ञापनको रणनीति अपनाएर राणा कालमा जस्तो जात पात विभेदको तन्त्र ब्युताएर गरिव दलित पहुच नहुनेहरुलाई उपेक्षा गरेर आफु मात्र सत्तामा हालीमुहाली गर्ने संस्कार बसाउन उद्दत छन।

त्यस्दो त् दलित समुदायको पिडा र समस्याका बारेमा राज्य कहिल्यै पनि सकरात्मक हुन सकेन र जानेन  । अझ त्यस माथि हामी हाम्रो समस्याको जरो संविधानको धारा र उपधारामा खोज्दैछौ, ग़ैरदलितको व्यवहार भित्र खोज्दैछौ, राजनीतिक पार्टी भित्र मात्र देख्दैछौ, तर यहाँ देखिएका सम्पूर्ण समस्याका पर्दा पछाडिका पात्रहरु यो समाजका ग़ैर दलित मात्र होईंनन , राजनीतिक दलहरू मात्र होईंन्न, मनुवादी मात्र होईंन्न, दलित आफु पनि हुन । किनकी हालको राज्य संचालन र निजामति अनि अन्य सेवामा असमावेशीपन र दलितको दुखलाग्दो प्रतिनिधित्व देख्दा दलितको अगुवाको हैसियतले दलित समुदायका अगुवा , नेता , अधिकारकर्मीलाई यो अ समानता प्रति लाज लाग्नु परने हैन ? उपेक्षा गरेर आफु मात्र ग्वाम्म ग्वाम्म बुकाउने आदत र संस्कार पुस्तौ देखि बसेकोहरुलाई ग्लानी र लाज नभए झैँ दलित समुदायका अगुवा , नेता , अधिकारकर्मी सवै मौनता साधेर किन सार मिलाएर बसे ?
पछिल्लो ७ दशकमा दलित अधिकारको लक्षित वकालत र राजनीति गर्नेहरू बाट दलित समुदायको उत्थान गर्ने भनि राज्यबाट प्राप्त श्रोतहरूमा कब्जा जमाउने , हालीमुहाली गर्ने , समुदायको समश्यामा मौनता साधने र बार्गेनिंग गरि आफु लाभ लिने दिर्घकालिन रणनितीको शिकार दलित समुदाय आफै बन्दै आएको छ। मुखले एउटा कुरो हुन्छ हुन्छ भनेर फकाउने फुस्लाउने र शब्दजालले मक्ख बनाउने अनि पछी गएर आफ्नै खाईपाईलाइ कायमै राख्ने व्यवहार गर्ने दलितका अगुवा हुन् या गैरदलित सवैको नियत दलित समुदायले राम्रो संग बुझ्नु पर्छ  , चिन्नु पर्छ र आत्मबोध हुनु पर्छ ।जवसम्म यो स्थितिलाई चिर्न सक्ने नेत्रित्व स्थापित हुँदैन तव सम्म यहाँ जति वटा संबिधानमा दलितको लागि यो , दलितको लागि त्यों लेखेर दलित समुदायको अधिकारहरुको लिस्ट संबिधानमा सुनिस्चित गरेपनी परीणाममा कुनै फेर बदल आउनेवाला छैन।

त्यसो भए हजार वर्ष पुरानो यस्तो हेपहा मानसिकताको निदानका लागि दलित समुदायले समाजमा रोएर ,कराएर , पदयात्रा गरेर , जात्रा देखाएर के समाधान होला ? के समतामूलक समाजको निर्माण दलितहरू मात्रै लडेर आउँला ? संविधानको मर्म र भावाना बिपरित दलित समुदायको हक़अधिकार कुंठित यो बिभेदको जालोंलाई चिर्न वर्तमान च्याऊ सरि खुलेका आफ्नो दुनो सोझाउने दलित नेता र संघसंस्थाहरुले सकलान ? या अन्य कुनै बिकल्प हुन् सक्लान ? सतहमा यस्तो विषम परिस्थिति देखिएका ले दलित समुदाय अबका दिनमा कसरी अरु नागरिक सरह यो लोकतन्त्रमा सम्मानित बन्न सक्छ्न होला भने गम्भीर प्रश्न र चुनौती उठेको छ ।

यी समस्याहरूको बारेमा मैंले सामान्य ढंगमा बुझेका कुरा के भने ग़ैरदलितहरूको सम्बन्ध र पहुँच एकलौटी हिजो सामन्ती व्यवस्थासँग जोडिएको थियो भने आजको पूँजीवादले ती सवै मानवताविरोधी कुराहरुलाई आफ्नो बनाएको छ ।त्यसैले आजको पूँजीवादी समाज व्यवस्थाले शोषण, दमन र उत्पीडन गरेका सवै मानिसहरू मिल्नुपर्छ ।अझ अर्कों कुरा समाजमा हुने हरेक खाले बिभेदको जानकार दलित समुदाय आफै हुनु पर्छ र त्यसलाई डटेर मुकाविला गर्न सक्नु पर्दछ। यसको अर्थ पाखुरा बजार्ने भन्ने होइन, समाजमा र आफ़ना समुदाय बीच विद्यमान सवै खाले खराब प्रवृति र बिभेदलाई सवै मिलेर ,कोरश गरेर अन्तरघुलन हुदै व्यवहारिक रूपमा किनारा लगाउदै जाने र असल प्रवृतिलाई बढवा गरदै जाने व्यावहारिक थालनी हुनुपर्छ ।आम नागरिक सरह नेपाली समाजमा जीवन जिउने हो भने अब यो सरकारले गरेका , व्यवस्थाले गरेका ,व्यक्तिले गरेको तमाम अन्यायपूर्ण बिभेदका बिरूद दलित समुदायका जनजनको चेतना घनिभुत ढंगले उठनु पर्छ। किनकी टालटुले पारामा हामीमाथिको बिभेद, उत्पीडन हट्नुपर्यो भन्नु ढुंगाले किचिएको मानिसले ढुङ्गो नपल्टाई या नफुटाई मलाई उद्दार गर भने जस्तै हो ।

त्यसैले आदरणीय दलित समुदाय आफ्नो अधिकार हकहितको बारेमा सचेत हौ ,रहौ , कार्यनबयन  भए नभएको अनुगमन गरौ , समय मै बोलौ । त्यस्तै गरि आदरणीय गैर दलितहरु , राज्य हाक्नेहरु, नेपाल रही रहोस भन्ने भावना हामी सवैलाई छ भने एकले अर्कालाई राज्यको सेवा सुविधा अवशर कति परेको छ भनि अरुको ठाउँमा आफुलाई राखेर हेर्नु सक्नु पर्छ अन्यथा हरेक कम्जोर,निर्धा,दलित उत्पीडितले यो देश भित्र आफ्नो अंशको लडाईं लड्न बाध्य हुनेछन।

गलाको पासो बन्न सक्छ ! - गोपाल शिवा

केहि दिन अघि कुवेतको फर्वानिया ब्लक-३ स्थित आवासीय अपार्टमेन्टमा मृत भेटिएकी ताप्लेजुङ फुंगलिंग कि मिनादेवी सार्की सिङ्गो परिवारलाई सुखमा राख्छु भनेर विभिन्न व्यवधान पार गरदै कुवेतमा घरेलु कामदारका रुपमा काम गर्न आइपुगेकि थिइन । कुवेत आई पुगेकी मिनादेवी सार्की पछिल्लो समय बङ्लादेशी नागरिकसंग अवैध रुपमा लिभिङ टुगेदर रिलेशनमा रहेको र उनको मृत्युपश्चात उनी संगै बस्ने बङ्लादेशी नागरिक फरार रहेकोले उनले नै हत्या गरेको आशंका गरिदै आएपनि मृतकको पोष्टमार्टम रिपोर्ट र फरेन्सिक रिपोर्ट आइ नसकेकाले हत्या वा मृत्यु के हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरीरहेकाले यथार्थ कुरा अझै आएको छैन।अनुसन्धानको पाटो भएकाले हत्या वा मृत्यु जे भए पनि सत्यतथ्य बाहिर आऊने नै छ।

त्यसो त् विदेशमा ख़ास गरि खाडीमा घरेलु कामदारको रुपमा काम गर्ने नेपाली चेलिको हत्या र मृत्युको घटना यो पहिलो हैंन ।तर घटना सार्वजनिक भए संगै यो यथार्थले नेपाली समाजको मनमा थप अर्कों प्रश्न संगै चुनौती जन्मिएको छ कि कुवेतमा घरेलु कामदारका रुपमा काम गर्न पुगेकी मिनादेवी के कति कारणले कसरी बंगाली नागरिक संग लिभिंग टुगेदर रिलेशनमा बस्न पुगिन ?

समयले, नेपाली समाजले र सरोकारवालाहरुले पक्कै कारणहरू खोजी गर्लान , अध्ययन अनुसन्धान गर्लान तर समग्रमा के अडकल गर्न सकिनछ भने माया भित्र लुकेका अनेक तिर्खा र तिर्सना धेरै समय गुम्सिए भने मान्छेले विल्कुलै फरक परिवेशको संगत गर्न पनि तयार हुँदो रहेछ भन्ने एक गतिलो उदाहरण बनेकी छिन मिनादेवि सार्की ।

त्यसो त सेक्स र माया विना त यो संसार नै चल्दैन, मानिसलाई एउटा अति आवश्यक कुरा हो।दुइ जनाको मन मिले सेक्स र माया हुनु आजको जमानामा निकै साधारण कुरा हो । तर यो शब्द सुन्नमा जति रमाइलो लाग्छ त्यती नै धेरै सेक्स र माया कहिलेकाँही गलाको पासो बन्ने गर्दछ । फेरी पनि तिर्खा र तिर्सनाको आवश्यकता परिपूर्ति गर्न मानिस समाजको डर र भोलिको पीर नगरी तिर्खा लाग्यो पानी खाएँ मैले के बिगारे भन्ने हिसाबले देश होश कि विदेश एक युवती /महिला र अर्को युवक/पुरुष वीच कुनै प्रकारको सम्झौता नगरी, सम्बन्धको कुनै नाम नदिई आ-आफ्नो रुचि र आ-आफ्नो सजिलोका लागि एक दिन , केहि दिन र केहिँ बर्ष सँगै, एउटै कोठामा मिलेर बस्न थालेका छन। जसलाई ‘लिभिङ्ग टुगेदर’ भनेर बुझ्छौं हामी । तर अचम्मको कुरा चै के भने एकातिर हामी घरेलु कामदारका रुपमा काम गर्न पुगेका हाम्रा दिदीबहिनीहरू चरम आर्थिक, मानसिक र शारीरिक शोषणमा पर्ने गरेको र घर भित्र खुमचीएर बस्नु परेको छ भन्दै छौ भने अर्कों तिर घरेलु कामदारका रुपमा काम गर्न पुगेकि एक नेपाली चेलि त्यही ठाऊमा यी आरोपहरूलाई ग़लत साबित गरदै स्वतन्त्रता ढंगले लिभिङ्ग टुगेदरमा बस्दाको परिणाम देख्दै छौ ।

त्यसो त घटना सार्वजनिक भए संगै कतिले बंगालीको ठूलो भाग खान गाकि झोलमा डुबेर मरि सम्म भने, कतिले सानो जातको सानै बुद्धि सम्म भने । प्रसंग जोड़न चाहे , एक पटक कुवेतमा आयोजना भएको एक सांगीतिक कार्यक्रम हेर्न गएको थिए ।अघिल्लो बेंचमा बसेका दुई जना युवाहरू कार्यक्रम अवधिभर गण्यमान्यहरू कस्को सेटिंग को संग , कस्को गर्लफ़्रेण्ड बोईफ़्रेण्ड को भनेर गफिए ।सूक्रबारे लिभिङ्गका कुराहरु गरे। मानस्पटलमा सवैको चर्तिकलाको हिसाबकिताब राखेका रहेछन ।थाहा छैन के प्रयोजनले यसरी हिसाबकिताब राखेका हुँन। मलाई लाग़्छ उनीहरुले चर्चा गरेको नेपाली नेपाली बिचको सूक्रबारे लिभिङ्गको सम्बन्ध होश या मिनादेवि जस्तो बंगाली संगको लिभिङ्ग टुगेदरको सम्बन्ध नै किन नहोश , आफ्नो भागको जीन्दगीलाई आफूले चाहे जसरी बाँच्नु प्रत्येक मान्छेको अभिलाषा हुन्छ । त्यही भएर कुवेतमा नेपाली नेपाली बीच प्रतिबधता र स्वेच्छाले ‘फिजिकल निड्स’ परिपूर्ति गर्न सूक्रबारे लिभिङ्गमा रहेको चियोचर्चा र गफ त्यसरी कार्यक्रममा सुनिने देखि बंगाली , पाकिस्तानी, ईजीपशियन जवाइ र भिनाजुहरू संग लिभिङ्ग टुगेदरमा बस्दा बसदै भएका भानजा भानजीहरू लिएर मँगाफ पार्क तिर टहलिदै गरेको नेपाली दिदीबहिनीहरू प्रशस्त मात्रामा सम्म देखिए ,भेंटीए।तर मान्छेको अभिलाषाहरू व्यावहारिकतामा सधैं गोपय , आदर्श, सुन्दर र उत्कृष्टमात्रै पनि हुँदैन र रहदैन पनि।मिनादेवि सार्कीको जस्तै जस्तै अकल्पनीय घटनाहरू भै दिंनछ त्यस पछि विना नामका सम्बन्धहरु बाट सृजित घटना एवं परिस्थितिको बहस र टिकाटिप्पणी पखेटा हालेर सार्वजनिक हूनछन।ति पखेटामा जात, धर्म ,समुदाय र अश्लीलताको हिलो छ्याप्नेहरू पनि देखिंनछन।

निचोड़मा, के भन्न चाहे भने आज र आफूलाई महत्व दिनेहरुले नै लिभिङ्ग टुगेदरको सम्बन्धलाई अपनाएको देखिन्छ ।विदेशको ठाऊ अर्काको घरमा घरेलु काम गर्ने कुराले सम्म हाम्रा दिदिबहिनिलाइ केही फरक नपारेको देखिन्छ ।सोध्ने कोहि छैन , सत्य कसैले थाहा पाउदैनन भनेर आफुलाई बाँध्ने नैतिक साङ्लो सम्म तोडेर आफुले चाहेको जे पनि गर्न सक्छु , छुट छ भन्ने तर्क र मानसिकत्ता बनाएर खुला आकाशमा स्वतन्त्र भएर चरा उडे झैँ आफुले काम गर्ने घर समेत छोडेर उडेका छन्।  तर स्मरण रहोश मन र मस्तिस्कमा जागृत अनेक तिर्खा र तिर्सना मेटाउनु जेल जीवन सुखमय लाग्नु स्वाभाविक हो । तर, जीवनसँगै बिताउनु बिल्कुलै अलग कुरा हुन् । त्यसैले सहमतिमा निर्मित आफ्नो सजिलोका सम्बन्धहरुको बारेमा आफु स्पस्ट हौ र सहकर्मीलाई पनि स्पस्ट पारौ ।लिभिङ्ग टुगेदर पछि जब एक अर्काको असली रुप अगाडि आउँछ तब समस्या बल्झिनथाल्छ । धेरैजसो अवस्थामा लिभिङ्ग टुगेदर पछि दुबैको परिवारको विषयमा पनि समस्या आउने गर्दछ । दुबैले यदि एक अर्काको परिवारलाई सम्मान गर्दैनन् भने कुरा झगडासम्म पुग्ने गर्दछ ।अनि कहिलेकाही आवेग तथा व्यक्तिगत रिसइविईका कारण त्यस्ता सम्बन्धहरु भाइरल हुनसक्दछ । जसका कारण समाजमा तपाईको प्रतिष्ठामा आँच पुग्न सक्छ ।त्यति मात्र हैन एक-अर्काप्रतिको प्रेम, सदभाव र आकर्षणसँगै शुरु हुने सम्बन्धहरु आफ्नै गलाको पासो बन्न सक्छ ।

कहिले सम्म निगाहा मै बाँचिरहने ? -गोपाल शिवा

लोकतन्त्रमा राजनीतिक दल परिवर्तन संवाहक हुन्छन् तर नेपालको दलित समुदायले आस्था राखेका राजनीतिक दल र तिनका नेताले के कति जिम्मेवारी पूरा गरे त्यों समीक्षा गर्ने बेला आएको छ। समग्रमा हेर्ने हो भने कुनै पनि दलले दलित समुदायका समस्यालाई दलको मूल विषय व्यवहारिक रुपमा स्वीकारेका नै छैनन। त्यसो त प्रहरी प्रशासन पनि दलित मैत्री छैन । सञ्चारमाध्यमले समेत उत्पीडनको वास्तविक जानकारी राख्दैन । घटना भइसकेपछि पनि उजुरीका लामो प्रक्रियाका कारण प्रहरीसम्म बिभेदका घटना पुग्न पाउँदैनन् ।अर्क़ो तर्फ आफु माथि ज़्यादती हुदा पनि दलित समुदाय कै लागि भनेर खुलेका संघसंस्था बाट अपनत्वको अनुभव गर्न पाईदैन ।पिड़कलाई कारवाही गर्न र पीड़ितलाई कानुनी उपचार र क्षतिपूर्ति दिलाउन सामाजिक संजालमा २/४ सब्द कोरल्ने बाहेक आफनै समुदायका भनिएका दलित अधिकारकर्मी, दलित नेताको साझा पहलीक़दम एक पाइलो पनि सर्दैन।

यधपी पछिल्लो केहि बर्ष देखि शहर देखि ग्रामीण बस्तीहरू र प्रवास सम्म दलित राजनीति मौलाएको छ ,दलित समुदायको राजनीतिक चेतना बढ़ेको छ ।फलस्वरूप दलित समुदायको हकअधिकारको लागि सयौ संस्थाहरू लाली गुराँस जस्तै फुलेका छन। दलितहरूबीच थरका आधारमा सङ्गठन खुलेका छन । दलित समस्या समाधानको मुहान हरेक कोण बाट आर्थिक , सामाजिक भन्दा बढ़ी राजनीति हो भने यस्को अन्त्य पनि राजनीति नै हो भन्ने सवैले बोध गरेको होकी भन्ने लाग्छ ।तर बिडम्बना यसरी खुलेका संस्थाहरू भित्र केही सीमित जात–समूहको मात्र नेतृत्व छ भने दलित एकता र आन्दोलनका लागि सहकार्य गर्ने सोच सुन्य छ । दलितहरू अमानवीय ढंगले जात र छुवाछुतका कारण मारिदा, न्याय नपाऊँदा पनि दलित समुदायको साझा अजेंडा ,पीड़ाबोध र कोरश नभएकाले यसरी मौलाएका संघसंस्था र जुटेका साथहरू सुकेको पात झै छर्प्रस्ट भएका छन ।

अझ मुलधारको राजनीतिको कुरा गर्ने हो भने नेपालमा दलित समुदायको छुट्टै राजनीति नै छैन, राजनीतिक पहुँच र राज्यलाई झकझकाउने दलित शक्ति नै छैन । नेपाली समाजिक आन्दोलनको सबैभन्दा जेठो दलित आन्दोलन आठ दशक जेठो भैसकयो तर दलित नेताले समुदायले गरेको दलित राजनीति लहरे राजनीति मैं सीमित छ । जुन अरु कुनै नेताको , बिस्टको थांग्रा नचढी फलनै जानदैंन ।म यो पार्टी त्यो पार्टी भन्दिन तर आफूलाई केन्द्रमा राखेर नीति निर्णय गर्ने र समूहको विषय जस्ताको त्यस्तै राख्ने प्रवृति बढ्दै गएको छ । सबै अग्रजमा अहिले नैतिकता स्खलित हुँदै गइरहेको छ । जसको परिणाम काल अगाडि आइ पुग्दा पनि दलित नेताहरू कम्युनिष्ट , कांग्रेश र अन्य दल हूँ भनेर उभिन सक्छ्न तर एक उत्पीडित ,पीड़ित दलित मात्र भएर न्याय, अधिकार र समताको लागि बोलन, अड़िक हुन सकदैंनन।यो अवस्था रहुञ्जेलसम्म समाज परिवर्तन हुन सक्दैन ।निचोड़मा भन्नू पर्दा बिस्टको थांग्रा लागेर राजनीतिक स्वार्थ र प्रलोभनको कला जानेका कथित दलित समुदायका नेताहरू यो लोकतन्त्रमा मुखले दलित अधिकार ,दलित हकअधिकार भनेर भट्याइरहे पनि व्यवहारिक रूपमा दलित अधिकारको लागि सशक्त पहल गर्न सकीरहेका /चाहिरहेका छैनन् ।जस्को पछिल्लो उदाहरण राज्यका निकायमा समानुपातिक प्रतिनिधित्वको संवैधानिक ग्यारेंटी गरिएको अधिकार र नीतिनियमको ख़ुल्मखुला कटौती हुदा पनि कोरश गरेर सच्याउन नसक्नु लाइ हेरे पुग्छ ।यसरी दलित समुदायका एकपछि अर्को अधिकार कटौती हुँदै जाँदा पनि किन मौन बसिरहेका होलान् ?

इतिहासलाई हेर्ने हो भने पशुपतिनाथको मन्दिर प्रवेश आन्दोलन, डोटीको शैलेश्वरी मन्दिर प्रवेश आन्दोलन, भोजपुरमा सिद्धकाली मन्दिर प्रवेश आन्दोलन ,नवलपरासीमा मन्दिर प्रवेश काण्ड, चितवन र स्याङजाको दूध काण्ड, गोरखाको गोरखाली मन्दिर प्रवेश काण्ड, सिन्धुपाल्चोक र काभ्रेका पानी उघाऊ आन्दोलन, सप्तरीका चमारहरूको सिनो बहिष्कार आन्दोलन, वादी समुदायको आन्दोलन र सुदुर तथा मध्य पश्चिमको हलिया आन्दोलनहरूले उचाइ दिएको दलित आन्दोलन पछिल्लो लोकतन्त्र र गणतंत्र आएँ देखि भने स्खलित भएको छ। त्यती मात्र होईन पछिल्लो केही बर्ष देखि नेपाली समाजमा घटेका कयौ दलित माथिका ज़्यादतीहरूमा गाऊँठाऊ र शहरका दलित बुद्धिजीवीहरू, राजनीतिक पहिचान बनाएका नेताहरू बिरलै बोलन थालेका छन । यिनको मौनता देखेर दलित हकअधिकार र समतामूलक समाजका लागि भनेर पछिल्लो समय जे जति दलित संस्था सक्रिय रहे र अस्तित्वमा देखिए ति सवै ब्यक्तिको , राजनीतिक दलहरूको स्वार्थका लागि सङ्गठित भएका रैछन भन्ने प्रतीत हूँन थालया छ।

सबै प्रकारको शोषण र उत्पीडनमुक्त समाज निर्माणका निम्ति गतिशील छु भंदै केही समय लोकप्रिय नारा फलाकेर ५० लाख दलित हाम्रो अभियानमा छन , हामीले गरेको दलित राजनीतिको पछि छन भनेर संघ संस्था र दलीय स्वार्थको थ्री डि चश्मा लगाएर आफुले थालेको दलित अभियानलाई हात्ती बनाउन, भनाउन तिकडममा व्यस्त हुनेहरूको व्यवहार र इमानदारिता जब परेको बेलामा हराउने/निदाएर बसेर समाजमा दलितको समश्याहरू लम्ब्याउने, दलित राजनीतिलाई जीवनका निम्ति अर्थोपार्जन वृत्तिमा परिणत गर्न क्रियाशील हूँनछन तब आफूलाई दलितको नेता र अधिकारकर्मीको रूपमा प्रस्तुत गर्नेको दृश्य मनमस्तिष्कमा भद्दा बनेर देखिन थाल्छ । दलितको नाममा आहाल बस्न जानेकाहरुलाई त् फरक नपर्ला तर समुदायको हकअधिकार भनेर पछि लागेका १/२ जनाले आईग्लाश पन्छाएर हात्ती नभएर मुसोको आकार हेर्दासम्म दलित एकता नरहन सक्दछ ।एकता हुनुपर्छ भनेर कहिले पनि सोच र इच्छाशक्ति नआऊँन सकछ ।

यस्तो विषम सत्य तथ्यहरू लाई मनन गर्दा हालको परिस्थितिमा दलितहरू एकढिक्का हुन नसक्नु र भएका पनि अवसरवादमा जेलिनु समस्याको जड मान्न सकिन्छ भने अर्क़ो तिर दलित समुदायको यस्तै बस्तुस्थितिको आँकलन गर्दा मुख्य समश्यालाई हेर्न अब समय घर्किंदै गइरहेको स्पष्ट हुनछ।जसको कारण पछिल्लो समय एक त दलित समुदाय संगठित नहूने /नजुटने , जुटेका टाठाबाठाहरू पनि पद र सत्ता अवसरवादले नराम्रोसँग गाँजिदाको परिणामले दलित समाजलाई समेत असर पुर्याएको छ। त्यही भएर दलित समाजले खबरदारी गर्न आवश्यक छ भने दलित नेता, अधिकारकर्मीले स्पष्ट दृष्टिकोण र इमानदार हूँन अपरिहार्य छ।यसो भएमा मात्र राज्यसत्तामा अधिकार स्थापित गर्नसक्ने सामर्थ्यैका साथ दलितहरू एक हूनेछन ।दलित आन्दोलनको मुक्तिदाता दलित नै हो भन्ने चेत र सोच सहित ऐक्यबद्धता र प्रतिवद्धता सहित जुझारु बन्ने छन ।तब मात्र दलित आन्दोलनले सार्थकता पाउन सकछ ।विश्वासमा रुमालिएर दश तिर मुख फरकाउनु भनेको अब आउने दशक सम्म व्यवहारिक रुपमा समाजमा दलितहरु माथिको भेदभाव र बहिष्करणको सृखला नवीकरण गर्न दिनु , जुटेको दलित एकता निर्धो बनाउनु र दलित आन्दोलन जिवित राखेर मुखियाहरुको अघि म्याउ म्याउ गर्न बाध्य बन्नु हो भने हामी सवैलाई बेलैमा चेतना होश।

भो अब कोल्डवार नचलाऊ ! -गोपाल शिवा

केही वर्ष अघि कलेज बाट फ़र्किने बेला गाडिमा सधै एउटा केटो ठूलो स्वरमा कराऊदै संध्याकालीन पत्रिका बेचथियो।२ रूपैया.... २ रूपैया...दिन भरीको समाचार मात्र २ रूपैयामा पढनूस।एक दिन मैले सोधे किन यति ठूलो स्वरमा कराएको भाई ? बिस्तारै बोल्दा पनि हुनछ। केटोले भन्यो, मलाई ठूलो ठूलो स्वरमा कराएर अरु मानछेको ध्यान आफु तिर तान्दा आनन्द लाग़्छ । ठ्याकै त्यसरी नै एकथरि अधिकारकर्मीहरू कराईरहेका छन ,देशदौड़हा गरेका छन। म उद्धारक हूँ , म अधिकारकर्मी हूँ भन्दै दलित समुदायको ध्यान आफु तिर तानीरहेका छन।

त्यसो त दलित समुदायका कल्याणका लागि चुपचाप काम गर्ने अर्कों थरि अधिकारकर्मी पनि नभएका होईंनन।तर पछिल्लो आठ दशकमा म उद्धारक हूँ , म अधिकारकर्मी हूँ भन्ने धेरै देखिए। दलितको अधिकार र कल्याणको नाममा हज़ारौ संघ संस्था खुले।जस्को परिणाम आज दलित समुदायको हकहित कल्याण भन्ने बितिकै झस्क़िनु पर्ने स्थिति बनेको छ। कसैले म दलितको हकहित अधिकारको वकालत गर्ने काममा लागेको छु भनछ भने दलित समुदाय प्रति घातक काम गर्ने अर्कों नायक जन्मियो कि भन्ने शंका-उपशंका मनमा आऊँन थालेका छन।

आर्थिक ,सामाजिक ,राजनीतिक र शिक्षा बाट पछाड़ी परेको दलित समुदाय छुवाछुत मुक्त रास्ट्रका समेत नागरिक बनेको दशक भन्दा बढ़ी भै सक्यो तर अवस्था अहिले पनि उस्तै छ।समुदायका टाठाबाठाहरू यिनै सोझासीधाहरूको सेंटीमेंटलाई क्याच गरेर छातीलाई सीढ़ी बनाएर टेकदै माथि पुग्छन । आफ्नो हैसियत र अवस्थालाई सुधार गर्छ्न ।अनि समाजमा एक किसिमको कोल्डवार खेलीरहनछन।ऊनीहरूलाई थाहा छ ठूलो नेता र ठूलो अधिकारकर्मी हूँनको लागि ठुलै लड़ाई र संघर्ष गर्नु पर्छ । र यो पनि थाहा छकि बिस्टहरू बिरुद्द आन्दोलन गर्न सकने हिम्मत एवं स्थिति छैन तर यिनले जानेका छन कि हामीलाई धर्मले अछूत बनाएको हो, हामीलाइ ब्राह्ममणबादले तल पारेको हो, हामीलाई राज्यसत्ताले एकलाएको हो प्रताड़ित बनाएको हो भंदै चाडपर्व , धर्म संस्कृति संग दलित समुदायलाई जोड़न र जोडेर दलितको यही सेन्टिमेन्टलाई सधैं क्यास गर्ने प्रयास गर्छन र अनेकन अप्राकृतिक, असंगत, चामत्कारीक बिषय र मुद्दाहरु पस्कन्छन अनि कोल्डवार चलाई राख्छ्न।

पछिल्लो आठ दशकको इतिहास हेर्ने हो भने नेपाली राजनीतिक उथलपुथलको बिभिन्न काल खन्डमा दलित आन्दोलनको यात्रा तय गर्दै कथित दलित अगुवाहरूले दलितको नाम बिक्ने आधारहरू धेरै बनाएँ र कुनै न कुनै रुपमा आज पनि त्यसका अंशहरू जिवित छन।सम्पूर्ण रुपमा नियतवस दलितको नाम भजाऊँन लागेका छन दलित अगुवाहरूले भनेर भनियो भने त्यो गलत ठहरिन सक्छ; तर दलित आन्दोलनले श्शृंखलाबद्ध असफलता बेहोर्दा बेहोर्दै पनि फेरि फेरि त्यही कार्यशैली अपनाउनु र आफुलाई अर्को एउटा असफल आन्दोलनको नेतृत्व समुहमा रुपान्तरण गर्नुको ईतिहासले दलित आन्दोलन गरिने भनेको दलितीपनलाई माँगी खाने र आफुलाई स्थापित गर्ने आधारको रुपमा दर्जित गराएको पुस्टि गरिदिएको छ।

यथार्थमा यो समाजमा बिधमान बिभेद यस्तो छटपटाहट हो त्यसभित्र कथित दलित एक मिनेट पनि आफुलाई राख्न चाहन्न। यो समाजमा जरो गाडेर बसेको यथास्थितिबाट कथित दलितले सधैं सम्बन्ध तोड्ने उत्कट अभिलाषा बोकेको थिए र छन।त्यस्को मतलब दलितीपन बाट मुक्ति पाउने उग्रता र स्वर्णिम भबिस्यको ब्यग्रतामा बसेकाहरूलाई पूर्वधार बिनाका जे कुरा पनि फलाकने ? रणभुल्ल पार्ने ? अझ यो दशैको उदाहरण हेरौ कोहि कोहि दलित नेता र बौद्धिकहरू म दशैमा टिका लाउदिन भंदै सार्वजनिक भए ।कोहि कोहि बिस्टको घरको पुच्छर खान दलितले दशै मनाए भंदै थिए। अझ आफुलाइ अग्रज भन्न रचाउने कोहिकोहि दलित समुदायका कथित नेताहरू दलित अधिकारको वकालत गर्नेहरूले रातों टिका लगाएँ भनेर खिसिमा उनेर आफ्नो टाउको सामाजिक संजालमा दुखाऊँदै थिए। ५० लाख दलितमा १/२ जनाले टिका नलाउदा धार्मिक त्रुटी के सचिन्छ ? मैले दशै बहिष्कार गरे, टिका लगाउन छोड़े भनेर आफ़ना अभिव्यक्ति समुदायको काखमा फ्याकिंदिएर, बाँकी निर्णय उहाँहरुले नै गर्नु हुन्छ भनेर हुनछ ? के ‘धर्म’ भनेको सजिलै फेर्न मिल्ने लुगा हो ?

लाउने नलगाउने मान्ने नमान्ने व्यक्तिका निजी विचार र मौलिक हक हुनसक्छ तर समुदायको पक्षमा वकालत गरेको हो भने वास्तवमा धरातलमा रहेका दलित समुदायका आधारभुत समस्यालाई र आस्थालाई आत्मसात गरेर योजना बनाउ । व्यक्तिको कुरा गौण राखेर समुदायको बोलि बोलौ।ग़लत परम्परालाई हामीले कायमै राख्नु पर्छ भनेर बस्यौं भने त्यों कहिलेपनि समतामूलक र अपनत्व हुदैन ।तर परिवर्तनका लागि त एउटा यस्तो चेतनाको मुट्ठी हुनु पर्यो त्यो मुट्ठी उठाए पछि कुनै पनि कुराले अवरोध नगरोस् । त्यो वातावरण पूर्वाधार बिनाको अहिलेको सामाजिक संजालमा आएका अभिव्यक्तिले दिनसक्दैन ।किनकी हामीले धर्म भनिरहेका यी कुरा धर्म होइनन्, पद्धती हुन् । जीवनलाई सही, सत्य र सन्तुलित ढंगले डोहोर्‍याउने एक प्रणाली हुन् । निचोडमा भन्नु पर्दा धर्म संस्कार हो । पद्धती हो । तर यो पनि सत्य होकी हरेक धर्ममा धर्मको अपब्यखा गर्ने केही धुर्त, फटाहा ,शोषकहरु छन / हुन्छन जसले धर्मको अपमान गरेर भए पनि आफ्नो स्वार्थ पुर्तीका लागि बिभेदलाइ स्थापित गरेका छन ,आफ्नो स्वार्थ अनुसार ब्याख्या गरेका छन । त्यसैले दलित समुदायका बौद्दिकबर्गहरु बाट हिन्दु धर्म भित्रका अमानवीय कुप्रथाहरु बुदागत रुपमा टिपेर यी यी कुरा समय सापेक्ष बदलिनु पर्छ भनेर हिन्दु धर्मको राम्रो अध्ययन गरेका पण्डितहरु संग सहकार्य गरेर समाजलाई सचेत बनाउने अभियान चलाउनु पर्छ ।

त्यसो त दलित समुदायका टाठा बाठाहरूमा मेरो हैसियत के भन्ने मूल प्रश्न रहने भएकाले जति आदर्श र हितकारी कुरा आए पनि समुदायको राष्ट्रिय एजेन्डा अहिले सम्म पछाडि परेको र दलित समुदायले धेरै आफ़ना बौद्धिकहरूलाई चिन्न नसकेको तितो सत्य हाम्रो सामुन्ने छ।तर आर्थिक सामाजिक राजनीतिक र शिक्षा वाट बर्षौ देखि पिछिड़ीएको दलित समाजको स्तरोन्नती गर्ने भिजन भएको भनेको तपाईहरू बौद्धिक बर्गहरु नै हो ।त्यसैले समाजका आस्तित तपाईहरू बाट सामाजिक संजालमा २/४ लायक र कमेण्ट पाऊँन आइडिया सुनाउने मात्र होइन, तपाईहरूले समाजको सवै भनदा तल्लो तहमा रहेका पीड़ित उत्पीडित संग सुधारका काम गरेर हेर्नुपर्छ र काम थालनुपर्छ।दलित समुदायलाई दिशानिर्देश गर्ने नेतृव गर्न सकनु पर्छ ,गरीब र चेतनाहिन दलित समाजलाई नेपाली समाजले स्थापित गरेका मुल्य, मान्यता, आर्थिक, सामाजिक सम्बन्धहरुको कसिमा उतारेर प्रतिकार र बिभेदकारी मानसिकता सचयाऊन आत्मबल, पूर्वधार सहित प्रेरित गर्न सकनु पर्छ। बिभेदरहित देश/समाज बनाउन असम्भब हुने कुरा कटु सत्य हो तर राज्य, सचेत नागरिक र दलित समुदायका बौद्दिकबर्गहरुले इमान्दार प्रयास गरेमा सबै प्रकारमा बिभेद न्युनिकरण भने सहजै गर्न सकिन्छ ।

Wednesday, May 8, 2019

हाम्रो सोच खुला हुन सकेन - गोपाल शिवा


काठमाडौं महानगरपालिका- २३, ओमबहालमा धारामा पानी भर्ने क्रममा समुन्द्रा परियार माथि जातीय विभेद एवं कुटपिट भएको र पीडक मिना श्रेष्ठ लगायत तीन जना विरुद्ध हिजो छुवाछूत कसुर सजायको मुद्धा दर्ता भएको जानकारी डा. बुद्धि नेपाली दाईंले सामाजिक संजालमा राखनु भएको रहेछ ।राजधानीमा यी र यस्ता किसिमका प्रहरी रेकर्डमा नआएका जातीय विभेद र छुवाछुतको संख्या अझ ठूलो हुनसक्छ। यधपी प्रहरी रेकर्डमा आएको र अनुसन्धान चलिरहेको यो घटनामा प्रचलित कानून अनुसार पीडक माथि के कारवाही होला या मिलापत्रमा टुंगिएला त्यो भने आउने दिनमा नै स्पस्ट हुनेछ।  

पुस्तौ राजा धानेको...राज गर्नेलाई धानेको यो राजधानीमा लोकतन्त्र आए पछि असमान कुसंस्कारहरू नामेट भएर सभ्य समाजको थालनी हुनु पर्ने हो तर विडम्बना कथित दलित समुदायले अझै पनि अपमानित र असमान्ता झेल्नु परेको छ । कथित दलित समुदायका हो भन्दैमा हेला ,गाली , पिटाई, अपमान र हिंशा सहनु परेको छ । धर्मका आधारमा जात र जातका आधारमा पेशा अनि पेशाकै कारणले छुवाछुत ,विभेद , पिडा र हिनताबोधको मानसिक सिकार हुनुपरेको छ ।तर विडम्बना कहिले पनि हाम्रो सोच खुला हुन सकेन , समतामूलक हुन जानेन ।हाम्रो परम्परा र सोंच कतिसम्म पुरातनवादी छ भने बर्षे देखि उत्पीडन र विभेदको जाँतोमा पिसिदै आएका समाजका आफु जस्तै कोहि छन भन्ने मनन् गर्न सम्म कन्जुस्याईं ग¥र्यौँ ।  यो भन्दा बिडम्बना के हुन सक्छ ? 


त्यसो त् जातीय विभेदको जन्तर बाधेर हिड्ने आडम्बरीहरू हरेक गौडा गौडामा दलित समुदायलाई अमानवीय ब्यबहार गरेर घेराबन्दी बनाउने चाहना , अभिष्ट र प्रयत्नमा छन।अर्कोंतिर देश भरि प्रहरी कार्यालयमा बिभेदका यस्ता घटना दिनहुँ पुग्छ्न/आउँछन्। त्योभन्दा बढ्ता समाजभित्रै गुपचुप हराउँछन्। प्रहरी रेकर्डमा चढेका घटना पनि धेरैजसो मिलापत्रबाट सामसुम हुन्छन्। पीडित पक्षलाई दबाब दिएर यसै छोपछाप पनि पारिन्छ ।अनि यसरि गरिएका मिलापत्रमा निष्पक्ष निसाफको सम्भावना कमै हुन्छ। गाउँ ठाउ समाजको कुरा गाउँमै रहोस् भन्ने मनसाय राखिन्छ। सजायभन्दा मिलापत्रमा जोड दिइन्छ। यसरी निसाफ गर्दा गल्ती गर्नेलाई गल्ती गरेको अनुभूति हुन पाउँदैन।फलस्वरूप झन् हौसिएर विभेद गर्न थालेको र विभेदका घटना मौलाउदै गएको छ ।

अर्को तथ्य के पनि हो भने धेरै दलितहरु आत्मनिर्भर नभएकै कारण चुपचाप हिंसा खपेर बस्न बाध्य छन्। बिस्टको डर र आफ्नो जीविकोपार्जनको समस्याले पनि सहेर बसेका उदाहरण कैयन छन्। अझ त्यसमाथि एउटै समाजमा बस्नुपर्ने हुँदा दलितहरू पनि आफु माथि भएको दुर्व्यवहार विरुद्ध उजुरी गर्दैनन्।  हुन् पनि हो धेरै जनचासो जोडिँएका अन्तरजातीय विवाहकै कारण सप्तरीमा एकजना दलित युवालाई विष खुवाएर गरिएको हत्या, अन्तरजातीय विवाहकै कारण काभ्रेका अजित मिजारको गरिएको हत्या,काभ्रेकै लक्ष्मी परियारको घटनाका दोषीसम्म त कानुनको हात पुगेको छैन भने अरू घटनामा कसरी पुगोस् ? दलित समुदायलाई कानुनमा कोरिएका शब्दले न्याय दिन्छ कि दिंदैन ? भन्ने प्रश्न त खडा भएकै छ अझ त्यस माथि न्याय नपाएको यहि पिडा, आत्मग्लानी र अपमानको ज्वालामा अहिले पनि दलित समुदाय पिल्सिदै छन् । आखिर देशमा उतिक्कै योगदान दिने दलित समुदाय र सविधानले समतामुलक परिकल्पना गरे पछि सबैको हैसियत एकै हुनुपर्ने हैन र ? राज्यले , कानुनले किन सबैलाई बराबर न्याय दिन सकेन ? के बोल्ने, पहुँच पुग्ने मात्र देशका नागरिक हुन् ? यस्ता तथ्यहरु र बास्ताबिक्ताहरु  बुझेका विभेदका बिरुद्द बोल्ने , आवाज उठाउने  ,राज्यको नीति निर्माण तहमा अर्थात सङ्घीय संसद् र प्रदेश संसदमा कुरा उठाउने दलित समुदायबाट प्रतिनिधित्व गरेका दलित सांसदहरुको संख्या पनि थोरै छ। जे जति छ ति पनि राजनीतिकरूपमा आदेश र निर्देशन शिरोधार्य गर्ने  र दलितका मुदामा रोबोटजस्तै चल्ने मै  सिमित छन । 

त्यसो त् कानुनमा भएका र संबिधानमा कोरिएका शव्दहरूले छुवाछुत र भेदभावलाई अन्त्य गर्दैन । जति सभ्य समाजको निर्माण गर्दछौँ त्यति नै हाम्रा बिभेदहरू अन्त्य हुँदै जाने हो । किनकी समाजमा कानुनी बल भन्दा नैतिक बल नै माथि हुन्छ । तर त्यसो भनेर सानोभन्दा सानो घटनालाई मिलापत्रमा ल्याप्चे हानेर कानुनको दायरामा ल्याउन बाट बन्चित नगरौं । किनकी विभेदको सोच आफैमा खराब हो । आफु र आफ्ना समुदाय माथि जातीय छुवाछुत र विभेदको व्यवहार भएको थाहा पाउनासाथ उजुरी गर्ने हो भने जातीय विभेदका आधाभन्दा बढी घटना कम हुन्छन्। सार्वजनिक स्थलमा कुटपिट हुँदा, धार्मिक, साँस्कृतिक बिभेद हुदा केही नबोल्ने, एकैचोटि ठूलो घटना भएपछि दलित माथि अत्याचार भयो भन्ने हो भने विभेद कहिले रोकिदैन । 

Tuesday, May 7, 2019

कुवेतमा नेपालीहरुको लिभिङ्ग टुगेदरः रहर हो कि बाध्यता ?- गोपाल शिवा

झन्डै २ साता अघि कुवेतको मंगाफमा लिभिङ टुगेदरमा रहेका एक नेपाली महिलाले आफ्नै नेपाली प्रेमीको छुरी प्रहार गरि हत्या गरेकी छन् । लिभिङ टुगेदरमा बसेकी  धरान घर भएकी भनिएकी माया गुरुङले छुरी प्रहार गरि  प्रेमी अर्थात तनहुँ जिल्ला निवासी खेम बहादुर बिकको हत्या गरेकी छन  । सुनियोजित, योजनाबद्ध र मार्ने नियतले गरिने हत्या-अपराधहरुमा कुवेतमा मृत्युदण्ड सजाय दिइने कानुन छ । त्यहि भएर अनुसन्धान चलिरहेकाले घटनाले कुन मोड लिने यसै भन्न सकिने अवस्था छैन । यधपी  हत्या गरेको अभियोग प्रमाणित भए फाँसीको सजाय बाट अब यी माया लाई बचाउन झन्डै झन्डै असम्भव जस्तै हुने चै पक्का छ ।

जानकारी अनुसार माया घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी थिइन् । उनी आफ्नो मालिक छोडेर पछिल्लो समय खेमसँग वस्दै आएको जनाइएको छ । कुवेतमा यस्ता प्रकृतिमा लिभिङ्ग टुगेदर गर्ने माया र खेम बहादुर पहिलो पात्र हैनन् ।तर यो घटनाले कुनै प्रकारको सम्झौता नगरी, सम्बन्धको कुनै नाम नदिई आ-आफ्नो रुचि र आ-आफ्नो सजिलोका लागि सँगै, एउटै घरमा, कोठामा मिलेर ‘लिभिङ्ग टुगेदर’ मा बस्नेहरुको मनमा लिभिङ्ग टुगेदरः बरदान हो कि अभिशाप ? भनेर प्रश्न तेर्साएको मात्र हैन मुटुमा ढयाँग्रो समेत बजेको छ ।

परदेशी जीवनमा मन बहलाउन नेपाली कामदारले सामाजिक संजाल ,फेसबुक, फोनको सहारा लिने गर्छन् । जस्तो सुकै परिस्थिति र बाताबरण भए पनि सामाजिक संजाल र मोवाइल फोन आजभोली घर–परिवार, आमाबुबा, साथीसँगी, सबैबाट टाढा बस्दा हुनसक्ने होमसिक, डिप्रेसन, कुलत आदिबाट मुक्त हुन र मान्छेमा उसको ‘फिजिकल निड्स’ परिपूर्ति गर्ने गतिलो माध्यम बनेको छ   ।सामाजिक संजाल र मोवाइल फोनले पछिल्ला दिनमा देश बिदेशका नेपालीबीच माया प्रीति हुने र त्यसले एउटा मोडमा पुर्याउने मात्र हैन धेरै नेपालीहरुलाई स्वदेश र विदेशमा नेपाली र बिदेशी संग लिभिङ्ग टुगेदरमा बसाउन अहंम भूमिका समेत खेलेको छ । खास गरि अहिले सम्म सार्वजनिक भएका कयौ घटना बाट के स्पस्ट हुन्छ भने कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत नेपाली चेलिबेटीसँग र अन्य देशका महिलाहरु संग क्षणिक आनन्दका लागि झुटो माया गाँस्न मरिहत्ते गर्ने नेपाली दाजुभाइ पनि थुप्रै भेटिन्छन्, देखिन्छन् र सुनिन्छन् ,भने आफ्नो सम्झी सर्वस्व सुम्पिने नेपाली चेलिबेटीहरुको पनि कमि छैन । यसरी लेखिरहँदा कतिपय दाजुभाइ , दिदिबहिनीलाई दुःख लाग्न सक्छ मैले मेरो जिन्दगि आफुले चाहे जसरी बस्न किन नपाउने भन्ने लाग्ला ? कसैले थाहा पाएको छैन भन्दै आफ्नो सम्बन्ध बरदान मान्ने  सोच मनमा आउला । एक अर्थमा यो तर्क पनि ठीक हो ।  तर एकल र अविवाहित आमाहरु बिना बाउका बच्चाहरु सहित कुवेत बाट समय समयमा जन्मभुमी लर्को लागेर फर्किएको हामी साक्षि बनेका छौ । यसरी नै बस्दै जाँदा असुरक्षित बनेका अहिले सम्मका उदाहरण हेरेर पनि एकपटक सोच्नुपर्छ । यस्ता सम्बन्धबाट जन्मेको बच्चाको जिम्मेवारी कसले लिने ? कसले संरक्षण गर्ने ? तपाईंको पाटनरले बिदेशमा  छाड्ने यता स्वदेशमा घरपरिवार पतिपत्नीले साथ छाडे  भने समाजमा अपहेलित हुदै बाच्नु पर्दाको पिडा के होला  ? 

 देशमा मात्र हैन बिदेशमा पनि प्रशस्त मात्रामा छन् नेपाली समुदायमा यस्ता विना नामका सम्बन्धहरु जो फिक्का दुनियाँमा मायाको आभास दिलाई रहेका छन् । विदेशतिर महङ्गो घरभाडा, विवाहको झन्झट, विवाह तथा पारपाचुकेमा लाग्ने खर्च आदिबाट उन्मुक्ति पाउन र आफूले मन पराएको व्यक्तिलाई राम्ररी बुझन–जान्न लिभिङ टुगेदरको जीवनशैली अपनाउने गरिन्छ। त्यासी सिको गर्दै बाँच्ने आधार लाई अझ मजबुद बनाउन भनेर कामको खोजीमा प्रवास हानिएका अधिकांश युवा युवती पैसा बचत गर्न, घरभाडा पाउन र यौन इच्छा पूरा गर्न लिभिङ टुगेदर जीवनशैली अपनाइरहेका हुन्छन्। फिजिकल निड्स पुरा गर्न पाएपछि माया पाएको मान्दै संसार नै जितेको ठान्दै बसेका छन् । तर फेरि यसवाट धोका खाए पछी, मायाको नाममा लुटिदै गए पछि, नागिदै गए पछि संसार वाटै हारेको महसुस गर्ने , यतिसम्म कि उनीहरु आफुले आत्महत्या गर्ने र ज्यान लिने सम्म गरेका छन् ।उनीहरु त आफ्नो जिन्दगी त् बर्बाद पर्छन पर्छन, परिवारमा पनि चिन्ताको बोझ थोपरी दिन्छन । 

 खेम बहादुर बिक र माया गुरुङ
पछिल्ला समय नेपालमा समेत दैनिक रूपमा लिभिङ टुगेदरको जीवनशैली बढ्दै छ र त्यसै संग समस्याहरु पनि चुलिँदै गएको छ ।  त्यस्तो त सामाजिक मान्यता अनुसार गरिने र गरिएका सवै विवाहाहरु , स्थापित गरिएका सम्बन्धहरु सधैं आदर्श, सुन्दर र उत्कृष्ट पनि हुँदैनन  ।त्यहि भएर हुन् सक्छ एकाइसौँ शताब्दीमा कानुन परिस्थिति , सामाजिक मुल्य मान्यता र संस्कारका लक्ष्मण रेखालाई नाघेर देश बिदेशमा लिभिङ्ग टुगेदरलाई आत्मसाथ गर्ने नेपालीहरु दिनप्रतिदिन बढ्दै छन् । तर केही बर्ष देखि मन मिल्दा सम्म लिभिङ टुगेदर नमिल्दा त्यस्ता सम्बन्धमा सहमति नमिल्दा कुटपिट गरेको, चरित्रहत्या गरेको, ‘ब्ल्याकमेलिङ’ गरेको, अश्लील भिडियो सार्वजनिक गरिदिएको र बलात्कार भएको भन्दै  कानुनी कठघरामा उभ्याउन समेत पछि नपर्ने धेरै लिभिङ टुगेदरका सम्बन्धहरु नेपाली सञ्चारमाध्यममा सार्वजनिक हुदैछन । यसरी नै लिभिङ टुगेदरको गतिविधि बढ्दै गएमा समाजमा मान्यता प्राप्त हुदै आएको विवाहको औचित्य समेत एक दिन समाप्त हुने मात्र हैन यसरी सम्बन्धहरु बिग्रेपछि एकअर्काको चरित्रहत्या गर्ने , हत्या र हिंशामा बदलिने खतरा बढेको छ ।  

नेपाली समाजको धर्म, संस्कृति र परम्पराले लिभिङ टुगेदरलाई अझै पनि असहज मानिरहेको छ । नेपाली समाजमा नारी तथा पुरुषले एकअर्कामा सम्मान गर्ने परिपाटीको विकास गर्दै लिभिङ टुगेदरकै रूपमा आबद्ध रहने , मायाको संसार बसाउने जमर्को गर्छन् भने स्वागत योग्य हो तर  समाजमा नयॉ चुनौती भर्न सक्ने यस्ता कार्यलाई समयमा नै निरुत्साहित बनाउने या  लिभिङ टुगेदरलाई कानूनी मान्यता दिने व्यवस्था गरि समाजमा स्वीकार्य बनाउने भनेर सम्भव भए सम्मका सबै उपाय सरोकारवाला बाट बेलैमा अवलम्बन गर्नुपर्ने देखिन्छ ।  भनिन्छ माया र सम्बन्ध जाने अमृत हो नजाने विष हो , अत लिभिङ टुगेदरको जीवनशैली अप्नाउनेहरुले हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने दिन नआओस् ।